क्रिया
- कुनै चिजलाई कुनै स्थानमा लगेर छोड्नु; थन्क्याउनु
- रहेको स्थानमा रहिरहन दिनु
- मिल्ने गरी अड्याउनु
- संचय गर्नु, जोगाउनु
- कुनै किसिमको सम्बन्ध स्थापित गर्नु
- दिमागमा कुनै विचार रहन दिनु
- कुनै कामको लागि कसैलाई नियुक्त गर्नु
- व्यक्त गर्नु
- धानका बोराहरू गोरुगाडामा राख्नु र मिलमा लगेर फेरि निकाल्नु, त्यसपछि मिल भित्र लैजानु — सबै बलकै काम त थियो ।
- त्यस्ता व्यक्तिलाई फेरि सार्वजनिक पदमै राख्नुको औचित्य माथि प्रश्न उठ्ला ।
- परेका बेला पुनः प्रयोग गर्न सक्ने गरी यसलाई जोगाएर राख्नु नै उचित हुनेछ ।
- उपचार शल्यक्रिया गर्दा आधुनिक तरिका अपनाएर कृतिम लेन्स राख्नुनै जरुरी छ ।
- प्रसार कार्यकर्ताले उपलब्ध भएको बेलामा यस्ता सामग्रीहरू राख्नु पर्द छ ।
- त्यस पच्चीस रुपियाँलाई अन्त्येष्टिक्रियाको निम्ति जगेडा राख्नु बुद्धिमानी होइन ।
- शतप्रतिशत सुरक्षित उपाय एक जना सित मात्र यौनसम्पर्क राख्नु नै हो ।
- उहाँबाट यस्तो प्रश्नको जवाफको अपेक्षा राख्नु सबैको दायित्व हो ।
- अहिलेको अवस्थालाई हर्दा स्कुलहरूमा क्लिनिकल साइक्लोजिस्ट राख्नु अपरिहार्य भइसकेको छ ।
- म संकटकालीन अवस्थाको घोषणा अनुमोदन गर्ने सम्बन्धी प्रस्तावका सम्बन्धमा आफ्नो विचार राख्नु उपयुक्त ठान्द छु ।
- अङ्ग्रेजी:keep[१]