नाम
- हुलाकबाट चिठी पठाउँदा खाममा टाँसिने सरकारद्वारा प्रकाशित फोटो, चित्र आदि भएको विभिन्न मूल्यका कागजको टुक्रा
- कुनै ठाउँमा प्रवेश गर्नको लागि आवश्यक शुल्क तिरेपछि त्यसको प्रमाण स्वरुप दिने कागजको सानो टुक्रा वा कार्ड
- निर्वाचनमा राजनैतिक पार्टीले कसैलाई उम्मेदवार मनोनयन गरेर दिएको मनोनयन पत्र
- यी दुवै प्रकारका खाममा आकर्षक ढंगबाट टिकट टांसी ठेगानाको ब्यवस्था गर्नु पर्द छ ।
- विक्रम सम्वत् १९३६ सालमा पहिलो पटक हुलाक टिकटको प्रकाशन भयो ।
- पाँच आना जति पैसा लिएर सिनेमा हल पुग्दा टिकट सिद्धिसकेको रहेछ ।
- कोही अस्पतालको टिकट बहिष्कार गरेर निजामती कर्मचारी संगठनको लेटर प्याडमा बिरामीको पूर्जि बनाउन तल्लीन छन् ।
- १ नं. निर्वाचन क्षेत्रबाट ने. का. ले अत्यन्तै फितलो उम्मेदवार महेन्द्र यादवलाई टिकट दिएकोले स्थिति त्यति बलियो देखिदैन ।
- अङ्ग्रेजी:Ticket[१]