नेपाली शब्दसमूह ६५ स्
स्कन्द— ना॰ [सं॰] महादेवको वीर्य अग्निमा पर्नाले अग्निका गर्भबाट जन्मेका मानिने कुमार; कार्तिकेय । ~ पुराण— ना॰ व्यासबारा रचित अठार महापुराणमध्ये एक । — माता— ना॰ स्कन्दकी आमा; पार्वती ।
स्कन्ध— ना॰ [सं॰] १. काँध; कुम । २. रूखका हाँगा फाटेको ठाउँ; हाँगाको काप । ३. शाखा; हाँगाबिँगा । ४. ग्रन्थ आदिको अवान्तर छुट्ट्याइएको एक महाअध्याय; खण्ड; विभाग; सङ्काय । ५. नृतत्त्वशास्त्रमा प्रयोग हुने नाम । — कूट— ना॰ काँधको सबभन्दा अग्लो ठाउँ; कुम ।
स्कलर— ना॰ [अङ्॰] १. शास्त्रको कुनै अङ्गको प्रकाण्ड विबान् । २. स्कुलकलेजको अध्यापक । ३. स्कुलकलेजको छात्र । ४. विबद्वृत्तिअन्तर्गत अनुसन्धान गरिरहेको शोधार्थी । — सिप— ना॰ विशेष जेहेनदार विद्यार्थी, अन्वेषक, आविष्कर्ता आदिलाई अध्ययनअवधिमा प्रदान गरिने वृत्ति; छात्रवृत्ति ।
स्काइल्याब— ना॰ [अङ्॰] अमेरिकाको अन्तरिक्ष अनुसन्धानशाखाले आकाशमण्डलको अध्ययनका निम्ति अन्तरिक्षमा निर्माण गरेको प्रयोगशाला ।
स्काउट— ना॰ [अङ्॰] सामाजिक चरित्र, स्वास्थ्य, जनकल्याण आदिको विकासका निम्ति सैनिक प्रणालीका आधारमा तालिम पाएको व्यक्ति; बालचर ।
स्कुटर— ना॰ [अङ्॰] पेट्रोलले चल्ने, प्रायः महिलाहरूले चढ्ने मोटरसाइकलको एक प्रकार ।
स्कुल— ना॰ [अङ्॰] १. माध्यमिक तहसम्मको औपचारिक पठनपाठनको व्यवस्था हुने संस्था; विद्यालय । २. कुनै ज्ञानविज्ञानको विशेष शाखा वा त्यसका अनुयायीको वर्ग; शाखा । श्र स्कुली— वि॰ स्कुलमा हुने; स्कुलसम्बन्धी, स्कुलको ।
स्क्वास— ना॰ [अङ्॰ स्क्वाशे फलफूल आदिको प्रशोधनबाट तयार गरिएको पेय पदार्थ ।
स्खलन— ना॰ [सं॰] १. कहीँ कतैबाट हुने केही कुराको झराइ । २. तरल पदार्थको चुहाइ । ३. कुनै पनि काममा हुने भूल; भूलचूक । ४. आफ्नो मर्यादा, आचरण, मार्ग आदिबाट भएको पतन ।
स्खलित— वि॰ [सं॰] स्खलन भएको; झरेको; खसेको; पतित; च्युत ।
स्टर्लिब— ना॰ [अङ्॰] ब्रिटिस मुद्रा । ~ पाउन्ड— ना॰ ब्रिटिस मुद्राप्रणालीअनुसार सिलिबभन्दा ठूलो एकाइ; बीस सिलिब बराबरको बेलाइती मुद्रा; २४० पेनी अर्थात् पेन्स बराबरको बेलाइती मुद्रा ।
स्टाफ— ना॰ [अङ्॰] कुनै सङ्घसंस्था, कार्यालय आदिमा निश्चित र नियमित रूपले काम गर्ने कर्मचारीहरूको समूह ।
स्टिचिब— ना॰ [अङ्॰] १. कागत आदिको खुटाइ; किडिक । २. खुट्ने यन्त्रबाट गरिएको जोडाइ । ३. घाउको उपचारको निम्ति सिइएको टाँका । ~ पिन— ना॰ कागत नत्थी गर्ने मेसिनमा राखिने तारको पिन; स्टिचिब मिसिनको पिन । ~ मिसिन— ना॰ सानोतिनो पुस्तकपुस्तिकाका पत्रहरू च्यापेर सिउने मिसिन; नत्थी गर्ने मिसिन; स्टेपलर ।
स्टिमर— ना॰ [अङ्॰] बाफका आधारमा चल्ने सानो जलयान; बाफबारा चल्ने सानो नाउ ।
स्टुडियो— ना॰ [अङ्॰] १. फोटो खिच्ने ठाउँ वा कोठा; फोटो तयार गर्ने प्रयोगशाला । २. चलचित्र छायाङ्कन गर्ने कक्ष । ३. चलचित्र वा रेडियोमा ध्वनिको नियन्त्रण, अङ्कन आदि गर्ने ठाउँ ।
स्टुल— ना॰ [अङ्॰] प्रायः एक जना मात्र बस्न सकिने, बस्नेभन्दा चियाका कपहरू मात्र राख्ने काममा प्रयोग गरिने तीन वा चार खुट्टा भएको बेत, काठ, फलाम आदिको सानो आसन; त्रिपाई ।
स्टेट— ना॰ [अङ्॰] १. सार्वभौमसत्तासम्पन्न राज्य; आफ्नो सार्वभौमिक सत्तामा चलेको देश । २. प्रान्त । ३. वैज्ञानिक खेतीको कानुनअनुसार तोकिएको चार किल्लाभित्रको इलाका ।
स्टेथिस्कोप— ना॰ [अङ्॰] डक्टरले दुवै कानमा जडी रोगीको मुटु, फोक्सो आदिको धड्कनको गति सुनेर रोगको परीक्षा गर्ने, जन्तरका आकारको यन्त्र । स्टेनलेस स्टिल— ना॰ [अङ्॰] खिया नपर्ने गरी प्रशोधित गरिएको फलाम र त्यसबाट तयार गरिएको सामान ।
स्टेनो— ना॰ [अङ्॰] १. आशुलेखन । २. आशुलेखक । — ग्राफर— ना॰ सर्टह्यान्डअनुसार लेख्न जान्ने व्यक्ति । — ग्राफी— ना॰ सर्टह्यान्डलेखन; स्टेनो; आशुलेखन ।
स्टेन्सिल— ना॰ [अङ्॰] टाइप गरी वा हातैले लेखी साइक्लोमेसिनमा घुमाई प्रशस्त प्रति छाप्ने काममा प्रयोग गरिने कागत । ~ पेपर— ना॰ स्]टन्सिल । ~ प्रतिलिपि— ना॰ स्टेन्सिलमा टाइप गरी साइक्लो गरेर तयार गरिएको प्रतिलिपि रू
स्टेप्स— ना॰ १. पूर्वी युरोप र उत्तरी अमेरिकामा हिउँबाट पूरै छोपिने (टुन्ड्रा॰ र आंशिक रूपमा छोपिने (टायगा॰ प्रदेश समाप्त भएपछि ठीक दक्षिणतर्फबाट आरम्भ हुने समशीतोष्ण तृणभूमि । २. हिमाली टायगा (खागर॰ र टुन्ड्रा (पखेर॰ समाप्त भएपछि आरम्भ हुने तृणभूमि; पाटन; बुक्यान ।
स्टेपलर— ना॰ [अङ्॰] स्टिचिब गर्ने वा टाँका मार्ने यन्त्र; स्टिचिब मेसिन ।
स्टेसन— ना॰ [अङ्॰] रेल, मोटर आदि यानहरूमा चढेका यात्रु ओर्लने, उक्लने अथवा लादिएका माल ओराल्नेउकाल्ने ठाउँ ।
स्ट्रेचर— ना॰ [अङ्॰] दुइटा लामा काठमा बलियो किसिमको कपडाको झोलुङ्गो पारी त्यसमा बिरामी राखी वरपर सारफेर गर्ने सफरी; अस्पतालमा बिरामी वा मुर्दा बोक्ने साधन ।
स्टोन— ना॰ [अङ्॰] प्रेसमा पुस्तक आदिका फर्मा कस्दा र पेज बाँध्दा उपयोग गरिने फलामे पिर्का ।
स्टोर— ना॰ [अङ्॰] १. खास प्रयोजनले सङ्ग्रह गरिएका सामानको राशि । २. त्यस्तो राशि सङ्ग्रह गर्ने घर वा कोठा; भँडार । — किपर— ना॰ भण्डारको रेखदेख गर्ने कर्मचारी; भण्डारका सामान खर्च हुँदा वा नयाँ थप्नुपर्दा सो गर्ने तथा त्यसको यथावत् हेरचाह गर्ने र विवरण दुरुस्त राख्ने व्यक्ति; भण्डाररक्षक । स्ट्यान्डिब कमिटी— ना॰ [अङ्॰] १. स्थायी रूपमा गठित कमिटी; स्थायी समिति; कार्यसमिति । २. प्रधान न्यायाधीश र निजले तोकेको अर्को न्यायाधीशसमेत भएको समिति ।
स्तन— ना॰ [सं॰] आइमाई र पोथी जनावरको दूध आउने कल्चौँडो वा थुन र त्यसको वरिपरिको परिवेश; फाँचो । — धारी— वि॰ मानिस, गाई, बाँदर, घोडा, चमेरा, कुकुर, बाख्रो आदि स्तनपायी जन्तु । ~ पान— ना॰ माऊको थुनमा मुख लगाएर दूध चुस्ने काम; दूध खाने काम ।
स्नतपायी— वि॰ [सं॰] माऊ वा आमाको दूध खाएर हुर्कने; स्तनपान गर्ने; स्तनप । ~ युग— ना॰ सालनालमा बेरिएर प्राणीहरू जन्मिन थालेको युग; आजभन्दा सातकरोड वर्षपूर्व प्रारम्भ भएको युग ।
स्तन्य— वि॰ [सं॰] १. स्तनसम्बन्धी । ना॰ २. स्तनमा हुने वस्तु; दूध ।
स्तब्ध— वि॰ [सं॰] १. कुनै पनि चेष्टा नभएको; जड । २. गतिमा रोकावट आएको; अवरुद्ध । ३. कर्तव्यबाट विमुख भएको; विमूढ । ना॰ ४. सुनसान; सन्नाटा; चकमन्न । — ता— ना॰ जडता; निश्चेष्टता; शून्यता; चकमन्न्याइँ ।
स्तम्भ— ना॰ [सं॰] १. भवन, किल्ला आदिको खामो; खम्बा; थाम । २. आडभरोसा; टेको; सहारा । ३. समाचारपत्र वा पत्रिकामा कुनै खासखास विषयलाई प्रदान गरिएको स्थायी स्थान । ~ चित्र— ना॰ खम्बाबारा देखाइने सङ्ख्यात्मक चित्र । > स्तम्भक— वि॰ रोक्ने; स्तम्भित पार्ने । स्तम्भन— ना॰ १. कुनै क्रम वा गतिमा आउने रोकावट; स्तब्ध हुने काम । २. अङ्गप्रत्यङ्गको सञ्चालनमा आउने गतिरोध । ३. चेष्टारहित हुने काम । ४ मन्त्र, तन्त्र आदिका प्रभावले कसैको गति, चेष्टा आदिलाई रोक्ने काम । ~ लेखक— ना॰ कुनै समाचारपत्र वा नियमित रूपमा प्रकाशित हुने अन्य पत्रिकाका निश्चित विषयमा सधैँ लेखिरहने व्यक्ति; स्तम्भ लेख्ने व्यक्ति । स्तम्भित— वि॰ १. तन्त्र, मन्त्र, औषधी आदिका प्रयोगबारा स्तब्ध गराइएको । २. छक्क; जिल्ल; वाल्ल ।
स्तर— ना॰ [सं॰] १. वस्तुको कुनै ठाउँमा फैलिएको पत्र; तह । २. कुनै ठाउँलाई ढाकेर रहने वस्तुको खाप; सल । ३. कुनै वस्तुको महत्त्व, मूल्य आदि निर्धारण गर्ने गुण; योग्यता; मर्यादा; कोटि । ~ निर्धारण— ना॰ गुण, विशेषता, महत्त्व आदिका आधारमा कुनै वस्तुको कोटि वा तह तोक्ने काम । — हीन— वि॰ गुण, विशेषता, मूल्य आदिका आधारमा निम्न कोटिको; स्तर नभएको; तल्लो तहको । > स्तरीकरण— ना॰ कुनै खास कुरालाई खास मानक वा स्तरमा पुथ्याउने क्रियाप्रक्रिया । स्तरीकृत— वि॰ उच्चस्तरमा पुथ्याइएको; स्तरमा वृद्धि भएको; उपल्लो तहको ।
स्तरीय— वि॰ गुण, महत्त्व, विशेषता आदिका आधारमा उच्च स्तरको; माथिल्लो तहको; स्तरीकृत ।
स्तव— ना॰ [सं॰] १. तारिफ; प्रशंसा । २. प्रार्थना; स्तुति । > स्तवक— ना॰ १. फल, फूल आदिको झुप्पो; गुच्छो । २. ससानो थुप्रो; सानो रास । ३. कुनै कृति वा ग्रन्थको परिच्छेद; अध्याय । वि॰ ४. स्तुति गर्ने; प्रशंसक । स्तवन— ना॰ स्तव ।
स्तुति— ना॰ [सं॰] १. कुनै देवदेवीको प्रसन्नताका लागि गरिने स्तोत्रपाठ; गुणानुवर्णन; प्रार्थना, स्तव; स्तवन । २. प्रशंसा गर्ने काम; कसैको तारिफ गर्ने काम । ३. बढाईचढाई गरिने बयान; भएनभएको बढाइ । — गत— वि॰ स्तुतिसम्बन्धी । ~ गीत— ना॰ देवीदेवता वा कुनै महापुरुषको स्तुति गर्न गाइने गीत । — वाद— ना॰ स्तुति गर्ने नीति । — वादी— वि॰ स्तुति गर्ने नीतिको अनुयायी । > स्तुत्य— वि॰ तारिफ गर्न लायक; गुण, महत्ता आदिका आधारमा प्रशंसनीय ।
स्तूप— ना॰ [सं॰] किल्ला, स्मारक आदि बनाउने नियतले ढुङ्गा, माटो, इँट आदिले बनाइएको अग्लो थुप्रो वा ढिस्को (विशेषगरी बौद्धहरूले बुद्धका अवशिष्ट चिह्न राख्नका लागि बनाउने स्मारक॰ । > स्तूपक— ना॰ थुम्को ।
स्तोत्र— ना॰ [सं॰] स्तुति, प्रार्थना, तारिफ आदि गर्नुपर्दा उच्चारण गरिने वाङ्मय वा श्लोक वा देउदेउताको गुणकीर्तन भएका मन्त्रहरूको समूह । ~ पाठ— ना॰ स्तोत्रको पठन, वाचन वा उच्चारण ।
स्त्री— ना॰ [सं॰] १. महिला; आइमाई; स्वास्नीमान्छे । — केशर— ना॰ फूलका परागमा हुने कणहरूमा पुंस्त्व र स्त्रीत्व भएका कणहरूमध्ये स्त्रीतत्त्वप्रधान कण । — त्व— ना॰ नारीमा हुने आवश्यक गुण; नारीत्व; स्वास्नीमानिसको अनिवार्य विशेषता । ~ धन— ना॰ १. स्वास्नीमानिसको पेवाधन; आइमाईलाई दिइएको धन; दाइजो । ~ धर्म— ना॰ १. स्त्रीजातिले गर्नुपर्ने कर्तव्य; नारीको आचरण । २. रजस्वला हुने स्थिति वा अवस्था; परसराइ । ३. आफ्ना पतिप्रतिको यौनगत इमानदारी; सतीत्व । ~ पुरुष— ना॰ १. आइमाई र लोग्नेमान्छे । २. एक आइमाई र एक लोग्नेमान्छेको जोडा; दम्पती; लोग्नेस्वास्नी । ~ प्रसङ्ग— ना॰ १. पुरुषले वासनातृप्तिका लागि आइमाईसँग गर्ने सहवास; सम्भोग । २. आइमाईसँगको सम्पर्क । ३. महिला विषयक चर्चा वा सन्दर्भ । ~ लम्पट— वि॰ स्वास्नी वा स्वास्नीमानिस भनेपछि मरिमेट्ने; बढ्ता स्त्रीप्रसङ्ग गर्ने; कामुक । ~ लिङ्ग— ना॰ १. नारीत्व बुझाउने चिह्न (स्तन, स्वरमधुरता आदि) । २. व्याकरणका पुलिङ्ग, स्त्रीलिङ्ग, नपुंसकलिङ्ग आदि लिङ्गव्यवस्थामध्ये स्त्रीत्व बुझाउने लिङ्ग । ३. नारी जातिको जननेन्द्रिय; योनि । ~ व्रत— ना॰ एक नारीलाई मात्र पत्नी स्वीकार गरी सन्तुष्ट हुने कार्य; एकनारीव्रत; पत्नीव्रत । —
शिक्षा— ना॰ नारीजातिलाई शिक्षित पार्ने शैक्षिक व्यवस्था; नारीको शिक्षा । ~ समागम— ना॰ पुरुषको नारीसित हुने शारीरिक लसपस; यौनाचार । ~ सम्भोग— ना॰ स्त्रीसमागम । > स्त्रैण— वि॰ स्त्रीलम्पट ।
स्थ— प्रत्य॰ [सं॰] शब्दका अन्तमा रही स्थित वा रहेको भन्ने अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (गृहस्थ, तटस्थ, दूरस्थ, कण्ठस्थ इ॰) ।
स्थगन— ना॰ [सं॰] १. हुँदै गरेको कामको स्थायी वा अस्थायी अवरोध । २. गति वा चालको स्थायी वा अस्थायी रोकावट ।
स्थगित— वि॰ [सं॰] स्थगन भएको; स्थगन गरिएको ।
स्थपति— ना॰ [सं॰] १. कुनै राज्यको राजा । २. थपालोको स्वामी; थापा । ३. खले टाकुरो वा भुरे राज्यको मालिक; रजौटा । ४. गाउँठाउँको प्रमुख; मुखिया; प्रधान । ५. डकर्मी । ६. वास्तुकार ।
स्थल— ना॰ [सं॰] १. जुनसुकै वस्तुलाई रहन आवश्यक पर्ने आधार; ठाउँ; थलो । २. धरातल; भुईँ । ~ कमल— ना॰ जमिनमा हुने कमलका फूलको बोट वा फूल । — गत— वि॰ स्थलमा भएको; स्थलसम्बन्धी । ~ गोलार्ध— ना॰ पृथ्वीको समुद्र वा महासागरबाहिरको अंश । — चर— वि॰ १. जमिनमा रहने; पानीमा बस्न नसक्ने । ना॰ २. जमिनमा बसेर जीवन यापन गर्ने प्राणी (माछो, जलहात्ती, गुँज आदिका विपरीत पशु, मान्छे, सर्प आदि) । — चारी— वि॰ स्थलचर । — ज— वि॰ स्थलमा जन्मिएको वा पैदा भएको । — डमरुमध्य— ना॰ ठूलठूला भूभागलाई जोड्ने जमिनको सानो सोतो । ~ पक्षी— ना॰ पानीमा पौरी नखेल्ने वा आकाशमा धेर उड्न नसक्ने चरो (कुखुरो, च्याखुरो, मुजुर, सुतुरमुर्ग इ॰) । — पß— ना॰ स्थलकमल । ~ मण्डल— ना॰ पृथ्वीको सम्पूर्ण खँदिलो भूभाग । ~ यातायात— रेल, मोटर आदिबाट चल्ने वाहनमार्फत गरिने वा हुने यातायात । ~ यात्रा— ना॰ १. पैदलयात्रा । २. मोटर, रेल आदिबाट गरिने यात्रा । ~ युद्ध— ना॰ स्थलसेनाहरूबारा जमिनमा हुने लडाइँ । ~ रक्षा— ना॰ १. स्थलसेनाबाट देशको रक्षा गर्ने प्रणाली । २. स्थलको रक्षा । ~ वायु— ना॰ स्थलसतहबाट बहने मन्द वायु । ~ संयोजक— ना॰ महादेशहरूलाई जोड्ने साँघुरो जमिनको भाग । ~ सर्वेक्षण— ना॰ जग्गाजमिनको सर्भे । ~ सुरक्षा— ना॰ स्थलरक्षा । — सेना— ना॰ जलसेना, वायुसेना, स्थलसेनामध्ये एक थरी सेना स्थलयुद्धमा तालिम दिइएको फौज । ~ सैनिक— ना॰ स्थलसेनाको जवान । ~ सैन्य— ना॰ स्थलसेना । श्र स्थलाकृतिक— ना॰ भूमापन कार्यका निम्ति तयार गरिएको रूपरेखा; नाप्न तयार गरिने पूर्वाधार । स्थली— ना॰ अग्ला ठाउँमा सम्म परेको जमिन; खनजोत नगरिएको उच्च ठाउँको समथर जमिन; थली ।
स्थविर— वि॰ [सं॰] बूढो; वृद्ध अवस्थाको । — ता— बुढ्याइँ; बूढोपना ।
स्थाणु— ना॰ [सं॰] १. कुनै रूख ढलेर त्यसको फेदतिर रहेको ठुटो; रूखको ठुटो । २. खम्बा; स्तम्भ । ३. टाउको काटेर मुर्कट्टा भएको लास । ४. एक प्रकारको भाला । ५. महादेव; शिवजी । ६. श्वेतहूण (हेफताल॰–वंशी तोरमण, मिहिरकुल आदि विजेताका र तिनका प्रजाका कुलदेवता; थानी । वि॰ ७. अचल; दृढ; दह्रो । — भूत— वि॰ रूखको ठुटोसरह गतिहीन भएको ।
स्थान— ना॰ [सं॰] १. कुनै वस्तु अडिने आधार; ठाउँ; थलो । २. बस्ने ठाउँ; रहने आवास । ३. देवदेवीको मठमन्दिर । ४. पद; ओहदा । ५. ध्वनिविज्ञानका आधारमा उच्चारणका अवयवहरू सक्रिय भई ध्वनि निस्कने ठाउँ; उच्चारणस्थान । > स्थानक— वि॰ स्थानीय; ठाउँको; ठाउँमा पर्ने (प्रायः शब्दको अन्तमा गाँसिने, जस्तै स्वस्थानक, सुस्थानक, दुरूहस्थानक इ॰) । ~ च्युत— वि॰ १. आफ्नो ठाउँ वा पदबाट खोसुवा, घटुवा आदि कारणले झरेको; पदबाट खुस्किएको । २. ठाउँबाट हटेको; स्थानभ्रष्ट । ~ देवता— ना॰ १. स्थानीय देवता; क्षेत्रपाल । २. थानी । ~ भ्रष्ट— वि॰ आफ्नो पद, ओहदा आदिबाट तल्लो तहमा वा पदहीन अवस्थामा खसालिएको; ठाउँबाट गिरेको; पदच्युत; स्थानच्युत । ~ वञ्चित— वि॰ पाउनुपर्ने पद वा स्थानबाट कारणवश ठगिएको; जसले जुन ठाउँ वा कदर पाउनुपर्ने हो नपाएको ।
स्थानान्तर— ना॰ [सं॰] १. कुनै एक ठाउँबाट अर्को ठाउँको सराइ; अर्को बसाइँ । २. भिन्न स्थान; अर्को ठाउँ । ३. कर्मचारीको सरुवा, बढुवा वा घटुवा । > स्थानान्तरण— ना॰ १. एक ठाउँको वस्तुलाई अर्को ठाउँमा सार्ने काम । २. अर्को पद वा काममा सार्ने काम; पदान्तर । ~ प्रमाण पत्र— ना॰ कुनै शिक्षणसंस्थाबाट अर्को शिक्षणसंस्थामा अध्ययन गर्नका निम्ति दिइने प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट॰ । स्थानान्तरित— वि॰ एक ठाउँबाट अर्को ठाउँमा सारिएको; पद–परिवर्तन गरिएको; स्थानान्तरण गरिएको ।
स्थानापन्न— वि॰ [सं॰] अर्काको ठाउँमा आएको; सट्टामा आएको; अर्काका पदमा सरुवा भई आएको ।
स्थानिक— वि॰ [सं॰] १. स्थानीय । ना॰ २. थानी ।
स्थानी— वि॰ [सं॰] १. स्थानीय; स्थानिक । ना॰ २. थानी ।
स्थानीय— वि॰ [सं॰] १. कुनै खास ठाउँको; रैथाने (व्यक्ति, कर्मचारी आदि) । २. कुनै खास ठाउँमा उब्जने, पाइने वा हुने (हावापानी, चलन, बोली आदि) । ३. स्थानसम्बन्धी । ~ अधिकार— ना॰ कुनै स्थान वा इलाकाको कार्यसम्पादन गर्ने स्थानीय अधिकारीले पाएको अधिकार । ~ अधिकारी— ना॰ त्यस्तो अधिकारवाला व्यक्ति । ~ आदेश— ना॰ कुनै निश्चित ठाउँसित मात्र सम्बन्धित आदेश; आफ्नै स्थानीय अधिकारीतहबाट भएको आदेश । ~ आय— ना॰ कुनै निश्चित सीमाक्षेत्रभित्रका कर, भाडा, मालपोत आदिबाट स्थानीय प्रशासनलाई हुने आमदानी । ~ कर— ना॰ कुनै निश्चित इलाकालाई तोकिएको विशेष प्रकारको कर । — करण— ना॰ १. प्रशासन आदिको स्थानीय आधारमा गरिएको विकेन्द्रीकरण । २. कुनै कुरालाई आफ्नै स्थानअनुसारको बनाउने क्रियाप्रक्रिया । ~ कानुन— ना॰ व्यवस्थापिकासम्बन्धी अधिकार क्षेत्रअन्तर्गत कुनै निश्चित स्थान, इलाका वा भागविशेषमा सीमित रूपले लागू हुने किसिमले व्यवस्था गरिएको कानुन; स्थानीय नियम ।
स्थानीयता— ना॰ [सं॰] स्थानीय गुण, विशेषता वा धर्म । — वाद— ना॰ स्थानीय गुण, विशेषता आदिप्रति विशेष मोह भएको नीति । — वादी— वि॰ स्थानीयतावादको अनुयायी । स्थानीय नियमावली— ना॰ १. कुनै निश्चित ठाउँको कार्यसञ्चालनका निम्ति तर्जुमा गरिएको नियमतालिका । २. गाउँ विकास समिति आदिको नियमावली । स्थानीय प्रशासन— ना॰ [सं॰] गाउँ, नगर र जिल्ला तहसम्मको शासनकार्य सञ्चालन गर्नका निम्ति कानुनबारा व्यवस्था गरिएको प्रशासन । स्थानीय विकास— ना॰ [सं॰] १. खास ठाउँको विकास । २. स्थानीय विकास मन्त्रालयअन्तर्गत गरिएको स्थानीय विकास र सोसम्बन्धी कार्यक्रम । ~ सेवा— ना॰ उक्त मन्त्रालयको मातहत हुने स्थानीय विकाससम्बन्धी सेवा । स्थानीय समय— ना॰ [सं॰] कुनै स्थानविशेषमा प्रचलित समय । स्थानीय स्वशासन— ना॰ [सं॰] १. आफ्नो निजी ठाउँको गाउँ, नगर, जिल्ला आदिको विकासका निम्ति आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न स्थानीय जनताले पाएको अधिकार । २. स्थानीय क्षेत्रको सम्पूर्ण कानुनी प्रशासनकार्य; विकास, स्वास्थ्य आदिको स्वायत्तता; स्थानीय स्वायत्त शासन । ३. नेपालको संविधानअनुसार अञ्चल, जिल्ला, गाउँ, नगर आदि स्थानीय एकाइ इलाकाहरूलाई सुधार्ने, योजना, विकास आदि सञ्चालन गर्ने स्वायत्तता प्राप्त भएको प्रशासन । स्थानीय स्वायत्त संस्था— ना॰ [सं॰] स्थानीय प्रशासनिक एकाइ
(जस्तै— गाउँ, नगर, जिल्ला॰ आदिको सञ्चालन, विकास, संरक्षणजस्ता कार्यका निम्ति सरकारले प्रत्यायोजन गरेको अधिकार पाउने संस्था; केन्द्रीय तहबाट प्रत्यायोजित अधिकार प्रयोग गर्ने स्थानीय संस्था ।
स्थापक— वि॰ [सं॰] १. कुनै पनि वस्तुको स्थापना गर्ने; संस्थापक । २. देवालय, विद्यालय, सामाजिक सङ्घसंस्था आदिको स्थापना गर्ने । ३. देवदेवीका प्रतिमा राख्ने; प्रतिष्ठा गर्ने । ना॰ ४. त्यस्तो स्थापना गर्ने व्यक्ति ।
स्थापत्य— ना॰ [सं॰] १. घर, देवालय, पुल, किल्ला आदिको वास्तुकलासम्बन्धी काम । २. स्थापना गर्ने काम; प्रतिष्ठा । ~ कला— ना॰ वास्तुकला । ~ विद्या— ना॰ वास्तुकलासम्बन्धी शास्त्र । ~ वेद— ना॰ अथर्ववेदअन्तर्गतको वास्तुकलासम्बन्धी एक उपवेद ।
स्थापन/स्थापना— ना॰ [सं॰] १. कुनै वस्तुलाई दृढतापूर्वक खडा गर्ने, राख्ने, जोड्ने वा जमाउने काम । २. सङ्घ, संस्था, देवालय, सामाजिक सङ्गठन आदि खडा गर्ने काम । ३. तथ्य र प्रमाणका आधारमा कुनै मत, सिद्धान्त आदिको स्थापना गर्ने काम । ४. भर्ना गर्ने काम । > स्थापनीय— वि॰ स्थापना गर्न योग्य; स्थापना गर्नुपर्ने ।
स्थापित— वि॰ [सं॰] १. स्थापना गरिएको; खडा गरिएको । २. थापिएको ।
स्थायित्व— ना॰ [सं॰] चिरकालसम्म आफ्नो महत्ता, मूल्य आदि यथावत् कायम राख्ने वा रहने काम; टिक्ने काम; खपाउपन; टिकाउ ।
स्थायी— वि॰ [सं॰] पछिसम्म वा नियमले तोकेको समयसम्म रहिरहने; अस्थायी गुण नभएको; दिगो । — करण— ना॰ स्थायी गराउने क्रिया वा प्रक्रिया । ~ दर्ता— ना॰ नियमबमोजिम गरिने स्थायी रजिस्ट्रेसन । ~ नियुक्ति— ना॰ कुनै सेवा वा पदमा स्थायी रूपले हुने नियुक्ति वा भर्ना । ~ पद— ना॰ यति समयसम्म रहने भनी म्याद नकिटिएको र तलबको निश्चित दरबन्दी भएको पद; दिगो रहने पद । ~ भाव— ना॰ रसशास्त्रअनुसार प्रत्येक रसको प्राणस्वरूप रहने स्थायी रसतत्त्व; रति, हास, क्रोध, उत्साह, भय, शोक, घृणा, विस्मय, शान्त, वात्सल्य आदि भावमध्ये कुनै पनि भावको बीजरूप; विभाव, अनुभाव, सञ्चारीभावका माध्यमबाट रसका रूपमा प्रकट हुने तत्त्वको बीजस्वरूप । ~ समिति— ना॰ १. संस्थासङ्गठन दीर्घकालसम्म चलिरहने वा अर्को अधिवेशनसम्म सबै कामकुराको व्यवस्था गर्ने समिति । २. राजसभाको कार्यसमिति । ३. स्थायी रूपमा कुनै विशेष काम गर्नका लागि गठित समिति ।
स्थाली— ना॰ [सं॰] १. पूजा, भोजन आदिमा प्रयोग हुने पात्र; थाली । २. सोमरस तयार पार्दा प्रयोग गरिने विशेष प्रकारको पात्र । ~ पुलाउ— ना॰ पात्रमा तयार गरिएको पुलाउ । ~ पुलाक
न्याय— ना॰ ठूलो भाँडामा पकाइएको भातलाई एक सिता छामेर पाकेनपाकेको परीक्षण गरेझैँ एक पक्षको परीक्षणबाट सम्पूर्ण पक्षको निर्णय गरिने न्यायशास्त्रीय पद्धति; प्रमाणका स्रोतहरूमध्ये एक ।
स्थावर— वि॰ [सं॰] १. स्थिर; अर्को कुनै वस्तुले नचलाएसम्म चल्दै नचल्ने; अचल । ना॰ २. रूखपात, ढुङ्गोमाटो आदि जड वा निर्जीव वस्तु । ~ विष— ना॰ जनावर आदिबाहेक अन्य स्रोतबाट प्राप्त हुने विष । ~ सम्पत्ति— ना॰ अर्को ठाउँमा सार्न नसकिने धनमाल; अचल सम्पत्ति (घरखेत आदि॰ ।
स्थित— वि॰ [सं॰] १. रहेको; बसेको । २. राखिएको; बसालिएको । — प्रज्ञ— वि॰ संयमी, आत्मसन्तुष्ट, धीर, स्थिरबुद्धि र निष्काम रहेको (व्यक्ति) । — प्राज्ञिकता— ना॰ स्थितप्रज्ञ हुनाको भाव, क्रिया वा स्थिति ।
स्थिति— ना॰ [सं॰] १. स्थिर रहने काम; स्थायी रहने काम । २. थातथलो; बसोबास । ३. चालचलन; रीतिस्थिति; अवस्था । ४. चाँजोपाँजो; बन्दोबस्त । ५. प्राकृतिक वा मानवीय अवस्था; अवस्थिति । ~ ऊर्जा— ना॰ कुनै वस्तुको स्थायी अवस्थाबाट उत्पन्न गरिने ऊर्जा; कुनै निश्चित ठाउँदेखि अर्को निश्चित ठाउँसम्म सञ्चालन हुने हिसाबले उत्पादन गरिने शक्ति । ~ परिवर्तन— ना॰ स्थितिको परिवर्तन; थितिको फेरबदल । ~ मल्ल— ना॰ नेपालको मध्यकालीन इतिहासमा पन्ध्रौँ शताब्दीपूर्व उपत्यकामा शासन गर्ने एक राजा; मल्लकालका एक प्रसिद्ध राजा; जयस्थिति मल्ल । > स्थापक— वि॰ पहिलेको रीतिथितिको बन्दोबस्त मिलाउने; चलनचाँजो मिलाउने । स्थापकत्व— ना॰ स्थितिको स्थापना गर्ने गुण; स्थितिको व्यवस्थापन गर्ने गुण ।
स्थापन/स्थापना— ना॰ स्थिति बसाल्ने क्रियाप्रक्रिया । श्र स्थित्युद्धार— ना॰ मर्मत; जीर्णोद्धार ।
स्थिर— वि॰ [सं॰] १. स्थायी रूपले रहेको; बसेको; विद्यमान । २. ढलपल नगर्ने; अचल । ३. दृढ; आफ्नो भनाइमा पूरै अडान लिने; स्थिरसिद्धान्तको । ४. स्थायी; दीर्घ कालसम्म रहिरहने । ५. हडबड नगर्ने स्वभावको; शान्त । ~ आय— ना॰ निश्चित रूपले समयसमयमा भइरहने आमदानी; सधैँ एकै रूपमा भइरहने आयस्ता; स्थायी आय । ~ चित्त— वि॰ १. मनको चञ्चलता पूरै वश गरेको; चित्त स्थिर भएको । २. हडबड नगर्ने; नआत्तिने । — ता/त्व— ना॰ चञ्चल नभई, नचली वा नहल्लिई एकै ठाउँमा अड्ने गुण; अडिगपन । ~ दृष्टि— ना॰ १. एकै लक्ष्यमा अडिरहने दृष्टि । २. दृढ दृष्टि; दह्रो दृष्टि । — धी/बुद्धि— वि॰ बुद्धि स्थिर भएको; दृढनिश्चयी; विचार, विश्वास आदिमा स्थिर भएको; दृढनिश्चय लिन सक्ने । ~ भाव— ना॰ अडिग भाव; निश्चल भाव । ~ मुद्रा— ना॰ क्रयशक्तिका दृष्टिले अन्तर्राष्ट्रिय बजारमा विशेष स्थिरता पाएको, कुनै देशको मुद्रा । > स्थिरीकरण— ना॰ स्थिर गराउने काम; स्थायी बनाउने काम; स्थिरताप्रदान ।
स्थिरीकृत— वि॰ स्थिर तुल्याइएको ।
स्थूल— वि॰ [सं॰] १. आकारका दृष्टिले विशाल; ठूलो । २. अत्यन्त अग्लो; लामो । ३. मोटो । ४. रूपडाल नमिलेको; भद्दा । ५. वेदान्तदर्शनमा शरीरको अवस्था र जन्मजन्मान्तरका तहको व्याख्या गरिने स्थूल, सूक्ष्म, कारण, महाकारण र शुद्ध चैतन्यझैँ पाँचवटा तहमध्ये पहिलो तहको; जड; अन्नमय कोश; गोचर पदार्थ । — कन्द— ना॰ पिँडालु । — ता— ना॰ १. ठूलो हुन आवश्यक गुण; ठूलोपन । २. अग्लोपन । ३. मोटाइ । ४. नसुहाउँदोपन; भद्दापन । ५. भौतिक शरीरको गुण; नश्वरशीलता । ~ दृष्टि— ना॰ १. बाहिरी दृष्टि; कामचलाउ दृष्टि । २. बोधो दृष्टिकोण । ~ बुद्धि— वि॰ १. बोधो बुद्धि भएको । ना॰ २. बोधो बुद्धि । ~ शरीर— ना॰ पञ्चमहाभूतका संयोगबाट तयार भएको शरीर; पार्थिव शरीर; जड देह । > स्थूलीकरण— ना॰ १. कुनै आकृति, मूर्ति, मुद्रा आदिलाई त्यसै रूपमा ठूलो बनाउने काम; ठूलो पार्ने काम । २. जड तुल्याउने काम । स्थूलीकृत— वि॰ १. ठूलो तुल्याइएको । २. जड बनाइएको; भद्दा बनाइएको ।
स्नात— वि॰ [सं॰] नुहाएकोग् पवित्रता प्राप्त गरेको; शुद्ध भएको ।
स्नातक— ना॰ [सं॰] १. ब्रह्मचर्यव्रत समाप्त भई गृहस्थाश्रममा प्रवेश गर्न तयार भएको पुरुष; गुरुकुलपरम्पराको शिक्षामा पारङ्गत भई व्यावहारिक जीवनमा प्रवेश गर्ने बेलाको मान्छे । २. कुनै विश्वविद्यालयबाट बी॰ ए॰ वा शास्त्रीसरहको उपाधि प्राप्त गरेको व्यक्ति । ३. धार्मिक उद्देश्यले कुनै यज्ञ, उत्सव आदिमा दीक्षा लिएर भिक्षु बनेको ब्राह्मण । ~ उम्मेदवार— ना॰ पञ्चायतकालमा पञ्चायती संविधानअनुसार स्नातकको नाताले निर्वाचित हुने राष्ट्रिय पञ्चायतका चार सदस्यपदमध्ये कुनै एकको लागि भएको उम्मेदवार । ~ तह— ना॰ विश्वविद्यालयले प्रदान गर्ने स्नातक उपाधिको स्तर; ग्रेजुएट तह । ~ प्रतिनिधि— ना॰ १. विश्वविद्यालयबाट स्नातक तहको उपाधि प्राप्त गरेका व्यक्तिहरूको सामूहिक प्रतिनिधित्व गरिने काम । ~ प्रतिनिधित्व— ना॰ स्नातक प्रतिनिधिको पद, अभिभारा, अधिकार, कर्तव्य आदि । ~ सङ्गठन— ना॰ १. पञ्चायतकालमा पञ्चायती संविधानमा व्यवस्था भएअनुसार आफ्नो पक्षबाट राष्ट्रका निम्ति योगदान होओस् भन्ने उद्देश्यले स्नातकहरूको शक्तिलाई सक्रिय गराउन गरिएको स्नातकहरूको सङ्गठन । २. स्नातकहरूबारा निर्मित कुनै पनि सङ्घ । ~ स्तर— ना॰ प्रमाणपत्र तहको परीक्षा पास गरेपछि पढिने एक तह वा सो तहको उच्च शिक्षा । > स्नातकोत्तर— ना॰ डिप्लोमा वा ग्य्राजुएट परीक्षाभन्दा माथिको शैक्षिक तह; एम॰ ए॰ सरहको शैक्षिक उपाधि; आचार्य ।
स्नातकोपाधि— ना॰ स्नातकले पाउने प्रमाणपत्र; बी॰ ए॰ वा शास्त्रीको डिग्री; स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र ।
स्नान— ना॰ [सं॰] पानीले शरीरको मैला पखाल्ने वा धुने काम; जीउ वा धडसमेतको धुवाइ; नुहाइ; नुहाइधुवाइ । ~ कर्म/क्रिया— ना॰ १. नुहाउने काम; नुहाइ । २. धार्मिक उद्देश्यले जीउलाई शुद्ध तुल्याउन गरिने नुहाइधुवाइ । ~ गृह— ना॰ स्नान गर्ने घर वा कोठा । > स्नानागार— ना॰ नुहाउने कोठा; स्नानगृह; बाथरुम ।
स्नायविक— वि॰ [सं॰] शरीरका ज्ञानवाहिनी नली वा नाडीसँग सम्बन्धित । ~ प्रणाली— ना॰ पाँच ज्ञानेन्द्रियको सूचना ग्रहण गरेर मस्तिष्कसम्म पुथ्याउने ज्ञानवाहिनी नली वा नाडीहरूको सिङ्गो संरचना । ~ रोग— ना॰ मथिङ्गल बिग्रने, असन्तुलित हुने, सन्किने वा सड्किने रोग । ~ रोगी— वि॰ स्नायविक रोग लागेको (बिमारी॰ ।
स्नायु— ना॰ [सं॰] शरीरको रगत सञ्चालन गर्ने तन्तु; रक्तवाहिनी नसा; शिरा । ~ केन्द्र— ना॰ १. योगका अनुसार षट्चक्रको अभ्यासको क्रममा मान्छेका शरीरमा भएका बहत्तर हजार नसाहरू भेट हुने ठाउँ; कुण्डलिनी । २. मस्तिष्क; मथिङ्गल; गिदी । ~ पीडा— ना॰ १. स्नायुरोगले गर्दा हुने पीडा । २. स्नायुमा हुने पीडा । ~ पीडित— वि॰ स्नायुरोगले ग्रस्त । ~ प्रणाली— ना॰ स्नायविक प्रणाली । ~ रोग— ना॰ स्नायविक रोग । ~ रोगी— वि॰ स्नायविक रोगी । ~ विकार— ना॰ ज्ञानेन्द्रियका नसाका विकारबाट हुने कुनै पनि रोग; स्नायविक विकार ।
स्निग्ध— वि॰ [सं॰] १. मनले विश्वास गरेको; मायालाग्दो; प्यारो । २. चिप्लो वा चिल्लो (पदार्थ॰; मुलायम । — ता/त्व— ना॰ १. स्निग्ध हुनाको भाव वा स्थिति; चिल्लोपन; चिप्लोपना; चिल्ल्याइँ । २. मुलायमपन; मिहिनपन ।
स्नेह— ना॰ [सं॰] १. आमाबाबु, अभिभावक वा मान्यजनहरूबाट आफूभन्दा साना व्यक्तिलाई गरिने प्रेम; माया । २. आत्मीय व्यक्ति, वस्तु वा कुराको निम्ति मनमा उत्पन्न हुने कोमल भावना । ३. घिउ, तेल आदि चिल्लो पदार्थ । ~ पात्र— ना॰ १. स्नेह गरिने वस्तु, व्यक्ति वा कुरा । २. घिउतेल आदि चिल्लो पदार्थ राखिने भाँडो । ~ भाजन— ना॰ स्नेहपात्र । > स्नेहाङ्कुर— ना॰ १. भर्खरै पलाएको स्नेह । २. समाप्त भएर पुनः जागेको स्नेह । ३. स्नेह गरिने कुनै कोमल पात्र (बालक, बिरुवा इ॰) ।
स्नेही— वि॰ माया गर्ने; मायालु स्वभावको; प्यारो गर्ने ।
स्नो— ना॰ [अङ्॰] १. अनुहार राम्रो पार्न लगाइने नौनीजस्तो नरम, सेतो र सुगन्धित पदार्थ; शृङ्गारको एक साधन । २. हिउँ ।
स्पन्ज— ना॰ [अङ्॰] १. निकै हलुको, प्वालैप्वालले भरिएको र पानी सोस्ने, साबुन दल्ने आदि काममा प्रयोग हुने, रबरबाट बनेको नरम पदार्थ । २. कपासजस्तो फुस्स परेको हल्का किसिमको हुने, समुद्रका अतिसूक्ष्म कीटाणुको योगबाट बनेको जीवपिण्ड; समुद्रको जीवपिण्ड ।
स्पन्द/स्पन्दन— ना॰ [सं॰] १. बिस्तारै हल्लने काम; कम्पन । २. अलिअलि चल्ने काम; धुकधुकी । ३. फुरफुराइ; स्फुरण । श्र स्पन्दित— वि॰ १. स्पन्दन भएको वा काँपेको । २. हल्लिएको; चलेको । ३. फरफराएको; स्फुरित ।
स्पर्धा— ना॰ [सं॰] १. परस्परमा एकले अर्कालाई जित्नका निम्ति गरिने होड वा प्रयत्न; प्रतियोगिता; होडबाजी । २. अरूको दँजाइमा पुग्ने इच्छा । ३. हाँक; चुनौती । ४. सेखी; घमन्ड । — धर्मी— वि॰ स्पर्धा गर्ने स्वभाव भएको; स्वभावैले स्पर्धा गर्ने । — शाली— वि॰ स्पर्धाको भावनाले युक्त; स्पर्धा गर्ने । श्र स्पर्धी— वि॰ १. स्पर्धा गर्ने; स्पर्धाशाली; प्रतिस्पर्धी । २. डाह गर्ने; इखालु ।
स्पर्श— ना॰ [सं॰] १. कसैलाई छुने काम वा छुँदा हुने ज्ञान; छुवाइ । २. ग्रहणकालमा छायाले सूर्य वा चन्द्रमालाई छुने काम । ३. व्याकरणअनुसार ध्वनिको उच्चारणक्रममा कदेखि मसम्म पाँच वर्गका ध्वनि । ४. पञ्चमहाभूतका पृथ्वी, अप, तेज, वायु र आकाशमध्ये वायु । ५. रोग, विकृति आदिको प्रभाव । —
जन्य— वि॰ स्पर्शबारा उब्जने वा सर्ने । ~ सङ्घर्षी— ना॰ युक्तोष्म वा अर्धपृष्ठ व्यञ्जन । > स्पर्शेन्द्रिय— ना॰ चिसोतातो, साह्रोकमलो आदि गुण छोएर थाहा पाउने इन्द्रिय; जीवित शरीरको छाला ।
स्पष्ट— वि॰ [सं॰] १. देख्न, सुन्न, पढ्न वा बुझ्न सकिने; कुनै किसिमको अस्पष्टता नभएको; छर्लङ्ग; प्रस्ट । २. निर्मल; निश्छल; शुद्ध । ३. जस्तो छ त्यस्तो; सत्य; वास्तविक; यथार्थ । — तया— क्रि॰ वि॰ स्पष्ट रूपमा; खुलासासँग; सफासाथ; सफासफी । —
ता— ना॰ स्पष्ट हुनाको भाव वा अवस्था; प्रस्ट्याइँ । ~ वक्ता— वि॰ मनमा कुरा नलुकाई वा डर, सङ्कोच आदि नमानेर फटाफट साँचो कुरो बोल्ने; स्पष्टवादी । — वादी— वि॰ स्पष्टवक्ता ।
स्पष्टीकरण— ना॰ [सं॰] १. छर्लङ्ग नभएका कुरालाई छर्लङ्ग पार्ने काम । २. कुनै विषयमा केही गरियो वा भनियो भने त्यसको आशयसमेत प्रस्ट गर्ने काम । ३. कुनै ओहदाका कर्मचारीले बेनियमको काम गरेमा माथिल्ला तहका कर्मचारीले नसिहतका रूपमा लिने लिखित बयान वा विवरण ।
स्पुतनिक— ना॰ [रुसी] रुसी अन्तरिक्षविज्ञानका वैज्ञानिकले चन्द्रलोकमा प्रक्षेपण गरेको विमानको नाम; रकेट ।
स्पृश्य— वि॰ [सं॰] स्पर्श गर्न योग्य; छुन सकिने; छुवाछूत चल्ने; छुन हुने । > स्पृश्यास्पृश्य— वि॰ छुन हुने र नहुने; छुवाछूत चल्ने र नचल्ने ।
स्पृष्ट— वि॰ [सं॰] १. स्पर्श भएको; छोइएको; छुवाछूत भएको । ना॰ २. ध्वनिविज्ञानमा 'क'–देखि 'म'–सम्मका वर्णहरूको उच्चारणको प्रयत्न ।
स्पृहणीय— वि॰ [सं॰] इच्छा गर्न लायक; चाहना गर्न सकिने; वाञ्छनीय ।
स्पृहा— ना॰ [सं॰] कुनै पनि विषयप्रतिको अभीप्सा; अभिलाषा; चाहना ।
स्पेन— ना॰ [ल्याट॰ हिस्पानियो युरोपको एक देश । > स्पेनिया— ना॰ १. स्पेन देशको मुख्य भाषा; स्पेन देशका मान्छेको भाषा । वि॰ २. स्पेनसम्बन्धी; स्पेन देशको । स्पेनिस— ना॰ स्पेन देशको बासिन्दा; स्पेननिवासी ।
स्पेस— ना॰ [अङ्॰] १. कुनै अर्का वस्तुका बीचमा रहेको खाली ठाउँ; खुला । २. प्रेसमा कम्पोज गरिने अक्षरका एकअर्काका बीचमा रहने खाली ठाउँ ।
स्प्रिब— ना॰ [अङ्॰] १. स्थिति, स्थापक गुणले युक्त फलामको कमानी; इस्पातको तार, पाता आदि दोब्य्राई खुम्च्याउन, तन्काउन मिल्ने पारिएको लचिलो वस्तु; तान्दा तन्किने र छोड्दा खुम्चिने तार, पाता आदि । — दार— वि॰ कमानीदार ।
स्फटिक— ना॰ [सं॰] १. पालिस गरेमा पारदर्शक बन्ने किसिमको बहुमूल्य पत्थर; बिल्लौर । २. सूर्यकान्तमणि; पारसमणि । वि॰ ३. एकदम निर्मल; कञ्चन । > स्फटिकाश्म— ना॰ भूगर्भशास्त्रअनुसार सूर्यकान्तमणि तयार हुने पत्थर; फटिक जातको खनिज पदार्थ । स्फटिकीकरण— ना॰ एकदम कञ्चन बनाउने काम; फटिकझैँ पारदर्शक बनाउने काम ।
स्फीत— वि॰ [सं॰] १. बढेको; वर्द्धित । २. फुलेको । ३. समृद्ध; सम्पन्न । > स्फीति— ना॰ कुनै वस्तुको मूल्यात्मक ह्रास हुने काम; महत्त्व घटे पनि वस्तु बढी हुने काम ।
स्फुट— वि॰ [सं॰] १. फुलेको वा फक्रेको; विकसित । २. फुटेको । ३. स्पष्टसँग ठम्याइने; छर्लङ्ब । ४. अलगअलग छुट्टिएको वा मसिनु र थोरथोरै; फुटकर । > स्फुटन— ना॰ १. कुनै पनि वस्तुको टुटफुट । २. कोपिला, मञ्जरी, फूल आदि फक्रने काम । ३. वायुको गतिमा घर्षण पैदा भई आवाजमा हुने परिवर्तन ।
स्फुटित— वि॰ १. फुटेको; फक्रेको । २. फूलका रूपमा परिणत भएको ।
स्फुरण— ना॰ [सं॰] १. मनमा अस्पष्ट भएको कुरा अकस्मात् फुर्ने काम; भाव वा विचारको फुराइ । २. फरफराइ । ३. स्पष्ट हुने वा छर्लङ्गिने क्रिया ।
स्फुरित— वि॰ [सं॰] १. स्फुरण भएको; फुरेको । २. फुरफुर गरेको । ३. मनमा आएको; विचारमा सुझेको ।
स्फुलिङ्ग— ना॰ [सं॰] १. आगाको सानो कोइलो; फिलिङ्गो; झिल्को । २. कलह, रोग, प्रकोप आदिको सानो बीउ ।
स्फूर्ति— ना॰ [सं॰] १. शरीरमा आउने हौसला र हलुङ्गोपन; काम गर्ने जाँगर; फुर्ती । २. फरफराउने काम; फरफराइ । ३. अभिमान; घमन्ड; सेखी ।
स्फोट— ना॰ [सं॰] १. बाहिरी आवरण फारेर कुनै वस्तु बाहिर निस्कने काम; फुटाइ । २. प्रत्यक्ष हुने काम; प्रकटीकरण । ३. शरीरमा निस्कने फोको वा खटिरो । ४. शब्द सुनेर मनमा उत्पन्न हुने विचार; शब्दरूप ब्रह्म । ५. नित्य शब्द (मीमांसा॰ । श्र स्फोटन— ना॰ १. फुट्ने वा फोर्ने काम; विदारण । २. व्यक्तगराइ; प्रकट ।
स्मगलर— ना॰ [अङ्॰] बिक्रीवितरणमा रोक लागेका मूर्ति, चरेस, गाँजाजस्ता निषिद्ध वस्तुको चोरी, निकासी–पैठारी गर्ने र कर आदि छलेर अवैध तरिकाले व्यापार गर्ने व्यक्ति । > स्मगलिब— ना॰ अवैध वस्तुको गैरकानुनी ढङ्गबाट निकासी, पैठारी, बिक्रीवितरण आदि गर्ने काम ।
स्मरण— ना॰ [सं॰] १. मनमा रहेको कुनै पनि विषयको फेरि ध्यान वा विचारमा आउने काम; सम्झना; याद । २. आराध्य देवतालाई बारम्बार सम्झने काम; नवधा भक्तिमध्ये एक । ३. साहित्यमा कुनै एउटा वस्तुलाई देखेर अर्को वस्तुको स्मरण हुँदा पर्ने एक अर्थालङ्कार । ~ पत्र— ना॰ १. पहिले भएको घटना, प्रसङ्ग आदिलाई पुनः ताजा गराउनको लागि सम्झौटोका रूपमा लेखेर दिइने पत्र; स्मृतिपत्र । २. पछि नभुलियोस् भनी सजिलाका लागि लेखिने पत्र; सम्झौटो । ~ शक्ति— ना॰ सम्झने शक्ति; कुनै कुरालाई नभुली अड्याइरहने शक्ति । > स्मरणार्थ— वि॰ सम्झनाको प्रयोजन भएको; सम्झनाका लागि । स्मरणीय— वि॰ सम्झना गर्न लायक; भुल्न नहुने; सम्झनुपर्ने ।
स्मारक— ना॰ [सं॰] कसैलाई वा कुनै विषयलाई सम्झाउन वा नबिर्सनका निम्ति बनाइने खास वस्तु (स्तम्भ, सालिक, भवन, ग्रन्थ, संस्था आदि) । ~ क्षेत्र— ना॰ विगतका कुरा, ऐतिहासिक महत्त्वका घटना आदि स्मरण गराउन कुनै स्तम्भ वा केही सङ्केतक वस्तु स्थापना गरिएको ठाउँ । ~ ग्रन्थ— ना॰ कुनै विबान्, नेता, महापुरुष आदिको महत्त्वलाई सम्झनामा आलै राख्ने दृष्टिले तयार गरिएको ग्रन्थ । > स्मारिका— ना॰ १. कुनै महत्त्वपूर्ण कुरा, व्यक्ति वा स्थान आदिको स्मरणार्थ तयार गरिएको चिह्नस्वरूप वस्तु । २. त्यसैसित सम्बन्धित विशेषतः विवरणात्मक तथा सचित्र पुस्तिका (सोभेनियर) । ३. स्मरणपत्र ।
स्मार्त— वि॰ [सं॰] १. स्मृतिसम्बन्धी; स्मृतिको । ना॰ २. स्मृतिको अनुसरण गर्ने व्यक्ति; स्मृतिको अनुयायी । ३. स्मृतिविहित ग्रन्थ । ४. स्मृतिको ज्ञाता; धर्मशास्त्रज्ञ ।
स्मित— ना॰ [सं॰] १. दाँत नदेखिने र आवाज ननिस्कने हिसाबले हाँसिने हाँसो; हलुका मीठो हाँसो; मुस्कुराहट । वि॰ २. मुस्कुराएको; हाँसेको । ३. विकसित; फुलेको । ~ वदना— वि॰ हँसिलो अनुहार भएकी (स्त्री॰ । > स्मिति— वि॰ मन्द हास; मुस्कुराहट; मुस्कान ।
स्मृत— वि॰ [सं॰] स्मरण गरिएको; सम्झना भएको; याद गरिएको ।
स्मृति— ना॰ [सं॰] १. स्मरण; सम्झना; हेक्का । २. साहित्यमा, बिर्सिएको वा पुरानो कुरा सम्झना गराउँदा हुने एक सञ्चारी भाव । ३. ऋषिमुनिहरूबारा रचित धर्म, दर्शन, आचार, व्यवहार, शासन, नीति आदिसित सम्बन्धित धर्मशास्त्र । ४. उक्त अठार प्रकारका मुख्य ग्रन्थका आधारमा अठारको सङ्ख्यासूचक शब्द । — कार— ना॰ स्मृति वा धर्मशास्त्रका रचयिता (विशेषतः अठार प्रसिद्ध स्मृतिकार हुन्— मनु, याज्ञवल्क्य, अत्रि, विष्णु, हारीत, बृहस्पति, उशनस्, अङ्गिरा, यम, कात्यायन, पराशर, व्यास, दक्ष, आपस्तम्ब, गौतम, वशिष्ठ, नारद र भृगु) । ~ ग्रन्थ— ना॰ १. स्मरणका निमित्त लेखिएको ग्रन्थ; कुनै महत्त्वपूर्ण घटना वा विशिष्ट व्यक्तिको योगदानका सम्पूर्ण पक्षलाई लिएर लेखिएको ग्रन्थ । २. मनुस्मृतिसम्बन्धी ग्रन्थ । ~ चित्र— ना॰ स्मृतिरूपी चित्र । — पट— ना॰ अमर सहिदहरू मारिएका ठाउँमा सम्झनाका निम्ति तिनका वीरताको गुण र विवरण लेखिएको शिलास्तम्भ; अभिलेख । ~ पत्र— ना॰ सम्झनाका निम्ति लेखिएको पत्र वा कागज; सम्झौटो । — शेष— ना॰ १. सम्झना मात्रको अवशेष; स्मरण मात्र बाँकी । २. कुनै महापुरुष वा विशिष्ट व्यक्तित्वको भौतिक शरीरको सम्झनाका निम्ति राखिन सक्ने वा राखिएका केश, दाँत, खराउ, पात्र आदि वस्तु ।
स्यमन्तक— ना॰ [सं॰] पुराणअनुसार कृष्णकी पत्नी सत्यभामाका बाबु सत्राजित्ले सूर्यलाई खुसी तुल्याएर पाएको र कृष्णलाई चोरीको झूटो आरोप लागेको एक प्रसिद्ध मणि ।
स्याँगी— ना॰ सागपात, कन्द, फल, पाउरोटी आदि काट्ने सोझो र लामो एक किसिमको छुरीजस्तो हतियार; स्याबी ।
स्याँठ— ना॰ [सं॰ शीते सामान्यतः चिसो हुने किसिमले चल्ने सिरेटो; सिट्ठी ।
स्याँल— ना॰ [सियाँले ओझेल; छायाँ; सियाँल ।
स्याँसे— वि॰ [स्याँस्याँ+ए] १. रोगका कारणले स्याँस्याँ गरिरहने; धम्की वा दमले सताएको । ना॰ २. धम्कीको बिरामी ।
स्याँस्याँ— क्रि॰ वि॰ [अ॰ मू॰ स्याँ (बि॰)] १. सास बढ्ने रोगका कारणले वा परिश्रम परेर छिटोछिटो सास फेर्ने गरी । ना॰ २. त्यसरी सास फेर्दा निस्कने शब्द ।
स्याँहाल— ना॰ सियाँल ।
स्याइँ१— क्रि॰ वि॰ [रू सर्धाइँ] अर्काले कुनै मीठो चीज खाएको देख्दा आफ्नो मुख पनि पानीले भरिने किसिम; खाने इच्छाले हुने जिभ्राको लपलप्याइ ।
स्याइँ२— ना॰ [अ॰ मू॰] पानी, दूध आदि तरल वस्तु तात्न लाग्दा निस्कने शब्द । ~ स्याइँ— क्रि॰ वि॰ १. स्याँस्याँ; स्वाँस्वाँ । २. स्याँठ चलेजस्तो गरी । ३. घाँस, पराल आदि धमाधम काट्ता निस्कने आवाज वा ध्वनिका साथमा ।
स्याइ— ना॰ [रू स्यू (+आइ॰] सिउने भाव, क्रिया वा प्रक्रिया; सियाइ; सिलाइ । [ > ] स्याइनु— स॰ क्रि॰ सिउने काम गराइनु; सियाइनु; सिलाइनु ।
स्याउँस्याउँ— क्रि॰ वि॰ [अ॰ मू॰ स्याउँ (बि॰)] १. घाउखटिरा वा कुनै सडेगलेका वस्तुमा मसिना कीरा परेर वा उब्जेर सलबलाउने किसिमले; औँसा, कमिला आदि मसिना कीटाणुहरू एकनाससित रगरगाउने गरी; सिलिबबिलिब रू २. धेरै मानिस विशेषतः केटाकेटीहरू एकै ठाउँ जम्मा भएर चलमलाउने वा यताउति गर्दै चलिरहने गरी । > स्याउँस्याउँती— क्रि॰ वि॰ अझै स्याउँस्याउँ हुने गरी ।
स्याउ१— ना॰ [फा॰ सेबे १. नासपातीको जस्तो बोट र पात हुने, गुलाफी ढबका सेता फूल फुल्ने र पहिले हरियो फल लागी बिस्तारै सेतो र पाक्दा रातोरातो हुने फल फल्ने एक बोट । २. त्यसै बोटमा लाग्ने फल ।
स्याउ२— ना॰ बेसनको पीठोलाई पानीमा रयाली, नुन, खुर्सानी, मसला आदि हाली तेल वा घिउमा पकाइने भुजुरीजस्तो खाद्य पदार्थ ।
स्याउ–नु— प्रे॰ क्रि॰ [स्यू+आउ+नु] स्यून लाउनु; सियाउनु; सिलाउनु ।
स्याउला— ना॰ [स्याउलोको ब॰ व॰ वा ति॰ ।)] स्याउलो । ~ स्याउली— ना॰ १. स्याउलाको समूह । २. स्याउला र घाँसपात आदि ।
स्याउली— ना॰ [स्याउलो+ई] स्याउलाको लघु रूप; सेउली (विशेषतः कविता, गीत र लोकगीतमा प्रचलित॰ ।
स्याउले— वि॰ [स्याउलो+ए] स्याउलाजस्तो; स्याउलासम्बन्धी; स्याउलाबाट बनेको (जस्तै— स्याउले घाँस, स्याउले छाप्रो आदि॰ । ~ घाँस— ना॰ बस्तुभाउलाई खुवाउन उपयुक्त रूखको घाँस अर्थात् पातसहितको हाँगोबिगो; डाले घाँस । ~ छाप्रो— ना॰ स्याउलाले छानु छाइएको छाप्रो ।
स्याउलो— ना॰ [शेवले धेरै पात भएको हाँगो; पातैपात भएको डालो; सेउलो ।
स्याक्चा— ना॰ [भो॰ ब॰] पहिले राणाकालमा नेपाल र तिब्बतको सन्धिअनुसार नेपाली बाबु र तिब्बती आमाबाट जन्मेको नेपाली नागरिक ।
स्याखु— ना॰ १. घामपानीमा ओढ्ने एक प्रकारको घुम । २. च्याङ्ग्राको एक जात; च्यापू । वि॰ ३. साह्रै सानो र ख्याउटे; मरन्च्याँसे; दुब्लो ।
स्याखू— वि॰ ज्यादै दुब्लोपातलो; मरन्च्यासे; झ्यास्स परेको ।
स्याङ्ताने— वि॰ अत्यन्त दुब्लोपातलो; हाडछाला मात्र भएको; मरन्च्याँसे; फुकीढल; पिलन्धरे ।
स्याङ्जा— ना॰ नेपालको गण्डकी अञ्चलमा पर्ने एक जिल्ला ।
स्याबी— ना॰हे॰ स्याँगी ।
स्याट्ट— क्रि॰ वि॰ [अ॰ मू॰ स्याट्+ट] कुनै काम शेष नराखी झटपट सक्ने गरी; सबै सिद्ध्याउने किसिमले ।
स्यानब्यान— ना॰ [सं॰ सेना–वाहने १. राजामहाराजा, नेता आदिका पछिल्तिर ताँती लागेर हिँड्ने मानिस । २. कीरासरिका छोराछोरी; सेनाबेना ।
स्यानु/स्यानो— वि॰ सानो ।
स्यान्डिल— ना॰ [अङ्॰] प्रायः पछाडि फित्ता बाँध्ने र दुवैतिर केही भाग खुला भएको, छालाको जुत्ता वा चप्पल ।
स्याप्प— क्रि॰ वि॰ [अ॰ मू॰ स्याप्+प] १. भित्रपट्टि रहने वस्तु निखि्ा्रनाले चाउरिएर; सेप्रिएको चालमा । २. मसिनु नरम वस्तुले हिर्काउँदा शब्द निस्कने गरी ।
स्याबजी— ना॰ [नेवा॰] भुटेर फुराउँदा डल्लोडल्लो हुने चिउरा ।
स्याबास— ना॰ [फा॰ शाबाशे राम्रो वा सह्रनीलाग्दो काम गरेबापत फुर्क्याउन प्रयोग गरिने शब्द; क्याबात; धन्य । > स्याबासी— ना॰ स्याबास जनाइने काम; वाहवाही ।
स्याम्म— क्रि॰ वि॰ [अ॰ मू॰ स्याम्+म] सिप्किनु वा स्याउलाले जोडसँग हान्ने गरी; स्याप्प ।
स्यार्पा— ना॰ [भो॰ ब॰] पूर्वी नेपालको हिमाली भेकमा बस्ने मङ्गोलमूलको एक जाति; सेर्पा ।
स्यार्पुदह/स्यार्पुताल— ना॰ [स्यार्पु (स्थान॰ +दह/ताल] रुकुम जिल्लामा उत्तरदक्षिण परेर आधा कोससम्म फराकिलो भई बसेको एक पोखरी ।
स्याल— ना॰ [सं॰ शृगाले कुकुरजत्रै र कुकुरजस्तै हुने, मुख केही चुच्चो र पुच्छर झुप्प परेको मांसाहारी एक जङ्गली जनावर । ~ काने— ना॰ लाम्चा, टुप्पामा कोप्रा परेका पात हुने, नीलो रङ्गको फूल फुल्ने एक जातको बुटी । ~ टट्टु— वि॰ साह्रै अग्लो र दुब्लोपातलो; हल्लनटट्टू । ~ पुच्छ्रे— ना॰ कटुसका जस्तै ससाना पात हुने एक जातको बोट । ~ फुस्रे— ना॰ खरीका जस्ता पात हुने, पहेँला फूल फुल्ने, रिट्ठाजस्ता काला दानादार फल फल्ने, एक जातको बोट वा त्यसैको फल । — को सिब— ना॰ रूढिबूढीअनुसार भाले स्यालको टाउकोमा पहिलो खेप कराउँदा सिब निक्लन्छ र पछि त्यहीँ दब्छ भन्ने धारणा । ~ सिब— ना॰ कुनै काममा पनि नआउने मानिस ~ सिबे— वि॰ स्यालको सिबजस्तो कुनै पनि काम नदिने ।
स्याल्ल— क्रि॰ वि॰ [अ॰ मू॰ स्याल्+ल] चिप्लो तरल पदार्थ फैलेर बग्ने गरी । — ब्याल्ल— क्रि॰ वि॰ त्यस्तो पदार्थ जथाभाबी बग्ने र पोखिने गरेर; थ्याल्लब्याल्ल ।
स्यास— ना॰ तक्मा सुर्काएर भिरिने रेसमी फित्ता वा पेटी ।
स्याहा— ना॰ [फा॰ सियाहे आयव्ययको विवरण लेखिने स्रेस्ताको कागत वा बही । ~ मोहर— ना॰ १. अड्डाअदालत आदिको छाप । २. पहिलेपहिलेका राजारजौटाले गरिदिएको, छाप लागेको कागत ।
स्याहार्–नु— स॰ क्रि॰ [स्याहार+नु] १. छरिएको वा अलपत्र परेको वस्तुलाई तह लगाउनु; सँभाल्नु । २. टुहुराटिङ्गरा, अलपत्र परेका आदिलाई सम्भार गर्नु; सह्यार्नु ।
स्याहार— ना॰ [रू सह्यारे कुनै वस्तु वा व्यक्तिको सुसार वा हेरचाह गर्ने काम; सह्यार । ~ सम्भार— ना॰ राम्ररी स्याहार्ने र सम्भार गर्ने काम; सह्यारसम्भार । ~ सुसार— ना॰ स्याहार्ने र सुसार गर्ने काम; सह्यारसुसार ।
स्याहाराइ— ना॰ [रू स्याहार (+आइ॰] स्याहार्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] स्याहारिनु— क॰ क्रि॰ स्याहार्ने काम गरिनु; सह्यारिनु ।
स्युर— ना॰हे॰ सिउर ।
स्युस्यु— क्रि॰ वि॰ [अ॰ मू॰] १. जाडो भएको वेलामा काम्दै मुखबाट त्यस्तो शब्द निस्कने गरी । २. भेडाको बथानबाट एक–दुई भेडा यताउता लागेको बेलामा यताउता जान नदिनलाई बोलेझैँ गरी ।
स्यूँडी— ना॰हे॰ सिउँडी ।
स्यूँदो— ना॰ [सं॰ सीमान्ते हे॰ सिउँदो ।
स्यू–नु— स॰क्रि॰हे॰ सिउनु ।
स्यूडी— ना॰हे॰ १. सिउरी । २. सिउँडी ।
स्यू–नी— ना॰)हे॰ सिउनी ।
स्यूर–नु— स॰क्रि॰ सिउराइनु ।
स्यूराइ— ना॰ सिउराइ । > स्यूराइनु— क॰क्रि॰ सिउराइनु । स्यूराउनु— प्रे॰क्रि॰ सिउराउनु । स्यूरिनु— स॰क्रि॰ सिउरिनु ।
स्यूर— ना॰हे॰ सिउर ।
स्रग्धरा— ना॰ [सं॰] १. प्रत्येक चरणमा म र भ न य य य गण हुने र सातसात अक्षरमा अडान हुने एक्काइस अक्षरको एक वार्णिक छन्द । २. बौद्धहरूकी एक देवी ।
स्रग्विणी— ना॰ [सं॰] १. प्रत्येक चरणमा चार रगण हुने एक वार्णिक छन्द । २. एक देवीको नाम ।
स्रवण— ना॰ [सं॰] तरल आदि पदार्थको चुहाइ; चुहाइ । — सार— ना॰ नाइट्रोइन एसिड; युरिया; मूत्रसार ।
स्रष्टा— ना॰ [सं॰] १. सृष्टि वा रचना गर्ने; रचयिता; निर्माता । २. ब्रह्मा । ३. विष्णु । ४. शिव ।
स्राव— ना॰ [सं॰] १. जीवजन्तु तथा रूखबिरुवाका भित्री अङ्गबाट निस्कने वा चुहुने पानी, तेल र रगतजस्तो तरल वस्तु । २. गर्भस्राव; गर्भपात । ३. निर्यास; रस । > स्रावक— वि॰ स्राव गर्ने; चुहाउने । स्रावित— वि॰ स्रावका रूपमा चुहाइएको वा निकालिएको ।
स्रुत— वि॰ [सं॰] १. रसाएर निस्केको; चुहेको । २. बगेको; प्रवाहित ।
सु्रव/सु्रवा— ना॰ [सं॰] खयरका काठबाट बनाइएको डाडुका आकारको, यज्ञमा घिउ हवन गरिने साधन; सुरो ।
स्रेस्ता— ना॰ [फा॰ शरिस्तःे अड्डाअदालतको नियमपूर्वकको लेखापढी तथा हरहिसाब आदि राख्ने स्याहा वा बही । ~ अदालत— ना॰ न्यायिक कार्यबाहेकको प्रशासनिक कार्य गर्ने अदालत; स्रेस्तासम्बन्धी काम गर्ने अदालत । — दार— वि॰ १. स्रेस्ताको काम गर्ने; स्रेस्ता जान्ने; स्रेस्तामा निपुण । ना॰ २. त्यस्तो व्यक्ति । ~ पाठशाला— ना॰ नेपालमा निजामती सेवामा जाने व्यक्तिलाई ऐनस्रेस्तासम्बन्धी प्रशिक्षण दिनका लागि वि॰ सं॰ १९६२ सालतिर खुलेको पाठशाला । ~ प्रणाली— ना॰ वैज्ञानिक ढङ्गले स्रेस्ता गर्ने र स्रेस्ताका कागतपत्र राख्ने नयाँ तरिका वा ढङ्ग । ~ शिक्षा— ना॰ ऐनस्रेस्तासम्बन्धी शिक्षा । > स्रेस्तेदार— वि॰/ना॰ स्रेस्तादार ।
स्रोत— ना॰ [सं॰] १. पानीको प्रवाह वा धारा; पानीको बहाइ । २. नदीको मुहान । ३. झरना; छहरा । ४. कुनै कामकुरा हुन वा पुस्टिन सक्ने बलियो आधार; सोर्स । ५. वंशपरम्परा । श्र स्रोतस्विनी— ना॰ १. नदी; खोलो । २. धारा; प्रवाह ।
स्लिपर— ना॰ [अङ्॰] १. रेलमार्गमा लिकभन्दा मनि बिछ्याइने मोटामोटा काठ । २. रबरका चप्पल; हवाई चप्पल ।
स्लेट— ना॰ [अङ्॰] सिलेट ।
स्व— वि॰ [सं॰] १. निजी; आफ्नो; आफ्नो वर्ग वा जातको; आफन्त (समस्त पदका आरम्भमा, जस्तो— स्वदेश, स्वतन्त्र, स्वजन इ॰) । २. आफैआफ हुने वा भएको (जस्तो— स्वचालित, स्वनियन्त्रित इ॰) । प॰ स॰ ३. केही शब्दका अन्तमा लागेर भाववाचकता वा धन, अस्तित्व आदिका प्राप्तिको अर्थ दिने एक रूप (जस्तो— निजस्व, परस्व, धर्मस्व, राजस्व इ॰) । ना॰ ४. दाजुभाइ; गोती; बन्धु । ५. सम्बन्धी; ज्ञाति । सर्व॰ ६. स्वयम्; आफैँ ।
स्वः— ना॰ [सं॰] १. आकाश; व्योम । २. देवलोक; स्वर्ग ।
स्वकीय— वि॰ [सं॰] आफ्नो; व्यक्तिगत; निजी । ~ सचिव— ना॰ राजा, राष्ट्रपति आदिको व्यक्तिगत वा आन्तरिक प्रबन्धसम्बन्धी कार्य गर्ने सचिव । > स्वकीया— ना॰ १. आफ्नी पत्नी; विवाहिता पत्नी । २. साहित्यमा सरल प्रकृतिकी, विनययुक्त, गार्हस्थ्य चलाउने र पतिव्रता गुण भएकी नायिका । विप॰ परकीया ।
स्वख्यापन— ना॰ [सं॰] आफ्नो प्रशंसा आफैले बखान्ने काम; आत्मप्रशंसा; आत्मश्लाघा ।
स्वगत— वि॰ [सं॰] १. आफैँमा मात्र सीमित; मनमनमा आएको वा रहेको । क्रि॰ वि॰ २. आफैँआफ; स्वतः । ~ कथन— ना॰ नाटकहरूमा पात्रले आफ्नो मनको कुरा अरूले नसुनेझैँ गरी एक्लै गुनगुन गरेर दर्शकतिर हेर्दै भन्ने संवादको एक शैली; अश्राव्य ।
स्वचालक— वि॰ [सं॰] स्वचालन हुने; स्वयं चल्ने वा यन्त्र आदिलाई चलाउने ।
स्वचालन— ना॰ [सं॰] कुनै विशिष्ट प्रक्रियाविना सामान्य साधन वा कलपुर्जा, दम आदिका सहायताले नै आफैँ चल्ने वा यन्त्र आदि चलाउने काम; स्वयं सञ्चालन हुने प्रक्रिया ।
स्वचालित— वि॰ [सं॰] कलपुर्जा, दम आदिले नै आफै सञ्चालित हुने तथा आवश्यक काम गर्न थाल्ने । ~ यन्त्र— ना॰ आफै चल्ने यन्त्र वा मिसिन ।
स्वच्छ— वि॰ [सं॰] १. कुनै प्रकारको फोहरमैला वा दूषित तत्त्व नभएको; निर्मल; सफा । २. शुद्ध; पवित्र; निष्कलङ्क । ३. उज्ज्वल; चम्किलो । ४. खुलस्त; स्पष्ट; प्रस्ट । ५. नीरोग; स्वस्थ । —
ता— ना॰ १. स्वच्छ हुनाको भाव वा स्थिति; विशुद्धता; निर्मलता । २. सरसफाइ ।
स्वच्छन्द— वि॰ [सं॰] १. अरूको नियन्त्रण वा अधीनमा नरहने; आफूखुसी चल्ने; स्वाधीन । २. अनुशासन वा मर्यादामा नरहने; उच्छृङ्खल स्वभावको । क्रि॰ वि॰ ३. कुनै सोचविचार, सङ्कोच वा डरबिना नै; स्वेच्छया ।
स्वछन्दता— ना॰ [सं॰] स्वच्छन्द हुनाको भाव, प्रकृति वा अवस्था । — वाद— ना॰ शास्त्रीय बन्धनमा जेलिएका साहित्यिक सिद्धान्तलाई त्यागी जीवन र जगत्का स्वतन्त्र चिन्तन, प्रकृति आदिका रोमान्टिक भाव व्यक्त गरेर साहित्यसृजन गर्ने एक प्रवृत्ति वा सिद्धान्त; जर्मनी, फ्रान्स, ब्रिटेन देशहरूमा अठारौँ शताब्दीमा प्रारम्भ भएको एक साहित्यिक मान्यता; रोमान्सवाद । — वादी— वि॰ स्वच्छन्दतावादको अनुयायी; स्वच्छन्दतावादमा विश्वास गर्ने; रोमान्टिक ।
स्वजन— ना॰ [सं॰] १. आफ्ना परिवारका मानिस; आत्मीय जन । २. नातासम्बन्धी व्यक्ति; नातादार ।
स्वजाति— ना॰ [सं॰] १. आफ्नै जात; आफ्नो जाति । २. आफ्नै धर्म, संस्कृति आदिमा मिल्ने जात वा वर्ग । ३. आफ्नै प्रकार; आफ्नै किसिम । > स्वजातीय— वि॰ आफ्नै जात वा वर्गको; एउटै जातिको ।
स्वतः— क्रि॰ वि॰ [सं॰] आफैँआफ; स्वयम्; आफैँ । ~ सिद्ध— वि॰ अरू कुनै वस्तु वा तत्त्वको सहायताविना आफैँ सिद्ध भएको; स्वयम्सिद्ध । — स्फुरित नासिक्यीभवन— ना॰ अनुनासिक व्यञ्जनको सहायताविना नै स्वरवर्ण नासिक्य हुने क्रिया ।
स्वतन्त्र— वि॰ [सं॰] १. अरू कसैको बन्धन, दबाउ, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयं सोचीबुझी काम गर्न सक्ने वा पाउने; स्वाधीन । २. अरूको अवलम्ब, आधार वा आश्रय केही नभएको (जस्तो— स्वतन्त्र रचना, स्वतन्त्र मतदान आदि॰ । ३. कुनै नियम–विधि वा प्रतिबन्धबाट मुक्त (जस्तो— स्वतन्त्र नागरिक, स्वतन्त्र चिन्तन आदि) । ४. अरू कसैसँगको सम्पर्क नभएको; अलग; भिन्न । — ता— ना॰ १. स्वतन्त्र हुनाको वा रहनाको भाव वा अवस्था । २. कुनै प्रकारको शासनिक बाधा, रोकावट, बन्धन आदि नभई उचित तथा सङ्गत काम र व्यवहार स्वयं गर्न पाउने अधिकार वा शक्ति; स्वातन्यभय ।
स्वत्व— ना॰ [सं॰] १. स्वको भाव वा अवस्था; आफ्नोपन । २. कुनै विषय वा वस्तुप्रतिको स्वामित्व; अधिकार; हक । ३. मौलिकता; निजी तत्त्व । ~ संलेख— ना॰ कुनै चलअचल सम्पत्तिको उत्तराधिकार, इच्छापत्र आदिको बेहोरामा यसको अधिकार हो भनी उल्लेख भएको पत्र; अधिकारपत्र । > स्वत्वाधिकार— ना॰ आफ्नो स्वामित्व सिद्ध गर्न ऐननियमले दिएको अधिकार; निजी हक । स्वत्वाधिकारिणी— ना॰ स्वत्वाधिकारीको स्त्रीरूप; स्वत्वाधिकार पाउने स्त्री । स्वत्वाधिकारी— ना॰ स्वत्वाधिकार पाएको व्यक्ति; स्वामी; मालिक ।
स्वदेश— ना॰ [सं॰] पुर्खाका पालादेखि बसोबास गरिआएको देश; आफ्नो देश; मातृभूमि; जन्मभूमि । > स्वदेशी— वि॰ १. स्वदेशसँग सम्बद्ध; आफ्नै देशको; मातृभूमिको । २. आफ्नै देशमा तयार भएको; स्वदेशमा बनेको (कपडा, जुत्ता इ॰) ।
स्वधर्म— ना॰ [सं॰] १. आफ्नो वंश वा कुलमा परम्परादेखि चलेको वा पालन गर्दै आएको धर्म; आफ्नो धर्म । २. आफूले धारण गरिएको समाजका निम्ति कल्याणकारी कामकुरो; आफ्नो कर्तव्य । श्र स्वधर्मी— वि॰ १. स्वधर्ममा रहने; स्वधर्मको नियमलाई राम्ररी पालन गर्ने । २. एउटै धार्मिक सम्प्रदायभित्रको; समान जाति, रहनसहन वा संस्कारसित सम्बद्ध ।
स्वधा— ना॰ [सं॰] १. श्राद्ध, तर्पण आदि पितृकार्यमा जल, पिण्ड आदि अर्पण गर्दा भनिने मन्त्र । २. पितृहरूलाई चढाइने हवि; पितृमन्त्र । ३. दक्षप्रजापतिकी एक कन्या ।
स्वन— ना॰ [सं॰] लघुतम पृथक् आवाज; ध्वनि; फोन । > स्वनिक— वि॰ स्वन वा ध्वनिसँग सम्बन्धित; स्वन वा ध्वनिको । ~ विज्ञान— ना॰ स्वन वा ध्वनिको वैज्ञानिक अध्ययन गर्ने शास्त्र; ध्वनिविज्ञान; फोनेटिक्स ।
स्वनाम— ना॰ [सं॰] आफ्नो नाम । ~ धन्य— वि॰ आफ्नै नामले धन्य वा प्रसिद्ध; असल गुण वा विशेषताले नै नाउँ कहलिएको ।
स्वनिम— ना॰ [सं॰ स्वन+ अङ्॰ इमे कुनै भाषाको ध्वनिव्यवस्थामा पाइने लघुतम विभेदक एकाइ; उच्चार्य वर्ण; फोनिम । श्र स्वनिमिक— वि॰ स्वनिमसँग सम्बन्धित; स्वनिम वा वर्णको । ~ विज्ञान— स्वनिम वा वर्णको वैज्ञानिक अध्ययन गर्ने शास्त्र; वर्णविज्ञान; फोनोलजी/फोनेमिक्स ।
स्वपक्ष— ना॰ [सं॰] आफ्नो पक्ष वा समर्थक; तरफदार । विप॰ विपक्ष । ~ त्यागी— वि॰ आफ्नो पूर्वविचार, सिद्धान्त, दल आदिको त्याग गर्ने (व्यक्ति॰ । > स्वपक्षी— वि॰ स्वपक्षको; स्वपक्षसम्बन्धी । विप॰ विपक्षी ।
स्वप्न— ना॰ [सं॰] १. सपना । २. निद्रा; नीद । ३. सहजै पूरा नहुने तथा काल्पनिक किसिमको ठूलो काम, योजना वा विचार । ~ दोष— ना॰ कुनै सपना देखेको वेला वीर्यपात हुने एक प्रकारको रोग वा अवस्था । ~ द्रष्टा— वि॰ १. स्वप्न देख्ने । २. कल्पनाको आकाशमा रमाउने । > स्वप्नालु— वि॰ स्वप्न देखिरहेको; निद्रालु ।
स्वप्नावस्था— ना॰ १. स्वप्न देखिने अवस्था । २. धार्मिक क्षेत्रमा लाक्षणिक रूपले स्वप्नजस्तै अवास्तविक वा निस्सार मानिने सांसारिक जीवन । स्वप्निल— वि॰ १. सपनासम्बन्धी; सपनाको । २. स्वप्नाको रूपमा हुने वा स्वप्नसमान देखिने । ३. सुतेको; निदाएको ।
स्वभाव— ना॰ [सं॰] आफ्नो वा निजी भाव । २. प्राणी वा पदार्थमा सधैँ एकनासले रहने, जन्मजात तथा प्राकृतिक गुण वा विशेषता; सहज वा स्वाभाविक प्रकृति । ३. आनीबानी; चालचलन; आदत । ४. मानसिक प्रवृत्ति; मिजास । — तः— क्रि॰ वि॰ स्वभावको फलस्वरूप; स्वभावैले; प्रकृतिले नै । ~ सिद्ध— वि॰ विशेष मिहिनेत गर्नै नपर्ने; स्वभावैले सिद्ध हुने; स्वाभाविक; सहज; प्राकृतिक । श्र स्वभावोक्ति— ना॰ १. साहित्यमा वस्तु वा विषयको स्वभावलाई यथावत् रूपमा वर्णन गर्दा पर्ने एक अलङ्कार । २. जस्ताको तस्तै भन्ने काम; यथार्थ कथन ।
स्वमत— ना॰ [सं॰] १. आफ्नो राय; आफ्नो निर्णय । २. स्वपक्षको बारेमा निर्णय गर्ने मत वा विचार ।
स्वयंवर— ना॰ [सं॰] १. कन्याले आफूलाई मन पर्ने वर स्वयं रोजेर वरण गर्ने एक रीति वा विधान । २. विवाह हुनुअगाडि कन्याकै घरमा अथवा देवस्थलमा गई वर–कन्या दुवैबाट माला, औँठी आदि लगाएर विधिपूर्वक कन्याबारा गराइने वरको वरण । श्र स्वयंवरा— ना॰ आफ्नो वर आफैँले छान्ने कन्या; पतिंवरा ।
स्वयमेव— क्रि॰ वि॰ आफू नै; स्वयम्; आफैँ ।
स्वयम्— क्रि॰ वि॰ [सं॰] १. आफू नै; आफैँ; आफैँआफ (जस्तो— म स्वयम्, ऊ स्वयम्, तिमी स्वयम् इ॰) । वि॰ २. आफैँआफ सबै काम गर्ने वा हुने (जस्तो— स्वयंसिद्ध, स्वयंचालित आदि॰ । सर्व॰ ३. आफू । — दूत— ना॰ साहित्यमा आफैँ दूत बन्ने अर्थात् आफ्नो प्रेम आफैँ प्रकट गर्ने नायक । — दूतिका/दूती— ना॰ आफ्नो सन्देश आफैँ लिएर नायककहाँ गई प्रेम प्रकट गर्ने परकीया नायिका ।
स्वयम्पाक— ना॰ [सं॰] आफूलाई चाहिने भोजन आफैँ पकाउने काम; आफैँले पकाईतुल्याई गरिएको खाद्य वस्तु । > स्वयम्पाकी— वि॰ १. आफूले खाने कुरा आफैँ पकाएर खाने । २. धार्मिक दृष्टिअनुसार आफूले पकाएको मात्र खाने अरूले पकाएको नखाने नियममा रहेको (व्यक्ति) । ३. आफैँ पाक्ने ।
स्वयम्भुव— ना॰ [सं॰] १. आदि मनु । २. सृष्टिकर्ता ब्रह्मा । ३. शिव; महादेव ।
स्वयम्भू— वि॰ [सं॰] १. आफै उत्पत्ति भएको; स्वतः उत्पन्न । ना॰ २. ब्रह्मा । ३. विष्णु । ४. शिव । ५. कामदेव । ६. काल । ७. काठमाडौँ नगरको पश्चिमपट्टिको गोपुच्छ पर्वतमा अवस्थित एक प्रसिद्ध बौद्ध चैत्य । > स्वयम्भूत— वि॰ आफैँ भएको; आफ्नै इच्छाले अवतीर्ण वा उत्पन्न; स्वयम्भू । ~ लिङ्ग— ना॰ षट्चक्रको चिन्तन गर्दा सर्वप्रथम कल्पना गरिने शिवलिङ्गका आकारको वस्तु; मूलाधार स्थानमा कल्पना गरिने लिङ्गाकार वस्तु । स्वयं सिद्ध— वि॰ [सं॰] १. कुनै तर्क वा प्रमाणविना नै आफैँ सिद्ध वा ठीक भएको । २. अरूको सहयोग नभएरै पनि सफलता पाएको । > स्वयं सिद्धि— ना॰ सिद्ध वा प्रमाणित गरिरहन नपर्ने सिद्धान्त; सर्वमान्य सिद्धान्त वा तत्त्व । स्वयं सेवक— ना॰ [सं॰] १. आफ्नै इच्छाले कुनै सेवाकार्यमा लाग्ने व्यक्ति । २. कुनै लोकहितकारी सङ्गठन वा संस्थामा अवैतनिक रूपले काम गर्ने व्यक्ति । > स्वयं सेविका— ना॰ स्वयंसेवकको स्त्रीरूप; स्त्रीस्वयंसेवक ।
स्वर्— ना॰ [सं॰] १. देवलोक; स्वर्ग । २. परलोक । ३. आकाश ।
स्वर— ना॰ [सं॰] १. प्राणीहरूका उच्चारण–अवयवहरूबाट वा एक वस्तुको अर्को वस्तुमा आघात पर्दा निस्कने कोमलता, तीव्रता, आरोहअवरोह आदिले युक्त ध्वनि; आवाज; शब्द । २. ध्वनिका स्वरवर्णमध्ये पहिलोचाहिँ (अ, आ, इ, इ॰) । ३. सङ्गीतमा निश्चित गरिएका सात ध्वनि वा सुर (षड्ज, ऋषभ, गान्धार, मध्यम, पञ्चम, धैवत र निषाद) । ४. वेदपाठका सन्दर्भमा उदात्त, अनुदात्त र स्वरित नामक तीन प्रकारका हुने शब्दको उतारचढाउ । ५. सास लिने बेला नाकबाट निस्कने वायुका कारणबाट उत्पन्न हुने शब्द । ६. आकाश । — ग्राम— ना॰ सङ्गीतमा 'सा'–देखि 'नि'–सम्मका सात स्वरहरूको समूह; स्वर– सप्तक । ~ चिम्टी— ना॰ श्वासप्रश्वास खुल्दै बन्द हुँदै गर्ने र स्वर प्रस्फुटित गराउने, फोक्साका मुखमा रहेको ओठका आकारको चेप । ~ तन्त्री— ना॰ कण्ठपेटारीभित्र रहेको स्वर वा आवाज निकाल्न सघाउ पुथ्याउने सूत्रका आकारको अङ्ग; स्वरनली । ~ नली— ना॰ स्वरतन्त्री । — पात— ना॰ शब्दको उच्चारण गर्दा कुनै स्वर वा अक्षरमा पर्न जाने रोकावट; उच्चारण गर्दा शब्दको बीचमा पर्ने यति वा विराम । ~ प्रसारण— ना॰ बोल्दा वा सस्वर पढ्दा आवाजको उतारचढाउ हुने प्रक्रिया । ~ भङ्ग— ना॰ १. कुनै कारणले स्वर सुक्ने वा गला बस्ने काम । २. उच्चारणमा हुने बाधा वा अस्पष्टता । ३. साहित्यमा हर्ष, भय, क्रोध, मद आदिले घाँटी रोकिएर एक थोक भन्नुपर्नेमा मुखबाट अर्कै थोक निस्कने प्रक्रिया । ~ मधुरिमा— ना॰ स्वरको मिठास; गलाको माधुर्य । — यन्त्र— ना॰ स्वरको उच्चारणमा सहायता पुथ्याउने वा प्रयत्न गर्ने घाँटीभित्रको एक अवयव; कण्ठनली । ~ लहरी— ना॰ १. सङ्गीतमा तीव्र, उतारचढाउ आदि स्वरहरूको लहर वा तरङ्ग । २. सङ्गीतमा केही समयसम्म एकै रूपमा हुने झङ्कार वा आलाप । ~ लिपि— ना॰ गीत, लय, राग, तान आदिमा आउने सबै स्वरको सङ्केत गर्ने चिह्नसहितको क्रमबद्ध लेख (नोटेसन॰ ।
स्वरवास— ना॰ [सं॰] १. आयुर्वेदअनुसार बिरुवा वा बुटीका पात, जरो, बोक्रो, फल र फूलसमेत मिलाएर कुटी निचोरेर निकालिएको झोल । २. कुनै चीजको आफ्नै प्राकृतिक रस । स्वर सङ्गति— ना॰ [सं॰] सँगै रहेका विषम स्वरमध्ये अगिल्लो र पछिल्लो स्वर समानरूपका बन्ने गरी हुने मेल (जस्तै— ढिकुटी=ढुकुटी, जान्छ=आन्छ आदि॰ । स्वर सङ्गीत— ना॰ [सं॰] सुन्दा मधुर लाग्ने र मुखैले गाएर मात्र पनि मीठो हुने गीत । स्वर सन्धान— ना॰ [सं॰] ध्वनिनियमअनुसार स्वर मिलाउने वा स्वरलाई सङ्गतिपूर्ण बनाउने काम । स्वर सप्तक— ना॰ [सं॰] सङ्गीतका सात स्वरहरूको समुदाय; सा, रे, ग, म, प, ध, नि सात स्वरहरूको सप्तक ।
स्वरागम— ना॰ [सं॰] शब्दका आदि, मध्य र अन्त्य कुनै ठाउँमा स्वर थपिई ध्वनिपरिवर्तन हुने प्रक्रिया (जस्तै— कर्म=करम, बक्स=बाकस आदि॰ ।
स्वराघात— ना॰ [सं॰] ध्वनिको उच्चारण हुँदा स्वरमा बढी आघात हुने प्रक्रिया; बोल्दा वा सस्वर पढ्दा स्वरवर्णमा पर्ने जोड वा बल ।
स्वराज्य— ना॰ [सं॰] १. विदेशी शासकको दबाउ वा पन्जाबाट छुटेर आफ्नै देशका जनतामा आएको र चलेको कुनै देशको शासनसत्ता; त्यस्तो शासनसत्ता प्राप्त गरेको स्वाधीन देश । २. आफ्नो देश; आफ्नो राज्य ।
स्वरान्तर— ना॰ [सं॰] दुई स्वरका उच्चारणका बीचको अन्तर वा विश्राम ।
स्वरित— ना॰ [सं॰] १. स्वर भएको वा निस्केको; स्वरयुक्त (अक्षर वा वर्ण) । २. टड्कालो, राम्रो र मीठो स्वर भएको ।
स्वरूप— ना॰ [सं॰] १. जुनसुकै विषय वा वस्तुको आकार; आकृति । २. अनुहार; मुख । ३. वस्तुमा रहने आफ्नो स्वभाव । वि॰ ४. साह्रै राम्रो; अति सुन्दर । ५. समान; तुल्य । क्रि॰ वि॰ ६. किसिमले; तवरसँग; रूपमा । — वान्— वि॰ सुन्दर रूप भएको; खूब राम्रो । > स्वरूपी— वि॰ १. रूप भएको; रूपवान् । २. कसैको स्वरूपजस्तै देखिने; समरूपी । ३. अरूको रूप धारण गरेको; छßवेशी । > स्वरूपोत्प्रेक्षा— ना॰ उत्प्रेक्षा अलङ्कारको एक भेद; वस्तूत्प्रेक्षा ।
स्वरोदय— ना॰ [सं॰] स्वर वा नाकको श्वासप्रक्रियाका आधारमा सबै किसिमको शुभ र अशुभ फल थाहा पाइने वा भनिने एक विद्या ।
स्वर्ग— ना॰ [सं॰] १. पुण्यात्मा र सत्कर्मीहरू मृत्युपछि सुख भोग्न जान्छन् भनी पुराण, स्मृति आदिले भनेको लोक; देवलोक । २. अमरावती; इन्द्रपुरी । ३. अत्यन्त रमणीय ठाउँ; सुन्दर स्थान । — गामी— वि॰ १. मरणोपरान्त स्वर्ग जाने; स्वर्गतर्फ गमन गर्ने । २. मृत; स्वर्गीय ।
स्वर्गङ्गा— ना॰ [सं॰] आकाशगङ्गा; मन्दाकिनी ।
स्वर्गबारी— ना॰ [सं॰] नेपाल अधिराज्यको प्यूठान जिल्लामा पर्ने एक प्रसिद्ध तीर्थस्थान । ~ प्रभु— ना॰ उक्त तीर्थस्थानको स्थापना गर्ने एक सिद्ध पुरुष ।
स्वर्गवास— ना॰ [सं॰] १. स्वर्गमा गएर बस्ने काम; स्वर्गको बसाइ । २. देहावसान; मृत्यु; मरण । > स्वर्गवासी— वि॰ १. स्वर्गमा बस्ने; स्वर्गको निवासी । २. देहान्त भएको; मरेको; दिवङ्गत ।
स्वर्गस्थ— वि॰ [सं॰] १. स्वर्गमा बसेको; स्वर्गमा रहेको । २. स्वर्गवासी; स्वर्गीय ।
स्वर्गारोहण— ना॰ [सं॰] १. स्वर्ग जाने काम; स्वर्गगमन । २. देहान्त; मरण ।
स्वर्गीय— वि॰ [सं॰] १. स्वर्गमा हुने; स्वर्गको; स्वर्गसम्बन्धी २. देहान्त भएको; मरेको । ३. असाधारण; अलौकिक ।
स्वर्ण— ना॰ [सं॰] १. सुवर्ण; सुन । — कार— ना॰ १. सुनको गहनागुरिया बनाउने पेसा भएको मानिस । २. सुनार; बाँडा । — कीट— ना॰ १. सुनजस्तो रब हुने एक जातको झल्कने कीरो; सुनकीरी । २. एक प्रकारको जूनकीरी । — गिरि— ना॰ सुनजस्तो पहेँलो पर्वत; सुमेरुपर्वत । ~ जयन्ती— ना॰ कुनै व्यक्ति, सङ्घसंस्था, महत्त्वपूर्ण कार्य आदिको जन्म, आरम्भ वा स्थापनाको पचास वर्ष प्रवेश भएको उपलक्ष्यमा मनाइने उत्सव; पचासौँ जन्मोत्सवको पर्व । ~ दिवस— ना॰ १. बनिबनाउ भएको दिन; सुखशान्तिको दिन । २. महत्त्वपूर्ण घटना घटेको दिन । —
मान— ना॰ आफ्नो द्रव्यको एकाइको मूल्यलाई सुनको मूल्यसँग समानुपातमा निश्चित गरिएको मान । ~ मुद्रा— ना॰ सुनको धातुबाट बनाइएको मुद्रा; असर्फी । ~ युग— ना॰ प्रशस्त उन्नति तथा सुखशान्ति भएको युग; सुनौला युग । > स्वर्णाभ— वि॰ १. सुनजस्तो आभा वा चमक भएको । २. सुनका जस्तो रङ्गको; सुनौलो । स्वर्णिम— वि॰ सुनजस्तै चम्किलो; सुनौलो ।
स्वर्लोक— ना॰ [सं॰] देवलोक; स्वर्ग ।
स्वर्वैद्य— ना॰ [सं॰] स्वर्गका वैद्य; अश्विनीकुमार ।
स्वलङ्कृत— वि॰ [सं॰] राम्ररी सिँगारिएको वा सजाइएको; शृङ्गारका साधनहरूले अलङ्कृत ।
स्वल्प— वि॰ [सं॰] १.साह्रै अल्प वा थोरै; अलिकति मात्र । २. ज्यादै सानो; क्षुद्र; तुच्छ । > स्वल्पाहार— ना॰ साह्रै थोरै खवाइ; सामान्य वा हल्का भोजन । स्वल्पाहारी— वि॰ स्वल्पाहार गर्ने; थोरै खाने ।
स्ववासी— वि॰ [सं॰] आफैँ बसेको; आफैँले भोगचलन गरेको (घरबारी॰ ।
स्वविवेक— ना॰ [सं॰] गुणदोष, हितअहित, प्रियअप्रिय, कर्तव्यअकर्तव्यजस्ता विषयलाई आफैँ सोच्न वा ठम्याउन सक्ने शक्ति; आफ्नै उचित ध्यान वा विचार ।
स्वशासन— ना॰ [सं॰] आफ्नो क्षेत्र, प्रान्त वा राज्यका निम्ति आवश्यक शासन, प्रबन्ध आदि आफैँ गर्ने पूर्ण अधिकार; स्वायत्तशासन ।
स्वशासित— वि॰ [सं॰] सम्बन्धित तहबाटै आफ्नो शासनव्यवस्था चलेको; स्वशासन भएको ।
स्वशिक्षण— ना॰ [सं॰] शिक्षकका सहयोगको अपेक्षाविना नै शिक्षार्थीले सिक्ने सिकाइसम्बन्धी कार्यकलाप; स्वाध्याय ।
स्वसञ्चालन— ना॰ [सं॰] कुनै कामकुरो कसैको सहायताविना स्वयम् चल्न सक्ने क्रिया वा स्थिति; आफैँबारा हुने सञ्चालन ।
स्वसञ्चालित— वि॰ [सं॰] स्वसञ्चालन भएको; आफैँआफ चलेको ।
स्वस्ति— ना॰ [सं॰] १. कसैलाई मङ्गलमय कामना व्यक्त गर्दै दिइने आशीर्वाद; शुभमस्तु । २. मङ्गल; कल्याण । > स्वस्तिक— ना॰ मङ्गलको सङ्केत गर्ने एक प्राचीन चिह्न; मङ्गलचिह्न ( ) । — कर्ता/कार— ना॰ स्वस्ति गर्ने मानिस । ~ वाचक— वि॰ स्वस्तिवाचन गर्ने; आशीर्वाद दिने । ~ वाचन— ना॰ वैदिक विधिबारा कार्यको आरम्भमा निर्विघ्नताको निम्ति गरिने मङ्गलमन्त्रको पाठ । ~ श्री— ना॰ प्रायः पुरानो पद्धतिमा बढी प्रचलित, चिठीपत्र आदिको शिरमा आदरणीय व्यक्तिहरूको नाम वा नाताबोधक शब्दका अगाडि प्रयोग गरिने सम्मानार्थी शब्द ।
स्वस्थ— वि॰ [सं॰] १. शारीरिक तथा मानसिक रूपले ठीक रहेको; कुनै प्रकारको रोगव्याध नलागेको; तन्दुरुस्त; निरोगी । २. आलस्य, उबेग, विकार आदि नभएको; दुर्गुण वा त्रुटिरहित ।
स्वहस्ताक्षर— ना॰ [सं॰] १. आफ्नै हातले लेखेको अक्षर; आफ्नै हस्ताक्षर । २. कारणीको हस्ताक्षर (लिखित कागजमा॰ । श्र स्वहस्ताङ्कित— वि॰ आफ्नो हातको निसान लागेको; आफ्नो हस्ताक्षर भएको । स्वहस्तान्तरण— ना॰ आफ्नो अधिकारको सम्पत्ति, दायित्व आदि कसैलाई सुम्पने काम; लिखित वा प्रामाणिक आधारमा आफ्नो अधिकार कसैलाई जिम्मा लाउने काम ।
स्वाँ— क्रि॰ वि॰ [अ॰ मू॰] सुस्केरा हाल्दा वा मस्त निदाउँदा नाकबाट लामो सास निस्कने किसिमले ।
स्वाँग— ना॰ [सं॰ स्व+अङ्ग] नकल; स्वाब । > स्वाँगिलो— वि॰ स्वाब पार्ने स्वभाव भएको । स्त्री॰ स्वाँगिली । स्वाँगी— वि॰ स्वाब पार्ने; नकल गर्ने ।
स्वाँगे— वि॰ [स्वाँग+ए] १. स्वाँग पार्ने । २. स्व–अङ्गको । ~ भाइ— ना॰ सगोत्री भाइ ।
स्वाँठ— वि॰ [सं॰] १. दुष्टतापूर्ण व्यवहार गर्ने; साह्रै बदमास । २. बुद्धि, विवेक, विचार आदि हुँदै नभएको; महाको मूर्ख, लट्ठक । श्र स्वाँठे— वि॰ स्वाँठ ।
स्वाँफ्वाँ— क्रि॰ वि॰ [अ॰ मू॰ स्वाँ (बि॰)] १. मस्त निद्रामा परी लामोलामो श्वासप्रश्वास चल्दा आवाज आउने गरी ।
स्वाँरो— ना॰ १. भिरालो परेको आवादी पाखो । २. चराइने बारी; खर्क ।
स्वाँस्वाँ— क्रि॰ वि॰ [अ॰ मू॰ स्वाँ (बि॰)] १. परिश्रम वा दमले छिटछिटो र लामो सास चल्ने गरी; तीखो स्याँस्याँ । ना॰ २. कडा परिश्रम वा दौडाइबाट छिटो र ठूलो सास फेर्दा आउने शब्द । ~ फ्वाँफ्वाँ— क्रि॰ वि॰ धेरै परिश्रमले सास वा दम बढेझैँ गरी । ~ र फ्वाँफ्वाँ— क्रि॰ वि॰ १. स्वाँस्वाँफ्वाँफ्वाँ । ना॰ २. परिश्रम, रिस आदिबाट हुने सासको वेग ।
स्वाइँ— ना॰ [अ॰ मू॰] तातेको घिउतेलमा रोटी पकाउँदा, आगाको भुङ्ग्रो, तातो फलाम आदिमा पानी पर्दा र हावा चल्दा आउने शब्द । > स्वाइँय— क्रि॰ वि॰ वेगसित त्यस्तो स्वाइँ आवाज आउने गरी । स्वाइँस्वाइँ— क्रि॰ वि॰ लगातार स्वाइँ गरेर ।
स्वाइँस्वाइँती— क्रि॰ वि॰ अझै जोडले स्वाइँस्वाइँ हुँदै ।
स्वाउँदो— वि॰ [रू सुहाउँदो] खुलेको; मिल्दो; सुहाउँदो ।
स्वाउनु— अ॰ क्रि॰ [रू सुहाउनु] खुल्नु; मिल्नु; सुहाउनु ।
स्वाक्षर— ना॰ [सं॰] १. आफैँले लेखेको अक्षर; आफ्नो हस्तलेख; स्वहस्ताक्षर । २. सही; दस्तखत । > स्वाक्षरित— वि॰ १. आफ्नै हातले नामठेगाना, लेख आदि लेखेको । २. आफ्नै हस्ताक्षर वा सही भएको ।
स्वाग— ना॰हे॰ सुहाग ।
स्वागत— ना॰ [सं॰] १. अतिथि, मान्य जन वा प्रिय व्यक्ति आउँदा अगाडि लम्केर गरिने अभिनन्दन । २. कुनै औपचारिक सभासमारोहमा त्यसरी नै गरिने अभ्यर्थना । ३. कसैको विचार, कथन आदिलाई अनुक¨ल वा उत्तम ठानेर ग्रहण वा स्वीकार गर्ने भाव वा क्रिया । ~ अभिवादन— ना॰ कुनै विशिष्ट व्यक्तिका आगमनमा गरिने स्वागत वा सत्कारपूर्ण नमस्कार आदि । — कर्ता— वि॰ स्वागत गर्ने; स्वागतकार्यमा भाग लिने । ~ गान— ना॰ कुनै समारोहमा आमन्त्रित वा उपस्थित विशिष्ट व्यक्ति वा जनसमुदायको स्वागतमा गाइने गीत । — पतिका— ना॰ पति परदेशबाट फर्केर आउँदा प्रसन्न भएर स्वागतका निम्ति प्रस्तुत रहने नायिका; आगतपतिका; साहित्यमा वर्णित नायिकाका अवस्थाअनुसार दस भेदमध्ये एक । — प्रिया— ना॰ पति परदेशबाट फर्कँदा प्रसन्न भएर स्वागतका निम्ति प्रस्तुत हुने नायिका । ~ भाषण— ना॰ आमन्त्रित अतिथिहरूको स्वागत– सत्कारका निम्ति गरिने भाषण । ~ समारोह— ना॰ कुनै विशिष्ट व्यक्तिको स्वागत, आगमन, सत्कार आदिका क्रममा आयोजना गरिने समारोह वा भेला । ~ समिति— ना॰ कुनै विशेष समारोहमा स्वागतसत्कार वा तत्सम्बन्धी व्यवस्थाका लागि गठन गरिएको समिति ।
स्वागता— ना॰ [सं॰] प्रत्येक चरणमा क्रमैले रगण, नगण, भगण र दुई गुरु हुने एक समवृत्त वार्णिक छन्द ।
स्वाब— ना॰ [स्वाँगे १. अर्काको नकल गरेर बनाइएको रूप; कृत्रिम भेष । २. आफ्नो काम पट्याउन खोज्ने वा होजस्तो पार्ने बनावटी चाल; ढाँचा; नकल । ३. आडम्बर; ठाँट । > स्वाबी— वि॰ १. स्वाब पार्ने; नकल गर्ने । २. आडम्बरी ।
स्वाट्ट— क्रि॰ वि॰ [अ॰ मू॰ स्वाट्+ट] १. सजिलैसित आउनेजाने, हिँड्ने वा सकिने चालमा । २. एकै पटकमा निल्ने वा बुत्याउने गरेर । ३. तत्काल मर्ने, खस्ने आदि किसिमले । ४. लट्ठी आदिले बिस्तारै हानेझैँ गरी ।
स्वातन्यभय— ना॰ [सं॰] स्वतन्त्र हुनाको भाव वा अवस्था; स्वतन्त्रता; स्वाधीनता । ~ सङ्ग्राम/युद्ध— ना॰ विदेशी शासन, उपनिवेश आदिबाट देश र जनतालाई मुक्त गराउनका निम्ति गरिने युद्ध; स्वतन्त्रतासङ्ग्राम ।
स्वाति/स्वाती— ना॰ [सं॰] १. ज्योतिषमा सत्ताइस नक्षत्रमध्ये पन्ध्रौँ नक्षत्र । २. सूर्यकी एक पत्नी ।
स्वात्त— क्रि॰ वि॰ [अ॰ मू॰ स्वात्+त] एकै पल्ट सकिने किसिमले । २. चाँडै वा थाहै नपाई पस्ने जस्तै गरी ।
स्वात्म— वि॰ [सं॰] आफूसित सम्बन्ध भएको; आफ्नो; निजी ।
स्वाद— ना॰ [सं॰] कुनै वस्तु खाँदापिउँदा जिभ्रो वा रसेन्द्रियले गर्ने अनुभव; चाख्ता जिभ्रामा हुने मीठोनमीठो, नुनिलोअलिनो, तीतोपिरो आदिको क्रियाप्रतिक्रिया । — हीनता— ना॰ जिभ्रोमा प्राप्त हुने स्वादको अभाव; स्वाद नहुनाको भाव वा स्थिति । > स्वादिलो— वि॰ १. मीठो स्वाद भएको; चखिलो । २. रुचिलाग्दो; रसिलो ।
स्वादिष्ठ— वि॰ खाइरहूँ जस्तो; अत्यन्त मीठो; स्वादिलो । स्वादु— वि॰ १. मीठो स्वाद भएको; स्वादिलो; स्वादिष्ठ । ना॰ २. मीठो स्वाद; मधुरता; मिठास ।
स्वादे— वि॰ [स्वाद+ए] मीठो र स्वादिलो वस्तु मात्र खान चाहने; जिबुल्ले । ~ जिभ्रो— ना॰ जिबुल्ले खालको बानी; मीठो खान चाहने आदत । (उदा॰— अल्छी तिघ्रो, स्वादे जिभ्रो — उखान॰ ।
स्वाधिकार— ना॰ [सं॰] १. कुनै वस्तुप्रतिको आफ्नो अधिकार वा हक । २. स्वाधीनता; स्वतन्त्रता ।
स्वाधिष्ठान— ना॰ [सं॰] १. हठयोगका अनुसार शरीरका छवटा चक्रमध्ये शिश्नमूलमा रहने भनी मानिएको एक चक्र । २. विज्ञानका अनुसार यौवन र शरीरमा प्रजननशक्ति उत्पन्न तथा विकसित हुने ग्रन्थिहरूको केन्द्र ।
स्वाधीन— वि॰ [सं॰] आफ्नै अधीन वा आत्मनिर्भरतामा रहेको; पराधीन नभएको; स्वतन्त्र; स्वच्छन्द । विप॰ पराधीन । — ता— ना॰ स्वाधीन हुनाको भाव वा अवस्था; स्वतन्त्रता । ~ पतिका— ना॰ साहित्यमा पतिलाई आफ्ना अधीनमा राख्ने नायिका; नायिकाका आठ भेदमध्ये एक । ~ भर्तृका— ना॰ स्वाधीनपतिका ।
स्वाध्याय— ना॰ [सं॰] नियमपूर्वक दैनिक रूपमा गरिने अध्ययन; वेद, पुराण, उपनिषद् आदिको आफैँले गरिने अध्ययन; स्वशिक्षण । ~ यज्ञ— ना॰ नित्य नियमपूर्वक पाठ गरिने यज्ञ; स्वाध्यायरूप यज्ञ । ~ सामग्री— ना॰ शिक्षकको सहायता नै नभए तापनि शिक्षार्थी आफैँले उपयोग गरी अपेक्षित कुरा सिक्न सक्ने शिक्षण– सामग्री ।
स्वान्त— ना॰ [सं॰] १. अन्तःकरण; अन्तरात्मा; हृदय । २. आफ्नो अन्त वा मृत्यु । ३. मानसिक शान्ति । ४. आफ्नो देश वा प्रदेश । ~ सुखाय— क्रि॰ वि॰ आफ्नो आन्तरिक सुखका निम्ति; मानसिक रूपमा हुने सन्तुष्टिका लागि ।
स्वाप— ना॰ [सं॰] १. निद्रा, नीद । २. सपना; स्वप्न । ३. अज्ञान । श्र स्वापन— ना॰ १. युद्धमा शत्रुपक्षलाई निद्रा लगाउने वा लट्ठ्याउने प्राचीनकालको एक अस्त्र; मोहनास्त्र । २. निद्रा लगाउने वा लट्याउने औषधी । ३. वि॰ लट्ठ्याउने; निद्रा लगाउने ।
स्वापस्वाप— क्रि॰ वि॰ [अ॰ मू॰ सप् > स्वाप्+अ (बि॰)] रसिलो पारी मुछिएको दालभात आदि छिटछिटो खाने किसिमले ।
स्वाप्प— क्रि॰ वि॰ [अ॰ मू॰ सप् > स्वाप्+प] रसयुक्त खाद्य वस्तु खाँदा हात र मुखका सम्पर्कबाट आवाज आउने किसिमले ।
स्वाभाविक— वि॰ [सं॰] १. स्वभावसम्बन्धी; स्वभावअनुसार हुने । २. स्वभावबाट उत्पन्न; स्वतःसिद्ध । ३. आफैँआफ हुने; प्राकृतिक । — ता— ना॰ स्वाभाविक हुनाको भाव वा अवस्था ।
स्वाभिमान— ना॰ [सं॰] १. आफ्नो प्रतिष्ठा र महत्त्वमाथिको गरिमा; आत्मगौरव । २. आफ्नो देश, जाति, संस्कृति आदिको सद्अभिमान । > स्वाभिमानी— वि॰ स्वाभिमान भएको; स्वाभिमान गर्ने ।
स्वामिकार्तिक— ना॰ [सं॰] कार्तिकेय; कुमार; स्कन्द ।
स्वामित्व— ना॰ [सं॰] १. कुनै वस्तुको स्वामी वा अधिपति हुनाको भाव वा अवस्था; मालिक्याइँ । २. प्रभुता; प्रभुत्व ।
स्वामिनी— ना.ृसं॰] स्वामीको स्त्रीरूप; मालिक्नी ।
स्वामिस्व— ना॰ [सं॰] कुनै ग्रन्थको लेखक, कुनै वस्तुको आविष्कारक वा कुनै वस्तुको मालिकले सम्पूर्ण आयबाट पाउने निर्धारित प्रतिशतको लाभांश; रोयल्टी; लेखकस्व ।
स्वामी— ना॰ [सं॰] १. कुनै वस्तुको हर्ताकर्ताको अधिकार भएको व्यक्ति; धनी; मालिक । २. लोग्ने; पति । ३. घरको मूली मान्छे । ४. साधुसन्तहरूलाई सम्मानपूर्वक सम्बोधन गरिने शब्द । वि॰ ५. कुनै वस्तुको हकदार; धनी; अधिकारवाला । ~ महाराज— ना॰ १. योगीराज । २. सन्न्यास ग्रहण गरेपछिका राजा रणबहादुर शाहलाई जनाउने गरिएको नाम ।
स्वाम्म— क्रि॰ वि॰ [अ॰ मू॰ स्वाम्+म] तीखो टुप्पो भएको वस्तुले कुनै ठाउँमा अप्रत्याशित रूपले घोच्ने वा रोप्ने गरी; थ्वाम्म; ख्वाम्म ।
स्वाम्य— ना॰ [सं॰] कुनै वस्तुको अधिकार वा आधिपत्य; स्वामित्व; प्रमुखता ।
स्वायत्त— वि॰ [सं॰] आफ्नो अधीनमा रहेको; आफ्नो अधिकारभित्रको । — ता— ना॰ स्थानीय शासनको अधिकार वा स्थिति; स्वाधीनता । ~ शासन— ना॰ आफ्नो शासनको प्रबन्ध आफैँले सञ्चालन गर्ने काम; स्थानीय क्षेत्रका शासन त्यसै क्षेत्रका जनताबारा आफैँ चलाउने काम वा स्वतन्त्रता । — शासी— वि॰ आफ्नो शासन आफैँ चलाउने । > स्वायत्तीकरण— ना॰ कुनै पनि विषय वा वस्तुको अधिकार आफ्ना हातमा लिने काम ।
स्वायम्भुव— ना॰ [सं॰] १. पुराणअनुसार चौध मनुमध्येका पहिला मनु; ब्रह्माका पुत्र । वि॰ २. ब्रह्मासम्बन्धी; ब्रह्माको ।
स्वारस्वार— क्रि॰ वि॰ [अ॰ मू॰ स्वार्+अ (बि॰)] १. झुन्ड्याएको वा टाँगिएको धागो, डोरी, लुगा आदि धमाधम खुस्कने वा तानिने गरी । २. दानादार अन्न वा वस्तु लगातार चुहिने वा झर्ने चालसँग । ३. नाङ्लाले अनाजमा भएको कसर सार्दा निस्कने आवाजका साथमा । ४. कूचाले कसिङ्गर बढार्दा शब्द आउने किसिमले । > स्वारस्वारती/स्वारस्वारी— क्रि॰ वि॰ अझै स्वारस्वार हुने गरी ।
स्वारी— ना॰ [रू सुहारी] मैदा बेलेर बनाइने पुरीका आकारको नरम र पातलो रोटी; सुहारी ।
स्वार्जित— वि॰ [सं॰] आफैले आर्जन गरेको; आफ्नो कमाइको ।
स्वार्थ— ना॰ [सं॰] १. आफ्नो मतलब वा उद्देश्यपूर्तिका निम्ति गरिने काम; आफ्नो मतलब । २. आफ्नो भलाइ; निजी लाभ । ३. कुनै शब्दले व्यक्त गर्ने अभिधात्मक अर्थ; वाच्यार्थ । ४. आफ्नो धन; आफ्नो सम्पत्ति । ~ ग्रन्थि— ना॰ आफ्नो उद्देश्य पूर्ति गर्न रचेको जाल; स्वार्थको गाँठो । ~ त्याग— ना॰ कुनै सामाजिक स्वार्थ वा सार्वजनिक कल्याणका निम्ति आफ्नो भलाइ र फाइदा त्याग गर्ने काम; आफ्नो हित छाडेर समाजको हितका निम्ति गरिने त्याग । ~ त्यागी— वि॰ अरूको भलाइका निमित्त आफ्नो भलाइ र स्वार्थ त्याग गर्ने; निस्वार्थी । — पर— वि॰ स्वार्थी; स्वार्थपरायण । — परता/परत्व— ना॰ स्वार्थपर हुनाको भाव वा स्थिति; आफ्नो स्वार्थपूर्तिका निम्तिमा मात्र लाग्ने काम । ~ परायण— वि॰ आफ्नो स्वार्थसिद्धिमा मात्र लाग्ने; स्वार्थी; मतलबी । ~ परायणता— ना॰ स्वार्थपरायण हुनाको भाव वा अवस्था । —
रत— वि॰ मरीमेटी आफ्नै स्वार्थपूर्ति गर्ने काममा लागेको; स्वार्थपरायण । ~ साधक— वि॰ आफ्नो मतलब सिद्ध गर्ने; स्वार्थी; मतलबी । ~ साधन/साधना— ना॰ आफ्नै स्वार्थ वा मतलब हासिल गर्ने काम; स्वार्थसिद्धि रू
स्वार्थान्ध— वि॰ [सं॰] स्वार्थले अन्धो भएको वा आफ्नो हितमा लाग्नाले अर्काको भलोकुभलो नहेर्ने; विवेकबुद्धि हराएको । — ता— ना॰ स्वार्थान्ध हुनाको भाव वा स्थिति ।
स्वार्थी— वि॰ [सं॰] अर्काको हानि गरेर पनि आफ्नो भलाइ गर्न चाहने; आफ्नो मात्र मतलब सिद्ध गर्ने; स्वार्थपरायण; मतलबी ।
स्वार्र— क्रि॰ वि॰ [अ॰ मू॰ स्वार्+र] १. अनाज खन्याउँदा, कूचाले बढार्दा वा स्याउला आदि घिस्याउँदा शब्द निस्कने गरी । २. धागो, डोरी आदि फुस्कने वा तानिने गरी । ३. चुरोट, तमाखु आदि तान्दा सास खिच्ने किसिमले ।
स्वालस्वाल— क्रि॰ वि॰ [अ॰ मू॰ स्वाल्+अ (बि॰)] १. माला आदि धमाधम उनेझैँ गरी । २. लेदो वा पन्यालो वस्तु चुहिएजस्तै । ३. पन्यालो पदार्थ वा मसिना दानादार वस्तु खुरुखुरु चुहिने गरेर । ४. मुखमा हालेको खाद्य पदार्थ नचपाईकन निल्ने प्रक्रियामा । > स्वालस्वालती/स्वालस्वाली— क्रि॰ वि॰ अझै स्वालस्वाल हुने गरी । स्वालालाला— क्रि॰ वि॰ पानी, दूध आदि झोलिलो पदार्थ नअडी बग्ने गरी ।
स्वाल्ल— क्रि॰ वि॰ [अ॰ मू॰ स्वाल्+ल] १. पानी, दूध आदि तरल पदार्थ पोखिएर बिस्तारै बग्ने गरी; सुल्ल । २. सर्प, गँड्यौला आदि घस्रेर हिँड्ने किसिमले ।
स्वावलम्बन— ना॰ [सं॰] आफ्नै पौरखले आत्मनिर्भर रहने भाव वा अवस्था; आफ्नै खुट्टामा उभिने वा आफ्नै भरथेगमा अड्ने काम ।
स्वावलम्बी— वि॰ [सं॰] स्वावलम्बनको भावना भएको; आफ्नै खुट्टामा उभिएको; आत्मनिर्भर ।
स्वास्थ्य— ना॰ [सं॰] १. स्वस्थ वा निरोगी रहनाको भाव, गुण वा अवस्था; तन्दुरुस्ती; आरामी; आरोग्य । २. मानसिक उबेग वा चिन्तारहित अवस्था । — कर— वि॰ स्वास्थ्यलाई हित गर्ने; स्वास्थ्य राम्रो पार्ने । ~ कार्यक्रम— ना॰ शारीरिक एवं मानसिक स्वस्थताका निम्ति स्वच्छ वातावरण बनाई स्वास्थ्योपचार गर्ने कार्यक्रम । ~ केन्द्र— ना॰ गाउँघर, टोल आदिमा स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले स्थापित औषधोपचार गर्ने ठाउँ (हेल्थसेन्टर) । ~ चौकी— ना॰ स्वास्थ्यसम्बन्धी सामान्य सेवा उपलब्ध गराउने सानो औषधालय; स्वास्थ्यकेन्द्र । ~ निवास— ना॰ बिरामी व्यक्तिलाई स्वास्थ्योपचारका साधन उपलब्ध हुने आवासीय भवन; स्वास्थ्यनिवास (स्यानिटोरियम) । ~ परीक्षा— ना॰ सरकारी वा गैरसरकारी सङ्घसंस्थामा भर्ना हुनुअघि रोगीनिरोगी छुट्ट्याउन जाँच्ने काम; स्वास्थ्यको परीक्षण । — पद— वि॰ स्वास्थ्यका निम्ति फाइदा गर्ने; स्वस्थता प्रदान गर्ने; स्वास्थ्यकर । ~ प्रयोगशाला— ना॰ स्वास्थ्यको परीक्षण तथा उपचारसम्बन्धी प्रयोग गरिने घर वा ठाउँ । ~ विज्ञान— ना॰ शरीरको भौतिक र मानसिक अवस्था जाँच्ने तथा स्वस्थतासम्बन्धी नियम र सिद्धान्तको विवेचना गर्ने विज्ञान वा शास्त्र । ~ विद्यालय— ना॰ स्वास्थ्यसम्बन्धी शिक्षा दिने उद्देश्यले स्थापित र सञ्चालित विद्यालय । ~ शारीरिक— वि॰ स्वास्थ्य र शरीरविषयको; स्वास्थ्य र व्यायामसम्बन्धी । ~ शिक्षा— ना॰ मान्छेलाई शारीरिक र मानसिक दुवै रूपले स्वस्थ बनाउन दिइने शिक्षा; स्वस्थ बन्न उपयोगी हुने शिक्षा । ~ शिविर— ना॰ अस्थायी रूपमा रहेको स्वास्थ्यकेन्द्र; कुनै रोगको प्रकोप फैलन नपाओस् भनी केही समयका निम्ति स्वास्थ्यटोली बस्ने ठाउँ । ~ सदन— ना॰ स्वास्थ्यनिवास । ~ सेविका— ना॰ बिरामीको रेखदेख तथा नवजात शिशुको हेरचाह आदि गर्ने स्वास्थ्यसहायक स्त्री; परिचारिका; नर्स ।
स्वास्नी— ना॰ [सं॰ सुवासिनी] औपचारिक रूपमा पाणिग्रहण गरिएकी स्त्री; पत्नी; गृहिणी । ~ चखुवा— वि॰ धेरै स्वास्नी बिहे गर्ने; एउटा स्वास्नीले नपुग्ने । ~ टोकुवा— वि॰ स्वास्नी मर्ने; स्वास्नी जीवित नरहने । ~ पिराहा— वि॰ स्वास्नीलाई पिर्ने वा नसहने । ~ मानिस/मान्छे— ना॰ स्त्रीजाति; महिला; आइमाई ।
स्वाहा— ना॰ [सं॰] १. देवताको तृप्तिका निम्ति अग्निमा हवन गर्दा उच्चारण गरिने मन्त्र (जस्तो— इन्द्राय स्वाहा, वरुणाय स्वाहा आदि) । २. अग्निकी पत्नी । ३. पूर्णतः विनाश; सर्वनाश; सत्यानाश ।
स्विँक्क— क्रि॰ वि॰ [स्विँक्+क] बूढी औँला र चोर औँलाले नाक समातेर जोडले सास खिची सिँगान तान्ने वा झिक्ने गरी ।
स्विकार्नु— स॰ क्रि॰ १. समर्थन जनाउनु । २. सकार्नु; मन्जुर हुनु ।
स्विच— ना॰ [अङ्॰] विद्युत्तरङ्गको प्रवाह रोक्ने वा खोल्ने बटनजस्तो सानो साधन ।
स्विटर— ना॰ [अङ्॰ स्वेटरे प्रायः ऊनको वा ऊनी र सुती मिश्रित धागोबाट बुनिने न्यानो बाक्लो गन्जी; सुइटर ।
स्वीकरण— ना॰ [सं॰] १. स्वीकार वा अङ्गीकार गर्ने काम; मन्जुरी । २. ग्रहण गर्ने वा लिने काम; अँगालाइ । > स्वीकरणीय— वि॰ स्वीकार गर्न उचित वा योग्य ।
स्वीकार— ना॰ [सं॰] १. कुनै कुरा वा विषयप्रति समर्थन जनाउने काम; अङ्गीकार; स्वीकृति; मन्जुरी । २. कुनै काम गर्न तयार भई गरिने कबुल; सकार गरी दिइएको वचन । ३. ग्रहण गर्ने वा लिने काम; अँगालाइ । — नामा— ना॰ कुनै काम गर्न वा लेनदेन आदिका निम्ति कसैलाई आफ्नो स्वीकार जनाई वा अधिकार दिई लेखिदिएको कागत; स्वीकारपत्र । ~ पत्र— ना॰ स्वीकारनामा । श्र स्वीकारात्मक— वि॰ १. समर्थन गरिएको वा स्वीकृति जनाइएको; पुष्टि गरिएको । २. सन्तोषपूर्वक प्राप्त गरिएको ।
स्वीकार्य— वि॰ स्वीकार गर्न योग्य; मान्न लायक; स्वीकृति जनाउनुपर्ने ।
स्वीकृत— वि॰ [सं॰] १. स्वीकृति प्राप्त गरेको; समर्थन गरिएको; स्वीकार जनाइएको । २. मान्यता दिइएको; सदर । ३. ग्रहण गरिएको; गृहीत ।
स्वीकृति— ना॰ [सं॰] १. स्वीकार गर्ने भाव वा क्रिया । २. सकार्ने काम; अँगालाइ । ~ पत्र— ना॰ कुनै कुरा, मन्तव्य आदिका बारेमा आफ्नो मन्जुरी जनाएर वा कुनै काम गर्न कसैलाई अधिकार दिएर लेखिदिने कागत ।
स्वेच्छया— क्रि॰ वि॰ [सं॰] आफ्नै मनोमानीमा, खुसीराजीले; इच्छापूर्वक; राजीखुसीसाथ ।
स्वेच्छा— ना॰ [सं॰] आफ्नै मनमा उठेको चाहना; आफूखुसी; आफ्नो इच्छा । > स्वेच्छाकृत— वि॰ आफ्नै खुसीराजीले गरेको; स्वेच्छया गरिएको ।
स्वेच्छाचार— ना॰ [सं॰] राम्रोनराम्रोको ध्यान नराखी आफ्नै इच्छाअनुसार गरिने काम; मनखुसी आचरण; मनमानी । श्र स्वेच्छाचारिता— ना॰ स्वेच्छाचारी हुनाको भाव वा अवस्था; निरङ्कुशता । स्वेच्छाचारी— वि॰ १. जस्तो मन लाग्यो त्यस्तै गर्ने; निरङ्कुश । २. ऐननियम, सामाजिक मर्यादा आदिमा नरहने ।
स्वेद— ना॰ [सं॰] १. पसिना । २. साहित्यमा लज्जा, हर्ष, श्रम, रोष आदिबारा शरीर पसिनाले तर हुने एक सात्त्विक अनुभाव । श्र स्वेदक— वि॰ पसिना निकाल्ने; प्रस्वेदक । — कण— ना॰ पसिनाको कण वा थोपा; स्वेदबिन्दु । — ज— ना॰ १. पसिनाबाट पैदा हुने जुम्रा, उडुस आदि जीव । वि॰ २. पसिना उत्पन्न गराउने । > स्वेदन— ना॰ परिश्रम, जरो आदिका कारणले पसिना निस्कने काम; पसिनाबहाइ ।
स्वैच्छिक— वि॰ [सं॰] १. आफ्नो इच्छानुसारको; इच्छासम्बन्धी । २. आफ्नो इच्छाअनुसार गर्न वा छान्न पाइने । ~ अवकाश— ना॰ बीस वर्ष सेवाअवधि पुगेका निजामती कर्मचारीले आफ्नो इच्छाले चाहेमा पाउने अवकाश ।
स्वैरकल्पना— ना॰ [सं॰] यथार्थको आभास दिने खालको तर उडन्ते कल्पना; फेन्टासी ।
स्वैरिणी— ना॰ [सं॰] वेश्यावृत्ति गरेर जीविका गर्ने स्त्री; कुलटा ।
स्वोपार्जन— ना॰ [सं॰] आफैँले वा आफ्ना करामतले गरिने आर्जन; आफ्नै कमाइ ।
स्वोपार्जित— वि॰ [सं॰] आफ्नै पराक्रमले आर्जन गरेको; आफैँले कमाएको ।