मुखपृष्ठ

बा— ना॰ [रू बाबु] १. बाबु; बुवा; पिता । २. स्नेहपूर्वक बोलाइँदा वा सम्बोधन गर्दा आउने शब्द । (उदा॰— लौन बा, यति काम गरिदेऊ ;) । निपा॰ ३. प्रशंसा, स्याबासी, उपेक्षा, व्यङ्ग्य आदि व्यक्त गर्दा प्रयोग गरिने शब्द । (उदा॰— यस्तो काम त गर्नु हुँदैन बा ;) ।

बाँ— क्रि॰ वि॰ [अ॰ मू] १. गाई–गोरु कराउँदा आवाज निस्कने किसिमले । ना॰ २. गाई (बालबोलीमा॰ । (उदा॰— बबो बाँ, बुबु दे । — बालगीत॰ ।

बाँक— ना॰ [रू बाँको] हे॰ बाँको ।

बाँकटे— वि॰ [बाँह+कट्टा+ए] १. आधा वा सिङ्गै बाहुला नभएको । ना॰ २. त्यस्तै किसिमको भोटोजस्तो लुगा । ३. पौडी खेल्दा हातखुट्टा चलाउने एक ढाँचा; छड्के पौडी ।

बाँका— वि॰ [सं॰ बङ्के १. खूबै काम गर्न सक्ने; बहादुर; साहसी । २. पट्ठो; तरुनो ।

बाँकी— वि॰ [अ॰] १. खर्च गरेर बचेको; बचत; शेष । २. हिसाब गर्दा घटाएर आएको (अङ्क) । ३. हिसाब फर्छिनसकेको वा फिर्ता दाखिल नभएको (पेस्की॰ । ना॰ ४. गणितमा घटाउने प्रक्रिया । ५. रकमीहरूले कामकाज गर्दा बेरुजु र गलफत भएबापत बुझाउनुपर्ने रकम । ६. समाचारपत्रको कुनै पृष्ठमा सामग्री नअटाई अर्को पृष्ठमा लगिएको अंश । ~ बक्यौता— ना॰ उठाउन वा असुल गर्न बाँकी रहेको रकम । — वाला— ना॰ अन्यत्र सर्दा वा खोसिँदा बुझाउनुपर्ने आ६नो जिम्माको सरकारी रकमकलम, से्रस्ता आदि बुझाउन नसकी बाँकी राख्ने व्यक्ति; बाँकी रकम तिर्नुपर्ने व्यक्ति ।

बाँके१— ना॰ नेपाल अधिराज्यको मध्य पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने भेरी अञ्चलको तराईमा पर्ने एक जिल्ला ।

बाँके२— वि॰ [सं॰ वक्रे लमाइको एक छेउबाट छड्के पारी गाँसिएको; टेढो गँसुवा (घर॰ ।

बाँको— ना॰ १. पिँडालुजस्तो र बढी कोक्याउने एक जातको कन्द । २. सार्कीले छाला काट्ने रामोजस्तो हतियार; बाँक ।

बाँगवा— ना॰ हिउँ पग्लेका बखत नेपाल र तिब्बतबीच आवतजावत गर्ने, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको एक घाटी ।

बाँच्–नु— अ॰ क्रि॰ [सं॰ वञ्चन+नु] १. जीवित रहनु; जिउँदो हुनु; कालको मुखमा नपर्नु । २. बाँकी रहनु; जोगिनु । >

बाँचिनु— अ॰ क्रि॰ जीवित रहिनु; जिउँदो होइनु । बाँचुन्जेल— क्रि॰ वि॰ जीवन रहेसम्म; मृत्युपर्यन्त ।

बाँझ— ना॰ १. खोलाका किनारतिर उम्रने, लाम्चा मसिना पात हुने एक जातको रूख । २. जङ्गलमा हुने ठूला खस्रा पात भएको, गाईबस्तुलाई घाँस खुवाइने एक प्रकारको रूख ।

बाँझी— वि॰ [बाँझो+ई] सन्तान पैदा नगर्ने; गर्भधारण नगर्ने; कोख बाँझो भएकी; बैला ।

बाँझो— वि॰ [सं॰ बन्ध्ये खनजोत नगरिएको; आबाद नभएको; बालीनाली नलगाइएको ।

बाँड्–नु— स॰ क्रि॰ [सं॰ बण्ड+नु] १. आफुसमा मिलाएर भाग लगाउनु; बाँडचुँड गर्नु । २. वितरण गर्नु ।

बाँड— ना॰ [बाँड्+अ] आफुसमा भाग लगाउने काम; बाँड्ने काम; बन्डा । ~ चुँड— ना॰ बराबर पारेर भाग लाउने वा बाँड्ने काम । ~ फाँट— ना॰ भिन्न–भिन्न विभाग, खण्ड, फाँट आदि छुट्ट्याएर वा तोकेर बाँड्ने काम; लाम मिलाएर पर्गेल्दै पर सार्दै भाग लाउने काम ।

बाँडा— ना॰ [वान्धे प्रायः सुनचाँदीको काम गर्ने, बौद्धमार्गी नेवार– जातिको एक वर्ग ।

बाँडिनु— क॰ क्रि॰ [बाँड्+इ+नु] बाँड्ने काम गरिनु ।

बाँडे— वि॰ [बाँडा+ए] बाँडासम्बन्धी; बाँडाको; बाँडाले गर्ने किसिमको । ~ जात्रा— ना॰ भाद्रकृष्ण त्रयोदशीका दिन बाँडाहरूले आफन्त श्रद्धालुहरूका घरमा गई भिक्षादान लिने पर्व वा जात्रा; पञ्चदान । — मुन्द्रो— ना॰ कानको माथिल्लो भागमा लगाइने सानो मुन्द्रोविशेष; कुमाले ।

बाँदर— ना॰ [रू वानरे वानर; कपि । ~ टोपी— ना॰ जाडो छल्न आँखा र मुख मात्र देखिने गरी घाँटीसम्म छोपेर लगाइने ऊनीको टोपी । ~ पुच्छ्रे— वि॰ १. बाँदरको जस्तो पुच्छर भएको । २. फेदैदेखि खप्टिएर बाक्ला पात लाग्ने, टुप्पामा बाँदरको पुच्छरजस्तो लामो, सेतो गुभो हुने र गुभामा ससाना पहेँला फूल फुल्ने, हिमालयमा पाइने एक जातको बुटी । — को घाउ— ना॰ बराबर चलाई वा कोट्याई निको हुन नदिइएको घाउ ।

बाँदरे— वि॰ [बाँदर+ए] बाँदरको किसिमको; बाँदरजस्तो । ~ फल— ना॰ सेता, मसिना फूल फुल्ने र आरुका जस्ता फल फल्ने एक जातको वृक्ष वा त्यसैको फल ।

बाँध्–नु— स॰ क्रि॰ [सं॰ बन्ध+नु] १. कुनै वस्तुलाई धागो, डोरी आदिले बेरेर कस्नु; टन्काउनु; बेर्नु; घेर्नु । २. नियम, प्रतिज्ञा आदि उपायबारा मर्यादामा चलाउनु; नियम वा क्रममा राख्नु; मिलाउनु । ३. बन्धनमा राख्नु; बन्दी बनाउनु । ४. मन्त्रका बलले कुनै काम हुन नदिनु । ५. शस्त्र–अस्त्र धारण गर्नु । ६. निर्माण गर्नु; बनाउनु (बाँध, किल्ला आदि॰ ।

बाँध— ना॰ [सं॰ बन्धे १. खोलानालाबाट कुलामा पानी ल्याउन वा खोलाको पानी थुन्नका निम्ति लगाइएको छेकबार वा डिल । २. विशाल नदीहरूलाई बाँधी पानी जम्मा पारेर बिजुली आदि निकाल्ने कामका निम्ति माथिबाट उघार्न र लाउन हुने पानीका ठूलठूला निकासबारहरू बीचबीचमा राखिएको, पुलको कामसमेत दिने, सिमेन्ट, फलाम आदिका सहायताले बनाइएको मोटो, बलियो गारो । ३. समुद्रको आवश्यक भाग जमिनको रूपमा उपयोग गर्न त्यहाँको पानी मेसिनले निकास्ने र बाहिर आउन नदिने गरी लगाइएको बलियो पर्खाल ।

बाँधछाँद— ना॰ [बाँध्+छाँद्] बाँध्ने र छाँद्ने काम; बाँधबुँध ।

बाँधपैन— ना॰ [बाँध+पैन] बाँध र कुलो ।

बाँधबुँध— ना॰ [बाँध् (बि॰)] बाँध्ने आदि काम; बाँधछाँद ।

बाँधा— ना॰ [सं॰ बन्धके रुपियाँ सापट लिएबापत सो रुपियाँ नकटुन्जेल नोकरी गर्न कबुल गरी बसेको व्यक्ति; कमारो ।

बाँधिनु— क॰ क्रि॰ [बाँध्+इ+नु] बाँध्ने काम गरिनु ।

बाँस— ना॰ [सं॰ वंशे लाम्चा तीखा पात, सेता फूल र जौजस्ता फल हुने, बीच–बीचमा आँख्ला भएको र भित्र खोक्रो रहने वनस्पतिविशेष । ~ घारी— ना॰ बाँस धेरै भएको ठाउँ; बाँसैबाँसको धेरै झाब; बाँसको घारी । ~ पाते— ना॰ बाँसका जस्ता पात हुने र लहरा फैलने एक प्रकारको घाँस ।

बाँसुरी— ना॰ [वंशी] ओठमा राखी दाहिने कुमतिर फर्काई फुकेर बजाइने, छोटो, लामो र मझौला तीन थरी आकारका हुने, स्वरपरिवर्तनका निम्ति छ–सातवटा छिद्र भएको र तिनमा पालैपालो औँलाले थुनेर वा छेकेर बजाइने बाँस, निगालो, काठ आदिबाट बनाइएको बाजा; वंशी ।

बाँसे— वि॰ [बाँस+ए] बाँसजस्तो; बाँसका ढाँचाको । ~ च्याउ— ना॰ बाँसमा उम्रने खैरो रबको लामो डाँठ र सानो छत्र हुने एक जातको च्याउ । ~ ढुङ्ग्री— ना॰ आगो फुक्ने दुवैतिर खोलिएको बाँसको ढुङ्ग्री । ~ ढुङ्ग्रो— ना॰ बाँसको ढुङ्ग्रो ।

बाँह— ना॰ [सं॰ बाहु] १. हात; भुजा । २. दुई हातले फेरो मारिँदाको भाग; अँगालो । — डोला— ना॰ धाई, सुसारे आदिका निर्देशनमा केटाकेटीले दुवै हात माथि उठाएर डोलाई खेल्ने काम ।

बाः— वि॰ बो॰ [फा॰ बाहे हर्ष, जोस, प्रशंसा, विस्मय आदि प्रकट गर्दा निकालिने शब्द; बाह ; (उदा॰— बाः तिम्रो नाच त कमाल भयो ;) । — बाः— वि॰ बो॰ धेरै प्रशंसा, हर्ष, स्याबासी आदि प्रकट गर्दा उच्चारण हुने शब्द; बाहबाह (उदा॰— बाः बाः आज क्या चटक हेरियो ;) ।

बाइ— ना॰ [बाउ+आइ] बाउने काम वा किसिम (उदा॰— तिम्रो मुखबाइ देखेर म त छक्कै परेँ ।) ।

बाइकाट— ना॰ [अङ्॰ बँय+कट] कुनै समाज, वर्ग, संस्था आदिबाट अलग गरिने वा हटाउने काम; बहिष्कार ।

बाइनु— क॰ क्रि॰ [बाउ+इ+नु] मुख पूरै खोलिनु; आँ गरिनु ।

बाइपङ्खी— वि॰ [वायु+पङ्खी] १. हावा–जस्तै छिटो दौडने वा हावामा उड्ने (घोडा॰ । २. दन्त्यकथामा वर्णित, पखेटा भएको र प्रसिद्ध (काल्पनिक घोडा॰ ।

बाइफाला— वि॰ [वायु+फाल्+ओ बाइफाले । > बाइफाले— वि॰ १. उत्ताउलो स्वभावकी; नखरमाउली । २. धेरै नाठा खेलाउने; वेश्या । ३. अग्घोर बाठी; चुलबुले ।

बाइबल/बाइबिल— ना॰ [अङ्॰] इसाई वा क्रिस्तानीहरूको प्रसिद्ध धर्मग्रन्थ ।

बाइमात्रा— ना॰ [बायाँ+मात्रो व्यञ्जनवर्णमा इकारको सट्टा दिइने वा लगाइने चिह्न; ( ि ॰ यस्तो मात्रा ।

बाइस— ना॰ [प्रा॰] १. बीस र दुई जोड्दा हुने सङ्ख्या; २२–को अङ्क । वि॰ २. बीस र दुई जोड्दा हुने सङ्ख्याको ।

बाइसकल— ना॰ [रू बाइसिकिले गोडाले चलाएर कुदाइने दुई पाङ्ग्रे साधन; साइकल ।

बाइसधारा— ना॰ [बाइस+धारो काठमाडौंदेखि उत्तर बालाज्यूमा रहेको, बाइसवटा धारा भएको प्रसिद्ध स्थल वा तीर्थ ।

बाइसी— ना॰ [बाइस+ई] बाइसे राज्य । ~ चौबिसी— ना॰ मध्यकालीन नेपालका बाइस राज्य र चौबीस राज्यको एक–एक समूह ।

बाइसे— वि॰ [बाइस+ए] १. बाइस सङ्ख्याको; बाइस वर्षको । २. यौवन भरिएको; तन्नेरी । (उदा॰— बाइसे जोबन त्यसै खेर जाला है, कान्छा ;) । ~ राज्य— ना॰ मध्यकालमा नेपालको गण्डकीपारका क्षेत्रमा रहेका बाइसवटा सानातिना राज्यको समूह (जसमा निम्नानुसारका राज्य थिए— जुम्ला, रुकुम, सल्यान, मालनेटा, फलावाब, गुर्माकोट, दाब, छिल्ली, जाजरकोट, जाहारी, रोल्पा, बाँकी, दुल्लु, दैलेख, गोताम, अछाम, वीमकोट, मुसिकोट (पल्लो॰, दर्ना, बझाब, बाजुरा, थलहरा॰ ।

बाइसौँ— वि॰ [बाइस+औँ] बाइस सङ्ख्यालाई पूरा गर्ने; बाइस सङ्ख्याको ।

बाइस्कोप— ना॰ [अङ्॰] कुनै पनि घटना वा कथाका अभिनीत कुरा क्रमबद्ध रूपमा पारदर्शकपटमा खिँचेर प्रकाशको सहायताबारा पर्दामा देखाइने छायाचित्र ।

बाईँ— ना॰ [रू बाहाँ] १. स्त्रीजातिले नाडीमा लगाउने सुन–चाँदीको बाला वा चुरा । २. कमिजको बाउलामा टाँक लगाउने ठाउँमा तेर्सो पारेर सिइएको भाग ।

बाउँ१— ना॰ [सं॰ बाहु] हात; बाहु ।

बाउँ२— वि॰ [सं॰ बामे बायाँ; देब्रे; वाम ।

बाउँटिनु— अ॰ क्रि॰ [बाउँटो+इ+नु] टेढो स्वभावको हुनु; बाउँटो हुनु; चिढिनु ।

बाउँटे१— वि॰ [बाउँटो+ए] हे॰ बाउँटो ।

बाउँटे२— ना॰ प्रसव भएपछि गर्भाशयबाट निस्कने रगत, पानी आदि ।

बाउँटो— वि॰ [सं॰ वाम–टे १. कसैसित नमिल्ने स्वभावको; टेढो वा उल्टो स्वभावको; कोग्ल्याँटो; बाउँठे; बाउँठो । २. बायाँ हात चलाउने ।

बाउँट्याइ— ना॰ [रू बाउँटि (+याइ॰] बाउँटिने भाव, क्रिया वा प्रक्रिया । [ > ] बाउँट्याहट— ना॰ बाउँटिने भाव, अवस्था वा क्रिया–प्रक्रिया ।

बाउँठे— वि॰ [बाउँठो+ए॰] हे॰ बाउँटे ।

बाउँठो— वि॰हे॰ बाउँटो ।

बाउँडि–नु— अ॰ क्रि॰ [बाउँडो+इ+नु] १. बाउँडो हुनु; टेढिनु । २. शरीरका जोर्नीमा सड्किए–मर्किएजस्तो भई रक्त–सञ्चार रोकिएर दुख्ने गरी नसा बटारिनु । > बाउँड्याइ— ना॰ बाउँडिने क्रिया वा प्रक्रिया ।

बाउँपाटो— ना॰ [बाउँ+पाटो] १. शरीरको देब्रेपट्टिको भाग । २. अनुक¨ल नपर्ने ठाउँ

बाउँहाते— वि॰ [बायाँ+हाते] दायाँ हातभन्दा बायाँ हात बढी चलाउने; डेप्पा । बाउनी काठ— ना॰ [बाहुनी+काठ] चाँपोका जस्तै पात र बलियो जातको काठ हुने रूखविशेष ।

बाउनु— स॰ क्रि॰ [सं॰ व्यादाने मुख पूरा खोल्नु; आँ गर्नु ।

बाउन्न— ना॰ [सं॰ बापञ्चाशत्] १. पचास र दुई जोड्दा हुने सङ्ख्या; ५२–को अङ्क । वि॰ २. पचास र दुईका जोड सङ्ख्याको । ~ गन्डा— वि॰ धेरै; थुप्रै । ~ कुरा— ना॰ बाह्रसत्ताइस कुरा । ~ ठक्कर— ना॰ नाना प्रकारका ठक्कर, अनुभव ।

बाउन्ने— वि॰ [सं॰ वामन+ए] १. ज्यादै होचो; पुड्को; बामपुड्के । २. ढाडको अनुपातमा हात र खुट्टा धेरै छोटा हुने ।

बाउन्नौँ— वि॰ [बाउन्न+औँ] बाउन्न सङ्ख्यालाई पूरा गर्ने; बाउन्न सङ्ख्याको ।

बाउरु— ना॰ १. खेतालाको पेसा वा काम; खेताला–खेताली । २. सघाउपघाउ । > बाउरे— ना॰ १. खेती गर्दा अरूकहाँ सगाउन जाने व्यक्ति । २. ज्यालादारीमा काम गर्ने व्यक्ति; ज्यामी । आउरे–बाउरे ।

बाउसे— ना॰ [बाउसो+ए] १. रोपाइँ गर्दा खेतको हिलो सम्म्याउने काम । २. त्यस्तो काम गर्ने व्यक्ति; लाठे ।

बाउसो— ना॰ [सं॰ बाहुले कोदालो वा कोदाली ।

बाकट— ना॰ लामालामा कान र लामालामा खुट्टा हुने खसी; विकासे जख्खू खसी ।

बाकन— ना॰ [नेवा॰] छिपाहरूले कपडा आदिमा बुट्टा छिप्ने छाप चोप्न रब घोलेर राख्ने, चार कुना परेको काठको भाँडो; कागी ।

बाकल— ना॰ [सं॰ बल्कले रूख, काठ आदिको बोक्राभित्र रहेको बाहिरी भाग; आरा वा यन्त्रले ताछेर वा चिरेर छुट्ट्याउँदा छुट्टिने त्यस्तो टुक्रा । — काने— ना॰ बाक्ला कान हुने एक जातको बाख्रो । — पाते— ना॰ बाक्ला पात हुने र पातको झिल्ली पातलो कागतजस्तो हुने एक झार ।

बाकस— ना॰ [अङ्॰ बक्से बक्सा; सन्दुक ।

बाकाइदा— क्रि॰ वि॰ [फा॰ बा+अ॰ कायदे काइदामुताबिक; काइदासाथ; नियमानुसार ।

बाकुपौ— ना॰ [नेवा॰] पुरानो चलनअनुसार कुनै विशेष महत्त्वको सग्लो कागतपत्र पछि किर्ते हुने स्थिति नपरोस् भनी सो कागत च्याती सम्बन्धित व्यक्तिहरूले बाँडेर लिएको टुक्रा; अधकट्टी (यस्ता कागतमा १९४५ साल वैशाख ३० गते शुक्रवारभन्दा पहिलेको ललितपुर र भक्तपुरको 'श्रीवत्स' भन्ने छाप लगाएर कानुनी मान्यता दर्साइएको हुन्थ्यो ।) ।

बाकुल्लो— ना॰हे॰ बकुल्लो ।

बाक्लि–नु— अ॰ क्रि॰ [बाक्लो+इ+नु] बाक्लो हुनु; गाढा हुनु; घना हुनु ।

बाक्लो— वि॰ [सं॰ बल्कले १. पातलो नभएको; मोटो । २. पन्यालोपन कम नभएको; गाढा । ३. घना; सघन । ४. खूब जमेको । ~ चाक्लो— वि॰ बाक्लो र चाक्लो; चाक्लोबाक्लो ।

(उदा॰— बाक्लो–चाक्लो दुई माना पाक्ने । — उखान॰ ।

बाक्सी— ना॰ १. कस; खिया । २. ढुसी; सडुवापन ।

बाख्रापाठा— ना॰ [बाख्रा+पाठो बाख्रा र पाठा ।

बाख्री— ना॰ [बाख्रो+ई] पोथी बाख्रो ।

बाख्रे— वि॰ [बाख्रो+ए] १. खसी–बाख्रा पाल्ने; खसीबाख्राबाट जीविका चलाउने । २. बाख्रोजस्तो; बाख्राको । ३. लाजशरम केही नभएको । ~ उन्यु— ना॰ उन्यूका भन्दा ठूलठूला पात र बोट हुने एक जातको उन्यू । ~ केटो/केटी— ना॰ सानो फुच्चे केटो वा केटी । ~ च्याउ— ना॰ पुराना रूखमा उम्रने, कालो रबको, खान हुने एक जातको च्याउ ।

बाख्रो— ना॰ [सं॰ बर्करे १. मासु खाइने प्रसिद्ध घरपाला पशुविशेष; बोको । २. बोका, बाख्रा बढाउनका निम्ति पालिने पोथी बाख्रो; बाख्री ।

बाग१— ना॰ [अ॰] फलफूलबारी; बगैँचा; वाटिका ।

बाग२— ना॰ [सं॰ बल्गो १. कुनै वस्तु च्याप्नका निम्ति टेबिल आदिमा स्थिर गरी जडिएको वस्तु । २. घोडाको लगाम; बागडोर । — डोर— ना॰ १. घोडा आदिको लगाम । २. मातहतका व्यक्तिलाई निर्देशन दिने तथा कार्यसञ्चालन गर्ने मुख्य अधिकारी; शासनको अभिभारा वा नियन्त्रण ।

बागलुब— ना॰ नेपाल अधिराज्यको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने धवलागिरि अञ्चलको दक्षिणी भागमा रहेको एक जिल्ला ।

बागलुबे— वि॰ [बागलुब+ए] १. बागलुबमा बनेको वा हुने । २. बागलुबसम्बन्धी; बागलुबको । ~ कागत— ना॰ बागलुबमा तयार भएको नेपाली कागत ।

बागवान— ना॰ [अ॰ बाग+फा॰ बाने बगैँचाको वा बगैँचासम्बन्धी काम गर्ने व्यक्ति; बगैँचे; माली । > बागवानी— ना॰ १. बगैँचे वा मालीले गर्ने बगैँचासम्बन्धी काम; मालीको पेसा । २. फलफूल खेती । ~ केन्द्र— ना॰ फलफूल उत्पादन गर्ने कृषिकेन्द्र ।

बागियान— वि॰ [वागी] १. विद्रोही; बागी । २. बागीको जस्तो काम गर्ने ।

बागी— वि॰ [अ॰] देश वा राज्यका विरुद्ध द्रोह गर्ने; विद्रोह गर्ने; विप्लवी ।

बाग्मती— ना॰ [सं॰ वाङ्मती] काठमाडौँ उपत्यकाको पशुपति छेउबाट बग्ने एक प्रसिद्ध नदी ।

बाघ— ना॰ [सं॰ व्याघ्रे १. बिरालाका जातको बलियो, ठूलो र हिंस्रक प्रसिद्ध जङ्गली जनावर । २. मेसिनको काम गर्ने कारिगरले कुनै वस्तु अँठ्याउन प्रयोग गर्ने चेपुवा फलामे औजार । ~ काने— ना॰ ठूलठूला कान हुने जुत्ता । ~ खोर— ना॰ बाघलाई मार्नका निम्ति थुन्ने, वनको छेउछाउमा थापिने एक किसिमको खोर । ~ चाल— ना॰ पच्चीसकोठे थर्कीमा एउटा खाली कोठा र चारवटा बाघ र बीसवटा बाख्राको कल्पना गरी गोटी चालेर खेलिने एक खेल । ~ चुली— ना॰ बाघजस्तै देखिने हिमालको चुली; हिमाल । ~ छाला— ना॰ बाघको छाला; व्याघ्राम्बर । ~ जुँगे— वि॰ बाघका जस्तै लामा जुँगा हुने । ~

झम्टाइ— ना॰ बाघको जस्तो झम्टाइ; रिसले झम्टने काम; साह्रै रिसाएर गरेको हप्की । ~ झम्टा— ना॰ बाघझमट । ~

पन्जा— ना॰ बाघको जस्तै अरूलाई अँठ्याउन र ब्याक्न सक्ने हात । ~ पाइला— ना॰ १. एक जनालाई बाघ बनाएर खेलिने, केटाकेटीको एक प्रकारको खेल । २. वि॰ बाघका जस्ता पाइला भएको । ~ बाजु— ना॰ बाघको अगाडि खुट्टामा हुने र मङ्गलकारक मानिने बाजुजस्तो झीनो हाड । ~ मारी— ना॰ एक जना डोरीको घेराभित्र पस्ने र ऊ भाग्न खोज्दा अरूले डोरीले तानेर गाँठो पारी बाँध्न खोज्ने एक बालखेल । ~ मुखे— वि॰ १. बाघको जस्तो मुख भएको (जस्तो— बाघमुखे चरा॰ । ना॰ २. एक जातको फूल । ३. असुराको फूल । ४. साधारण पिलपिले पात भएको, सानासाना पहेँला फूल फुल्ने घाँसविशेष ।

बाघे— वि॰ [बाघ+ए] १. बाघको छालाजस्तो टाटेपाटे; बाघजस्तो; बाघसम्बन्धी । २. बाघले खाने वा बाघलाई हुने । ना॰ ३. गाईभैँसीलाई गाली गरिँदा प्रयोग हुने शब्द । ~ किरो— ना॰ चिप्लेकीरा खाने, काँढे खुट्टाहरू भएको एक प्रकारको कालो कीरो । ~ खटिरो— ना॰ शरीरमा जनै रहने ठाउँमा जनैकै आकारमा निस्कने एक प्रकारको घातक खटिरो; जनैखटिरो; सार्कीखटिरो ।

बाङ्खुट्टे— वि॰ [बाङ्गो+खुट्टा+ए] बाङ्गा खुट्टा हुने; खुट्टा बाङ्गो पारी टेकेर हिँड्ने; बाङ्खुरे ।

बाङ्खुरे— वि॰ [बाङ्गो+खुर+ए] खुर बाङ्गिएर दुवै छेउ जोरिएको; बाङ्खुट्टे ।

बाङ्गि–नु— अ॰ क्रि॰ [बाङ्गो+इ+नु] १. बाङ्गो हुनु; दोब्रिनु; टेढिनु । २. बेमेलको हुनु; बाउँटिनु । बाङ्गी काठ— ना॰ [बाङ्गो+काठ] खैरो बोक्रा र बाङ्गाटिङ्गा भेट्ना हुने, हरियोमा पातला झिलझिल परेका र सुकेपछि काला, कलेजी रबका पात हुने, टुप्पामा भाले र पोथी अङ्ग भएका भिन्नाभिन्नै साना फूल फुल्ने रूख वा त्यसैको फुस्रा रबको फल ।

बाङ्गे— वि॰ [बाङ्गो+ए] कुनै अवयव बाङ्गो भएको; बाङ्गो । ~ काठ— ना॰ हे॰ बाङ्गीकाठ ।

बाङ्गो— वि॰ [सं॰ वक्रे सोझो नभएको; टेढो चालको । स्त्री॰ बाङ्गी । — टिङ्गो— वि॰ धेरै ठाउँमा बाङ्गो भएको; टेढोमेढो ।

बाच्–नु— स॰ क्रि॰ [सं॰ वच्+नु] अक्षर, पुस्तकपुस्तिका आदि पढ्नु वा पढेर सुनाउनु; पाठ गर्नु; पारायण गर्नु ।

बाचक— ना॰ [सं॰ वाचके १. पुराण, कथा आदि भन्ने मुख्य पण्डित । २. स्पष्ट, छिटो र शुद्ध भन्ने शक्ति; पढाइ । श्र बाचकी— वि॰ पुराण, कथा आदि भन्ने; वाचन गर्ने ।

बाचा१— वि॰ [बाच+ओ १. अलिकति; थोरै; चिउँटी । २. बोली वा भनाइ मात्रको ।

बाचा२— ना॰ [सं॰] कुनै काम वा कुरा पूरा गर्न दिइने वचन; बोली; कबुल; प्रतिज्ञा । — बन्धन— ना॰ प्रतिज्ञामा बाँध्ने काम; किरियाहलाइ ।

बाचिनु— क॰ क्रि॰ [बाच्+इ+नु] वाचन गरिनु; पाठ गरिनु ।

बाच्छाई— वि॰ [अ॰ बादशाही] सुहाउँदो; राम्रो; उत्तम । — बाजा— ना॰ धेरै मानिस मिलेर एकैसाथ बजाइने, सबै अङ्गले पूर्ण, युरोपेली बाजाहरूको समूह । — बुट्टा/बुट्टी— ना॰ टक आदिमा लागेका, तस्बिरका बुट्टा वा चिह्न ।

बाच्छो— ना॰ हे॰ बाछो ।

बाछ्–नु— स॰ क्रि॰ [सं॰ वाञ्छा+नु] १. केलाउनु । २. रोज्नु; छान्नु ।

बाछिटा— ना॰ [बाङ्गो+छिटो हावाले हुत्त्याउँदा छड्के गरी परेको पानीको छिटा ।

बाछो— ना॰ [प्रा॰ बच्छओ] गाईको बच्चो । स्त्री॰ बाछी ।

बाज१— ना॰ [फा॰] चीलजस्तो एक जातको हिंस्रक पक्षी ।

बाज२— प॰ स॰ [फा॰] कुनै शब्दको अन्तमा जोडिएर त्यसलाई मन पराउने वा त्यसमा सोख भएको अर्थमा प्रयुक्त हुने रूपखण्ड । (धोकेबाज, रक्सीबाज, हुल्लडबाज इ॰) ।

बाजरा— ना॰ [सं॰ बर्जरी] जुनेलाका जातको काला र मसिना दाना हुने अन्नविशेष ।

बाजा— ना॰ [सं॰ वाद्ये तारले रेटेर, मुखले फुकेर वा गजाले ठोकेर सुरताल मिलाई बजाइने यन्त्रविशेष; वाद्य । — गाजा— ना॰ १. गानबजान । २. वाद्यसहितको गाना । ~ भाग— ना॰ १. दमाईँका नेगियारलाई दिइने मुख्य भाग । २. ठूलो भाग (व्यङ्ग्यार्थमा॰ ।

बाजि— क्रि॰ वि॰ [सं॰ वारे कुनै कामकुराका क्रमको पटक; चोटि; पल्ट ।

बाजिब— वि॰ [अ॰ वाजिबे १. उचित; लायक । २. सत्य ।

बाजी१— प्रत्य॰ [फा॰ बाज+ई] नामशब्दका अन्तमा गाँसिएर त्यो काम गर्ने वा त्यसको सोखिन भन्ने भाव बुझाउने शब्द । (इसाराबाजी, ठट्टाबाजी, नाराबाजी, मौकाबाजी इ॰) ।

बाजी२— ना॰ [फा॰] १. कुनै पनि खेलमा दुई थरीका बीच हारजित हुँदा गरिने सर्त वा त्यस्तो हारजितको प्रतिज्ञा गरी खेलिने सुरुदेखि अन्तसम्मको खेल; होड । २. पल्टने काम; उल्टाग्पल्टा । ३. जादुको खेल; तमासा । ४. दाउ । — गर— ना॰ जादुगर; चटकी । ~ थाप्नु— क्रि॰ पदा॰ कुनै अनिश्चित परिणामको प्रसङ्गमा दुई थरीका बीच हार वा जितको ओड लिई अगावै सर्त राख्नु; बाजी लगाउनु । — बाजी— ना॰ १. बालबोलीका अनुकरणमा भनिने शब्द । २. धार्मिक पाठपूजा आदिका कारणमा भनिने शब्द । — माथ— ना॰ माथ गरेर बाजी जित्ने काम; विरोधीलाई हराउने वा मौकामा जुक्तिसँग काम फत्ते गर्ने चाल । ~ लगाउनु— क्रि॰ पदा॰ बाजी थाप्नु ।

बाजु— ना॰ [फा॰ बाजू] १. पाखुरामा बाँधेर पहिरिने एक प्रकारको आभूषण; अङ्गद । २. पाखुरो । — बन्द— ना॰ बाजु ।

बाजुरा— ना॰ नेपाल अधिराज्यको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने सेती अञ्चलको एक पहाडी जिल्ला; पहिलेको एक सामन्त राज्य ।

बाजुरो— ना॰ [सं॰ वर्जरी] बाजरा ।

बाजे— ना॰ [बाबाज्यू] १. आमा वा बाबुका बाबु । २. ससुरो । ३. ब्राह्मणलाई आदर जनाउन प्रयोग गरिने शब्द । ~ बराज्यू— ना॰ बाबु, बाजे आदि पूर्वपुरुष; पुर्खा ।

बाझ्–नु— अ॰ क्रि॰ १. परस्परमा दुर्वचन प्रयोग गर्नु; मुख लाग्नु; भनावैरी गर्नु; कलह गर्नु । २. मतभेद हुने गर्नु; दङ्गा गर्नु । ३. लेखरचना, राय आदिमा विमति हुनु । > बाझाबाझ— ना॰ परस्परमा बाझ्ने काम; भनाभन; भनावैरी । बाझिनु— क॰ क्रि॰ बाझ्ने काम गरिनु; भनावैरी गरिनु ।

बाझो— ना॰ [बाझ्+ओ] बाझ्ने काम; झगडा; बझाइ । — जुझो— ना॰ मुखले बाझ्ने तथा हातले कुट्नेसमेत काम ।

बाट्–नु— स॰ क्रि॰ [सं॰ वेष्ट+नु] धागो, तार, घाँस, पराल आदि कुनैलाई जोल्ट्याएर एउटै डोरो बनाउनु; डोरी बनाउनु; बटार्नु; चुल्ठी पार्नु ।

बाट१— विभ॰ पञ्चमी विभक्तिमा लाग्ने एक रूप; देखि । (उदा॰— तपाईं घरबाट कहिले आउनुभयो < आकाशबाट पानी पर्छ इ॰) ।

बाट२— ना॰ गुरुब, तामाब आदि जातिले दुवैतिरका दुई टुप्पा सुकाएझैँ गरी हातले समातेर लासको अघि लैजाने सेतो कपडा ।

बाटा— ना॰ [सं॰ वाटे उत्तानो, फराक मुख भएको र बिट फर्केको, पित्तल, तामा, प्लास्टिक आदिको भाँडो ।

बाटुलि–नु— अ॰ क्रि॰ [बाटुलो+इ+नु] बाटुलो हुनु; गोलाकार पर्नु; कुँडुलिनु ।

बाटुले— वि॰ [बाटुलो+ए] गोल आब मिलेको; मुखको आकार बाटुलो भएको । स्त्री॰ बाटुली ।

बाटुलो— वि॰ [सं॰ वर्तुले गोल आकार भएको; गोल मिलेको; डल्लो । ~ मुला— ना॰ सलगमका ढाँचाको एक जातको मूला ।

बाटुल्पाते— ना॰ [बाटुलो+पात+ए] पीपलका जस्ता बाटुला पात हुने, हरिया फूल फुल्ने र पहेँला गोल फल फल्ने लहरोविशेष ।

बाटो— ना॰ [सं॰ वर्त्मे १. हिँड्नका निम्ति बनाइएको फराकिलो वा साँघुरो सोतोदार ठाउँ (सडक, गल्ली, गोरेटो आदि॰; मार्ग; पथ । २. तरिका; उपाय; पद्धति । ३. जीविका आदिको साधन; वृत्ति । ४. आरम्भ; सुरु । ~ कुरुवा— वि॰ १. बाटो कुर्ने । ना॰ २. प्रायः बाटामा बस्ने एक जातको सानो सर्प । ~ खर्च— ना॰ बाटो हिँड्दा खानपान, सवारी आदिमा लाग्ने वा लिइने खर्च । ~

घाटो— ना॰ सानो–ठूलो सबै बाटो; बाटो र बाटामा पर्ने नदीनाला आदि । ~ म्याद— ना॰ कुनै कामका निम्ति मोफसलबाट आउँदा वा सदरबाट जाँदा बाटामा लाग्ने निर्धारित समय ।

बाठो— वि॰ [प्रा॰ बट्ठे १. राम्ररी बोल्न वा व्यवहार गर्न जान्ने; चलाख; चतुर; पटु; धूर्त । २. बुद्धिमान् ।

बाड— ना॰ [सं॰ बारङ्गे खुकुरी, तरबार आदिको बिँड ।

बाडव— ना॰ [सं॰] समुद्रको जललाई सोस्ने अग्नि; बडवानल ।

बाडा— ना॰ डोको, थुन्चे आदि बुन्दा थप्नुपर्ने चोया ।

बाडी— ना॰ [सं॰ वाटी] घरघडेरी; बारी (जस्तो— ठाकुरबाडी, चन्दनबाडी इ॰) ।

बाडुली— ना॰ वातविकार आदिका कारणले घाँटीबाट हिक्कहिक्क निस्कने आवाज; हिक्का ।

बाढ— ना॰ [बाढी] १. बाढी । २. हतियारको वर्षा (दिव्य॰) ।

बाढी— ना॰ [प्रा॰ वड्ढि] ज्यादा वर्षा हुँदा पानी बढेर आ६नो नियत स्थान नाघी बगेको नदीनालाको प्रवाह; बाढ । ~ सिँचाइ— ना॰ कुलो खुलै राखेर भल–बाढी पस्न दिई खेतीलाई सिँचाइ गर्ने काम । ~ को मुढो— ना॰ आपत् कालमा सहारा ।

बाण— ना॰ [सं॰] धनुको ताँदोमा फेद अड्याई ताँदो आफूपट्टि तानेर लक्ष्यवेध गर्न वेगसँग छोडिने, टुप्पो तीखो र दुवैतिर धार भएको प्राचीन हतियार; वाण; शर; काँढ । — भट्ट— ना॰ संस्कृत साहित्यमा प्रसिद्ध 'हर्षचरित' र 'कादम्बरी' गद्यकाव्य लेख्ने महाकवि । — मुख लिपि— ना॰ सुमेर, इरान आदि देशमा आ–आ६नै किसिमले प्राचीनकालमा प्रचलित, बाणको मुखको आकार भएको लिपि; बाणमुख लिपि; कीलाक्षार (क्युनिफार्म लिपि) । — लिङ्ग— ना॰ १. शिवलिङ्गका रूपमा पूजा गरिने, नर्मदा नदीमा पाइने, केही लाम्चो, गोल र सेतो चिल्लो पत्थर । २. बाणको चिह्न भएको शिवलिङ्ग ।

बात१— ना॰ [सं॰ वाते वायुको विकारबाट शरीरका जोर्नीहरू सुन्निएर दुख्ने रोगविशेष ।

बात२— ना॰ [सं॰ वार्ता] १. दुई थरीका बीच गरिने कुरो; वार्ता । २. बोली वा वचन । ३. प्रसङ्ग; विषय । ४. समाचार; सन्देश । ५. दोषारोपण; अभियोग । वि॰ ६. छोडिएको; बाहेक । — चित— ना॰ दुई वा दुईभन्दा बढी मानिसहरूका बीच परस्परमा हुने कुराकानी; वार्तालाप ।

बातन— ना॰ [रू बाते बात; कुरा । — पिच्छे— क्रि॰ वि॰ हरेक कुरो गर्दा; जुन कुरामा पनि ।

बाता— ना॰ [सं॰ वर्तिको डाँडा भाटा, बार आदि बाँध्न बनाइने, बाँसको नछुट्ट्याइएको चोयाको मुठो ।

बातिल— वि॰ [अ॰] खारिज गरिएको; रद्द गरिएको; बदर; बाहेक ।

बाती— ना॰ [सं॰ वर्ति] बत्ती; दीप ।

बातो१— ना॰ कोदाली वा कोदालाको पातो; बापट ।

बातो२— ना॰ [सं॰ वर्तिको १. चाकबाट रोपेर शासना दिइने वा मार्ने हतियारविशेष; शूली । २. घर छाइने टुप्पो तिखारेको चोयो । ~ बस्नु— टु॰ अनिकालले चुलामा आगो बल्न बन्द हुनु; काम टक्क रोकिनु । ~ हान्ने— ना॰ झुलो सल्काई दुखेको ठाउँमा पोलेर गरिने, एक किसिमको ग्रामीण उपचारपद्धति ।

बात्तिनु— अ॰ क्रि॰ [बात+इ+नु] १. कुरैकुरामा लाग्नु; गफी वा कुरौटे हुनु । २. प्रसङ्गबेप्रसङ्गका नानावली कुरा झिकी कुरैमा भुल्नु वा हराउनु ।

बाथ१— ना॰ [सं॰ वाते १. वातरोगविशेष; बात । २. जुवा खेल्दा कुनै दाउमा ठिनी वा च्याँखे केही नराखिने र जितहार हुँदा लिनुदिनु नगरी बाहेक गर्ने काम ।

बाथ२— ना॰ [प्रा॰ बत्थि] बनेलको बोसो ।

बादरा— ना॰ [सं॰ बादर+ओ कपडा आदिमा बुट्टा भर्ने र माला आदि उन्दा बीचबीचमा हालेर राम्रो पार्न प्रयोग गरिने पहेँलो, सेतो र चम्किलो मसिनु चेप्टो तार; धातुको डोरी ।

बादल— ना॰ [सं॰ वार्दले १. पृथ्वीको पानी माथि सोसिएर आकाशमा फैलिई पानी बर्साउने वाष्पकण; मेहरो; मेघ । २. आँखामा लाग्ने जालोविशेष ।

बादसाह— ना॰ [फा॰] १. धेरै मुलुकको अधिपतिका रूपमा रहेका एउटै मुख्य राजा; सम्राट्; चक्रवर्ती । २. तास, गन्जिफा आदिमा राजाको चित्र भएको एक प्रमुख पत्ती; बास्सा । ३. बुद्धिचालको सबैभन्दा मुख्य गोटी ।

बादसाही— वि॰ [फा॰] बादशाहलाई सुहाउँदो; बादशाहसम्बन्धी । ~ बाजा— ना॰ विशेषतः सैनिकले बजाउने अङ्ग्रेजी ढाँचाको सामूहिक बाजा; बाच्छाईबाजा । ~ बुट्टा— ना॰ बाच्छाई बुट्टा ।

बादी१— वि॰ [फा॰] वायुको विकारबाट भएको; शरीरमा वायु बढाउने; वायु–विकारसम्बन्धी ।

बादी२— वि॰ [सं॰ वादी] फिराद दिने; नालिस गर्ने ।

बादे— ना॰ १. जाकनाको रूपमा प्रयोग हुने ठूलो डालको हिमाली खसी । वि॰ २. ठूलो; अजबको (जस्तै— बादे कुम्लो॰ ।

बाद्दे— ना॰ १. अर्को कुनै सीप नचल्ने स्थिति; करमा पर्ने काम; रोकावट । २. कुनै कुराका निम्ति गरिने निधो; पक्का; निश्चय ।

बाध— ना॰ [सं॰] १. कुनै कामकुरामा बाधा आउने स्थितिग् रोक; रोकावट; प्रतिबन्ध; बाधा । २. कुनै काम वा कुरामा बाधा पर्दा हुने कष्ट; पीडा ।

बाधक— वि॰ [सं॰] १. काममा बाधा पुथ्याउने; रोक्ने; वाधक । २. विघ्न पार्ने ।

बाधा— ना॰ [सं॰] १. कुनै पनि काममा हुने अड्काउ वा विघ्न; वाधा । २. छेकथुन; रोकावट; खिचोला । ३. भूत–प्रेत आदिका कारणले हुने भय वा कष्ट; पीडा । ~ अड्काउ— ना॰ सुरु भएको कामकुरो सफल हुन नपाई रोकिने अवस्था; छेकाभाँजी; विघ्नबाधा । श्र बाधित— वि॰ बाधा पुथ्याइएको; रोक लगाइएको; वाधित ।

बाध्य— वि॰ [सं॰] १. नियम, विधि, वचन आदिले बाँधिएको वा नगरी नहुने स्थितिमा परेको; विवश तुल्याइएको । २. रोक लगाइएको; छेकिएको । — ता— ना॰ बाध्य हुने स्थिति; विवशता; लाचारी ।

बान१— ना॰ [सं॰ वर्णे १. चमक; टलक । २. कान्ति; आभा; बर्न ।

बान२— ना॰ [सं॰ बाणे हे॰ बाण । — दार— वि॰ धनुकाँड बनाउने र चलाउने ।

बाना१— ना॰ [सं॰ बाणे सैनिकले कम्मरमा झुन्ड्याएर भिर्ने, दुईतिर धार भएको तरवारजस्तो अस्त्रविशेष; सङ्गिन ।

बाना२— ना॰ [सं॰ वयने कपडाको गजपट्टिको बुनोट वा किसिम ।

बाना३— ना॰ [सं॰ वर्णे १. पहिरन वा वेश–विन्यास; वस्त्र । २. कुनै जिनिसको प्रकार वा किसिम; बान्की । ३. स्वीकार गरिएको धर्म वा रीति । — दार— वि॰ १. बाना भएको; बानावाल; फेसनबाज । ना॰ २. पल्टनिया बाजा बजाउने जागिरदार ।

बानी— ना॰ १. निरन्तरको अभ्यासबारा प्राप्त सजिलो र सुपरिचित व्यवहार तथा सचेत विचारविना पनि गर्न सकिने त्यस्तो क्रियाकलाप; अभ्यस्तता । २. असल वा खराब तथा सद्गुण वा दुर्गुण हुने मनोगत स्थिति; आदत; बेहोर; लत; स्वभाव । ~

बेहोर/बेहोरा— ना॰ शीलस्वभाव; आनीबानी ।

बान्किलो— वि॰ [बान्की+इलो] बान्की परेको; आकारप्रकार मिलेको; नमुना वा ढाँचालायकको; बानादार ।

बान्की/बान्गी— ना॰ [बानगी] कुनै वस्तुको आकारप्रकार; नमुना; ढाँचा ।

बान्चोट— ना॰ [बहिन+हि॰ चोदे कसैप्रति रिस पोख्ता वा गालीगलौजका सिलसिलामा प्रयुक्त हुने अश्लील शब्द; वाहान्चोट

(उदा॰— अब त्यसै कहाँ उम्केलास् बान्चोट ; वाहान्चोट॰ ।

बान्टे— ना॰ पात्लेका जस्ता पात हुने, ठूलो, लेकाली वृक्षको एक जात ।

बान्ता— ना॰ [सं॰ बान्ते कुनै किसिमका विकारले खाएपिएको वस्तु पेटबाहिर निस्कने काम; वमन; छाद ।

बान्धव— ना॰ [सं॰] १. मामाचेला र फुपूचेलासमेतका दाजुभाइ; बन्धुवर्ग; फुकी । २. आफन्त, नातेदार वा सम्बन्धी; स्वजन; इष्टमित्र ।

बान्नु/बान्नो— ना॰ पर्खाल; भित्ता ।

बाप— ना॰ [सं॰ वप्रे बाबु; पिता ।

बापट— ना॰ कोदालाकोदालीमा कीला ठोकिएर गाँसिएको पातो ।

बापत— ना॰ [फा॰ बाबते १. चोरी, जारी, हाडनाताकरणीजस्ता मुद्दाको कसूर; दोष । २. कुनै कुराको निम्तिको सट्टा; बदला । ना॰ यो॰ ३. सम्बन्धमा; विषयमा (उदा॰— काम गरेबापत तलब दिनुपर्छ ।) ४. लागि; निम्ति (उदा॰— यसबापत तपाईँले के पाउनुभयो <॰ । > बापती— वि॰ चोरी, जारी, हाडनाता– करणीजस्ता मुद्दामा अपराधी ठहरिएको; बापत वा दोष लागेको; कसूरदार ।

बापवैरी— ना॰ [बाप+वैरी] बाबुका पालादेखिको वैरी; पूरा खलककै विरोध गर्ने शत्रु; बाफवैरी ।

बाफ१— ना॰ [सं॰ वाष्पे १. पानी तातेर हल्का भई धूवाँका रूपमा मास्तिर उडेका सूक्ष्म जलकणहरूको समूह । २. शरीरबाट निस्केको तातोपन ।

बाफ२— ना॰ [रू बापे बाबु; पिता ।

बाफरे— वि॰ बो॰ [सं॰ वप्र+रे] डर, अचम्म, उदेक आदि जनाउने शब्द । (उदा॰— बाफरे, चिडियाखानामा कत्रो बाघ रहेछ ;) । ~ बाफ— वि॰ बो॰ डर, अचम्म, उदेक, दुःख आदि प्रकट गर्दा निस्कने शब्द । (उदा॰— बाफरेबाफ ; छोरीको विवाहमा तिनको खर्च देखेर म त छक्कै परेँ ।) ।

बाफवैरी— ना॰ [बापवैरी] बाबुबाजेका पालादेखिको शत्रु; बापवैरी ।

बाफि–नु— अ॰ क्रि॰ [बाफ+इ+नु] १. बाफ बन्नु वा बाफ निस्कने हुनु; गर्माउनु । २. बाफले कुनै खानेकुरा पाक्नु; गुम्सिनु ।

बाफिलो— वि॰ [बाफ+इलो] बाफ निस्कने; बाफले भरिएको; धेरै तातो; गरम हुने (ठाउँ आदि॰ ।

बाफोँडी— ना॰ [बाफ+कसौँडी] बिर्कोबाट बाफ उम्कन नदिएर, खानेकुरो छिटै र राम्ररी गलाई पकाउने खास प्रकारको भाँडो; प्रेसरकुकर ।

बा६ता— ना॰ [फा॰ बा६ते एक प्रकारको मोटो रेसमी कपडा ।

बाबर— ना॰ चामलको पीठो रयालेर घिउ–तेलमा पकाइएको गोलो रोटी । ~ काने— वि॰ बाबरका जस्ता ठूलठूला कान हुने ।

बाबरनेट/बाबरलेट— ना॰ [अङ्॰ बबिनेटे खास्टो, चोलो आदि छाप्ने वा झूल पर्दा आदि बनाउने काममा प्रयोग हुने, जालीदार मिहिन कपडा ।

बाबडी— ना॰ तलगडा; पोखरी ।

बाबरी— ना॰ [सं॰ बर्बरी] सानासाना खस्रा पात हुने, राता मसिना फूल फुल्ने र तुलसीको जस्तो बास्ना आउने झारविशेष; पुदिना ।

बाबा— ना॰ [फा॰] १. बाबु वा बाबुजस्तै पूज्य वृद्ध व्यक्ति । २. साधु, सन्न्यासी वा पूज्य व्यक्तिलाई अरूले र अरूलाई साधुसन्न्यासीले गर्ने सम्बोधन । ३. छोराछोरीलाई प्यारो गरेर भनिने शब्द । वि॰ बो॰ ४. डर, त्रास, दिक्क, आश्चर्य आदि जनाउँदा निस्कने शब्द । — जी— ना॰ १. साधुसन्न्यासीलाई आदर जनाइने शब्द । २. साधुसन्न्यासी । ~ लँगौटी— ना॰ भर्खर जन्मेका नानीहरूलाई कमरमा बाँधेर लगाइदिने कट्टुजस्तै लुगाविशेष ।

बाबियो— ना॰ [सं॰ बल्वजो घर छाउने, डोरी बाट्ने र क¨चो बनाउने काममा प्रयोग गरिने, कुशजस्ता लामा, झीना पात हुने र कोदाका कोसाजस्ता साना फूल फुल्ने झारविशेष ।

बाबु— ना॰ [रू बाबो १. आफूलाई जन्माउने व्यक्ति; बुबा; पिता । २. कानुनअनुसार धर्मपुत्र राख्न पाउने व्यक्ति । —

बाजे— ना॰ बाबु, बाजे आदि पूर्वपुरुष; पुर्खा । — साहेब— ना॰ ठकुरी, राजघरानाका साधारण व्यक्ति र धनीमानीका छोराहरूलाई प्रयोग गरिने मानबोध शब्द ।

बाबै— वि॰ बो॰ [बाबा+ऐ] १. आश्चर्य, उदेक, भय, आशङ्का आदि बुझाउने शब्द । (उदा॰— बाबै ; यहाँ त कत्रो सर्प रहेछ ; बुहारीले ससुरासँग कसरी झगडा गर्न सकेकी होली बाबै ;) । २. आफूभन्दा मनिको व्यक्तिलाई सम्झाउँदा प्रयोग गरिने शब्द । (उदा॰— मैले भनेको मान बाबै, नत्र पछि पछुताउनुपर्ला) । ~ नि— निपा॰ आश्चर्य, उदेक, डर–त्रास आदिमा प्रयोग हुने शब्द । (उदा॰— नानी झन्डै झ्यालबाट खसेको, बाबै नि ; म त डरले थर्र भएँ । बाबै नि, त्यहाँ त मान्छे पो झुन्डिएको रहेछ ;) ।

बाम१— ना॰ [सं॰ वर्मि] झलक्क हेर्दा सर्पजस्तो देखिने एक जातको माछो ।

बाम२— वि॰ [सं॰ वामे बायाँ; बाउँ । ~ खुट्टे— वि॰ बायाँ खुट्टाले अगाडि टेक्ने वा बायाँ खुट्टा ठीक नभई खोच्याएर हिँड्ने; बाङ्गो खुट्टा भएको । ~ खुरे— वि॰ बायाँतिर खुर फर्केको; बामखुट्टे । ~

पाटो— ना॰ १. शरीरको देब्रे भाग । २. अनुक¨ल नपर्ने ठाउँ । ३. प्रायः साल आदिका रूखमा गोलो बनाएर बस्ने, खैरो खालको कमिलो । ~ पुड्के— वि॰ ज्यादै पुड्को; बाउन्ने ।

बाम३— ना॰ देव्रे हातले बजाइने तबला ।

बामे— ना॰ [रू बाम+ए] बालक घस्रँदाको सराइ । ~ सराइ— ना॰ बामे सर्ने काम वा किसिम । ~ सर्नु— क्रि॰ पदा॰ भर्खरका नानीले हातखुट्टाका सहायताले शरीर भुईँमा घिसारेर हिँड्नु । ~ चरो— ना॰ बाहुनचरी ।

बायविडङ्ग— ना॰ [सं॰ विडङ्गे हिमाली पहाड, लङ्का र बर्मामा हुने एक लता वा त्यसैको फल ।

बायाँ— वि॰ [सं॰ वामे १. शारीरिक रूपमा विपरीत पक्षभन्दा केही दुर्बल तथा कम सक्रिय; 'दायाँ'–को विपरीतार्थक शब्द; देब्रे; बाउँ; बाम । २. प्रतिक¨ल; उल्टो । ना॰ ३. देब्रे हातले बजाइने तबला । ~ हातको खेल— ना॰ ज्यादै सजिलो काम ।

बायु— ना॰ [सं॰ वायु] हावा; वायु । ~ पङ्खी— ना॰ बाइपङ्खी । ~

बेग— वि॰ छिटो ।

बार्–नु— स॰ क्रि॰ [सं॰ वार+नु] १. जोगाउबचाउका निम्ति कुनै ठाउँलाई वरिपरिबाट घेर्नु; छेका वा बार लाउनु । २. नियम पुथ्याई कुनै वस्तु प्रयोगमा नल्याउनु; बारना गर्नु । ३. रोक्नु; छेक्नु । ४. पथपरहेज गर्नु । ५. आशौच मनाउनु ।

बार१— ना॰ [सं॰ वारे १. काठ, बाँस, घोचा आदिको छेका वा एक प्रकारको पर्खाल । २. समय; अवसर; वार । क्रि॰ वि॰ ३. पटक; फेरा; चोटि ।

बार२— ना॰ [अङ्॰] कानुनव्यवसायी वा वकिलहरूको समूह वा संयुक्त निकाय । ~ एसोसिएसन— ना॰ वकिल वा बारका सदस्यहरूको सङ्घ वा सङ्गठन ।

बारना— ना॰ [सं॰ वारणे १. अशुद्ध मानिएको वस्तु प्रयोगमा नल्याउने, निषिद्ध भोजन नगर्ने; संसर्गबाट भएको दोष हटाउने आदि काम; त्यस्ता दोषको परिहार । २. पथपरहेज । बार बन्देज— ना॰ [बार+बन्देजे जग्गाजमिनको सुरक्षाका निम्ति वा बस्तुभाउ पस्न नदिन आवश्यक व्यवस्थासहित बार आदि लगाउने काम; छेकथुन । बार बार— क्रि॰ वि॰ [बार+बार] पटकपटक; वारवार; बारम्बार; पुनः–पुनः ।

बारबुर/बारबेर— ना॰ [बार्+बेर्] बार्ने र बेर्ने काम; बार लाउने काम ।

बारम्बार— क्रि॰ वि॰ पटकैपिच्छे; लगातार; बार–बार ।

बारा१— ना॰ [सं॰ वटके मास, मुगी आदिको पीठो रयाली बीचमा प्वाल पारेर फुरौलाका ढाँचाले घिउ–तेलमा पकाइने गोलो बाक्लो रोटी ।

बारा२— ना॰ [बार+ओ झ्याल, ढोका, तस्बिर, ऐना आदिको चौकोस; प्रmेम ।

बारा३— ना॰ नेपाल अधिराज्यको मध्यमाञ्चल विकासक्षेत्रभित्र पर्ने नारायणी अञ्चलको एक जिल्ला ।

बाराबार— ना॰ [बार्+आ+बार्] १. परस्परमा एकले छोएको अर्काले नखाने वा पानी, आवतजावत आदि बार्ने काम । २. धमाधम बार्ने काम; बारबेर गर्ने अवस्था ।

बारिनु— क॰ क्रि॰ [बार्+इ+नु] बार्ने काम गरिनु; बार लाइनु ।

बारी— ना॰ [सं॰ बाटिका > प्रा॰ वाडिओ १. पाखाबाली मात्र लाग्ने आबादी जग्गा; पाखो जग्गा । २. बगैँचा; वाटिका ।

बारुत/बारुद— ना॰ [तु॰ बारूते गन्धक, सोडा र कोइलाको धूलो मिसाएर बनाइएको विस्फोटक पदार्थ । — खाना— ना॰ बारुद बनाउने अथवा राख्ने घर ।

बारुले— वि॰ [बारुलो+ए] बारुलाका ढाँचाको वा बारुलोसम्बन्धी; बारुलाको जस्तो । ~ कम्मर— ना॰ बारुलाको जस्तो चटक्क छिनेको राम्रो कम्मर ।

बारुलो— ना॰ [सं॰ वरटो अरिङ्गालका जातको सानो चिल्ने कीरोविशेष ।

बारे१— ना॰ यो॰ [फा॰ बारे १. विषयमा; प्रसङ्ग वा सम्बन्धमा ।

(उदा॰— यसबारे मैले केही सोचेकै छैन ।) ना॰ २. विषय; सम्बन्ध । (उदा॰— के बारेको काम हो तपाईंको <) । ३. वि॰ वारसम्बन्धी (आइतबारे, मङ्गलबारे॰ ।

बारे२— ना॰ स्थाननाम ।

बारेमज्जा— ना॰ [बाह रे+ मज्जो भुटेका चना, भुजा आदि विभिन्न वस्तु मिलाई कागतमा सोतो पारी हालिएको खानेकुरो; चनाचटपटे ।

बार्दली— ना॰ [फा॰ बारा+दरी] घरको छानामनि गारोभन्दा बाहिरपट्टि निकालेर डन्डी, रेलिब आदिले बारिएको बस्ने ठाउँ; एक किसिमको बुर्जा ।

बार्निस/बार्नेस— ना॰ [अङ्॰ वारनिशे १. जोगाउन र टल्काउनका निम्ति काठ, फलाम, छाला आदिमा लगाइने रोगन । २. रङ्गरोगनमा मिलाइने एक प्रकारको चिल्लो टलकदार तेल ।

बाह्र— ना॰ [प्रा॰ बारहे १. दस र दुईको योगबाट बन्ने सङ्ख्या; १२–को अङ्क । वि॰ २. त्यति सङ्ख्याको । — खरी— ना॰ दस स्वर तथा अनुस्वार र विसर्गयुक्त दुई स्वरसमेतका मात्रा मिलेर बन्ने क, का आदि व्यञ्जनवर्णका बाह्रबाह्र अक्षरको समुदाय; साउँ–अक्षर; बारखरी । ~ ठकुराई— ना॰ बाह्र थरी । — पोल— ना॰ धार्नी–प्रणालीमा सवा दुई बोडी तौल । ~ बहत्तर— ना॰ सधैँ चाड आदिको निहुँ पारेर टार्न गरिने कुरा; चाडबाडको दिन । ~ बिस— ना॰/वि॰ दुई सय चालीस । ~ मगरात— ना॰ नेपालमा पहिले मगरहरूको बसोबास भएको बाह्र स्थानलाई संयुक्त रूपले भन्ने नाम (सतहुँ, पैयुँ, भीरकोट, ढोर, गथ्हौँ, रिसिब, घिरिब, गुल्मी, अर्घा, खाँची, मुसीकोट र इस्मा) । —

मास— ना॰ १. वर्ष दिनभरि । २. सदाकाल । — मासा— ना॰ बाह्र महिना वा ती महिनाको बयान लेखिएको कविता । — मासे— वि॰ १. बाह्रै महिना फल्ने वा फुल्ने -फलफूल) । २. बैला भएकी; बराँठिएकी । ना॰ ३. बाह्रै महिनाको प्राकृतिक वर्णन गरिएको कविता । ४. अवैधानिक वा चोर जुवा; त्यस्तै बन्देज गरिएको खेल वा जुवा खेल्ने व्यक्ति; जुवाडे । ५. बाह्रै महिना फुल्ने, प्रायः कलेजी रबको, तीनकुने एक जातको फूल । ६. बाह्रै महिनामा गाइने एक प्रकारको गीत । — मासे अखडा— ना॰ बाह्रमासेहरू जम्मा भई जुवा खेल्ने ठाउँ; चोरजुवाको खाल । ~

सत्तरी— वि॰ अनेक किसिमको वा ओली–ओलीको (कुरा, गन्थन इ॰); धेरै परिपाठ मिलाएको । ~ सत्ताइस— वि॰ चाहिँदो–नचाहिँदो; बाह्रसत्तरी । ~ सिङ्गा/सिङ्गे— ना॰ लामा–लामा हाँगादार सिब हुने एक जातको मृग; जरायो । ~ हजार— ना॰ दुनियाँ; जनता (दिव्य॰) । (पहिले गोरखा राज्यभर बाह्र हजार घर मानिएकाले पछिसम्म यो शब्द सम्पूर्ण जनताको बोध गराउन प्रयुक्त हुन्थ्यो॰ ।

बार्हस्पत्य— वि॰ [सं॰] १. बृहस्पतिसम्बन्धी; बृहस्पतिबारा हुने वा गरिने; बृहस्पतिको । २. बृहस्पतिबारा प्रवर्तित मानिएको भौतिकवादी सम्प्रदाय वा त्यसमा लाग्ने शिष्य । ३. गणित ज्योतिषमा साठी संवत्सरमध्ये एक । ४. पुष्य नक्षत्र ।

बाह्रामस्ट— ना॰ खस–बाहुनका कुलायन; खसानी देवता ।

बाह्रौँ— वि॰ [बाह्र+औँ] १. बाह्र सङ्ख्यालाई पूरा गर्ने; बाह्र सङ्ख्याको । ना॰ २. मरेका बाह्र दिनमा गरिने कर्म ।

बाल्–नु— स॰ क्रि॰ [बल्+नु] १. दाउरा, कोइला, बत्ती आदि बल्ने गराउनु; जलाउनु; सल्काउनु । २. ज्वाला निकाल्नु; दन्काउनु ।

बाल— ना॰ [सं॰] १. साथ्है सानो उमेरको व्यक्ति; केटाकेटी; नानी; बालक । २. कपाल; केश; रौँ । ३. गहुँ, जौ आदिको झुस । वि॰ ४. उमेर नपुगेको वा कम उमेरको; भर्खर उदाएको वा जन्मेको -जस्तो–बालपोथ्रो, बालसूर्य आदि) । ५. अनजान; नासमझ । बाल अमृत— ना॰ [सं॰] हे॰ बालामृत ।

बालक— ना॰ [सं॰] १. केटाकेटी; बच्चा; नानी; शिशु; बालख । २. छोरो; पुत्र । ३. अनजान मान्छे; मूर्ख वा नासमझ व्यक्ति ।

बालकठी— ना॰ [नेवा॰ बलकथी] लुगाको तान लाउँदा धागाका बीच–बीचमा घुसारिने झीनो लट्ठीजस्तो सामान ।

बालकपन— ना॰ [बालक+पन] बालक हुनाको भाव वा अवस्था; केटाकेटीपन । २. बेबुझक्याइँ । बाल कमानी— ना॰ [बाल+कमानी] रौँजस्तो मसिनु तारबारा बनेको, निरन्तर हल्लिएर घडी ठीकसँग चलाउने कमानी । बाल काण्ड— ना॰ [सं॰] रामायणमा रामको जन्म तथा बाललीलाको वर्णन भएको पहिलो काण्ड वा भाग ।

बालकाल— ना॰ [सं॰] बालकको अवस्था; बाल्यावस्था ।

बालकुमारी— ना॰ अँग्रेजीमा 'मैडेन हेयर ट्रि' भनिने संसारमै ज्यादै कम पाइने दुर्लभ जातको मझौला खालको रूख ।

बालकेलि— ना॰ केटाकेटीको खेलबाड ।

बालकोष— ना॰ [सं॰] बालकहरूको सामाजिक कल्याण तथा उन्नतिका निम्ति स्थापना गरिने कोष ।

बालगिरी— वि॰ [बहाल+गिरी] बहालमा लिने–दिने गरिएको वा त्यस्तै कुनै कामका लागि सापट ल्याइएको (वस्तु॰; भाडावाल; बहालगिरी । बाल गोपाल— ना॰ १. बालक कृष्ण । २. परिवारका केटाकेटी । बाल ग्रन्थि— ना॰ [सं॰] बाल्यावस्थामा बढ्ने, तरुणावस्थामा उस्तै रहने र वृद्धावस्थामा घट्दै जाने, छातीको मध्य स्थानमा रहेको ग्रन्थि (इन्द्रिय॰ । बाल ग्रह— ना॰ [सं॰] बालकहरूलाई दुःख दिने वा रोग पैदा गराउने पिशाच । बाल घर— ना॰ [बाल+घर] टुहुरा बालबालिकाहरूलाई पालनपोषण आदि गरेर राखिने घर; अनाथालय । बाल चन्द्र— ना॰ [सं॰] १. बितीयाका चन्द्रमा । २. औँसीपछिको प्रतिपदादेखि दशमीसम्मका चन्द्रमा ।

बालचर— ना॰ [सं॰] १. बालकहरूलाई सच्चरित्रता, स्वावलम्बन, सेवाभावना र व्यायाम सिकाउने सैनिक ढाँचाको शिक्षा । २. त्यस्तो शिक्षा प्राप्त गर्ने वा ग्रहण गर्ने व्यक्ति । बाल चर्या— ना॰ [सं॰] १. बालकहरूबारा गरिने वा उनीहरूलाई गराइने दैनिक कृत्य । २. बालकहरूको स्याहार–सम्भार; शिशुपालन ।

बालछड— ना॰ बास्ना भएको एक प्रकारको वनस्पति ।

बालटिन— ना॰हे॰ बाल्टिन ।

बालतब— ना॰ [फा॰ बाला+तङ्ग] घोडाको काठीमा पटार कस्ने वा जडिने छाला ।

बालतन्त्र— ना॰ [सं॰] बालकहरूको लालन–पालन, हेरविचार गर्ने प्रक्रिया; धात्रीकर्म ।

बालतोड— ना॰ [बाल+तोड] रौँका जराको विकारबाट वा सो जरामा आघात पर्नाले निस्कने खटिरोविशेष ।

बालतोरी— ना॰ [बाल+तोरी] कालतोरीका भन्दा सेखै साना गेडा र कोसा पनि सानै हुने एक जातको तोरी । बाल दिवस— ना॰ [सं॰] प्रतिवर्ष नेपालमा मनाइने बालबालिकाहरूको राष्ट्रिय पर्व ।

बालन— ना॰ [सं॰] विशेष धार्मिक पर्व आदिमा एक जनाले भट्याउने र सामूहिक रूपमा अरूले स्वर मिलाउने गरी गाइने राम, कृष्ण आदि देवताको चरित्रगाथा; बालुन । बाल पोथ्रो— ना॰ [बाल+पोथ्रो] १. सानोतिनो बोट वा बिरुवा; बालक बिरुवा । २. आफैँले स्याहार्नुपर्ने सानो बच्चा; बालापोथरी ।

बालपोष/बालपोस— ना॰ [सं॰ बालपोषे बालकहरूलाई पोष लाग्ने गुलियो औषधी; पुष्टकारी । बाल बच्चा— ना॰ [बाल+बच्चो १. बालक छोरा–छोरी; केटाकेटी । २. जहान–परिवार; सन्तान; लालाबाला । बाल बोली— ना॰ [बाल+बोली] बालकहरूको बोली । बाल ब्रह्मचारी— ना॰ [सं॰] १. बाल्यावस्थादेखि नै ब्रह्मचर्यमा रहेको व्यक्ति । २. अघि दिङ्लामा संस्कृत पाठशाला स्थापित गरी नेपालमा शिक्षा–प्रचार गर्न महत्त्वपूर्ण योगदान दिने बालाषडानन्दको पदवी । स्त्री॰ बाल–ब्रह्मचारिणी ।

बालभोग— ना॰ [सं॰] १. बिहान–बेलुका बालकृष्णलाई चढाइने नैवेद्य । २. बालकहरूको भोज्य पदार्थ । बाल मन्दिर— ना॰ [सं॰] विशेषतः असहाय बालबालिकाहरूको शिक्षादीक्षा र मनोविनोदसमेतको विचार गरी उनीहरूलाई सही मार्गमा लैजान सहयोग गर्ने स्थान वा घर । बाल रोग— ना॰ [सं॰] प्रायः बालकहरूलाई लाग्ने रोग; बालग्रहबारा उत्पन्न हुने रोग । ~ विशेषज्ञ— ना॰ बालरोगका बारेमा विशेष ज्ञान प्राप्त गरेको व्यक्ति; तत्सम्बन्धी उपचार गर्ने चिकित्सक ।

बालव— ना॰ [सं॰] ज्योतिषका पञ्चाङ्गमध्ये करणको एक भेद । बाल वध— ना॰ [सं॰] विनाकसुर बालक मार्ने काम; बालहत्या ।

बालविकलाङ्ग— ना॰ [सं॰] भिटामिन 'डी'–को कमीबाट छ महिनादेखि दुई वर्षसम्मका बालकहरूको हाड ठूलो वा विरूप भएर कमजोर हुने रोग । बाल विकास— ना॰ [सं॰] बालकको शारीरिक, मानसिक, बौद्धिक, सांवेगिक आदिको विकासप्रक्रिया । बाल विधवा— ना॰ [सं॰] बालककालमै विवाह भई पति मरेकी स्त्री; बाल्यावस्थामै विधवा भएकी स्त्री । बाल विवाह— ना॰ [सं॰] केटा र केटीको उमेर नपुग्दै गरिने गैरकानुनी बिहे । बाल सङ्गठन— ना॰ [सं॰] बालबालिकहरूको शारीरिक, बौद्धिक र मानसिक विकासका साथै उनीहरूमा देशप्रेमको भावना जागृत गराई असल नागरिक बनाउने उद्देश्यका निम्ति गठित संस्था; बालकहरूको उन्नति वा हक–हितको सुरक्षाका निम्ति खडा भएको सङ्घ । बाल सङ्गाती— ना॰ [सं॰ बाल+सङ्गाती] बालककालदेखिको साथी; बाल्यावास्थाको साथी ।

बाल–साहित्य— ना॰ १. बालकले पढ्न सक्ने साहित्य । २. बालहितकारी साहित्य । बाल सूर्य— ना॰ [सं॰] उदाउन लागेको वा भर्खरै उदाएको सूर्य; बालारुण ।

बाला१— ना॰ [सं॰ वलये स्वास्नीमानिसहरूले नारीमा लाउने सुन–चाँदीको चुरा ।

बाला२— ना॰ [सं॰] १. सोह्रसत्र वर्षसम्मकी वा रजस्वला हुने अवस्थाकी स्त्री; नवयुवती; किशोरी; केटी । २. पुत्री; कन्या; बालिका । ३. पत्नी; भार्या; प्रियतमा । ४. बालो । — गुरु— ना॰ अघि दिङ्ला महाविद्यालय चलाउने गुरु (षडानन्द) । — चतुर्दशी— ना॰ मङ्सिर कृष्णपक्षको चतुर्दशी; सद्मी छर्ने चतुर्दशी । —

ज्यू— ना॰ काठमाडौँको उत्तरपश्चिममा रहेको र बाइस धारा भएको एक तीर्थ वा रमणीय स्थान । — डाङ्ग्रे— ना॰ बाल्यावस्थादेखि नै झारफुक गर्न थालेको वा देउता चढेको धामी । — दरिद्री— ना॰ जन्मैदेखिका दुःखी केटाकेटी; ससाना धेरै छोराछोरी । — पन— ना॰ १. बचपन । २. तरुनोपन; तारुण्य । अव्य॰ ३. लोकगीतमा पे्रमीप्रेमिकाले आफुसमा एकले अर्कालाई पुकार्ने शब्द; प्रिय, युवक वा युवती । (उदा॰— मेरा बालापन जान्छु नभन) । — पोथरी— ना॰ ससाना केटाकेटी ।

बालामृत— ना॰ [सं॰] बालहितकारी ओखती ।

बालिका— ना॰ [सं॰] १. कलिलो उमेरकी स्त्री; सानी केटी; बच्ची । २. कुमारी; कन्या; पुत्री; छोरी ।

बालिग— वि॰ [अ॰] १. बाल्यावस्था पार गरेको; उमेरदार; जवान । २. संविधानले दिने मताधिकारका निम्ति उमेर पुगेको; वयस्क ।

बालिनु— क॰ क्रि॰ [बाल्+इ+नु] बाल्ने काम गरिनु; सल्काइनु ।

बालिम— ना॰ पहेँलो रङ्गको एक जातको बाम माछो ।

बालिस्ट— ना॰ [फा॰ बालिशे अडेसा लाग्न बनाइएको ठूलो तकिया ।

बालिस्टर— ना॰ [अङ्॰ बारिस्टरे माथिल्लो तहमा बहस गर्ने अधिकारप्राप्त वकिल; अधिवक्ता ।

बाली— ना॰ १. खेतबारीमा उब्जेको अन्न; कृषिउपज; खेती । २. मोहीले तल्सिब वा सरकारलाई बुझाउने तिरो; क¨त; पोत । ३. पहिलेको चलनमा एक किसिमको जग्गा–कर । ४. ठेक्कामा कमाउने, सिउने, कामी, दमाई आदिलाई दिनुपर्ने वर्षभरिको अन्नको भाग । ~ जानु— टु॰ काम गरेको वा कमाइको वर्ष बित्नु । (जस्तो— कलुवा गोरु चार बाली गयो, काले गोरु दुई बाली मात्र गएको छ) । ~ रोक्का पुर्जी— ना॰ झगडा परेको जग्गाको बाली मुद्दा नछिनिएसम्म रोक्का गर्नका निम्ति अड्डाले लेख्ने कागत । — नाली— ना॰ खेतबारीमा लगाइएको बाली; धान, मकै आदिको खेती; बाली–बिरुवा । ~ भर्ना— ना॰ राणाशासनमा पल्टनिया उच्च दर्जाका केही जवानहरूलाई तलबका रूपमा आयस्ता खान पाउने गरी दिइएको जग्गा । ~

बिरुवा— ना॰ खेतबारीमा लगाइएको बाली; बालीनाली । ~

विज्ञान— ना॰ बालीनालीका विषयमा वैज्ञानिक किसिमले गरिने विशेष अध्ययन वा अन्वेषणको विद्या । ~ हुनु— टु॰ पशुहरूको गर्भ रहनु ।

बालुका— ना॰ [सं॰] बालुवा; पत्थरको चूर्ण । ~ यन्त्र— ना॰ पारो, सुवर्ण आदि भस्म बनाउँदा वा पारोको शुद्धीकरण गर्दा प्रयोगमा ल्याइने यन्त्र । ~ स्तूप— ना॰ मरुभूमिमा वायुले थुपारेको बालुवाको ढिस्को ।

बालुचरी— ना॰ [बालचुर (स्थान॰+ई] एक जातको असल गाँजा ।

बालुन— ना॰हे॰ बालन ।

बालुबुर्ज— ना॰ [सं॰ बालुका+फा॰ बुरीदे खोलाले छाडेका ठाउँको बलौटे जग्गा वा बगर; खोलाले बगाएर ल्याएको बालुवा, पाँगो आदि थुप्रिएको जग्गा ।

बालुवा— ना॰ [सं॰ बालुको विशेषतः समुद्र वा नदीका छेउछाउमा र मरुभूमिहुँदो हुने माटोविनाका ढुङ्गाका मिहीन कणको समूह; बालुका; रेत । — को घर— ना॰ नटिक्ने वा कच्चा काम ।

बालुसाही— ना॰ [हि॰ बालूशाही] घिउमा पकाएर पागमा डुबाई तयार पारिने, मैदाको एक किसिमको मिठाई ।

बालो— ना॰ [सं॰ बाले १. धान, गहुँ आदिको झुस आदिसहितको फल–गुच्छ । २. सन्तान; बालक; बच्चो ।

बाल्टिन/बाल्टी— ना॰ [अ॰ बकेट+टिन/टी] समात्ने ठूलो कडा लागेको, सोलीका ढाँचाको टिन, जस्ता, पित्तल आदिको भाँडो; बालटिन रू बाल्तेली शाखा— ना॰ [अङ्॰ बल्टिक+सं॰ शाखो भारोपेली भाषा– परिवारका बाल्तस्लाभेली वा लेहोस्लाभेली शाखाका दुई वर्गमध्ये एक ।

बाल्य— ना॰ [सं॰] १. बालकको भाव; बालकमा रहने गुण तथा पन; केटौली; लडकपन । २. अज्ञान । वि॰ ३. बालकसम्बन्धी; बालककालको; बालकको जस्तो (बाल्यअवस्था, बाल्यकाल, वाल्यस्वभाव इ॰) । > बाल्यावस्था— ना॰ १. सोह्र वर्ष नपुगेसम्मको अवस्था; बालककाल । २. बालकपन ।

बाष्प— ना॰ [सं॰] १. बाफ । २. आँसु ।

बास्–नु— अ॰ क्रि॰ [सं॰ बाश+नु] कुखुरो, तित्रा आदि चरा प्रहर– प्रहरमा कराउनु वा बोल्नु ।

बास— ना॰ [सं॰ वासे बस्ने ठाउँ वा घर; निवास; वास ।

बासक— ना॰ [सं॰ वासके धुर्सुलको जस्तो आकार भएको, चिल्ला पात हुने, गुलियो रस भएको, सेता फूल फुल्ने र आयुर्वेदी अवलेह–औषधीहरू बनाइने एक बोट; असुरो ।

बासट्ठिऔँ/बासट्ठियौँ— वि॰ [प्रा॰ बासट्ठी+औँ/यौ] बासट्ठी सङ्ख्याको; गणनाका क्रममा बासट्ठी सङ्ख्यामा पर्ने ।

बासट्ठी— ना॰ [प्रा॰ बासट्टि] साठी र दुईको योगले बन्ने सङ्ख्या; बयसट्टी । > बासट्ठीऔँ/बासट्ठीयौँ— वि॰ हे॰ बासट्ठिऔँ । ~

हरण— ना॰ वि॰ सं॰ १८६२ सालमा हरण भएको बिर्ता ।

बासन— ना॰ [रू बास्नो बास्ना; वास । (उदा॰— इन्द्रकमल फूल फुल्यो मगमग बासन देश डुल्यो । — लोकगीत॰ ।

बासमती— ना॰ [सं॰ वास+मती] बास्ना आउने, एक किसिमको असल जातको धान वा त्यसैको चामल ।

बासा— ना॰ [सं॰ वासे १. पुस्तकपुस्तिका आदि बाँध्ने कपडाको टुक्रा वा रुमाल; बस्ता । २. सुर्ती आदि हाल्ने बेरुवा सानो थैली ।

बासिनु— अ॰ क्रि॰ [बास्+इ+नु] बास्ने काम हुनु; पक्षीहरू कराइनु ।

बासिन्दा— वि॰ [फा॰ बासिन्दे कुनै ठाउँमा बसोबास गर्ने वा त्यस ठाउँको निवासी; रैथाने ।

बासिबिदो— ना॰ निकै दिनसम्म लगातार पानी बर्सिएर बीचमा एक रात रहेको पानीको अडान ।

बासी— ना॰ [सं॰ वासे तयार हुनेबित्तिकै उपयोगमा नल्याई अर्को दिन उपस्थित गरिएको; धेरै रातदेखि एक रातसम्मको पुरानो; ताजा नभएको; बास चलेको । ~ कुरो— ना॰ बितेको कुरो; पुरानो कुरो । ~ पानी— ना॰ अघिल्लो दिन ल्याइएको वा राखिएको पानी । ~ मुख— ना॰ बिहान उठेर नधोइएको मुख ।

बास्ना— ना॰ [सं॰ वासे १. मीठो बास; सुगन्ध । २. राम्रो वा फिँजिएको नाउँ । — दार— वि॰ बास्ना आउने वा बास्ना भएको ।

बास्सा— ना॰ [फा॰ बादशाहे हे॰ बादशाह ।

बाहाँ— ना॰ [सं॰ बाहु] १. कुमदेखि हातका औँलासम्मको भाग वा फेरो; हात; भुजा । २. छानामा बलो राख्ने ठाउँ । — कटे/कट्टे— ना॰ १. केटाकेटीले छड्के हिर्काएर खेल्ने एक किसिमको खेल । २. दुवै बाहाँले पानी काटेर पौडने चाल । ३. बाँकटे (भोटो) । —

जोरी— ना॰ १. मितेरी जनाउँदा वा आत्मीयता प्रदर्शित गर्दा अँगालो मार्ने काम; अङ्कमाल; आलिङ्गन । २. मल्लयुद्ध; कुस्ती । — भरि— वि॰ पूरै एक बाहाँ ।

बाहान— ना॰ [सं॰ वहने १. खानेकुराको एक पटकको पाक । २. खाने वा पकाउने पटक; चोटि । > बाहाने— वि॰ पहिलोपल्ट बाहेकका पाकको; दोस्रोतेस्रो पटकमा पकाइएको ।

बाहिक— ना॰ यो॰/क्रि॰ वि॰ [सं॰ बाहेके हे॰ बाहेक (उदा॰— चरण् बाहिक् एक् छिन् पनि रहन ताप् हुन्छ मनमा । — भानुभक्त॰ ।

बाहिडा— वि॰ [रू बाहिडो] १. सरकारभन्दा बाहिरको; बाहिरिया (दिव्य॰) । २. गैरकानुनी; खोटो; कीर्ते (टक, छाप, लालमोहर आदि॰ ।

बाहिर— ना॰ यो॰ [सं॰ बाह्ये १. कुनै स्थान, सीमा, अवस्था, नियम आदिदेखि पर वा अलग; भित्रदेखि बाहेक; बाहिडो (प॰ ने॰) । २. अन्य स्थानमा; अर्को गाउँ, सहर, जिल्ला वा देशमा । ना॰ ३. कुनै नियत ठाउँको बाहिरी भाग । वि॰ ४. अलग; भिन्न । — पाटो— ना॰ बाहिरबाहिरै हुने काम; निकालावास । —

फेरा/फेरो— ना॰ यो॰ सहर वा बस्तीदेखि बाहिर; काँठहुँदो; बाहिरतिर । > बाहिरिनु— अ॰ क्रि॰ बाहिर निस्कनु; बाहिर हुनु । बाहिरिया— वि॰ १. बाहिरको; बाहिरी । २. घरायसीभन्दा बेग्लो; परचक्री; विदेशी ।

बाहिरी— वि॰ [बाहिर+ई] बाहिर रहने वा बाहिरको; बाहिरिया । ~ पात— ना॰ बाहिरको भाग । > बाहिथ्याइ— ना॰ बाहिरिने काम वा किसिम । बाहिथ्याउनु— प्रे॰ क्रि॰ बाहिरिन लाउनु ।

बाहीँ— ना॰ [बाहाँ+ई] सुन चाँदी आदिको चुराविशेष; बाइँ; बाला ।

बाहु— ना॰ [सं॰] १. बाहुली; हात; भुजा । २. पाखुरो ।

बाहुन— ना॰ [सं॰ ब्राह्मणे आर्यहरूका चार वर्णमध्ये एक; ब्राह्मण । ~ चरी— ना॰ जजमानी वृत्तिमा लागेको दयापात्र बाहुन वा दुःखी, सीधा र निर्दोष ब्राह्मण । — दाजु— ना॰ फुपूको आफूभन्दा जेठो छोरो -पुरोहित हुने हुँदा रहेको नाम) । — बाजे— ना॰ बाहुनलाई बोलाइने शब्द । — भाइ— ना॰ फुपूको आफूभन्दा कान्छो छोरो ।

बाहुनी— ना॰ [बाहुन+ई] १. बाहुनको स्त्रीलिङ्गी शब्द; बाहुन जातकी आइमाई; बाहुनकी स्वास्नी । वि॰ २. पवित्र; राम्रो; निरीह । ~ काठ— ना॰ बाहुनीलहरोको काठ । ~ चरी— ना॰ बाहुनचरी । ~ चरो— ना॰ प्रायः खोलाको किनारमा बस्ने, पखेटामा कालो र सेतो मिसिएको गौँथलीजत्रो एक जातको चरो । ~

बज्यै— ना॰ बाहुनीलाई सम्बोधन गरिने शब्द; बाहुनबाजेको स्त्रीरूप । ~ लहरो— ना॰ एक पात अर्को पातसँग जेलिने, लाम्चिला फूल र फल लाग्ने, आयुर्वेदका अनुसार जरा आन्द्रे रोगमा प्रयोग गरिने एक जातको लहरो ।

बाहुबल— ना॰ [सं॰] १. पाखुरा चलाउने शक्ति; शारीरिक बल । २. पुरुषार्थ; पराक्रम ।

बाहुयुद्ध— ना॰ [सं॰] १. अस्त्रशस्त्रविना लडिने लडाइँ; हातहातैको जुधाइ । २. परस्परमा हुने कुस्ती वा पहलमानी; मल्लयुद्ध ।

बाहुली— ना॰ [सं॰ बाहु] १. दरबारिया सम्मानको बोलीमा पाखुरो वा हात । २. ताता भाँडा समाउने एक किसिमको सनासो । ~

निसान— ना॰ बाहुलीको चिह्न; बाहुलीको छाप; हस्ताक्षर ।

बाहुलो— ना॰ [सं॰ बाहु] दौरा, चोलो, कोट आदि आबका पहिरनको, हात पसाउने खोलजस्तो भाग ।

बाहुल्य— ना॰ [सं॰] धेरै हुनाको भाव वा अवस्था; अधिकता; आधिक्य ।

बाहेक— ना॰ यो॰ [फा॰ बा+अ॰ हके १. कुनै वस्तु, चीज, ठाउँ आदिबाट अलग; विना; सिवाय । वि॰ २. अरूलाई छुट्ट्याइएको; अतिरिक्त; भिन्न । क्रि॰ वि॰ ३. अलग गरेर; छाडेर ।

बाह्य— वि॰ [सं॰] १. कुनै पनि वस्तु वा कुराभन्दा बाहिर पर्ने; बाहिरपट्टिका भागको; बाहिरी । २. उपरिया; पृथक् । ~ तन्तु— ना॰ प्राणीका शरीरको बाहिरी भागका छालामा रहेको तन्तु । ~ परीक्षा— ना॰ खास शिक्षण–संस्थाको रोहबरमा नभई स्वतन्त्र रूपमा सञ्चालित एवं नियन्त्रित हुने र उत्तरपुस्तिका जाँच्ने तथा परीक्षाफल प्रकाशित गर्ने काम पनि गर्ने परीक्षा । ~

वृत्ति— ना॰ बाहिरी कुरो वा भौतिक विषयमा लागेको मनको स्थिति; जीवन चलाउन गरिने बाहिरी काम वा पेसा । ~ सेवा— ना॰ बाहिरी देशतिर गरिने हवाई–उडान आदिसम्बन्धी कामको सेवा । > बाह्येन्द्रिय— ना॰ बाहिरी विषयहरू भोग्ने वा तिनको अनुभव गर्ने आँखा, कान, नाक, जिभ्रो र छाला— यी इन्द्रिय ।

बाह्योन्मुखी— वि॰ केन्द्रबाट छुट्टिएर बाहिरतिर जान खोज्ने; बाहिरपट्टि फर्केको ।

बि— पू॰ स॰ [सं॰ वि] शब्दको अगाडि जोरिएर विपरीतता, भिन्नता, प्रतिक¨लता, अधिकता, क्रम, परिवर्तन, निषेध आदि अर्थ बुझाउने पूर्वसर्ग (बिचेत, बिजोग, बिछोड इ॰) ।

बिँगठिनु— अ॰ क्रि॰ [बिँगठो+इ+नु] कुनै कामकुरामा टेढो हुनु; बाउँटिनु; बिभिन्डिनु; बिमठिनु ।

बिँगठे— वि॰ [बिँगठो+ए] बिँगठो ।

बिँगठो— वि॰ [सं॰ विकुण्ठिते बेमेलको कुरा गर्ने; बाउँटो; बिँगठ्याहाग् बिमठो । > बिँगठ्याइ— ना॰ बिँगठिने क्रिया वा प्रक्रिया; खोते; निहुँ; बिमठ्याइ । बिगठ्याहट— ना॰ बिँगठिने भाव, स्थिति वा क्रियाप्रक्रिया । बिँगठ्याहा— वि॰ बिँगठिने स्वभावको; बेमेलको; बाउँटो ।

बिँगो— ना॰ [सं॰ वृ] १. हाँगाबाट निस्केको अर्को सानो हाँगो; झिँजो । २. बाधा वा अड्को; छेको; बिङ्गो । ३. निहुँ; खोते ।

बिँड— ना॰ [प्रा॰ बिंट < वृन्ते खुकुरी, तरवार आदि हतियारको समाउन सजिलो हुने गरी फेदमा हालिएको काठ, सिब आदि वस्तु; हतियारको समात्ने ठाउँ वा मूठ । (उदा॰— बिँड तातेर के गर्नु, ताप्के ताते पो हुन्छ । — उखान॰ ।

बिँडा— ना॰ [बिँडो] बस्न हुने गरी बुनिएको पराल आदिको चकटी ।

बिँडाल्ने— वि॰ [रू बिँडे बिँड भएको; बिँड हालिएको ।

बिँडी— ना॰ [सं॰ वीटी] धूवाँ खान पातमा सुर्ती लपेटेर बनाइएको, फेदतिर सानु भएको खिल्ली; बिडी ।

बिँडो— ना॰ [सं॰ वृन्ते १. पिता–पुर्खाको इज्जत वा प्रतिष्ठा । २. चाँदतोडाविनाको पगरी । ३. पदवी; मान । ४. गाग्रा, घ्याम्पा आदिका पीँधमा हालिने घाँस, पराल आदिको चक्का । ५. मूल ठेको । ६. कागतको कोरी ।

बिउँ— ना॰ [रू बीउ] चामलमा मिसिएर रहेको धान ।

बिउ— ना॰ [सं॰ बीजे १. रोप्न वा छर्न राखिएको अन्न; बीज; बिजन । २. धान, कोदो आदिको उखेलेर रोप्न राखिएको बिरुवा । ३. बिजनका लागि नसुमरी राखिएको बोको, राँगो, साँढे आदि । ४. आगाको सानो फिलिङ्गो । ५. दहीको जोरन । ६. वीर्य । ७. कारण; हेतु । — पाँजे— ना॰ धानको ब्याडमा काम गर्ने व्यक्ति; ब्याडे । (बिउ र जिउ राखे काम लाग्छ — उखान॰ ।

बिउँझ–नु— अ॰ क्रि॰ [प्रा॰ बिउझ्झइ+नु] १. निद्रा खुल्नु; जागा हुनु; बिउँतनु । २. होसमा आउनु; सचेत हुनु । > बिउँझाइ— ना॰ बिउँझने र बिउँझाउने क्रिया वा प्रक्रिया । बिउँझाइनु— क॰ क्रि॰ निद्रा छुटाइनु, जगाइनु । बिउँझाउनु— प्रे॰ क्रि॰ निद्रा छुटाउनु; जागा गराउनु । २. सचेत पार्नु । बिउँझिनु— अ॰ क्रि॰ बिउँझनु । बिउँझो— १. निद्रा खुलेको; बिउँझिएको; जागा । २. होसमा रहेको; सचेत ।

बिउँतनु— अ॰ क्रि॰ [सं॰ विबुध्+नु] १. जागा हुनु; बिउँझनु । २. बेहोसीबाट होसमा आउनु । > बिउँताइ— ना॰ बिउँतने वा बिउँताउने क्रियाप्रक्रिया । बिउँताइनु— क॰ क्रि॰ बिउँतने गराइनु; बेहोस अवस्थाबाट होसमा ल्याइनु । बिउँताउनु— प्रे॰क्रि॰ १. बिउँझाउनु; जगाउनु । २. होसमा ल्याउनु; सचेत पार्नु । बिउँतिनु— अ॰ क्रि॰ होस वा चेतनामा आउनु; बिउँतिनु । बिउँतो— वि॰ बिउँतिएको; जागा; बिउँझो ।

बिक्–नु— अ॰ क्रि॰ [सं॰ विक्रय+नु] १. मोल लिएर माल बिक्री हुनु; बेचिनु । २. कुनै जागिर, व्यवहार वा काममा उपयुक्त हुनु । ३. बिहे गर्न पत्याइनु । ४. नाममा कलङ्क लाग्नु ।

बिकट— ना॰ [अङ्॰ पिकेटे चोर, बदमास आदिबाट सुरक्षा गर्नका निम्ति रातमा सिपाहीहरूले दिने पहरा । > बिकटे— वि॰ राती पहरा बस्ने; बिकट बस्ने ।

बिकाइ— ना॰ [रू बिक् (+आइ॰] बिक्ने काम वा किसिम । [ > ]

बिकाइनु— क॰ क्रि॰ बिक्ने पारिनु; बेचाइनु । बिकाउ— वि॰ बिक्रीका निम्ति राखिएको; बिक्री गरिने वा बिक्री हुने । बिकाउनु— प्रे॰ क्रि॰ १. बिक्ने पार्नु, बेचाउनु । २. जागिरमा वा काममा लगाउनु । ३. बिहे गराउनु । स॰ क्रि॰ ४. माल बेच्नु । ५.

 बदनामी कमाउनु ।

बिकाता— ना॰ [सं॰ विक्रये बिक्री । ~ पत्र— ना॰ बिक्रीको प्रमाणस्वरूप लेखिएको कागत ।

बिकाम— ना॰ [बि+काम] काम नहुने चाल वा अवस्था; बेकाम । >

बिकामी— वि॰ १. काम नभएको; विनाकामको; बेकामी । २. काम नलाग्ने; बेकम्मा । बिकामे— वि॰ बिकामी ।

बिकिनु— अ॰ क्रि॰ [बिक्+इ+नु] बिक्री होइनु; बेचिनु ।

बिकुल— ना॰हे॰ बिगुल ।

बिक्री— ना॰ [सं॰ विक्रये १. मोल लिएर माल दिने काम; बेच्ने काम । २. सुक्रीको पूरक शब्द । ~ कर— ना॰ बिक्री गरिने मालसामानमा लाग्ने निर्धारित कर । ~ भण्डार— ना॰ उत्पादित वस्तुको बिक्रीवितरणका निम्ति खोलिएको पसल । ~ सहायक— ना॰ बिक्रीभण्डारमा सहायकका रूपमा काम गर्ने व्यक्ति ।

बिख— ना॰ [सं॰ विषे जहर; विष ।

बिखडो— वि॰ [रू बिँगठो] बाउँटो; बिँगठो । > बिखड्याइँ ना॰ बिँगठ्याइ । बिखड्याहा— वि॰ बिँगठ्याहा ।

बिखर्ची— वि॰ [बि+खर्च+ई] खर्च सकिएको; खर्च नभएको; बेखर्ची ।

बिखालु— वि॰ [सं॰ विषालु] बिख भएको; बिखले भरिएको; विषयुक्त ।

बिखालो— वि॰ [बिख+आलो] शरीरमा बिख लाग्ने वा विकार उब्जाउने; बिखालु ।

बिखे— वि॰ [बिख+ए] बिख भएको; बिखालु । ~ उन्यु— ना॰ खोलाको तीरतिर पाइने, नरम पात भएको र माछा मार्ने काममा प्रयोग हुने बिखालु उन्यू ।

बिखेत— ना॰ [सं॰ विषादे अफसोस; खेद; दुःख (उदा॰— उसलाई बाबु मरेको भन्दा पनि भाइ छुट्टिएर गएकोमा बिखेत छ ।) ।

बिखेती— ना॰ विषादी; विषयुक्त ।

बिगबिगती— ना॰ छुकछुक; चकचक ।

बिगबिगाइ— ना॰ [रू बिगबिगाउ (+आइ॰] बिगबिगाउने क्रिया वा प्रक्रिया । [ > ] बिगबिगाउँदो— ना॰ बिगबिगाउने खालको; बिगबिगी हुने ।

बिगबिगाउ–नु— अ॰ क्रि॰ [बिगबिगी+आउ+नु] बिगबिगी हुनु; उपध्रो हुन खोज्नु; आतङ्क छाउनु । (उदा॰— बाघ बिगबिगाएको थाहा पाएर गाउँलेहरू सुत्न पनि सकेका छैनन्॰ ।

बिगबिगी— क्रि॰ वि॰ [अ॰ बगावते कुनै वस्तुको चर्को उपध्रो; आतङ्कको अधिकता ।

बिगहट्टी— ना॰ [बिगाहा+अ॰ हद्दे कुनै जग्गाजमिनको बिघा, पोत आदिको लगत वा बिघापिच्छेको रकम; बिघट्टी ।

बिगार— ना॰ [सं॰ विकारे १. नराम्रा कुरातिर भएको परिवर्तन; बरबादी; नाश; हानि; बितल; बित्यास । २. टुना, मोहिनी आदिबाट उत्पन्न भएको रोग वा दुःख । — सिब— वि॰ १. बिगार्ने काम गर्ने; बिग्रने; विनाशकारी । २. उदास ।

बिगुत— ना॰ [सं॰ विभूति] देवदेवताका नाममा हवन गरिएको यज्ञकुण्डको खरानी; जोगीहरूले चन्दनको साटो लाउने खरानी; विभूत । > बिगुती— वि॰ बिगुत वा खरानी रबको ।

बिगुल— ना॰ [अङ्॰ ब्यूग्ले सङ्केत दिनका लागि फुकेर बजाइने एक प्रकारको पल्टनियाँ बाजा; बाच्छाईबाजाका प्रकारभित्र पर्ने, फुकेर बजाइने बाजाविशेष; बिकुल । > बिगुले— ना॰ बिगुल बजाउने व्यक्ति; बिकुल बजाउने पल्टनिया जवान ।

बिगो— ना॰ [बिगारे १. कसैले अनुचित किसिमले लिएको धनमाल वा सो धनमालमा दाबी गरिएको निश्चित रकम; अपराध, कसुर र दोषसम्बन्धी मामिलामा प्रभाव पार्ने कुनै पनि रकम । २. नचाहिँदो वा नाश हुने किसिमको काम; बिगार; निहुँ ।

बिगौती— ना॰ [सं॰ विक+वर्ती] भर्खर बियाएका गाई–भैँसीको दूध पकाउँदा फाटेर पानी सुकेपछि तयार भएको कुराउनीजस्तो बुरबुरे खानेकुरो; बिघौती ।

बिगौते— वि॰ [बिगौती+ए] बिघौतीजस्तो; आलो; बिघौतीको; बिघौते । ~ औलो— ना॰ पालुवा–पातका घाँस खाएका वस्तुको दूध खाँदा लाग्ने औलो; आलो औलो । ~ दुध— ना॰ भर्खर–भर्खर बियाएका लैनू वस्तुको दूध ।

बिग्याहा— वि॰ [बिगो+याहो बिगो गर्ने स्वभावको उपद्रवी ।

बिग्र–नु— अ॰ क्रि॰ [सं॰ विकृ+नु] १. कुनै वस्तुको रूप, गुण आदिमा कुनै प्रकारले विकार आउनु; बरबाद हुनु; नाश हुनु; सड्नु; कुहुनु आदि । २. काम नलाग्ने हुनु; हानि हुनु । ३. टुटफुट वा भताभुङ्ग हुनु; भत्कोस लाग्नु । ४. कुनै वस्तु बनाउन थाल्दा चुकेर वा नजानेर नबन्नु; खेर जानु; विफल हुनु । ५. जाति, धर्म, नीति, उद्देश्य आदिबाट च्युत हुनु; पतित हुनु । ६. खराब बानी लिनु वा आचरणहीन हुनु; बदमास बन्नु । ७. पोइल जानु; बोरिनु । ८. गर्भ तुहुनु । श्र बिग्राइ— ना॰ बिग्रने काम वा किसिम । बिग्रिनु— अ॰ क्रि॰ बरबाद होइनु; नासिनु; बिग्रनु ।

बिघट्टी— ना॰ बिघापिच्छेको हिस्सा; बिगहट्टी ।

बिघा— ना॰ [प्रा॰ बिगहे जग्गाजमिनको बीस कट्ठा वा विश्वाको नाप; तेह्र रोपनी पाँच आना वा ६७७२.६३ वर्ग मिटर जग्गाको परिमाण ।

बिघौती— ना॰हे॰ बिगौती । श्रबिघौते— वि॰ बिगौते ।

बिघ्न— ना॰ [सं॰] १. कुनै काममा हुने ठूलो बाधा वा अड्काउ । वि॰ २. धेरै; अति । क्रि॰ वि॰ ३. बिछट्ट; खूब । — को— वि॰ ठूलो; राम्रो; बढिया ।

बिबठि–नु— अ॰ क्रि॰ हे॰ बिँगठिनु । > बिबठे— वि॰ बिँगठे ।

बिबठो— वि॰ बिँगठो । बिबठ्याइ— ना॰ बिँगठ्याइ । बिबठ्याहट— ना॰ बिँगठ्याहट । बिबठ्याहा— वि॰ बिँगठ्याहा ।

बिबबिब— ना॰ [अ॰ मू॰ बिब (बि॰)] गन्ध आउने वा गनाउने किसिमले । > बिबबिबाइ— बिबबिबाउने भाव, क्रिया वा प्रक्रिया ।

बिबबिबाइनु— अ॰ क्रि॰ बिबबिबाउने होइनु; गनाइनु ।

बिबबिबाउनु— अ॰ क्रि॰ बिबबिब हुनु; गनाउनु ।

बिङ्गो— ना॰ कुनै कुरा टाल्ने, नगर्ने वा पन्छाउने निहुँ; बढाएर भनिएको कुरो; बहाना । > बिङ्ग्याहा— वि॰ बिङ्गो लगाउने; बिँग्याहा ।

बिच— ना॰ [प्रा॰ विच्चे १. कुनै क्षेत्र, वस्तु, समूह, आकार आदिको माझ; मध्य भाग । २. अन्तर; फरक । क्रि॰ वि॰ ३. बाहेक (उदा॰— तीतेफापरदेखि बीच यस गाउँमा केही खान पाइँदैन ।) > बिचाबिच/बिचोबिच— क्रि॰ वि॰ ठीक बीचमा; माझामाझी; माझैमाझ ।

बिचरो— वि॰ [फा॰ बेचारे आधार नभएको; निरुपाय; अनाथ; टुहुरो; बबुरो ।

बिचल्ती— वि॰ [बि+चल्ती] चल्ती नभएको; बेचल्ती ।

बिचल्ली— ना॰ [बीच+रल्ली] १. पहिलेको स्थिति अस्तव्यस्त भई अर्को स्थिति नबसुन्जेलको अवस्था; बिल्लिबाठ; बिजोग; दुर्दशा । २. ठूलो दुःख; आपत्ति ।

बिचार— ना॰ १. क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट खान दिइने सिधा; सराब; घोत । २. शोकमा परेका व्यक्तिलाई सम्झाई– बुझाई सान्त्वना दिने काम ।

बिचार्–नु— [सं॰ विचार+नु] विचार गर्नु; मनन गर्नु; सोच्नु । >

बिचाराइ— ना॰ बिचार्ने काम वा किसिम । बिचारिनु— क॰ क्रि॰ विचार गरिनु । बिचारी— वि॰ १. विचार गर्ने । ना॰ २. विचारी ।

बिचेत— वि॰ [सं॰ विचेतस्] होस वा चेतना नभएको; अचेत; बेहोस; बिसुर ।

बिच्क–नु— अ॰ क्रि॰ [सं॰ वि+चित्+नु] कुनै वस्तु देखेर वा कसैको कामकुरो, व्यवहार आदिबाट तर्सनु; डराएर भाग्नु; विचलित हुनु; दच्कनु; हच्कनु । > बिच्काइ— ना॰ बिच्कने काम वा किसिम ।

बिच्काइनु— क॰ क्रि॰ दच्काइनु । बिच्काउनु— प्रे॰ क्रि॰ बिच्कने पार्नु; दच्काउनु । बिच्किनु— अ॰ क्रि॰ १. दच्कनु; हच्कनु; तर्सनु । २. बिच्कने होइनु । बिच्क्याइ— बिच्किने काम वा किसिम ।

बिच्क्याइनु— क॰ क्रि॰ बिच्किने पारिनु । बिच्क्याउनु— प्रे॰ क्रि॰ १. बिच्किने पार्नु; तर्साउनु । स॰ क्रि॰ २. बिच्काउनु; दच्काउनु ।

बिच्क्याहट— ना॰ बिच्किने भाव, स्थिति वा क्रियाप्रक्रिया ।

बिच्क्याहा— वि॰ बिच्कने स्वभावको; तर्सने; दच्कने ।

बिच्छी१— ना॰ [सं॰ वृश्चिके प्रायः गर्मी प्रदेशमा पाइने, पुच्छरमा रहने डङ्कमा कडा विष हुने एक प्रकारको कीरो ।

बिच्छी२— वि॰ तीखो बुद्धि भएको; कुशाग्र; चुपिचन्डाल ।

बिच्छुक— ना॰ [बि+छुक] कुनै काममा मङ्गल नहुने अवस्था वा सङ्केत; अपशकुन; अलच्छिन । (उदा॰— आज बिहानैदेखि के बिच्छुक लागेको हो कुन्नि, कुनै काम पनि हुँदैन॰ । > बिच्छुकी— वि॰ अमङ्गलको सूचना वा सङ्केत दिने; बिच्छुक लगाउने ।

बिछट्ट— क्रि॰ वि॰ [अ॰ मू॰ बिछट्+ट < प्रा॰ बिसत्थे १. थुप्रो वा धेरै हुने चालसँग; अत्यन्त; ज्यादै । वि॰ २. अचाक्ली; धेरै । ३. निकै निपुण । स्त्री॰ बिछट्टकी ।

बिछन्द— ना॰ [सं॰ बिच्छन्दे छन्द नपर्ने चाल; ढङ्ग नमिल्ने स्थिति । — को— वि॰ छन्द वा ढङ्ग नपरेको; छन्द न बन्दको ।

बिछाइ— ना॰ [रू बिछाउ (+आइ॰] बिछाउने काम वा किसिम । [ > ] बिछाइनु— क॰ क्रि॰ बिछाउने काम गरिनु ।

बिछाउना— ना॰हे॰ बिछ्याउना ।

बिछाउ–नु— स॰ क्रि॰ [सं॰ विच्छादन+आउ+नु] बस्न वा सुत्नका निम्ति चकटी, गुन्द्री, राडी आदि फिँजाउनु; बिछ्याउनु । श्र बिछिनु— अ॰ क्रि॰ बिछ्याउने काम हुनु ।

बिछोड— ना॰ [सं॰ वि+छुट] छुट्टिने काम वा स्थिति; वियोग; छुट्टिम ।

बिछ्याइ— ना॰ [रू बिछ्याउ (+आइ॰] बिछ्याउने क्रिया वा प्रक्रिया । [ > ] बिछ्याइनु— क॰ क्रि॰ बिछ्याउने काम गरिनु ।

बिछ्याउ–नु— स॰क्रि॰ ओछ्याउनु; बिछाउनु ।

बिछ्याउना— ना॰ [सं॰ विच्छादने सुकुल, राडी, डस्ना, लम्पट आदि बिछ्याउने वस्तु; ओछ्यान; बिछाउना/बिछ्यौना ।

बिछ्याउने— ना॰ [बिछ्याउना+ए] १. बिछ्याउने वस्तु; ओछ्यान; बिछ्यौना । २. बिछ्याउने काम गर्ने व्यक्ति वा साधन ।

बिछ्यौना— ना॰ [सं॰+विच्छादने ओछ्यान; बिछ्याउना ।

बिजन— ना॰ [सं॰ बीजे १. विभिन्न थरीका बीउहरूको समुदाय; बीउ । २. पाखो जग्गाको नाप लिने आँकडा । ~ जाँच— ना॰ बिजनका आधारमा गरिने पाखो जग्गाको नापजाँच ।

बिजयसार/बिजयसाल— ना॰ सालकै जस्ता पात हुने, काठको कचौरा, गिलास आदि बनाइने, काण्डमा घाउ लाग्दा रगतजस्तो चोब निस्कने एक जातको शालवृक्ष ।

बिजाइँ— ना॰ [फा॰ बेजो १. अरूलाई दुःख दिने वा मर्का पार्ने किसिमले गरिने बिगो; उपद्रव; अर्घेल्याइँ । २. गर्न नहुने वा अरूलाई अहित हुने काम; अन्याय; अत्याचार । ~ बिद्युत्— ना॰ अरूलाई मिच्ने वा हानिनोक्सानी पुथ्याउने दृष्टिले गरिने उपध्रो; लुटपिट, हूलदङ्गा आदि ।

बिजात— ना॰ [बि+जात] १. परम्परागत रूपमा अरूभन्दा कम्ती भनी मानिएको जात; सानो जात । २. एकबाट अर्को भिन्न– भिन्न जात । > बिजाती— वि॰ बिजातको; विजातीय ।

बिजारपट्टी— ना॰ [बिजार+पट्टी] कोट, पाइन्ट आदि सिउँदा गोल आकारका बनाउन र सीधा रेखा तान्न प्रयोग गरिने, दुवैतिर धातुको चुच्चो निकालिएको, तीनदेखि छ फिटसम्मको, फुटजस्तो काठको औजार ।

बिजुली— ना॰ [सं॰ विद्युत्] १. बादल लागेको बेला आकाशमा झिलिक्क चम्कने प्रकाश; सौदामिनी । २. वैज्ञानिक प्रणालीले उत्पन्न गरिने प्रकाश र ताप भएको तथा आकर्षण र अपकर्षणसमेत गर्ने प्रसिद्ध शक्ति; विद्युत् । वि॰ ३. औधी छिटो; चलाख; चम्किलो । ~ अड्डा— ना॰ बिजुलीको जडान, वितरण आदि र शुल्कको उठतीपुठतीसम्बन्धी काम गर्ने अड्डा; विद्युत्– संस्थान; हालको विद्युत् प्राधिकरण । — कान्ते— वि॰ औधी बाठो; चनाखो; बिजुले । ~ गारत— ना॰ राजामहाराजाको अगाडि– पछाडि लाग्ने सेनाको टोली । ~ घर— ना॰ बिजुली पैदा गर्ने ठाउँ वा घर (पावर हाउस) । ~ बाहन— तुरन्तातुरन्ती पुग्ने, काम गर्ने; ज्यादै बाठो । > बिजुले— वि॰ हिँड्दा, काम गर्दा र कुरा गर्दा साह्रै छिटो; बिजुलीजस्तो; बिजुलीकान्ते ।

बिजुलो— ना॰ [रू बिज+उलो] सुन्तला, चाक्सी आदि फलका केस्राभित्र रहने रसिलो दाना वा कोश ।

बिजुवा१— ना॰ [लि॰] राई, याख्खा आदि किराती जातिको पुरेत; राई जातिको झाक्री ।

बिजुवा२— ना॰ [रू बीज+उवो बिज्जू (आँप॰ ।

बिजोक/बिजोग— ना॰ [सं॰ वियोगे दयनीय स्थिति; दुःखलाग्दो अवस्था; बिल्लबाठ; बिचल्ली । > बिजोकी/बिजोगी— वि॰ बिजोक भएको; बिजोक देखाउने ।

बिजोडा— वि॰ [बि+जोडो जोडा नभएको; जोडा नमिलेको; अगल्चो ।

बिजोर— वि॰ [बि+जोर] जोर नभएको; समसङ्ख्यादेखि भिन्न; विषम ।

बिज्जु— वि॰ [सं॰ बीज+ऊ] १. बीज वा बिजनबाटै बिरुवा हुर्केको बोटमा फलेफुलेको; कलमी नलगाइएको । ना॰ २. त्यस्तो बोट वा वृक्षमा फलेको आँप आदि फल ।

बिझ्–नु— अ॰ क्रि॰ [सं॰ विद्ध+नु] १. शरीरमा काँडा, सुइरो, घोचो आदि गाडिएर पीडा हुनु; घोच्नु । २. अप्रिय व्यवहार, कडा बोली आदिबाट मनमा नराम्रो लाग्नु; चित्त दुख्नु । >

बिझाइ— ना॰ बिझ्ने क्रिया वा प्रक्रिया । बिझाइनु— अ॰ क्रि॰ बिझाउन लाइनु; चस्काइनु । बिझाउनु— स॰ क्रि॰ १. बिझ्नु; चस्कनु । प्रे॰ क्रि॰ २. बिझ्ने पार्नु; घोचाउनु; चस्काउनु ।

बिझिनु— अ॰ क्रि॰ बिझ्ने काम होइनु; काँडो आदि गडिनु ।

बिट१— ना॰ [सं॰ वृत्ते भाँडाको मुखमा बाहिरपट्टि फर्केको चौतर्फी घेरो; कुनै वस्तुका छेउको बाटुलो घेरो ।

बिट२— [अङ्॰] जनसहभागिताबाट सहरी क्षेत्रमा बनेका प्रहरीका स–साना चौकी ।

बिटुङ्गो— वि॰ [बि+टुङ्गो] टुङ्गो नलाग्ने वा टुङ्गो नलागेको; बेठेगानको; बेटुङ्गो (उदा॰— त्यसै बिटुङ्गो चालले त्यहाँ कसरी जाने <॰ ।

बिटुल्–नु— स॰ क्रि॰ [बिटुलो+नु] १. मुख जुठो पार्नु; थोरै मात्र खानु; बिटोल्नु । २. बिटुलो पार्नु । > बिटुलाई— ना॰ बिटुल्ने क्रिया वा प्रक्रिया । बिटुलिनु— अ॰ क्रि॰ १. लसपस वा छूतछात हुनु; बिटुलो हुनु । २. जुठो हुनु; अपवित्र हुनु ।

बिटुलो— वि॰ [प्रा॰ विट्टालिअ] १. अरूसँगको छुवाछूत वा लसपसमा परेको; उच्छिष्ट । २. चोखो नभएको; अशुद्ध; जुठो । > बिटुल्याइ— ना॰ बिटुल्याउने क्रिया वा प्रक्रिया । बिटुल्याइनु— क॰ क्रि॰ बिटुलो पारिनु । बिटुल्याउनु— प्रे॰ क्रि॰ बिटुलो पार्नु; बिटुल्ने वा बिटोल्ने गराउनु ।

बिटे— वि॰ [बिटो+ए] १. बिटो भएको; बिटोजस्तो । ना॰ २. धान आदिको बिटा बाँधेर उठाउने खेतालो ।

बिटो— ना॰ काँधमा हालेर वा काखीमा च्यापेर बोक्न ठीक पारिएका दाउरा, घाँस, पराल आदिको मुठो ।

बिटोल्–नु— स॰क्रि॰हे॰ बिटुल्नु । > बिटोलाइ— ना॰ बिटुलाइ ।

बिटोलिनु— क॰ क्रि॰ [बिटुलो+इ+नु] बिटुलो पारिनु ।

बिठ्याइँ— ना॰ [बेठ्याक+याइँ] राय वा ठ्याक नमिल्ने काम; रडाको ।

बिडा— ना॰ [सं॰ वीटिको बिरा; खिल्ली ।

बिडाल— ना॰ [सं॰] बिरालो । > बिडालाक्ष— वि॰ बिरालाका जस्ता आँखा हुने; कुहिरे ।

बिडी— ना॰हे॰ बिँडी ।

बिडो— ना॰ [सं॰ बीटी] तरवार वा खुकुरी भिर्न कम्मरमा बाँधिने पेटी, रुमाल आदि ।

बिढङ्ग— ना॰ [बि+ढङ्ग] १. ढङ्ग वा सीप नहुने स्थिति; छाँट, तरिका आदि नमिल्ने चाल । २. मेल नहुने अवस्था; बेमेल; बेढब । > बिढङ्गी— वि॰ १. ढङ्ग नमिलेको; बिढङ्गको । २. उल्टो चालको; एकोहोरो; अनौठो । बिढङ्ग्याहा— वि॰ बिढङ्गको; बेढङ्गी ।

बिढङ्ब— ना॰ [बि+ढङ्ब] हे॰ बिढङ्ग ।

बित्–नु— अ॰ क्रि॰ [सं॰ वीत+नु] १. बेला घर्कनु; समय गुज्रनु; बियाँलो हुनु; अबेर हुनु; टर्नु । २. आपत् आइलाग्नु; बित्यास पर्नु । ३. मृत्यु हुनु; मर्नु । ४. बरबाद हुनु; नासिनु ।

बितरा— वि॰ [सं॰ वि+स्तर] रहने–बस्ने ठाउँ–ठहर नभएको; बिथात ।

बितल— ना॰ [रू बितलबे तिरो नलाग्ने बिर्ता (दिव्य॰) ।

बितलब— वि॰ [बि+तलब] नगद तलब नलिने वा नपाइने; तिरोभरो नलाग्ने वा सबै रकम मिनाहा भएको । ~ बिर्ता— ना॰ १. काम वा सेवा गर्दा तलबको सट्टामा पाएको बिर्ता । २. सरकारलाई तिरोभरो गर्नु नपर्ने वा सो मिनाहा भएको जग्गा ।

बिताइ— ना॰ [रू बित् (+आइ॰] १. बित्ने क्रिया वा प्रक्रिया । [ बिताउ+आइ] २. बिताउने क्रिया वा प्रक्रिया । [ > ] बिताइनु— क॰ क्रि॰ वेला घर्काइनु; समय गुजारिनु । बिताउनु— प्रे॰ क्रि॰ १. बित्ने पार्नु; वेला घर्काउनु । २. बित्यास पार्नु; बरबाद गर्नु । ३. मार्नु । बितिनु— अ॰ क्रि॰ १. समय गुज्रिनु । २. सकिनु ।

बितोड— ना॰ [बि+तोड] ठूलो वेग; बेतोड ।

बितोल— ना॰ [सं॰ वितुलने १. काममा तलमाथि, तलवितल, गोलमाल वा भताभुङ्ग हुने स्थिति; वितल । २. बरबादी; बित्यास ।

बित्ता— ना॰ [सं॰ वितस्ति] १. पन्जा फैलाउँदा बूढीऔँलाको टुप्पादेखि कान्छीऔँलाको टुप्पासम्मको लमाइ; एक हातको आधा भाग । २. शक्ति; बुता (उदा॰— बित्ताले भेटेसम्म यो काम गरुँला) । — भर— क्रि॰ वि॰ १. एकै छिन पनि; सकेसम्म । २. एक बित्ताजति ।

बित्तिकै— क्रि॰ वि॰ [बित्+इकै] काम सकिनासाथ; लगत्तै; तुरुन्तै; साथै ।

बित्ते— वि॰ [बित्ता+ए] १. एक बित्ता नापोको; एक बित्ता लामो; बित्ताभरिको । २. साह्रै होचो; पुड्को ।

बित्तो— वि॰ [बित्+तो] बित्न लागेको; हडबडीको; बिग्रँदो ।

बित्था— क्रि॰ वि॰ [सं॰ वृथो विनाप्रयोजन; बिनसित्ति; सित्तैँ; व्यर्थै । > बित्थै— क्रि॰ वि॰ त्यसै पनि; सित्तैँ; व्यर्थैमा ।

बित्पात— ना॰ [सं॰ व्युत्पाते १. साह्रै चलाखी वा बठ्याइँ; अति धूर्तता । २. चञ्चलता; चुलबुलेपन । > बित्पाती— वि॰ बित्पातको; बित्पाते । बित्पाते— वि॰ १. साह्रै चलाख; औधी चतुरो; अति धूर्त । २. चञ्चल; बाइफाले; चौताले ।

बित्यास— ना॰ [सं॰ बत्यासे चाहिने कामकुरो नभएर उल्टो हुने स्थिति; बरबादी; बिगार; तलमाथि; बितोल ।

बिथल्–नु— स॰ क्रि॰ [रू बिथोल्+नु] बाधा दिनु; भाँड्नु; बिथोल्नु । श्र बिथला— ना॰ बाधा; रोकावट । बिथलाइ— ना॰ बिथल्ने काम ।

बिथलाहा— वि॰ बिथोलाहा । बिथलिनु— अ॰ क्रि॰ हे॰ बिथोलिनु ।

बिथात— वि॰ [बि+थात] १. रहने–बस्ने ठाउँ–ठेगान नभएको; थातथलो नभएको । २. स्थिति वा व्यवस्था नभएको ।

बिथान्को— ना॰ [बि+थान्को] थान्को वा थिति नभएको; बेथितिसँग रहेको ।

बिथाहा— ना॰ [बि+थाहो थाहा नहुने वा थाहा नपाउने स्थिति; बेपत्तो ।

बिथिति— ना॰ [बि+थिति] रीतिथिति नमिल्ने अवस्था; बेथिति; अव्यवस्था ।

बिथोल्–नु— स॰ क्रि॰ [सं॰ विस्थले भाँजी हाल्नु; भाँड्नु । श्र बिथोल— ना॰ बिथोलो भएको स्थिति; गज्मौरिने काम ।

बिथोलबाथल— ना॰ सबैतिर बिथोल्ने काम; जता पनि बिथोलिएको अवस्था । बिथोलाइ— ना॰ बिथोल्ने क्रिया वा प्रक्रिया । बिथोलाहा— वि॰ बिथोल्ने; काममा गडबड पार्ने । बिथोलिनु— अ॰ क्रि॰ बिथोलो हुनु; गडबडिनु; बाधा पर्नु । बिथोलो— ना॰ काममा हुन जाने बाधा वा गडबडी; रोकावट; खिचोला । बिथोल्याइँ— ना॰ बिथोल्ने काम वा अवस्था । बिथोल्याइ— ना॰ बिथोलिने क्रिया वा प्रक्रिया । बिथोल्याहट— ना॰ बिथोल्ने भाव, स्थिति वा क्रियाप्रक्रिया ।

बिदङ्स— ना॰ [विध्वंसे विनाश; विध्वंस; उपध्रो ।

बिदा— ना॰ [अ॰ बिदाअ] १. कसैलाई प्रस्थानका निम्ति दिइने आज्ञा वा अनुमति । २. काम गरेबापत नियमानुसार पाइने वा मागिने अवकाश; छुट्टी । ३. छुट्टी भएको दिन; तातिल । ४. छुटकारा; मुक्ति ।

बिदाइ— ना॰ [बिदा+आइ] १. बिदा गर्ने वा हुने काम । २. बिदा हुने बेलामा दिइने खर्च; बाटाखर्च । ~ समारोह— ना॰ बिदा दिने अवसरमा गरिने उत्सवको आयोजना ।

बिदाबारी— ना॰ [बिदा (बि॰)] बिदा गर्ने र बिदा हुने काम; बिदाइ ।

बिदो— ना॰ रोकिने काम; थामिने अवस्था (जस्तो— बासिबिदो॰ ।

बिद्युत्— वि॰ [सं॰ विद्युत्] १. गर्न नहुने वा नसुहाउँदो; अनुचित (कुरा॰ । ना॰ २. मारकाट; उपध्रो । ~ बिजाइँ— ना॰ मारकाट र खिचोला; उत्पात; हे॰ बिजाइँबिद्युत् ।

बिधारानी— ना॰ लोकसंस्कृतिका अनुसार प्रेममा बेइमान गर्ने प्रेमी वा प्रेमिका ।

बिधुवा— वि॰ [सं॰ विधवो लोग्ने मरेकी; राँडी; विधवा । श्र बिधुवी— वि॰ बिधुवा ।

बिन्–नु— स॰ क्रि॰ [सं॰ विच्+नु] छानबिन गर्नु; केलाइकुलाइ गर्नु; केलाउनु; छान्नु ।

बिन— ना॰ [सं॰ वीणो विशेषतः सपेराले बजाउने, लाम्चो तुम्बामा तलतिर बाँसुरीका जस्ता दुई नलीमा तीन–तीनवटा प्वाल भएको एक बाजा ।

बिनसित्ति— क्रि॰ वि॰ [सं॰ विना+सिद्धि] बिनाकाममा; सित्तैँ; बित्था; अकार्थ ।

बिना१— ना॰ यो॰ [सं॰ विनो अभाव; रहित (जस्तै— बिनाइजाजत; बिनाविभाग; बिनाअनुमति॰ ।

बिना२— ना॰ [सं॰ नाभि] कस्तूरी मृगका नाभिमा हुने सुगन्धी द्रव्यको थैली वा गोल डल्लो; मृगनाभि ।

बिनाइ— ना॰ [रू बिन् (+आइ॰] बिन्ने क्रिया वा प्रक्रिया । [ > ]

बिनाइनु— क॰ क्रि॰ बिन्न लाइनु । बिनाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ बिन्ने काम गर्नु; बिन्न लाउनु ।

बिनाबी— ना॰ [नेवा॰] बाटो वा ठाउँ छोड्नुहोस्, छोइएला, नागिएला आदि अर्थ जनाउने शब्द; विष्णुविष्णु ।

बिनायो— ना॰ मुखमा च्यापी जिभ्राले धागो तन्काएर बजाइने, निगालो र बाँसबाट बनाइएको मुर्चुङ्गाजस्तै बाजा ।

बिनासाले— ना॰ अन्तरा वा थेगो केही नहाली गाइने एक थरी लोकगीत ।

बिनिनु— क॰ क्रि॰ [बिन्+इ+नु] केलाइनु; छानिनु ।

बिनिया— ना॰ हम्कने वा डोलाउने एक साधन; पङ्खा; चमर ।

बिनु— ना॰ यो॰ [सं॰ विनो नभईकन; बेगर; बाहेक (प्रायः कविता वा भावपूर्ण वाक्यमा प्रयोग हुने॰ ।

बिन्डी— ना॰ [बिटो] रुपियाँ–पैसा आदिको चाब वा तब; लक्कु ।

बिन्ती— ना॰ [सं॰ विनति] नम्रतापूर्ण निवेदन; प्रार्थना; विनति । ~

पत्र— ना॰ सरकार वा मान्यजनलाई लेखेर चढाइने निवेदन । —

भाउ— ना॰ १. विनम्र प्रार्थना; नम्र निवेदन । २. भनसुन । >

बिन्त्यारु— वि॰ बिन्ती गर्ने; निवेदक ।

बिन्दी— ना॰ [हि॰] स्वास्नीमानिसहरूले निधारमा लाउने टीका ।

बिन्दु— ना॰ [सं॰] १. पानी आदि पन्यालो वस्तुको थोपो वा बुँद । २. अनुस्वारको चिह्न; थोप्लो; दाग । ३. गौण घटनाहरूको विस्तृत विवरण गरिने नाटकीय पाँच कार्यावस्था (बीज, बिन्दु, पताका, प्रकरी र कार्य॰ मध्ये दोस्रो अवस्था । ४. वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुल, मात्रा वा मोक्षबराबरको नाप; एक अङ्गुल । ~ पत्र— ना॰ १. बिन्दु वा सङ्]कत मात्र भएको चिठी । २. नक्साबाट क्षेत्रफल निकाल्न प्रयोग गरिने पारदर्शक पदार्थ ।

बिन्द्र— ना॰ [सं॰ वृन्दे दाजुभाइ; बन्धुवर्ग । > बिन्द्रालो— ना॰ दाजुभाइहरूको समूह; बन्धुवर्ग ।

बिन्द्रा— वि॰ [सं॰ वृन्दो १. मानिस नभएको; निर्जन; सुनसान । २. आटब्बे । ~ वन— ना॰ एकलासको वन; निर्जन जङ्गल ।

बिपत्ता— ना॰ [बि+पत्तो गायब; बेपत्ता ।

बिपना— ना॰ [वि+सपनो बिउँझेको वा जागेको अवस्था; ननिदाएको बेला । > बिपनी— ना॰ बिपनाको लघु रूप; बिपना । (उदा॰— बिपनीमा नदेखे पनि सपनीमा देखिन्छ॰ ।

बिपिउँ— वि॰ [सं॰ विपरीते 'सपिउँ'–को विपरीतार्थक; उल्टो; बिब्ल्याँटो ।

बिफर— ना॰ १. घातक रोगका कीटाणुको प्रभावले जरोका साथसाथै आबभरि फोकाफोका भएर आउने खटिरो; शीतला वा वसन्तको रोग; माई । २. उक्त रोगले बसेको खत । ~ उन्मूलन— ना॰ बिफरका रोगाणु र त्यसका सञ्चारकलाई निर्मूल पार्ने योजना । श्र बिफथ्याहा— वि॰ बिफर आएको; बिफरको खत बसेको; छ्याके । स्त्री॰ बिफथ्याही ।

बिब्लेँटो/बिब्ल्याँटो— वि॰ [बिपिउँ+एँटो/याँटो] कपडा, कागत आदिको भित्री वा उल्टो; सब्लेँटो वा सब्ल्याँटोको विपरीतार्थक । स्त्री॰ बिब्ल्याँटी ।

बिभिन्डि–नु— अ॰ क्रि॰ [बिभिन्डो+नु] टेढो स्वभावको हुनु; बाउँटिनु; भाँडिनु ।

बिभिन्डो— वि॰ टेढो स्वभावको; अमिल्दो चालको; बाउँटो; अङ्भाङ्गो ।

बिभिन्ड्याइ— ना॰ [रू बिभिन्डि (+याइ॰] बिभिन्डिने क्रियाप्रक्रिया । [ > ] बिभिन्ड्याइनु— क॰ क्रि॰ बिभिन्डिने पारिनु; चिढ्याइनु; टेढ्याइनु । बिभिन्ड्याउनु— प्रे॰ क्रि॰ बिभिन्डिने पार्नु; चिढ्याउनु; टेढ्याउनु । बिभिन्ड्याहट— ना॰ बिभिन्डिने किसिम वा अवस्था ।

बिभिन्ड्याहा— वि॰ बिभिन्डिने स्वभावको; टेढिने बानी भएको; बिभिन्डो ।

बिभीषण— ना॰ [सं॰] १. रावणका कान्छा भाइ; रावणपछिका लङ्काधीश । वि॰ २. ज्यादै डरलाग्दो; भयङ्कर । ३. स्वदेशका विरुद्ध विदेश वा विदेशीको दलाली गर्ने व्यक्ति; पञ्चमाङ्गी ।

बिभूत— ना॰ [सं॰ विभूति] बिगुत; विभूति ।

बिमजा— ना॰ [बि+मजो बेस्वाद; बेमज्जा ।

बिमठि–नु— अ॰क्रि॰हे॰ बिँगठिनु ।

बिमठो— वि॰हे॰ बिँगठो । > बिमठ्याइ — ना॰ बिँगठ्याइ ।

बिमन— ना॰ [बि+मन] कुनै कुरामा मन नलाग्ने वा रुचि नहुने अवस्था । (उदा॰— जरोले हो कि खान, घुम्न सबै कुरामा मलाई बिमन भइरहेछ॰ ।

बिमा— ना॰ [फा॰ बीमो १. कुनै किसिमको हानिनोक्सानी वा क्षति भएमा संस्थाले बेहोर्ने र क्षतिपूर्ति पाइने गरी राखिने किस्ताबन्दी वा एकमुस्ट धरौटी; त्यस्तो अभिभारा वहन गरिएको कार्य–व्यवस्था । २. कुनै हानिनोक्सानी हुन गएमा डाकखानाले बेहोर्ने गरी पठाइने चिट्ठी, पार्सल । ~ कम्पनी— ना॰ बिमाव्यवसायको काम गर्ने संस्था । ~ पत्र— ना॰ १. बिमा गरिएको कागत । २. हुलाक–अड्डामा रकम बिमा गरी पठाइएको कागत । ~ शुल्क— ना॰ बिमा गर्दा लाग्ने दस्तुर । ~ संस्थान— ना॰ चल वा अचल वस्तुहरूको बिमा गर्ने–गराउने एक प्रमुख संस्था ।

बिमाख— ना॰ [फा॰ बे–बाके १. तिर्नु–फछ्यार्उनुपर्ने रिन, सापटी, हिसाब आदि बाँकी नराखी टुङ्ग्याउने काम; फर्छ्यौट; चुक्ती । २. सखाप पार्ने काम; निमिट्यान्न । ३. सर्वनाश; भुसुक्क ।

बिमार— वि॰ [फा॰ बीमारे बिरामी; रोगी । > बिमारी— ना॰ रोग; व्यथा; व्याधि ।

बिमिरो— ना॰ [सं॰ बीजपुरे १. निबुवाजस्तो बाक्लो बोक्रा हुने, अमिलो वा केही गुलियो रस हुने प्रसिद्ध एक फल । २. शरीरमा उठ्ने कनिकाजत्रो सानो खटिरो । वि॰ ३. नछिप्पिएको वा हुर्किनसकेको; भर्खरको; कलिलो वा सानो ।

बिम्ब— ना॰ [सं॰] १. ऐना, पानी आदिमा देखिने छायाको रूप; छायामण्डल; प्रतिबिम्ब; बिम्ब । २. आकाशमा देखिने सूर्य, चन्द्र, तारा आदिको ज्योतिपिण्ड । ३. प्रतिमूर्ति; प्रतिमा । ४. कुनै कुराको आभास वा झलक । ५. गोलकाँक्री । ~ फल— ना॰ गोलकाँक्रीको दानु । ~ विधान— ना॰ बिम्बहरूको सृजना गर्ने काम; बिम्बहरूको सृजना । > बिम्बिका— ना॰ १. सूर्य वा चन्द्रमाको मण्डल । २. गोलकाँक्री । बिम्बित— वि॰ प्रतिबिम्ब परेको; प्रतिबिम्बित; विम्बित ।

बियर— ना॰ [अङ्॰] प्रायः भिजाएको जौको पीठोमा गुलियो, सोडा आदि मिलाई विशेष प्रक्रियाले बनाइने एक प्रकारको मदिरा ।

बियाँ— ना॰ [सं॰ वीज्ये चामलमा नकुटिई बचेको सग्लो धान । —

बियीँ— ना॰ बियाँहरूको समूह; सबै बियाँ ।

बियाँल्–नु— स॰ क्रि॰ [बियाँलो+नु] बियाँलो गर्नु; कुनै उपायले समय बिताउनु । > बियाँलाइ— ना॰ बियाँल्ने क्रिया वा प्रक्रिया ।

बियाँलिनु— क॰ क्रि॰ बियाँलो गरिनु; अलमलिनु ।

बियाँलो— क्रि॰ वि॰ [सं॰ विलम्बे कुनै कामकुरामा हुने अलमल; अबेर; विलम्ब; ब्याँलो ।

बियाइ— ना॰ [रू बियाउ (+आइ॰] बियाउने क्रिया वा प्रक्रिया । [ > ] बियाइनु— अ॰ क्रि॰ बियाउने काम होइनु ।

बियाउँदो— वि॰ ब्याउँदो ।

बियाउनु— अ॰ क्रि॰ [सं॰ व्यापन+नु] १. पशुका पोथीहरू सुत्केरी हुनु; पशुहरूका बच्चाबच्ची जन्मनु । २. रात सकिएर प्रातः काल हुनु; उज्यालो हुनु ।

बियाब— ना॰हे॰ ब्याब ।

बियान— ना॰ [था॰ सं॰ व्यायने सुत्केरी हुने वा बियाउने काम; बियाउनाको पटक; बेत; प्रसव ।

बियो— ना॰ १. डन्डीबियोको खेलमा डन्डीबारा हुच्चिने वा ठ्याक लाइने, दुईतिर तिखारिएको वा नतिखारिएको छोटो काठको टुक्रो । २. कोलको धुरीमा हालिने चुकुलविशेष ।

बियोस्ता— ना॰ [सं॰ व्यवस्थो स्वभाव; चालचलन; ढङ्ग । (उदा॰— कस्तो बियोस्ता नभएको केटो हो यो त ;) ।

बिरक्ति–नु— अ॰ क्रि॰ [सं॰ विरक्त+इ+नु] विरक्त हुनु; दिक्दार हुनु; बैरागिनु । > बिरक्त्याइ— ना॰ बिरक्तिने क्रिया वा प्रक्रिया ।

बिरक्त्याइनु— क॰ क्रि॰ विरक्त पारिनु; खिन्न तुल्याइनु ।

बिरक्त्याउनु— प्रे॰ क्रि॰ विरक्त पार्नु; खिन्न तुल्याउनु ।

बिरङ्ग— वि॰ [बि+रङ्ग] १. अनेक रङ्गको; विभिन्न रङ्गको; रङ्गीचङ्गी । २. बजरङ्ग; कुरङ्ग ।

बिरल्–नु— स॰क्रि॰हे॰ बिरोल्नु ।

बिरला— वि॰ [सं॰ विरले सबैतिर नपाइने वा थोरै मात्र पाइने; छुट्टाछुट्टै रहेको ।

बिरलाइ— ना॰ [रू बिरल् (+आइ॰] बिरल्ने क्रिया वा प्रक्रिया । [ > ] बिरलाइनु— क॰ क्रि॰ बिरल्न लाइनु । बिरलाउनु— प्रे॰ क्रि॰ बिरल्न लाउनु ।

बिरलाकोटी— वि॰ १. [बिरला+कोटी] कोटीमा एउटा; कहीँ–कहीँ वा फाट्टफुट्ट पाइने; अति दुर्लभ । क्रि॰ वि॰ २. फाट्टफुट्ट; कतैकतै ।

बिरसिक्का— ना॰ [वीर+शिक्षाश्र सिक्खो १. अरूलाई छकाउने वा झुक्क्याउने चलाखी काम । २. वीर, पराक्रमी, निडर बनाउने शिक्षा । ३. पुरानो खालको एक प्रसिद्ध आख्यान । ~ गर्नु— स॰ क्रि॰ विस्मयपूर्ण कार्य गर्नु ।

बिरसिलो— वि॰ [बि+रसिलो] १. रस नभएको; नीरस; रूखो । २. मन नपर्दो; ठर्रो ।

बिरहिनी— ना॰ [सं॰ विरहिणी] मारुनी नाचमा गाइने एक किसिमको गीत ।

बिरा— ना॰ [सं॰ वीटी] खयर, चून, मसला आदि हालेर बेरी खान वा दिन तयार पारिने पानको पात; पानको खिली; बिडा ।

बिराइ— ना॰ [रू बिराउ (+आइ॰] १. जग्गा बिराउने काम वा किसिम । २. नयाँ आबाद गरिएको जग्गा; बिरौटो (दिव्य॰) । ३. बिराम गर्ने क्रिया वा प्रक्रिया; बिगार । [ > ] बिराइनु— क॰ क्रि॰ १. जग्गा बिराउने काम गरिनु । २. बिराम गरिनु ।

बिराउ–नु१— स॰ क्रि॰ वन–बुटो, झाब आदि फाँडेर, भिरालो जमिनमा ढुङ्गा आदि हटाई गरा लगाएर, नदी आदिबाट उकास भएको जग्गा मिलाएर विभिन्न रूपले जग्गा आबाद गर्नु; नयाँ जग्गामा खेती गर्नु ।

बिराउ–नु२— स॰ क्रि॰ १. कुनै काम–कुरामा भुलेर वा चुकेर अर्कै थोक भन्नु वा गर्नु; बिराम गर्नु; कसूर गर्नु; अपराध गर्नु । २. लेख्ता अक्षर आदि टुटाउनु वा छुटाउनु ।

बिराज्–नु— अ॰ क्रि॰ [सं॰ विराज+नु] विराजमान हुनु; सम्मानसाथ बस्नु । > बिराजिनु— अ॰ क्रि॰ विराजमान होइनु; सम्मानसाथ बसिनु ।

बिराजी/बिराजु— वि॰ [बि+राजी/राजू] राजी नभएको; नमान्ने; बेमन्जुर; बेखुस ।

बिरानो— वि॰ [फा॰ विराने १. पहिले नदेखेको, नचिनेको वा थाहा नपाएको; अनजानको । २. परचक्री; पराई; अर्को ।

बिराम१— ना॰ [सं॰ विरामे १. भन्नु–गर्नुपर्ने कामकुरामा हुने कसूर; दोष वा अपराध; भूलचूक । २. काममा बाधा ।

बिराम२— वि॰ [फा॰ बिमारे आराम नभएको; बिसन्चो ।

बिरामी— वि॰ [बिराम२+ई] सन्चो नभएको; अस्वस्थ; रोगी; मधौरु । ~ बिदा— ना॰ कर्मचारीले बिरामी हुँदा पाउने निश्चित बिदा (कर्मचारीले नखर्चेको अवस्थामा उक्त दिनबराबरको तलब प्राप्त गर्न सक्ने व्यवस्था भएको विदा ।) । बिराल गानु— ना॰ [बिराले+गानु] लेकतिर पाइने र औषधीमा प्रयोग हुने एक प्रकारको कन्द ।

बिराली— ना॰ [सं॰ बिडाल+ई] १. धेरै आगो ताप्ता शरीरमा प्रायः गोडाका छालामा पर्ने टाटो । २. बिरालाको स्नेहसूचक रूप वा पोथी रूप ।

बिराले१— ना॰ [सं॰ बिडालिको थैलो बनाउनाका निम्ति एकापट्टि चुन्याई पारेको गाँठो; त्यस्तो गाँठो पारी बनाएको थैलो ।

बिराले२— ना॰ [सं॰ बिडालिको लाम्चा ठूला पात हुने, प्याजी रङ्गका फूल फुल्ने, तरबारे सिमीजस्ता कोसा र ठूला खैरा गाना हुने एक जातको लता वा त्यसैको गानु ।

बिरालो— ना॰ [सं॰ बिडाले चितुवाका जातको, मुसा मार्ने र खाने तथा दूध खूबै मन पराउने घरपालुवा जन्तु । — को काट्टो— ना॰ अति निकृष्ट वस्तु ।

बिरिम— ना॰ बाँसका चोयाले बुनेको, बिर्को लाउने सन्दुक । ~

फुल— ना॰ साधारण मालाकार पात र वरिपरि कालोकालो रङ्ग हुने, डल्लो खालको र बास्ना आउने एक जातको धान वा त्यसैको चामल ।

बिरी— ना॰ दाँतका जोर्नीमा कालो पालिस लाउन प्रयोग गरिने, ठूलठूला पात, हरियासेता फूल र जामुनुजस्ता फल हुने एक जातको लता; प्रसारणी ।

बिरुँडा— ना॰ १. दार्चुला जिल्लातिर प्रचलित विशेष चाडपर्वमा देव–देवीलाई चढाइने र खाइने कलउँ, गुराँस, गहत, मास र गहुँ मिसाएर बनाइने भोजनको एक परिकार । २. दुर्गाष्टमी– पूजामा देवीलाई चढाइने नैवेद्य । ३. बिरौँला; क्वाँटी ।

बिरुवा— ना॰ [विरूढे रूख, बालीनाली आदिको कलिलो र सानो बोट; बालवृक्ष; पोथ्रो । ~ घर— ना॰ विभिन्न जातका फलफूलका बिरुवाहरू रोपी हुर्काई अन्यत्र सार्न योग्य हुने अवस्था तथा उमेरका बनाउने ठाउँ; नर्सरी ।

बिरूप— वि॰ [सं॰ विरूपे रूप बिग्रेको; नराम्रो; कुरूप । बिरे आग्लो— ना॰ [सं॰ विवर+अर्गलो बाहिरबाट झ्यालढोका खोल्न नसकिने पार्न भित्रपट्टिबाट लगाइने, गारामा जडिएको ठूलो आग्लो; गजबार । बिरे चुली— ना॰ निकै अग्लो र अचम्मलाग्दो टाकुरो; पर्वतशृङ्खलाको चुली परेको भाग । बिरे नुन— ना॰ [सं॰ बिडलवणे आयुर्वेदीय औषधीविशेषमा प्रयोग गरिने, गन्धदार एक प्रकारको कालो नुन ।

बिरो— ना॰ [रू बिडो खिल्ली; बिडा; बिरा ।

बिरोल्–नु— स॰ क्रि॰ [सं॰ विलोड+नु] १. नुन, खोर्सानी, मसला आदि हालेर साँध्नु; सरोबर पारी मुछ्नु; खथ्याउनु । २. खोतलखातल गर्नु; भाँड्नु; बिथोल्नु । > बिरोलाइ— ना॰ बिरोल्ने क्रिया वा प्रक्रिया । बिरोलाइनु— क॰ क्रि॰ बिरोल्न लाइनु । बिरोलाउनु— प्रे॰ क्रि॰ बिरोल्न लाउनु । बिरोलाहा— वि॰ अरूको काम बिगार्ने; बिथोलाहा । बिरोलिनु— क॰ क्रि॰ बिरोल्ने काम गरिनु ।

बिरौँला— ना॰ [रू बिरुँडो भिजाएर ढड्याउँदा अङ्कुर निस्केका धेरै थरी गेडागुडी; बिरुँडा; क्वाँटी ।

बिरौ— ना॰ [सं॰ बीजे सिलामका जत्रा मसिना, सेता दाना हुने एक प्रकारको तेलहन; पोस्ताको दाना; अफिमका बोटमा फल्ने दाना ।

बिरौटो— ना॰ [बिराउ+औटो] बिराएको जग्गा; नयाँ आबाद गरेको जग्गा ।

बिर्के— वि॰ [बिर्को+ए] बिर्को भएको; बिर्कोजस्तो । ~ टोपी— ना॰ माथितिर बीचमा गट्टो भएको नेपाली कार्चोबी वा मखमली टोपी ।

बिर्को— ना॰ राखिएको वस्तु सुरक्षित पार्न भाँडाकुँडा, बट्टा, ठेकी, सिसी आदिको मुख छोप्ने वा ढाक्ने पात्र; ढकना ।

बिर्ता— ना॰ [सं॰ वृत्ति] बहादुरी देखाएबापत वा वृत्तिका निम्ति मिलेको, सरकारलाई तिरोभरो गर्नु नपर्ने जग्गा; सबै वा केही मालपोत खान पाउने गरी सबै खालको माफी पाएको जग्गा (हाल भूमिसुधार ऐनअनुसार खारिज भएका कुशबिर्ता, सुनाबिर्ता, सेवाबिर्ता आदि॰ । — माल— ना॰ दोस्रा माल । — वार— ना॰ बिर्तावाल । — वाल— ना॰ बिर्ताको धनी वा धेरै बिर्ता पाएको व्यक्ति । — वाला— ना॰ बिर्तावाल, बिर्ताको मालिक ।

बिर्नी— ना॰ [सं॰ विरणे मधेसतिर हुने, फुर्के फूलको डाँठबाट ढक्की, डाली आदि बनाइने एक किसिमको बुट्टे झार ।

बिर्बल— ना॰ कानको लोतीमा लाइने, नास्पातीका आकारको सुनको गहनाविशेष ।

बिर्रो— ना॰ अफिमको बोटमा, सिलामका जस्ता मसिना, सेता दाना फल्ने एक जातको अन्न ।

बिर्स–नु— स॰ क्रि॰ [विस्मर्+नु] पहिले जानेसुनेको, भनिएको वा मनमा लिइएको कुरो भुल्नु; सम्झना नहुनु; हेक्का नरहनु; विस्मृत हुनु । > बिर्साइ— ना॰ बिर्सने क्रिया वा प्रक्रिया । बिर्साइनु— क॰ क्रि॰ बिर्सन लाइनु । बिर्साउनी— ना॰ १. बिर्सने काम । २. सम्झाउनीको पूरक (जस्तो— सम्झाउनी–बिर्साउनी॰ । बिर्साउनु— प्रे॰ क्रि॰ बिर्सने पार्नु; बिर्सन लाउनु । बिर्सिनु— क॰ क्रि॰ १. सम्झना नरहिनु; विस्मृत होइनु । स॰ क्रि॰ २. बिर्सनु । बिर्सुवा— वि॰ बिर्सने बानी भएको । स्त्री॰ बिर्सुवी ।

बिल१— ना॰ [सं॰] १. जमिन, भित्ता आदिमा परेको प्वाल । २. सर्प, मुसो आदि बस्ने दुलो । ३. गुफा; गुहा ।

बिल२— ना॰ [अङ्॰] १. कुनै मालसामान बिक्री गर्दा वा बुझ्दाबुझाउँदा मूल्य वा पारिश्रमिकको फाँट, रकम आदि खुलाई लेखिने कागत; रसिद । २. विधायिकामा प्रस्तुत गरिने कानुनको मसौदा; विधेयक ।

बिलकन्ना— वि॰ [बि+लखकानो] लख, कान्दानी र तकुर्ल्ले, बर्धन्ने आदि कुनै मात्रा नभएको (क, ख॰ ।

बिलकुल— वि॰ [अ॰] १. भएभरको; सम्पूर्ण; सबै । क्रि॰ वि॰ २. पूर्णतया; एकदम ।

बिलखबन्द— वि॰ [सं॰ विलक्षमन्दे १. यसो गरूँ न उसो गरूँ भई जिल्ल परेको; अक्क न बक्क भएको; अलमल्ल; रनभुल्ल । २. आ६नो गुप्ती कुरा अरूले थाहा पाएको जानेर नीलोकालो मुख लाएको; हतप्रभ ।

बिलखाइ— ना॰ [बिलखाउ+आइ] बिलखाउने क्रिया वा प्रक्रिया । श्र बिलखाइनु— अ॰ क्रि॰ बिलखाइमा पर्नु ।

बिलखाउ–नु— अ॰ क्रि॰ [सं॰ विलक्ष+आउ+नु] के गरूँ हुनु; किंकर्तव्यविमूढ हुनु; अलमलिनु ।

बिलना— ना॰ [रू बिलौनो बिलौना; बिलहना । बिल भरपाई— ना॰ [बिल+भरपाई] खरिदबिक्री गर्दा वा कुनै मालसामान बुझेर लिँदादिँदा दिइने रीतपूर्वकको कागत; बिल र भरपाई ।

बिलाइ— ना॰ [रू बिलाउ (+आइ॰] बिलाउने क्रिया वा प्रक्रिया । [ > ] बिलाइनु— अ॰ क्रि॰ अलप होइनु; हराइनु ।

बिलाउ–नु— अ॰ क्रि॰ [सं॰ विलय+आउ+नु] पग्लेर वा अर्को चीजमा मिलेर नदेखिने हुनु; विलयन हुनु; अलप हुनु; हराउनु ।

बिलाउनी— ना॰हे॰ बिलौनी ।

बिलाउने— ना॰ [सं॰ विलयने १. नीलकाँडाका जस्ता पात हुने र सानासाना गेडा फल्ने एक जातको बोट । वि॰ २. मासिने; हराउने ।

बिलायत— ना॰ [अ॰ विलायते बेलायत । > बिलायती— वि॰ बिलायतको; बेलायती ।

बिलाहारी— ना॰ [बिलो+आहारी] बिलोबाट जीविका चलाउने व्यक्ति ।

बिलिनु/बिलिनो— वि॰ [सं॰ विलवणे नुन नपुगेको; नुन कम हालिएको; अलिनो (दाल, तरकारी आदि॰ ।

बिलो— ना॰ शिकार गरेर ल्याइएका जन्तुको मासुको भाग; थोरै अंश । ~ बाँडो— ना॰ १. बिलो बाँड्ने काम । २. भाग वा अंश बाँड्ने काम ।

बिलौना— ना॰ [प्रा॰ विलवण < सं॰ विलपने रुँदै दुःख प्रकट गर्ने काम; विलाप; बिलना ।

बिलौनी— ना॰ [सं॰ विलय+औनी] १. नौनी खार्दा भाँडाको पीँधमा रहने थेग्रिन; बिलाउनी । २. लाम्चिला र चिल्ला पात हुने, बस्तुभाउलाई घाँस खुवाइने एक प्रकारको बोट ।

बिल्झ–नु— अ॰ क्रि॰ [बिल्झो+नु] रोकिनु; थामिनु; अड्किनु । > बिरे

बिल्झाइ— ना॰ बिल्झने क्रिया वा प्रक्रिया ।

बिल्झो— ना॰ १. रोक्ने वस्तु; बन्धन । २. घरका असमर्थ मानिस वा साना केटाकेटी । ३. अल्झोको पूरक ।

बिल्टी— ना॰ [अङ्॰ बिलेटे जहाज, रेल आदिमा माल चलान गर्नाका निम्ति बुझाउँदा दिइने रसिद ।

बिल्पाते— वि॰ [सं॰ विल्व+पातें] मीठो बोली र राम्रो जीउ भएकी; मृदुभाषिणी; कोमलाङ्गी ।

बिल्पारी— वि॰ निर्धो शरीर भएको; फुकीढल; ख्याउटे; खिनाउरे ।

बिल्लबाठ— ना॰ १. बिचल्ली; बिजोग; दुर्दशा । २. मालसामानको यताउति छराइ वा फिँजाइ ।

बिल्ला— ना॰ [अङ्॰ वैजे १. फौजी आदि कर्मचारीले लगाउने दर्जासूचक कपडा आदिको चिह्न । २. कुनै खास कुरा जनाउनका निम्ति हातपाखुरा आदिमा बाँधिने परिचयाङ्कित फित्ता वा धरो; कुनै विशेष पर्वमा छाती, कुम आदिनेर कपडामा पिनले अड्काइने कपडा, कागत आदिको त्यस्तो चिह्न अङ्कित टुक्रो वा पट्टी । — दार— वि॰ १. बिल्ला लाएको; बिल्ला भएको । २. सेनातर्फ बिल्ला पाएका फूली नपाएका पिउठ, हुद्दा आदि जवान ।

बिल्लिबाठ— ना॰हे॰ बिल्लबाठ ।

बिल्लौर— ना॰ [प्रा॰ बेलुरिअ] काँच वा फटिकजस्तो एक जातको मूल्यवान् सेतो पत्थर ।

बिल्व— ना॰ [सं॰] एउटा भेट्नामा तीनतीनवटा पात हुने र साह्रो, डल्लो फल लाग्ने काँडे वृक्ष वा पाकेपछि गुलियो गुदी हुने त्यसैको फल; श्रीफल; बेल । ~ पत्र— ना॰ बेलको पात । — म·ल— ना॰ वेश्या चिन्तामणिको हप्कीबाट ईश्वर भक्तितर्फ लागेका एक भक्त ।

बिवाई— ना॰ [सं॰ विपादिको १. खुट्टाका औँलामनिको छाला फाट्ने वा पैतला, कुकुर्च्चा आदि फुट्ने एक रोग; हर्नाठ । २. बिगार; टुना ।

बिस— ना॰ [सं॰ विंशे १. पन्ध्र र पाँचको योगबाट बन्ने सङ्ख्या । वि॰ २. पन्ध्र र पाँचका योगसङ्ख्याको । — बाइसे— वि॰ बीस– बाइस वर्षको; पट्ठो; तरुनो । > बिसासय— ना॰ पूरा आयु बाँच्न आशीर्वाद वा शुभकामना दिँदा प्रयुक्त हुने एक सय बीस वर्ष ।

(उदा॰— तपाईंको आयु बीसासय होस्॰ । बिसी— ना॰ बीसको समुदाय (जस्तो— एक बीसी; दुई बीसी॰ । बिसौँ— वि॰ बीस सङ्ख्यालाई पूरा गर्ने; बीस सङ्ख्याको ।

बिसद्दे— वि॰ [बि+सद्दे] सद्दे नभएको; फाटेको ।

बिसन— ना॰ [अङ्॰ बाइसने भैँसीका ढबको केही डल्लो शरीर र ठूलो जुरो हुने, गर्धन, घाँटी र अनुहारभरि लामा झ्याप्ले रौँ भएको, उत्तर अमेरिकामा पाइने, पाँच फिट अग्लो स्तनधारी जनावर । (यो उत्तर अमेरिकामा पाइने जन्तुमध्ये सबैभन्दा ठूलो हो । त्यहाँ यसको दूध र मासु खाइन्छ ।) ।

बिसन्चो— ना॰ [बि+सन्चो] सन्चो वा आराम नहुने स्थिति; अस्वस्थ ।

बिसम्भार— ना॰ [वि+सम्भार] सँभाल्न नसकिने स्थिति; असम्भार ।

बिसाइ— ना॰ [बिसाउ+आइ] १. बिसाउने काम वा किसिम; विश्राम । २. घाउखटिरा बिग्रने अवस्था ।

बिसाइत— ना॰ [बि+साइत] खराब साइत; बेसाइत ।

बिसाइनु— क॰ क्रि॰ [बिसाउ+इ+नु] १. विश्राम गरिनु । २. दुःख पोखिनु ।

बिसाउ–नु१— स॰ क्रि॰ [सं॰ विश्राम+आउ+नु] १. सुस्ताउनका निम्ति बोकेको भारी वा बोझ केही समय सजिलो हुने ठाउँमा अड्याउनु; विश्राम गर्नु । २. आ६नो कामको अभिभारा अरूमाथि सुम्पनु । ३. आ६नो दुःख अरूलाई सुम्पनु; दुःख पोख्नु ।

बिसाउ–नु२— अ॰ क्रि॰ [सं॰ विष+आउ+नु] घाउखटिरा आदिमा पानी आदि परेर बिखालुपन उब्जनु; उकुच पल्टनु ।

बिसाउना— ना॰ [बिसाउ+ना/औनो बिसाउने वा अड्ने ठाउँ; बिसाउना (जस्तो— गैरीबिसाउना॰; बिसौना ।

बिसाउनी— ना॰ [बिसाउ+नी] ना॰ अड्ने ठाउँ (जस्तै— बस– बिसौनी॰; बिसौनी ।

बिसान— ना॰ [बिसाउ+आन] बिसाउने काम । ~ दस्तुर— ना॰ यातायातका साधन बिसौनीमा अड्याएबापत लाग्ने दस्तुर ।

बिसिद्धि— वि॰ [बि+सिद्धि] सिद्धि वा सोमत नभएको; असिद्धि ।

बिसुद्धी— वि॰ [बि+सुद्धी] १. सुद्धी नभएको; होसहवास हराएको; बेसुर । ना॰ २. सुद्धी नहुने अवस्था; बेहोसी ।

बिसुर— वि॰ [बि+सुर] बेसुर; सुर नभएको ।

बिसेक— ना॰ [सं॰ विशेषे १. पहिलेभन्दा रोग वा व्यथामा भएको कमी; थोरबहुत आराम; सन्चो । वि॰ २. निको भएको; घटेको । ३. थोरै; अल्प । (तै बिसेक॰ ।

बिसेच्याउ— ना॰ [विष+च्याउ] जमिनमा उम्रने, छाताका आकारको तथा कालो रब हुने, खान नहुने एक जातको च्याउ ।

बिसौँद— ना॰ [बिसौँ+दर] एक सयमा बीसको ब्याज दर; सयकडा बीस । > बिसौँदी— वि॰ बिसौँद दरको ।

बिसौती— वि॰ [बिस+औती सं॰ विषाक्ते विष भएको; खान नहुने । ~ च्याउ— ना॰ जमिनमा उम्रने, गोलाकार, पहेँलो रङ्को डाँठ हुने र खान नहुने एक जातको च्याउ; बिसेच्याउ ।

बिसौना— ना॰हे॰ बिसाउना ।

बिसौनी— ना॰ बिसाउने वा अड्याउने ठाउँ; बिसाउनी ।

बिसौली— ना॰ परम्परागत जोखतौलका नापअनुसार छ पाउको परिमाण; आधा धार्नी ।

बिस्कुट— ना॰ [अङ्॰ बिस्किटे गुलियो वा नुनिलो स्वादको, बाटुलो र चौकुने आकारमा बन्ने, साँचामा ढालेर तथा भट्टामा सेकाएर तयार पारिने पश्चिमेली ढाँचाको हल्का रोटी ।

बिस्कुन— ना॰ [सं॰ विष्कन्दे १. घाममा सुकाउनका निम्ति पाँजिएको वा फिँजारिएको अन्न । २. मेलोमेसोविना चारैतिर छरिएको वस्तु । ३. सबै चीजबीज अलपत्र परेको अवस्था ।

बिस्केट— ना॰ [सं॰ विश्व+केतु] भक्तपुर सहरमा चैत मसान्तका दिन लिङ्गो उभ्याई वैशाख सङ्क्रान्तिका दिन लिङ्गो ढालेर मनाइने प्रसिद्ध उत्सव वा जात्रा; त्यसै अवसरमा उभ्याइने लिङ्गो ।

बिस्ट— ना॰ १. थर विशेष; विष्ट । २. थरी, मुखिया ।

बिस्टा— ना॰ [सं॰ विष्ठो गुहु; दिसा; विष्ठा ।

बिस्टी— ना॰ [सं॰ विष्टा+ई] ससाना पशु वा चराको विष्टा । >

बिस्ट्याइ— ना॰ बिस्ट्याउने क्रिया वा प्रक्रिया । बिस्ट्याइनु— क॰ क्रि॰ बिस्ट्याउने काम गरिनु । बिस्ट्याउनु— अ॰ क्रि॰ सानातिना पशु वा चराचुरुङ्गीले मलत्याग गर्नु ।

बिस्तरा— ना॰ [सं॰ विस्तरणे ओछ्यान; बिछ्याउना ।

बिस्तार— क्रि॰ वि॰ [सं॰ विस्तारे १. हलुका चालसँग; नहतपताईकन; मन्द गतिले; आस्ते–आस्ते; हलौँ गरी; सुस्तसँग; मसिनु बोलीमा । २. ना॰ विस्तृत कुरा । ३. फैलावट । >

बिस्तारै— क्रि॰ वि॰ हतार नगरी; हलौँ चालले; अरूले नसुन्ने गरेर; आ६ना सुरले । बिस्तारो— क्रि॰ वि॰ बिस्तारै ।

बिस्तुर— ना॰ १. नटुट्ने सिलसिला; अखण्ड क्रम । २. तलमाथि; फरक; अन्तर; व्यर्थ । (उदा॰— दाजुले भनेको कुरो कहिल्यै बिस्तुर खाँदैन॰ ।

बिस्मात— ना॰ [सं॰ विषादे कुनै दुःखपूर्ण कुरा वा घटनाबाट पछि हुने शोक वा सन्ताप; अफसोच; खेद ।

बिस्याहार— ना॰ [बि+स्याहार] बेस्याहार ।

बिस्वाद— वि॰ [सं॰ वि+स्वाद] बेस्वाद; स्वाद नभएको ।

बिहक— क्रि॰ वि॰ [बि+हट] बिनसित्ति; सित्तैँ; अनाहक ।

बिहा— ना॰ [सं॰ विवाहे बिहे; विवाह ।

बिहाइता— वि॰ [सं॰ विवाहितो विवाहिता; बिहाइते । > बिहाइते— वि॰ बिहे गरेर ल्याइएकी; ब्याइते; विवाहिता ।

बिहान— ना॰ [सं॰ विभाते १. दिनको पहिलो प्रहर; पूर्व फाट्ने बेलादेखि घाम नछिपिउन्जेलको समय; प्रातःकाल । क्रि॰ वि॰ २. प्रातःकालमा; सबेरै ।

बिहानी— वि॰ [बिहान+ई] १. बिहानसम्बन्धी; बिहानको । २. बिहान । — पख— क्रि॰ वि॰ बिहानको समय; बिहानतिर ।

बिहाबारी— ना॰ [बिहा+बारी] विवाहको दोहरो सम्बन्ध; बिहे हुने काम; विवाह ।

बिहाल— ना॰ [बि+हाल] बेहाल ।

बिहाली— ना॰ [सं॰ विभाते बिहान; ब्याली ।

बिहिलि–नु— अ॰ क्रि॰ [बि+हिल्+इ+नु] १. कुनै बगालमा मिसिएर थाहा नपाइने हुनु । २. कुकुर्नीले कुकुर खोज्दै हिँड्नु । > बिहिल्याइ— ना॰ बिहिलिने क्रिया वा प्रक्रिया । बिहिल्याइनु— क॰ क्रि॰ कुनै बगालमा मिसाएर बेपत्ता पारिनु । बिहिल्याउनु— प्रे॰ क्रि॰ कुनै बगालमा मिसाएर बेपत्ता पार्नु ।

बिहीँ— ना॰ [सं॰ बृहती] काँडादार पात हुने, नीला वा सेता फूल फुल्ने, तीता स्वादका ससाना रातासेता फल फल्ने एक जातको बोट वा त्यसैको फल ।

बिहीबार— ना॰ [सं॰ बृहस्पतिवारे साताको पाचौँ बार वा दिन; बृहस्पतिवार ।

बिहे— ना॰ [रू बिहो विवाह; बिहा । ~ बटुलो— ना॰ बिहेको उत्सव वा त्यस अवसरमा हुने मानिसहरूको भेला ।