ञिङमा तथा ङग्युर ञिङमा सम्प्रदाय तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदायहरू (अन्य चार कग्युद, सक्या, गेलुग्स र जोनङ् हुन्) मध्ये सबै भन्दा पुरानो सम्प्रदाय हो। तिब्बती भाषामा (རྙིང་མ།, ञिङमा भनेको शाब्दिक अर्थलाई नेपालीमा अनुवाद गर्दा "प्राचीन" अथवा पुरातन भन्ने हुन्छ। सातौं र आठौं शताब्दीमा भारत, नेपाल, चिन, र तिब्बतका विद्वान अनुवादकहरूले महायोग, अनुयोग, अतियोग तन्त्र र त्रिपिटक लगायतका बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्नु भएदेखि यस सम्प्रदायको स्थापित भएकोले ञिङमा संप्रदायको विस्तृत नाम तिब्बती भाषामा: (སྔ་འགྱུར་རྙིང་མ།., Wylie: snga 'gyur rnying ma, ङग्युर ञिङमा) "पुर्वानुदित प्राचीन संप्रदाय" हो।