नेपाली शब्दसमूह ४० प्
प्याँ— क्रि॰ वि॰ [अ॰ मू॰] सनही आदि बाजा बजाउँदाको झैँ शब्द निस्कने गरी (प्रायः केटा–केटीका रुवाइका अनुकरणमा प्रयोग हुने) । — प्याँ— ना॰ १. बाजा (बालबोलीमा॰ । क्रि॰ वि॰ २. लगातार प्याँ ध्वनि उत्पन्न गरेर ।
प्याइ— ना॰ [रू प्यू (+आइ॰] प्यूने क्रिया वा प्रक्रिया; पियाइ । [ > ] प्याइनु— अ॰ क्रि॰ १. प्याउने होइनु । क॰ क्रि॰ २. पियाइनु ।
प्याउनु— प्रे॰ क्रि॰ पियाउनु ।
प्याउरी— ना॰ [सं॰ पिककुली] प्याउप्याउ गरेर कराउने एक जातको पक्षी ।
प्याउली— ना॰ [सं॰ पल्लवी] साधारण, दाँती नपरेका पात हुने, पहेँलो फूल फुल्ने बुटो वा त्यसैको फूल । (उदा॰— एक्लो कोमल प्याउली कुसुम यो एक्लासमा फुल्न द्यौ । —माधव घिमिरे, राजेश्वरी॰ ।
प्याउलो— वि॰ १. पिलन्धरे । २. लाडिने स्वभावको; पुलपुलिएको; लाडे । ना॰ ३. पुलपुल्याउने नीति । [सं॰ पानगृहे ४. गर्मीमा बटुवाहरूलाई पानी, सर्बत आदि सित्तैँमा खुवाउने ठाउँ ।
प्याक— ना॰ [अङ्॰] कुनै वस्तु वा मालताल आदिलाई अन्यत्र कहीँ पठाउन वा सुरक्षासाथ राख्नका निम्ति भाँडोमा हाली बन्द गर्ने काम ।
प्याकप्याक— क्रि॰ वि॰ [अ॰ मू॰ प्याक्+अ (बि॰)] १. मर्ने बेलामा मुख बाउने गरी । २. खान नपाएर मर्ने स्थितिमा पुग्ने किसिमले । ३. कुनै वस्तुको खाँचो भएर गाह्रो–साँगुरो पैदा हुने गरी । वि॰ ४. त्यसरी मुख बाएको, मरेको वा खाँचो परेको । ना॰ ५. त्यसरी बाउने, मर्ने वा खाँचो पर्ने क्रियाप्रक्रिया । >
प्याकप्याकती/प्याकप्याकी— क्रि॰ वि॰ अझै प्याकप्याक हुने गरी ।
प्याकिस— ना॰ [अङ्॰] १. कुनै वस्तु मालताल आदिलाई चलनचल्तीमा नल्याउने गरी थन्क्याएर राख्ने काम । २. कुनै व्यक्तिलाई बाहिर निस्कन नदिई थुनामा राख्ने काम । वि॰ ३. थुनामा राखिएको; थन्क्याइएको; जकडबन्द ।
प्याकेट— ना॰ [अङ्॰] भित्र कुनै वस्तु वा मालसामान राखी बाहिरबाट कपडा, कागत आदिले बेह्रेको, बाँधेको वा सिएको पोको; सानोतिनो पोको; चुरोट, सलाई आदिको बट्टा ।
प्याक्क— क्रि॰ वि॰ [अ॰ मू॰ प्याक्+क] १. हिर्काउँदा हलुको किसिमले लाग्ने गरी । २. मर्दा मुख बाउने गरी । ३. एकाएक उघ्रिने गरी । ४. सोचविचार नगरी त्यसै बोलेर; प्याच्च । वि॰ ५. हलुब किसिमले प्रहार गरिएको । ६. उघ्रिएको । ७. असावधानीपूर्वक भनिएको ।
प्याब— ना॰ [भो॰ ब॰] पिउरी आदि राख्नका निम्ति बाँसका गिद्राबाट बनाइएको बट्टा । — पाथी— ना॰ आठ माना वा एक पाथी भर्ने बाँस आदिका गिद्राबाट बनेको भाँडो ।
प्याङ्खर— ना॰ बालीनाली नलाग्ने कमसल जमिन; उब्जनी नहुने जमिन; अनुर्वरा भूमि; पेखर । प्याच पाकेट— ना॰ [अङ्॰] सफारी–सर्ट वा अन्य त्यस्तै कपडामा बाहिरैपट्टिबाट टाँसेर लगाइने एकसरो खल्ती; टँसुवा गोजी ।
प्याच्च— क्रि॰ वि॰ [अ॰ मू॰ प्याच्+च] १. पछि के–कसो पर्छ भन्ने विचार नगरीकन मन लागेको कुरा उच्चारण गरेर; सोचविचार नगरीकन बोलेर; प्वाक्क । २. असावधानीका साथमा थुकेर । — पुच्च/प्याच्च— क्रि॰ वि॰ सोचविचार नगरीकन बारबार बोलेर ।
प्याज— ना॰ [फा॰] तरकारी, मसला र औषधीका काममा समेत प्रयोग गरिने, उग्र गन्ध भएको, गोलाकार (लसुनसँग मिल्ने॰ पत्रैपत्रबाट बनेको कन्द; आयुर्वेदमा अग्निवर्द्धक, वीर्यवर्द्धक, रुचिकारक, विषनाशक र ठन्डा गुण मानिएको एक प्रसिद्ध कन्द । > प्याजी— वि॰ १. सुकेको प्याजका बोक्राको जस्तो रब हुने; रातो, नीलो मिसिएको हल्का रबको; बैजनी रबको । ना॰ २. प्याजबाट बनेको पकोडा ।
प्याटप्याट— क्रि॰ वि॰ [अ॰ मू॰ प्याट्+ट (बि॰)] १. बारम्बार प्याट्ट ध्वनि निकालेर । २. लगातार पिटेर वा ठटाएर; प्याट्ट– प्याट्ट पारी ।
प्याट्ट— क्रि॰ वि॰ [अ॰ मू॰ प्याट्+अ (बि॰)] १. लबटा, लट्ठी आदिले पिट्दा एकै चोटि मात्र लाग्ने गरी; हलुका किसिमले लाग्ने गरी । २. कुनै भाँडाकुँडा आदि एकै चोटि फुट्ने किसिमले; पट्ट ।
प्याड— ना॰ [अङ्॰] १. चिठीपत्र आदि लेख्ने काममा प्रयोग गरिने टाउकामा कार्यालय वा सम्बन्धित व्यक्तिको नाम छापिएको र बाँकी ठाउँ खाली भएको कागत; लेटरप्याड । २. कोटका कुम, बक्रम आदिमा राखिने वा रजस्वला हुँदा नारीले योनिमा राख्ने, रुवोलाई पट्याई बाक्लो पारेको साधन; रुवोको बाक्लो चक्की । ३. कुनै कार्यालय आदिसँग सम्बन्धित कागतपत्र आदिमा छाप लगाउनका निम्ति मसीले भिजाएर राखिएको मोटो कपडा आदिको बाक्लो तह; छापदानी ।
प्याडल— ना॰ [अङ्॰] साइकल आदि चलाउँदा पैताला अड्याउने साधन; साइकल आदिको पाउदान ।
प्यात्त— क्रि॰ वि॰ [अ॰ मू॰ प्यात्+त] कुहेर, गलेर वा सडेर एकै पल्ट खस्ने गरी; ६यात्त ।
प्यादा— ना॰ [फा॰ पियादे १. पैदल सिपाही; पदाति । २. दूत; हल्कारा । ३. आ६नो काम फत्ते गर्न कसैको पछि लाग्ने काम; पिछा; हत्ते । ४. बुद्धिचालका गोटीमध्ये सबैभन्दा सानो तहको गोटी; पैदल ।
प्यान/प्यानो— वि॰ [नेवा॰] १. जुम्सो; लोसे । २. धिङ्न्याहा; लोकतो ।
प्यानो— ना॰ -अङ्॰) एक किसिमको बाजा ।
प्यार— ना॰ [सं॰ प्रिये प्रेम; प्रीति; माया; रतिराग ।
प्यारप्यार— क्रि॰ वि॰ [अ॰ मू॰ प्यार्+अ (बि॰)] सोचविचार नगरीकन एकोहोरो फतफताइरहने गरी । > प्यारप्यारती/
प्यारप्यारी— क्रि॰ वि॰ प्यारप्यार गरिरहने किसिमले । प्यारप्यारे— वि॰ सोचविचार नगरीकन एकोहोरो किसिमले वा अरूका कुरा नसुनी आपैmँ मात्र फतफताइरहने; प्यारप्यार बोलिरहने ।
प्यारा— ना॰ [अङ्॰ प्यारा (ग्राफ॰] सामान्यतया वाक्यभन्दा ठूलो र वाक्यले भन्दा बढी पूर्ण अर्थ दिने, कुनै एक बुँदाको विवेचना गरिएको लेख आदिको अंश; प्रघट्टक; कण्डिका; अनुच्छेद । —
ग्राफ— ना॰ अनुच्छेद ।
प्याराटु्रप— ना॰ [अङ्॰] प्यारासुट लाएर भुईंमा झर्ने तालिम पाएको सेना; छाताधारी पल्टन ।
प्यारासुट— ना॰ [अङ्॰ पैराशूट > प्यारशूटे उडिरहेको हवाईजहाज आदिको उचाइबाट तल जमिनमा सुरक्षित रूपमा उत्रन उपयोग गरिने छाताजस्तो साधन ।
प्यारिस— ना॰ [फ्रा॰ पेरिसे फ्रान्सको राजधानी ।
प्यारी— वि॰ [प्यारो+ई] १. ज्यादै मनपरेकी; प्यारो लाग्ने (स्त्री॰ । ना॰ २. प्रिया; प्रेमिका; मायालु ।
प्यारो— वि॰ [प्यार+ओ] मनपर्दो; स्नेहिलो; प्रिय ।
प्यारोल— ना॰ [अङ्॰] १. रातमा हिँड्ने सरकारी कर्मचारीलाई सुरक्षा चौकीका सैनिक वा प्रहरीहरूले नरोकून् भन्ने उद्देश्यले दिइने साङ्केतिक शब्द । २. बन्दीले आफू बाहिर निस्कनुपर्दा कारागार आदिका अधिकारीलाई दिइने मौखिक विश्वास वा वचन; पेरोल । ३. प्रतिज्ञा वा वचन ।
प्यार्र— क्रि॰ वि॰ [अ॰ मू॰ प्यार्+र] पातलो दिसाका साथ अपानवायु आउने किसिमले; पातलो दिसा आउने किसिमले । ~ प्यार्र— क्रि॰ वि॰ बारबार पातलो दिसाका साथ अपानवायु छुट्दा शब्द आउने किसिमले ।
प्याला— ना॰ [फा॰ पियालो दूध, चिया आदि खाने काममा उपयोग गरिने कचौराजस्तो भाँडो; चिया खाने कप ।
प्यास— ना॰ [सं॰ पिपासो तिर्खा; पियास । > प्यासा/प्यासी— वि॰ तिर्खाएको; प्यासो ।
प्यासेन्जर— ना॰ [अङ्॰] यात्री; मुसाफिर । ~ गाडी— ना॰ डाकगाडी वा एक्सप्रेस गाडी नभई बीचबीचमा रोकिँदै ढिलो चालले हिँड्ने यात्रुगाडी ।
प्यासो— वि॰ [प्यास+ओ] पानी आदि पिउने इच्छा प्रबल भएको; तिर्खाएको; तिर्खालु ।
प्युपा— ना॰ [अङ्॰ प्यूपो कीटाणु वा कीराफटेङ्ग्रा आदिका फुलबाट निस्केका लार्भाहरू केही विकसित भएको तर खान–पिउन र चहल–पहल गर्न सक्ने हालतमा नपुगेको अवस्था; कीराहरूको विकासक्रमको तेस्रो अवस्था ।
प्यु–नु— स॰ क्रि॰ हे॰ पिउनु ।
प्युठान— ना॰ [सं॰ पीठस्थाने राप्ती अञ्चलअन्तर्गत पर्ने र गुल्मी तथा सल्यान जिल्लाको बीचमा पर्ने एक जिल्ला ।
प्युठाने— वि॰ [प्यूठान+ए] प्यूठानमा हुने; प्यूठानबाट आएको; प्यूठानसम्बन्धी । ~ मुला— ना॰ एक प्रकारको ठूलो मूला ।
प्युरी— ना॰हे॰ पिउरी ।
प्युरो— ना॰हे॰ पिउरो ।
प्युसो— ना॰हे॰ पिउसो
प्र— उप॰ [सं॰] शब्द वा धातुको अगिल्तिर जोडिएर नयाँ अर्थ बुझाउने एक उपसर्ग (प्र+गति=प्रगति, प्र+सार=प्रसार इ॰) ।
प्रकट— वि॰ [सं॰] १. लुकेर बसेको कुरा बाहिर देखिएको; अगिल्तिर भएको; प्रत्यक्ष भएको । २. स्पष्ट; खुलस्त । > प्रकटित— वि॰ १. प्रकट; उत्पन्न । २. उदित । प्रकटीकरण— ना॰ लुकेर बसेको कुरा वा वस्तुलाई बाहिर प्रकट गर्ने काम; रहस्योद्घाटन गर्ने काम; प्रकटगराइ ।
प्रकथन— ना॰ [सं॰] पहिले भनिएको वा गरिएको काम–कुराको पुनः समर्थन गर्ने काम; पहिलेको काम–कुराको पुष्टि ।
प्रकम्प— ना॰ [सं॰] १. भैंँचाला आदिले गर्दा भुईंमा उत्पन्न भएको ठूलो थतर्को । २. ज्वरो, रिस आदिले शरीरमा उत्पन्न कम्प । ३. कम्प; कम्पन; कँपाइ; थतर्को; थर्को । > प्रकम्पन— ना॰ १. आँधी–बेहरी । २. कुनै व्यक्ति, वस्तु आदि बेसरी काँप्ने क्रियाप्रक्रिया । > प्रकम्पित— वि॰ १. कम्पन भएको; काँपेको; थर्केको; थतर्केको । २. बेसरी हल्लिएको ।
प्रकरण— ना॰ [सं॰] १. कुनै वस्तु वा कुरालाई बनाउने काम; निर्माण; रचना । २. कुनै कुरालाई विस्तारपूर्वक भन्ने काम; वर्णन; प्रतिपादन । ३. कुनै कुराको क्रम, सिलसिला वा सन्दर्भ; प्रसङ्ग । ४. कुनै एक विषय वा प्रसङ्गको चर्चा गरिएको, ग्रन्थभित्रको एक अंश; अध्याय; परिच्छेद । ५. दृश्यकाव्यको एक भेद । ६. किसिम; प्रकार ।
प्रकरी— ना॰ [सं॰] नाटकका बीचमा उठी बीचमा नै टुङ्गिने, मुख्य कथावस्तुको सहायक उपकथा; पताकाभन्दा सानो प्रसङ्ग; प्रासङ्गिक कथावस्तुको एक भेद ।
प्रकर्ष— ना॰ [सं॰] १. हे॰ उत्कर्ष । २. कुनै कुरा प्रशस्त भएको अवस्था; प्रचुरता; आधिक्य । ३. बलपूर्वक वा बेसरी तान्ने काम; घिच्याउने काम । ४. बिस्तार । > प्रकर्षक— वि॰ १. बलपूर्वक वा बेसरी तान्ने; घिच्याउने । २. हलो जोत्ने; खन्ने । > प्रकर्षण— ना॰ प्रकर्ष । प्रकर्षित— वि॰ प्रकर्षण गरिएको; तानिएको; घिसारिएको; जोतिएको ।
प्रकल्पना— ना॰ [सं॰] अनुपस्थित वस्तुहरूको आदर्श पुनरुपस्थापनलाई पूर्ण बनाउने गरी आन्तरिक विम्बहरूलाई एकत्रित, सम्बद्ध र सङ्गृहीत पार्ने प्रक्रिया; काव्यको आभूषण मात्र बन्ने विलक्षण र चमत्कारी तर असम्बद्ध र सम्बद्ध अनुभूतिहरूको संश्लेषणको सामर्थ्य नभएको दोस्रो तहको कल्पना ।
प्रकल्पित— वि॰ [सं॰] प्रकल्पना गरिएको ।
प्रकाण्ड— ना॰ [सं॰] १. रूखको फेददेखि हाँगा छुट्टिने ठाउँसम्मको अवयव; रूखको मूल भाग । २. ठूलो हाँगो । वि॰ ३. कुनै विषयमा पूरा ज्ञान भएको; खूब जान्ने । ४. सर्वश्रेष्ठ; सर्वोत्कृष्ट; महान् ।
प्रकार— ना॰ [सं॰] १. थरी । २. ढङ्ग; काइदा; किसिम । श्र प्रकारान्तर— ना॰ एक प्रकारको अर्कोबारा स्थानान्तरण; प्रकारको हालसाबिकी; अर्को किसिम । प्रकारार्थी— वि॰ भिन्न–भिन्न किसिमका विजातीय कुरालाई बुझाउने; अनेक विजातीय कुरालाई बुझाउन प्रयोग गरिने किसिम वा प्रकारको अर्थ दिने (शब्द॰ ।
प्रकाश— ना॰ [सं॰] १. बलेको वा उज्यालो पदार्थबाट निस्कने, अन्धकारलाई हटाउने तत्त्व; अन्धकारले गर्दा प्रत्यक्ष हुन नसकेका वस्तु आँखासामुन्ने प्रत्यक्ष गराउने, उज्यालो वस्तुबाट निस्कने तेज; आलोक; ज्योति; उज्यालो । २. घाम; जून । ३. लुकेर बसेको वा गोप्य रहेको कुरा प्रकट हुने क्रिया; निस्कने वा देखिने क्रिया । ४. सबैले देख्ने, सुन्ने गरी गरिएको वा भनिएको नाटक आदिका पात्रको उक्ति वा कार्य । ~ ऊर्जा— ना॰ प्रकाशबाट प्राप्त हुने शक्ति; प्रकाशबाट निस्कने शक्ति । ~ एकाइ— ना॰ प्रकाशको नापका निम्ति निर्धारित गरिएको न्यूनतम पूर्ण खण्ड; प्रकाशको सानो अंश ।
प्रकाशक— वि॰ [सं॰] १. उज्यालो बनाउने; प्रकाश दिने । २. लुकेर बसेको वा गोप्य रहेको कुरालाई प्रकाशमा ल्याउने । ३. पुस्तक, पत्रपत्रिका आदिलाई छपाउने; प्रकाशित गर्ने । ना॰ ४. पुस्तक छाप्ने व्यक्ति वा संस्था । > प्रकाशकीय— वि॰ १. प्रकाशकसम्बन्धी; प्रकाशकको; प्रकाशकमा हुने । ना॰ २. कुनै पुस्तक वा पत्रपत्रिका आदिमा प्रकाशकका तर्फबाट दिइएको वक्तव्य, लेख वा भूमिका; प्रकाशकको मन्तव्य । प्रकाश चित्रण— ना॰ [सं॰] प्रकाशका सहायताले चित्र उतार्ने प्रक्रिया; प्रकाशको सहायता लिएर गरिने चित्रण ।
प्रकाशन— ना॰ [सं॰] १. बाहिर प्रकाशमा नआएको कुनै वस्तु वा कुरालाई प्रकाशमा ल्याउने काम । २. गोपनीयता भङ्ग गर्ने वा कुनै कुराको रहस्य खोल्ने काम । ३. पुस्तक, पत्रपत्रिका आदि प्रकाशित गर्ने काम; छपाउने काम; छपाइ । ४. कुनै व्यक्ति वा संस्थाबारा प्रकाशित गरिएका पुस्तक, पत्रपत्रिका आदि । ५. सर्वसाधारणलाई जानकारी दिने काम; सूचना; विज्ञापन । ~ वर्ष— ना॰ कुनै पुस्तक, पत्रपत्रिका प्रकाशित गरिएको वर्ष; किताब आदि छपाइएको वर्ष । ~ स्वतन्त्रता— ना॰ यो यस्तो कुरा प्रकाशित गर्न वा छाप्न हुँदैन भन्ने बन्देजव्यवस्थाको अधीनमा रही कुनै पनि पुस्तक, पत्रपत्रिका आदि प्रकाशित गर्ने वा छाप्न पाउने अधिकार; प्रकाशनका निम्तिको स्वाधीनता ।
प्रकाशोन्मुख— वि॰ [सं॰] प्रकाशन गर्न लागिएको; प्रकाशनका क्रममा समावेश भएको; छपाउन खोजिएको (पुस्तक, पत्रपत्रिका आदि॰ ।
प्रकाशमान— वि॰ [सं॰] १. चम्किरहेको; प्रकाशले युक्त भएको; प्रकाशवान् । २. चारैतिर नाम फैलिएको; प्रसिद्ध; विख्यात । प्रकाश मापक— ना॰ [सं॰] १. प्रकाशको परिमाण नाप्ने साधन; प्रकाश नाप्ने उपकरण । २. प्रकाश नाप्ने तत्त्व (समय, दूरी इ॰) । प्रकाश वर्ष— ना॰ [सं॰] १. एक सेकेन्डमा तीन लाख किलोमिटर दूरी दगुर्ने प्रकाशले एक वर्षमा पार गर्न सक्ने दूरी; प्रकाशले १६,६४,५६४ वर्षभन्दा करोड गुना धेरै समय लगाएर हिँड्ने दूरी । २. १६,६४,५६४ वर्षभन्दा करोड गुना धेरै लामो समयावधि । प्रकाश स्तम्भ— ना॰ [सं॰] सवारीसाधनको आवागमन तथा बटुवालाई हिँड्न सजिलो होस् भन्ने हेतुले सार्वजनिक स्थलमा गाडिएको, बत्तीसहितको खाँबो; आलोकस्तम्भ (ल्याम्पपोस्ट॰ ।
प्रकाशात्मक— वि॰ [सं॰] प्रकाश भएको; चहकिलो; तेजिलो ।
प्रकाशार्थी— वि॰ [सं॰] १. प्रकाश चाहने; उज्यालो खोज्ने । २. प्रकाशन गराउन चाहने; छपाउन चाहने ।
प्रकाशित— वि॰ [सं॰] १. उज्यालो पारिएको; प्रकाशयुक्त बनाइएको । २. प्रकाशयुक्त; चहकिलो । ३. लुकेर बसेको वा गोप्य रहेको कुरालाई बाहिर प्रकाशमा ल्याइएको; प्रकट गरिएको । ४. छपाएर जनताका सामु ल्याइएको; छपाइएको (पुस्तक–पुस्तिका, पत्र– पत्रिका आदि॰ ।
प्रकाश्य— वि॰ [सं॰] १. प्रकाशित गर्न योग्य; प्रकाशन–योग्य । २. गोप्य नरहेको; उदाङ्गो ।
प्रकीर्ण— वि॰ [सं॰] १. यताउता छरिएको; छिरोलिएको; व्यवस्थित नभएको; सिलसिला नमिलेको । २. यताउतिबाट ल्याएर नमिलाईकन थुपारिएको । > प्रकीर्णक— ना॰ साना–साना वस्तुहरूको सङ्ग्रह; फुटकर वस्तुहरूको सङ्ग्रह । ~ लेख— ना॰ सानातिना आम्दानीखर्चको हिसाब; फुटकर आयव्ययको हिसाब; मुख्य स्याहास्रेस्तामा नचढाइएको वा नटिपिएको फुटकर हिसाब ।
प्रकुपित— वि॰ [सं॰] ज्यादै रिसाएको; अति कुपित; क्रुद्ध ।
प्रकृत— वि॰ [सं॰] १. आरम्भ गरिएको; सुरु गरिएको; थालिएको । २. प्रसङ्गमा आएको; चर्चा भइरहेको; प्रस्तुत । ३. नैसर्गिक; स्वाभाविक । — वाद— ना॰ उन्नाइसौँ शताब्दीको उत्तरार्धपछि युरोपको साहित्यमा चलेको यथार्थवादी आन्दोलनको एक शाखा । — वादी— वि॰ प्रकृतवादको अनुयायी ।
प्रकृतार्थ— ना॰ [सं॰] स्वाभाविक अर्थ; अभिधेय अर्थ; वाच्यार्थ ।
प्रकृति— ना॰ [सं॰] १. व्यक्ति वा वस्तुको मूलभूत विशेषता; व्यक्ति वा वस्तुमा अन्तर्निहित गुण । २. व्यक्ति वा प्राणीको जन्मैदेखि नै लागेको लत, बानी वा स्वभाव । ३. अनेक रूपात्मक जगत्को निर्माण तथा विकास गर्ने र त्यसको मूल रूपमा देखापर्ने शक्ति; साङ्ख्यदर्शनअनुसार जगत्का उत्पत्तिको कारणरूप मूलतत्त्व । ४. ईश्वरीय लीला; दैवी प्रपञ्च; माया । ५. पृथिवी, जल, तेज, वायु र आकाश— यी पञ्च महाभूत । ६. राज्यका स्वामी, अमात्य, सुहृद् आदि सात अङ्ग । ७. कुनै राजाबारा शासित जनता; प्रजा । ८. शरीरको शीत वा उष्ण स्वभाव । (. व्याकरणमा प्रत्ययभन्दा भिन्न, शब्दको मूल रूप (प्रातिपदिक वा धातु॰; मूल शब्दको प्रत्ययभन्दा अगिल्तिर रहने भाग । १०. एक पाउमा एक्काइस अक्षर हुने छन्दजति सबैलाई बुझाउने शब्द; एक पाउमा एक्काइस अक्षर हुने छन्दको कुनै एक भेद । — कोप— ना॰ १. हुरी, झरी आदि प्रकृतिको उग्र रूप; प्राकृतिक विपत्ति । २. कफ, वात, पित्त आदिको प्रकोप । — ज— वि॰ प्रकृतिबाट जन्मेको; प्राकृतिक; नैसर्गिक । ~ प्रदत्त— वि॰ प्रकृतिबाट प्रदान गरिएको; नैसर्गिक रूपमा प्राप्त भएको । ~ भाव— ना॰ १. पहिलेको रूप वा अवस्थामा कुनै विकृति नआउने प्रक्रिया; पहिलेकै अवस्थामा रहने क्रिया । २. वस्तु वा प्राणीको सक्कली वा मौलिक स्वभाव । ~ मण्डल— ना॰ १. राजा, मन्त्री, मित्र, कोष, राष्ट्र, दुर्ग र फौज यी राज्यका प्रमुख सात अङ्ग । २. कुनै राजाबारा शासित रैतीको समुदाय; प्रजावर्ग । — वाद— ना॰ १. मनुष्यका सम्पूर्ण आचरण, कार्य, विचार आदि प्रकृतिबाट नै पैदा भएका र उसका कामना, प्रवृत्ति आदि पनि प्रकृतिमा नै आश्रित हुन्छन् भनी मान्ने एक मत । २. सृष्टि–जगत्को कारण कुनै दैवीतत्त्व या अलौकिक शक्ति नभएर प्रकृति हो र मनुष्यको धर्म, नीति, आचारजस्ता कुरा पनि दैवी शक्ति वा अलौकिक शक्तिका प्रेरणा नभई प्राकृतिक जगत्बाट नै प्राप्त भएका हुन् भन्ने दार्शनिक सिद्धान्त । ३. प्राकृतिक रूपमा वा वास्तविक रूपमा संसारमा भएका वा घटेका घटनाको कुनै किसिमको आदर्शको आरोपविना निर्वैयक्तिक चित्रण गर्ने कुरामा जोड दिने एक साहित्यिक मत; प्रकृतवाद । — वादी— वि॰ १. प्रकृतिवादमा विश्वास गर्ने; प्रकृतिवादको अनुयायी । २. प्रकृतिवादसम्बन्धी । ~ विचरण— ना॰ प्राकृतिक जगत्मा स्वच्छन्द विचरण गर्ने काम । ~ विज्ञान— ना॰ १. प्रकृतिको अध्ययन, विश्लेषण गर्ने विज्ञान, प्राकृतिक विषयहरूको विवेचना गर्ने विज्ञान । २. सामाजिक विज्ञानका विपरीत प्राकृतिक (विशुद्ध॰ विज्ञान । ~
शास्त्र— ना॰ प्रकृति–विज्ञान । — सिद्ध— वि॰ प्रकृतिबाट नै सिद्ध भएको; कुनै प्रयासविना आफैँ भएको; सहज; स्वाभाविक; नैसर्गिक । — स्थ— वि॰ प्रकृतिमा स्थित; प्रकृतिभित्रै पाइने; प्राकृतिक; स्वाभाविक; नैसर्गिक । । > प्रकृत्या— क्रि॰ वि॰ स्वभावैले; स्वाभाविक रूपले; स्वभाववश ।
प्रकृष्ट— वि॰ [सं॰] १. उत्कृष्ट । २. बलपूर्वक तानिएको; घिसारेर हटाइएको । — ता— ना॰ १. उत्कृष्टता । २. तन्क्याइलोपना ।
प्रकोप— ना॰ [सं॰] १. कुनै महामारी, रोग आदिको प्रबलता । २. शरीरमा पैदा हुने पित्त आदिको विकार; प्रकृतिमा आउने विकार । ३. क्रोधको प्रबलता; चर्को रिस । > प्रकोपन— ना॰ १. अर्कालाई कुपित बनाउने क्रिया; क्रुद्ध बनाउने काम । २. रिसाउने क्रिया ।
प्रकोपित— वि॰ रिसाएको; कुपित; क्रुद्ध ।
प्रकोष्ठ— ना॰ [सं॰] १. कुहिनोदेखि हर्थुङ्गासम्मको हातको भाग । २. ठूलो कोठाको नजिकको भाग । ३. भित्रीकोठा; क्याबिन । >
प्रकोष्ठक— ना॰ दरबारमा ढोकेहरू बस्ने ठाउँ; नोकरको कोठो ।
प्रक्रम— ना॰ [सं॰] १. उपक्रम । २. सिलसिला । ३. मौका । ~ भङ्ग— ना॰ १. कुनै काम गर्दा सिलसिला नमिलाईकन गर्ने क्रिया; थालेको कामलाई अगाडिपछाडि पारेर गर्ने क्रिया । २. साहित्यशास्त्रमा क्रम नमिलेमा हुने दोष । वि॰ ३. सिलसिला नमिलेको; लथालिङ्ग भएको ।
प्रक्रिया— ना॰ [सं॰] १. कुनै वस्तु बन्ने, बनाउने, तयार हुने तथा तयार पार्ने व्यवस्थित क्रिया; क्रमबद्ध शृङ्खला वा प्रणाली; विधि; पद्धति; तरिका । २. सिलसिला ।
प्रक्षालन— ना॰ [सं॰] १. हात, गोडा, लुगा, घर, कोठा आदि धुने क्रिया; पखाल्ने वा सफा पार्ने काम; पखालाइ; धुवाइ । २. नुहाउने क्रिया; स्नान; नुहाइ । > प्रक्षालनाधार— ना॰ धारोसमेत जडिएको, भित्र पानी भएको हात धुने भाँडो ।
प्रक्षालित— वि॰ [सं॰] १. धोइएको । २. नुहाइएको; नुहाएको ।
प्रक्षिप्त— वि॰ [सं॰] १. कुनै मूल रचनामा पछिबाट थपिएको वा घुसाइएको (अंश) । २. ६याँकिएको; हुत्त्याइएको ।
प्रक्षेप— ना॰ [सं॰] १. कुनै मूल रचनामा पछिबाट केही थप्ने, जोड्ने, घुसाउने क्रिया । २. थपिएको, जोडिएको वा घुसाइएको अंश । ३. ६याँक्ने वा हुत्त्याउने क्रियाप्रक्रिया । > प्रक्षेपक— वि॰ कुनै मूल रचनामा पछिबाट केही थप्ने; घुसाउने (व्यक्ति॰; प्रक्षेप्ता । प्रक्षेपण— ना॰ १. अन्तरिक्षयान, भूउपग्रह आदिलाई अन्तरिक्षमा पठाउने कार्य; प्रक्षेप । २. फाल्ने, हाल्ने, माथिबाट मिलाउने, मूल्य आदि निर्धारण गर्ने काम । प्रक्षेपास्त्र— ना॰ विनाशक आणविक हातहतियार राखेर टाढा–टाढासम्म ताकेको ठाउँमा प्रहार गर्ने अस्त्र; दूरभेदी अस्त्र; क्षेप्यास्त्र । प्रक्षेप्यास्त्र— ना॰ १. प्रक्षेपास्त्र; घुयेँत्रो हतियार । २. घुयेँत्रो ।
प्रखण्ड— ना॰ [सं॰] १. कुनै कुराको सानो भाग; उपखण्डभन्दा पनि सानो खण्ड । २. कोठाभित्रको कोठो; भित्री कोठो ।
प्रखर— वि॰ [सं॰] १. ज्यादै तेजिलो; कडा; उग्र; प्रचण्ड । २. अतिशय कडा स्वभावको; ज्यादै खरो । ३. तीव्र गति वा वेग हुने; दु्रतगतिको (बुद्धि, प्रवाह आदि) । — ता— ना॰ प्रखर हुनाको भाव गुण वा अवस्था; अतिशय तीव्रता; प्रचण्डता; उग्रता ।
प्रख्यात— वि॰ [सं॰] नाउँ चलेको; कीर्ति फैलिएको; प्रसिद्ध । >
प्रख्याति— ना॰ प्रसिद्धि ।
प्रख्यापन— ना॰ [सं॰] १. ख्याति बढाउने कुनै उपाय (लेख, गतिविधि, निर्माण, कलाकृति आदि॰; ख्यातिको विज्ञापन । २. जनाउ दिने कार्य ।
प्रख्यापित— वि॰ [सं॰] १. सर्वसाधारण जनतालाई जनाउ दिइएको वा बोध गराइएको; सर्वसाधारणले थाहा पाउने गरी घोषणा गरिएको वा जारी गरिएको (सरकारी इस्तिहार, अध्यादेश, आज्ञप्ति, विज्ञप्ति, राज्यादेश आदि) । २. प्रसिद्ध तुल्याइएको; प्रख्यात ।
प्रगत— वि॰ [सं॰] १. अघिल्तिर गएको । २. अघिल्लो वर्णको प्रभावमा परेर पछिल्लो वर्ण पनि अघिल्लो वर्णजस्तै बन्ने (एक प्रकारको समीभवन, जस्तै— सं॰ पक्व > प्रा॰ पक्क आदि॰ ।
प्रगति— ना॰ [सं॰] राम्रोसित अगाडि बढ्ने क्रिया; माथि उक्लने क्रिया; राम्रोसित अगाडि बढ्नाको भाव, क्रिया वा प्रक्रिया; उन्नति; विकास; उत्थान । ~ मूलक— वि॰ १. प्रगतिलाई देखाउने (विवरण आदि) । २. प्रगतिका उद्देश्यले गरिने । ~ रोधक— वि॰ कुनै कामकुरामा भइरहेको प्रगतिमा बाधा वा अवरोध पैदा गर्ने; प्रतिक्रियावादी; प्रगतिविरोधी । — वाद— ना॰ साहित्यलाई समाजको उपज मान्दै सामाजिक यथार्थको अभिव्यक्तिमा जोड दिने, वैयक्तिक आनन्दलाई भन्दा समाजको भौतिक विकासलाई बढी महत्त्व दिने, मार्क्सवादबाट प्रभावित साहित्य–सिद्धान्त; यथार्थवादको प्रकृतवादी शाखादेखि भिन्न अर्को समानान्तर शाखा । — वादी— वि॰ प्रगतिवादमा विश्वास गर्ने; प्रगतिवादको अनुयायी । — शील— वि॰ १. समाजको उत्तरोत्तर विकासमा विश्वास गर्ने । २. मार्क्सवादी सिद्धान्तअनुसार सामाजिक प्रगतिमा विश्वास गर्ने । — शीलता— ना॰ प्रगतिशील हुने गुण, स्वभाव वा प्रक्रिया ।
प्रगन्ना— ना॰ [फा॰ पर्गने १. जिल्लाअन्तर्गत धेरै मौजा मिलाई बनाइएको एउटा भूभाग; धेरै गाउँ भएको भूभाग । २. नयाँ भूमिव्यवस्था लागू हुनुभन्दा पूर्व तराईमा जिल्लाभन्दा सानो र मौजाभन्दा ठूलो प्रशासनिक भूखण्ड; पहाडका थुम, गर्खा आदिसँग तुलनीय तराइली भूखण्ड ।
प्रगल्भ— वि॰ [सं॰] १. मौकाअनुसार काम–कुरा गर्न सक्ने बुद्धि भएको; जानेको–सुनेको; प्रत्युत्पन्नमति । २. मौकाअनुसार काम– कुरा गर्न पछि नहट्ने; कसैको डरधम्कीमा नपरी मनमा लागेका कुरा निर्धक्क भएर भन्न सक्ने; निडर भएर बोल्न सक्ने; बोलक्कड । ना॰ ३. गुड्डीहँकाइ; फुर्तीफार्ती; धमास । ४. अवसरवाद । ५. चङ्ख्याइँ । — ता— ना॰ प्रगल्भ । > प्रगल्भा— ना॰ १. प्रगल्भ स्वभावकी नारी । २. नायकसँग नधकाउने प्रौढा नायिका; साहित्यका अनुसार नायिकाको एक भेद । प्रगल्भित— वि॰ १. मौकाअनुसार गरिएको । २. धक नराखी बोलिएको । ३. अवसरवादी वा बोलक्कडमा परिणत । ४. चङ्खे ।
प्रगाढ— वि॰ [सं॰] १. ज्यादै गहिरो; गहन; गम्भीर । २. अतिशय धेरै; निकै । ३. कसिएको; मसक्क पारिएको (आलिङ्गन॰ ।
प्रगीत— ना॰ [सं॰] मूलतः भावनानुकूल लयमा निजी अनुभूतिको अभिव्यक्ति रहने तथा गीतकारको विशिष्ट व्यक्तित्व प्रकट हुने गीत । २. गीत; गाना । ~ काव्य— ना॰ कविको आत्मानुभूतिले पूर्ण, सङ्गीतात्मक वा गेयात्मक तत्त्वले युक्त, उक्त प्रकारको काव्य; गेय काव्य ।
प्रगुण— ना॰ [सं॰] १. राम्रो गुण भएको; गुणवान्; गुणी । २. राम्रो र लाभदायक । ३. होसियार; चतुर । ना॰ ४. परिश्रम तथा प्रयत्नपूर्वक आर्जिने कुनै गुण वा विशिष्टता; निपुणता; दक्षता । ~ अर्गल— ना॰ नियमानुसार कुनै सरकारी वा अर्धसरकारी सेवामा रहेका कर्मचारीहरूको वेतनवृद्धि आदि पराकाष्ठामा पुग्ने प्रणाली; दक्षता–अर्गल (एफिसियन्सी–बार) । — ता— ना॰ राम्रो गुण हुने स्थिति, अवस्था वा क्षमता ।
प्रघटक— ना॰ [सं॰] १. निया वा सिद्धान्त । २.आदेश । ३. घटक ।
प्रघट्टक— ना॰ [सं॰] १. अनुच्छेद । २. प्रघटक ।
प्रघर्षण— ना॰ [सं॰] १. विशेष प्रकारको घर्षण । २. रगेडाइ; घोटाइ । ३. घँगारुको बोट । > प्रघर्षित— वि॰ घर्षण भएको; घोटिएको ।
प्रचण्ड— वि॰ [सं॰] १. ज्यादै चर्को स्वभावको; ज्यादै मापाको; ज्यादै खरो । २. कसैदेखि नदब्ने; नडराउने; साहसी; आँटिलो । ३. सहन मुस्किल पर्ने; असत्य; दुःसह ।
प्रचलन— ना॰ [सं॰] १. चलाइ; गति; हिँडाइ । २. चालचलन; चलन ।
प्रचलित— वि॰ [सं॰] प्रचलनमा रहेको वा आएको; चलनचल्तीको (नाप, तौल, नियम, मान्यता इ॰) । ~ नेपाल कानुन— ना॰ नेपाल अधिराज्यमा हाल चलनचल्तीमा रहेको ऐनकानुन ।
प्रचार— ना॰ [सं॰] १. कुनै वस्तु वा कुरालाई कुनै उपायले निरन्तर वा व्यापक रूपमा फैलाउने क्रिया; कुनै कुरालाई बराबर उपयोग वा व्यवहारमा ल्याउने काम । २. कुनै विचार, सिद्धान्त वा उल्लेखनीय समाचार आदिबारे विज्ञापन, पोस्टर, लेख आदिका माध्यमले सर्वसाधारणलाई जानकारी दिन गरिने कार्य । ३. उपर्युक्त आधारमा लोकप्रिय बनाउनका निम्ति प्रचारित गरिने कुनै पनि कुरो । ४. प्रसिद्धि । > प्रचारक— वि॰ प्रचार गर्ने; फैलाउने ।
प्रचारण— ना॰ कुनै वस्तु वा कुराको प्रचार गर्ने क्रिया वा भाव ।
प्रचारणीय— वि॰ प्रचार गर्नुपर्ने; प्रचार गर्न लायक । प्रचारिणी— वि॰ कुनै कुरा वा भाषा, संस्कृति आदिको प्रचार गर्ने (सभा आदि॰ । प्रचारित— वि॰ प्रचार गरिएको; कुनै उपायले सर्वसाधारणको जानकारीमा ल्याइएको । प्रचारी— वि॰ प्रचारक ।
प्रचालक— वि॰ [सं॰] १. प्रचलनमा ल्याउने (व्यक्ति) । २. चलाउने; चालित गर्ने । ना॰ ३. चालक (ड्राइभर, बैलवान, सारथि आदि॰ ।
प्रचुर— वि॰ [सं॰] प्रशस्त; पर्याप्त; पौल; मनग्य; थुप्रो; औलदौल । — ता— ना॰ प्रचुर हुनाको भाव; पर्याप्तता; पौल ।
प्रचेष्टा— ना॰ [सं॰] कुनै कामकुराका लागि गरिने विशेष किसिमको चेष्टा; विशेष प्रयास ।
प्रच्छन्न— वि॰ [सं॰] १. बाहिर प्रकाशमा नआएको; छोपिएको (जस्तो—प्रच्छन्न शरीर॰ । २. नदेखिने; लुकेको (जस्तो— प्रच्छन्न धन॰ ।
प्रच्छादक— वि॰ [सं॰] १. ढाक्ने वा छोप्ने । २. छिपाउने; लुकाउने ।
प्रच्छादन— ना॰ [सं॰] १. कुनै वस्तु वा कुरालाई ढाक्ने काम; छोप्ने कार्य । २. प्रच्छद ।
प्रच्छादित— वि॰ [सं॰] छोपिएको; ढाकिएको ।
प्रजन— ना॰ [सं॰] १. प्रजनन । वि॰ २. जन्म दिने; जन्मदाता ।
प्रजनन— ना॰ [सं॰] १. सन्तान पैदा गर्ने क्रिया; बच्चा जन्माउने काम । २. गर्भबाट उत्पन्न हुने क्रिया; जन्म; उत्पत्ति । — क्रिया— गर्भाधानका निम्ति पोथी पशुसित भाले लाउने काम । — शील— ना॰ प्रजनन वा पैदा हुने; उत्पादनशील ।
प्रजनयिता— ना॰ [सं॰] जन्म दिने व्यक्ति; पिता ।
प्रजनिका— ना॰ [सं॰] जन्म दिने नारी; आमा ।
प्रजल्प— ना॰ [सं॰] काम नलाग्ने कुरा; अनावश्यक गफ ।
प्रजा— ना॰ [सं॰] १. राजाबारा शासित देशका जनता; राजतन्त्रात्मक देशका जनता; रैती । २. कुनै राज्य वा राष्ट्रमा रहेको जनसमूह । ३. सन्तान; सन्तति । ४. चेपाब । — तन्तु— ना॰ १. सन्तानको अविच्छिन्न परम्परा; सन्तानको लहरो । २. अविच्छिन्न वंशपरम्परा ।
प्रजातन्त्र— ना॰ [सं॰] १. प्रजा वा जनताबारा निर्वाचित, जनप्रतिनिधिबारा चलाइने शासनव्यवस्था; जनप्रतिनिधिका हातमा शासनसत्ता भएको राज्यव्यवस्था । २. जनताबारा जनताका लागि जनताकै रायसल्लाहबाट चलाइने शासन । ~ दिवस— ना॰ नेपालमा २०)७ सालमा प्रजातन्त्र आएको उपलक्ष्यमा बर्सेनि फागुन ७ गते मनाइने राष्ट्रिय उत्सव । — वाद— ना॰ प्रजातन्त्रलाई महत्त्व दिने सिद्धान्त; प्रजातन्त्रका सिद्धान्त । — वादी— वि॰ प्रजातन्त्रवादमा विश्वास राख्ने; प्रजातन्त्रको अनुयायी । ~ श्रीपद— ना॰ राजा त्रिभुवनका नाममा स्थापित छ श्रेणीमा विभक्त एक तक्मा । > प्रजातन्त्रात्मक— वि॰ प्रजा वा प्रजाबारा निर्वाचित प्रतिनिधिको शासन भएको; प्रजासत्तात्मक (राज्यव्यवस्था॰ ।
प्रजातन्त्री— वि॰ हे॰ प्रजातान्त्रिक । प्रजातन्त्रीकरण— ना॰ प्रजाबारा निर्वाचित प्रतिनिधिलाई शासनसत्ता सुम्पने कार्य; प्रजातन्त्र विकसित तुल्याउने क्रिया ।
प्रजातान्त्रिक— वि॰ [सं॰] प्रजातन्त्रको; प्रजातन्त्रसम्बन्धी । ~
समाजवाद— ना॰ प्रजातान्त्रिक पद्धतिबारा निश्चित सीमा निर्धारित गरी कृषि, उद्योग र व्यापारमा होडबाजी गराएर क्रमशः सामाजिक परिवर्तन गर्दै समाजवादको स्थापना गर्ने कुरामा विश्वास राख्ने राजनीतिक सिद्धान्त; निम्न पुँजीवादी वा असाम्यवादी समाजवाद । ~ समाजवादी— वि॰ प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने; प्रजातान्त्रिक समाजवादको अनुयायी ।
प्रजाति— ना॰ [सं॰] १. एउटै मूल जातिभित्रका सानासाना जाति; एउटै जातिभित्रको अर्को जाति । २. प्राणी, वनस्पति आदिका प्रमुख जातिको कुनै शाखा । ~ सुजनन— ना॰ १. असल सन्तति जन्माउने क्रिया । २. असल प्रजाति पैदा गर्ने क्रिया । ~ संहार— ना॰ १. एउटै जातिअन्तर्गतका प्रजातिहरूमा परस्परमा आत्मश्रेष्ठताका भावनाले गर्दा उत्पन्न हुने जातीय भेदभाव । २. भिन्नभिन्न प्रजातिहरूका बीच व्यावहारिक प्रतिस्पर्धा पर्न गई एक प्रजातिबारा कुनै अर्काको संहार ।
प्रजातीय— वि॰ [सं॰] प्रजातिको; प्रजातिसम्बन्धी । ~ गुण— ना॰ प्रजातिमा हुने गुण । — ता— ना॰ प्रजातीय हुनाको भाव, अवस्था वा लक्षण ।
प्रजापति— ना॰ [सं॰] १. प्रजाको मालिक; राजा । २. प्राजापत्यको मालिक; कविलाको नेता । ३. ब्रह्मा वा ब्रह्मर्षि ।
प्रजापालक— वि॰ [सं॰] १. प्रजालाई पालन गर्ने । ना॰ २. राजा । ३. प्रजापति ।
प्रजावती— ना॰ [सं॰] १. छोराछोरी भएकी स्त्री; सन्तान भएकी स्त्री । २. गर्भधारण गरेकी स्त्री; गर्भिणी ।
प्रजासत्ता— ना॰ [सं॰] प्रजातन्त्र; जनतन्त्र; गणतन्त्र । >
प्रजासत्तात्मक— वि॰ प्रजातान्त्रिक; जनतान्त्रिक; गणतान्त्रिक ।
प्रज्ञ— वि॰ [सं॰] १. चतुर तथा बुद्धिमान्; जान्नेबुझ्ने । २. विबान्; पण्डित । — ता— ना॰ १. प्रज्ञ हुनाको भाव वा अवस्था; राम्रो ज्ञान । २. विबत्ता; पाण्डित्य ।
प्रज्ञप्ति— ना॰ [सं॰] १. जनाउने वा सूचित गर्ने काम । २. विज्ञप्ति; सूचना ।
प्रज्ञा— ना॰ [सं॰] १. नयाँ–नयाँ कुरा सोच्न सक्ने वा कल्पना गर्न सक्ने मानसिक शक्ति; गहिरो कुरा सोच्न सक्ने बुद्धि; विवेक । २. विशिष्ट ज्ञान । ~ केन्द्र— ना॰ प्राज्ञिक परिषद्को सचिवालयका रूपमा काम गर्ने विश्वविद्यालयीय एक निकाय; विश्वविद्यालयमा पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षणपद्धतिको निर्माणजस्ता प्राज्ञिक कार्य गर्ने प्रशासनिक सङ्गठन । — चक्षु— ना॰ १. मानसिक दृष्टि प्रबल भएको व्यक्ति; प्रज्ञा नै आँखा भएको व्यक्ति; ज्ञानचक्षु । २. ठूलो विबान्; मेधावी । ३. अन्धो । ४. चर्मचक्षुका विपरीत अन्तरचक्षु; ज्ञानचक्षु । > प्रज्ञात— वि॰ विशेष रूपमा ज्ञात भएको वा जानिएको ।
प्रज्ञापक— वि॰ [सं॰] १. प्रज्ञापन गर्ने । २. सूचित गर्ने; विज्ञापक ।
प्रज्ञापन— ना॰ [सं॰] कुनै घटना, विषय वा कुराको जनाउ दिने काम; सूचना; विज्ञापन । — पत्र— ना॰ १. विवरणसहित र अधिकारपूर्वक कुनै कुराको जनाउ दिने पत्र । २. व्यवसायी, व्यापारीहरूले विदेशबाट मालसामान झिकाउनका लागि चाहिनेजति खर्चको विवरण खुलाई सम्बन्धित सरकारी अड्डामा दिने औपचारिक पत्र । ३. व्यापारीहरूले विदेशबाट झिकाएको मालसामानको विवरण लेखी भन्सारमहसुल तिर्न दिइने औपचारिक पत्र ।
प्रज्ञापारमिता— ना॰ [सं॰] १. बौद्धधर्ममा सर्वज्ञता वा ज्ञानको पूर्णताका लागि प्रयुक्त हुने शब्द । २. ज्ञानको अवस्थालाई पार गर्ने स्थिति; सबै कुरा जान्ने–बुझ्ने स्थिति; सर्वज्ञता; ज्ञानपूर्णता । ३. एक प्रसिद्ध बौद्ध ग्रन्थको नाम ।
प्रज्ञाप्रतिष्ठान— ना॰ [सं॰] १. हे॰ नेपाल प्रज्ञा–प्रतिष्ठान । २. विबान्हरूको सभा; विबत्–परिषद् ।
प्रज्ञावान्— वि॰ [सं॰] नयाँ–नयाँ कुरा सोच्ने वा कल्पना गर्ने बुद्धि भएको; प्रज्ञा भएको (व्यक्ति॰ ।
प्रज्ञावृद्ध— वि॰ [सं॰] उमेर धेरै नभएको भए तापनि परिपक्व बुद्धि भएको; बुद्धिले छिप्पिएको; बुद्धिमा जेठो; बुद्धिले जेठो ।
प्रज्ञाहीन— वि॰ [सं॰] बुद्धिहीन ।
प्रज्वलन— ना॰ [सं॰] राम्रोसित बल्ने क्रिया; राम्रो बलाइ । —
शील— वि॰ आगाको सानो झिल्का पर्दा पनि बलिहाल्ने (पेट्रोल, बारुद इ॰) ।
प्रज्वलित— वि॰ [सं॰] एकदम बलेको; दन्केको ।
प्रण— ना॰ [सं॰] १. दृढ निश्चय; प्रतिज्ञा । २. अठोट; सङ्कल्प ।
प्रणत— वि॰ [सं॰] १. निहुरेको; नुहेको; विनीत । २. प्रणाम गर्न झुकेको; ढोग्न निहुरेको । ३. विनयशील; विनम्र । ४. शरणागत; आश्रित । — पाल/पालक— ना॰ १. आ६नो शरणमा आउने प्राणीको रक्षा गर्ने पुरुष; दीन–दुःखीहरूको रक्षा गर्ने व्यक्ति । २. ईश्वर । > प्रणति— ना॰ १. मान्यजनहरूका अगाडि झुक्ने, नुहुने र निहुरने क्रिया । २. नमस्कार; प्रणाम । ३. विनयशीलता; नम्रता । ४. निवेदन; प्रार्थना ।
प्रणम्य— वि॰ [सं॰] प्रणाम गर्नुपर्ने; नमस्कार गर्न योग्य; ढोग्नुपर्ने; नमस्कार्य ।
प्रणय— ना॰ [सं॰] १. मायालु शब्दमा गरिएको बिन्तीभाउ; प्रेमपूर्वक गरिएको प्रार्थना; प्रीतिपूर्वकको निवेदन । २. प्रेम; प्रीति; माया । ~ कलह— ना॰ १. प्रेमका कुरालाई लिएर नायक र नायिकाका बीचमा हुने झगडा; नायक र नायिकाबीचको प्रेमविषयक विवाद । २. भित्र एकअर्कामा प्रेम हुँदाहुँदै पनि बाहिरबाट गरिने झगडा । ~ कोप— ना॰ प्रेमका कुरालाई लिएर नायक र नायिकाका बीचमा देखा पर्ने बनावटी रिस; बाहिरी रिस ।
प्रणयन— वि॰ [सं॰] १. कुनै कुराको रचना; निर्माण । २. कुनै कुरा लैजाने क्रिया । ३. साहित्यिक ग्रन्थ, काव्य, लेख आदिको प्रस्तुति वा लेखन । प्रणय पुतली— ना॰ [सं॰ प्रणय+पुतली] १. प्रेमले गर्दा पुतलीजस्तै व्यवहार गरिएकी नारी; प्रेमकी पुतली । २. प्रेमिका; मायालु । प्रणय भङ्ग— ना॰ [सं॰] १. नायक र नायिकाको प्रेमको टुटाइ; प्रीतिभङ्ग । २. विश्वासघात । प्रणय भिक्षा— ना॰ [सं॰] नायक वा नायिकामध्ये कुनै एकले अर्कासँग प्रेम गर्न गरेको अनुरोध । प्रणय सुख— ना॰ [सं॰] प्रेमी र प्रेमिकाबीचको प्रेमको सुख; प्रेमबाट पाइने सुख; प्रणयानन्द ।
प्रणयिता— ना॰ [सं॰] १. बिहे गरेर लाने पति; प्रेमी; प्रणयी । २. प्रणय ।
प्रणयिनी— वि॰/ना॰ [सं॰] १. कसैलाई प्रेम गर्ने (स्त्री॰; प्रेमिका; कान्ता; प्यारी । २. प्रेमको चाहना गर्ने (स्त्री॰; प्रेमका लागि निवेदन गर्ने (स्त्री॰ ।
प्रणयी— वि॰ [सं॰] १. प्रेम गर्ने; प्रेमी; अनुरागी । २. प्रेमको चाहना गर्ने; प्रेमाकाङ्क्षी । ३. प्रणययुक्त; प्रणयशील । ना॰ ४. प्रेम गर्ने व्यक्ति; प्रेमी । ५. लोग्ने; पति ।
प्रणव— ना॰ [सं॰] १. ॐकार; ओंध्वनि । २. परमेश्वर ।
प्रणाम— ना॰ [सं॰] निहुरेर वा झुकेर नमस्कार गर्ने क्रिया; नमस्ते गर्ने काम; नमस्कार । > प्रणामाञ्जलि— ना॰ प्रणाम गर्नका निम्ति दुई हातका पन्जा जोडेर गरिने प्रणाम; करबद्ध प्रणाम ।
प्रणामी— ना॰ १. मूर्तिपूजामा विश्वास गर्ने एक प्रकारको कृष्णभक्तिसम्प्रदाय । वि॰ २. प्रणाम गर्ने ।
प्रणाली— ना॰ [सं॰] १. ठूलठूला दुई जलमार्गलाई जोड्ने सानो जलस्रोत । २.कुनै काम गर्ने विधि; पद्धति; रीति; तरिका । ३. परम्परा; प्रथा ।
प्रणीत— वि॰ [सं॰] बनाइएको वा रचिएको; रचित; निर्मित ।
प्रणेता— ना॰ [सं॰] १. पुस्तक लेख्ने व्यक्ति; ग्रन्थको रचना गर्ने व्यक्ति; लेखक; रचयिता । २. कुनै वस्तु वा कुरा बनाउने व्यक्ति; निर्माता । ३. कुनै सिद्धान्त वा मतको प्रवर्तक; आविष्कारक ।
प्रताडक— वि॰ [सं॰] १. ताडना दिने वा ठटाउने; पिट्ने (व्यक्ति॰ । ना॰ २. ताडना दिने व्यक्ति; पिट्ने व्यक्ति । ३. कष्ट वा पीडा दिने व्यक्ति, वस्तु वा घटना ।
प्रताडन/प्रताडना— ना॰ [सं॰] १. पिटाइ; ताडना । २. कष्ट; पीडा ।
प्रताडित— वि॰ १. पिटिएको; चुटिएको । २.गोता पाएको ।
प्रतान— ना॰ [सं॰] कुनै लहरा आदिमा निस्कने नङ्ग्रा ।
प्रताप— ना॰ [सं॰] १. आ६ना विरोधी वा शत्रुलाई त्रस्त बनाउन सक्ने शक्ति; विरोधी वा शत्रुलाई दबाउन सक्ने वीरता । २. राजा वा शक्तिशाली व्यक्तिको प्रभुत्व वा सामर्थ्यबाट उत्पन्न तेज । ३. पुरुषार्थ; पौरख; वीरता । ~ मल्ल— ना॰ विक्रमको सत्रौँ शताब्दीमा काठमाडौँमा शासन गर्ने विद्या र कलाप्रेमी एक प्रसिद्ध कवि राजा । (काठमाडौँको प्रसिद्ध रानीपोखरी यिनैले बनाएका हुन्) । — वान्— वि॰ प्रतापी । — सिंह शाह— ना॰ वि॰ सं॰ १८०८–मा जन्मी वि॰ सं॰ १८३१–मा राजगद्दीमा बस्ने र वि॰ सं॰ १८३४—मा दिवङ्गत हुने नेपालका शाहवंशीय दोस्रा राजा । > प्रतापी— वि॰ प्रशस्त शक्ति र सामर्थ्य भएको; ठूलो प्रताप भएको; प्रतापवान् ।
प्रतारक— ना॰ [सं॰] ठग्ने व्यक्ति; ठग ।
प्रतारण/प्रतारणा— ना॰ [सं॰] १. ठग्ने काम; छलछाम; धोका । २. ठगी; वञ्चन ।
प्रतारित— वि॰ [सं॰] १. ठगिएको; वञ्चित । २. छलेको; धोका दिइएको ।
प्रति— ना॰ यो॰ [सं॰] १. तिर; तर्फ; पट्टि । २. माथि; उपर । ३. बारे; विषयमा; सम्बन्धमा; निमित्त । ना॰ ४. कुनै पुस्तक, पत्रपत्रिका आदिको सङ्ख्या; कुनै जिन्सीको एकाइ; गोटा; थान; अदत । उप॰ ५. शब्द वा धातुको अगिल्तिर जोडिएर केही नयाँ अर्थ बुझाउने उपसर्ग (जस्तै— प्रतिनिधि, प्रतिष्ठान, प्रतिक्रिया इ॰) । — उत्तर— ना॰ १. वादीले दिएको उजुरीमा प्रतिवादीले दिने उत्तरको बेहोरा लेखिएको कागत; प्रतिवादीपत्र । २. आ६नो नाउँमा परेको फिरादपत्रबमोजिमको दावी कसुरबाट फुर्सद पाउनका निम्ति अदालतमा दिइने जवाफी कागज । —
कथन— ना॰ कसैको भनाइउपरको जवाफी भनाइ; कसैले कुनै कुरा भनेकोमा जवाफमा भनिने कुरा । — कर्ता— ना॰ १. बदला लिने व्यक्ति; साटो फेर्ने व्यक्ति । वि॰ २. साटो फेर्ने; बदला लिने ।
प्रतिकार— ना॰ [सं॰] १. अरूले गरेको अपकारका बदलामा गरिने अपकार; कसैले गरेको हानि, नोक्सानी वा अहितका बदलामा गरिने कार्य; साटो फेर्ने काम; बदला लिने काम । २. कसैको जग्गाजमिन, सम्पत्ति आदिमा कब्जा गरेपछि बदलामा क्षतिपूर्तिका निम्ति दिइने रकम । > प्रतिकारात्मक— वि॰ १. प्रतिकारका लागि गरिने । २. रोगको प्रभावलाई कम गर्ने वा रोगको रोकथाम गर्ने (औषधी) । ३. त्यस्तो रोकथामका लागि उपायसाथ गरिने (सेवा) । ४. कुनै अपकारको बदलास्वरूप साटो फेर्न उठाइने (कदम, पाइलो आदि॰ । प्रतिकार्य— वि॰ १. साटो फेर्नुमाफिकको । २. तिर्नुमाफिकको । ना॰ ३. ऋण; कर्जा । ४. दुर्व्यवहार ।
प्रतिकूल— वि॰ [सं॰] १. आफूले सोचेको वा चाहेको भन्दा उल्टो; अनुकूल नभएको; नमिल्दो; अहित गर्ने; विपरीत; विरुद्ध । २. आ६नो पक्षमा नभएको; प्रतिपक्षी; विरोधी । ३. कुनै कुराको पनि उल्टो; बिब्ल्याँटो; बिपिउँ । — ता— ना॰ प्रतिकूल हुनाको भाव वा अवस्था; प्रतिकूल वा विरुद्ध हुने स्थिति; अभेक । — त्व— ना॰ प्रतिकूलता ।
प्रतिकृति— ना॰ [सं॰] १. कसैको स्वरूप जस्तो छ त्यस्तै पारी बनाइएको प्रतिमा; कसैको अनुहारको वा आकृतिको अनुकरण गरेर बनाइएको मूर्ति; प्रतिमूर्ति । २. प्रतिबिम्ब । ३. प्रतिकार; प्रतिकार्य ।
प्रतिक्रान्ति— ना॰ [सं॰] कुनै क्रान्तिको विरोधमा गरिने क्रान्तिको उल्टो क्रान्ति; प्रतिक्रियावादीहरूबारा शासनसत्ता हत्याउन गरिने क्रान्ति । — कारी— वि॰ प्रतिक्रान्ति गर्ने वा प्रतिक्रान्तिमा लाग्ने; प्रतिक्रान्तिको सहभागी । — वाद— ना॰ प्रतिक्रान्तिको समर्थक सिद्धान्त । — वादी— वि॰ प्रतिक्रान्तिवादको अनुयायी ।
प्रतिक्रिया— ना॰ [सं॰] १. कुनै घटना वा क्रिया हुँदा त्यसको फलस्वरूप हुने क्रिया वा भावना । २. कुनै घटना वा कार्य हुँदा हुने मनको स्थिति वा मनमा पर्ने प्रभाव । ३. प्रतिकूल स्थितिमा वा विपरीत अवस्थामा हुने कार्य; विरोध । ४. मनको विरोधी स्थिति । ५. परिणाम । ६. बन्बात्मक–भौतिकवादी दर्शनका अनुसार विवाद उत्पन्न भइसकेपछि वादका तर्फबाट र संवाद उत्पन्न भइसकेपछि विवादका तर्फबाट हुन जाने भौतिक, सामाजिक वा आर्थिक प्रक्रिया । > प्रतिक्रियात्मक— वि॰ १. प्रतिक्रियाका रूपमा भएको वा गरिएको; प्रतिक्रियाको फलस्वरूप भएको वा गरिएको; प्रतिक्रियाबाट पैदा भएको । २. कसैका सहायताको प्रतिक्रियास्वरूप गरिने (सहयोग) । — वाद— ना॰ उन्नति, सुधार आदिका विरुद्ध वा विपरीत आचरण गर्ने सिद्धान्त; नयाँ परिवर्तन, वैज्ञानिक तथा प्रगतिशील विचारधारा आदिको विरोध र शोषणजन्य सामाजिक व्यवस्थाको समर्थन गर्ने, प्रगतिवादको विरोधी सिद्धान्त । — वादी— वि॰ प्रतिक्रियावादमा विश्वास गर्ने; प्रतिक्रियावादको समर्थक वा अनुयायी ।
प्रतिक्षण— क्रि॰वि॰ [सं॰] एकएक क्षणमा; हरेक क्षणमा; छिनछिनमा; हमेसा; निरन्तर ।
प्रतिक्षेपक— ना॰ [सं॰] चलचित्र आदि छायाङ्कन गर्दा दृश्य वा पात्रविशेषमा प्रकाश दिने उपकरण (रि६लेक्टर॰ ।
प्रतिगमन— ना॰ [सं॰] पछिल्तिर फर्कने काम; फर्काइ; फिर्तो; प्रत्यागमन ।
प्रतिगर्जन/प्रतिगर्जना— ना॰ [सं॰] आ६ना विरुद्ध गर्जनेलाई प्रत्युत्तरका रूपमा सुनाइने गर्जाइ ।
प्रतिगामी— वि॰ [सं॰] १. उल्टो दिशातिर हिँड्ने; अगाडि बढ्नाको साटो पछाडि सर्ने; विपरीत दिशातिर जाने । २. उन्नति, प्रगति, नयाँ परिवर्तन, सुधार आदिको विरोध गर्ने; प्रतिक्रियावादी । ~ तत्त्व— ना॰ प्रतिक्रियावादी तत्त्व रू
प्रतिग्रह/प्रतिग्रहण— ना॰ [सं॰] १. कसैबारा धर्मार्थ दिइएको वस्तु; दानस्वरूप दिइएको वस्तु । २. अर्काले दिएको वस्तु ग्रहण गर्ने काम; दान लिने काम । ३. दान ।
प्रतिग्रही/प्रतिग्राहक/प्रतिग्राही— वि॰/ना॰ प्रतिग्रहण गर्ने व्यक्ति ।
प्रतिघात— ना॰ [सं॰] कसैले गरेको घातको बदलामा गरिने आघात; कसैले आफूलाई प्रहार गरेमा बदलामा गरिने प्रहार; प्रत्याघात । श्र प्रतिघातक/प्रतिघाती— वि॰ प्रतिघात गर्ने ।
प्रतिचालन— ना॰ [सं॰] १. बदलामा कुनै कुराको परिचालन गर्ने काम । २. कुनै कुराको बारबार परिचालन गर्ने काम ।
प्रतिचालित— वि॰ [सं॰] १. बदलामा परिचालन गरिएको । २. बारबार परिचालन गरिएको ।
प्रतिचिन्तन— ना॰ [सं॰] १. बारबार गरिएको चिन्तन; बारबार सोच्ने काम । २. बदलामा गरिएको चिन्तन ।
प्रतिच्छवि— ना॰ [सं॰] १. प्रतिबिम्ब; छाया । २. चित्र; तस्बिर ।
प्रतिच्छाया— ना॰ [सं॰] १. प्रतिबिम्ब । २. प्रतिमा; प्रतिकृति; मूर्ति ।
प्रतिजीवी— ना॰/वि॰ [सं॰] शरीरमा अनेक प्रकारका रोग उत्पन्न गर्ने जीवाणु वा रोगाणुहरूलाई मार्न सक्ने गरी बनाइएको (औषधी॰; एन्टिबायोटिक ।
प्रतिज्ञा— ना॰ [सं॰] कुनै काम पूरा गर्न वा नगर्न गरिएको अठोट; कुनै काम–कुरा गर्न वा नगर्न गरिएको सङ्कल्प; कुनै काम–कुरा गर्न वा नगर्न दिइएको वचन; दृढ निश्चय; बोलकबुल; कबुल; कसम; किरिया; शपथ; प्रण । ~ पत्र— ना॰ काम गर्ने वा नगर्ने, कुनै कुरा दिने वा नदिने आदि सम्बन्धमा दृढ निश्चय व्यक्त गरिएको कागत; प्रतिज्ञापूर्ण कागत; कबुलियतनामा । ~ पत्र
मुद्रा— ना॰ कुनै निश्चित व्यक्तिलाई वा पत्रवाहकलाई, तोकिएको तिथिमा, तोकिएको रकम दिउँला भनी कुनै व्यक्ति वा संस्थाका तर्फबाट लेखिएको पत्र; वचनपत्र; कबुलपत्र ।
प्रतिज्ञापन— ना॰ [सं॰] सोधिएपछि वा विशेष रूपले दिइएको जानकारी । प्रतिज्ञा पालन— ना॰ [सं॰] आफूले गरेको प्रतिज्ञा पालन गर्ने काम; वचन पूरा गर्ने काम; बोलकबुलको पालना । प्रतिज्ञा भङ्ग— ना॰ [सं॰] १. प्रतिज्ञा भङ्ग हुनाको स्थिति, किसिम वा क्रम । वि॰ २. प्रतिज्ञाबाट झरेको; प्रतिज्ञा भङ्ग भएको; प्रतिज्ञाच्युत (व्यक्ति॰ ।
प्रतितुलना— ना॰ [सं॰] कुनै दुई कुराका बीचमा फरक, असमानता वा अन्तर देखाई तिनलाई दाँज्ने काम; भिन्नतामूलक तुलना; व्यतिरेकी तुलना ।
प्रतिदान— ना॰ [सं॰] १. आफूलाई कुनै वस्तु दिने व्यक्तिलाई कृतज्ञतास्वरूप आफूले पनि केही दिने काम । २. कसैले राख्न दिएको वा कसैबाट ल्याइएको वस्तु बिग्रनभाँचिन गएमा त्यसको बदलामा अर्को वस्तु दिने काम; सट्टाभर्ना दिने काम; सट्टाभर्ना ।
प्रतिदाबी— ना॰ [सं॰ प्रति+अ॰ दावा+ई] कसैले कुनै वस्तु वा विषयमा गरेको दाबीमा पहिले दाबी गर्नेले भन्दा बढी प्रमाण पुथ्याएर फेरि अर्काले गरेको दाबी ।
प्रतिदिन— क्रि॰वि॰ [सं॰] हरेक दिन; प्रत्येक दिन; दिनदिनै; दिनहुँ ।
प्रतिबन्ब— ना॰ [सं॰] १. शक्ति, सामर्थ्य आदिका दृष्टिले समान दुई व्यक्तिको आपसी विरोध वा झगडा । २. प्रतिबन्बीको पक्ष; विरोधी भाव । ३. सङ्घर्ष; टक्कर; विरोध; भिडन्त । > प्रतिबन्बिता— ना॰ १. शक्ति, सामर्थ्य आदिका दृष्टिले समान दुई व्यक्तिको आपसी झगडा । २. कुनै काम–कुरामा सफलता हासिल गर्न दुई व्यक्तिका बीचको होडबाजी; प्रतियोगिता । ३. प्रतिबन्बी हुनाको भाव; प्रतिबन्ब । प्रतिबन्बी— वि॰ १. आमुन्नेसामुन्ने भएर परस्पर भिडिने; परस्पर मुकाबिला गर्ने; प्रतिस्पर्धी । २. विपक्षी; विरोधी ।
प्रतिधारा— ना॰ [सं॰] १. साहित्य, राजनीति, दर्शन आदिका क्षेत्रमा प्रचलित कुनै विचार, मान्यता आदिका बदलामा चलेको अर्को विचार वा मान्यता । २. एउटा धाराको बदलामा चलेको अर्को धारा ।
प्रतिधु्रव— ना॰ [सं॰] एउटा धु्रवको विपरीत अर्को धु्रव ।
प्रतिध्वनन— ना॰ [सं॰] प्रतिध्वनित हुने क्रिया; गुँजाइ वा घन्काइ ।
प्रतिध्वनि— ना॰ [सं॰] १. ध्वनि–उत्पत्तिस्थानबाट गएर अन्त कहीँ ठक्कर खानाले फर्केर आउँदा सुनिने आवाज; टाढासम्म पुगी फर्केर आएको ध्वनि; प्रतिशब्द; गुञ्जन; गुँजाइ । २. आवाज घन्कने किसिम, क्रिया वा भाव; घन्काइ ।
प्रतिनति— ना॰ [सं॰] मोडदार पहाडको माथितिर मोडिएको भाग; अपनत ।
प्रतिनाद— ना॰ [सं॰] प्रतिध्वनि; गुँजाइ; घन्काइ । > प्रतिनादित— वि॰ गुँजिएको; घन्किएको ।
प्रतिनायक— ना॰ [सं॰] नाटक वा काव्यमा मुख्य नायकको प्रतिबन्बी पात्र; प्रतिबन्बी नायक; खलनायक ।
प्रतिनिधि— ना॰ [सं॰] १. कुनै व्यक्तिले गर्नुपर्ने काम गर्न सो कामसँग सम्बन्धित व्यक्तिका तर्फबाट नियुक्त अर्को आधिकारिक व्यक्ति; अर्काले गर्नुपर्ने कामकुराको आधिकारिक अभिभारा लिने व्यक्ति; वारिस; वारेस; गुमस्ता । २. कुनै वर्ग, समाज वा स्थानविशेषका जनताले आ६ना सट्टामा काम गर्न वा राय दिन चुनेर वा विश्वास गरेर पठाएको व्यक्ति । ~ तन्त्र— ना॰ जनप्रतिनिधिमार्फत चल्ने राज्यव्यवस्था । ~ तन्त्रात्मक/तान्त्रिक— वि॰ प्रतिनिधितन्त्रको; प्रतिनिधितन्त्र भएको । — त्व— ना॰ प्रतिनिधिको कार्य, अधिकार वा कर्तव्य । ~ पत्र— ना॰ १. कुनै व्यक्तिलाई आ६नो प्रतिनिधिका रूपमा कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थित भएर राय दिन वा काम गर्न लेखिदिएको अधिकारपत्र । २. कुनै कामकुरो गर्नाका निम्ति कुनै व्यक्तिलाई प्रतिनिधिका रूपमा पठाउँदा प्रमाणस्वरूप लेखेर दिइने कागत; वारिसनामा । ~ मण्डल— ना॰ कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थित भएर काम गर्न कसैका तर्फबाट पठाइएका प्रतिनिधिहरूको समूह । ~ सत्ता— ना॰ प्रतिनिधितन्त्र । ~ सत्तात्मक— वि॰ प्रतिनिधितन्त्रात्मक; प्रतिनिधितान्त्रिक । ~
सभा— ना॰ १. जनताबाट चुनिएर गएका प्रतिनिधिहरूको सभा; जनप्रतिनिधिहरूको सभा । २. संसदीय व्यवस्थामा विधायिकाको तल्लो सदन; जनप्रतिनिधिहरूबाट बनेको सभा; निम्न सदन ।
प्रतिनियम— ना॰ [सं॰] १. सामान्य नियमलाई काट्ने विशेष नियम; अपवादको नियम । क्रि॰ वि॰ २. हरेक नियम; प्रत्येक नियम; हरेक नियममा; नियमैपिच्छे ।
प्रतिनियुक्त— वि॰ [सं॰] १. प्रतिनिधि वा अधीनस्थ कर्मचारीका रूपमा नियुक्त गरिएको वा पठाइएको । २. एउटाका बदलामा अर्को नियुक्त भएको । > प्रतिनियुक्ति— ना॰ १. कसैलाई प्रतिनियुक्त गर्ने काम । २. सट्टाभर्नाको नियुक्ति ।
प्रतिपक्ष— ना॰ [सं॰] १. कसैसँग शत्रुतापूर्ण सम्बन्ध राख्ने अर्को पक्ष; विरोधी पक्ष; विपक्ष । २. शत्रु । ३. प्रतिवादी । — ता— ना॰ प्रतिपक्ष हुनाको भाव वा अवस्था; विरोध । ~ नेता— ना॰ दलगत शासनप्रणाली भएका देशमा प्रतिनिधिसभामा सरकारका नीति, कार्यक्रम आदिको विरोध गर्ने नेता; प्रतिपक्षी नेता; विरोधी नेता । > प्रतिपक्षी— वि॰ आफूसँग शत्रुतापूर्ण सम्बन्ध राख्ने पक्षको; विरोधी पक्षको; शत्रुपक्षको; विरोधी; प्रतिबन्बी ।
प्रतिपत्र— ना॰ [सं॰] राष्ट्र ब्याङ्कले अर्को ब्याङ्कका नाममा लेखेको, फलानाको यति रुपियाँले खामेको चेक, ड्रा६ट वा हुन्डी आदि स्वीकार गर्नू भनी लेखेको पत्र । > प्रतिपत्रक— ना॰ कसैलाई दिइएको वा पठाइएको (दोस्रो॰ टुक्राको प्रतिलिपि वा सङ्क्षिप्त विवरण भएको, चेकको किताब, चलानबही, रसिदबही आदिमा नत्थी भएको टुक्रा ।
प्रतिपद— क्रि॰वि॰ [सं॰] १. पाइलापाइलामा; हरेक पाइलामा; पाइलैपिच्छे । २. पदपदमा; हरेक पदमा । ३. शब्दशब्दमा; शब्दैपिच्छे ।
प्रतिपदा— ना॰ [सं॰] शुक्ल वा कृष्णपक्षको पहिलो तिथि; अमावास्या वा पूर्णिमापछि लगत्तै आउने तिथि; परेवा ।
प्रतिपरीक्षण— ना॰ [सं॰] अदालतमा कुनै मुद्दामामिलाका साक्षी आदिले बयान दिँदा बयान साँचो, झूटो के–कसो हो, र केही वास्तविक कुरा लुकाइएको–छिपाइएको छ वा छैन भन्ने पत्ता लगाउन उल्टापाल्टा, बाङ्गाटिङ्गा प्रश्न गर्ने काम; एकपल्ट साक्षी बकिसकेकालाई फेरि साक्षी बकाउने काम ।
प्रतिपादक— वि॰ [सं॰] १. कुनै विषय, सिद्धान्त आदिलाई स्पष्टताका साथ व्याख्या गर्ने; राम्रोसित बुझाएर भन्ने; सम्झाउने; खुलस्त पार्ने । २. नयाँ विषय वा सिद्धान्तलाई खोज्ने वा पत्ता लगाउने; निरूपण गर्ने । ना॰ ३. त्यसरी व्याख्या गर्ने, भन्ने, खुलस्त पार्ने, खोज्ने, पत्ता लगाउने वा निरूपण गर्ने व्यक्ति ।
प्रतिपादन— ना॰ [सं॰] १. कुनै विषय, सिद्धान्त, नियम आदिलाई स्पष्टताका साथ व्याख्या गर्ने वा उपपत्तिसहित स्थापना गर्ने काम; राम्रोसित बुझाएर भन्ने, सम्झाउने वा खुलस्त पार्ने काम । २. नयाँ विषय वा सिद्धान्तलाई खोज्ने, पत्ता लगाउने काम; निरूपण गर्ने काम ।
प्रतिपादयिता— वि॰ [सं॰] प्रतिपादन गर्ने; प्रतिपादक ।
प्रतिपादित— वि॰ [सं॰] प्रतिपादन गरिएको (विषय, सिद्धान्त आदि॰ ।
प्रतिपाद्य— वि॰ [सं॰] प्रतिपादन गर्नुपर्ने; प्रतिपादन गर्न लायक; प्रतिपादन गर्न योग्य ।
प्रतिपालक— वि॰ [सं॰] १. कसैको पालनपोषण गर्ने; हेरचाह गर्ने; प्रतिपालन गर्ने; पालक; रक्षक । ना॰ २. पालन वा रक्षण गर्ने व्यक्ति । ~ अधिकरण— ना॰ अल्पवयस्क वा अयोग्य व्यक्तिका सम्पत्तिको प्रबन्ध र रक्षा गर्ने सरकारी विभाग ।
प्रतिपालन/प्रतिपालना— ना॰ [सं॰] पालनपोषण गर्ने काम; हेरविचार गर्ने काम; रक्षा गर्ने काम; पालनपोषण; संरक्षण; लालनपालन । श्र प्रतिपालनीय— वि॰ प्रतिपालन गर्न लायक; प्रतिपालन गर्नुपर्ने; पाल्नुपर्ने; पालन गर्नुपर्ने; रक्षा गर्नुपर्ने ।
प्रतिपालित— वि॰ [सं॰] प्रतिपालन गरिएको; पालनपोषण गरिएको; रक्षित ।
प्रतिपुरुष— ना॰ [सं॰] १. कुनै सङ्घ, संस्था, सभा आदिमा कसैको प्रतिनिधिका रूपमा काम गर्ने, मत दिने आदि अधिकार पाएको व्यक्ति; नियमपूर्वक कसैको प्रतिनिधित्व गर्ने व्यक्ति । २. वारेस; गुमस्ता; एजेन्ट ।
प्रतिप्रभाव— ना॰ [सं॰] १. एक देशको अर्कोमा वा एक व्यक्तिको अर्कोमा पर्ने पारस्परिक प्रभाव; एउटामा पर्ने अर्काको प्रभाव । २. पछिल्लो पुस्ताका व्यक्तिबाट अगिल्लो पुस्ताका व्यक्तिमा परेको प्रभाव वा असर ।
प्रतिप्रश्न— ना॰ [सं॰] प्रश्न गर्नेलाई उत्तर दिनुको साटो सोधिएको प्रश्न; कसैको प्रश्नको जवाफका रूपमा गरिएको प्रश्न; प्रश्न सोध्ने व्यक्तिलाई उल्टै प्रश्न सोध्ने काम ।
प्रतिप्रेषण— ना॰ [सं॰] कुनै आवेदनपत्र आदिका सम्बन्धमा स्वीकृति वा आवश्यक कारबाईका निम्ति सम्बन्धित उच्च पदाधिकारीका समक्ष पठाउने कार्य; कुनै विवादास्पद वा सन्देहयुक्त विषयमा निश्चित निर्णय गर्न वा संशय मेटाउनका लागि विशेषज्ञ वा जानकारका समक्ष पठाउने कार्य ।
प्रतिफल— ना॰ [सं॰] १. कुनै कुराको निचोड; निष्कर्ष । २. कसैले अर्काप्रति गरेका गुण वा अवगुणका अनुरूप राम्रो वा नराम्रो परिणाम । ३. कुनै कुराको फल; नतिजा; परिणाम । ४. दुई वा दुईभन्दा बढी बलको सम्मिश्रणबाट निस्केको गति वा परिणाम । श्र प्रतिफलन— ना॰ १. कुनै कामका निचोडमा निष्कर्ष निक्लने क्रिया । २. प्रतिफल निस्कने क्रिया । प्रतिफलित— वि॰ कुनै कामको नतिजाका रूपमा प्राप्त भएको; निष्कर्षस्वरूप प्राप्त भएको; प्रतिफलका रूपमा प्राप्त भएको ।
प्रतिबद्ध— वि॰ [सं॰] १. कुनै विचार, सिद्धान्त आदिबाट बाँधिएको वा त्यसप्रति पूरापूर निष्ठा राख्ने । २. पारिवारिक, सामाजिक आदि दायित्वले जकडिएको । ३. कुनै किसिमको वाचाबन्धनमा पारिएको; कबुल गराइएको ।
प्रतिबन्ध— ना॰ [सं॰] १. कुनै व्यक्ति, सङ्घ, संस्था आदिका गतिविधिलाई सीमित पार्ने वा रोक लगाउने काम; कसैको कुनै कामकुरामा बन्देज लगाउने काम; रोक; रोकावट; अवरोध । २. विघ्न; बाधा । ३. कुनै कुरा वा काममा लगाइएको अड्को । ४. बाँध्ने काम; बन्धन । > प्रतिबन्धक— वि॰ रोक लगाउने; विध्नबाधा उपस्थित गर्ने; प्रतिबन्ध लगाउने । प्रतिबन्धात्मक— वि॰ १. प्रतिबन्ध लागेको; प्रतिबन्ध भएको । २. कुनै प्रसङ्गमा पहिले गर्न पाइने भनेर उल्लेख भएका कामकुरामा खास स्थितिमा प्रतिबन्ध लगाउने उद्देश्यले लेखिएको; भइरहेको प्रावधान वा कामकुरामा प्रतिबन्ध लगाउने किसिमको (वाक्य॰ । प्रतिबन्धित— वि॰ रोक लागेको; प्रतिबन्ध लागेको ।
प्रतिबाधक— वि॰ [सं॰] प्रतिबाधा उपस्थित गर्ने ।
प्रतिबाधा— ना॰ [सं॰] कुनै बाधाका सट्टामा आफूले पनि उपस्थित गरेको बाधा । > प्रतिबाधित— वि॰ १. रोकिएको वा रोकेको । २. बाधाविरोध गरिएको ।
प्रतिबिम्ब— ना॰ [सं॰] १. ऐना, पानी आदिमा प्रकाश पर्दा अर्कापट्टि पर्ने त्यसैका आकारको टलक वा छाया; प्रतिबिम्ब । २. ऐना, पानी आदि टलकदार वस्तुमा देखिने बाह्य वस्तुको स्पष्ट प्रतिरूप; प्रतिच्छाया । ३. मूर्ति । ४. चित्र । > प्रतिबिम्बक— वि॰ प्रतिबिम्ब प्रदान गर्ने वा पार्ने । ~ क्रिया— ना॰ शरीरमा कुनै वस्तुले छोइदिँदा स्नायुमा व्यक्त हुने प्रतिक्रिया । प्रतिबिम्बन— ना॰ प्रतिबिम्ब उत्पन्न गर्ने वा हुने क्रियाप्रक्रिया । — वाद— ना॰ १. कवि वा कलाकारले वस्तुजगत्को प्रतिविम्ब मात्र उपस्थित गर्न सक्छ वा गर्नुपर्छ भन्ने सिद्धान्त । २. विश्वका प्रत्येक वस्तुलाई ईश्वरको प्रतिबिम्ब मान्ने एक सिद्धान्त । ३. विम्बवाद; प्रतिविम्बको सिद्धान्त । > प्रतिबिम्बित— वि॰ ऐना, पानी आदि टलकदार वस्तुमा बाह्य वस्तुको स्पष्ट प्रतिरूप देखिएको; छाया परेको; प्रतिविम्ब परेको; प्रतिविम्बित ।
प्रतिबोध— ना॰ [सं॰] जागृति; जागरण; सचेतता; होस । > प्रतिबोधक— वि॰ प्रतिबोध दिने वा मिलाउने । प्रतिबोधन— ना॰ प्रतिबोध– कार्य; प्रतिबोध । प्रतिबोधित— वि॰ प्रतिबोध गरेको वा गरिएको ।
प्रतिबोधी— वि॰ प्रतिबोध गर्ने; जाग्रत् भएको; ज्ञान पाउन इच्छुक ।
प्रतिभा— ना॰ [सं॰] १. नयाँ–नयाँ कुराको कल्पना गर्न सक्ने र कलात्मक, मौलिक तथा रचनात्मक भाव, कृति आदि प्रस्तुत गर्न सक्ने असाधारण तीव्रता र प्रखरता भएको सहज बुद्धि वा मानसिक शक्ति; प्रज्ञा । २. कुनै पनि काम विशेष योग्यताका साथ गर्न सक्ने बुद्धिबल । ३. प्रकाशको चमक; प्रभा; टलक; टहक । — वान्— वि॰ १. प्रतिभाशाली । २. चमकदार । — शाली— वि॰ प्रतिभा भएको; प्रतिभायुक्त (व्यक्ति॰ ।
प्रतिभास— ना॰ [सं॰] १. मनले सम्झिरहेको मानिस वा वस्तु देखेजस्तो हुने क्रिया; आभास; प्रतीति; भान; झझल्को । २. भ्रम हुने क्रिया; भ्रम ।
प्रतिमा— ना॰ [सं॰] १. कसैको वास्तविक वा कल्पित रूपअनुसार बनाइएको काठ, माटो, पत्थर, धातु आदिको मूर्ति; अनुकृति । २. पूजा गर्दा कुनै देवताको मूर्तिको प्रतीक स्वरूप राखिएको ढुङ्गा, सुन, चाँदी आदिको टुक्रो; प्रतिमूर्ति । ३. कुनै मुख्य पदार्थ वा व्यक्तिका अभावमा त्यस्तै कुनै अर्को पदार्थ वा व्यक्तिको वर्णन गर्दा हुने काव्यालङ्कार ।
प्रतिमान— ना॰ [सं॰] १. प्रतिबिम्ब; छाया । २. गुण, आकार– प्रकार जान्नका निम्ति झिकिएको, बनाइएको वा कोरिएको वस्तु वा वस्तुको अंश; नमुना । ३. प्रतियोगितात्मक कामकारबाईहरूमा नमुनाका रूपमा कायम गरिएको माथिल्लो स्तर वा मान; आदर्श; दृष्टान्त ।
प्रतिमास— क्रि॰ वि॰ [सं॰] हरेक महिनामा; महिनैपिच्छे ।
प्रतिमुख— ना॰ [सं॰] १. नाटकका पञ्चसन्धिमध्ये दोस्रो सन्धि; बिन्दु र यत्नको योगबाट बन्ने सन्धि । २. मुखको छाया । वि॰ ३. मुखका अघिल्तिरको; सम्मुखको; सामुन्नेको ।
प्रतिमूर्ति— ना॰ [सं॰] कुनै वस्तु वा व्यक्तिको आकृतिको अनुकृति; प्रतिमा ।
प्रतियोगिता— ना॰ [सं॰] १. बल, बुद्धि, योग्यता आदिमा अरूलाई जित्ने विचारले दाँजिने वा भिडिने क्रिया । २. बल, योग्यता आदिका दृष्टिले दाँजिन आउने व्यक्तिहरूको एकले अर्कोलाई जित्ने प्रयत्न । ३. प्रतियोगी हुनाको भाव; प्रतिस्पर्धा; होडबाजी ।
प्रतियोगितात्मक— वि॰ [सं॰] प्रतियोगिताका लागि तयार गरिएको; प्रतियोगिताका दृष्टिले आयोजित; प्रतियोगितासम्बन्धी, प्रतिस्पर्धात्मक । ~ परीक्षा— ना॰ प्रतियोगिताबारा उत्तम व्यक्तिलाई कुनै पद, पुरस्कार आदि दिनको लागि लिइने परीक्षा ।
प्रतियोगी— ना॰ [सं॰] १. बल, योग्यता आदिमा अरूसँग दाँजिन आउने व्यक्ति; कुनै कामकुराको प्रतिस्पर्धामा भाग लिने वा लिन लायक व्यक्ति । २. कुनै कामकुराको विरोधमा उभिने व्यक्ति । वि॰ ३. बल, योग्यता आदिका दृष्टिले बराबरीको; प्रतिबन्बी; विरोधी ।
प्रतिरक्षक— वि॰ [सं॰] भित्री, बाहिरी आक्रमणबाट वा अन्य कुनै प्रकारको खराबीबाट आ६ना पक्षका जनतालाई वा देशलाई जोगाउने; प्रतिरक्षा गर्ने ।
प्रतिरक्षण— ना॰ [सं॰] १. प्रतिरक्षा गर्ने क्रिया वा काम । २. प्रतिरक्षा ।
प्रतिरक्षा— ना॰ [सं॰] भित्री–बाहिरी आक्रमणबाट, अन्य विपत्तिबाट वा रोगव्याधिबाट आफूलाई, आ६ना पक्षकालाई तथा आ६नो देशलाई बचाउने काम; प्रतिरक्षण । ~ आयोग— ना॰ १. आ६नो देश वा जनताको प्रतिरक्षासम्बन्धी व्यवस्था मिलाउन गठन गरिएको आयोग । २. रक्षासम्बन्धी विभिन्न कार्यहरूको सम्पादन गर्न गठित आयोग । ~ व्यय— ना॰ कुनै पनि देशको सरकारले आ६नो देशको प्रतिरक्षाका निमित्त गर्ने खर्च; आक्रमण आदिबाट देशलाई जोगाउन गरिने खर्च । > प्रतिरक्षित— वि॰ आक्रमण आदिबाट जोगाइएको; प्रतिरक्षा गरिएको ।
प्रतिरूप— ना॰ [सं॰] कुनै व्यक्ति वा वस्तुसित रूप वा आकृतिमा मिल्ने अर्को व्यक्ति वा वस्तु; कुनै व्यक्ति वा वस्तुको रूपजस्तै रूप (चित्र, मूर्ति, प्रतिमा आदि॰ । > प्रतिरूपक— ना॰ १. प्रतिरूप । २. जाली वा नक्कली पत्र, सिक्का आदि ।
प्रतिरोध— ना॰ [सं॰] १. कुनै किसिमको आक्रमण, बलप्रयोगलाई रोक्ने काम । २. कसैले गर्न लागेको काममा बाधा उपस्थित गर्ने काम; रोक; रोकावट; बाधा । ३. रोगका कीटाणुहरूको आक्रमणसँग भिड्न सक्ने काम; रोगका कीटाणुहरूको आक्रमणबाट आफूलाई जोगाउने क्रिया । > प्रतिरोधक— वि॰ रोकावट पैदा गर्ने; प्रतिरोध गर्ने; रोक्ने । प्रतिरोधन— ना॰ प्रतिरोधकार्य; प्रतिरोधविधि । प्रतिरोधात्मक— वि॰ प्रतिरोध खडा गर्ने उद्देश्यले बनेको; प्रतिरोधका लागि तयार पारिएको ।
प्रतिरोधित— वि॰ प्रतिरोध गरिएको । प्रतिरोधी— वि॰ प्रतिरोध गर्ने ।
प्रतिरोपण— ना॰ [सं॰] १. एक ठाउँको बिरुवा अर्का ठाउँमा सार्ने काम । २. शल्यचिकित्सा गरी एउटा प्राणीको सडेबिग्रेको हृदयका स्थानमा अर्को प्राणीको हृदय राख्ने काम । ३. एक ठाउँको छाला, मासु आदि झिकी अर्को ठाउँमा सिउने, टाँस्ने आदि काम (प्लास्टिक सर्जरी, ट्रान्सप्लान्टेसन इ॰) ।
प्रतिलाभ— ना॰ [सं॰] कुनै कुरा दिए वा छोडेबापत अर्को कुराको प्राप्ति; अन्यत्र गइसकेको वा हराइसकेको वस्तु फेरि पाउने क्रिया; गुमेको वस्तुको पुनःप्राप्ति; पुनरुपलब्धि; पुनर्लाभ ।
प्रतिलिपि— ना॰ [सं॰] कुनै कागतपत्र, लेख, रचना, तस्बिर आदिको जस्तातस्तै उतारिएको वा नक्कल गरिएको प्रति; नक्कलप्रति; नक्कल । ~ अधिकार— ना॰ आ६नो वा अर्काको लेख, रचना, पुस्तक आदिको प्रतिलिपि उतार्ने वा नक्कल लिने र पुनर्मुद्रण वा पुनः प्रकाशन गराउने कानुनी अधिकार; कपीराइट । श्र प्रतिलिपिक— ना॰ कुनै कागतपत्र, लेख, रचना आदिको प्रतिलिपि उतार्ने वा नक्कल सार्ने व्यक्ति । प्रतिलिपित— वि॰ प्रतिलिपि लिइएको वा नक्कल उतारिएको (कागतपत्र, लेख, रचना आदि॰ ।
प्रतिलेखक— ना॰ [सं॰] प्रतिलिपिक ।
प्रतिलेखन— ना॰ [सं॰] १. प्रतिलिपि लिने काम; सक्कलबमोजिम नक्कल सार्ने काम । २. प्रतिलिपि ।
प्रतिलोम— वि॰ [सं॰] १. नमिल्ने; उल्टो; विपरीत । २. अर्कै गोत्र, जात, गुण आदिको । ना॰ ३. कुनै ठाउँदेखि सीधा उल्टोपट्टिको ठाउँ; वितल । — ज— वि॰ प्रतिलोम विवाह वा प्रतिलोम सम्बन्धबाट जन्मिएको । > प्रतिलोमन— ना॰ १. विपरीत दिशातिर मोडेर गतिशीलता प्रदान गर्ने क्रिया; विपरीत दिशातिर मोड्ने क्रिया । २. गोत्र छलेर बिहे गर्ने नीति । ~ विवाह— ना॰ १. गोत्र छलेर गरिएको विवाह । २. चार वर्णमध्ये तल्लो वर्णको पुरुष र माथिल्लो वर्णकी स्त्रीका बीचको विवाह ।
प्रतिवचन— ना॰ [सं॰] १. कसैले बोलेको वचनको उत्तरमा आएको वचन; जवाफका रूपमा निस्केको वचन; जवाफ; उत्तर । २. प्रतिध्वनि । ३. दच्किएर निकालिएको आवाज ।
प्रतिवस्तु— ना॰ [सं॰] १. शरीरबाट पैदा हुने र शरीरमा प्रवेश गरेको जैविक तथा रासायनिक वस्तुलाई निष्क्रिय पार्ने वस्तु । २. कुनै वस्तुसित रूप वा आकृतिमा मिल्ने अर्को वस्तु; उपमान । ३. एउटा वस्तुका बदलामा दिइने अर्को वस्तु । > प्रतिवस्तूपमा— ना॰ दुई पृथक्–पृथक् वाक्यमा भिन्न शब्दबारा उपमान र उपमेयको एउटै समान वा साधारण धर्म देखाउँदा हुने एक अर्थालङ्कार ।
प्रतिवहन— ना॰ [सं॰] १. विपरीत दिशाबाट बग्ने काम । २. रगत, पानी आदिको असामान्य दिशातर्फको बगाइ ।
प्रतिवाद— ना॰ [सं॰] १. कसैको मत, विचार, कथन आदिलाई झूटो वा तथ्यहीन सिद्ध गर्न दिइएको जवाफ । २. मुद्दामामिलामा वादीले भनेका कुरा वा लगाएको अभियोगलाई खण्डन गर्न दिइएको जवाफ । ३. कुनै गलत वा चित्त नबुझ्ने कुराको विरोध; खण्डन । ४. प्रतिवादीले दिएको नालिस वा नालिसको लिखत । > प्रतिवादिता— ना॰ प्रतिवाद–धर्म; प्रतिवाद गर्ने गुण वा कार्य ।
प्रतिवादी— ना॰ [सं॰] १. झूटो वा चित्त नबुझ्दो कुराको जवाफ दिने व्यक्ति; अर्काले भनेका कुराको खण्डन गर्ने व्यक्ति । २. मुद्दामामिलामा वादीका कुराको विरोधमा उत्तर दिने व्यक्ति; वादीको झगडिया । ३. वादीले भनेका कुरा वा लगाएको आरोपको उत्तर लेखिएको पत्र; प्रत्युत्तरपत्र । ~ खमाइ/पेसाइ— ना॰ प्रतिवादीबारा अदालतमा वादीका फिरादका विपक्षमा प्रतिउत्तरपत्रको प्रस्तुति वा पेसाइ ।
प्रतिविम्ब— ना॰ [सं॰] हे॰ प्रतिबिम्ब ।
प्रतिविष— ना॰ [सं॰] विषले पार्ने असरभन्दा उल्टा असर पारेर विषको विरुद्ध काम गर्ने विष वा विषनिर्मित औषधी (एन्टिभेनम– भ्याक्सिन॰ ।
प्रतिवेदक— वि॰ [सं॰] १. प्रतिवेदन पेस गर्ने । न्ाा॰ २. प्रतिवेदन पेस गर्ने व्यक्ति ।
प्रतिवेदन— ना॰ [सं॰] १. कुनै घटना, कार्य, योजना आदिका सम्बन्धमा छानबिन, पुछताछ आदि कार्य गरिसकेपछि सम्बन्धित अधिकारी वा सभा आदिका अगाडि प्रस्तुत गर्न तयार पारिएको विवरण । २. कुनै घटना वा कामका बारेमा कसैलाई दिइने कार्यविवरण; कुनै घटना वा कामका विषयमा तालुकवालाकहाँ जाहेर गर्ने जाहेरी; टिपोट ।
प्रतिवेश— ना॰ [सं॰] आसपासको ठाउँ वा बस्ती; छिमेक । >
प्रतिवेशी— वि॰/ना॰ छिमेकी ।
प्रतिव्यक्ति— क्रि॰ वि॰ [सं॰] १. प्रत्येक व्यक्तिमा; व्यक्तिपिच्छे । वि॰ २. प्रत्येक व्यक्तिमा लाग्ने । ~ कर— ना॰ कुनै कारणवश तोकिएको समयसम्म हरेक व्यक्तिमा लाग्ने कर ।
प्रतिशत— क्रि॰ वि॰ [सं॰] १. हरेक सयको सङ्ख्यामा; प्रत्येक सयमा; सयकडा; सयका सङ्ख्यैपिच्छे । ना॰ २. प्रत्येक सयको खास अंश ।
प्रतिशब्द— ना॰ [सं॰] १. प्रतिध्वनि । २. समान अर्थ बुझाउने अर्को शब्द; पर्याय । क्रि॰ वि॰ ३. प्रत्येक शब्दमा; शब्दैपिच्छे ।
प्रतिशाप— ना॰ [सं॰] कसैले दिएको शापको बदलामा दिइने शाप; सराप्नेलाई दिइने सराप ।
प्रतिशुल्क— ना॰ [सं॰] १. आयात गरिएको वस्तु स्वदेशमा उत्पादित वस्तुभन्दा सस्तो नहोस् भन्ने उद्देश्यले लगाइने शुल्क । २. विदेशबारा पहिले नै लगाइएको कुनै शुल्कको अनिष्टकारी प्रभाव व्यर्थ पार्न लगाइने कर ।
प्रतिशोध— ना॰ [सं॰] कसैले गरेको कुनै अपकार वा हानिनोक्सानीमा बदला लिनाका निम्ति गरिने काम; साटो फेर्ने काम; प्रतिकार; प्रतिहिंसा; बदला; साटोफेराइ ।
प्रतिश्रवण— ना॰ [सं॰] १. राम्ररी सुन्ने क्रियाप्रक्रिया; सुनाइ । २. प्रतिज्ञा; अठोट; वाचाबन्धन ।
प्रतिश्रुत— वि॰ [सं॰] १. राम्ररी सुनिएको । २. प्रतिज्ञा गरिएको; वचन दिइएको । > प्रतिश्रुति— ना॰ १. प्रतिवचन । २. प्रतिध्वनि । ३. निश्चितता; ठोकुवा ।
प्रतिषेध— ना॰ [सं॰] १. कुनै अड्डाअदालतबाट वा कुनै संस्था, व्यक्ति आदिबाट हुन लागेको कुनै कामकारबाई अधिकारभन्दा बाहिरको भएमा सो कामकारबाई रोक्न त्यस्ता अड्डाअदालत, संस्था वा व्यक्तिलाई सर्वोच्च अदालतले दिने आदेश । २. कुनै कुरामा रोक लगाउने काम; निषेध; मनाही । ३. कुनै कुरालाई हटाउने काम; निवारण । > प्रतिषेधक— वि॰ प्रतिषेध गर्ने (लिखत, व्यक्ति वा अड्डा) । ~ लेख— ना॰ कुनै मुद्दामामिलाका सिलसिलामा भइरहेको बहसको सुनुवाइ बन्द गर्न सर्वोच्च अदालतबारा उसका मातहतका अदालतलाई दिइने लिखित आदेश । ~ समावेश— ना॰ कुनै मुद्दाका सिलसिलामा भइरहेको बहस वा पुर्पक्ष बन्द गर्न माथिल्लो अदालतबाट तल्लो अदालतका न्यायाधीश वा मुद्दाका पक्ष वा विपक्षका नाउँमा जारी गरिने आदेश ।
प्रतिषेधाधिकार— ना॰ १. कुनै पनि देशका राष्ट्राध्यक्षको, विधायिकाबारा पारित वा स्वीकृत कुनै विधेयक वा प्रस्तावलाई अमान्य ठहथ्याउन सक्ने अधिकार । २. सुरक्षापरिषद्बारा पारित वा स्वीकृत कुनै प्रस्तावलाई कार्यान्वित हुनबाट रोक्न सक्ने, विश्वका पाँच राष्ट्र— अमेरिका, बेलायत, फ्रान्स, रूस र चीनको विशेषाधिकार; निषेधाधिकार; भिटो ।
प्रतिष्ठा— ना॰ [सं॰] १. मानमर्यादा राख्ने काम; आदरसत्कार गर्ने काम; मान; सम्मान; इज्जत । २. कसैको राम्रो नाम चल्ने क्रिया; राम्रो नाम; यश; कीर्ति । ३. कुनै देवादि वा व्यक्तिविशेषका मूर्ति, सालिक आदिको ससम्मान गरिने स्थापना । ४. एक पाउमा चार अक्षर हुने छन्दविशेष ।
प्रतिष्ठान— ना॰ [सं॰] १. स्थापना गर्ने काम; राख्ने काम; रखाइ । २. प्रतिष्ठापूर्ण रूपमा स्थापित कुनै संस्था । — पत्र— ना॰ कुनै व्यापारिक सङ्घ, संस्था आदिको विधिवत् स्थापनाभन्दा पहिले त्यस्ता संघ, संस्था आदिका नाम, उद्देश्य दिएर सार्वजनिक रूपमा प्रकाशित गरिने र विधिवत् दर्ता गरिने पत्र । प्रतिष्ठा पत्र— ना॰ [सं॰] कसैको आदर, सम्मान वा प्रतिष्ठा सूचित गर्न दिइने पत्र; मानपत्र ।
प्रतिष्ठापन— ना॰ [सं॰] देवादि मूर्ति वा व्यक्तिविशेषको सालिक आदि स्थापना गर्ने काम; ससम्मान गरिने स्थापना ।
प्रतिष्ठावान्— वि॰ [सं॰] प्रतिष्ठा भएको; मान भएको; प्रतिष्ठित; सम्मानित (व्यक्ति॰ ।
प्रतिष्ठित— वि॰ [सं॰] १. इज्जत–प्रतिष्ठा भएको; मानसम्मान पाएको । २. प्रसिद्धि पाएको; प्रसिद्ध; प्रख्यात ।
प्रतिसंस्कार— ना॰ [सं॰] १. बिग्रेभत्केका वस्तुको मर्मत; जीर्णोद्धार; स्थित्युद्धार । २. पुनः संस्कार ।
प्रतिसंस्कृत— वि॰ [सं॰] मर्मत गरिएको; सुधारिएको; पुनः संस्कार गरिएको ।
प्रतिसत्कार— ना॰ [सं॰] सत्कारका बदलामा गरिने सत्कार ।
प्रतिसन्देश— ना॰ [सं॰] खबरका रूपमा पठाइएको जवाफ ।
प्रतिसन्धान— ना॰ [सं॰] १. धनुमा बाण चढाउने काम । २. जोड्ने काम; जोडा मिलाउने काम । ३. खोजी गर्ने काम; खोजी; अनुसन्धान ।
प्रतिसरकार— ना॰ [सं॰] कुनै देशमा प्रतिष्ठित वा विद्यमान सरकारका विरोधमा त्यसै देशको केही भागमा अधिकार जमाएर बसेको वा शासन गरेर बसेको अर्को सरकार; समानान्तर सरकार ।
प्रतिस्थापन/प्रतिस्थापना— ना॰ [सं॰] १. कुनै प्रक्रियामा अडेका वस्तुको सट्टा अर्को वस्तु प्रयोगमा ल्याउने काम । २. प्रतिष्ठापन ।
प्रतिस्पर्धा— ना॰ [सं॰] १. केही कुरामा आफू उत्तम हुन वा आफूले जित्न गरिएको उछिनपाछिन; प्रतियोगिता; होडबाजी । २. अभिमान; सेखी; फुइँ । > प्रतिस्पर्धी— वि॰ प्रतिस्पर्धा गर्ने; प्रतिबन्बिता गर्ने; होडबाजी गर्ने ।
प्रतिहस्ताक्षर— ना॰ [सं॰] पहिले एउटाले हस्ताक्षर गरेर फेरि अर्को अधिकारीले पनि हस्ताक्षर गर्ने काम । > प्रतिहस्ताक्षरित— वि॰ प्रतिहस्ताक्षर गरिएको (लेख, अनुबन्धन, सम्झौता आदि॰ ।
प्रतिहार— ना॰ [सं॰] १. राजकाजका दृष्टिले महत्त्वपूर्ण मेल, झगडा, सैनिक तयारी आदि व्यवहारका अनेक कामकुरा राजाकहाँ जाहेर गर्ने राजदरबारको पाले; बारपाल; प्रतीहार । २. ढोके । ३. ढोका; दैलो । > प्रतिहारी— ना॰ १. प्राचीन कालमा राजाका ढोकामा ढोकेको काम गरेर बस्ने स्त्री; बारपालको काम गर्ने स्त्री; प्रतीहारी । २. प्रतिहार ।
प्रतिहिंसा— ना॰ [सं॰] १. हिंसाका बदलामा गरिने हिंसा; मनमा हिंसाको भाव राखेर लिइने बदला । २. बदला; साटोफेराइ ।
प्रतीक— ना॰ [सं॰] १. समान गुणका आधारमा दृश्य वा अदृश्य अन्य कुनै वस्तुको कल्पना गरी प्रतिबिम्बका रूपमा राखिएको वस्तु वा चिनु । २. अन्य कुनै वस्तुको भावनात्मकता वा प्रतिनिधित्वका रूपमा व्यवहार चलाइने अर्को कुनै पदार्थ । ३. चिह्न; लक्षण; निसाना । ४. चित्र; मूर्ति; प्रतिमूर्ति; प्रतिमा । ५. कुनै एउटा मन्त्र, श्लोक, वाक्य आदिको पूरा अर्थबोध गराउन राखिएको कुनै अर्को पद, अक्षर आदि । वि॰ ६. प्रतिकूल; विरुद्ध । — वाद— ना॰ प्रतीकहरूको प्रयोगमा जोड दिने र कुनै पनि वस्तु, भाव, विषय आदिको प्रस्तुतीकरण अपारम्परिक प्रतीकहरूका माध्यमबारा गर्न खोज्ने साहित्यिक वा चित्रकलासम्बन्धी अभिव्यञ्जना–परिपाटी । — वादी— वि॰ १. प्रतीकवादमा विश्वास गर्ने; प्रतीकवादको अनुयायी । २. प्रतीकवादसम्बन्धी ।
प्रतीकात्मक— वि॰ [सं॰] १. प्रतीकका माध्यमले व्यक्त हुने; प्रतीकका सहायताले भाव, विषय, वस्तु आदिको बोध गराइएको (साहित्यिक रचना) । २. प्रतीकसित सम्बद्ध; प्रतीकसम्बन्धी; प्रतीकको । —
ता— ना॰ प्रतीकात्मक हुनाको भाव वा स्थिति ।
प्रतीक्षक— वि॰ [सं॰] १. प्रतीक्षा गर्ने; पर्खने । ना॰ २. प्रतीक्षा गर्ने व्यक्ति ।
प्रतीक्षण— ना॰ [सं॰] प्रतीक्षा गर्ने काम; प्रतीक्षा ।
प्रतीक्षा— ना॰ [सं॰] १. चाहेको वा खोजेको कुनै व्यक्ति, वस्तु आदिलाई भेट्न वा पाउन गरिएको ढुकाइ; कुराइ; रुबाइ । २. कुनै काम हुने आशामा गरिएको पर्खाइ; बाटोहेराइ । — कारी— वि॰ प्रतीक्षक । ~ गृह— ना॰ प्रतीक्षालय । > प्रतीक्षालय— ना॰ १. रेलगाडी, हवाईजहाज आदि नआउँदासम्म प्रतीक्षा गर्न यात्रीहरू बस्ने घर वा कोठा; यात्रीहरूले रेल आदि पर्खंदा बस्ने ठाउँ । २. कुनै मन्त्री, सचिव वा अन्य विशिष्ट व्यक्तिसित भेटघाट गर्न बसेर पर्खने कोठा वा ठाउँ । ३. घरमा आएका व्यक्तिलाई भेट दिने कोठा । प्रतीक्षित— वि॰ पर्खिएको; प्रतीक्षा गरिएको । प्रतीक्ष्य— वि॰ १. पर्खनुपर्ने; प्रतीक्षा गर्नुपर्ने । २. पर्खन लायक; प्रतीक्षायोग्य । ३. पूजायोग्य; पूजनीय ।
प्रतीची— ना॰ [सं॰] पूर्वको विपरीत दिशा; पश्चिम दिशा । >
प्रतीच्य— वि॰ पश्चिमको; पश्चिमी ।
प्रतीत— वि॰ [सं॰] १. पत्यार गरिएको; पत्याइएको; विश्वास गरिएको; विश्वस्त । २. मनमनै धारणा लिइएको वा निश्चय गरिएको; मनमा लागेको । ३.जानिएको; ज्ञात । ४. आभास भएको; भान भएको । ना॰ ५. पत्यार; आभास; भान । ~ पत्र— ना॰ १. सरकारको, जनताको वा अरू कुनै साधिकार व्यक्तिको प्रतिनिधिका रूपमा काम गर्ने अधिकार दिइएको पत्र; अख्तियारनामा । २. कसैले आ६नो प्रतिनिधिका रूपमा कुनै सङ्घ, संस्था, सभा, सरकारी अड्डाखाना आदिमा उपस्थित भएर काम गर्न कुनै व्यक्तिलाई लेखिदिएको अधिकारपत्र; वारिसनामा । ३. विश्वास दिलाउनका निम्ति लेखिएको पत्र; विश्वासपत्र । ४. एक ब्याङ्कबाट अर्को ब्याङ्कका नाममा फलानाको यति रुपियाँले भ्याएसम्म चेक, ड्रा६ट वा हुन्डीहरू स्वीकार गर्नू भनी लेखिएको पत्र ।
प्रतीति— ना॰ [सं॰] १. प्रतीत हुनाको भाव वा स्थिति; पत्यार; विश्वास । २. जान्ने वा थाहा पाउने क्रिया; ज्ञान । ३. भान ।
प्रतीत्यसमुत्पाद— ना॰ [सं॰] प्राणी प्रत्येक क्षण मर्छ र प्रत्येक क्षण जन्मन्छ भन्ने बौद्ध दर्शनको एक सिद्धान्त ।
प्रतीप— वि॰ [सं॰] १. विपरीत । ना॰ २. उपमानभन्दा उपमेयको उत्कृष्टता देखाएर वा उपमानलाई उपमेय बनाएर वर्णन गर्दा हुने एक अर्थालङ्कार; उपमाको उल्टो अलङ्कार ।
प्रतीयमान— वि॰ [सं॰] १. वास्तविक नभए पनि वास्तविकजस्तो लाग्ने; साँचैजस्तो भान पर्ने; प्रतीत हुने (रूप आदि॰ । ना॰ २. व्यञ्जनावृत्तिबारा प्राप्त हुने अर्थ; ध्वनिगत अर्थ; व्यङ्ग्यार्थ ।
प्रतीहार— ना॰हे॰ प्रतिहार । > प्रतीहारी— ना॰ प्रतिहारी ।
प्रत्यक्ष— वि॰ [सं॰] १. आँखाअगिल्तिरको; आँखाले देखिने । २. राम्ररी देखिने; छर्लङ्ग देखिने; स्पष्ट; खुलस्त; साफ । ३. इन्द्रियबारा थाहा पाइने । विप॰ परोक्ष । ना॰ ४. न्यायशास्त्रअनुसार इन्द्रिय र वस्तुको सम्पर्कबाट हुने ज्ञान; चार प्रकारका प्रमाणमध्ये पहिलो प्रमाण । ५. क्रि॰ वि॰/ना॰ यो॰ अघिल्तिर; सामुन्ने । ~ कर— ना॰ कुनै वस्तुको आयातनिर्यातमा र उत्पादन आदिमा लाग्ने वा लागेको कर । ~ करार— ना॰ प्रत्यक्ष संविदा । ~ ज्ञान— ना॰ प्रत्यक्ष स्रोतबाट प्राप्त भएको ज्ञान; आ६नै ज्ञानेन्द्रियबारा पाइएको ज्ञान । > प्रत्यक्षण— ना॰ कुनै कुरालाई मनले प्रत्यक्ष अनुभव गर्ने क्रिया; प्रत्यक्षीकरण । — तः— क्रि॰ वि॰ प्रत्यक्ष रूपमा; स्पष्ट रूपमा; खुलस्त । — ता/त्व— ना॰ प्रत्यक्ष हुने, होइने वा हुन लगाउने गुण; प्रत्यक्षको विशेषता । ~ दर्शन— ना॰
आ६नै आँखाबारा गरिएको दर्शन; साक्षात्कार । —
दर्शी— वि॰ १. कुनै घटना, चित्र आदिलाई आ६नै आँखाले देख्ने; खुद देख्ने । ना॰ २. साक्षी; गवाही । ~ निर्वाचन— ना॰ राष्ट्रपति वा सर्वोच्च विधायिकाका प्रतिनिधि आदिलाई जनताले सोझै चुन्ने काम । ~
प्रमाण— ना॰ १. आ६नै आँखाले देखेको प्रमाण; प्रत्यक्षदर्शीबारा दिइएको प्रमाण । २. न्यायशास्त्रका चार प्रमाणमध्ये पहिलो प्रमाण । ~ लिपि— ना॰ आसामीले धनीका सामुन्ने बसेर गरिदिएको लिखत; तमसुक । — वाद— ना॰ प्रत्यक्ष वा देखेका, सुनेका, भोगेका आदि कुरालाई मात्र प्रामाणिक वा वास्तविक मानी अदृश्य रूपमा रहेको त्यसको मूलकारण वा अन्तर्निहित कारणको वास्ता नगर्ने एक दार्शनिक सिद्धान्त; चार्वाकमत । — वादी— वि॰ १. प्रत्यक्षवादमा विश्वास गर्ने; प्रत्यक्षवादको अनुयायी । २. नास्तिक । ~ शासन— ना॰ १. राजा वा राष्ट्रपति आदिबारा संसद्, मन्त्रिमण्डल आदिका माध्यमबारा शासन नगरी सोझै शासन गर्ने काम । २. राजा, राष्ट्रपति वा केन्द्रीय सरकारले पूरै देशको वा देशका कुनै भागको सोझै शासन गर्ने प्रक्रिया । श्र प्रत्यक्षीकरण— ना॰ १. कुनै विषयवस्तुलाई प्रत्यक्ष देख्ने वा ज्ञानेन्द्रियले अनुभव ज्ञान गर्ने काम; साक्षात्कार । २. प्रत्यक्षण ।
प्रत्यक्षीकृत— वि॰ साक्षात्कार गरिएको । प्रत्यक्षीभूत— वि॰ प्रत्यक्ष भइसकेको ।
प्रत्यङ्ग— ना॰ [सं॰] हात, खुट्टा आदि शरीरका एक–एक अङ्ग; शरीरका सानातिना अङ्ग; उपाङ्ग (प्रायः अङ्ग शब्दको पछिल्तिर जोडिएर प्रयोग हुने, जस्तै— अङ्गप्रत्यङ्ग॰ ।
प्रत्यङ्मुख— वि॰ [सं॰] पश्चिमतिर मुख फर्केको; पश्चिमतिर फर्केको ।
प्रत्यञ्चा— ना॰ [सं॰ प्रत्यञ्चे बाण छोड्न सहायक हुने धनुको डोरी; ताँदो; परिन्जो ।
प्रत्यपकार— ना॰ [सं॰] अपकार गर्नेसितको साटोफेराइ ।
प्रत्यभिज्ञा/प्रत्यभिज्ञान— ना॰ [सं॰] १. पहिले देखेका वा तीसित मिल्दाजुल्दा व्यक्ति, वस्तु आदिलाई कालान्तरमा देख्दा मनमा आउने अघिका कुराको स्मृति; स्मृतिका आधारमा हुने पुराना कुराको ज्ञान । २. चिनापर्ची; चिनारी; परिचय ।
प्रत्यय— ना॰ [सं॰] १. विश्वास; पत्यार । २. कुनै धातु वा शब्दको अन्तमा जोडिएर कुनै विशेष अर्थ वा प्रकृतिकै अर्थ बुझाउने वर्ण वा वर्णसमूह; परसर्ग (उदा॰— इलो, एलु, दार इ॰) । >
प्रत्ययन— ना॰ प्रत्यय वा सद्भावनालाई ग्रहण अथवा संश्लिष्ट गराउने प्रक्रिया; प्रतिभाशक्तिको कार्यव्यापार; भावन । ~ पत्र— ना॰ १. कुनै व्यापारी वा महाजनबारा निजको खाताबाट वा ऋणका रूपमा यति रुपियाँ दिनू भनी कुनै व्यक्तिका सम्बन्धमा लेखी सोही व्यक्तिलाई दिइएको पत्र; विश्वासपत्र । २. सरोकारवालाले जानून् भनी थर–ठेगाना, नाम आदिसमेत खुलाई कुनै ठूलो व्यक्ति वा संस्थाले लेखिदिएको कसैका बारेको पत्र; परिचयपत्र ।
प्रत्यर्पण— ना॰ [सं॰] कुनै वस्तु जसको हो त्यसैलाई गरिएको अर्पण; फिर्ता ।
प्रत्यवाय— ना॰ [सं॰] सन्ध्या, उपासना आदि शास्त्रोक्त नित्यकर्म नगर्नाले लाग्ने दोष वा पाप । > प्रत्यवायी— वि॰ सन्ध्या, उपासना आदि शास्त्रोक्त नित्यकर्म नगर्ने; शास्त्रविहित नित्यकर्म नगर्नाले दोषी ।
प्रत्याक्रमण— ना॰ [सं॰] कसैले गरेको आक्रमणका बदलामा गरिने आक्रमण; झिकीकटक ।
प्रत्याख्यान— ना॰ [सं॰] १. कसैको कुनै सिद्धान्त वा विचारमा देखापरेको भ्रमपूर्ण कुराको खण्डन; निराकरण । २. कसैले लगाएको आरोप वा आक्षेपको अस्वीकृति; नामन्जुरी । ३. विरोध । ४. कथा, उपन्यास आदिमा कथातत्त्वको अभाव हुनुपर्छ भन्ने एक परिपाटी र उक्त परिपाटीका अनुयायीहरूको कृति; अकथा वा अउपन्यास ।
प्रत्यागमन— ना॰ [सं॰] फर्केर आउने काम; फर्कने काम; फिर्ती यात्रा ।
प्रत्याघात— ना॰ [सं॰] आघात गर्नेका विरुद्ध गरिने आघात; ढुङ्गाबारा दिइएको इँटको जवाफ (व्यङ्ग्यार्थमा॰ ।
प्रत्यादेश— ना॰ [सं॰] १. भइरहेको कुनै आदेशका बदलामा आएको आदेश । २. कुनै कुराको प्रत्याख्यान; निराकरण । ३. कुनै कुराको अस्वीकृति; नामन्जुरी । ४. माथिल्ला तहको अधिकारीले दिएको कुनै आदेशलाई मध्यवर्ती अधिकारीले तल्ला तहका कर्मचारीसमक्ष पुथ्याउने काम; माथिल्लो तहको कर्मचारीअनुसार तल्ला तहका कर्मचारीलाई आदेश दिने काम ।
प्रत्यायुक्त— वि॰ [सं॰] १. कुनै सङ्घ, संस्था, सभा आदिमा वा कुनै विशेष काममा केही अधिकार प्रदान गरी पठाइएको; प्रतिनियुक्त । ना॰ २. त्यसरी तैनाथ गरिएको व्यक्ति वा व्यक्ति– समुदाय ।
प्रत्यायोजन— ना॰ [सं॰] १. कुनै सङ्घ, संस्था र कार्यालयले वा कुनै पदाधिकारीले केही समयका लागि आ६नो सम्पूर्ण वा केही अधिकार कुनै व्यक्तिलाई हस्तान्तरण गर्ने क्रिया । २. आ६ना मातहतको कुनै वस्तु अरूलाई हस्तान्तरण गर्ने वा सुम्पने काम ।
प्रत्यायोजित— वि॰ [सं॰] अर्कालाई सुम्पिएको; प्रत्यायोजन गरिएको ।
प्रत्यारोप— ना॰ [सं॰] कसैले लगाएको आरोपका बदलामा आफूले आरोप लगाउने काम; जवाफी आरोप ।
प्रत्यालोचना— ना॰ [सं॰] कसैले गरेको आलोचनाका बदलामा गरिने आलोचना वा त्यस सन्दर्भमा दिइने स्पष्टीकरण ।
प्रत्यावर्तन— ना॰ [सं॰] १. प्रत्यागमन । २. प्रकाश, ध्वनि आदिको कतै फर्केर पुनः उत्पत्तिस्थलतिरको आगमन (प्रतिध्वनन॰ ।
प्रत्यावर्तित— वि॰ [सं॰] छोडेर गएको ठाउँमा फेरि फर्केको ।
प्रत्याशित— वि॰ [सं॰] १. पहिलेदेखि आशा गरिएको । २. अन्दाज गरिएको; सम्भावित ।
प्रत्याशी— ना॰ [सं॰] १. कुनै पद वा स्थानका निम्ति निर्वाचनमा उठ्ने उम्मेदवार । वि॰ २. केही कुराको आशा गर्ने ।
प्रत्याहार— ना॰ [सं॰] १. इन्द्रियहरूलाई विषयवासनाबाट हटाएर चित्त एकाग्र पार्ने साधना; योगका आठ अङ्गमध्ये एक; इन्द्रियनिग्रह । २. पाणिनीय व्याकरणमा माहेश्वरसूत्रका आधारमा बनेका अच् आदि प्रत्याहार ।
प्रत्याह्वान— ना॰ [सं॰] १. कुनै पदाधिकारी, विदेश गएका प्रतिनिधि, राजदूत, वाणिज्यदूत आदिलाई गएका ठाउँबाट वा रहेका पदबाट फिर्ता बोलाउने काम; वापस बोलाउने काम । २. निर्वाचनमा छानिएर गाउँ, नगर, जिल्ला, राष्ट्रिय तहमा पुगेका प्रतिनिधिलाई कुनै कारणवश निर्वाचकसमूहले फेरि फिर्ता बोलाई गरिने पदच्युतकार्य वा पदनिलम्बनकार्य ।
प्रत्युक्ति— ना॰ [सं॰] कसैको उक्तिका बदलामा बोलिने वा भनिने उक्ति ।
प्रत्युच्चारण— ना॰ [सं॰] दोहोथ्याएर गरिने वा गरिएको उच्चारण; पुनरुक्ति ।
प्रत्युत्तर— ना॰ [सं॰] कसैको जवाफका बदलामा दिइने वा दिइएको जवाफ; उत्तर आएपछि दिइने उत्तर ।
प्रत्युत्थान— ना॰ [सं॰] आ६ना मान्य वा पूज्य व्यक्तिको आगमन हुँदा सम्मानका निम्ति बसेको ठाउँबाट उठ्ने काम; आउन लागेका पूज्य वा मान्यजनलाई केही परसम्म लिन जाने काम ।
प्रत्युत्थित— वि॰ [सं॰] प्रत्युत्थान गरिएको वा भएको ।
प्रत्युत्पन्न— वि॰ [सं॰] तत्काल उत्पन्न हुने; ठीक समयमा ठीक जवाफ दिन सक्ने । ~ मति— वि॰ १. मौकामा तत्काल युक्तिसङ्गत उत्तर दिन सक्ने बुद्धि भएको; ठीक समयमा ठीक उपाय सोच्न सक्ने खुबी भएको । ना॰ २. मौकामा सही उत्तर दिने वा सही निर्णय गर्न सक्ने मति ।
प्रत्युपकार— ना॰ [सं॰] कसैले गरेको उपकारका बदलामा गरिने उपकार । > प्रत्युपकारी— वि॰ उपकारका बदलामा उपकार गर्ने ।
प्रत्येक— वि॰ [सं॰] हरएक; हरेक ।
प्रत्यौषध— ना॰ [सं॰] एक औषधीको विकार वा प्रतिक्रियालाई शमन गर्ने अर्को औषधी (एन्टिडोज॰ ।
प्रथम— वि॰ [सं॰] १. गिन्ती गर्दा सबभन्दा पहिले आउने; पहिलो । २. सबैभन्दा असल; सर्वोत्तम । ३. सबैभन्दा मुख्य; प्रधान । क्रि॰ वि॰ ४. अगाडि; पहिले । ५. प्रथमतः । ~ अन्तरहिमानी— ना॰ आजभन्दा छ लाख वर्षपहिले प्रारम्भ भएको हिमानीपछिको युग; प्रथम हिमानीभन्दा पछि र बितीय हिमानीभन्दा पहिलेको बीचको समय । ~ कल्प— ना॰ गर्नुपर्ने उपायहरूमध्ये सबभन्दा उत्तम उपाय; सबभन्दा उत्तम पक्ष । ~ खण्ड— ना॰ १. जीवकल्पको समयको विभाजनमा पहिलो खण्ड; पुराजीवको अर्को नाम । २. पहिलो भाग वा अध्याय । — तः— क्रि॰ वि॰ पहिलो उक्तिका रूपमा भन्ने हो भने; पहिलो भनाइका अनुसार । ~ पुरुष— ना॰ १. व्याकरणअनुसार कुनै काम–कुरा गर्ने वा गर्नेहरूलाई बुझाउने सर्वनाम; म, हामी र यिनका साथ लाग्ने क्रियालाई बुझाउने शब्द । २. सम्पर्कमा आएको पहिलो व्यक्ति । ३. बहुपति विवाहप्रथा भएका समाजमा जेठो चाहिँ लोग्ने (उदा॰— युधिष्ठिर द्रौपदीका प्रथम पुरुष थिए) । ४. पोइल आएकी आइमाईको पहिलोचाहिँ पोइ । ~ पुरुषात्मक— वि॰ व्याकरणका अनुसार प्रथमपुरुष शैलीमा लेखिएको (कथा, उपन्यास आदि॰ । ~ श्रेणी— ना॰ सबैभन्दा पहिलो स्तर; उत्तमकक्षा । ~ हिमानी— ना॰ आजभन्दा लगभग दस लाख वर्षपहिले प्रारम्भ भएको हिमयुगको समय; चार हिमयुगमध्ये पहिलो हिमयुग ।
प्रथमा— ना॰ [सं॰] १. व्याकरणअनुसार वाक्यको उद्देश्यलाई जनाउने विभक्ति वा प्रत्ययसँग सम्बन्धित कारकको प्रतिनिधित्व गर्ने विभक्ति; कर्तासँग सम्बन्धित विभक्ति । २. कर्तृकारक (अप्राविधिक अर्थ) । ३. संस्कृतका परीक्षाहरूमध्ये पहिलो परीक्षा । ४. जेठी छोरी । वि॰ ५. पहिलो (विभक्ति, परीक्षा आदि॰ । श्र प्रथमार्द्ध/प्रथमार्ध— ना॰ कुनै कुरालाई दुई बराबर भागमा बाँड्दा हुने अर्धमध्ये पहिलो अर्ध; उत्तरार्धको उल्टो अर्ध । प्रथमाश्रम— ना॰ ब्रह्मचर्याश्रम ।
प्रथा— ना॰ [सं॰] पितापुर्खाका पालादेखि वर्तमानसम्म चल्दै आएको र जीवनलाई प्रभावित पार्दै आएको रीतिरिवाज; पहिलेदेखि चलिआएको चालचलन; परम्परागत परिपाटी; बूढीरूढि । >
प्रथित— वि॰ १. फैलिएको; फिँजिएको । २. प्रसिद्ध; विख्यात ।
प्रद— वि॰ [सं॰] नाम शब्दका पछाडि जोडिने र 'दिने' भन्ने अर्थ बुझाउने विशेषणवाचक उत्तरपद (ज्ञानप्रद, बुद्धिप्रद, शिक्षाप्रद इ॰) ।
प्रदक्षिणा— ना॰ [सं॰] १. कुनै देवमूतिलाई, मन्दिरलाई वा बर– पीपल आदि वृक्षलाई दाहिनेपट्टि पारी भक्तिपूर्वक चारैतिर घुम्ने काम । २. कुनै व्यक्ति वा वस्तुका चारैतिर घुम्ने काम; फेरामाराइ; घुमाइ ।
प्रदत्त— वि॰ [सं॰] प्रदान गरिएको; दिइएको ।
प्रदर— ना॰ [सं॰] पाठेघरबाट लेस्याइलो तरल पदार्थ निस्किरहने, स्त्रीहरूको एक रोग ।
प्रदर्शक— वि॰ [सं॰] १. बाटो आदि देखाउने; प्रदर्शन गराउने; चिनाउने । २. हेर्ने वा देख्ने; दर्शक । ३. कुनै कुरा सम्झाउने, बुझाउने वा बताउने ।
प्रदर्शन— ना॰ [सं॰] १. बाटो आदि देखाउने काम; मार्गनिर्देशन; भेगियारी । २. रङ्गमञ्चमा नाटक आदि देखाउने काम वा देखाउने उद्देश्यले अभिनयादि गर्ने काम । ३. कुनै समस्याप्रति जनताको समर्थन वा सहानुभूति प्राप्त गर्न वा सरकारको दृष्टि आकर्षित गर्न सो समस्यासँग सम्बन्धित व्यक्तिहरूको जुलुस, नारा आदिबारा असन्तोष वा आ६नो विचार प्रकट गर्ने काम; सामूहिक रूपमा कुनै विषयमा असन्तोष व्यक्त गर्ने काम । ~ कक्ष— ना॰ व्यापारका लागि चीजबीजका नमुना राखिएको ठाउँ (सोरूम) । — कारी— वि॰ कुनै विषयमा सामूहिक रूपमा असन्तोष व्यक्त गर्ने । — शाला— ना॰ नाटक आदि देखाइने र अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने उद्देश्यले बनाइएको घर; प्रदर्शनकक्ष; सभाकक्ष । > प्रदर्शनालय— ना॰ प्रदर्शन गरिने ठाउँ; प्रदर्शनीस्थल; प्रेक्षालय । प्रदर्शनी— ना॰ १. जनसाधारणलाई देखाउने उद्देश्यले नमुनास्वरूप विभिन्न प्रकारका वस्तु सजाएर राखिने ठाउँ; प्रदर्शनका निम्ति समय–समयमा विभिन्न प्रकारका वस्तुहरू राखिने ठाउँ । २. विभिन्न प्रकारका वस्तुहरू नमुनास्वरूप देखाउने काम । प्रदर्शनीय— वि॰ प्रदर्शन गर्न योग्य; प्रदर्शन गर्न लायक ।
प्रदर्शित— वि॰ [सं॰] देखाइएको; प्रदर्शन गरिएको ।
प्रदर्शिनी— वि॰ [सं॰] १. कुनै वस्तु वा कुनै कार्यक्रम देखाउने वा हेर्ने (स्त्री) । २. प्रदर्शनी ।
प्रदर्शी— वि॰ [सं॰] प्रदर्शित गर्ने (पुरुष॰ ।
प्रदान— ना॰ [सं॰] कसैलाई कुनै वस्तु वा कुरा दिने काम; दान ।
प्रदाय— ना॰ [सं॰] चुक्ता गर्नुपर्ने वा दिनुपर्ने रकम अथवा सम्पत्ति ।
प्रदीप— ना॰ [सं॰] १. चहकिलो बत्ती । २. दीप; दियो; बत्ती । >
प्रदीपक— वि॰ १. निकै उज्यालो बनाउने; पर्याप्त प्रकाश दिने । २. स्पष्ट र सफा पार्ने । ना॰ ३. ठूलो र चहकिलो बत्ती ।
प्रदीपन— ना॰ १. चम्किलो कुनै वस्तुले उज्यालो पार्ने क्रिया; प्रदीप्त पार्ने काम । २. उद्दीप्त पार्ने काम । ३. पाँच–पाँच कुना परेका पहेँला र हरिया रब मिसिएका पात, राता फूल, खैरा कन्द हुने र रातो दूध निस्कने, हिमालयको लेकमा पाइने एक जातको विषालु बुटी । प्रदीपिका— ना॰ १. उज्यालो पार्ने र वस्तुहरूलाई देखाउने सानो बत्ती । २. कुनै विषय वा अर्थलाई स्पष्ट पार्ने सानो पुस्तिका ।
प्रदीप्त— वि॰ [सं॰] बेसरी बलेको; प्रकाशयुक्त; उद्दीप्त । > प्रदीप्ति— ना॰ विशेष प्रकारको तेज वा दीप्ति ।
प्रदूषक— वि॰ [सं॰] हावा, पानी, माटो वा कुनै खाद्य वस्तु आदिमा मिसिएर वातावरण दूषित पार्ने; वातावरणमा दूषित असर ल्याउने (तत्त्व॰ ।
प्रदूषण— ना॰ [सं॰] १. दूषित पार्ने काम; दोषयुक्त पार्ने काम । २. रोगव्याधि पैदा गर्ने वा स्वास्थ्यमा हानि गर्ने तत्त्वको सराइ ।
प्रदूषित— वि॰ [सं॰] कुनै वस्तु वा वातावरण नराम्रो कारणले दूषित भएको ।
प्रदेय— वि॰ [सं॰] १. कसैलाई दिनुपर्ने; देय; प्रदाय । २. दिन योग्य; दातव्य ।
प्रदेश— ना॰ [सं॰] १. भाषा, रीतिरिवाज, हावापानी र अन्य भौगोलिक स्थिति, प्रशासन आदिका दृष्टिले छुट्ट्याइएको देशको एउटा ठूलो भाग; प्रान्त । २. कुनै ठाउँ; स्थान । ३. शरीरको अङ्ग; अवयव । ४. कुनै भूभाग । ५. भूभाग वा नदीका दृष्टिले नेपालका तीन भौगोलिक (हिमाली, पहाडी र तराइली वा कोसी, गण्डकी र कर्णाली॰ विभाजनमध्ये कुनै एक । ६. वास्तुकलामा वा मूर्ति– निर्माणसम्बन्धी कलामा अङ्गुलको नौ गुनाबराबरको नापका लागि प्रयोग गरिने शब्द; नौ अमलबराबरको नाप । ७. परदेश; विदेश (न्यूनस्तरीय प्रयोग॰ । > प्रदेशी/प्रदेशीय— वि॰ १. प्रदेशको; प्रदेशसम्बन्धी । २. देख्ने वा देखाउने ।
प्रदोष— ना॰ [सं॰] १. सूर्य अस्ताउने समय; सन्ध्याको समय । २. रात्रिको पहिलो प्रहर । ३. कृष्ण र शुक्ल दुवै पक्षका त्रयोदशीका दिन उपवास बसेर सन्ध्याकालमा शिवको पूजा गरिने एक व्रत ।
प्रद्युम्न— ना॰ [सं॰] १. पौराणिक कथाअनुसार कृष्णका जेठा छोरा; अनिरुद्धका पिता, बाणासुरका सम्धी र उषाका ससुरा । २. कामदेव ।
प्रद्योत— ना॰ [सं॰] १. चम्किला वस्तुबाट चारैतिर फिँजिएको देखिने प्रकाशरेखा; किरण; रश्मि । २. चम्किला वस्तुमा हुने चमक; दीप्ति । ३. उज्जैनका प्राचीन ऐतिहासिक राजा; महासेन ।
प्रधान— वि॰ [सं॰] १. आ६ना समूहमध्ये सबैभन्दा ठूलो; सर्वश्रेष्ठ; प्रमुख; मुख्य । २. गाउँ–घरको प्रमुख; प्रतिष्ठित (व्यक्ति॰; ठालु । ना॰ ३. गाउँघरको प्रमुख; प्रतिष्ठित व्यक्ति; मुखिया; पञ्चायतकालीन प्रधानपञ्च । ४. कुनै संस्था वा विभागको मुख्य अधिकारी । ५. सचिव; मन्त्री । ६. नेवार–जातिको एक थर । ७. लिच्छविकालमा गाउँको मुखियालाई बुझाउने शब्द । ~ कार्यालय— ना॰ सरकारी र गैरसरकारी संस्थाहरूका शाखा– प्रशाखाको सञ्चालन गर्ने मुख्य कार्यालय; केन्द्रीय कार्यालय । —
तः/तया— क्रि॰ वि॰ मुख्य रूपमा; खास गरी । — ता— ना॰ १. सरकारी वा गैरसरकारी संस्थाको प्रधानको पद वा अधिकारी । २. प्रधान हुनाको भाव वा प्रधान हुने गुण । ~ धातु— ना॰ १. कुनै वाक्यको प्रमुख क्रियापदको धातु; समापिका धातु । ~ पञ्च— ना॰ तत्कालीन पञ्चायती व्यवस्थाअन्तर्गत जारी र हेको गाउँ तथा नगर पञ्चायत ऐनबमोजिम गाउँ वा नगरसभाका मतदाताहरूबारा छानिएको मुख्य व्यक्ति; गाउँ वा नगरतहका पञ्चसदस्यमध्ये मुख्य । ~ परीक्षक— ना॰ कुनै परीक्षामा सम्मिलित भएका छात्रहरूको उत्तरपुस्तिकाका परीक्षकहरूमध्ये मुख्य परीक्षक । ~ मध्याह्न रेखा— ना॰ भूगोलका अनुसार बेलायतको 'ग्रीनवीच' भन्ने ठाउँ छुने गरी खिचिएको ॰) को मध्याह्नरेखा । ~ मन्त्री— ना॰ कुनै राष्ट्रको सबभन्दा ठूलो मन्त्री; मन्त्रीहरूमध्ये मुख्य; मन्त्रिमण्डलको अध्यक्ष । ~ सेनापति— ना॰ प्रमुख सेनापति; कम्यान्डर–इन–चीफ । > प्रधानाङ्ग— १. ना॰ शरीर वा अन्य कुनै वस्तुको मुख्य अङ्ग । २. कुनै राज्यको प्रधान अधिकारी । ३. नेवारजातिको एक थर । प्रधानाध्यापक— ना॰ कुनै स्कुल वा पाठशालाको मुख्य अध्यापक; हेडमास्टर ।
प्रधानामात्य— ना॰ प्राचीन कालको प्रधानमन्त्री वा मुख्य सचिव; प्रधान अमात्य । प्रधानी— ना॰ डोली अड्याउने काठ; पर्धानी ।
प्रपञ्च— ना॰ [सं॰] १. घरगृहस्थी आदिको झन्झट; जगत्को जञ्जाल; सांसारिक मायामोह; मायाजाल । २. कता–कताबाट आइपरेको झोज वा झमेला; झेलबखेडा । ३. छल; कपट । ४. ढोँग; आडम्बर । ५. विस्तार; फैलावट । ६. कुनै कुराको प्रबन्ध; बन्दोबस्त । ७. एकपल्ट भनिसकिएको कुरालाई फेरि खुलस्त पारी भन्ने काम । > प्रपञ्ची— वि॰ १. प्रपञ्चसँग सम्बन्धित; प्रपञ्चमा रहेको । २. प्रपञ्च गर्ने; प्रपञ्च रच्ने; आडम्बरी; ढोँगी । ३. छलछाम गर्ने; कपटी । ४. धेरै झोज भएको ।
प्रपञ्जी— ना॰ [सं॰] कुनै ब्याङ्क, व्यापारिक संस्था आदिको व्यापारसम्बन्धी आयव्यय, लेनदेन आदि लेखिएको मुख्य खाता; मूल रजिष्टर; बही (लेजर) । ~ पृष्ठ— ना॰ कुनै ब्याङ्क, व्यापारिक संस्था आदिमा कसैको रुपियाँ जम्मा गर्ने वा झिक्ने किसिमको बेहोरा लेखिएका, प्रपञ्जीको अगाडि–पछाडिका दुई पत्र ।
प्रपत्र— ना॰ [सं॰] कुनै पद, परीक्षा, स्थान आदिका निम्ति विवरण प्रस्तुत गर्दा आवश्यक जानकारीको बेहोरा भरिने, रित्तो ठाउँ, कोठा आदि भएको मुद्रित वा टङ्कित पत्र; फाराम ।
प्रपद— ना॰ [सं॰] शरीरको प्रपदास्थिनेरको अवयव । > प्रपदास्थि— ना॰ गोलीगाँठाभन्दा मुनि र कुर्कुच्चाभन्दा अगाडिपट्टिको हाडका ससाना टुक्रा ।
प्रपन्न— वि॰ [सं॰] १. कसैका शरणमा परेको; शरण पर्न आएको; शरणागत । २. आइपुगेको ।
प्रपात— ना॰ [सं॰] १. अग्लो ठाउँबाट कुनै वस्तु ठाडै तलतिर खस्ने क्रिया । २. कुनै ठाडै तलतिर खस्ने अग्लो ठाउँ; भीर– पहराको चुली; टाकुरो । ३. निर्झर; छाँगो; छहरो ।
प्रपितामह— ना॰ [सं॰] १. आ६ना बाबुका बाबुका बाबु; आफूभन्दा तीन पुस्तामाथिका पुर्खा; बाबुका बाजे; बूढा बाजे । २. ब्रह्मा । ३. परब्रह्म । ४. पूर्वज; जिजुबाजे । > प्रपितामही— ना॰ आ६ना बाबुका बाबुकी आमा; बाबुको बज्यै; जिजुबज्यै; बूढीबज्यै ।
प्रपीडक— वि॰ [सं॰] ज्यादै पीडा दिने; अत्यन्त दुःख दिने; हैरान पार्ने ।
प्रपीडन— ना॰ [सं॰] १. ज्यादै पीडा वा दुःख दिने काम; कष्ट दिने काम; सताइ । २. अतिशय पीडा; अत्यन्त कष्ट ।
प्रपौत्र— ना॰ [सं॰] छोरा वा छोरीपट्टिको नाति वा नातिनीको छोरो; छोरा वा छोरीबाट उत्पन्न आफूभन्दा तीन पुस्तापछिको पुरुष सन्तति; पनाति । > प्रपौत्री— ना॰ त्यस्तै स्त्री सन्तति; पनातिनी ।
प्रफुल्ल— वि॰ [सं॰] १. राम्ररी फुलेको वा फक्रेको; विकसित भएको । २. हँसिलो; प्रसन्न । — वदन— वि॰ उज्यालो अनुहारको; प्रसन्न । > प्रफुल्लित— वि॰ प्रफुल्ल; प्रसन्न भएको ।
प्रबन्ध— ना॰ [सं॰] १. कुनै कामकुरा राम्ररी सम्पन्न गर्न मिलाइने व्यवस्था; बन्दोबस्त; इन्तिजाम; चाँजोपाँजो । २. आयोजना । ३. कुनै विषय वा सिद्धान्तको युक्तियुक्त प्रतिपादन भएको, गद्यात्मक, विचारप्रधान लेख; एक प्रकारको विचारप्रधान निबन्ध । ४. कुनै कल्पित कथाका आधारमा तयार गरिएको सुव्यवस्थित रचना । — क/कर्ता— वि॰ प्रबन्ध मिलाउने; बन्दोबस्त गर्ने; व्यवस्थापक । ~ कल्पना— ना॰ केही सत्य र केही काल्पनिक कथाका आधारमा शृङ्खलाबद्ध रूपमा तयार पारिएको साहित्यिक रचना; कथात्मक रचना । — कारिणी— ना॰ कुनै सङ्घ, संस्था, सभा वा अन्य आयोजनाका लागि आवश्यक प्रबन्ध मिलाउने समिति; प्रबन्ध– समिति । ~ काव्य— ना॰ १. सत्य वा काल्पनिक कथाका आधारमा कुनै कविबारा रचना गरिएको, काव्योचित गुणले युक्त, सर्गबद्ध, पद्यात्मक काव्य; महाकाव्य । २. कथा वा उपन्यास । ~ पत्र— ना॰ १. कम्पनी–ऐनबमोजिम कम्पनीका उद्देश्य र अधिकारहरू लेखिएको पत्र । २. कुनै कामकुराको व्यवस्था वा कार्यान्वयनका सम्बन्धमा लेखिएको पत्र । ~ विधान— ना॰ कुनै काम वा वस्तु आदिको प्रबन्ध मिलाउने काम । ~ सम्पादक— ना॰ कुनै पत्रपत्रिका आदिमा प्रकाशन गरिने लेखरचना आदि सङ्कलित गर्ने र प्रकाशनसम्बन्धी अन्य आवश्यक व्यवस्था मिलाउने सम्पादक । ~ समिति— ना॰ कुनै सङ्घ, संस्था, सभा आदिका लागि आवश्यक प्रबन्ध मिलाउने समिति; प्रबन्धकारिणी; कार्यसमिति । ~ सार— ना॰ कुनै प्रबन्धको प्रमुख कुरा नछुट्ने गरी तयार गरिएको सारांश; प्रबन्धको निचोड ।
प्रबल— वि॰ [सं॰] १. प्रशस्त बल भएको; ज्यादै बलियो; बलवान्; बलिष्ठ; शक्तिशाली । २. उग्र किसिमको; भयङ्कर; प्रचण्ड ।
प्रबाल— ना॰ [सं॰] १. पल्लव । २. मुगा । ३. पुवाँलो; प्वाँलो ।
प्रबुद्ध— वि॰ [सं॰] १. सचेत अवस्थामा रहेको; जागरूक; जाग्रत्; जागा । २. बुझ्नुपर्ने कुरालाई राम्ररी बुझेको; जानेसुनेको । ३. विकसित मस्तिष्क भएको । — ता— ना॰ प्रबुद्ध हुनाको भाव वा अवस्था ।
प्रबोध— ना॰ [सं॰] १. जाग्रत् अवस्था; सचेत अवस्था; ज्ञानावस्था । २. लौकिक वा पारलौकिक किसिमको ज्ञान; जीवनजगत्को वास्तविकताको ज्ञान; तत्त्वज्ञान । > प्रबोधक— वि॰ १. होसमा ल्याउने; बिउँझाउने; जाग्रत् गराउने; सचेत पार्ने । २. ज्ञान दिने । प्रबोधन— ना॰ १. जगाउने काम; सचेत गराउने काम; होसमा ल्याउने काम; बिउँझाउने काम । २. ज्ञान दिने काम ।
प्रबोधनी— ना॰ प्रबोधिनी । प्रबोधित— वि॰ प्रबोध भएको; प्रबुद्ध ।
प्रबोधिनी— ना॰ कार्तिक शुक्ल एकादशी; हरिबोधिनी एकादशी; प्रबोधनी ।
प्रभव— ना॰ [सं॰] १. उत्पन्न हुने क्रिया; उत्पत्ति; जन्म । २. उत्पत्तिको कारण । ३. उत्पत्तिस्थान । ४. धातु आदि निकालिने ठाउँ; खानी; आकार । ५. सृष्टि; संसार । ६. पानी निस्कने वा उम्रने ठाउँ; मूल; स्रोत; उद्गमस्थल । ७. पराक्रम । ८. साठी मध्येको पहिलो संवत्सर ।
प्रभा— ना॰ [सं॰] १. प्रकाश; आभा; दीप्ति; कान्ति; चमक; उज्यालो । २. सूर्यको बिम्ब । ३. किरण; तेज । ४. सूर्यकी पत्नी; संज्ञा; उषा । — कर— ना॰ १. प्रभा फैलाउने ग्रह; सूर्य । २. चन्द्रमा । ३. अग्नि । ४. समुद्र । ५. मदारवृक्ष । वि॰ ६. उज्यालो फैलाउने । — करी— ना॰ बौद्ध धर्मअनुसार दस वा त्रयोदश भूमिमध्ये तेस्रो भूमि ।
प्रभात— ना॰ [सं॰] रात सकिएर चारैतिर उज्यालो भएको समय; बिहानको बेला; प्रातःकाल; सबेर । — फेरी— ना॰ कुनै कुृराको प्रचार गर्न वा उत्सव मनाउनका लागि बिहानको समयमा सामूहिक रूपमा नारा लगाउँदै तथा गानाबजानाका साथ रमाइलो गर्दै निश्चित ठाउँ वा क्षेत्रमा परिक्रमा गर्ने वा घुम्ने कार्य । > प्रभाती— ना॰ १. प्रातःकालका समयमा गाइने एक खालको गीत । २. प्रातःकालमा गरिने नित्यकर्म । वि॰ ३. बिहान गाइने (जस्तै—प्रभाती राग॰ । प्रभा मण्डल— ना॰ [सं॰] १. देवदेवी वा दिव्यपुरुषहरूका अनुहारका वा शरीरका चारैतिर फैलेर रहने वृत्ताकारको घेरो; बिम्ब । २. तेजपुञ्जका वरिपरिको मण्डल; प्रकाशमण्डल । ३. देवता वा देवतुल्य व्यक्तिका चित्रमा ज्योतिको प्रतीकका रूपमा शिरवरिपरि कोरिने सेतो वा पाँडुलो रबको वृत्त ।
प्रभारी— वि॰ कुनै पद वा विभागमा सम्बन्धित कार्यको जिम्मेदारी लिने (व्यक्ति, सदस्य आदि॰ ।
प्रभाव— ना॰ [सं॰] १. उत्पन्न हुने वा जन्मने क्रिया; उद्भव; प्रादुर्भाव । २. व्यक्तिमा रहेको प्राकृतिक एवं क्रियात्मक सामर्थ्य; शक्ति । ३. कुनै वस्तुको वा विषयको अध्ययनबाट मनमा पर्ने गुण; असर । ४. महिमा; माहात्म्य । ५. अन्तःकरणलाई प्रसन्न वा अप्रसन्न तुल्याउने गुण । ६. कुनै व्यक्ति वा वस्तुको शक्ति, सम्मान, अधिकार, पराक्रम आदिबाट अरू व्यक्ति वा वस्तुमा पर्ने असर; छाप । — क— वि॰ आ६नो प्रभाव वा छाप अर्कामा पार्न सक्ने गुण भएको; प्रभावकारी । — कारिता— ना॰ आ६ना स्वभाव वा क्रियाकलापको छाप अर्कामा तत्काल पार्न सक्ने गुण वा शक्ति; प्रभावधर्मिता । — कारी— वि॰ आ६ना प्राकृतिक गुण वा क्रियात्मक विशेषताहरूको छाप अर्कालाई तुरुन्त पार्न सक्ने; प्रभावशाली; प्रभावात्मक; प्रभावधर्मी । — धर्मिता— ना॰ प्रभावकारिता । — धर्मी— वि॰ प्रभावकारी । — पूर्ण— वि॰ आकर्षक गुणले भरिएको; सद्गुण, सच्चरित्र, सत्कर्म आदिका सामर्थ्यले भरिभराउ भएको; प्रभावमय । — मय— वि॰ प्रभावपूर्ण । — वान्/ शाली— वि॰ यथेष्ट प्रभाव पार्न सक्ने गुण वा विशेषता भएको; राम्रो र धेरै प्रभाव पार्न सक्ने ।
प्रभावात्मक— वि॰ [सं॰] प्रभावकारी; प्रभावशाली । — ता— ना॰ प्रभावात्मक हुनाको भाव वा अवस्था; प्रभावकारिता ।
प्रभावान्— वि॰ [सं॰] तेज भएको; तेजिलो; तेजस्वी ।
प्रभावान्वित— वि॰ [सं॰] कसैका प्राकृतिक एवं क्रियात्मक गुणअवगुणहरूको प्रभाव वा छाप परेको; त्यस प्रकारका प्रभाव वा छापले युक्त भएको ।
प्रभावित— वि॰ [सं॰] कसैको प्रभाव वा असर परेको; प्रभावान्वित ।
प्रभावी— वि॰ [सं॰] १. प्रभाव भएको; शक्तिशाली । २. प्रभाव पार्ने; प्रभावक ।
प्रभावोत्पादक— वि॰ [सं॰] प्रभाव उत्पन्न गर्ने; प्रभाव पार्ने । — ता— ना॰ प्रभावोत्पादक हुनाको भाव, गुण वा अवस्था ।
प्रभास— ना॰ [सं॰] १. चारैतिर छरिएको उज्यालो; प्रकाश; ज्योति; दीप्ति । २. हिन्दूहरूको एक प्राचीन तीर्थ; सोमतीर्थ । ३. रामवानर नामक आदिम मानवको आजभन्दा एक करोड दस लाख वर्षपूर्वको दाँतको अवयव फेला परेको, बुटवलबाट पाल्पा जाने बाटोमा पर्ने एक ठाउँ, पर्भास ।
प्रभास्वर— ना॰ [सं॰] १. सूर्य; भास्कर; भास्वर । वि॰ २. साह्रै चम्किलो; दीप्तियुक्त; उज्यालो ।
प्रभु— ना॰ [सं॰] १. सबैले आदरसम्मान गर्नुपर्ने व्यक्ति; मालिक; स्वामी । २. सर्वशक्तिसम्पन्न अधिकारी; अधिपति; शासक । ३. ईश्वर; परमात्मा । ४. विष्णु । ५. शिव । ६. राजा, स्वामी, देवता एवं श्रेष्ठ पुरुषलाई गरिने आदरार्थी सम्बोधन । — ता— ना॰ प्रभुत्व; सम्प्रभुत्व; स्वामित्व ।
प्रभुत्व— ना॰ [सं॰] १. प्रभुमा हुने गुण एवं सामर्थ्य; प्रभुता । २. सर्वाधिकारसम्पन्नता; स्वामित्व । ३. महिमा; गौरव; महत्त्व; गरिमा । ४. वैभव; ऐश्वर्य । — वाद— ना॰ सर्वोच्च शासक हर्ताकर्ता हुने राजनीतिक सिद्धान्त । — वादी— वि॰ प्रभुत्ववादको अनुयायी; हैकमवादी ।
प्रभुभक्त— वि॰ [सं॰] प्रभुको भक्त वा प्रशंसक; प्रभुको आदर गर्ने । > प्रभुभक्ति— ना॰ प्रभुको श्रद्धा वा आदर; प्रभुको भक्ति वा मान ।
प्रभुशक्ति— ना॰ [सं॰] १. कोश वा खजाना तथा सेनामा रहेको बल । २. पूर्णप्रभुत्व; परमसत्ता; प्रभुसत्ता; सम्प्रभुत्व; सम्प्रभुता ।
प्रभुसत्ता— ना॰ [सं॰] कुनै देशको हरेक दृष्टिले स्वाधीन वा स्वतन्त्र अस्तित्व; कुनै देश हरेक दृष्टिले स्वाधीन हुने विशेषता वा शक्ति; सम्प्रभुत्व; सार्वभौमिकता । ~ सम्पन्न— वि॰ प्रभुसत्ता भएको; सम्प्रभुता भएको ।
प्रभूत— वि॰ [सं॰] १. विशिष्ट रूपले भइसकेको; भूत । २. उत्पन्न भएको; जन्मिएको; प्रादुर्भूत । ३. ज्यादा; प्रशस्त; अधिक; धेरै । श्र प्रभूति— ना॰ १. ऐश्वर्य; ईश्वरीय शक्ति । २. सम्पत्ति; संवृद्धि ।
प्रभृति— क्रि॰ वि॰ [सं॰] १. इत्यादि; हरू; आदि । ना॰ यो॰ २. लगायत; समेत ।
प्रभेद— ना॰ [सं॰] १. भेद; भिन्नता । २. अन्तर; फरक । ३. फोरेर निकाल्ने क्रिया; फोराइ; तोडाइ ।
प्रमण्डल— ना॰ [सं॰] १. प्रतिनिधिमण्डल; शिष्टमण्डल । २. एक देशबाट अर्को देशमा सांस्कृतिक, आर्थिक, सामाजिक आदि विषयबारे जानकारी हासिल गर्न र तिनको आदानप्रदान गर्न जाने विशिष्ट व्यक्तिहरूको समुदाय । ३. केही व्यक्ति मिलेर व्यापारसम्बन्धी वा अरू कुनै कार्य सम्पन्न गर्नका निम्ति खडा गरिएको व्यापारीहरूको सङ्घ वा समुदाय ।
प्रमत्त— वि॰ [सं॰] १. मात्तिएको; उन्मत्त भएको । २. बहुलाएको; सनक चढेको । ३. नशा लागेको; मात लागेको । ४. घमन्डले पृmुलेको वा चूर भएको । ५. असावधान; बेहोसी । — ता— ना॰ १. उन्मत्त भएको अवस्था; पागलपना । २. नशा लागेर चूर भएको स्थिति । ३. बौलट्टीपन ।
प्रमद— ना॰ [सं॰] १. ज्यादै मद भएको स्थिति; उन्मत्तता; प्रमाद; मात । २. आनन्द; प्रसन्नता; प्रफुल्लता । वि॰ ३. उग्र; प्रचण्ड । ४. असावधान; बेहोसी । ५. घमण्डले चूर भएको; मात लागेको; उन्मत्त । ~ कानन/वन— ना॰ प्राचीन नाटकहरूमा नायकले नायिकाका साथमा, राजाले रानीका साथमा विहार गर्ने उपवन वा बगैँचा । > प्रमदा— वि॰ १. बैँसले उन्मत्त भएकी; मतमताउँदी युवती । ना॰ २. सुन्दरी स्त्री; रूपवती स्त्री । ३. पट्ठी आइमाई; मस्त तरुनी ।
प्रमर्दन— ना॰ [सं॰] १. राम्ररी माड्ने वा दल्ने काम; माडमुड । २. कुल्चेर थिलीपितिली पार्ने काम; खाँदखुँद ।
प्रमाङ्गी— ना॰ हे॰ परमाङ्गी ।
प्रमाण— ना॰ [सं॰] १. कुनै विषय वा कुरालाई सिद्ध वा साबित गर्नका निम्ति प्रस्तुत गरिने वस्तु वा कथन (प्रमाण चार प्रकारका
हुन्छन्— प्रत्यक्ष प्रमाण, अनुमानसिद्ध प्रमाण, शब्दसम्बन्धी प्रमाण तथा उपमान वा उदाहरणसम्बन्धी प्रमाण) । २. कुनै वस्तुको यथार्थ ज्ञान गराउने साधन । ३. परिमाण; मात्रा । ४. सत्यता; सच्चाइ । ५. निश्चय; प्रतीति । ६. मर्यादा; मान; आदर । ७. प्रमाणबारा कुनै कुरो प्रत्यक्ष सिद्ध गर्दा हुने एक अर्थालङ्कार । ८. प्रमाणपत्र । > प्रमाणक— ना॰ कुनै रकमलाई आयव्ययका खातामा चढाउनका निम्ति सम्पुष्टि वा प्रमाणका रूपमा साथसाथै नत्थी गरेको, हिसाबको कच्चावारी फाँट खोलेको कागज; पुर्जा ।
प्रमाणतः— क्रि॰ वि॰ १. प्रमाणअनुसार; प्रमाणका निम्ति; प्रमाणलाई । २. प्रमाणका रूपमा; प्रमाणस्वरूप । प्रमाणन— ना॰ १. कुनै लेख, कथन आदि ठीकसँग प्रमाणित हुने क्रिया; प्रमाणको पर्याप्तता । २. प्रमाणितगराइ । प्रमाण पत्र— ना॰ [सं॰] १. आफूले गरेका काम, अध्ययन आदिको प्रमाणका निम्ति सरकारी विभाग, गैरसरकारी सङ्घ–संस्था वा विश्वविद्यालयले दिने लिखित प्रमाण वा निस्साको कागज (सर्टिफिकेट) । २. कुनै कामकुराका निम्ति प्रमाण वा निस्सा मानिने पत्र वा लेख आदि । ३. नयाँ शिक्षा योजनाका अनुसार इन्टरमिडिएट वा प्रवीणतातहका पर्यायका रूपमा चलेको शब्द । ~ तह/स्तर— ना॰ प्रवेशिका वा एस्॰ एल्॰ सी॰ परीक्षा पास गरिसकेपछि पढिने महाविद्यालय वा क्याम्पसका पढाइको पहिलो तह; इन्टरमिडिएटतह; प्रवीणतातह । प्रमाण पुरुष— ना॰ [सं॰] पक्ष एवं विपक्ष दुवैले स्वीकार गर्ने खालको निर्णय दिने व्यक्ति; प्रमाणका निम्ति सबैले मानेको व्यक्ति (पञ्च, साक्षी आदि॰ ।
प्रमाणिक— वि॰ [सं॰ प्रामाणिके प्रमाण हुन सक्ने; प्रमाण प्रदान गर्न सक्ने; तथ्यपूर्ण; सत्य ।
प्रमाणित— वि॰ [सं॰] प्रमाणबारा सिद्ध भएको वा गरिएको; प्रमाणसिद्ध; साबित; निश्चित ।
प्रमाणीकरण— ना॰ [सं॰] १. कुनै कुरो सत्य हो भनी प्रमाणित गर्ने काम; कसैको विश्वसनीयताको पुष्टि गर्ने कार्य । २. कुनै तथ्यको आधार लिएर कुनै कुरालाई ठीकसँग जँचाउने क्रिया ।
प्रमातामह— ना॰ [सं॰] आमाका हजुरबाबु वा बाजे । > प्रमातामही— ना॰ आमाकी हजुरआमा; आमाकी बज्यै ।
प्रमाद— ना॰ [सं॰] १. असावधान रहने क्रिया; बेहोसी हुने स्थिति । २. कर्तव्यलाई अकर्तव्य र अकर्तव्यलाई कर्तव्य सम्झने प्रवृत्ति । ३. भूल; चूक । ४. भ्रम; भ्रान्ति । ५. उन्माद; नशा; बहुलट्टीपना । ६. घमन्ड; अहमत्याइँ । ७. लापर्बाही; हेलचेक््रयाइँ; असावधानी । ८. समाधिका साधनहरूलाई ठीकसँग नसम्झने प्रवृत्ति । — वान्— वि॰ १. प्रमाद गर्ने; प्रमत्त । २. उन्मत्त स्वभावको; बहुलट्टी स्वभावको । ३. भूलचूक गर्ने; असावधानीका साथमा काम गर्ने । श्र प्रमादी— वि॰ प्रमादवान् ।
प्रमान— ना॰ [सं॰ प्रमाणे मल्लकालीन नेपालको प्रशासन–प्रमुख वा प्रमुख प्रशासनिक अधिकारी ।
प्रमाप— ना॰ [सं॰] १. निश्चित आधारमा स्थिर गरिएको, तोकिएको वा सबैले मानेको माप वा मान । २. योग्यता, श्रेष्ठता आदि जाँच्ने–नाप्ने आदि निर्धारित स्तर वा क्रम; स्तरीय नापो; सरकारी मान्यताप्राप्त नापजोख । ३. नापो । ४. नापी । > प्रमापक— वि॰ १. कुनै विषयलाई निश्चित रूपमा प्रमाणित गर्ने । २. नाप्ने; जोख्ने; नापतौल गर्ने ।
प्रमित— वि॰ [सं॰] १. वास्तविक रूपमा प्रामाणिक ज्ञान भएको; सत्यज्ञानले युक्त । २. थोरै; अल्प; कम । ३. नापिएको; जोखिएको; प्रमाणबारा सिद्ध गरिएको; प्रमाणित गरिएको; प्रमाणित । >
प्रमिताक्षरा— ना॰ सगण, जगण, सगण र सगण—यी चार गणका योगबाट बन्ने जगती जातिको छन्दको एक भेद । प्रमिति— ना॰ १. कुनै प्रमाणबारा प्राप्त हुने यथार्थ ज्ञान; प्रमाण । २. माप; नाप ।
प्रमीलन— ना॰ [सं॰] १. आँखा बन्द गर्ने काम; निमीलन । २. उँघाइ; तन्द्रायुक्त स्थिति; तन्द्रा; झक; लोल्याहट ।
प्रमीला— ना॰ [सं॰] १. उँघ; तन्द्रा; लोल्याहट । २. झकाइ; अर्द्धनिद्रा । ३. शिथिलता; क्लान्ति; थकाइ; जुम्सोपन ।
प्रमीलित— वि॰ [सं॰] उँघेको; तन्द्रामा परेको; झकाएको; लोलाएको ।
प्रमुख— वि॰ [सं॰] १. गन्दा सबैभन्दा पहिलो ठहरिने । २. जनसमूहका बीच पहिलो क्रममा आउने; प्रथम । ३. कामदार व्यक्तिहरूमा मुख्य; प्रधान । ४. साधारण व्यक्तिहरूले सम्मान गर्ने; सम्मान्य; प्रतिष्ठित । ना॰ ५. सम्मान गर्न योग्य व्यक्ति । ~ अतिथि— ना॰ कुनै उत्सव, समारोह आदिमा आमन्त्रित गरिएको प्रतिष्ठित एवं सम्मान्य व्यक्तिमध्ये श्रेष्ठ । ~ अधिकारी/अधिकृत— ना॰ कार्यालय वा विभागको मुख्य अधिकारी; हाकिम । ~ जिल्ला
अधिकारी— ना॰ जिल्लाको प्रशासनसम्बन्धी कार्य हेर्ने प्रमुख अधिकारी; नेपाल सरकारबारा नियुक्त, जिल्लाको प्रशासकीय हाकिम । — ता— ना॰ १. प्रमुख हुने स्थिति । २. प्रमुख हुने गुण, सामर्थ्य वा प्रमुख भइसकेपछिको विशेषता । ~ सचिव— ना॰ सरकारी प्रशासनसम्बन्धी विभागको प्रधान सचिव; मुख्य सचिव (चीफ सेक्रेटरी) । ~ सभा— ना॰ १. देशका प्रमुख पद वा स्थानमा रहेका प्रख्यात व्यक्तिहरूका बीच मुख्य विषयमा छलफल एवं विचारविमर्शका निम्ति गरिएको सभा । २. मुख्य वा माथिल्ला तहको सभा । ~ सेनानी— ना॰ शाही नेपाली सेनाको एक उच्च पद; लेि६टनेन्ट कर्णेल । ~ स्थपति— ना॰ कुनै विभागका इन्जिनियरहरूमध्ये सबैभन्दा प्रमुखचाहिँ (चीफ इन्जिनियर॰ ।
प्रमुदित— वि॰ [सं॰] अत्यन्त प्रसन्न भएको; ज्यादै खुशी भएको; अति प्रफुल्लित; हर्षले गद्गद भएको । ~ नयन— ना॰ १. रमाएको आँखा । २. प्रसन्न हेराइ । वि॰ ३. रमाएको; हाँसेको; प्रसन्नतापूर्वक हेर्ने । ~ हृदय— वि॰ १. खुसी र हर्षले हृदय प्रफुल्ल भएको; मन प्रसन्न भएको; चित्त रमाएको । ना॰ २. प्रसन्न मन; रमाएको हृदय । > प्रमुदिता— ना॰ १. बौद्ध महायान र वज्रयानका साधकहरूका ध्यानको पहिलो अवस्था । २. बौद्ध धर्मअनुसार दशभूमि, त्रयोदशभूमिमध्येको पहिलो भूमि वा चैत्यको पहिलो भूमि । ३. प्रमुदित भएकी नारी ।
प्रमेय— ना॰ [सं॰] १. प्रमाणका निम्ति उपयुक्त ठहरिएको विषय । २. प्रमाण वा यथार्थ ज्ञान गर्न सकिने कुरा । ३. कुनै यथार्थ ज्ञानलाई प्रमाणित गर्ने आधार । ४. नापो वा नापोको साधन । वि॰ ५. प्रमाणको निम्ति उपयुक्त; प्रमाण दिन सक्ने ।
प्रमेह— ना॰ [सं॰] पिसाबसँग मिसिई वीर्य अथवा शरीरका अरू धातु पातलिएर जाने रोगहरूमध्ये कुनै एक । > प्रमेही— वि॰ पिसाबबाट वीर्य एवं शरीरका अरू धातु पग्लिएर जाने रोगबाट ग्रस्त; प्रमेहको रोगी ।
प्रमोद— ना॰ [सं॰] १. मन रमाएको अवस्था; हर्ष; आनन्द; हर्क । २. साठी संवत्सरमध्येको एक । — कर— ना॰ नाटक, चलचित्र आदिको प्रदर्शन तथा अन्य मनोरञ्जन आदिमा लाग्ने कर; मनोरञ्जनकर; विलासकर; विनोदकर । — वन— ना॰ आमोद गर्ने बगैँचा; मन बहलाउने एवं विहार गर्ने बगैँचा । > प्रमोदित— वि॰ हृदय प्रफुल्लित भएको; प्रमोदयुक्त; प्रसन्न; हर्षले गद्गद भएको । प्रमोदी— वि॰ हृदयलाई प्रफुल्लित गराउने; आनन्दित तुल्याउने ।
प्रमोसन— ना॰ [अङ्॰] भइरहेका पद वा स्थानबाट माथिल्लो पद वा स्थानमा हुने बढुवा; पदोन्नति; पदवृद्धि । ~ कट्टा— ना॰ कुनै कारणवश कर्मचारीहरूको पदोन्नति हुने कुरा कटौती हुने काम; हुन लागेको प्रमोसनमा कारणवश उपस्थित बाधा ।
प्रमोह— ना॰ [सं॰] १. इन्द्रियहरू शिथिल वा निष्क्रिय भएर हुने बेहोसीपना; मोह; मूर्च्छा । २. अज्ञान; मूर्खता । > प्रमोहन— ना॰ १. कसैको हृदयमा गहिरो प्रभाव पारेर उसलाई मुग्ध गराउने कार्य; मोहनी लाउने क्रिया; मुहुनी । २. कसैका इन्द्रियहरूलाई शिथिल वा निष्क्रिय तुल्याएर बेहोस तुल्याउने क्रिया; मूर्च्छा पार्ने काम । प्रमोहित— वि॰ १. मोहमा परेको वा पारिएको । २. मूर्च्छित तुल्याइएको; बेहोस गराइएको ।
प्रयत्न— ना॰ [सं॰] १. कुनै काम वा उद्देश्य पूरा गर्नका निमित्त गरिने कार्य; चेष्टा; उन्नति; प्रयास; कोसिस । २. व्याकरणअनुसार वर्णहरूको उच्चारण गर्दा श्वास, जिब्रो, कण्ठ आदिको व्यापार । — वान्— वि॰ कुनै कार्य वा उद्देश्य पूरा गर्नका निम्ति प्रयत्नशील रहने; कोसिस गर्ने; यत्नशाली । — शील— वि॰ कुनै कार्य वा लक्ष्यसिद्धिका निम्ति उन्नतशील रहने स्वभाव भएको; उद्योगी । — साध्य— वि॰ कठोर परिश्रम वा ठूलो यत्नबारा सिद्ध हुने; ठूलो उन्नतिले सम्पन्न हुने वा सफलता हासिल गर्न सकिने ।
प्रयाग— ना॰ [सं॰] गङ्गा, यमुना एवं सरस्वतीको सङ्गममा रहेको, अचेल इलाहाबादका नाउँले प्रख्यात एक प्रसिद्ध तीर्थस्थल; तीर्थराज ।
प्रयाण— ना॰ [सं॰] १. साइतका साथ गरिने एक ठाउँबाट अर्को ठाउँको यात्रा; पाइलो वा पाइतोसराइ; प्रस्थान; पयान (प॰ ने॰); यात्रा । २. युद्धका निम्ति रणस्थलतिर गरिने प्रस्थान । ३. कुनै पनि कार्यको थालनी । ४. इहलोकबाट परलोकतिर गरिने प्रस्थान । ५. पशुको पिठिउँ वा ढाड । — काल— ना॰ १. कुनै ठाउँको यात्रा गरिने समय; प्रस्थानकाल । २. इहलोकबाट अवकाश प्राप्त गर्ने समय; मर्ने बेला; मृत्युसमय । ~ गीत— ना॰ सैनिक अभियान वा मुक्ति सङ्ग्रामका समयमा गाइने गीत (मार्चिब सब॰ ।
प्रयात— वि॰ [सं॰] १. इहलोकबाट अवकाश प्राप्त गरेको; मरेको; मृत । ना॰ २. राति गरिने युद्ध । ३. पहाड वा चट्टानको किनारा; प्रपात । ४. छहरो; भीर ।
प्रयास— ना॰ [सं॰] १. आफूले चाहेको कुरो हासिल गर्न गरिने कामकारबाई; यत्न; कोसिस; जमर्को । २. परिश्रम; आयास । ३. उद्योग; उन्नति । — शील— वि॰ प्रयत्नशील; परिश्रमी; मिहिनेती । — साध्य— वि॰ प्रयत्न वा प्रयासबाट पूरा हुने । >
प्रयासी— वि॰ कुनै कार्य सिद्ध गर्न वा लक्ष्य हासिल गर्न प्रयत्नशील रहने; प्रयासशील; मेहनती ।
प्रयुक्त— वि॰ [सं॰] १. कुनै विषयलाई व्यवहारमा ल्याइएको; प्रयोग गरिएको; उपयोगमा ल्याइएको । २. मिलाइएको; उपयोगी तुल्याइएको । > प्रयुक्ति— ना॰ १. प्रयुक्त हुनाको भाव वा अवस्था । २. प्रयोग ।
प्रयोक्ता— वि॰ [सं॰] १. कुनै विषयलाई व्यवहारमा लगाउने; प्रयोगमा ल्याउने; उपयोगमा ल्याउने । २. काममा लगाउने । ३. कार्यरत तुल्याउने; प्रेरक ।
प्रयोग— ना॰ [सं॰] १. कुनै वस्तु वा विषयलाई व्यवहारमा लगाउने कार्य; उपयोग । २. नीति, नियम, सिद्धान्त आदिको स्थापना गरी कार्यरूपमा ल्याउने प्रक्रिया; परीक्षण । ३. कुनै किसिमका शस्त्र, अस्त्र आदिलाई व्यवहारमा ल्याउने कार्य; इस्तेमाल । ४. मारण, मोहन, उच्चाटन, वशीकरण आदिका निम्ति मन्त्रको व्यवहार । ५. दृष्टान्त; उपमा; उदाहरण । ६. आरम्भ; प्रारम्भ; थालनी । ~ पत्र— ना॰ रेल, मोटर आदिबारा निश्चित ठाउँसम्म
यात्रा गर्दा प्रयोग गरिने गन्तव्य स्थानको नाउँ, मिति, दस्तुर आदि
लेखिएको पत्र; टिकट । — वाद— ना॰ पहिलेदेखि चलिआएका कलात्मक वा साहित्यिक परम्परालाई प्रयोगात्मक रूपमा परीक्षा गरेर त्यसमा रहेका अनावश्यक तथा निरर्थक कुराहरूको विरोध गर्दै वा त्यस्ता कुराहरूलाई हटाउँदै नयाँ किसिमको प्रयोग गर्नुपर्छ भन्ने एक किसिमको मत । — वादी— वि॰ १. प्रयोगवादसम्बन्धी । २. प्रयोगवादको अनुयायी । ३. प्रयोगवादी विचारधाराहरूको प्रतिपादन गर्ने । ~ विधि— ना॰ कुनै वस्तु वा विषयलाई प्रयोग गर्ने तरिका; व्यवहारमा ल्याउने पद्धति वा प्रक्रिया । — शाला— ना॰ १. पदार्थविज्ञान, रसायनशास्त्र आदि विज्ञानविषयक तथ्यहरूलाई जाँचबुझ गर्ने, सम्झने, जान्ने वा त्यस सम्बन्धमा नयाँ तथ्य पत्ता लगाउने आदि दृष्टिबाट विभिन्न प्रयोग गरिने स्थान । २. जरीबुटी आदिका विभिन्न अङ्गप्रत्यङ्गका गुण–धर्मको विवेचना एवं विश्लेषण गरिने ठाउँ; वेधशाला ।
प्रयोजक— वि॰ [सं॰] १. कुनै विषय वा वस्तुलाई प्रयोगमा ल्याउने; काममा लगाउने; प्रेरक । ना॰ २. कुनै विषयवस्तुलाई प्रयोगमा वा व्यवहारमा लगाउने व्यक्ति; प्रयोगकर्ता । ३. कसैलाई कुनै विषयमा प्रेरणा दिने व्यक्ति । ४. जोड्ने वा मिलाउने व्यक्ति ।
प्रयोजन— ना॰ [सं॰] १. कुनै कार्यविशेषमा प्रवृत्त हुनाको मूलभूत कारण वा कारणभूत अभिप्राय; उद्देश्य; आशय । २.अर्थ; मतलब; काम । ३. करणी; हेतु । ४. उपयोग; व्यवहार । — वती लक्षणा— ना॰ साहित्यमा कुनै विशिष्ट प्रयोजनसिद्धिका निम्ति गरिएको, वाच्यार्थदेखि भिन्न अर्थ निस्कने लक्षणा; सारोपा लक्षणा । >
प्रयोजनीय/प्रयोज्य— वि॰ प्रयोजन भएको; व्यवहारमा आउन सक्ने; काममा लगाउन सकिने वा मिल्ने; उपयोगी; जरुरत भएको; आवश्यक; चाहिने; चाहिँदो ।
प्ररोचना— ना॰ [सं॰] नाटककार र नाटकको प्रशंसा गरी प्रेक्षकलाई नाटक हेर्न प्रेरित गर्ने काम ।
प्रलम्ब— वि॰ [सं॰] १. झुन्डिएको; लट्किएको । २. अति लामो । ना॰ ३. झुन्डिने काम; लट्काइ; झुन्ड्याइ । ४. हाँगो; शाखा । ५. बलरामबारा मारिएको एक राक्षस । > प्रलम्बन— ना॰ १. झुन्डिने क्रिया; लट्काइ । २. ज्यादै लम्बिने क्रिया; तन्कने क्रिया; लम्काइ; तन्काइ । — बाहु— वि॰ लामालामा हात हुने; घुँडासम्म पुग्ने हात हुने; आजानुबाहु । > प्रलम्बित— वि॰ तन्किएको; झुन्डिएको; लम्बिएको । प्रलम्बी— वि॰ १. तन्किने; झुन्डिने । २. आश्रय लिने ।
प्रलम्भ— ना॰ [सं॰] १. लाभ; उपलब्धि; प्राप्ति; फाइदा । २. छलकपट; धोका । > प्रलम्भन— ना॰ छलकपट; जालसाज; धोका ।
प्रलय— ना॰ [सं॰] १. संसारमा भएका नाना किसिमका दृश्य एवं अदृश्य पदार्थहरू सबै नै विलीन भएर लुप्त हुने प्रक्रिया । २. सृष्टि, लय वा विलय भई सृष्टिको मूल कारणमा मिल्ने प्रक्रिया; प्रकृतिमा लुप्त हुने क्रिया । ३. सर्वनाश; विध्वंस, संहार । ४. मृत्यु; मरण । — कर/कारी— वि॰ प्रलय गर्ने; प्रलयङ्कर । —काल— ना॰ प्रलयको समय । — कालीन— वि॰ प्रलयका समयको । — ङ्कर— वि॰ प्रलयकारी । — धर्मी— वि॰ नाश एवं विध्वंस हुने स्वभावको ।
प्रलाप— ना॰ [सं॰] १. बहुलाको जस्तो व्यर्थको कुरो; सन्काहाको फलाकोजस्तो कथन; निरर्थक आलाप; बकवाद । २. दुःख प्रकट गरेर रुने प्रक्रिया; विलाप । ३. ज्वरो आएका बेला वा आवेगमा आएका बेला जथाभावी बोल्ने प्रक्रिया; छाँटा; उन्मादको वचन । श्र प्रलापक— वि॰ १. प्रलाप गर्ने; बकवादी । २. आलापविलाप गर्ने । ३. प्रलाप गराउने; प्रलापकारी; प्रलापी । प्रलापी— वि॰ १. प्रलापक । २. प्रलापकारी ।
प्रलेख— ना॰ [सं॰] १. विभिन्न क्षेत्रका काममा आउन सक्ने लिखित कागज वा लेख (डकुमेन्ट॰ । २. कुनै कुराको प्रामाणिकता सम्मिलित भएको, कानुनी दृष्टिबाट कुनै पक्ष वा व्यवहारका समर्थनमा उपस्थित गर्न सकिने विशिष्ट किसिमको लिखित पत्र; प्रामाणिक लेख । ३. अभिलेख ।
प्रलेखीय— वि॰ [सं॰] प्रलेखसम्बन्धी । ~ चलचित्र— ना॰ कुनै महत्त्वपूर्ण कुरा, घटना, पुरातत्त्व, देशदर्शन, औद्योगिक प्रगति आदिको चित्र लिइएको चलचित्र; समाचार फिल्म; सूचनाचित्र; वृत्तचित्र; डकुमेन्टरी फिल्म ।
प्रलेप— ना॰ [सं॰] १. घाउ, खटिरा आदिमा मलम लगाउने क्रिया; लेपन गर्ने काम । २. घाउ, खटिरा आदिमा लगाउने मलम । ३. मुखमा वा शरीरमा घस्ने स्निग्ध एवं सुगन्धित पदार्थ; लेपन; लेप । श्र प्रलेपन— ना॰ १. लेपन गर्ने क्रिया एवं प्रक्रिया । २. प्रलेप; लेप ।
प्रलोभ— ना॰ [सं॰] १. धनमाल, वस्तु आदिमा ज्यादै मात्रामा गरिने लोभ; ठूलो लोभ; लालच । २. कसैलाई लोभमा पार्ने क्रिया; प्रलोभन; आरिस्याइँ । > प्रलोभक— वि॰ अर्कालाई लोभ देखाउने; प्रलोभनमा पार्ने । प्रलोभन— ना॰ १. ज्यादै लोभ एवं लालच गर्ने काम । २. लोभ्याउने प्रक्रिया । प्रलोभित— वि॰ १. ज्यादै लोभिएको; प्रलोभनमा परेको; प्रलुब्ध । २. मक्खीचुस स्वभावको । प्रलोभी— ज्यादै लोभी; प्रलोभनमा लाग्ने; मक्खीचुस; आहारिसे; लुब्धो ।
प्रवक्ता— वि॰ [सं॰] १. कुनै विषयवस्तुलाई सबै श्रोताले राम्ररी बुझ्ने गरी प्रभावकारी ढङ्गबाट प्रवचन गर्ने । ना॰ २. सङ्घ– संस्थाका तर्फबाट आधिकारिक रूपमा कुनै विषयमाथि बोल्ने वा प्रकाश पार्ने व्यक्ति ।
प्रवचन— ना॰ [सं॰] १. कुनै विषयमा श्रोताहरूले राम्ररी बुझ्ने गरी प्रभावकारी ढङ्गबाट बोल्ने वा भन्ने क्रिया; प्रवक्ताको लिखित वा अलिखित भाषण । २. वेद, पुराण आदिमा भएका उपयोगी विषयका उपदेशहरू बताउने काम । ३. धार्मिक एवं नैतिक विषयमा गरिने भाषण । > प्रवचनीय— वि॰ १. प्रवचन दिन वा गर्न उचित । २. प्रवचनसम्बन्धी ।
प्रवञ्चक— वि॰ [सं॰] जालसाज गरेर अर्काको श्रीसम्पत्ति धुत्ने; ठग; धूर्त; धोकेबाज ।
प्रवञ्चन/प्रवञ्चना— ना॰ [सं॰] जालसाज गरेर अर्काको धनमाल धुत्ने प्रवृत्ति; ठगी; धोकेबाजी; धूर्तता ।
प्रवञ्चित— वि॰ [सं॰] कसैका जालसाजमा परेर आ६नो धनमाल हराएको; ठगिएको; धोकामा परेको; प्रवञ्चनामा परेको ।
प्रवर— वि॰ [सं॰] १. सबैभन्दा मुख्य; प्रधान; श्रेष्ठ । २. सबैभन्दा माथिल्ला तहको; मूली । ना॰ ३. गोत्र चलाउने ऋषिपछिका नाउँ चलेका ऋषि । ~ वृक्ष— ना॰ सार्नका लागि मूल रूखका हाँगाहरूलाई कलमी बनाइएको असल र सप्रेको बोट वा बिरुवा । ~ समिति— ना॰ कुनै विधेयक, प्रस्ताव आदिमा विचार र आवश्यक संशोधन आदि गरेर संसद्मा पेस गर्न संसद्बारा गठित प्रमुख समिति ।
प्रवर्ग— ना॰ [सं॰] १. अनेक वर्ग वा श्रेणीहरूमा एक; कुनै वर्गका अन्तर्गतको सानो विभाग । २. हवन गर्ने अग्नि; होमाग्नि ।
प्रवर्तक— वि॰ [सं॰] १. कुनै काममा लगाउने; प्रवृत्त गर्ने । २. सुरु गर्ने; आरम्भ गर्ने; थाल्ने । ३. कुनै काम चलाइराख्ने; जारी राख्ने । ४. नयाँ वस्तुको निर्माण गर्ने; आविष्कार गर्ने । ना॰ ५. नाटकमा सूत्रधारबारा वर्तमान कथाको वर्णन र पात्रहरूको प्रवेश देखाइने एक शिल्प; प्रस्तावनाको एक भेद ।
प्रवर्तन— ना॰ [सं॰] १. कसैलाई कुनै काममा लगाउने कार्य; प्रवृत्त गराउने कार्य । २. थालनी । ३. सञ्चालन; प्रचालन । ४. कुनै नयाँ विषयवस्तु, सिद्धान्त वा प्रक्रियाको निर्माण; आविष्कार; अन्वेषण ।
प्रवर्तित— वि॰ [सं॰] प्रवर्तन गरिएको; फेरिएको ।
प्रवर्द्धक— वि॰ [सं॰] प्रवर्द्धन गर्ने (व्यक्ति॰ ।
प्रवर्द्धन— ना॰ [सं॰] वृद्धि; प्रवर्धन ।
प्रवर्द्धित— वि॰ [सं॰] हे॰ प्रवर्धित ।
प्रवर्धक— वि॰ [सं॰] १. बढाउने; वृद्धि गराउने; हुर्काउने । २. परिवर्धित तुल्याउने ।
प्रवर्धन— ना॰ [सं॰] १. सानु वा थोरैबाट ठूलो हुँदै वा धेरै हुँदै जाने क्रिया; प्रवर्द्धन; वृद्धि । २. सानोबाट ठूलो गराउने वा थोरैबाट धेरै गराउने क्रिया; बढाउने कार्य; वृद्धि ।
प्रवर्धित— वि॰ [सं॰] १. सानोबाट ठूलो गराइएको । २. थोरैबाट धेरै गराइएको; बढाइएको; प्रवर्द्धित । ३. बढेको; ठूलो भएको; धेरै भएको ।
प्रवर्षण— ना॰ [सं॰] १. सगरबाट हुने झरीको बर्साइ; वर्षा; वृष्टि । २. किष्किन्धाका समीपमा रहेको रामायणप्रसिद्ध एक पर्वत ।
प्रवसन— ना॰ [सं॰] १. प्रवास वा विदेश जाने क्रिया; परदेशयात्रा । २. मृत्यु; मरण ।
प्रवह— ना॰ [सं॰] १. पानीको ठूलो प्रवाह वा धारा; जलस्रोत । २. हावाको प्रवाह । ३. सात प्रकारका वायुमध्ये एक । > प्रवहण— ना॰ १. बहने क्रिया एवं प्रक्रिया । २. गोरु वा घोडाले तान्ने, पर्दा भएको बग्गी वा पालकी; पर्दावाल सवारी । ३. छोरीको विवाह गरी वरका हातमा सुम्पने काम; कन्यादान ।
प्रवह्ली— ना॰ [सं॰] प्रहेलिका; अड्को ।
प्रवात— ना॰ [सं॰] १. खुला, सफा र ताजा हावा; स्वस्थ हावा । २. आँधी; हुरी; हुन्डरी ।
प्रवाद— ना॰ [सं॰] १. परस्परमा बोल्ने काम; वार्तालाप; कुराकानी । २. व्यक्त गर्ने क्रिया; प्रकटगराइ । ३. किंवदन्ती; जनश्रुति । ४. मानिसहरूको होहल्ला वा गाइँगुइँ; जनरव । ५. बाजाको ध्वनि; वाद्यझङ्कार । > प्रवादक— वि॰ बाजा बजाउने काम गर्ने; वाद्यवादक । प्रवादी— वि॰ १. प्रवादसम्बन्धी । २. प्रवाद गर्ने ।
प्रवाल— ना॰ [सं॰] १. एक प्रकारको रत्न; मुगा; विद्रुम । २. नक्कली मुगा; पुवाँलो । ३. पालुवा; पाउलो; पल्लव । ~ युग— ना॰ भूगर्भशास्त्रअनुसार मुगाको सृष्टि भएको युग; आजभन्दा चवालीस करोड वर्ष पहिले प्रारम्भ भएको युग; पुराजीवकभित्र पर्ने तेस्रो युग ।
प्रवास— ना॰ [सं॰] १. परदेशको बसाइ; विदेशको वास । २. परदेश जाने क्रिया; बिदेसिने काम । > प्रवासन— ना॰ १. विदेशमा जाने वा रहने काम; स्वदेशबाट बाहिरको प्रस्थान । २. देशनिकाला; देशनिष्कासन । ३. वध; हत्या । प्रवासित— वि॰ १. देशनिकाला गरिएको; देशनिष्कासित । २. विदेशमा गएर बसोबास गरेको; परदेशमा रहेको; पर्देसिएको । प्रवासी— वि॰ परदेशमा रहने; विदेशमा बस्ने; प्रवासमा रहने । स्त्री॰ प्रवासिनी ।
प्रवाह— ना॰ [सं॰] १. पानीको बगाइ; जलधार । २. हावाको बहाइ; वायुप्रवाह । ३. पानीसँगै कुनै वस्तुको बगाइ वा हावासँगै कुनै वस्तुको बहाइ । ४. बगुवा पानी वा बहँदो हावा । ५. भाषण, चलन, काम, यात्रा आदि कार्यको अटुट सिलसिला । > प्रवाहक— १. वि॰ प्रवाहित पार्ने; प्रवाहमा लैजाने; बहाउने; बगाउने । न्ाा॰ २. मोटर, रेल, हवाईजहाज आदि गाडी । — पूर्ण— वि॰ १. प्रवाहका साथमा भएको वा गरिएको । २. प्रवाहले युक्त वा भरिपूर्ण । — मय— वि॰ प्रवाह भएको; बेगिलो; फुर्तिलो; छिटो । श्र प्रवाहित— वि॰ १. राम्ररी बगेको वा बगाइएको । २. ओसारिएको; लगिएको । ३. बहेको वा बहाइएको । प्रवाहिनी— ना॰ नदी ।
प्रवाही— वि॰ १. राम्ररी बग्ने; प्रवाहयुक्त । २. ओसार्ने काम गर्ने; लैजाने । ३. चलाउने; सञ्चालन गर्ने । ४. बहाउने; उडाउने । ५. प्रवाहमय; छिटो ।
प्रविधि— ना॰ [सं॰] १. कुनै काम गर्दा अनुभव तथा प्रयोगका आधारमा अँगालिने खास विधि वा प्रक्रिया; कुनै कुराको निर्माण गर्न वैज्ञानिक ढङ्गले काम गर्ने पद्धति, सीप, ढङ्ग वा कौशल; तकनिकी । २. खासखास शिल्पको हतौडी । (उदा॰— बूढा मरेपछि त्यो घरका मान्छेले जजमानी छोडे, किनभने छोराहरूलाई पुरेत्याइँको प्रविधि थाहा थिएन ।) ~ शास्त्र— ना॰ वैज्ञानिक तरिकाले जीवनका निम्ति आवश्यक तथा निर्माणात्मक कार्य सञ्चालित गर्ने शास्त्र ।
प्रविष्ट— वि॰ [सं॰] १. प्रवेश गरेको वा घुसेको; पसेको; छिरेको । २. प्रवेश पाएको; प्रवेश गराइएको । > प्रविष्टि— ना॰ १. प्रवेश गराउने कार्य; मुख्य स्थानमा रहन दिने अनुमति । २. खर्च वा आम्दानी खातामा लेखिने काम । ३. नाम दर्ता गराउनाका निम्ति दिइने सामान्य निवेदन । ४. दर्ता; समावेश ।
(उदा॰— कोशकारले प्रत्येक शब्दको प्रविष्टिमा विशेष ध्यान दिनुपर्छ ।)
प्रवीण— ना॰ [सं॰] १. कुनै पनि कार्य सम्पन्न गर्नमा सीप भएको; सिपालु; निपुण; कुशल । २. वीणा बजाउन जान्ने ।
प्रवीणता— ना॰ [सं॰] १. कुनै काम गर्नका निम्ति रहेको कुशलता; निपुणता; सीप । २. इन्टरमिडिएट–तह; प्रमाणपत्र–तह रू — प्रमाण
पत्र— ना॰ प्रमाणपत्र–तहको अध्ययन पूरा गरी प्राप्त हुने प्रमाणपत्र (आई॰ ए॰, आई॰ एस॰सी॰, आई॰ कम्॰, आइ॰ एड॰ का परीक्षाहरूको नयाँ शिक्षा–योजनाअनुसारको नाम ।) ।
प्रवृत्त— वि॰ [सं॰] १. कुनै काममा कुशलतापूर्वक लागेको; रत; तल्लीन; लीन । २. कुनै कार्यका निम्ति तयार; उद्यत । ३. कुनै कार्य सुरु गरिएको; आरब्ध । ४. तत्पर ।
प्रवृत्ति— ना॰ [सं॰] १. कुनै कार्य, लक्ष्य, वस्तु वा लततिरको मानसिक झुकाउ । २. मनको लगन । ३. इन्द्रियहरूको आआ६ना विषयभोगतर्फको आकर्षण; सांसारिक विषयप्रतिको मोह । ४. वार्ता; वृत्तान्त । ५. चालचलन; आचारविचार । ६. आनीबानी । — गत— वि॰ प्रवृत्तिसँग सम्बन्धित; प्रवृत्तिको । — मूलक— वि॰ खास गरी प्रवृत्तिमा आधारित; प्रवृत्तिबाट प्रेरित ।
प्रवेश— ना॰ [सं॰] १. बाहिरबाट भित्र जाने वा पस्ने क्रिया । २. कुनै क्षेत्र, वर्ग, सङ्घ आदिमा नियमपूर्वक हुने सामेली । ३. कुनै विषय वा शास्त्रसम्बन्धी प्रारम्भिक ज्ञान । ४. कुनै कार्यविशेषको सहभागिता । ५. संस्था आदिमा होइने वा गरिने भर्ना । ६. समावेश; प्रविष्टि । वि॰ ७. प्रविष्ट । — क— ना॰ १. प्रवेश दिने वा मिलाउने व्यक्ति । २. कुराकानीबाटै घटना वा कथाको परिचय गराइने, नाटकको मध्यभागको एक शिल्प । वि॰ ३. प्रवेश गराउने । — पत्र— ना॰ कुनै कार्यविशेषका निम्ति सम्बन्धित ठाउँमा प्रवेश गर्न पाउने अधिकार लेखिएको पत्र; टिकट । — पत्रक— ना॰ सिनेमा हल, नाट्यशाला, सङ्गीत– सम्मेलन आदि समारोहमा पस्ने बेलामा टिकट खिच्ने व्यक्ति (गेटकिपर) । ~ परीक्षा— ना॰ प्रवेशिका पास भइसकेका विद्यार्थीहरूबाट महाविद्यालयीय पढाइ सुरु गर्नका निम्ति योग्य– अयोग्य छुट्ट्याउन लिइने परीक्षा; एक तह पार गरेर अर्को तहमा जाने सम्बन्धमा योग्य छ–छैन भनी लिइने परीक्षा । —
रोधन— ना॰ उच्च पदाधिकारीहरूबाट आ६नो माग पूरा गराउनलाई वा साधारण मानिसहरूलाई अनुचित काम गर्नबाट रोक्न वा जोगाउनलाई कार्यालय, दोकान, अड्डाखाना, विद्यालय, महाविद्यालय आदिका ढोकामा र सडक आदिका अगाडि अडेर बस्ने काम; पिकेटिङ् । ~ शुल्क— ना॰ १. कुनै संस्था वा ठाउँमा प्रविष्ट हुनका निम्ति निर्धारित गरिएको द्रव्य वा रकम । २. प्रवेशपत्र लिँदा लाग्ने शुल्क । > प्रवेशार्थी— वि॰ १. कुनै संस्था, पद वा ठाउँमा प्रवेश गर्न चाहने । ना॰ २. प्रवेशको उम्मेदवार ।
प्रवेशिका— ना॰ [सं॰] १. उच्च शिक्षामा प्रवेश गर्नुभन्दा पहिले लिइने माध्यमिक तहको परीक्षा; एस॰ एल॰ सी॰; म्याट्रिक । २. उक्त परीक्षासम्बन्धी पठनपाठन । ३. उक्त पठनपाठनको तह । ~ परीक्षा— ना॰ उच्च शिक्षा प्राप्त गराउनुभन्दा पहिले लिइने वा दिइने परीक्षा; विद्यालयको पढाइ समाप्त भएपछि लिइने वा दिइने अन्तिम परीक्षा; म्याट्रिक जाँच; एस्॰ एल॰ सी॰ को परीक्षा ।
प्रवेशित— वि॰ [सं॰] १. पसेको; प्रवेश गरेको; प्रविष्ट । २. प्रवेश गराइएको; प्रवेश पाएको; हुलिएको ।
प्रव्रजन— ना॰ [सं॰] १. कुनै कारणले अथवा ऋतुविशेषमा बसेको ठाउँ वा देशबाट सरिएको बसाइँ । २. सन्न्यास; प्रव्रज्या ।
प्रव्रजित— वि॰ [सं॰] १. सन्न्यास ग्रहण गरेको; सन्न्यस्त; जोगी भएको । २. विदेश गएको; परदेश लागेको । ३. सन्न्यासी ।
प्रव्रज्या— ना॰ [सं॰] १. घर छाडेर कहीँ टाढा जाने काम । २. घरबार छाडी टाढाको कुनै निर्जन स्थलमा गएर बस्ने काम; एकान्तवास । ३. सांसारिक व्यवहार वा बन्धनलाई त्यागेर सन्न्यास ग्रहण गर्ने काम; सन्न्यास । ४. जीविका, निवास आदिको सुविधाका दृष्टिले आ६नो देश वा स्थल छाडेर कुनै अर्को देश वा स्थानमा गएर बस्ने काम । ~ व्रत— ना॰ हिन्दूहरूका यज्ञोपवीतका किसिमको हुने नेपाली बौद्धहरूको एक संस्कार ।
प्रव्राजक— ना॰ [सं॰] १. सन्न्यासी । २. परिव्राजक; भिक्षु ।
प्रशंसक— वि॰ [सं॰] प्रशंसा वा गुणगान गर्ने; राम्रो वा उत्तम छ भनी तारिफ गर्ने (व्यक्ति॰ ।
प्रशंसनीय— वि॰ [सं॰] गुणगान गर्न लायक; प्रशंसा गर्न योग्य; तारिफ गर्न लायक; स्तुत्य । ~ पट्ट— ना॰ वीरतापूर्वक कार्य गर्ने नेपाली सेनाका अधिकृत तथा जवानलाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक ।
प्रशंसा— ना॰ [सं॰] १. केही राम्रा गुणहरूको आधारमा बढाईचढाई अथवा यथार्थ रूपमा गरिएको कसैको राम्रो बखान; सह्रनी; तारिफ । २. स्तुति; स्तुतिगान । ३. झूटो तारिफ; चाप्लुसी; बेसारघसाइ । — घोष— ना॰ कुनै वक्ताले भाषण गर्दा वा कविले कविता पाठ गर्दा मूलभूत तथ्यको अनुमोदनमा श्रोताहरूबाट भएको प्रशंसासूचक तालीको ध्वनि । ~ पत्र— ना॰ १. कुनै कामदारहरूले इमानदारीपूर्वक काम गरेबापत उच्च अधिकारीले अथवा कुनै संस्थाले दिने सराहनापत्र । २. राम्रो कार्य गरेबापत संस्था, व्यक्ति वा संस्थाको प्रमुखले कतैबाट पाउने सराहनापत्र । श्र प्रशंसित— वि॰ प्रशंसा गरिएको; गुणगान गरिएको; तारिफ गरिएको । प्रशंस्य— वि॰ प्रशंसा गर्न योग्य; गुणगान गरिने खालको; तारिफ गर्न लायक; प्रशंसनीय ।
प्रशमन— ना॰ [सं॰] १. मानसिक आनन्द; शान्ति । २. सांसारिक उपभोगबाट पाइने मुक्ति; मोक्ष । ३. अन्तःकरण र इन्द्रियहरूको संयम । ४. क्षमा; सहनशीलता । ५. तिरस्कार; निन्दा । ६. नाश । ७. अवसान; अन्त ।
प्रशस्त— वि॰ [सं॰] १. प्रशंसा गरिएको; प्रशंसित । २. प्रशंसा गर्न लायक; प्रशंसनीय । ३. सबैमाको असल; उत्तम । ४. सबैमाको ठूलो; विशाल; विस्तृत । ५. धेरै; ज्यादा; औधी; अधिक; मनग्य । क्रि॰ वि॰ ६. धेरै मात्रामा; धेरै सङ्ख्यामा । ७. पर्याप्त हुने गरी; पर्याप्त मात्रामा ।
प्रशस्ति— ना॰ [सं॰] १. कसैका शील, स्वभाव, रूप, सुकार्य आदिका निम्ति गरिने प्रशंसा; स्तुति । २. राजा वा राष्ट्रप्रमुखको वंश, कीर्ति, प्रशंसा आदिको वर्णन भएको वाक्य; ताम्रपत्र, शिलापत्र आदिमा लेखिने, राजा वा वीरहरूको प्रशंसासूचक वाक्य । ३. ग्रन्थका कर्ता, विषय, काल आदिको उल्लेख गरिएको, आदि र अन्त्यको पङ्क्ति ।
प्रशाखा— ना॰ [सं॰] १. रूखका हाँगामा पलाएको अर्को हाँगो । २. प्रशासनिक वा अन्य कुनै मुख्य विभागअन्तर्गत रहेको; मुख्य विभागलाई सहयोग पुथ्याउने उपविभाग; विभागअन्तर्गतको अर्को विभाग ।
प्रशान्त— वि॰ [सं॰] १. मनमा कुनै किसिमको विकार नभएको; शान्त । २. चञ्चल स्वभाव नभएको; निश्चल; स्थिर । ३. इन्द्रियहरूलाई वशमा राखेको; इन्द्रियजित । ४. इहसंसारबाट मुक्ति पाएको; मरेको । ना॰ ५. एसिया र अमेरिकाका बीचमा पर्ने महासागर । ~ चित्त— वि॰ स्थिर चित्त भएको; शान्त मन भएको; निश्चल स्वभावको । ~ महासागर— ना॰ संसारको सबैभन्दा ठूलो महासागर ।
प्रशासक— ना॰ [सं॰] १. राज्य, सङ्घ, संस्था, कार्यालय आदिका माथिल्ला तहको प्रबन्धक; राज्यको शासन वा प्रबन्ध गर्ने व्यक्ति । वि॰ २. शासन गर्ने; शासन चलाउने; शासनकर्ता ।
प्रशासकीय— वि॰ [सं॰] १. प्रशासनसम्बन्धी । २. प्रशासकसम्बन्धी । ना॰ ३. प्रशासक वा प्रशासनसम्बन्धी कार्य वा दायित्व । ~ कार्यविधि— ना॰ प्रशासनसम्बन्धी काम कसरी गर्नुपर्छ भन्ने नीति एवं नियमको तरिका; प्रशासनिक व्यवस्था मिलाउने कार्यप्रणाली; प्रशासनका कामकारबाईको ढाँचा । ~ नियन्त्रण— ना॰ शासनप्रबन्धको नियन्त्रण गर्ने काम; प्रशासनलाई आ६नो अधीनमा राख्ने कार्य । ~ परिषद्— ना॰ कुनै खास किसिमको प्रशासन चलाउनका निम्ति गठित विशिष्ट व्यक्तिहरूको समूह । ~ सहायक— ना॰ १. मुख्य प्रशासकका मातहतमा रहेर निजले चलाउने प्रशासनसम्बन्धी कार्यमा सहयोग पुथ्याउने व्यक्ति । २. कुनै कार्यालयका मुख्य प्रशासकभन्दा तल्लो तहको प्रशासक । ~ सङ्गठन— ना॰ कुनै खास किसिमको प्रशासन चलाउनका निम्ति विशिष्ट व्यक्तिहरूबारा गठित प्रशासकीय समूह; विशिष्ट किसिमका प्रशासकीय व्यक्तिहरूको समूह ।
प्रशासन— ना॰ [सं॰] १. कुनै कार्यालयका विभिन्न समस्याहरूको प्रबन्ध । २. राज्य, जिल्ला, अञ्चल आदिको सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक आदि समस्याको नियन्त्रण वा समाधान गर्ने कार्य । ~ कार्य— ना॰ प्रशासन । ~ कार्य क्षमता— ना॰ प्रशासनसम्बन्धी कार्य गर्न एवं गराउनका निम्ति आवश्यक योग्यता वा निपुणता; प्रशासनकार्यका निम्ति उपयुक्त सामर्थ्य । ~ पत्र— ना॰ इच्छापत्रहीन सम्पत्तिको प्रबन्ध गर्नका निम्ति प्रशासकलाई नियुक्त गरिएको, सर्वोच्च अदालत वा उच्च अदालतबारा जारी गरिएको आदेशपत्र । ~ भङ्ग— ना॰ आन्तरिक उपद्रव, आर्थिक सङ्कट आदिका कारणले गर्दा शासन व्यवस्था भङ्ग हुने स्थिति; प्रशासनिक गडबडी ।
प्रशासनिक— वि॰ [सं॰] प्रशासनसँग सम्बन्धित; प्रशासनको । ~
अङ्ग— ना॰ देशको मुख्य प्रशासनका अधीनमा रही त्यसलाई चारैतिरबाट सहयोग पुथ्याउन स्थापना गरिएका साना–साना प्रशासनिक निकाय वा कार्यालय । ~ नगर— ना॰ १. धेरैजसो प्रशासनका निकायहरू रहेको सहर; देश, जिल्ला आदिको सदर मुकाम । २. प्रशासनका अधीनमा बसाइएको वा व्यवस्था गरिएको सहर ।
प्रशासनीय— वि॰ [सं॰] १. प्रशासन गर्नुपर्ने; प्रशासन गर्न लायक । २. प्रशासनसँग सम्बन्ध राख्ने; राजकाजसित सम्बन्धित (कार्य॰ ।
प्रशासित— वि॰ [सं॰] १. प्रशासन गरिएको । २. प्रशासकबारा अदपमा राखिएको ।
प्रशिक्षक— ना॰ [सं॰] कुनै प्राविधिक विषयहरूको क्रियात्मक वा व्यावहारिक शिक्षा दिने व्यक्ति; प्रायोगिक शिक्षा दिने वा त्यस सम्बन्धमा तालिम दिने शिक्षक; प्रशिक्षण दिने व्यक्ति; तालिमको पथप्रदर्शक ।
प्रशिक्षण— ना॰ [सं॰] १. प्राविधिक विषयहरूमा क्रियात्मक वा व्यावहारिक शिक्षा दिने काम; प्रायोगिक शिक्षा दिने वा त्यस सम्बन्धमा तालिम दिने काम । २. प्राविधिक वा शिल्पगत शिक्षण । ३. प्रशासनिक कार्यविधि एवं अन्य व्यावहारिक विषयहरूको विशेष किसिमको शिक्षा । ~ केन्द्र— ना॰ प्राविधिक विषयहरूमा क्रियात्मक वा व्यावहारिक शिक्षा दिइने ठाउँ; प्रशासनिक एवं अन्य व्यावहारिक विषयहरूको तालिम दिने ठाउँ । ~ क्याम्पस/महाविद्यालय— ना॰ सामान्य शिक्षक एवं अन्य कर्मचारीहरूलाई क्रियात्मक वा व्यावहारिक शिक्षा दिने वा आआ६ना विषयका प्रविधिको विशेष प्रशिक्षण वा तालिम दिइने महाविद्यालय (ट्रेनिब कलेज) । ~ विद्यालय— ना॰ सामान्य शिक्षक एवं अन्य कर्मचारीहरूलाई क्रियात्मक वा व्यावहारिक शिक्षा दिने वा आआ६ना विषयका प्रविधिको विशेष प्रशिक्षण वा तालिम दिइने विद्यालय; प्राविधिक विद्यालय; तालिम स्कुल । > प्रशिक्षणार्थी— ना॰ प्राविधिक विषयमा तालिम लिइरहेका छात्र–छात्रा ।
प्रशिक्षा— ना॰ [सं॰] १. प्रशिक्षण । २. तालिम; प्राविधिक शिक्षण । श्र प्रशिक्षार्थी— ना॰ प्रशिक्षण प्राप्त गर्न चाहने व्यक्ति; प्रशिक्षण प्राप्त गरिरहेका छात्र–छात्रा । प्रशिक्षित— वि॰ प्रशिक्षा वा तालिम प्राप्त गरेको वा प्राप्त गराइएको ।
प्रशोधन— ना॰ [सं॰] कच्चा, अशुद्ध एवं अपरिष्कृत वस्तुलाई खारेर, पेलेर एवं पखालेर शुद्ध, चोखो एवं परिष्कृत तुल्याउने काम ।
प्रशोधित— वि॰ [सं॰] शुद्ध, चोखो एवं परिष्कृत पारिएको; खारिएको; पखालिएको; प्रशोधन गरिएको ।
प्रश्न— ना॰ [सं॰] १. कुनै कुराको उत्सुकता मेट्नका लागि अथवा उचित जवाफ पाउनका लागि कसैलाई सुनाइने शब्द, वाक्य वा वाक्य–समूह; सवाल । २. त्यसै उद्देश्यले गरिने मुद्रा, हाउभाउ, साउती आदिको प्रदर्शनी । ३. छात्रको योग्यता जाँच्नका लागि शिक्षणसंस्थाले तयार पारेको लिखित वा मौखिक सवाल । ४. प्रश्नपत्र । ५. अन्तर्वार्ता दिने वा कुनै पदको उम्मेदवार हुनेको योग्यता जाँच्न सोधिने लिखित वा मौखिक सवालपत्र । ~ चिह्न— ना॰ १. प्रश्नयुक्त वाक्यका अन्तमा लेखिने चिह्न (<) । २. प्रश्न अनुत्तरित रहेको कुरो जनाउने चिह्न । ३. समस्यामूलक विषयमा लक्ष्य गरिने चिह्न; प्रश्नवाचक चिह्न । ~ पत्र— ना॰ परीक्षा, अन्तर्वार्ता आदिमा सोाधिने, लेखेर वा छपाएर तयार गरिएको प्रश्नावलीको पत्र । — वाचक चिह्न— ना॰ प्रश्नचिह्न; सवाल गर्ने चिह्न (<॰ । > प्रश्नावली— ना॰ १. प्रश्नहरूको क्रमबद्ध तालिका । २. परीक्षामा परीक्षार्थीहरूलाई उत्तर लेख्नका निम्ति सोधिने प्रश्नपत्र । ३. कुनै पनि विषयको वास्तविक जानकारी प्राप्त गर्न वा तथ्य सङ्कलन गर्नका निम्ति त्यससँग सम्बन्धित व्यक्तिहरूलाई सोध्न तयार गरिएका प्रश्नहरूको सूची । प्रश्नोत्तर— ना॰ १. कसैबाट कुनै कुराको जानकारी हासिल गर्न सोधिने प्रश्न एवं उसले दिएको उत्तर । २. प्रश्न र उत्तर । ३. प्रश्न र त्यसको उत्तरसमेत साथसाथै भएको एक अर्थालङ्कार । ४. मुखामुख । ५. खैखबर ।
प्रश्रय— ना॰ [सं॰] १. आफूभन्दा सम्पन्न व्यक्तिसँग लिइने वा आफूभन्दा विपन्न व्यक्तिलाई दिइने सहारा; आश्रय; आड; आडभरोसा । २. विनय; नम्रता । ३. प्रीति; प्रेम । > प्रश्रयी— वि॰ १. गुण, शील आदि नम्र भएको; विनीत । २. आचारविचार एवं बानीबेहोरा शिष्ट भएको; सज्जन । ३. सहारा लिने; प्रश्रय लिने; आश्रय लिने ।
प्रश्रवण— ना॰ [सं॰] सुनुवाइ; सुनाइ; श्रवण ।
प्रश्रित— वि॰ [सं॰] १. विनीत; नम्र । २. झुकेको; निहुरिएको । ३. प्रश्रयमा रहेको; आश्रित ।
प्रश्वस्त— ना॰ [सं॰] १. सास फेरेझैँ गरी उच्चारण गरिने ध्वनि (श, ष, स, ह आदि॰ । वि॰ २. सास फेरिएको ।
प्रश्वास— ना॰ [सं॰] १. नाक, मुख आदिबाट सास बाहिर निस्कने क्रिया; निःश्वास; सासफेराइ । २. फोक्साभित्र रहेको विकारयुक्त श्वासलाई बाहिर ६याँक्ने प्रक्रिया । ३. त्यसरी निस्केको वा ६याँकिएको सास ।
प्रष्टव्य— वि॰ [सं॰] सोध्न योग्य; प्रश्न गर्न लायक ।
प्रसङ्ग— ना॰ [सं॰] १. कुनै वस्तु वा व्यक्तिसँग रहने सम्बन्ध; संसर्ग । २. एक अर्कासँगको सिलसिला; क्रम; सन्दर्भ । ३. कुनै कार्यका निम्ति अवसर; मौका । ४. कुनै विषयमाथि भएको चर्चा; वार्तालाप । ५. स्त्रीपुरुषका बीचमा हुने समागम; मैथुन; सम्भोग । ६. अनुराग; आसक्ति । ७. प्रकरण; अध्याय । >
प्रसङ्गी— वि॰ १. प्रसङ्गले युक्त भएको; प्रसङ्गयुक्त । २. प्रेम गर्ने; प्रेमी; अनुरागी ।
प्रसन्न— वि॰ [सं॰] १. मनमा कुनै किसिमका विकारहरू वा पीर, सुर्ता आदि नभएको; हर्षित; प्रफुल्ल; तुष्ट । २. विकार नभएको; स्वच्छ; निर्मल । ~ चित्त— वि॰ सधैँ चित्त रमाइरहने (व्यक्ति) । — ता— ना॰ मनको निर्मलता; हृदयको प्रफुल्लता; खुसी । >
प्रसन्नात्मा— वि॰ प्रसन्नचित्त ।
प्रसरण— ना॰ [सं॰] १. कुनै विषय वा वस्तुको फैलावट; विस्तरण । २. फिँजाइ; फैलाइ । ३. अघि बढ्ने वा अगि लाग्ने प्रक्रिया । ४. शत्रुलाई घेरा हाल्ने काम; घेराइ ।
प्रसव— ना॰ [सं॰] १. बच्चा जन्मने वा बालक पैदा हुने क्रिया; प्रसूति । २. उत्पत्ति; जन्म । ३. सन्तान; सन्तति । ४. फल । ५. फूल; पुष्प । ~ काल— ना॰ सुत्केरी भएको वा हुने समय; बालक पैदा भएको क्षण । ~ गृह— ना॰ १. बच्चा जन्माउनका निम्ति सजिलो हुने वा सम्बन्धित सबै सामग्री भएको अस्पताल; प्रसूतिगृह । २. सुत्केरीकोठो । > प्रसवन— ना॰ बालक जन्माउने क्रिया एवं प्रक्रिया; बच्चा पैदा गर्ने वा हुने काम; सुत्केरो ।
प्रसवन्ती— ना॰ प्रसववेदनाले छोएकी स्त्री; प्रसवपीडा हुन थालेकी आइमाई; सुत्केरी हुने बेलाकी आइमाई । — पीडा— ना॰ बच्चा पाउनुभन्दा केही अगाडिदेखि बच्चा जन्मिसक्तासम्म बच्चाकी आमालाई हुने कष्ट एवं दुखाइ; प्रसवव्यथा । ~ वेदना— ना॰ प्रसवपीडा । ~ व्यथा— ना॰ प्रसवपीडा । ~ स्थान— ना॰ १. बालक जन्मिएको ठाउँ; (प्रसूतिगृह, सुत्केरीकोठो इ॰) । २. गुँड; नीड ।
प्रसविता— ना॰ [सं॰] जन्म दिने बाबु; जनक; पिता ।
प्रसवित्री— ना॰ [सं॰] बालकको जन्म दिने आमा; जननी; माता ।
प्रसविनी— वि॰ [सं॰] १. बालकको जन्म दिने; जन्माउने; सुत्केरी । २. आमा ।
प्रसाद— ना॰ [सं॰] १. मनमा असन्तोष, लोभ, मोह, रिस आदि विकार नभई प्रफुल्लता रहेको अवस्था; स्वच्छता; निर्मलता । २. मनमा शोक, सुर्ता, चिन्ता आदि केही पनि नभई हर्षोल्लास भएको स्थिति; प्रसन्नता । ३. देउदेउतालाई चढाइएको वस्तु; नैवेद । ४. देवता वा पूज्य जनहरूले आ६ना भक्तहरूलाई बाँड्ने खानेकुरो । ५. काव्य वा रचनालाई सरल र सुबोध पार्ने काव्यको एक गुण । ६. कृपा; दया; अनुग्रह; निगाह । > प्रसादी— ना॰ १. देउदेउता वा पूज्य व्यक्तिलाई चढाएको वा चढाएर बाँकी रहेको फलफूल, मिष्टान्न आदि । २. पवित्र भोजन; नैवेद्य । ३. आदरणीय व्यक्तिको जुठो–पुरो ।
प्रसाधक— वि॰ [सं॰] १. रबरोगन, फूलमाला, लुगा–कपडा आदि विविध सामग्रीबारा सिँगारपटार गर्ने; सजाउने; सिँगार्ने । २. कुनै काम परिश्रमका साथ सम्पन्न गर्ने; दुष्कर काम सिद्ध गर्ने । ना॰ ३. स्वामी वा राजालाई वस्त्र, आभूषण आदि पहिराइदिने व्यक्ति; पोसाके ।
प्रसाधन— ना॰ [सं॰] १. राम्रो हुने वा पार्ने उद्देश्यले गरिने शृङ्गारपटार; सजावट; शृङ्गार । २. कार्यसिद्धि गर्ने काम; सम्पादन; प्रतिपादन; फत्ते; तामेली । ३. कपालकोराइ; केशविन्यास । ४. सिँगारपटार एवं साजसज्जाका निम्ति उपयुक्त वस्तु; शृङ्गारका सामग्री; शृगारसाधन । > प्रसाधनी— ना॰ केशप्रसाधनको साधन; काङ्गियो; पुष्पिका । प्रसाधिका— ना॰ अर्काको प्रसाधनको काम गर्ने स्त्री; सिँगारपटारको काम गरी जीविकोपार्जन गर्ने स्त्री । प्रसाधित— वि॰ १. सिँगारपटार गरेर सजिसजाउ गरिएको; अलङ्कृत; सिँगारिएको; सजाइएको । २. पूरा गरिएको; सम्पादित ।
प्रसार— ना॰ [सं॰] १. चारैतिर फैलिने वा फैलाउने काम; विस्तार; फैलावट । २. चारैतिर छरिने क्रिया; पसारो । ३. रेडियो, विज्ञापन, सूचना आदिबारा सबैतिर पुथ्याउने वा फिँजाउने कार्य । ४. कुनै कुराको व्यापक प्रचार एवं चर्चा । > प्रसारक— वि॰ प्रसार गर्ने; चारैतिर फैलाउने वा फिँजाउने; पसारो पार्ने; तन्काउने (व्यक्ति॰ । प्रसारण— ना॰ १. व्यापक रूपमा फैलाउने वा फिँजाउने काम; प्रचारप्रसार गर्ने क्रिया । २. समाचार वा सन्देशलाई कुनै आकाशवाणी, रेडियो आदि कुनै साधनबारा कतै पठाउने कार्य ।
प्रसारिणी— वि॰ व्यापक रूपमा प्रसार गर्ने; चारैतिर फैलाउने कार्य गर्ने (स्त्री॰ । प्रसारित— वि॰ प्रसार गरिएको; चारैतिर फैलाइएको । प्रसारी— वि॰ १. प्रसार गर्ने; चारैतिर फैलाउने । २. निक्लने; उक्सने । प्रसार्य— वि॰ प्रसार गर्न योग्य; चारैतिर फैलाउन लायक ।
प्रसिद्ध— वि॰ [सं॰] १. असल वा खराब गुणमार्फत सबैजसोले थाहा पाएको; सबैलाई ज्ञान भएको वा सबैले जानेको; कहलिएको; विख्यात; प्रख्यात । २. सिँगारपटार गरिएको; साजसज्जा गरिएको; अलङ्कृत । ३. नाउँ चलेको; नामुद । ४. सर्वपरिचित । ~
सेवापदक— ना॰ दुई वर्ष अविच्छिन्न सेवा गर्ने शाही पार्श्ववतीलाई प्रदान गर्ने उद्देश्यले २०२३ सालमा स्थापित एक पदक । >
प्रसिद्धि— ना॰ राम्रो काम गरेबापत वा राम्रो गुण भएको आधारमा चलेको कसैको राम्रो नाम; कीर्ति; ख्याति; सुयश; यश; नामुदपन ।
प्रसुप्त— वि॰ [सं॰] १. मस्तसँग निदाएको; सुतेको; गाढा निद्रामा परेको । २. कुनै कार्य वा विषयप्रति निष्क्रिय रहेको; चेष्टारहित भएको; निष्क्रिय; निश्चेष्ट । > प्रसुप्ति— ना॰ १. गाढा निद्रा; मस्त सुताइ । २. निष्क्रियता; निश्चेष्टता ।
प्रसूत— वि॰ [सं॰] १. जन्म दिइएको; जन्माउने काम गरिएको । २. जन्मेको; पैदा भएको; उत्पन्न । > प्रसूता— ना॰ १. बालक जन्माएकी स्त्री; सुत्केरी । २. बाछो पाएको बस्तुभाउ; ब्याएको पशु ।
प्रसूति— ना॰ [सं॰] १. बालक जन्माउने क्रिया; प्रसव; सुत्केरो । २. जन्म; उत्पत्ति । ३. लालाबाला; सन्तान; सन्तति । ४. सुत्केरी; प्रसूता । > प्रसूतिका— ना॰ हे॰ प्रसूता । ~ काल— ना॰ सुत्केरी हुने समय; बालक जन्मने समय; बच्चा पाउने समय । ~ गृह— ना॰ सुत्केरीले बालक जन्माउने घर; सुत्केरी बस्ने कोठो वा घर; प्रसवगृह । ~ ज्वर— ना॰ सुत्केरी हुने बेलाको पीडा एवं वेदनाले आउने ज्वरो । ~ वायु— ना॰ १. सुत्केरी हुने समयमा गर्भाशयभित्र उत्पन्न हुने वायु । २. सुत्केरी अवस्थामा पाचनप्रणालीमा बाधा पैदा हुन गई पेटबाट चल्ने वायु । ~ विज्ञान— ना॰ बच्चाकी आमा एवं बच्चालाई कुनै किसिमको पीडा नहुने किसिमले प्रसव गराउने कला वा विद्याको विवेचना भएको विज्ञान (गायनोकोलोजी॰ ।
प्रसून— ना॰ [सं॰] १. फक्रिएको कोपिलो; फूल । वि॰ २. जन्मेको; पैदा भएको ।
प्रस्ट— वि॰ [सं॰ स्पष्टे १. स्पष्ट; टड्कालो । २. छ्याङ्ड । >
प्रस्टिनु— अ॰ क्रि॰ प्रस्ट हुनु; छर्लङ्बिनु । प्रस्ट्याइँ— ना॰ १. प्रस्ट हुने पन; स्पष्टता । २. स्पष्टीकरण । प्रस्ट्याइ— ना॰ प्रस्टिने भाव, क्रिया वा प्रक्रिया । प्रस्ट्याइनु— क॰ क्रि॰ प्रस्ट्याउने काम गरिनु; प्रस्ट पारिनु । प्रस्ट्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ प्रस्ट पार्नु; खुलस्त्याउनु । प्रस्ट्याहट— ना॰ खुलस्त पार्ने कार्य; स्थिति वा किसिम; खुलस्त्याइँ ।
प्रस्तर— ना॰ [सं॰] १. फैलिएर रहेका विविध किसिमका ढुङ्गा; पत्थर; पाषाण । २. सुत्न वा बस्नका निम्ति ओछ्याइने ओछ्यान; बिछ्याउना । ३. फल, पात आदिको शयया; पुष्पशयया । ४. मैदान; समतल भूमि । > प्रस्तरण— ना॰ १. बिछ्याउना; ओछ्यान । २. आसन; बस्नौटो; आसनी ।
प्रस्तार— ना॰ [सं॰] १. व्यापक रूपमा चारैतिर फैलाउने काम; चारैतिर फिँजाउने क्रिया । २. राम्ररी ढाक्ने वस्तु; ढकना; झापन । ३. फूलपात आदिको शयया । ४. बिछ्याउना; ओछ्यान; प्रस्तर । ५. मैदान; समतल भूमि । ६. छन्दशास्त्रअनुसार छन्दको भेद, सङ्ख्या र रूप थाहा पाउने एक क्रिया । ७. वाक्यको लय (इन्टोनेसन॰ ।
प्रस्ताव— ना॰ [सं॰] १. कुनै कार्य वा उद्देश्यका निम्ति उठाइएको प्रसङ्ग; प्रस्तुत गरिने वा गरिएको कुरो वा चर्चा; सुझाउ । २. कुनै कार्यको आरम्भ वा सम्पादनका निम्ति प्रस्तुत गरिएको विचार । ३. कुनै योजना, कार्यप्रणाली आदिका सम्बन्धमा सभा, समाज, समिति आदिमा स्वीकृतिका निम्ति राखिएको विचार । ४.कुनै ग्रन्थ, रचना आदिको भूमिका; प्रस्तावना । > प्रस्तावक— वि॰/ना॰ १. कुनै कार्ययोजना, उद्देश्य आदिका निम्ति सभा, समाज आदिमा स्वीकृतिका निम्ति प्रस्ताव उपस्थित गर्ने (व्यक्ति॰; प्रस्तोता । प्रस्तावन— ना॰ प्रस्तावरखाइ; प्रस्तावको प्रस्तुति ।
प्रस्तावना— १. कुनै कार्य, योजना, उद्देश्य आदि पूरा गर्ने सम्बन्धको आरम्भ । २. कुनै पुस्तक वा ग्रन्थको भूमिका; उपोद्घात; प्राक्कथन । ३. नाटकमा मुख्य कथाको अभिनय हुनुभन्दा पहिले सूत्रधार र नटीको कथोपकथनमार्फत वा अन्य कुनै उपायले नाटकबारे सङ्क्षिप्त वा सूक्ष्म रूपमा प्रकाश पारिने, नाटकको एक अवस्थाविशेष । प्रस्तावित— वि॰ १. प्रस्तावका रूपमा आएको; प्रस्तुत गरिएको; योजना गरिएको । २. सुरु गरिएको; आरम्भ गरिएको । ३. भनिएको; वर्णन गरिएको ।
प्रस्तुत— वि॰ [सं॰] १. कुनै कार्यविशेषका निम्ति तयार रहेको; उद्यत । २. कुनै विचार, विमर्श, स्वीकृति वा कामका निम्ति पेस गरिएको; प्रस्तावित । ३. कुनै व्यक्ति, वस्तु वा विषयलाई उपस्थित गरिएको; हाजिर गराइएको । ४. तयार पारिएको; ठिक्क पारिएको; रिटिक्क । ५. भनिएको; कथित; उक्त । ६. स्तुति गरिएको; प्रशंसा गरिएको; प्रशंसित । ७. चर्चा उठाइएको वा चलाइएको; प्रासङ्गिक; सान्दर्भिक । ८. सुरु गरिएको; थालिएको; आरब्ध । > प्रस्तुताङ्कुर— ना॰ एउटा प्रस्तुत विषयमा गरिएको कुरो अर्को प्रस्तुत वस्तु वा विषयमा घट्ता हुने एक अर्थालङ्कार ।
प्रस्तुति— ना॰ [सं॰] १. सभामा कुनै प्रस्ताव पेस गर्ने काम; कुनै प्रस्ताव वर्णनका साथमा सभामा पेस गर्ने क्रिया । २. प्रशंसा; गुणगान; स्तुति । — कर्ता— वि॰ १. प्रस्तुति गर्ने । २. प्रशंसा गर्ने । श्र प्रस्तुतीकरण— ना॰ १. कुनै प्रस्तावलाई व्यक्ति, समाज, सभा, समिति आदिका समक्ष प्रस्तुत गर्ने कार्य । २. कुनै वस्तु वा विषय राम्ररी तयार गरेर प्रभावकारी ढङ्गबाट जनसमक्ष ल्याउने काम; उपस्थितगराइ । ३. कुनै लेख, रचना, प्रवचन आदिलाई प्रभावपूर्ण तरिकाले जनसमक्ष पेस गर्ने काम; पेसगराइ; दाखिला ।
प्रस्तोता— ना॰ [सं॰] १. कुनै विषय वा वस्तुलाई प्रभावकारी ढङ्गबाट जनसमक्ष प्रस्तुत गर्ने व्यक्ति; प्रस्तुतिकर्ता । २. प्रशंसा गर्ने व्यक्ति; प्रशंसक । ३. सामवेदका गायक ।
प्रस्थ— ना॰ [सं॰] १. एक प्रकारको भर्ने साधन; पाथी । २. बस्ती; स्थल (जस्तो— इन्द्रप्रस्थ) । ३. बसाइ; आश्रम (जस्तो— वानप्रस्थ॰ ।
प्रस्थान— ना॰ [सं॰] १. एक ठाउँबाट अर्का ठाउँमा जाने क्रिया; गमन; यात्रा । २. ठीक मुहूर्तमा आफू प्रस्थान गर्न नसक्ने कारण परेमा जनै, सुपारी, वस्त्र आदि पर सार्ने काम; पाइतोसराइ । ३. युद्धका निम्ति यात्राको आरम्भ ।
प्रस्थापक— वि॰ [सं॰] १. कसैलाई वा केही कुरालाई कतैतिर पठाउने । २. राम्ररी स्थापना गर्ने वा युक्तिपूर्वक राख्ने ।
प्रस्थापन/प्रस्थापना— ना॰ [सं॰] १. कुनै वस्तु वा व्यक्तिलाई पठाउने कार्य । २. स्थापना वा युक्तिपूर्वकको रखाइ । ३. कुनै पद, मत, व्यक्ति, वस्तु आदिको स्थायित्व–प्राप्ति । ४. स्थापित हुने क्रियाप्रक्रिया । ५. कार्यसिद्धि; सिद्धि । ६. सरकारको विधायिका अङ्गमा जनप्रतिनिधिसमक्ष विधेयकको प्रस्तुतीकरण ।
प्रस्थापित— वि॰ [सं॰] १. पठाइएको; प्रेषित गरिएको । २. स्थापना गरिएको वा युक्तिपूर्वक राख्ने काम गरिएको । ३. संसद्, राष्ट्रिय सभा आदि झैँ विधायक स्थलमा जनप्रतिनिधिका सामुन्ने प्रस्तावका रूपमा अग्रसर गरिएको । ४. प्रस्तुत गरिएको; पेस गरिएको ।
प्रस्थायी— वि॰ [सं॰] एक ठाउँबाट अर्को ठाउँमा जाने; प्रस्थान गर्ने ।
प्रस्थित— वि॰ [सं॰] १. एक ठाउँबाट अर्का ठाउँमा गएको; प्रस्थान गरेको । २. प्रस्थानका निम्ति तयार भएको । ३. विशेष रूपले रहेको; दृढ भएर रहेको । > प्रस्थिति— ना॰ १. प्रस्थान; यात्रा; गमन । २. वस्तुको विशेष स्थिति ।
प्रस्फुट— वि॰ [सं॰] १. फूल आदि फुलेको वा फक्रिएको; प्रफुल्ल; विकसित । २. निस्केको वा प्रकट भएको; प्रकटित; स्पष्ट । ३. बिरुवा आदि उम्रिएको । ४. मनका क्रोध, हर्ष आदिको उदय भएको । ना॰ ५. प्रस्फुटन । > प्रस्फुटन— ना॰ १. फूल आदि फुल्ने वा फक्रिने क्रिया; विकास । २. निस्कने वा प्रकट हुने क्रिया; प्रकट ।
प्रस्फुरण— ना॰ [सं॰] १. निस्काइ; निक्लाइ । २. फुलाइ; फक्राइ । ३. फरफराइ; फुराइ । ४. चम्काइ । ५. कँपाइ; कम्पन; प्रकम्पन ।
प्रस्फुरित— वि॰ [सं॰] प्रस्फुरण भएको ।
प्रस्फोट/प्रस्फोटन— ना॰ [सं॰] १. कुनै विस्फोटक पदार्थको फुटाइ वा पड्काइ । २. फूल आदिको फुलाइ वा फक्राइ । ३. निस्काइ वा निक्लाइ । ४. चम्काइ वा प्रकाशन । ५. निफनाइ; छँटाइ ।
प्रस्रव/प्रस्रवण/प्रस्राव— ना॰ [सं॰] १. निरन्तरको चुहाइ वा रसाइ; तप्को । २. निरन्तरको बहाइ वा बगाइ; प्रवाह; धारा । ३. कुनै तरल पदार्थको बेगिलो बगाइ वा चुहाइ । ४. धारो । ५. झर्ना; छाँगो; छहरो । ६. वात्सल्य वा दूधको अधिकताले स्तनबाट चुहिरहने दूधको सिर्को । ७. मूत्र; पिसाब । ८. शरीरका भित्र रहने विभिन्न ग्रन्थिहरूबाट निस्कने रसिलो पदार्थ; हर्मन (अङ्॰) ।
प्रस्रुत— वि॰ [सं॰] १. प्रस्रवका रूपमा आएको; चुहेको; रसाएको; टप्किएको । २. झरेको; बगेको ।
प्रस्वेद— ना॰ [सं॰] १. तरतरी चुहेको वा निस्केको पसिना । २. स्वेद; पसिना । > प्रस्वेदन— ना॰ पसिना तर्तरी चुहुने वा निस्कने क्रिया एवं प्रक्रिया; प्रस्वेदको झराइ वा निस्काइ । प्रस्वेदित— वि॰ तरतरती पसिना चुहेको वा निस्केको ।
प्रस्वेदी— वि॰ पसिनाले तर भएको; तरतरी पसिना चुहेको वा निस्केको ।
प्रहर— ना॰ [सं॰] १. दिनरातका आठ भागको एक भाग; अहोरात्रको आठौँ भाग; तीन घण्टाको समय । २. पहर; याम । > प्रहरक— ना॰ पहरादार; पाले ।
प्रहरी— ना॰ [सं॰] १. देशभित्र अशान्ति र अव्यवस्था हुन नदिन र त्यस्तो भएमा शान्ति–सुव्यवस्था कायम गर्नका निम्ति व्यवस्था गरिएको सरकारी विभागको कर्मचारी; पुलिस । २. उक्त विभाग । ३. उक्त विभागअन्तर्गतको तल्लो तहको सिपाही । ४. एक– एक पहरमा बदलिने पाले । ५. पहरेदार; पाले । ~ कर्मचारी— ना॰ प्रहरी ऐनअन्तर्गत प्रहरीमा नियुक्त भएको वा दरिएको जवान । ~ चौकी— ना॰ शान्ति–सुरक्षाका निम्ति आवश्यक परेका ठाउँमा राखिएको प्रहरीहरू रहने अड्डा । ~ दीर्घसेवापट्ट— ना॰ पच्चीस वर्षसम्म अविछिन्न रूपले प्रहरी–सेवामा काम गर्ने प्रहरी जवानलाई प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापित एक पदक । ~ नायब महानिरीक्षक— ना॰ प्रहरी–महानिरीक्षकपछिको पद वा दर्जा ~ निरीक्षक— ना॰ प्रहरीतर्फको इन्स्पेक्टर । ~ पराक्रम पदक— ना॰ प्रहरी–सेवामा रहेर पराक्रमपूर्ण एवं प्रशंसनीय काम गर्ने प्रहरी जवानलाई प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापित एक पदक । ~ प्रतिवेदन— ना॰ कुनै अशान्ति, अव्यवस्था, काटमार, लुटपिट आदिको राम्रो छानबिन गरी सम्बन्धित विभागमा प्रहरीले दिने प्रतिवेदन । ~ फोर्स— ना॰ देशमा आन्दोलन, अशान्ति, अव्यवस्था, लुटपिट, चोरीडकैती आदि भएमा शान्तिसुरक्षा गर्न–गराउनका निम्ति सरकारबारा गठन गरिएको वा शक्ति प्रदान गरिएको प्रहरीहरूको दल (पुृलिसफोर्स) । ~
महानिरीक्षक— ना॰ प्रहरीतर्फका प्रमुख हाकिम (आई॰ जी॰ पी॰) । ~ रत्न— ना॰ साहसी प्रहरीलाई प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापित एक पदक । ~ विभाग— ना॰ १. प्रहरीहरूको व्यवस्था मिलाउने, गृहमन्त्रालयका अधीनमा रहेको एक विभाग । २. प्रहरी–सेवाअन्तर्गतको कुनै पनि तहको विभाग । ~ सेवा— ना॰ प्रहरीको जागिर । ~ सेवा पदक— ना॰ प्रहरीसेवामा अविछिन्न रूपले बाह्र वर्षसम्म सेवा गर्ने प्रहरीलाई गर्ने उद्देश्यले २०२३ सालमा स्थापित एक पदक ।
प्रहर्ष— ना॰ [सं॰] मनोकामना पूरा भएर वा अरू त्यस्तै खुसियालीका कारणले गर्दा मनमा भएको ठूलो हर्ष; अत्यधिक प्रसन्नता; हार्दिक प्रफुल्लता । > प्रहर्षण— ना॰ १. मनमा भएको ठूलो हर्ष; अत्यधिक प्रसन्न हुने क्रिया एवं प्रक्रिया; हार्दिक प्रफुल्लता । २. हर्षबाट उत्पन्न भएको रोमाञ्च । ३. इच्छा पूर्ति हुँदा हुने हर्षोल्लासको स्थिति । ४. प्रयत्न नगरीकन अभीष्ट सिद्धि भएको वर्णन गर्दा हुने एक अर्थालङ्कार । प्रहर्षिणी— ना॰ भगण, नगण, जगण, रगण तथा एक गुरु भएको अतिजगती छन्दको एक भेद ।
प्रहर्षित— वि॰ १. अत्यन्त हर्षित; अतिप्रसन्न । २. अत्यन्त रोमाञ्चित; ज्यादै पुलकित ।
प्रहसन— ना॰ [सं॰] १. ज्यादै ठूलो हाँसो; गद्गद स्वरले हाँसिएको हाँसो वा त्यसरी हाँसिने क्रियाप्रक्रिया । २. ठट्टा; दिल्लगी; ख्याल । ३. हास्यरस प्रधान भएको रूपकको एक भेद ।
प्रहसित— वि॰ [सं॰] १. खूबसित हाँसेको; ज्यादै हाँसेको । २. हाँसो गरिएको; परिहास गरिएको । ३. ठट्टा गरिएको; दिल्लगी गरिएको; ख्याल गरिएको ।
प्रहार— ना॰ [सं॰] १. लट्ठी, हतियार आदिको हनाइ, हिर्काइ वा ताडन; शस्त्रादिको आघात । २. मार्ने काम; हत्या; वध । श्र प्रहारक— वि॰ १. लट्ठी, हतियार आदिले हान्ने; प्रहार गर्ने; मार्ने (व्यक्ति॰ । ना॰ २. त्यस्तो प्रहार गर्ने साधन (लट्ठी, हतियार आदि॰ । — कर्ता— वि॰ १. प्रहार गर्ने वा मार्ने काम गर्ने । ना॰ २. हानमार गर्ने व्यक्ति । > प्रहारी— वि॰ १. प्रहार गर्ने; हानमारको काम गर्ने; प्रहारक । २. आक्रमणकारी । ३. योद्धा; लडाकू । ~
प्रहार्य— वि॰ १. हतियार आदिले प्रहार गर्न योग्य; मार्न लायक । २. हरण गर्न योग्य; अपहरण गर्न लायक ।
प्रहास— ना॰ [सं॰] १. खित्का छाडेर हाँसिएको हाँसो; खितखिती । २. उपहास; हेलाँ । ३. निन्दा; तिरस्कार । > प्रहासक— वि॰ ज्यादै हँसाउने; खित्का छोडीछोडी हाँस्नुपर्ने स्थिति उत्पन्न गर्ने ।
प्रहासी— वि॰ १. हाँस्दा खित्का छोड्ने वा प्रहास गर्ने । २. ठट्टा गर्ने; ख्याल गर्ने । ना॰ ३. नाटकमा हाँसो उत्पन्न गर्ने पात्र; विदूषक । ४. पुर्सुबे; ढँटुवारे ।
प्रहृत— वि॰ [सं॰] १. कसैमाथि हतियार आदिले हानिएको; आहत । २. हतियार आदि ६याँकेर हानिएको; हतियार आदि हातबाट छोडेर हानिएको ।
प्रहृष्ट— वि॰ [सं॰] अति प्रसन्न; ज्यादै प्रफुल्ल; प्रमुदित; रमाएको; खुसी भएको (चित्त॰ ।
प्रहेलिका— ना॰ [सं॰] पहेली; अड्को ।
प्रह्लाद— ना॰ [सं॰] १. दैत्य भएर पनि आदित्यको वैष्णव धर्म मान्ने, हिरण्यकशिपुको कान्छो छोरो । २. ठूलो आनन्द वा प्रसन्नता । ३. प्रमोद; हर्ष; खुसी । > प्रह्लादन— ना॰ १. खुसी पार्ने क्रिया वा प्रक्रिया; प्रसन्न तुल्याउने क्रिया वा प्रक्रिया; हर्षोल्लास गराउने क्रिया वा प्रक्रिया । वि॰ २. मनलाई प्रफुल्लित गराउने; खुसी दिलाउने; आनन्दित पार्ने; हर्षित गराउने ।
प्रह्लादित— वि॰ प्रसन्न तुल्याइएको; खुसी गराइएको; हर्षित तुल्याइएको; आनन्दित गराइएको ।
प्राइभेट— वि॰ [अङ्॰] सरकारी विभाग वा कुनै समूह अथवा संस्थासँग सम्बन्धित नरहेको; निजी; व्यक्तिगत; भित्रिया । ~ कम्पनी— ना॰ कुनै सरकारी वा अर्धसरकारी सङ्घ एवं संस्थासँग सम्बन्ध नरहेको निजी वा व्यक्तिगत उद्यम; स्वकीय कारोबारसम्बन्धी स्थापना । ~ फर्म— ना॰ सरकार वा कुनै सङ्घ–संस्थासँग सम्बन्धित नभई व्यक्ति वा व्यक्ति–समूहसँग सम्बन्ध रहेको उद्योगशाला; निजी उद्योगशाला । ~ सेक्रेटरी— ना॰ निजी सचिव; पी॰ ए॰ ।
प्राइममिनिस्टर— ना॰ [अङ्॰] मन्त्रिमण्डल वा मन्त्रिपरिषद्को प्रमुख; प्रधानमन्त्री । > प्राइम मिनिस्टरी— ना॰ प्रधानमन्त्रित्व ।
प्राइमर— ना॰ [अङ्॰] १. कुनै पाठ्यवस्तु वा विषयको प्रारम्भ गर्नको लागि लेखिएको पुस्तक । २. प्राथमिक तहको पाठ्यपुस्तक ।
प्राइमरी— वि॰ [अङ्॰] १. प्रारम्भिक; प्राथमिक; सुरुको । ना॰ २. प्राथमिक पाठशाला । ~ स्कुल— ना॰ प्राथमिक पाठशाला; प्राथमिक विद्यालय ।
प्राक्— वि॰ [सं॰] १. सबैभन्दा पहिलेको; सबैभन्दा अगाडिको (पूर्वपदका रूपमा समासमा मात्र प्रयोग हुने शब्द, जस्तै— प्राक्कथन, प्राक्कल्पना, प्राङ्मुख, प्रागैतिहासिक इ॰) । २. अगिल्तिरको; सामुन्नेको । ३. पूर्वको; पूर्वीय ।
प्राकार— ना॰ [सं॰] १. सहर वा किल्ला आदिको सुरक्षाका निम्ति चारैतिर लगाइएको अग्लो पर्खाल; प्राचीर ।
प्राकृत— वि॰ [सं॰] १. प्रकृतिसम्बन्धी; प्रकृतिको; प्राकृतिक । २. संस्कार नगरिएको वा नभएको; असंस्कृत; कोरा । ३. अकृत्रिम; सहज; स्वाभाविक; सहजसाध्य । ४. सामान्य; साधारण; नैसर्गिक । ना॰ ५. संस्कृत भाषाको प्रचलनपछाडि जनसाधारणले लोकभाषाका रूपमा बोल्ने गरेको भाषा । ६. संस्कृत भाषाको प्रचलनभन्दा अगाडि वैदिक कालतिर लोकभाषाका रूपमा चलेको भाषा; कथ्यसंस्कृत (संस्कृतको प्रचलनपछि प्रचलनमा आएका प्राकृत भाषाका मुख्य भेदहरू सात छन्—मागधी, आवन्ती, प्राच्य, शौरसेनी, अर्द्धमागधी, वाह्लिक र दाक्षिणात्य॰ । ~ पोखरा— ना॰ १. डाँडैडाँडा, नदीनाला, वनबगैँचा आदि प्रकृतिले रमाइलो रहेको ताल । २. गण्डकी अञ्चलको, कास्की जिल्ला वा पश्चिमाञ्चल क्षेत्रको सदर मुकाम पोखरालाई दिइएको एक संज्ञा । ३. सोही नामको एउटा काव्य ।
प्राकृतिक— वि॰ [सं॰] १. प्रकृतिसम्बन्धी; प्रकृतिको । २. सहज; स्वाभाविक; नैसर्गिक; अकृत्रिम । ३. प्रकृतिबाट उत्पन्न । ४. भौतिक; सांसारिक । ~ चिकित्सा— ना॰ प्राकृतिक साधन, कसरत, व्यायाम आदिबाट गरिने उपचार वा विधि । ~ चुनाउ— ना॰ डार्बिनको विकासवादअनुसार प्राणीले अस्तित्वका लागि खास प्रकारको प्राकृतिक वातावरण रोज्ने कार्य; एक जातिबाट भिन्न प्रजातिको विकास हुने एक कारण । ~ विकास— ना॰ १. प्रकृतिसँग सम्बन्धित विभिन्न सम्पदाको वृद्धि वा विस्तार गरिने वा हुने क्रिया । २. डार्बिनका अनुसार प्राकृतिक चुनाउले गर्दा प्राणीमा आउने प्रजातीय परिवर्तन । ~ विज्ञान— ना॰ १. प्रकृतिसँग सम्बन्धित कुरा वा प्रकृतिका विभिन्न तथ्य एवं सम्पदाको परिचय तथा विश्लेषण गर्ने शास्त्र । २. विशुद्ध विज्ञान (भौतिकी, रसायनशास्त्र, जीवशास्त्र, खगोलशास्त्र आदि) । ~ सन्तुलन— ना॰ जीवजन्तु र वनस्पतिका बीच सबैको सहअस्तित्वका लागि आवश्यक पर्ने प्राकृतिक स्रोत र साधनको समुचित उपभोगको अवस्था ।
प्राक्कथन— ना॰ [सं॰] कुनै पुस्तक वा ग्रन्थका आरम्भमा लेखिने भूमिका; प्रस्तावना; उपोद्घात; लेखकीय ।
प्राक्कर्म— ना॰ [सं॰] १. कुनै पनि कार्य, महाकार्य आदिका थालनीमा गरिने कर्म । २. बिहानै गरिने नित्यकर्म । ३. पूर्वजन्ममा गरिएको कार्य ।
प्राक्कलन— ना॰ [सं॰] १. पछि हुने सम्भावित खर्च वा लागतको पहिले नै गरिने अनुमान वा अड्कल । २. आयव्ययको प्रारूप ।
प्राक्कल्पना— ना॰ [सं॰] कुनै खासखास तथ्यहरूको सङ्कलनबारा प्राप्त हुने सत्यताको प्रतिपादनका निम्ति आरम्भमै गरिने परिणामको अनुमान; अनुकल्पना; शोधको सैद्धान्तिक आधार । हाइपोथेसिस (अङ्॰) ।
प्राक्काल— ना॰ [सं॰] १. धेरै पहिलेको समय; पूर्वकाल । २. प्राचीन समय । ३. सभ्यताको जन्म हुनुभन्दा पहिलेको समय; पुरातनकाल । ४.प्रागैतिहासिक समय । > प्राक्कालिक— वि॰ धेरै वर्षअगिको; पहिले भएको; प्राचीन; पुरानो; प्राक्कालीन ।
प्राक्कालीन— वि॰ प्राक्कालिक ।
प्राक्टिस— ना॰ [अङ्॰] १. कुनै विषयमा गरिने अभ्यास; प्रयोग; रफत । २. डाक्टरले डिग्री हासिल गरिसिद्ध्याएपछि गरिने प्रायोगिक उपचार । ३. वकिल आदिले न्यायिक छलफल आदिमा वादी र प्रतिवादीको पक्ष लिएर अदालतमा बहस आदिमा भाग लिने पेसा ।
प्राक्तन— वि॰ [सं॰] १.पहिलेको; उहिले; आदिम; प्राचीन । २. पुरानो समयको; पुरानो ।
प्रागैतिहासिक— वि॰ [सं॰] इतिहासमा वर्णन गरिएको समयभन्दा पहिलेको; इतिहास लेखिनुभन्दा पहिलेको; क्रमबद्ध इतिहासभन्दा पूर्वकालको ।
प्राग्भाषिक— वि॰ [सं॰] भाषाको उत्पत्ति हुनुभन्दा अघिको; भाषाको जन्म नहुँदैको; भाषाको उद्गमभन्दा पहिलेको ।
प्राङ्गण— ना॰ [सं॰] १. आँगन । २. सानो खालको ढोल वा ढोलकी ।
प्राङ्गार— ना॰ [सं॰] १. पत्थर कोइला, हीरा आदि अँगारधर्मी वस्तु; कार्बन । २. पातपतिङ्गरको सडेको रूप । ~ युग— ना॰ प्राङ्गारको सृष्टि भएको युग; आजभन्दा तीस करोड वर्षपहिले चलेको युग ।
प्राङ्गारिक— वि॰ [सं॰] १. प्राङ्गारसम्बन्धी । २. प्राङ्गार भइसकेपछिको । ~ मल— ना॰ १. पातपतिङ्गर खाडलमा कुहाएर गाउँघरमै तयार गरिएको मल; घरेलु मल । २. मलका रूपमा प्रयोग गरिएको प्राङ्गार ।
प्राङ्न्याय— ना॰ [सं॰] कुनै वादीप्रतिवादीका बीचमा परेका मुद्दाको निर्णय भइसकेपछि सोही अदालतमा तिनै वादीप्रतिवादीका बीचमा पुनः नयाँ मुद्दा पर्न गएमा अदालतले दिएको पहिलो निर्णय ।
प्राचार्य— ना॰ [सं॰] महाविद्यालय, विश्वविद्यालय आदिका प्रधान प्राध्यापक; कलेजका प्रशासक; प्रमुख प्राध्यापक; प्रिन्सिपल ।
प्राची— ना॰ [सं॰] पूर्व दिशा; पूर्व ।
प्राचीन— वि॰ [सं॰] १. धेरै दिन पहिलेको; पूर्वीय; पौरस्त्य । २. धेरै पुरानो; पुरातन । ३. धेरै पहिलेको समयमा बनेको, भएको वा रहेको । ~ आर्य शाखा— ना॰ १. भारोपेली भाषिक परिवारबाट छुट्टिएर आर्य–इरानी शाखामा विभक्त भइसकेपछि आर्य र इरानी उपशाखाहरूमध्ये आर्यको पहिलो हाँगो । २. भारतवर्षमा प्रवेश गर्ने आर्यहरूको पहिलो समूह; बाह्य आर्य । — ता— ना॰ प्राचीन हुनाको भाव, गुण वा अवस्था; पुरानोपन; पुरातनता । ~ स्मारक— ना॰ १. ऐतिहासिक, पुरातात्त्विक वा कलात्मक महत्त्वका देवालय, भवन, सालिक, मूर्ति, चित्र, गुफा, ढुङ्गा, धातु, काठ, हस्तिहाड आदि तथा ताम्रपत्र, शिलापत्र, कनकपत्र, रजतपत्र, भोजपत्र, ताडपत्र आदि वस्तु र यस्ता वस्तुहरू रहेको ठाउँ । २. कलात्मक पुराना वस्तु वा सामग्री । ~ स्मारक संरक्षण ऐन— ना॰ पुरातात्त्विक वस्तुहरूको संरक्षण एवं संवर्द्धन गर्न र तिनलाई नियमित गर्नाका निम्ति तत्कालीन सरकारले २०१३ सालमा तयार गरेको ऐन ।
प्राचीर— ना॰ [सं॰] सहर, किल्ला आदि स्थलको सुरक्षाका निम्ति चारैतर्फ बनाइएको अग्लो पर्खाल; प्राकार ।
प्राचुर्य— ना॰ [सं॰] प्रचुर हुनाको भाव वा अवस्था; प्रचुरता ।
प्राच्य— वि॰ [सं॰] १. पूर्वको; पूर्वसम्बन्धी; पूर्वतिर रहेको वा भएको; पूर्वीय; पुर्बेली । २. पहिलेको; पुरानो; पुरातन । ३. सामुन्नेको अगिल्लो । ना॰ ४. संस्कृत भाषाको सबैभन्दा पूर्वमा बोलिने कथ्यरूप; मागधी आदि पूर्वीय प्राकृत भाषाहरूको पूर्वरूप । ~
संस्कृत— ना॰ प्राच्य (भाषा॰ ।
प्राजापत्य— वि॰ [सं॰] १. प्रजापतिसम्बन्धी; प्रजापतिको । २. प्रजापतिबारा उत्पन्न । ना॰ २. बाह्र दिनमा सम्पन्न हुने एक व्रत । ३. धर्मशास्त्रअनुसार आठ प्रकारका विवाहमध्ये एक । ४. प्रजापतिको पद, अधिकार वा अधिकारक्षेत्र । ~ विवाह— ना॰ बाबु वा अभिभावकले कन्यादान गरी शास्त्रोक्त विधिले गरिदिने विवाह; आठ प्रकारका विवाहमध्ये एक; ब्राह्मणविवाह । — हस्त— ना॰ पच्चीस अङ्गुलबराबरको नाप ।
प्राज्ञ— वि॰ [सं॰] १. प्रखर वा परिपक्व बुद्धि भएको; बुद्धिमान् । २. अत्यन्त सीप भएको; ज्यादै सिपालु; दक्ष । ३. अध्ययनबारा प्रशस्त ज्ञान आर्जन गरेको (व्यक्ति॰; विशिष्ट विबान्; पण्डित; विज्ञ । ना॰ ४. नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य । — त्व— ना॰ १. प्राज्ञ हुनाको भाव वा अवस्था; विबत्ता; पाण्डित्य । २. कौशल; चातुर्य । ३. बुद्धिमत्ता । ~ परिषद्— ना॰ १. प्राज्ञ व्यक्ति वा विशिष्ट विबान्हरूको समूह वा मण्डली । २. प्रज्ञाप्रतिष्ठानको कार्यकारिणी परिषद् । — मन्य— वि॰ आफूलाई विबान् वा धेरै बुद्धिमान् ठान्ने । — सभा— ना॰ १. विबान्हरूको सभा । २. नेपाल प्रज्ञाप्रतिष्ठानको सभा ।
प्राज्ञिक— वि॰ [सं॰] १. प्राज्ञसम्बन्धी; कौशल वा दक्षतायुक्त । २. प्राज्ञबारा सम्पन्न हुने वा गरिने । ~ परिषद्— ना॰ विश्वविद्यालयको शिक्षण–प्रशिक्षण आदिका क्रियाकलापसँग सम्बन्धित विनियम निर्माण गर्ने उच्चस्तरीय प्राज्ञिक समिति ।
प्राज्ञी— ना॰ [सं॰] विशिष्ट प्रतिभा एवं विबत्ता भएकी स्त्री; अत्यन्त दक्ष बुद्धि भएकी आइमाई; विदुषी ।
प्राञ्जल— वि॰ [सं॰] १. परिष्कृत; शुद्ध । २. नम्र; विनम्र; हात जोडेको; भद्र ।
प्राञ्जलि/प्राञ्जली— वि॰ [सं॰] १. दुई हातका दसै औँला जोडेको; अञ्जलि बाँधेको; बद्धाञ्जलि । ना॰ २. अँजुली; दुई हातको खोचो; अञ्जलि ।
प्राड्विवाक— ना॰ [सं॰] १. न्यायाधीश; न्यायकर्ता । २. कुनै विशेष मुद्दामाथि न्यायअन्यायको विचार गरी उक्त मुद्दा छिन्नका निम्ति सरकारका तर्फबाट नियुक्त गरिएको व्यक्ति वा विचारपति; न्यायाधीश ।
प्राण— ना॰ [सं॰] १. शरीरभित्र रहेको जीवनको आधारभूत वायु; शरीरको पञ्चप्राणवायु (प्राण, अपान, व्यान, समान र उदान) । २. हावा; वायु । ३. सास; श्वास; पौन । ४. ज्यान; जीवन । ५. जीव; आत्मा । ६. शक्ति; सामर्थ्य । ७. परब्रह्म । ८.ज्यादै प्रिय वा आत्मीय व्यक्ति । ~ कष्ट— ना॰ प्राण जाने वा मर्ने बेलामा हुने कष्ट; मरणकालको यातना वा वेदना । ~ घात— ना॰ जीवहत्या; ज्यानहरण । ~ घातक— वि॰ प्राण लिने; ज्यानमारा । ~ त्याग— ना॰ प्राण छाड्ने काम; मर्ने क्रिया; मृत्यु । — द— ना॰ १. पानी । २. रगत रक्त; रुधिर । वि॰ ३. प्राण दिने; प्राण राखिदिने । ~ दण्ड— ना॰ ठूलठूला फौजदारी अपराधी एवं राजद्रोही, देशद्रोही अपराधीहरूलाई दिइने ज्यानको सजाय; मृत्युदण्ड; ज्यानसजाय । ~ दाता— वि॰ कसैको ज्यान बचाइदिने; मृत्यून्मुख स्थितिबाट जोगाइदिने; प्राण दिने; जीवनदान दिने । ~ दान— ना॰ मृत्युबाट बचाउने काम; ज्यान जोगाउने क्रिया; जीवनदान । ~ धन— ना॰ १. प्राणसमान प्रिय तथा आत्मीय रहेको वस्तु वा व्यक्ति । २. अत्यन्त प्यारो व्यक्ति । ~ धारण— ना॰ १. प्राण धारण गर्ने क्रिया; जीवननिर्वाह । २. जीवनशक्ति । ३. बाँच्ने क्रिया । ४. सनातनी विश्वासअनुसार, मरेका व्यक्तिले ढिकुरो उठेका दिनदेखि प्रेतयोनि त्याग गरी कुनै प्राणीको अर्को जुनीमा प्रवेश गर्ने क्रिया । ~ धारी— ना॰ प्राणधारण गर्ने वा जरायुज, अण्डज, स्वेदज एवं उद्भिद्ज आदि जीवधारण गर्ने प्राणी; वनस्पतिलगायत प्राणधारी कुनै पनि सृष्टि; जीव; प्राणी । — नाथ— ना॰ १. प्राणका नाथ; लोग्ने; पोइ; पति । २. प्रेमी; प्रियतम । ३. यमराज; धर्मराज । ~ पखेरु— ना॰ १. प्राणरूपी पक्षी; प्राण नै पक्षी । २. आत्मा; जीवतत्त्व । — प्रण— ना॰ ज्यान हत्केलामा राखेर काम गरिने प्रक्रिया; प्राणको बाजी; ज्यानको बाजी । ~ प्यारी— वि॰ १. प्राणजस्तै प्यारी; ज्यादै आत्मीया; गहिरो माया बसेकी । ना॰ २. स्वास्नी; पत्नी । ~ प्यारो— वि॰ १. प्राणजस्तै प्यारो; ज्यादै आत्मीय; ज्यादै मायालु । ना॰ २. प्राणधन; लोग्ने; पति । ~ प्रतिष्ठा— ना॰ १. कुनै नयाँ देवप्रतिमाको स्थापना गरी पूजा गर्नुभन्दा पहिले मन्त्रबारा त्यसमा देवताको आवाहन गर्ने क्रिया; मूर्तिमा देवतालाई आवाहन गरी विधिवत् स्थापित गर्ने काम । २. तन्त्रमन्त्रबारा मृतकको देहमा भएको मानिने, प्राणको पुनःप्रवेश । ~ प्रिय— वि॰ १. प्राणसमान प्यारो; ज्यादै प्यारो; प्रियतम । ना॰ २. लोग्ने; पति; श्रीमान् । ~ प्रिया— वि॰ १. ज्यादै प्यारी; प्राणभन्दा पनि प्यारी; प्राणजत्तिकै प्यारी । ना॰ २. स्वास्नी; पत्नी । ~ वायु— ना॰ शरीरभित्र रहेको जीवनको आधारभूत वायु; जीवनाधार वायु । ~ सङ्कट— ना॰ ज्यानमाथि आइपरेको खतरा; ज्यानै जाने किसिमको डर; ठूलो सङ्कट । —
हारी— वि॰ १. प्राण लिने; प्राण हरण गर्ने । ना॰ २. प्राणघातक तत्त्व; विष ।
प्राणाधार— ना॰ [सं॰] १. प्राण अड्ने वा टिक्ने आधार; जीवनको आधार वा अवलम्ब । २. प्राणका आधारभूत प्रियतम; पति ।
प्राणान्त— ना॰ [सं॰] १. प्राणको हुन लागेको अन्त्य वा नाश; मृत्यु; मरण । २. ठूलो सङ्कट वा कष्ट; प्राणसङ्कट । वि॰ ३. मरणान्त; मर्लान्त । > प्राणान्तक— वि॰ १. प्राणको अन्त्य गर्ने; प्राण हरण गर्ने; ज्यान लिने । ना॰ २. यमराज ।
प्राणायाम— ना॰ [सं॰] श्वासप्रश्वासका गतिलाई नियमित पार्ने क्रिया; योगका आठ अङ्गहरूमध्ये एक । > प्राणायामी— वि॰ श्वासप्रश्वासलाई नियमित राख्ने; प्राणायाम गर्ने ।
प्राणी— वि॰ [सं॰] १. प्राण भएको; प्राणयुक्त; सास भएको । ना॰ २. जीवजन्तु; जीवधारी शरीर । ३. मनुष्य । ~ भूगोल— ना॰ विभिन्न स्थानका जीवजन्तुको अध्ययन गर्ने भूगोल रू ~ विज्ञान— ना॰ विभिन्न जीवजन्तुको परिचय एवं वैज्ञानिक विश्लेषण गरिएको शास्त्र; जीवविज्ञान । ~ शास्त्र— ना॰ विभिन्न जीवजन्तुका सम्बन्धमा विश्लेषणात्मक परिचय दिने शास्त्र; प्राणीविज्ञान ।
प्राणेश्वर— ना॰ [सं॰] १. प्राणरूपी देवता; पति; स्वामी । २. परम प्रिय व्यक्ति; प्रियतम; प्रेमी । ३. शैथिल्य वा अन्त्य अवस्थामा खुवाइने एक प्रकारको प्रसिद्ध आयुर्वेदीय औषधी । > प्राणेश्वरी— ना॰ १. प्राणरूपी देवी; स्त्री; पत्नी । २. प्रियतमा; प्रेमिका ।
प्राणोत्सर्ग— ना॰ [सं॰] प्राणत्याग; मृत्यु ।
प्रातः— ना॰ [सं॰] १. बिहानीपखको समय; प्रातःकाल । क्रि॰ वि॰ २. सबेरै; सखारै; बिहानै । ~ कर्म— ना॰ प्रातःकालमा गरिने नित्यकर्म; प्रातःकृत्य । ~ काल— ना॰ बिहानको समय; प्रभात । ~ कालिक— वि॰ प्रातःकालसम्बन्धी; प्रातःकालको । ~ कालीन— वि॰ प्रातःकालको; प्रभातकालीन; बिहानी । — कृत्य— ना॰ प्रातःकालमा गरिने कर्म । ~ सन्ध्या— ना॰ १. बिहान गरिने सन्ध्या वा जप । २. बिहानको समय । ~ स्नान— ना॰ बिहान गरिने स्नान । ~ स्मरण— ना॰ प्रातःकालमा गरिने देवता वा पूज्य व्यक्तिको स्मरण । ~ स्मरणीय— वि॰ १. प्रातःकालमा सम्झन लायक । २.आदरणीय; मननीय; सम्मान्य ।
प्राति–नूतनाश्मयुग— ना॰ [सं॰] आजभन्दा पचास लाखदेखि चालीस लाख वर्षपहिले प्रारम्भ भएको युग; मानवयुग प्रारम्भ भएका समयको युग ।
प्रातिपदिक— ना॰ [सं॰] क्रियादेखि बाहेक अरू नाम, सर्वनाम, विशेषण आदि शब्द; मूलपदमा अर्को कुनै तत्त्व थपिइसकेपछिको (नाम, विशेषण आदि शब्दको॰ अवस्था ।
प्राथमिक— वि॰ [सं॰] १. सुरुको; थालनीको; प्रथम तहको शिक्षासम्बन्धी । २. पहिलेको; प्रथम । ३. सबभन्दा बढी महत्त्वको; सबभन्दा पहिलो क्रममा आउने । ~ उद्योग— ना॰ सुरु–सुरुमा गरिने सानोतिनो वा प्रारम्भिक उद्योग । ~ उपचार— ना॰ १. चोटपटक लागेको वा घाइते कुनै व्यक्तिलाई औषधी–उपचार गराउनुभन्दा पहिले तत्काल गरिने मलमपट्टी आदि सामान्य उपचार; प्रारम्भिक स्तरको उपचार (फस्ट एड॰; प्रथमोपचार । २. उक्त उपचारसम्बन्धी औषधी । ~ उपचार बाकस— ना॰ प्राथमिक उपचारका सामग्रीहरू राखिने बाकस । ~ काल— ना॰ कुनै निश्चित समयका तीन खण्डमध्ये पहिलो खण्ड वा निश्चित समयका तीन भागमध्ये पहिलो भाग; प्रारम्भिक काल ।
प्राथमिकता— ना॰ [सं॰] कार्य, व्यक्ति वा वस्तुलाई प्राप्त हुने पहिलो स्थान वा अवसर; अग्रावसर; अग्राधिकार । ~ सूची— ना॰ योग्यता, दर्जा, गुण आदिका क्रमले पहिलो, दोस्रो, तेस्रो आदिका क्रमले राखिने क्रम वा सूची; आवश्यकताअनुसार क्रमैले राखिने कार्य वा त्यसको सूची । प्राथमिक वर्ग— ना॰ [सं॰] वानरानुगण, निशाकपि अनुगण, कूर्चमर्कट अनुगण, नरवानरानुगण र मानवानुगण आदि र तीजस्तै हाँगामा वास बस्ने अन्य स्तनपायी; शाखामृगको लागि एक सामूहिक संज्ञा; शाखामृग । प्राथमिक विद्यालय— ना॰ [सं॰] ससाना बालबालिकाहरूलाई आरम्भमा शिक्षा दिने पाठशाला; एक कक्षादेखि पाँच कक्षासम्मको शिक्षा दिइने तल्लो तहको विद्यालय; प्राथमिक पाठशाला ।
प्रादुर्भाव— ना॰ [सं॰] १. कुनै वस्तु वा विषय प्रकट हुने वा देखापर्ने क्रिया । २. कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव । ३. अस्तित्व भएको तर नदेखिएको कुरो जनसमक्ष आउने काम ।
प्रादुर्भूत— वि॰ [सं॰] १. सृष्टि भएको; प्रादुर्भाव भएको; प्रकट भएको । २. उत्पन्न भएको; पैदा भएको ।
प्रादेश— ना॰ [सं॰] फैलिएका बूढी औँलाका टुप्पादेखि चोर औँलाका टुप्पासम्मको नापो ।
प्रादेशिक— वि॰ [सं॰] १. प्रदेशसम्बन्धी; प्रदेशको । २. कुनै प्रदेशका भित्री भागसँग सम्बन्ध राख्ने; प्रदेशअन्तर्गतको । ३. स्थानीय । ४. राजधानीबाहिरको; मोफसलको । — ता— ना॰ आ६नै प्रदेश वा क्षेत्रलाई मात्र सुदृष्टिले हेर्ने क्रिया; स्थानीय पक्षपात; क्षेत्रीय स्वार्थ; प्रान्तीय भावना । ~ मौसम विज्ञान— ना॰ कुनै खास प्रान्त वा भागको ऋतुक्रिया, हावापानी र शीत–तापक्रमको वैज्ञानिक विश्लेषण र मूल्याङ्कन गर्ने मौसमविज्ञान । ~ विकास— ना॰ कुनै विशेष प्रदेश वा क्षेत्रका आधारमा गरिने विकास । ~ सेना— ना॰ कुनै प्रदेश वा क्षेत्रविशेषमा स्थानीय शान्तिसुरक्षाका निम्ति राखिएका वा रहने सेना । > प्रादेशिकीकरण— ना॰ कुनै क्षेत्र, पृथ्वी, महादेश वा मुलुकलाई प्रदेशमा विभाजन गर्ने प्रक्रिया ।
प्राधान्य— ना॰ [सं॰] कुनै वस्तु वा विषयलाई दिइने प्रमुख स्थान; सबभन्दा बढी महत्त्व दिने कार्य; प्राथमिकता; पूर्वाधिकार ।
प्राधिकरण— ना॰ [सं॰] १. कसैलाई कुनै कार्य गर्न आदेश आदि दिनका निम्ति प्रदान गरिने अधिकार । २. (अङ्॰) कर्पोरेशन
(जस्तै— विद्युत् प्राधिकरण॰ ।
प्राधिकार— ना॰ [सं॰] १. कसैलाई जिम्मेदारीपूर्वक कार्य गर्न, आदेश आदि दिनका निम्ति प्रदान गरिएको वा सो कामका निम्ति प्राप्त गरेको अधिकार । २. कुनै अधिकारीलाई आ६ना पदअनुसारको कार्य गर्नाका निम्ति प्रदान गरिएको वा निजले पाएको अधिकार । > प्राधिकारी— ना॰ आ६ना पदअनुसारका सम्पूर्ण काम गर्नका निम्ति अधिकार प्राप्त गरेको व्यक्ति; अख्तियारवाला कर्मचारी; हाकिम; अधिकृत ।
प्राधिकृत— ना॰ [सं॰] १. प्राधिकारी । वि॰ २. अख्तियार पाएको । ~ अभिकर्ता— ना॰ प्रतिनिधिस्वरूप काम गर्नका निम्ति विधिवत् वा कानुनी तवरबाट अधिकार पाएको अभिकर्ता ।
प्राध्यापक— ना॰ [सं॰] १. विश्वविद्यालयअन्तर्गतका क्याम्पस वा महाविद्यालयमा प्राध्यापन गर्ने विशिष्ट श्रेणीको अध्यापक; प्रोफेसर । २. क्याम्पस आदिमा पढाउने कुनै पनि श्रेणीको शिक्षक (सामान्य अर्थमा॰ ।
प्राध्यापन— ना॰ [सं॰] विश्वविद्यालयीय वा उच्च शिक्षासम्बन्धी विषयहरू पढाउने कार्य ।
प्रान्त— ना॰ [सं॰] १. कुनै देशको एक ठूलो भाग; प्रदेश । २. अनेक जिल्लाहरू मिलाएर बनाइएको वा प्रशासनिक सुविधाअनुसार तोकिएको क्षेत्र । ३. सङ्घात्मक संविधान भएका देशको स्थानीय प्रशासनका अधीनमा रहेको कुनै पनि एकाइ । ४. अङ्ग; भाग ।
प्रान्तर— ना॰ [सं॰] १. दुई स्थान वा समयका बीचमा रहेको लामो ठूलो व्यवधान वा अन्तर । २. वनजङ्गल; तरी ।
प्रान्तिक— वि॰ [सं॰] १. प्रान्तसम्बन्धी; प्रान्तको; प्रान्तीय । २. आङ्गिक ।
प्रान्तीय— वि॰ [सं॰] प्रान्तसम्बन्धी; प्रान्तको । — ता— ना॰ केन्द्रप्रति अनास्थावान् वा कम आस्थावान् रही प्रान्तप्रति पूरै वा धेरै आस्थावान् हुने पृथक्तावादी गुण वा नीति; प्रादेशिकता । ~
सरकार— ना॰ सङ्घीय संविधानअनुसार केन्द्रीय सरकारका मातहतमा कुनै प्रान्तको शासनव्यवस्थाका निम्ति बनेको सरकार ।
प्रापक— वि॰ [सं॰] १. कसैले दिएको वा पठाएको वस्तु प्राप्त गर्ने; पाउने; प्राप्तिकर्ता । २. कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा पुथ्याउने । ३. प्राप्त गराउने; प्रापयिता ।
प्रापण— ना॰ [सं॰] १. पाउने काम; प्राप्त गर्ने क्रिया वा प्रक्रिया । २. प्राप्त गराउने क्रिया एवं प्रक्रिया; उपलब्ध गराउने काम । ३. पुथ्याउने कार्य । > प्रापणीय— वि॰ १. प्राप्त गर्न योग्य; प्राप्त हुनुपर्ने; प्राप्तव्य । २. पुथ्याउन लायक ।
प्रापयिता— वि॰ [सं॰] १. प्राप्त गर्ने; पाउने । २. प्राप्त गराउने; पुथ्याउने ।
प्राप्त— वि॰ [सं॰] १. भेटेको; भेट्टाइएको; मिलेको; पाएको; उपलब्ध । २. आइपुगेको; उपस्थित । — कर्ता— ना॰ प्राप्त गर्ने व्यक्ति; प्राप्तिकर्ता । ~ काल— वि॰ १. समय–सुहाउँदो; बेलाअनुसारको । ना॰ २. उचित समय; उपयुक्त अवसर वा मौका । ~ मनोरथ— वि॰ इच्छापूर्ण भएको; इच्छा पुगेको; सन्तुष्ट । ~ यौवन— वि॰ युवा अवस्थामा पुगेको; नौजवान; तन्नेरी उमेरको ।
प्राप्तव्य— वि॰ [सं॰] पाउनुपर्ने; पाउन लायक; प्राप्त गर्न योग्य ।
प्राप्ताङ्क— ना॰ [सं॰] परीक्षामा निर्धारित पूर्णाङ्कअनुसार परीक्षार्थीले प्राप्त गरेको अङ्क वा नम्बर । ~ तालिका— ना॰ प्राप्त भएका अङ्कहरू क्रमबद्ध रूपमा लेखेर राखिने फाराम । ~ सूची— ना॰ प्राप्त भएका अङ्कहरू क्रमबद्ध रूपमा लेखिएको सूची ।
प्राप्ताधिकार— ना॰ [सं॰] १. कुनै विशिष्ट व्यक्तिले प्राप्त गरेको विशेष किसिमको अधिकार; कुनै व्यक्ति, वर्ग, संस्था आदिलाई विशेष कारण वा स्थितिले गर्दा प्रदान गरिएको विशेष अधिकार वा सुविधा । वि॰ २. अख्तियारप्राप्त; अख्तियारवाला ।
प्राप्ति— ना॰ [सं॰] १. प्राप्त हुने क्रिया; पाउने काम । २. फायदा; लाभ; उपलब्धि । ३.कुनै वस्तु आइपुग्ने वा हात पर्ने क्रिया । ४. आठ प्रकारका ऐश्वर्य वा आठ सिद्धिमध्ये एक । — कर्ता— ना॰ कुनै वस्तु वा विषय प्राप्त गर्ने व्यक्ति; प्राप्तकर्ता ।
प्राप्य— वि॰ [सं॰] १. पाउन सकिने; प्राप्त गर्न योग्य । २. पाइने; पाउनुपर्ने ।
प्राप्यक— ना॰ [सं॰] मालसामान बेचेको बेहोरा र परेको मोल जनाएको पत्र; मालसामान खरिदबिक्री गरेबापत दिनेलिने बिल ।
प्राबल्य— ना॰ [सं॰] बलियोपना; दरिलो अवस्था; प्रबलता ।
प्रामाणिक— वि॰ [सं॰] १. कुनै विशेष कार्यसिद्धिका निम्ति प्रमाण मान्न सकिने; प्रमाणबाट सिद्ध भएको; सबुतबाट ठहरिएको । २. ठीक; सत्य । ३. प्रमाणसम्बन्धी; प्रमाण भएको । ४. कानुनले प्रमाणित गरेको वा मान्यताप्राप्त (कुरा, ग्रन्थ, नाप, तौल आदि॰ । ~ समय— ना॰ देशको केन्द्रीय मध्याह्नरेखाको आधारमा निकालिएको मुख्य समय ।
प्रायः/प्राय— वि॰ [सं॰] १. समस्त शब्दको उत्तरपदका रूपमा रहेर तुल्य वा समान अर्थ बुझाउने शब्द (जस्तै—नष्टप्राय, कष्टप्राय॰ । ना॰ २. मृत्यु; मरण । ३. कुनै कार्यसिद्धिका निम्ति अनशन बस्ने क्रिया । ४. सबभन्दा ठूलो अंश वा भाग । ५. आधिक्य; विपुलता । ६. जीवनको अवस्था । क्रि॰वि॰ ७. धेरै मात्रामा; धेरैजसो; अक्सर; पुग–नपुग झन्डै । — बीप— ना॰ तीनतिर पानीले घेरिएको स्थलभाग; प्रायःबीप; प्रायोबीप । श्र प्रायशः— क्रि॰ वि॰ प्रायः ।
प्रायश्चित्त— ना॰ [सं॰] १. गरेका पाप वा अपराधको दोष मेट्नका निम्ति गरिने शास्त्रविहित धार्मिक कृत्य; आफूले ठूलो पाप वा अपराध गरेबापत भएको मानसिक उत्पीडनबाट मुक्त हुन गरिने कुनै कठोर वा विशेष प्रकारको कार्य । २. भूल गरेबापत बदलामा गरिने कुनै पनि क्षतिपूरक कार्य । > प्रायश्चित्ती— वि॰ प्रायश्चित्त गर्ने ।
प्रायोजक— वि॰ प्रायोजन गर्ने व्यक्ति वा संस्था ।
प्रायोजन— ना॰ अन्य संस्था वा व्यक्तिका कार्यक्रम सञ्चालनमा आर्थिक आदि दायित्व वहन गर्ने प्रक्रिया ।
प्रायोगिक— वि॰ [सं॰] १. प्रयोग गरिने । २. प्रयोगसम्बन्धी; प्रयोगको । ३. क्रियात्मक; व्यावहारिक । ४. प्रयोगबाट प्राप्त हुने ।
प्रारब्ध— वि॰ [सं॰] १. कुनै कार्यविशेषको आरम्भ गरिएको; थालिएको; आरब्ध । ना॰ २. भाग्य; किस्मत । ३. पूर्वजन्मको मानिने कर्मको फल । > प्रारब्धी— वि॰ प्रारब्ध भएको; राम्रो भाग्य भएको; भाग्यवान् ।
प्रारम्भ— ना॰ [सं॰] कुनै कार्यविशेषको आरम्भ; सुरु; थालनी; श्रीगणेश । > प्रारम्भिक— वि॰ १. प्रारम्भ–सम्बन्धी; प्रारम्भको; सृुरुको । २. प्रारम्भमा हुने, गरिने वा गर्नुपर्ने (अवस्था, कार्य, योजना इ॰) ।
प्रारूप— ना॰ [सं॰ प्राग्+रूप] १. पहिलो रूप; पहिले भएको रूप । २. खेस्रा; मस्यौदा । ३. कुनै कार्यका निम्ति तयार पारिएको प्रारम्भिक रूपरेखा । — कार— ना॰ प्रारूप वा मस्यौदा तयार पार्ने व्यक्ति । > प्रारूपण— ना॰ प्रारूपको निर्माण । प्रारूपीकरण— ना॰ कुनै कार्यक्रमको परिणामलाई अनुमान वा अडकल काट्न सकिने खालको प्रारम्भिक ढाँचा तयार गर्ने क्रिया एवं प्रक्रिया ।
प्रार्थक— वि॰ [सं॰] १. कुनै इष्टसिद्धिका निम्ति प्रार्थना गर्ने; प्रार्थयिता; प्रार्थी; याचक । ना॰ २. प्रार्थना गर्ने व्यक्ति । ३. कन्या माग्ने व्यक्ति । ४. वर । ५. दर्खास्त दिने व्यक्ति; निवेदक; आवेदक ।
प्रार्थना— ना॰ [सं॰] १. कसैसित केही कुरा माग्ने क्रिया; याचना । २. नम्र निवेदन; बिन्तीभाउ । ३. ईश्वरको पुकार; वन्दना । ४. विशिष्ट व्यक्तिप्रति गरिने अभिवादन । ~ पत्र— ना॰ कुनै किसिमको प्रार्थना लेखिएको पत्र; निवेदन; आवेदन; दर्खास्त ।
प्रार्थनीय— वि॰ [सं॰] १. प्रार्थना गर्न योग्य; याचनीय । २. निवेदन गर्न लायक । ३. वन्दनीय ।
प्रार्थयिता— वि॰ [सं॰] १. प्रार्थना गर्ने; निवेदन गर्ने । २. वन्दना गर्ने; ईश्वरको पुकारा गर्ने । ३. याचक ।
प्रार्थित— वि॰ [सं॰] प्रार्थना गरिएको ।
प्रार्थी— वि॰ [सं॰] प्रार्थना गर्ने; प्रार्थयिता ।
प्रार्थ्य— वि॰ [सं॰] प्रार्थना गर्न योग्य; वन्दना गर्न लायक; याचना गर्न सकिने ।
प्रालम्ब— वि॰ [सं॰] १. कुनै वस्तुमा लट्किएको; झुन्डिएको । ना॰ २. लट्किएको वा झुन्डिएको वस्तु । ३. आड; अवलम्ब । >
प्रालम्बिका— ना॰ साङ्ली वा पट्टामा लट्काएर पहिरने एक प्रकारको विभूषण । (यसलाई साङ्लीमा झुन्ड्याउँदा छातीका बीचमा र पट्टामा लट्काउँदा बायाँ कमरमनि पार्नुपर्छ॰ ।
प्रालेख— ना॰ [सं॰] आवश्यकताअनुसार पछि छाँटकाँट वा संशोधन गरिने गरी चाँडोचाँडो तयार गरिएको प्रस्ताव, योजना, विधेयक आदिको प्राथमिक रूप; मस्यौदा; खेस्रा ।
प्रावार— ना॰ [सं॰] कुमदेखि शरीरको पृष्ठभाग ढाकिई जमिनमा लत्रने गरी राजकीय पहिरनमाथि धारण गरिने विशेष प्रकारको पोसाक । > प्रावारक— ना॰ १. आबमा पूरा ढाकिने गरी ओढ्न हुने वस्त्र; पछ्यौरा । २. छोप्ने वस्त्र; आवरण ।
प्राविधिक— वि॰ [सं॰] १. कुनै किसिमको विज्ञान, शिल्पकला आदिसँग सम्बन्ध रहेको; प्रविधिसम्बन्धी । २. व्यावहारिक । ~
कार्य— ना॰ विज्ञान आदि प्रविधिसम्बन्धी कार्य । ~ सहयोग— ना॰ विज्ञान आदिका प्रविधि वा विशेष नियमका क्षेत्रमा गरिने सहयोग । ~ सिप— ना॰ प्रविधिसम्बन्धी सीप वा ज्ञान ।
प्राविधिज्ञ— ना॰ [सं॰] कुनै किसिमको विज्ञान, कला, शिल्प, प्रयोग आदिसम्बन्धी ज्ञान भएको व्यक्ति; प्रविधि जान्ने व्यक्ति; शिल्पी ।
प्राशन— ना॰ [सं॰] १. प्रथम पटक अन्न खुवाउने क्रिया । २. खाने क्रिया; भोजन गर्ने काम; भोजन ।
प्राश्निक— ना॰ [सं॰] १. प्रश्न गर्ने व्यक्ति; प्रश्नकर्त्ता । २. परीक्षाका निम्ति प्रश्नपत्र बनाउने व्यक्ति; प्रश्ननिर्माता । वि॰ ३. प्रश्नसम्बन्धी । ४. प्रश्न बनाउनेवाला ।
प्रासङ्गिक— वि॰ [सं॰] १. प्रसङ्गसम्बन्धी; प्रसङ्गको । २. प्रसङ्ग मिलेको; प्रसङ्गप्राप्त । ३. मूल विषयसँग सम्बन्ध भएको । ४. चलिरहेको चर्चासँग मेल खाने । — ता— ना॰ प्रासङ्गिक हुनाको गुण, विशेषता वा कार्य ।
प्रासाद— ना॰ [सं॰] १. राजाको दरबार; राजभवन । २. ठूलो दरबार; विशाल भवन । ३. देवालय; मन्दिर । ४. ठूला भवनको छत; कौसी; अट्टालिका । > प्रासादीय— वि॰ १. प्रासादसम्बन्धी । २. राजदरबारसम्बन्धी ।
प्रासूतिक— वि॰ [सं॰] प्रसूतिसम्बन्धी; प्रसवसम्बन्धी ।
प्राहारिक— ना॰ [सं॰] १. पहरा बस्ने व्यक्ति; पहरेदार; पाले । वि॰ २. प्रहरसम्बन्धी; प्रहरको ।
प्राह्न— ना॰ [सं॰] दिनको पूर्व भाग; पूर्वाह्न ।
प्रिन्टिब— ना॰ [अङ्॰] छाप्ने कार्य; छपाइ; मुद्रण ।
प्रिन्सिपल— ना॰ [अङ्॰] १. स्कुल, कलेज वा महाविद्यालयको प्रधान शिक्षक; प्राचार्य; प्रधानाध्यापक । वि॰ २. मुख्य; प्रमुख ।
प्रियंवद— वि॰ [सं॰] सबैलाई प्यारो लाग्ने गरी मीठो बोल्ने; कसैलाई पनि कुराले रिझाउने; प्रियवादी; मिष्टभाषी । > प्रियंवदा— वि॰ सबैलाई प्यारो र सुन्दर लाग्ने गरी बोल्ने; मिष्टभाषिणी; मधुरभाषिणी; प्रियवादिनी (स्त्री॰ ।
प्रिय— वि॰ [सं॰] १. हृदयमा गहिरो प्रभाव परी माया बसेको; मन परेकोग् प्यारो । २. राम्रो; सुन्दर । ३. निको लाग्ने; जाती लाग्ने । ना॰ ४. स्वामी; पति । ५. प्रेमी; प्रेमिका । — काङ्क्षी— वि॰ कुनै वस्तु, विषय एवं व्यक्तिप्रति भलो चिताउने; शुभाभिलाषी । श्र प्रियङ्कर— वि॰ १. सबैलाई मन पर्ने वा राम्रो लाग्ने काम गरिदिने; रिझाउन जान्ने । २.सबैले प्रिय मान्ने । प्रियङ्करी— ना॰ १. सेतो कण्टकारी; ठूलो जातको बिही । २. बृहत् जीवन्ती । वि॰ ३. सबैलाई मन पर्ने वा प्यारो लाग्ने काम गरिदिने (स्त्री) । — जन— ना॰ प्रेमी ।
प्रियतम— वि॰ [सं॰] १. एकदम माया लाग्ने; धेरै प्रिय; ज्यादै गहिरो माया बसेको । ना॰ २. पोइ; स्वामी; पति; लोग्ने । ३. प्रेमी । >
प्रियतमा— वि॰ १. ज्यादै प्यारी; ज्यादै गहिरो माया बसेकी । ना॰ २. पत्नी । ३. प्रेमिका ।
प्रियता— ना॰ [सं॰] १. प्रिय हुनाको भाव, गुण वा अवस्था (प्रायः समस्त पदका अन्तमा प्रयुक्त, जस्तै—जनप्रियता, लोकप्रियता इ॰) । २. प्यारोपन; मनपराइ; हितैषिता । ३. प्रेम; माया ।
प्रियदर्शन— वि॰ [सं॰] सधैँ हेरिरहँूजस्तो लाग्ने; अत्यन्त मनोहर; ज्यादै सुन्दर । > प्रियदर्शिनी— वि॰ हेरिरहूँ जस्ती राम्री (आइमाई॰ ।
प्रियदर्शी— वि॰ [सं॰] १. सबैलाई स्नेहको दृष्टिले हेर्ने; अत्यन्त मायालु भावले हेर्ने । २. मनोहर; सुन्दर । ना॰ ३. भारतका एक प्राचीन नरेश; अशोक ।
प्रियपात्र/प्रियभाजन— वि॰ [सं॰] प्यारो व्यक्ति; मन परेको व्यक्ति; स्नेहपात्र; प्रेमभाजन ।
प्रियभाषी— वि॰ [सं॰] मीठो बोली बोल्ने; मधुर वचन बोल्ने; प्रियवक्ता ।
प्रियवक्ता— वि॰ [सं॰] १. प्यारो कुरा गर्ने; मीठो बचन बोल्ने; प्रियभाषी; मिष्टभाषी । २. बेसारे; चाप्लुसीवाल ।
प्रियवचन— ना॰ [सं॰] १. मीठो बोली; प्यारो कुरा; मधुर वचन । वि॰ २. प्रियंभाषी; मृदुभाषी ।
प्रियवादिनी— वि॰ [सं॰] प्रिय बोल्ने; मधुर बोल्ने (स्त्री॰; प्रियंवदा ।
प्रियवादी— वि॰ [सं॰] प्रिय बोल्ने; मधुरभाषी; प्रियंवद ।
प्रिया— ना॰ [सं॰] १. माया बसेकी युवती; प्रेमिका । २. पत्नी; स्वास्नी; भार्या ।
प्रियोक्ति— ना॰ [सं॰] १. हृदयलाई आह्लादित पार्ने खालको बोली; मीठो बोली; प्रियवचन । २. चिप्लो कुरा; फकाउने कुरा; चाप्लुसी ।
प्रीत— वि॰ [सं॰] १. प्रीतियुक्त; प्रेमपूर्ण । २. प्रसन्न; सन्तुष्ट । ३. मन पर्ने; प्यारो ।
प्रीति— ना॰ [सं॰] १. स्त्रीको पुरुषका हृदयमा र पुरुषको स्त्रीका हृदयमा बसेको प्यार; पिरती; प्रेम; अनुराग । २. स्नेह; ममता; माया । — भोज— ना॰ बिहाबटुलो र यस्तै कुनै उत्सवका सन्दर्भमा आ६ना प्रियजन, इष्टमित्रहरूलाई प्रेमपूर्वक खुवाइने भोज ।
प्रुफ— ना॰ [अङ्॰] १. छापाखानामा पुस्तकपुस्तिकाहरू छाप्नुभन्दा पहिले कम्पोज गर्दा भएको अशुद्धि संशोधन गर्नका निम्ति ग्यालीमा छापिएको नमुना । २. प्रमाण; सबुत । ~ मेसिन— ना॰ प्रुफ उतार्ने यन्त्र । ~ रिडर— ना॰ प्रुफमा रहेका अशुद्धि संशोधन गर्ने व्यक्ति । ~ रिडिब— ना॰ प्रुफमा रहेका अशुद्धिको संशोधन ।
प्रेक्षक— वि॰ [सं॰] १. देख्ने वा हेर्ने; दर्शक । ना॰ २. सभा– सम्मेलनमा सदस्यता प्राप्त नभएको भए तापनि चासो राख्ने कारणले हेर्नवर्नका लागि विशेष रूपमा निम्त्याइएको व्यक्ति ।
प्रेक्षण— ना॰ [सं॰] १. हेर्ने वा देख्ने काम; हेराइ; देखाइ । २.आँखा; नेत्र । ३. तमासा; दृश्य । > प्रेक्षणीय— वि॰ हेर्न योग्य; देख्न लायक; दर्शनीय ।
प्रेक्षा— ना॰ [सं॰] १. हेर्ने वा देख्ने काम । २. दृश्य । ३. बुद्धि; प्रज्ञा । ४. शोभा; सुषमा । ~ गृह— ना॰ १. राजा–महाराजाहरूले विशिष्ट विबान् एवं कूटनीतिज्ञहरूसँग विचारविमर्श आदि गर्ने घर । २. नाट्यशाला; नाचघर । > प्रेक्षालय— ना॰ १. प्राचीन कालका राजाले मन्त्रीहरूसँग विशिष्ट किसिमको सल्लाह एवं विचारविमर्श गर्ने राजमहलको कोठा । २. नाटकको अभिनय आदि गर्नका निम्ति बनाइएको रङ्गमञ्च । ३. दृश्यावलोकनका निम्ति बनाइएको घर । ४. आ६ना देशका विभिन्न स्थानका उद्योग, व्यवसाय आदिबाट तयार पारिएका मालसामान, चित्र तथा तथ्याङ्कहरू राखिएको घर; समीक्षालय । प्रेक्षित— वि॰ राम्ररी हेरिएको वा देखिएको ।
प्रेङ्खण— ना॰ [सं॰] १. कुनै वस्तुमा लट्किएर झुल्ने वा हल्लने क्रिया एवं प्रक्रिया । २. डोली । ३. झोलुङ्गो; कोक्रो । ४. पिब ।
प्रेङ्खा— ना॰ [सं॰] १. पिब । २. डोली ।
प्रेत— वि॰ [सं॰] १. मरेको; स्वर्गे भएको; मृत । ना॰ २. मानिस मरिसकेपछि प्राप्त हुने कल्पित योनि । ३. मृतक व्यक्तिको आत्मा; मृतात्मा । ४. पिशाचको जस्तो एक जुनी । ५. भयङ्कर आकारको मानिस । ६. दुष्ट मानिस । ~ कर्म/कार्य/कृत्य— ना॰ मृतक प्रेतयोनिबाट मुक्त होस् भनी गरिने दाहसंस्कार आदिदेखि सपिण्डीसम्मका कर्म । ~ गृह— ना॰ मसान; चिहान । — ता— ना॰ प्रेतत्व । — त्व— ना॰ १. प्रेतको अवस्था वा धर्म । २. मृत्यु; मरण; निधन । ~ देह— ना॰ मरेदेखि लिएर सपिण्डी नगरेसम्म मृतकले धारण गर्ने दयनीय वा भयङ्कर लाग्ने कल्पित शरीर । ~ पिण्ड— ना॰ दाहसंस्कार गरेदेखि लिएर सपिण्डीसम्म प्रेतका उद्देश्यले दिइने पिण्ड । ~ भूमि— ना॰ मसान; स्मशान; प्रेतगृह । ~ लोक— ना॰ यमलोक । ~ विद्या— ना॰ तन्त्रमन्त्र आदिबारा प्रेतात्मालाई बोलाएर त्यससित प्रश्नोत्तर गर्ने, प्रेतलाई काम आदि गर्न लगाउने, एक तान्त्रिक विद्या; धम्यौली । ~
श्राद्ध— ना॰ मरेदेखि लिएर वर्ष दिनसम्म प्रेतका उद्देश्यले गरिने श्राद्ध । > प्रेताशौच— ना॰ मरेका व्यक्तिको आशौच; मानिस मर्दाखेरि बारिने वा लाग्ने जुठो ।
प्रेम— ना॰ [सं॰] १. कुनै विषय, वस्तु वा व्यक्तिका स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता; अनुराग । २. रूप, गुण, स्वभाव, सामीप्य अथवा कामवासना आदिका कारणले स्त्री–पुरुषमा परस्पर हुने अनृुराग; प्यार; प्रीति । ३. कृपा; दया; माया । ~ कटारी— ना॰ सुर्ती, गाँजा आदि काट्ने काममा ल्याइने, बाङ्गो आकारको धारिलो फलामे साधन । — धप्के— ना॰ ठूला र लाम्चा पात हुने, हिमाली भेकमा उम्रने एक जातको रूख; नीलवृक्ष । — पात्र— वि॰ १. आफूलाई ज्यादै मन परेको; प्यारो; आत्मीय । ना॰ २. प्यारो मानिस; प्रिय व्यक्ति । — पाश— ना॰ प्रेमको कसाइ वा बन्धन; प्रेमका कारणले उत्पन्न भएको बन्धन । ~ बन्धन— ना॰ प्रेमपाश । > प्रेमालाप— ना॰ १. प्रेमपूर्वक गरिने कुराकानी वा बातचित । २. प्रेमी– प्रेमिकाका बीचमा हुने प्रेमसम्बन्धी कुराकानी । ३. तरुनी र तन्नेरी अथवा प्रेमीप्रेमिका वा पतिपत्नीका बीचमा प्रेम – व्यापारलाई लिएर हुने कुराकानी । प्रेमालिङ्गन— ना॰ प्रेमले आकुल भएर वा प्रेम जनाउनका निम्ति एकले अर्कालाई हालिने
अँगालो; प्रेमासक्त वा कामासक्त भएर स्त्रीपुरुषले परस्परमा गर्ने
आलिङ्गन । प्रेमाश्रु— ना॰ प्रेमीको प्रेमिकासँग वा प्रेमिकाको प्रेमीसँग अथवा कसैको आ६नो कुनै आत्मीय व्यक्तिसँग भेट हुँदा भित्रैदेखि उम्लिएर आएको प्रेम वा हर्षले गर्दा निक्लेको आँसु; हर्षाश्रु । प्रेमास्पद— वि॰ प्रेम भएको; प्रेमवाला; प्रेमयुक्त ।
प्रेमिका— ना॰ [सं॰] आफूलाई प्रेम गर्ने स्त्री; आफूसँग आत्मसमर्पण गर्न तत्पर रहेकी स्त्री; प्रेयसी ।
प्रेमी— ना॰ [सं॰] १. आफूसँग प्रेम गर्ने वा माया लगाउने पुरुष; प्रियतम । वि॰ २. प्रेम भएको; प्रेमयुक्त । ३. माया बसेको; पिरती गाँसिएको । ४. स्नेही; आत्मीय ।
प्रेय— वि॰ [सं॰] १. धेरै मन पर्ने; अति प्रिय; प्रिय । ना॰ २. प्रिय वस्तु; मन परेको विषय, व्यक्ति वा वस्तु ।
प्रेयसी— ना॰ [सं॰] प्रियतमा; प्रेमिका ।
प्रेरक— वि॰ [सं॰] १. कुनै विषय वा उद्देश्यप्रति हौसला दिने र सक्रिय वा सचेष्ट गराउने; प्रेरणा दिने; उत्तेजक । २. कुनै व्यक्ति वा वस्तुलाई कतै पठाउने; ठेल्ने । ३. पेल्ने । ~ तत्त्व— ना॰ नृतत्त्व–शास्त्रअनुसार, प्रेरित गर्ने वस्तु, विषय, गुण, धर्म आदि ।
प्रेरणा— ना॰ [सं॰] १. कसैले कसैलाई कुनै कार्य वा उद्देश्यप्रति प्रवृत्त गराउने क्रिया; हौसला वा उत्साह । २. मानसिक प्रवृत्तिको सक्रियता; उत्तेजना । ३. उत्तेजना दिलाउने माध्यम वा कार्य; उत्तेजन; उद्दीपन ।
प्रेरणार्थक— वि॰ [सं॰] १. कसैलाई कुनै विषय वा उद्देश्यप्रति प्रवृत्त वा उत्तेजित गराउने । २. व्याकरणमा 'गर्न लगाउने' भन्ने अर्थ व्यक्त गर्ने क्रियाव्यापार (गराउनु, हलाउनु, छोपाउनु इ॰) सँग सम्बन्धित; त्यस्तो क्रियाव्यापार जनाउने । ~ क्रिया— ना॰ व्याकरणअनुसार क्रियाको व्यापार, कसैका प्रेरणाबाट भएको भनी सूचित गर्ने क्रियाको रूप (जस्तै— गराउनु, भनाउनु इ॰) ।
प्रेरणीय— वि॰ [सं॰] प्रेरणा दिन वा लिन लायक; प्रवृत्त गराउन वा उत्तेजित गराउन योग्य ।
प्रेरित— वि॰ [सं॰] १. प्रेरणा गरिएको; कामविशेषमा प्रवृत्त गराइएको; उत्तेजित । २. पेलिएको; ठेलिएको; घचेटिएको ।
प्रेषक— वि॰ [सं॰] १. कुनै वस्तु वा विषयलाई एक ठाउँबाट अर्को ठाउँमा पठाउने । ना॰ २. त्यस्तो काम गर्ने व्यक्ति ।
प्रेषण— ना॰ [सं॰] १. कुनै वस्तु वा विषय एक ठाउँबाट अर्का ठाउँमा पठाउने काम । २. कसैलाई कुनै विषयमा प्रेरणा दिने काम । ३. विचार वा भावको अभिव्यक्ति; सम्प्रेषण । ~ पत्र— ना॰ १. पठाउन ठीक पारिएको वा पठाइने पत्र । २. कुनै ठाउँमा कुनै वस्तु पठाइएको बेहोरा जनाइएको पत्र । > प्रेषणादेश— ना॰ कुनै मालसामान एक ठाउँबाट अर्का ठाउँमा पठाउने आदेश वा अधिकार प्राप्त भएको पत्र वा लिखत ।
प्रेषणीय— वि॰ [सं॰] १. कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा पठाउन योग्य । २. कसैलाई कुनै कार्यविशेषमा प्रेरणा दिन योग्य । — ता— ना॰ १. कुनै लेखक वा विचारकले आ६ना अनुभव एवं विचार पाठकहरूका अनुभव एवं समझदारीको अनुकूल हुने गरी व्यक्त गर्ने क्रिया वा प्रक्रिया । २. अभिव्यक्ति– धर्म; सम्प्रेषणीयता ।
प्रेषित— वि॰ [सं॰] १. कुनै कुरो एक ठाउँबाट अर्का ठाउँमा पठाइएको । २. कसैलाई कुनै कार्यविशेषमा प्रेरित गरिएको । >
प्रेषितव्य— वि॰ हे॰ प्रेषणीय ।
प्रेष्य— वि॰ [सं॰] १. पठाउन योग्य । २. पठाउन सकिने । >
प्रेष्यता— ना॰ प्रेष्य हुनाको भाव वा स्थिति; दूतत्व । प्रेष्या— ना॰ १. नोकरचाकर; सेवक । २. दूत । ३. हलकारा ।
प्रेस— ना॰ [अङ्॰] १. किताब, समाचार आदि छाप्ने यन्त्र । २. उक्त यन्त्रसमेत भएको छपाइघर; मुद्रणालय । ३. पटुवा आदिको ठूलो गाँठलाई थिचेर छरितो तुल्याउने एक यन्त्र; जुटप्रेस । ४. त्यसरी थिच्ने र अँचेट्ने कुनै पनि यन्त्र । ५. समाचार । ६. समाचारपत्र । ~ काउन्सिल— ना॰ १. पत्रपत्रिकाको हित तथा विकासका निम्ति गठित समिति । २. समाचार–समिति; संवाद– समिति ।
प्रेसरकुकर— ना॰ [अङ्॰] ढकनी वा बिर्को बलियोसँग लगाएर बाफ उम्कन नदिई चाँडोभन्दा चाँडो खाद्यपदार्थ पकाउने एक खालको बिर्केभाँडो; बाफौँडी । प्रेस रिपोर्ट— ना॰ [अङ्॰] समाचारपत्रमा छपाउन तयार गरिएको खबर आदि संवाद । > प्रेस रिपोर्टर— ना॰ समाचारपत्रमा छपाउनका ल्ागि खबरहरू सङ्कलन गर्ने व्यक्ति; संवाददाता ।
प्रेसवक्तव्य— ना॰ [अङ्॰ प्रेस+सं॰ वक्तव्ये १. पत्रपत्रिकामा छाप्नका निम्ति पत्रकार भेला गरी दिइएको वक्तव्य । २. पत्रकारहरूले प्रचार गरून् भनी मुद्रित रूपमा वितरण गरिएको वक्तव्य ।
प्रेसविज्ञप्ति— ना॰ [अङ्॰ प्रेस+सं॰ विज्ञप्ति] कुनै आधिकारिक व्यक्तिले वा संवाददाता आदिले कुनै समाचार वा घटनाका बारेमा दिएको जानकारी ।
प्रेससचिव— ना॰ [अङ्॰ प्रेस+सं॰ सचिवे राजदरबार वा कुनै विशेष व्यक्तिको पत्रपत्रिकामा पठाउने समाचार वा अन्य प्रकाशनसम्बन्धी काम गर्ने सचिव (प्रेस–सेक्रेटरी॰ ।
प्रेससम्मेलन— ना॰ [अङ्॰ प्रेस+सं॰ सम्मेलने प्रेस–वक्तव्य सुन्न निम्त्याइएका पत्रकारहरूसहित सो वक्तव्य दिने पक्षका व्यक्तिहरूसमेतको भेला ।
प्रेसिडेन्ट— ना॰ [अङ्॰] १. कुनै संस्था, सभा वा समितिको प्रधान व्यक्ति; अध्यक्ष; सभापति । २. गणतान्त्रिक राष्ट्रको राष्ट्रपति ।
प्रोजेक्टर— ना॰ [अङ्॰] १. सिनेमा, भिडिओ, स्लाइड, बाइस्कोप आदि देखाउने यन्त्र । २. प्रकाश फैलाउने यन्त्र ।
प्रोज्ज्वल— वि॰ [सं॰] खूब चम्किलो; ज्यादै उज्यालो; तेजस्वी ।
प्रोटिन— ना॰ [अङ्॰] सम्पूर्ण जीवित प्राणीको सुपोषणका निम्ति आवश्यक तथा एमिनो नामक अम्लबाट निर्मित एक पोष्य तत्त्व (मासु, भटमास आदिमा धेरै पाइने॰ ।
प्रोत्साह— ना॰ [सं॰] १. प्रबल उत्साह; हौसला; ठूलो उम्मेद । २. जाँगर । > प्रोत्साहक— वि॰ कसैलाई कुनै कार्यविशेषमा प्रोत्साहन दिने वा उत्साह बढाइदिने । प्रोत्साहन— ना॰ कसैलाई कुनै कार्यविशेषप्रति उत्साह एवं हौसला बढाइदिने क्रियाप्रक्रिया; उत्साह । प्रोत्साहित— वि॰ खूबसँग उत्साह बढाइएको; हौसला बढाइएको; प्रोत्साहन दिइएको ।
प्रोप्राइटर— ना॰ [अङ्॰] कुनै उद्योगधन्दाको संस्थापक एवं सञ्चालक ।
प्रोफेसर— ना॰ [अङ्॰] प्राध्यापक (पहिलो दर्जाको॰ ।
प्रोषित— वि॰ [सं॰] परदेशमा गएर बसेको; प्रवासी । — पतिका— ना॰ पति परदेशमा बसेका कारणले दुःखित भएकी स्त्री; प्रोषितभर्तृका । — भर्तृका— ना॰ १. प्रोषितपतिका । २. नायिकाका भेदहरूमध्ये एक ।
प्रौढ— वि॰ [सं॰] १. राम्रोसँग बढेको; सलक्क भएको वा हल्केको; प्रवृद्ध । २. युवावस्था पार गरेको; तीसदेखि पचास वर्षभित्रका अवस्थाको । ३. धेरै अनुभव भएको; पाको । ४. परिपक्व । ५. बलवान्; शक्तिशाली । ६. निपुण; चतुरो । ७. गम्भीर; गूढ । ना॰ ८. परिपक्व उमेर भएको व्यक्ति; प्रबुद्ध व्यक्ति । (. तान्त्रिकहरूमा चलेको चौबीस अक्षरबाट बनेको मन्त्र । — ता/त्व— ना॰ प्रौढ बन्नका निम्ति आवश्यक गुण एवं स्वभाव । ~ विद्यालय— ना॰ प्रौढ अवस्थामा पुगेका स्त्रीपुरुषहरूलाई शिक्षा दिने पाठशाला । ~
शिक्षा— ना॰ प्रौढ व्यक्तिहरूलाई दिइने वा त्यस्ता व्यक्तिले लिने शिक्षा । ~ साक्षरता— ना॰ प्रौढ व्यक्तिहरूलाई अक्षर चिनाएर साक्षर तुल्याउने क्रिया वा कार्यक्रम । ~ सङ्गठन— ना॰ प्रौढ व्यक्तिहरूको शिक्षा, स्वास्थ्य एवं विकास आदिमा ध्यान दिई उनीहरूमा राष्ट्रप्रेमको भावना जगाउनका निम्ति गठन गरिएको वा प्रौढ व्यक्तिहरू मिलेर बनाइएको सङ्गठन ।
प्रौढा— ना॰ [सं॰] १. तरुनी भन्न नसुहाउने उमेरमा पुगेकी स्त्री; तीसदेखि पचास वर्षभित्रका अवस्थाकी स्त्री । २. शृङ्गाररसअनुसार नायकलाई यौनतृप्ति दिन ज्यादै चतुर स्त्री । वि॰ ३. प्रौढ अवस्थामा पुगेकी । ~ अधीरा— ना॰ आ६ना नायकमा परस्त्रीसमागमका चिह्नहरू देखेर प्रत्यक्ष रूपमा रिस गर्ने नायिका । ~ धीरा— ना॰ आ६ना नायकमा परनायिकाका साथ भएका विलासका चिह्नहरू देखेर व्यङ्ग्यपूर्वक रिस गर्ने नायिका । ~ धीराधीरा— ना॰ आ६ना पुरुषमा परनायिकासँग समागम भएका प्रत्यक्ष चिह्नहरू देखेर केही व्यङ्ग्य र केही प्रत्यक्ष रूपमा रिस गर्ने नायिका ।
प्रौढि— ना॰ [सं॰] १. व्यक्तिमा निहित शक्ति; सामर्थ्य । २. पूर्ण रूपले भएको वृद्धि; परिपक्वता । ३. साहस; आँट; हिम्मत । ४. धृष्टता; ढिटोपन ।
प्रौढोक्ति— ना॰ [सं॰] १. स्पष्ट, सशक्त, सुगठित एवं पाको भनाइ; प्रबल उक्ति । २. नाहक कतै उत्कर्षका कारणको कल्पना गर्दा हुने एक अर्थालङ्कार ।
प्रौद्योगिक— वि॰ [सं॰] १. विशिष्ट किसिमका उद्योगसँग सम्बन्धित; ठूलठूला उद्योगसँग सम्बन्ध रहेको । २. विज्ञान एवं उद्योगमूलक विषयसँग सम्बन्धित । ~ शिक्षा— ना॰ विशिष्ट किसिमले दिइने वा लिइने कलात्मक एवं व्यावहारिक शिक्षा; रचनात्मक एवं निर्माणात्मक शिक्षा ।
प्रौद्योगिकी— ना॰ [सं॰] प्राविधिक ज्ञान वा सीप । ~ हस्तान्तरण— ना॰ प्राविधिक सम्बन्धी ज्ञान वा सीपको आदानप्रदान ।
प्लट— ना॰ [अङ्॰] १. कथा, उपन्यास, नाटक, काव्य, महाकाव्य आदिको मुख्य कथावस्तु; कथासार । २. षड्यन्त्र । ३. जमिनको सम्म परेको ठूलो भाग; चक्ला ।
प्लवन— ना॰ [सं॰] १. पानीमा खेलिने पौडी खेल । २. उफ्रने क्रिया वा प्रक्रिया । ३. फाल हाल्ने क्रिया वा प्रक्रिया । ४. पानीभित्रको डुबाइ; पानीबारा भएको डुबाइ ।
प्लाइउड— ना॰ [अङ्॰] पेलेर बनाइएको, पातलो र फराकिलो पत्रदार काठ ।
प्लाजा— ना॰ [अङ्॰] सहरका बीचमा रहेको खुला ठाउँ; चोक ।
प्लाटिपस— ना॰ [अङ्॰] स्तनधारी जीवहरूको समूह; सबभन्दा पहिले फूल पार्ने स्तनधारी समूहको सबभन्दा पुरानो जीव; पानीमा बस्ने, बीस इन्च लामो, हाँसको चुच्चोजस्तो थुतुनु हुने, अष्ट्रेलिया, तसमानिया, न्युगिनी आदिमा पाइने जन्तुविशेष ।
प्लाटुन— ना॰ [अङ्॰] सेनाको एक विभाग; सेनामुख ।
प्लाव— ना॰ [सं॰] १. बाढी । २. डुबाइ । ३. डुबुल्की । > प्लावन— ना॰ १. पानीमा डुब्ने वा डुबाउने क्रियाप्रक्रिया । २. जलप्रलय; जलाम्मे हुने क्रिया वा प्रक्रिया । प्लावित— वि॰ डुबेको वा डुबाइएको; पानीमा चोपलेको ।
प्लास्टर— ना॰ [अङ्॰] १. घरको भित्तो, भुइँ, छत आदिमा लिउन वा सिमन्टी लगाएर चिल्लो पार्ने काम । २. भाँचिएका अङ्गहरूमा सिमन्टी, कपडा आदिले बाँधेर कसिलो पार्ने काम ।
प्लास्टिक— ना॰ [अङ्॰] विभिन्न उपयोगमा आउने अथवा भाँडा, थैला आदि बनाउन काम लिइने एक रासायनिक पदार्थ । ~ सर्जरी— ना॰ क्षतविक्षत छालालाई शल्यक्रियाबारा दुरुस्त गर्ने अभ्यास वा सीप; नराम्रो रूपलाई राम्रो बनाउने प्रक्रिया ।
प्लिडर— ना॰ [अङ्॰] १. वकिल । २. कसैका तर्फबाट बहस वा वादविवाद गर्ने व्यक्ति; अधिवक्ताभन्दा तल्लो तहको वकिल; अभिवक्ता ।
प्लुत— वि॰ [सं॰] १. माथि उफ्रिएको । २. तीन मात्रा भएको (स्वर वा वर्ण) । ३. पानी आदिले ढाकिएर जलाम्मे भएको । ना॰ ४. डुब्ने वा भिज्ने क्रिया । ५. उफ्रने वा फाल हान्ने क्रिया । ~ गति— ना॰ उप्रmेर हिँड्ने क्रिया; भ्यागुतोउफ्राइ ।
प्लेग— ना॰ [अङ्॰] १. एक किसिमको भयानक सङ्क्रामक रोग । २. उपियाँ, मुसा आदिबाट मानिसमा फैलिई काखी, खुट्टाका जोर्नी आदिमा डल्लो निस्केर त्यसको वेदनाले ज्वरो आई मृत्यु हुने एक रोग; महामारी ।
प्लेट— ना॰ [अङ्॰] १. अचार, तर्कारी आदिदेखि लिएर भातसम्म राखी खान हुने, होचो बिट भएको थालीविशेष; रिकापी । २. फोटो, मुद्रण–सामग्री आदिको नेगेटिभ आउने काँच, प्लास्टिक, कागज आदिको पातो ।
प्लेटफार्म— ना॰ [अङ्॰] १. रेलबिसौनीमा यात्री आदिलाई ओर्लन, उक्लन वा हिँड्न सजिलो होस् भनी रेल रोकिने ठाउँमा ढेपाएर बनाइएको फराकिलो र लामो पेटी । २. भाषण गर्ने मञ्च । ३. विचार व्यक्त गर्ने वा काम गर्ने अनुकूल वातावरण; त्यसो गर्न पाउने माध्यम ।
प्लेटिनम— ना॰ [अङ्॰] सेतो रबको एक कडा र गह्रौँ ज्यादै बहुमूल्य धातु ।
प्वाँख— ना॰ [सं॰ पक्ष > प्रा॰ पक्ख > पङ्खे चराको भुत्ला । ~ मुङ्ग्री— ना॰ १. ब्याडमिन्टनको खेलमा प्रयोग हुने कर्क र ब्याट । २. ब्याडमिन्टनको खेल ।
प्वाँले— ना॰ [प्वाँलो+ए] १. शमीका पातजस्ता आकारका पात हुने, प्वाँलोजस्तो रबको फल फल्ने एक जातको रूख । २. जाबेमा जस्तै बिमिरा आउने एक चर्मरोग । ३. आगलागी । प्लेट—प्वाल । । वि॰ ४. प्वाँलोको जस्तो रब भएको; पुवाँले ।
प्वाँलो— ना॰ [पुवाँलो] पुवाँलो; नक्कली किसिमको मुगा ।
प्वाइन्ट— ना॰ [अङ्॰] १.टेलिफोनमा प्रत्येक सेटको लागि गरिएको छुट्टै लाइन–व्यवस्था । २. अक्षरहरूको नाप । ३. बुँदा ।
प्वाकल— ना॰ [नेवा॰ प्वाके १. ढिकी, ओखली आदिको खोबिल्टो । २. खोबिल्टो; खोप्लो ।
प्वाक्क— क्रि॰ वि॰ [अ॰ मू॰ प्वाक्+क] १. हिर्काउँदा हलुको किसिमले लाग्ने गरी; प्याट्ट । २. अप्रत्याशित रूपबाट असमयमा नै मर्ने गरी; पुक्लुक्क । ३. कुराको सिलसिला नटुङ्गिँदै बीचैमा अमिल्दो कुरा भनेर; अर्काको कुरा काटेर । ४. जे मनमा आयो त्यही भनेर ।
प्वाक्लाक्क— क्रि॰ वि॰ [अ॰ मू॰ प्वाक्लाक्+क] १. हलुका किसिमबाट एकै चोटि उक्किने गरी । २. एकै चोटि उखेलिए । ३. एकाएक मर्ने गरी ।
प्वाङ्ब— क्रि॰ वि॰ [अ॰ मू॰ प्वाङ्+ब] १. फुटेर उछिट्टिने किसिमले । २. भाँडा, गाग्रा आदि फुट्दा–फुटाउँदा आवाज निकाल्ने वा निक्लने गरी ।
प्वाल— ना॰ [सं॰ प्लाव < पुवाले पुवाल; दुलो; छिद्र ।