नेपाली शब्दसमूह ३८ पापिपी

मुखपृष्ठ

पाँ— ना॰ [बाल बोलीमो पानी ।

पाँक/पाँको— ना॰ [सं॰ पङ्के हिलो; लेदो; पाँगो ।

पाँगा— ना॰ [भो ब॰] स्वास्नीमान्छेले लगाउने स्वदेशी घरबुनाको लुगा (दिव्य॰) ।

पाँगे— वि॰ [पाँगो+ए] १. पाँगो भएको; लेदो । ना॰ २. पाँगे नुन । ~ नुन— ना॰ समुद्रका छेउको लेदो खारी बनाइएको खाने नुन ।

पाँगो— ना॰ [सं॰ पङ्के नदी, पोखरी, भल, बाढी आदिले बगाएर ल्याएको मलिलो लेदो माटो; मदम । ~ भूमि— ना॰ नदीले थुपारेको पाँगो माटाले बनेको जमिन । ~ माटो— ना॰ नदीले बगाएर ल्याउने, उब्जाउका निम्ति उपयोगी मिहिन र लस्सादार मलिलो माटो ।

पाँच— ना॰ [सं॰ पञ्चे १. चार र एकका योगको सङ्ख्या; पाँचको अङ्क । २. वि॰ चार र एकका योगको । ~ अङ्गुले— ना॰ १. हर्थुङ्गाका आकारको एक बुटी; करज्योडी । वि॰ २. पाँच अङ्गुलका परिमाणको । ३. पाँचवटा औँला हुने । ~ औँले— ना॰ पहेँलो फूलको भागमा गुलाबी टिकटिके भएको पाँच औँलाका आकारको कन्द हुने, (आयुर्वेदमा यसका जरालाई पौष्टिक र रुचिकारक भनिएको॰ बुटीविशेष; पाँच अङ्गुल । — खाल— ना॰ काभ्रे जिल्लाको धुलिखेल पूर्वोत्तरको एक रमणीय उपत्यका । ~ तीन— ना॰ एक पासामा पन्जा, अर्कोमा दुवा र अर्कोमा पोट मात्र पर्दा हुने पासाको एक दाउ । ~ थर— ना॰ नेपालको पूर्वाञ्चलअन्तर्गत मेची अञ्चलमा पर्ने एक जिल्ला । ~ पाते— ना॰ पाँचचोसे आकारको मझौला खालको डाले घाँस । ~ पोखरी— ना॰ सिन्धुपाल्चोक जिल्लामा पर्ने नाउलिब तथा चोचे डाँडाका उत्तरमा करिब ३,८६५ मिटरको उचाइमा रहेको ससाना पाँचवटा पोखरी बनेको दह । ~ पोल— ना॰ तुलाको तौलअनुसार सवाबोडी । ~ सरकार— ना॰ तत्कालीन नेपालका श्री ५ महाराजाधिराज । > पाँचौँ— वि॰ गणनाका क्रमले पाँच सङ्ख्यामा पर्ने; पाँच नम्बरमा आउने ।

पाँज्–नु— स॰ क्रि॰ [पाँजो+नु] १. खेतबारी आदिमा उखेलेको बीउको थुप्रो पार्नु । २. नलसँगको काटिएका धानको बोट सुक्न सक्ने गरी थुप्रो पार्नु; निहिन लगाउनु । ३. फैलाउनु; फिँजाउनु । श्र पाँजिनु— क॰ क्रि॰ पाँजा पारिनु; बीउ, नल आदिसँगको धान आदि सुक्नका लागि फिँजाइनु; निहिन लगाइनु ।

पाँजुलो— वि॰ [पन्जा+लो] १. सम्म परेको; समथर । ना॰ २. मैदान; पजलो ।

पाँजो— ना॰ [पञ्जा+ओ] १. धान, कोदो आदिका बीउ वा घाँस आदिको मुठीमा अटाएसम्मको थुप्रो । २. नलसँगको काटेका धानको सुक्न सक्ने गरी पारिएको थुप्रो; निहिन ।

पाँड— ना॰ [सं॰ पारणड = पाणे १.थाडाको आधाजसो भागमा थपिएको बुइँगलखण्ड । २. पिँढी वा पिँढीमाथिको छानो ।

पाँडुले— वि॰ [सं॰ पाण्डुरे कालो, पहेँलो वर्णका भुईँमा सेता र सेतो वर्णका भुईँमा चाहिँ पहेँला खालका पाटा वा पाङ्ग्रा भएको (प्रायः कुकुर॰ ।

पाँडे— ना॰ [सं॰ पाण्डेये ब्राह्मण र क्षत्रियहरूको एक थर वा वर्ग; पाण्डे । ~ कुरो— ना॰ १. नाउँ नलिईकन कसैका उपर घोचपेच गरिएको कुरो; छनक । २. आपसमा आदर वा अनादर नजनाई गरिने कुरो । ~ गाली— ना॰ नाउँ नलिईकन कसैलाई गरिने गाली; अस्पष्ट आक्षेप । ~ पजनी— ना॰ योग्यायोग्यको विचार नगरी विशेषतः प्रतिष्ठित व्यक्तिहरूको मानहानि हुने किसिमले गरिने पजनी । ~ बोली— ना॰ पाँडेकुरो; गाली ।

पाँती— ना॰ [सं॰ पङ्क्ति] लहर; लाम; श्रेणी; ताँती; लस्कर ।

पाँद्–नु— स॰ क्रि॰ [पाँज्+नु] हे॰ पाँज्नु । > पाँदिनु— क॰ क्रि॰ पाँजिनु ।

पाँसुली— वि॰ [पाँसुलो+ई] १. ठूलठूला पाँसुला भएकी (आइमाई) । २. पाँसुलो (गीत, कविता आदिमा॰ ।

पाँसुले— वि॰ [पाँसुलो+ए] १. ठूलठूला पाँसुला हुने; पाँसुला मोटा हुने । २. बलिष्ठ ।

पाँसुलो— ना॰ [सं॰ पांसुले १. खुट्टाको छेपारी । २. खुट्टो (तुच्छार्थमा॰ ।

पाँसेर— ना॰ [पाँच+सेरे डेढ बिसौलीको तौल ।

पाइ१— ना॰ [पाउ+आइ] पाउने क्रिया वा प्रक्रिया ।

पाइ२— ना॰ [बा॰ बो॰] पिट्ने काम; पिटाइ; कुटाइ रू

पाइक— ना॰ [सं॰ पादके पायक; पाहिक ।

पाइका— ना॰ [अङ्॰] छाप्ने बाह्र प्वाइन्टको टाइप अक्षर ।

पाइखाना— ना॰ [फा॰ पायखानो १. दिसापिसाब गर्ने ठाउँ वा घर; चर्पी; शौचालय । २. विष्ठा; मल ।

पाइजामा— ना॰ [फा॰ पायजामो १. ठूलठूला बाहुला हुने एक प्रकारको खुकुलो सुरुवाल । २. हात्तीपाइले सुरुवाल; ह्वाङ्ल्याबे ।

पाइतो— ना॰ [सं॰ पदयात्रो १. आ६नो घर छोडी अन्यत्र प्रस्थान गर्ने साइत । २. परदेश वा टाढा जानुपर्दा साइतमा आफू निस्कन नसकेका खण्डमा मुहूर्तदोष मेट्न जनै, सुपारी आदि पर सार्ने धार्मिक वा लौकिक विधि । ३. त्यस प्रकारका माङ्गलिक वस्तु । ~ सराइ— ना॰ १. साइतका समयमा माङ्गलिक वस्तुलाई पर सार्ने काम । २. यात्राको लागि प्रस्थान ।

पाइथागोरस— ना॰ [ग्री॰] विक्रमको पाँचौँ शताब्दीपूर्वका एक ग्रिसेली दार्शनिक तथा गणितज्ञ ।

पाइन— ना॰ [सं॰ पानीये १. फलामका हतियारहरूमा धार लाग्ने र नदोब्रिने पार्नका निम्ति चढाइने पानी; हतियारहरू आगामा तताएर रातो पारी हालिने पानी । २. सामर्थ्य; शक्ति; तुजुक ।

पाइनु— क॰ क्रि॰ [पाउ+इ+नु] प्राप्त गरिनु; फेला पारिनु; भेटिनु ।

पाइन्ट— ना॰ [अङ्॰ प्यान्टे सुरुवालजस्तो, मोहोता ठूलो भएको खुकुलो पोसाक; पायन्ट ।

पाइप— ना॰ [अङ्॰] १. तरल पदार्थ छिराउन बनेको फलाम, सिमेन्ट, माटो आदिको लामो ढ्वाबे नली; डुँड । २. ढुङ्ग्रो । ३. कक्कड खाने आधुनिक शैलीको चिलिम वा सुल्पा ।

पाइपिब— ना॰ [अङ्॰] १. चोलो, भोटो, कुर्था आदि सिउँदा गलामा पर्ने भागलाई पाइपजस्तै डोलो पारेर सिइने विधि; सिलाइको एक प्रकार । २. पाइपिन ।

पाइपिन— ना॰ [पाइपिबे सारीका छेउमा गाँसिने कपडा; सारीको सन्जाप ।

पाइले— वि॰ [पाइलो+ए] पाइलोजस्तो; पाइला हुने (जस्तो— हात्तीपाइले॰ ।

पाइलो— ना॰ [सं॰ पादतले १. पैतालो; पादतल । २. पैतालाको चिह्न; पैतालाको डाम; गोहो । ३. कदम; फड्को । — खेदो— ना॰ पाइलैपिच्छे खेदो गर्ने काम; लट्टोखेदो ।

पाईँ— ना॰ [पाइने १. पाइन; पानी । २. शक्ति; सामर्थ्य; ताकत । ३. स्फूर्ति; ओज । ४. पना । ५. अहङ्कार ।

पाई१— ना॰ [सं॰ पादे १. भारतीय एक पैसाको चौथो भाग । २. वाक्य पूरा भएपछि दिइने ठाडो धर्को; पूर्णविराम–चिह्न; खडीपाई; ठाडीखुट्टी ।

पाई२— ना॰ [बा॰ बो] कुट्ने काम; पिटाइ ।

पाउँ— ना॰ [नेवा॰] अमला, लप्सी, आँप, तित्री, कागती, निबुवा आदिबाट तयार पारिएको अमिलो, पीरो, गुलियो स्वाद भएको खाद्य वस्तु ।

पाउ— ना॰ [सं॰ पादे १.गोडो; खुट्टो; पाद । २. श्लोक वा पद्यको एक चरण । ३. चौथो भाग; चतुर्थांश । ४. बीस तोलाको तौल वा त्यति तौलको ढक । ५. अढाई सय ग्रामको परिमाण । ६. पच्चीस सेन्टिमिटरको नाप । वि॰ ७. एक पाउको नाप वा परिमाणबराबरको ।

पाउकष्ट— ना॰ आउने–जाने कुरामा कष्ट, दुःख; आउन आग्रह ।

पाउ–नु— स॰ क्रि॰ [सं॰ प्रापणे १. खोजेर वा नखोजीकन कुनै वस्तुलाई भेट्टाउनु; प्राप्त गर्नु । २. हराएको वस्तु फेला पर्नु; भेट्टाउनु । ३. ज्ञानेन्द्रियमार्फत अनुभव ग्रहण गर्नु । ४. सक्नु; समर्थ हुनु । ५. जन्माउनु; पैदा गर्नु; जन्म दिनु । ६. आतिथेयले वा भान्सेले दिएको भोजन खाने मान्छेले स्वीकार गर्नु । ७. कसैले दिएको केही कुरो कसैले लिनु ।

पाउजु/पाउजेब— ना॰ [फा॰ पायजेबे स्त्री–जातिले पाउमा लगाउने घुँगुराहरू लागेको चाँदी, सुन आदिको गहना; नूपुर ।

पाउडर— ना॰ [अङ्॰] १. चेहरा वा शरीरको सुन्दरता बढाउन घसिने एक प्रसिद्ध सुगन्धित चूर्ण । २. धूलो; चूर्ण ।

पाउदान— ना॰ [पाउ+दान] १. पाउ राख्नका निम्ति बनाइएको वस्तु वा स्थान । २. मेच, कुर्सीका मुनि पाउ राख्नका निम्ति राखिने चौकी । ३. सवारीमा चढ्दा टेक्ने सवारीका अवयव । ४. गद्दरपोस । > पाउदानी— ना॰ पाउदान ।

पाउनी— ना॰ [पाउ+नी] पाइने चीज वा वस्तु ।

पाउने— वि॰ [पाउ+ने] प्राप्त गर्ने; भुक्तानी लिने; प्रापक ।

पाउन्ड— ना॰ [अङ्॰] १. झन्डै आधा सेरको पाश्चात्य तौल । २. बीस सिलिबबराबरको एक बेलाइती मुद्रा ।

पाउपोस— ना॰ [फा॰ पायपोशे १. जुत्ता । २. पाउदान । ३. कोठामा पस्नुभन्दा पहिले जुत्ताको धूलो पुछ्न ओछ्याइएको चकटी; गद्दरदान ।

पाउर— ना॰ [सं॰ प्राभृते सौगात; कोसेली; पागुर ।

पाउरो— ना॰ [सं॰ पक्षकर्त > प्रा.॰ पक्खअट्टो > पावडो] अस्कोट ।

पाउरोटी— ना॰ [पोर्तु॰ पाव+रोटी] खूबसँग उक्सने वा फुलेर हुप्प हुने, खमिर हालेर बनाइएको एक प्रकारको रोटी ।

पाउला— ना॰ [पाउलोको ति॰ ।)] पाउलो; पालुवा ।

पाउलागी— ना॰ [पाउ+लागी] पुरोहितलाई जजमानले वा कसैले बाबुआमा वा अन्य मान्यजनको गोडामा शिरले छोएर गर्ने अभिवादन; ढोग । पाउ लाग्नु— स॰ क्रि॰ [पाउ+लाग्नु] १. पदार्पण गर्नु । २. ढोगभेट गर्नु । ३. आउनु वा जानु (शिष्टार्थमा॰; पाल्नुहुनु; पाल्नु ।

पाउलो१— ना॰ [सं॰ पल्लवे पल्लव; पालुवा ।

पाउलो२— ना॰ [सं॰ पादतले जुत्ता ।

पाउसो— ना॰ [सं॰ पाक+सो] सुनिएको, मर्किएको आदि ठाउँमा लगाउन गहुँतमा पकाएर लेप बनाइने एक प्रकारको बुटी वा त्यसैबाट बनेको लेप ।

पाक्–नु— अ॰ क्रि॰ [पाक+नु] १. पाक पुग्नु; परिपक्व हुनु । २. फलहरू रसपरिपाक भएर खान वा व्यवहारमा ल्याउन लायक हुनु । ३. घाउखटिरा आदिमा पीप भरिनु । ४. ज्याला, तलब आदिको आर्जन पूरा हुनु । ५. चित्त दुख्नु; पिरिनु वा पीर हुनु । ६. मानिसका रौँ सेता हुनु । ७. उमेर वा बुद्धि छिप्पिनु ।

पाक— ना॰ [सं॰] १. पकाउने क्रिया वा प्रक्रिया । २. पकाएको; पक्वान्न । ३. चास्नीमा मिलाएर बनाइएको औषधी; एक प्रकारको क्वाथ । ४. खाएको वस्तु पच्ने पाचनक्रिया । ५. श्राद्धमा पिण्ड बनाउन छुट्टै पकाइएको खीर वा भात । ६. चास्नी; पाग । ७. पक्वता; परिपक्वता । — ताउली— ना॰ दन्त्यकथाका अनुसार मन लागेको खानेकुरो तुरुन्त दिन सक्ने भनिएको एक मनचिन्ते ताउली । — पत्थरी— ना॰ भुँडीभित्र जम्ने साह्रो चूनढुङ्गा । ~ पद्धति— ना॰ १. खानेकुरो आदि पकाउने विधि; पाकशास्त्र । २. खाएको कुरो पच्ने पाचन–प्रणाली ।

पाकपुक— ना॰ [पाक+पुक] १. हल्का किसिमले गरिने आघात; पिटपाट; ठोकठाक; भाकभुक । २. चाँडो–चाँडो गरेर काम सिद्ध्याउने क्रिया; हाटहुट । क्रि॰ वि॰ ३. पिटपाट, ठोकठाक वा हाटहुट गरेर । > पाकपुके— वि॰ १. हाटहुट गर्ने; काममा छिटो–छरितो । २. पिटपाट, ठोकठाक र भाकभुकमा लागेको ।

पाकपुटी— ना॰ [सं॰] १. चुलो । २. भट्टी ।

पाकलपुकल— ना॰ [पाकल+पुकल] १. र्भुईंमा हात राखी मुड्कीले हानी खेलिने एक किसिमको बालखेल । वि॰ २. हृष्टपुष्ट (बालक॰ ।

पाकशाला— ना॰ [सं॰] खानेकुरा पकाउने घर; भान्सा; भान्साघर ।

पाकस्थली— ना॰ [सं॰] खाएको वस्तु पाक होउन्जेल रहने पेटभित्रको थैलो; पक्वाशय; आँत ।

पाकिनु— अ॰ क्रि॰ [पाक्+इ+नु] १. पाक होइनु; पाकेको होइनु । २. पाको होइनु ।

पाकिस्तान— ना॰ [फा॰] एसिया महाबीपमा रहेको नेपालको छिमेकी देशमा पर्ने सन् १९४७ को अगस्त १४ तारिखमा भारतबाट छुट्टिएर अस्तित्वमा आएको एक स्वतन्त्र देश । > पाकिस्तानी— वि॰ पाकिस्तानसम्बन्धी; पाकिस्तानको ।

पाके— ना॰ [नेवा॰] उसिनेर अमिलो वा गुलियो अवस्थामा परिणत गराइएको जाँडको छोक्रा ।

पाकेट— ना॰ [अङ्॰ पकेटे खल्ती; गोजी । ~ गह्रौँ— वि॰ धेरै पैसा भएको; रुपियाँवाल । — मार— ना॰ पाकेटमारा । — मारा— ना॰ पाकेट काटेर त्यसमा भएको सम्पत्ति चोर्ने व्यक्ति ।

पाको— वि॰ [सं॰ पक्वे १. आगामा पाकेको; पकाइएको । २. ऋतुअनुसार समय पुगेर परिपक्व भएको; नरम भएको (फल आदि) । ३. प्रौढ; अनुभवी; जानिफकार; परिपक्व । ~ इँट— ना॰ पोलेको इँट । ~ तेल— ना॰ भुटेको वा पकाएको खाने तेल ।

पाकोपचार— ना॰ [सं॰] पाकस्थलीसम्बन्धी रोगको उपचारक्रिया ।

पाक्कपुक्क— ना॰/क्रि॰ वि॰ [अ॰ मू॰ (बि॰) पुक्+क] पाकपुक ।

पाक्के— ना॰ [सं॰ पाक्ये पाकेको वा पकाएको खानेकुरो (दाल– भात आदि॰ ।

पाक्य— वि॰ [सं॰] १. पकाउन योग्य; पकाउनुपर्ने । ना॰ २. पकाएको कुरो; पाक्के ।

पाक्षिक— वि॰ [सं॰] १. पक्षसम्बन्धी; पक्षको । २. प्रत्येक पन्ध्र दिनमा हुने वा प्रकाशित गरिने ।

पाखण्ड— ना॰ [सं॰] १. वेदविरुद्ध आचरण गर्ने व्यक्ति; सम्प्रदाय वा मत । २. देखावटी भक्ति; पाठपूजा आदिको आडम्बर; ढोँग । ३. छल; धोका । ४. धूर्तता; चिप्ल्याइँ । ५. नैसर्गिक धर्मका विपरीत धर्म । ६. भगवान् र भक्तका बीचमा महात्माले मध्यस्थता गर्ने कुनै पनि धर्म; अप्रत्यक्ष ईश्वर–उपासना । ~ मत— ना॰ पाखण्डहरूले चलाएको वेदविरुद्ध नीति । >

पाखण्डी— वि॰ १. पाखण्डधर्ममा वा कर्ममा लागेको । २. कुमार्गमा चल्ने । ३. धूर्त ।

पाखनभेद— ना॰ [सं॰ पाषाणभेदे हे॰ पाषाणभेद ।

पाखरी— ना॰ [सं॰ पाटली] कलेजी रबका तरवारे फल फल्ने, सेता वा राता रबका फूल फुल्ने र चाँपका ढबका पात हुने एक जातको सदाबहार वृक्ष; पाडरी ।

पाखा— ना॰ [सं॰ पक्षे पाखो । ~ बारी— ना॰ १. मकै, भटमास आदि हुने पाखो जग्गा । २. पानी नलाग्ने भिरालो परेको बारी; भित्ते जग्गा । ~ बिर्ता— ना॰ वि॰ सं॰ १८६२–मा सरकारबाट हरण गरी बाँकी रहेको बिर्ता; बासट्ठीहरणपछि बाँकी रहेको बिर्ता । ~ बाली— ना॰ १. पाखामा हुने बालीनाली (मकै, कोदो आदि) । २. नगदीबाली । ~ बेत— ना॰ पाखामा हुने बेत; महागौरी बेत । ~ भित्ता— ना॰ १. घाँच; पहाडको फेदी । २. डाँडाको छेउछाउ । ३. भिरालो परेको गोरु नलागेर मुस्किलले अडिएर कुटो–कोदालाले खन्नुपर्ने जमिन । ४. पाखोपखेरो; पखेरो ।

पाखी— ना॰ [सं॰ पक्ष्म+ई] धेरै भुवा भएको बाक्लो, मोटो र खस्रो ऊनीको ओढ्ने; धुस्सा ।

पाखुरी— ना॰ [पाखुरो+ई] १. सानो पाखुरो । २. पाखुरो (गीत, कविता आदिमा) । ३. रोटे पीबमा दुईतिर दुई हातले समाउने ठाडा काठ ।

पाखुरे— वि॰ [पाखुरो+ए] १. आ६नै हातले काम गर्ने; आ६ना बाहुबलले जीविका गर्ने । २. बलिया पाखुरा हुने; मर्द; लाठे । ना॰ ३. मोहीले पनि खेती गर्न दिएको अर्को मोही; पाखुरे मोही; मोही । ~ तमसुक— ना॰ कपाली तमसुकभन्दा अलिक साधारण किसिमको तमसुक । ~ दाउरा— ना॰ झन्डै पाखुराजत्रा गोलमिल्दा दाउरा । ~ माछो— ना॰ पाखुराजस्तै वा पाखुराका आकारको माछो । ~ मोही— ना॰ मोहीको पनि मोही; पाखुरे ।

पाखुरो— ना॰ [सं॰ पक्षटे हर्थुङ्गामाथिदेखि कुमसम्मको हातको भाग; कुहिनादेखि उँभो र काँधदेखि तलतिरको हातको भाग; बाहु ।

पाखे— वि॰ [पाखो+ए] १. पाखामा हुने । २. पाखामा बस्ने । ३. असभ्य; ग्वाँजे । ४. पाखावाल (घर) । ~ खिचुवा— ना॰ बार्दली र दलानको छानो र मूल छानो एउटै भएको बार्दलीसहितको घर । ~ बाली— ना॰ १. पाखाबाली ।

पाखो— ना॰ [सं॰ पक्षे १. भिरालो जग्गा; तेर्पे परी पानी नअडिने जमिन । २. पानी नलाग्ने र प्रायः मकै, कोदो आदि पाखेबाली मात्र हुने जग्गा । ३. पहाडका फेदतिरको जग्गा; पहाडको भित्तो; पखेरो । ४. सहरदेखि बाहिरको पायक नपरेको भाग । ५. छानाको एकातिरको भाग । — पखेरो— ना॰ सामान्य किसिमको भिरालो तथा टारी परेको र ज्यादै भिरालो भई गोरु जोत्न नहुने खालको जग्गा । ~ बारी— ना॰ पानी नलाग्ने र नअडिने जमिन; भीरखेत ।

पाख्री— ना॰ [सं॰ पर्कटी] चिल्ला पात तथा झ्याम्म परेको ठूलो बोट हुने र डाले घाँसका निम्ति प्रयोग गरिने एक जातको रूख; अर्चलेका जस्तो पात र डुम्रीका जस्ता फल फल्ने एक वृक्ष ।

पाग१— ना॰ [मै॰] १. मैथिल समाजमा एक विशेष प्रकारको पगरी ।

पाग२— ना॰ [सं॰ प्रगले सुन, चाँदी आदिलाई पगालेर एकै डल्लो पार्ने सुनारकर्म ।

पाग३— ना॰ [सं॰ पाके मिठाई गुलियो पदार्थमा डुबाउनका निम्ति पकाइएको चिनी वा मिस्रीको चास्नी; पाक ।

पागल— वि॰ [सं॰] १. बहुला; सन्की, हावा खुस्केको; विक्षिप्त । ना॰ २. बहुलाएको व्यक्ति । ३. गधाको बच्चो; गाँडु । — खाना— ना॰ पागलहरूको उपचार गर्नका निम्ति राखिने घर वा कोठा । — पन— ना॰ बहुला अवस्था; बौलट्टीपन ।

पागुर— ना॰ [सं॰ पुनर्गिलने पशुहरूले पहिले निलिसकेको घाँस, पराल आदि उकेलेर फेरि चपाउने काम; उग्राइ; पाउर ।

पाग्मा— ना॰ [भो॰ ब॰] सेतो फुल्ने, आयुर्वेदमा शक्तिवर्धक र भिरङ्गी रोग निको हुने गुण बताइएको एक बुटी ।

पाग्री— ना॰ [सं॰ प्राकार+ई] १. डोका, नाङ्ला, चित्रा आदि बुनेर जीवननिर्वाह गर्ने नेपालको एक जाति । २. कामीजातिको एक भेद । ३. नेपाली घरको एउटा आकार (जस्तै— पाग्रीघर॰ ।

पाङ्क्त— वि॰ [सं॰] १. पङ्क्तिसम्बन्धी; पङ्क्तिको । २. पङ्क्तिमा बाँधिएको । ३. समान जातिपाँतीको । > पाङ्क्तेय— वि॰ पङ्क्तिमा मिल्ने वा सुहाउने; पङ्क्तिमा मिलाउन सकिने; सजातीय ।

पाङ्ग्रा— ना॰ १. हाँगाबिँगा नहुने, भित्र साह्रो भएको, टुप्पामा केराउका जस्तो घुम्रेको लहराको भाव हुने, पहेँलो फूल फुल्ने र कोसामा लाग्ने फल । २. आयुर्वेदमा शक्तिवर्धक मानिएको तथा जुका, चुर्ना आदि नाश गर्ने तथा बान्ता रोक्ने गुण बताइएको त्यसैको बोट ।

पाङ्ग्रे— वि॰ [पाङ्ग्रो+ए] १. पाङ्ग्रा भएको; पाङ्ग्राजस्तो परेको; पाङ्ग्रावाल । २. शरीरमा चक्राकार टाटा भएको; टाटेपाङ्ग्रे (कुकुर आदि) । ~ रोटी— ना॰ पाङ्ग्राका आकारजस्तो पारेर बनाइएको वा पकाइएको रोटी; पानीरोटी ।

पाङ्ग्रो— ना॰ १. रथ, बग्गी, मोटर आदि सवारीको गुड्ने चक्को; पहिया । २. ससाना पात, पहेँला लामा फूल र लामा–लामा कोसा वा टाटा फल्ने एक जातको लहरो । ३. आयुर्वेदमा शक्तिवर्धक, बान्ता रोक्ने र जुका, चुर्ना आदि नाश गर्ने गुण बताइएको त्यसैका कोसा वा टाटाभित्र हुने बाटुलो र साह्रो बियाँ; लेकपाङ्ग्रो; महाकरञ्ज ।

पाङ्दङ्वा— ना॰ [भो॰ ब॰] किराँती जातिका कुलदेउता ।

पाङ्दुर— ना॰ १. चाँडो रोपेर चाँडै पाक्ने, राई–जातिले पितृपूजाका निम्ति उपयोगमा ल्याउने एक जातको कोदो । २. चौँरेकोदो । ३. बाग्लुबपूर्व र गण्डकी उत्तरतर्फ रहेको एक गाउँ; पाब ।

पाङ्दुरे— वि॰ [पाङ्दुर+ए] १. कोदो खाने; कोदे । २. असभ्य; पाखे । ३. पाङ्दुरमा बस्ने । ~ नाच— ना॰ १. पाङ्दुर पाकेका बखत वा त्यतिखेर नाचिने एक किसिमको नाच । २. असभ्य वा पाखे खालको नाच ।

पाचक— वि॰ [सं॰] १. पकाउने; पाक तयार गर्ने; भान्सामा बस्ने । २. पचाउने; परिपाक पार्ने; हजम गर्ने । ना॰ ३. खाएको कुरो पचाउने क्षारयुक्त एक आयुर्वेदीय औषधी । ४. भान्से । श्र पाचकाङ्ग— ना॰ खाएको कुरो पचाउने अङ्ग; पाकस्थली ।

पाचन— ना॰ [सं॰] १. पकाउने काम; पक्व गर्ने क्रिया । २. पचाउने काम; हजम गर्ने क्रिया । ३. भोजनलाई पचाउने औषधी; पाचक । ~ क्रिया— ना॰ खाएको अपक्व भोजनलाई पचाउने क्रिया । ~ प्रणाली— ना॰ वनस्पति तथा प्राणी दुवैले खाने खाद्य पचाउने विधि र मलोत्सर्ग गर्ने प्रक्रिया । ~ यन्त्र— ना॰ खाएको कुरो पाक गर्ने वा पचाउने यन्त्र वा अङ्ग; पाचकाङ्ग । ~ रस— ना॰ पाकस्थलीमा रहेका अन्नादि वस्तु पचाउनका निम्ति निस्केको एक किसिमको रस । ~ वृद्धि— ना॰ पाचनशक्तिको विकास वा भोकजगाइ । > पाचनाङ्ग— ना॰ पाचकाङ्ग; पाकस्थली ।

पाचनीय— वि॰ १. पकाउन योग्य । २. पचाउन सकिने; हजम गर्न सकिने ।

पाचयिता— वि॰ [सं॰] १. खाद्य वस्तु पकाउने; पाचक । २. पचाउने; हजम गर्ने ।

पाची— ना॰ [सं॰] लाम्चा पात र मसिना खैरा मुजुरावाल फूल हुने, आयुर्वेदका अनुसार खटिरा र छालासम्बन्धी रोगलाई हित गर्ने एक जातको लहरो वा साग ।

पाचुकी/पाचुके— ना॰ [नेवा॰] १. पारपाचुके गरेबापत प्रमाणको लागि लेखिएको कागत । २. विवाहिता स्त्री र पुरुषले परस्परमा खुसीराजीसँग गरेको वैवाहिक सम्बन्धविच्छेद; पारपाचुके ।

पाच्छै— ना॰ [चि॰ पाइछाये रायोको साग; पासाई; पाछाई ।

पाच्य— वि॰ [सं॰] १. पकाउन योग्य; पकाउन सकिने । २. पचाउन योग्य; पचाउन सकिने ।

पाछ्–नु— स॰ क्रि॰ [प्रा॰ पच्छणे १. बाँस, नर्कट, उखु, मकै आदिमा पातका धारले शरीरका अङ्गलाई खोस्याउनु; दर्फथ्याउनु । २. वैद्यबारा माईनिरोधका निम्ति टीका दिने काम गर्नु ।

पाछा— ना॰ १. वंशको क्रम; गोत्र; पुर्खौली हाँगो । २. पछि; पछाडि । ३. नजिक; समीप ।

पाछाई— ना॰ हे॰ पाच्छै (साग॰ ।

पाछिनु— क॰ क्रि॰ [पाछ्+इ+नु] १. मकै, उखु आदिका सुक्खा पातले शरीरका अङ्ग घोटिनु वा कोरिनु । २. वैद्यबारा नारी वा पाखुरामा टीका दिने काम गरिनु ।

पाजली— ना॰ [सं॰ पदचालिको १. तेर्सो बाटो । २. यात्रा वा प्रस्थान ।

पाजी— ना॰ [फा॰] १. गधाको बच्चो । २. कसैलाई गालीका रूपमा भनिने शब्द । वि॰ ३. दुष्ट; दुर्जन । ४. नीच; तुच्छ । — पन— ना॰ दुष्टता; नीचता ।

पाञ्चजन्य— ना॰ [सं॰] १. विष्णुले पञ्चजन नामक दैत्यलाई हराई लिएको शङ्ख । २. पञ्चजन नामक दैत्यहरूको कुल वा वंश ।

पाञ्चभौतिक— वि॰ [सं॰] पञ्चमहाभूतको; पञ्चमहाभूतले बनेको; पाँच भौतिक तत्त्व (पृथ्वी, जल, तेज, वायु र आकाश॰ सम्बन्धी ।

पाञ्चायन— ना॰ [सं॰] १. गणेश, सूर्य, देवी, शिव र विष्णु— पाँच देवदेवीको समूह । २. उक्त देवदेवीहरूको संयुक्त पूजा गर्ने सम्प्रदाय ।

पाञ्चाल— ना॰ [सं॰] १. अचेलको पन्जाब–प्रदेशमा पर्ने एक प्राचीन देश रू २. त्यस देशको चन्द्रवंशी जाति । > पाञ्चालिक— ना॰ १. लिच्छविकालीन स्थानीय पञ्चायत वा समिति । २. उक्त समितिको सदस्य । पाञ्चालिका— ना॰ १. पाँच खेतहरूको समुदाय । २. द्रौपदी । पाञ्चाली— ना॰ १. पुतली; खेलौना । २. साहित्यमा प्रसिद्ध एक प्रकारको रीति वा शैली । ३. पाण्डवहरूकी सगोलकी स्त्री; द्रौपदी । ४. स्थानीय प्रशासन तथा जनहितसम्बन्धी काम गर्ने पञ्चहरूको प्राचीन सभा; पाञ्चालिक ।

पाट्–नु१— अ॰ क्रि॰ १. पानीले ढाक्नु; जमिनका चारैतिर पानीले भिज्नु । २. कुनै वस्तु सबै बजारमा लदाबदी पाइनु ।

पाट्–नु२— स॰ क्रि॰ हेक्कामा राख्नु; सम्झनु ।

पाट१— ना॰ [सं॰ पटे १. सन, ओदाल, अर्गेली आदिबाट निकालिएको सूत । २. रेसम; रेसमको सूत । ३. रेसमी कपडा ।

पाट२— ना॰ [सं॰] फैलावट; विस्तार; व्याप्ति; फिँजाइ ।

पाटन— ना॰ [सं॰ पत्तन/पट्टने १. अग्ला–अग्ला पहाडबीचका उचाइमा रहेको सम र अर्धसम मैदान । २. नेपालको राजधानीमा रहेका तीन सहरमध्ये एक; ललितपत्तन; ललितपुर । — जीरा— ना॰ हिमाली लेकतिर पाइने एक बुटी ।

पाटपिट— ना॰ [पाट+पिट] हल्का किसिमको पिटाइ; पिटपाट; पाकपुक । > पाटपिटे— वि॰ अरूलाई पाटपिट गर्ने; प्याट्टपुट्ट पिटिरहने ।

पाटपुट— ना॰ [पाट+पुट] १. पिटपाट । क्रि॰ वि॰ २. पिटपाटका साथमा ।

पाटल— ना॰ [सं॰] १. गुलाफी रङ्ग । २. पाखरीको रूख वा त्यसैको फूल । वि॰ ३. लाल; गुलाफी । > पाटला— ना॰ १. पाडरीको रूख । २. दुर्गाको एक रूप ।

पाटली— ना॰ [सं॰] पाटला । — पुत्र— ना॰ १. भारतको पटना सहर । २. प्राचीन मगधसाम्राज्यको राजधानी ।

पाटव— ना॰ [सं॰] चतुथ्याइँ; कौशल; पटुता; दक्षता; चलाखी । श्र पाटविक— वि॰ चलाख; चतुरो; बाठो ।

पाटा१— ना॰ [सं॰ पटे धोती वा धोतीको साटो फेर्ने कुनै वस्त्र (पटुका, गम्छा, रुमाल इ॰) ।

पाटा२— ना॰ [सं॰ पट्ट+ओ १. धातुका भाँडाहरूमा घनले पिट्दा बसेको डाम । २. दुई कुनाका बीचको सोझो रेखा वा विस्तार । ३. चेप्टो वस्तुको एकातिरको भाग । ४. एक प्रकारको रबको भुईँमा दोस्रो रबको धर्सा वा चारपाटे बुट्टा । — को भतेर— ना॰ उघारो ठाउँ तथा अरक्षित अवस्थाको भतेर ।

पाटि–नु— अ॰ क्रि॰ [पाट्+इ+नु] १. पाट्ने होइनु । क॰ क्रि॰ २. पाट्ने काम गरिनु ।

पाटी१— ना॰ [सं॰ पट्टिको १. केटाकेटीलाई अक्षर लेखाउने काठ, ढुङ्गा आदिको फल्याक; काठ वा ढुङ्गाको सिलोट । २. दौराका फेरका बिब्ल्याँटापट्टि गाँसिने कपडाको धरो । ३. हलो बाँध्दा हरिस मिलाउन ठोकिने काठको च्याप्टो चोइटो । ४. आराले चिर्दै गरेका काठको चिरिएको भागतिर चिर्न सजिलो पार्न ठोकिने काठको टुक्रो । ५. कुनै दुलो परेको ठाउँ बुच्याउन ठोकिने काठको ठेडी ।

पाटी२— ना॰ [सं॰] १. कुनै काम वा निर्माण तथा रचना आदिको पद्धति; शैली; तरिका । २. परिपाटी; रीति; शैली । ३. पाटीगणित; अङ्कगणित ।

पाटी३— ना॰ [सं॰ पट्ट+ई] १. बटुवाहरूलाई विश्राम गर्न एवं वास बस्नका निम्ति बनाइएको घर; धर्मशाला; टौवा; ठाँटी । २. खाटका लम्बाइ वा चौडाइतिरका चार थान बला । — को वास— ना॰ घरबार नभई पाटीमा बस्नुपर्ने अवस्था । पाटी गणित— ना॰ [सं॰] १. गणितशास्त्र । २. धुलौटोमा कोरिएको हिसाब । पाटी पौवा— ना॰ [पाटी+पौवो १. बटुवाहरूलाई वास बस्नका निम्ति बनाइएको पानीको समेत व्यवस्था भएको पाटी; पाटी र धारा; पाटी र पौवा । २. खाट वा चौकीका चार थान पाटी र चार थान पौवा (खुट्टा॰; फलेक वा डन्डीबाहेक खाटका अन्य उपकरण । पाटी बिर्ता— ना॰ [पाटी+बिर्ता] पाटी–पौवाको रेखदेख गर्ने व्यक्तिले पाएको बिर्ता; पौवालीको बिर्ता ।

पाटु— वि॰ [सं॰ पाटली] धानी रब वा वर्णको (गाई॰ ।

पाटे— वि॰ [पाटो+ए] १. पाटैपाटा परेको; पाटा भएको; पाटावाल । २. अत्यधिक; ज्यादै; धेर; पट्ट । ३. बारीको पाटामा पाइने; पाटामा हुने । ~ अल्सी— वि॰ ज्यादै अल्छी; अल्छीको राजा; पट्ट अल्छी । ~ खौराइ— ना॰ कैँचीले रागेपाटे गरी काटेको केश–सज्जा । ~ घाँस— ना॰ गाईबस्तुले खाने, दूध र बल बढाउने नरम चिल्लो किसिमको घाँस । ~ घिरौँलो— ना॰ पाटैपाटा परेको घिरौँलो; पाटेतोरियाँ । ~ जिन— ना॰ सिरकको पल्ला अथवा डसना आदिको पल्लाका रूपमा प्रयोग गरिने पाटैपाटा परेको सुती कपडाको एक भेद; पाटावाल जिन कपडा । ~ जुको— ना॰ जङ्गलमा हुने चेप्टो, ठूलो जातको जुको । ~ जोडाइ— ना॰ दुई भिन्नाभिन्नै हलका एक–एक गोरुबारा अर्को हल बाँध्ने काम । ~ तोरियाँ— ना॰ पीपलका पातका आकारका ठूलठूला पात हुने, पहेँलो फूल फुल्ने, पाटैपाटा परेका लामा फल फल्ने लहरो । २. तर्कारीका रूपमा प्रयोगमा आउने त्यसैको फल; पाटेघिरौँलो; झिँगनीतोरियाँ । ~ परेली— ना॰ दुई व्यक्तिसँग एक–एक मात्र गोरु भई दुई व्यक्तिका एक–एक गोरु मिलाएर एक हल तुल्याई परस्परमा काम चलाउन बाँधिएको सम्बन्ध; बराहा । ~ बँधाइ— ना॰ पाटेजोडाइ । ~ बाघ— ना॰ शरीरमा काला वा पहेँला पाटा भएको बाघ (रायल बङ्गाल–टाइगर) । ~ बारुलो— ना॰ सेता पाटा हुने एक जातको बारुलो । ~ सिमी— ना॰ पाटा परेको कोसा फल्ने एक जातको सिमी ।

पाटो— ना॰ [सं॰ पट्टे १. बारीको विशाल चकला; सतह मिलेको फराकिलो जग्गा; पाटा । २. दुई कुनाका बीचको भूमि; पाटा । ३. एक रबको भुईँमा अर्को रब परेको धर्सो । ४. कुनै वस्तुका आकारमा देखिने चेप्टो आकृति वा धरो ।

पाठ— ना॰ [सं॰] १. पढ्ने कार्य वा काम; पढाइ । २. नियम वा विधिपूर्वक कुनै धार्मिक ग्रन्थ आदि बाच्ने काम । ३. पढ्ने वा पढाउने सामग्री । ४. गुरुले शिष्यलाई एक पटक घोक्न दिएको अंश । ५. पाठ्यपुस्तकको कुनै परिच्छेद । ६. बाच्ने वा पढ्ने क्रिया । ७ अर्ती; उपदेश । ८. प्रेरणा; भुक्त अनुभव । > पाठक— ना॰ १. पढ्ने छात्र । २. पढाउने गुरु । ३. कथावाचक । ४. ब्राह्मण–जातिको एक थर । ~ घण्टा— ना॰ १. नयाँ शिक्षा प्रणालीअनुसार एक विषयको हप्ताभर पढाइने घण्टा (क्रेडिट आवर) । २. कुनै पाठ्यविषयको पाठ्यभारको अनुपात । >

पाठन— ना॰ पढाउने कार्य; अध्यापन । पाठनीय— वि॰ पढाउन योग्य; अध्यापन गर्न सुहाउने; पढाउन हुने वा मिल्ने । ~ पत्र— ना॰ कक्षाका प्रत्येक विद्यार्थीलाई हात–हातमा दिनका निम्ति शिक्षकले तयार पारेको, एक दिनमा पढाइने विषयका मुख्य– मुख्य बुँदाको लेखोट वा टाइप गरेको पत्र । ~ पर्चा— ना॰ पाठपत्र । ~ भेद— ना॰ एकै पुस्तकका दुई वा दुईभन्दा बढी प्रतिमा लेखिएका शब्द, वाक्य आदिमा देखिएको भिन्नता; पाठान्तर । ~ योजना— ना॰ एक दिनमा निश्चित अवधिमा पढाइने विषयको पहिले नै तयार पारिएको योजनाबद्ध रूपरेखा । — शाला— ना॰ विद्यार्थी वा छात्रछात्राहरूलाई शिक्षा दिइने वा पढाइने घर; विद्यालय; स्कूल । — शालिनी— ना॰ मान्छेझैँ बोल्ने शालिनी पक्षी; मैना चरी । — शालीय— वि॰ पाठशालासम्बन्धी; पाठशालाको । पाठान्तर— ना॰ पाठभेद ।

पाठा१— ना॰ [पाटो+ओ बाटुल्पाते झारको ठूलो चाहिँ प्रकार ।

पाठा२— ना॰ [सं॰] निकै ठूलो पात हुने, छेउछाउमा फूल फुल्ने, आयुर्वेदका अनुसार तीतो जरो हुने, आउँ र शूल रोगका निम्ति हितकारी हुने मानिएको, एक जातको रूख चढ्ने लहरो ।

पाठा३— ना॰ [सं॰ पत्रे सेलरोटी पकाउँदा टुक्राटुक्री परेर ताईमा रहेका रोटीका झुर्का । (लोग्नेमान्छेले पाठा खाँदा छोरी–छोरी हुन्छन् भन्ने लोकोक्ति छ ।)

पाठा४— ना॰ [पाठोको ब॰ व॰ तथा ति॰ ।)] पाठो । ~ पाठी— ना॰ बाख्रो, भेडो, सुँगुर, मृग आदिका साना बच्चा वा छाउरा ।

पाठावली— ना॰ [सं॰] पढिने पुस्तकका पाठहरूको क्रमबद्ध समूह; पाठ्यग्रन्थावलि; पाठ्यविषयावलि ।

पाठिका— ना॰ [सं॰] १. पढ्ने वा पढाउने स्त्री । २. पाठ गर्ने स्त्री ।

पाठित— वि॰ [सं॰] पढाइएको; पाठ गराइएको ।

पाठी१— वि॰ [सं॰] १. पाठ गर्ने; बाच्ने । २. पढ्ने; अध्ययन गर्ने; पाठक । ३. पढिसकिएको; पढेर सिद्ध्याइएको ।

पाठी२— ना॰ [प्ााठो+ई] भेडा, बाख्रा, सुँगुर आदिको पोथी बच्चो; छाउरी ।

पाठीन— ना॰ [सं॰] १. लामो थुतुनो हुने एक जातको माछोविशेष । २. अध्ययन–अध्यापनको काम गर्ने व्यक्ति । ३. पुराण आदिको वाचक ।

पाठे— वि॰ [पाठो+ए] पाठोसम्बन्धी; पाठाको । — घर— ना॰ गर्भमा बालक वा बच्चो रहने थैलो; स्त्रीजातिका पेटमा रहने बच्चा बस्ने थैलो; गर्भाशय; तल्लो पेट; भुँडी । ~ भाइ— ना॰ १. एउटै पाठ पढ्ने वा सँगसँगै पढ्ने साथी; सहपाठी; सहाध्यायी । २. एकै कोखको दाजु वा भाइ; गर्भे भाइ ।

पाठो— ना॰ [सं॰ पृथुक = शिशु] १. भेडा, बाख्रा, मृग, सुँगुर आदिको भाले बच्चो । २. पिँडालुको गानामा जोल्टिएर रहेको पुड्को; छाउरो ।

पाठ्य— वि॰ [सं॰] पढ्न लायक; पढ्न हुने; पढाइयोग्य; पाठ गर्न योग्य; पठनीय । — क्रम— ना॰ पढाउनका निम्ति तोकिएको विषय र त्यसको पूर्वापरक्रम । — क्रम विकास केन्द्र— ना॰ पाठ्यक्रम र पाठ्यपुस्तकहरूको निर्धारण एवं तर्जुमा गर्ने संस्था । ~ ग्रन्थ— ना॰ पाठ्यपुस्तक । ~ पुस्तक— ना॰ विद्यालय एवं विद्यापीठहरूमा विद्यार्थीहरूले औपचारिक तवरले पढ्नुपर्ने पुस्तक । ~ वस्तु— ना॰ पाठ्यक्रममा उल्लिखित पाठ्यसामग्री । ~ विषय— ना॰ पढाइने विषय; पढाउनुपर्ने विषय; पाठ्यवस्तु । ~ सामग्री— ना॰ १. कक्षामा विद्यार्थीहरूलाई पढाउन पाठ्यक्रममा उल्लिखित सामग्री । २. पढाउँदा चाहिने कुनै सामान (किताप, चक, डस्टर इ॰) ।

पाठ्यांश— ना॰ [सं॰] विद्यार्थीहरूलाई पढाइने पुस्तकको निर्धारित अंश वा भाग । ~ चक्र— ना॰ पढाइने विषयका निर्धारित अंशहरूको क्रमिक सूची ।

पाड्को— ना॰ १.फेरो । २. ठेडी ।

पाडरी— ना॰ [सं॰ पाटली] बस्तुहरूले खाने डाले घाँसका रूपमा प्रसिद्ध एक जातको वृक्षविशेष; पाखरी ।

पाडी— ना॰ [पाडो+ई] भैँसीको पोथी बच्चो ।

पाडो— ना॰ [सं॰ पृथुके भैँसीको भाले बच्चो; राँगो । पाढी नीम— ना॰ [पहाडी+नीम] पहाडतिर हुने एक खालको नीम; पहाडी नीम ।

पाणि— ना॰ [सं॰] हे॰ हात । — गृहीता— ना॰ विवाह भएकी पत्नी; विवाहिता स्वास्नी । — ग्रहण— ना॰ १. विवाहका समयमा वरले वधूको हात विधिपूर्वक समात्ने धार्मिक विधि । २. विवाह । —

ग्रहीता/ग्राहक— ना॰ लोग्ने । — तल— ना॰ हत्केलो ।

पाणिनि— ना॰ [सं॰] केही विचारकहरूका अनुसार फणी वा पणी जातको व्यापारिक समाजमा जन्मिएका, संस्कृत व्याकरणका रचयिता वा आचार्य एक प्रसिद्ध मुनि । > पाणिनीय— वि॰ १. पाणिनिले बनाएको वा रचेको; पाणिनिसम्बन्धी । ना॰ २. पाणिनिरचित व्याकरण; अष्टाध्यायी ।

पाण्डरा— ना॰ १. बौद्ध धर्मअनुसार पञ्चतारामध्ये एक । २. अमिताभकी पत्नी; शक्ति । ३. पद्मपाणिकी माता वा आमा ।

पाण्डव— ना॰ [सं॰] महाभारतप्रसिद्ध पाण्डुका पाँच छोरा; पञ्चपाण्डव (युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल र सहदेव॰ ।

पाण्डित्य— ना॰ [सं॰] पण्डित हुनाको भाव वा पण्डितमा हुनुपर्ने विशेषता; विबत्ता, पण्डित्याइँ ।

पाण्डु— ना॰ [सं॰] १. पञ्चपाण्डवका पिता । २. केही रातो भावको पहेँलो रब । ३. नीलो भावको सेतो रब । ४. सम्पूर्ण शरीर र रौँ सेतो हुने एक रोग; श्वेतकुष्ठ; सेतो कोढ । वि॰ ५. पाण्डु रबको । > पाण्डुर— ना॰ १. सेतो रब । २. पहेँलो रब । ३. पाण्डुरोग । वि॰ ४. पहेँलो भावको सेतो; पाँडुले । —

लिपि— ना॰ १. प्रेसमा कम्पोज गरिने लिखित वा टङ्कित लेख–रचना; मूल प्रति; गुरुकापी । २. हस्तलिखित खेस्रा वा मस्यौदा; पाण्डुलेख । — लेख— ना॰ पाण्डुलिपि । ~ लेखन— ना॰ पाण्डुलिपि तयार पार्ने काम; पाण्डुलेख तयार पार्ने काम; लिपिकर्म ।

पात१— ना॰ [सं॰ पत्रे बोटबिरुवा आदिका हाँगाबिँगाबाट निस्कने हरियो एवं पातलो अवयव; पत्र; बोटबिरुवाले सास फेर्ने अङ्ग ।

पात२— ना॰ [सं॰] १. खस्ने वा झर्ने काम; पतन; खसाइ; झराइ । २. नाश हुने वा बिग्रने क्रिया; विनाश; स्वाहा; सत्यानाश । ३. मृत्यु; मरण । ४. कसैमाथिको प्रहार; ताडन; हिर्काइ ।

पातक— ना॰ [सं॰] कुकर्मतिर धकेल्ने तत्त्व; पाप; अधर्म । >

पातकी— वि॰ १. पापकर्ममा लागेको; पापी । २. अपराध कर्म गर्ने; अधर्मी । ३. ऐनबमोजिम दामल भएको लोग्ने वा स्वास्नीबाट जन्मिएको सन्तान; छितकी; बापती ।

पातञ्जल— वि॰ [सं॰] पतञ्जलिसम्बन्धी वा पतञ्जलिले बनाएको (व्याकरणको महाभाष्य वा योगदर्शन॰ ।

पातन— ना॰ [सं॰] १. खसालाइ; झराइ; । २. ढाल्ने वा लडाउने काम । > पातनीय— वि॰ खसाल्न वा झार्न योग्य; झार्न हुने वा सकिने ।

पातपतिङ्गर/पातपतिबर— ना॰ [सं॰ पत्र+पत्राङ्कुरे झरेका पातहरूको समूह; पतकर ।

पातपातै— क्रि॰ वि॰ [पात+पात+ऐ] १. रूखमा पात हुने वा चाल्ने गरी । २. कुरैपिच्छे, जस्तै— पातपातै टिप्नु (कुरा काट्नु॰ ।

पातयिता— वि॰ [सं॰] खसाल्ने वा झार्ने काम गर्ने; पातन गर्ने; खसालुवा ।

पातल— ना॰ [सं॰ पत्रतले सधैँ हराभरा भइरहने लेकको सेपिलो एवं घना जङ्गल ।

पातलिनु— अ॰ क्रि॰ [पातलो+इ+नु] १. पातलो हुनु; घनत्व घट्नु; मोटाइ कम हुनु । २. पन्यालो हुनु; तरल हुनु । ३. भीड कम हुनु; घुइँचो कम हुनु । ४. कुनै वस्तु जोडिएर नरही पर–पर छुट्टै रहनु ।

पातली— वि॰ [पातलो+ई] १. पातलो शरीर भएकी; चिटिक्क परेकी; राम्रो, सानो र छरितो जीउ भएकी । २. दुब्ली; सिकुटे (नारी) । ३. छाला पातलो भएको र रौँ सपक्क परेर चिल्लो देखिने (गाई॰ । ना॰ ४. हकुवा, पठुवा आदिका कुनिउँमा पिन्जरीभन्दा माथिको पातलो फेरो ।

पातले— वि॰ [पातलो+ए] १. पातलो आकार वा पत्र भएको । २. दुब्लो; खियाउटे । [पातल+ए] ३. पातलमा हुने । ना॰ ४. कालो भुस तथा रातो चामल हुने एक जातको धान; आँगा । ~

कटुस— ना॰ पातलका रूखमा फल्ने वा झ्याप्प पात हुने एक जातको कटुस । ~ ढुकुर— ना॰ सानो र चिटिक्क परेको एक जातको ढुकुर । ~ निहुरो— ना॰ ससाना डाँठ हुने एक जातको निहुरो । ~ रोटी— ना॰ चामल वा गहुँका पीठाको पातलो गरी पकाइने बाबर । ~ सिस्नु— ना॰ साना डाँठ र झ्याम्टा हने एक जातको सिस्नु; अल्लो ।

पातलो— वि॰ [सं॰ पत्रले १. पन्यालो; तरल । २. बाक्लो नभएको; मोटाइ एकदम कम भएको; पात्लो । ३. दुब्लो; सिकुटे; खिनाउटे । ४. परस्परमा नजोडिई अलगअलग रहेको; बीचबीचमा खाली भएको -कुनै वस्तु ।

पातल्याइ— ना॰ [रू पातली -+याइ॰] — ना॰ पातलिने क्रिया वा प्रक्रिया । [ > ] पातल्याइनु— क॰ क्रि॰ पातलिने पारिनु; पातलो बनाइनु । पातल्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ पातलिने पार्नु; पातलो तुल्याउनु ।

पाता१— वि॰ [सं॰] १. रक्षा गर्ने; रक्षक; संरक्षक । २. पिउने काम गर्ने; पियक्कड ।

पाता२— ना॰ [पातो+ओ हे॰ पातो । ~ फर्काइ— ना॰ दुई हात पछाडिपट्टि लगी बाँधेर अपराधी आदिलाई दण्ड दिने एक उपाय ।

पाता३— ना॰ पत्र; धातु आदिको पातलो पत्र ।

पाताल— ना॰ [सं॰] १. पौर्वात्य परम्पराअनुसार पृथ्वीका तलतिर रहने सात लोकमध्ये सबभन्दा तल्लो लोक; पत्ताल; नागलोक । २. पृथिवीभन्दा तलको कुनै लोक । ३. घर बनेको वा बनाउने जग्गा । ४. अङ्गुल वा मात्राको सात गुनाबराबरको नाप । ५. दृष्टि, मुनि वा अब्धिबराबरको नाप । ६. सात अमलबराबरको नाप । ७. घर भत्केको घडेरी; खँडहर । ~ यन्त्र— ना॰ धातु गलाउने अर्क, तेल आदि तयार गर्ने यन्त्र । — वासी— ना॰ १. दैत्य; दानव; नाग । वि॰ २. पातालमा बस्ने । > पातालिनु— अ॰ क्रि॰ १. तलतिर झर्नु; भासिनु । २. भत्किनु ।

पाताली— वि॰ [सं॰ पाताल+ई] १. पातालको । २. भूगर्भको । ~ चट्टान— ना॰ धरातलभित्र आगाको प्रभावबाट बनेको कडा चट्टान ।

पाताले— वि॰ [सं॰ पाताल+ए] १. पातालको; पातालसम्बन्धी । २. पातालमा बस्ने वा पाइने ।

पातित— वि॰ [सं॰] १. खसालिएको; झारिएको; गिराइएको; पतन गराइएको । २. लडाइएको; ढालिएको ।

पातित्य— ना॰ [सं॰] १. आचार, शील आदिबाट पतित हुने क्रिया । २. जाति एवं धर्मबाट च्युत हुने भाव वा अवस्था ।

पातिव्रत/पातिव्रत्य— ना॰ [सं॰] १. पतिव्रता स्त्रीले पालन गर्नुपर्ने धर्म । २. पतिव्रता स्त्रीको समुचित गुण । ३. पतिप्रतिको नैतिक इमानदारी । ४. परपुरुषसितको सतर्कता ।

पाती१— वि॰ [सं॰] १. तल खस्ने; झर्ने; तलतिर गिर्ने । २. खसाल्ने; झार्ने; गिराउने । ३. ढाल्ने; लडाउने । वि॰ बो॰ ४. धन्यवादका बदलाको आक्षेप ।

पाती२— ना॰ [पात+ई] १. पात; पत्र । २. देवतालाई चढाइएको फूलप्रसाद । ३. पितृप्रसाद पहिराउँदा पुरोहितले पढ्ने मन्त्र । ४. ब्राह्मण वा पुरोहितले यजमानलाई पितृप्रसाद पहिराउँदा पढ्ने मन्त्र । ५. फूलपात ।

पाते— ना॰ [अ॰ मू॰ पच्+ए > पाचे] १. कसैले बोलेका कुरा हास्यात्मक रीतिबाट काट्ने उल्क्याहा व्यक्ति । वि॰ [पातो+ए] २. पाता परेको; पातासम्बन्धी । [पात+ए] ३. पात भएको; पातसम्बन्धी । ~ कुरो— ना॰ चेप्टा पात भएको एक थरी डल्ले कुरो । ~ कुटो— ना॰ फराकिलो पातो भएको, छरितो खन्ने हतियार वा कुटो । ~ झुलो— ना॰ ऋद्धिलता । ~ फिस्टो— ना॰ पातहरू जोडेर थैली आकारको गुँड बनाउने फिस्टो चरो ।

पातैपात— ना॰ [पात+पात] १. धेरै वा थुप्रै पात । २. लुगाफाटाको छालैछाल । (उदा॰— अनिकाल लागे भातैभात, लुगा फाटे पातैपात । — उखान॰ ।

पातो१— ना॰ [सं॰ पट्टे १. कुनै पनि धातु पिटेर चेप्टो पारिएको पातलो पत्र; पाता । २. कोदालो, कादाली आदिको खन्नेतिरको पातलो र फराकिलो भाग । ३. तमाखु टाँसेर चिलिमभित्र घोप्ट्याइने माटाको खबटो अथवा ढुङ्गा आदिको चेप्टो साधन । ४. नाम्लाको चुल्ठ्याइएर चेप्टो वा पातलो पारिएको, थाप्लामा अडिने भाग । ५. सिमेन्टको बनाइएको चकला ।

पातो२— ना॰ [सं॰ पृष्ठपत्रे १. शरीरको कुमदेखि कम्मरसम्मको पछिल्लो अवयव । २. साँप्राको कोखमा जोडिएको पातलो र फराकिलो अवयव । ३. पुस्तक, कापी आदिको पानु वा पातो; पन्ना ।

पात्तिनु— अ॰ क्रि॰ [सं॰ पाती+इनु] १. कुपात्र हुनु । २. बल्किनु; जथाभावी गर्ने हुनु । ३. मात्तिनु; इत्तरिनु; छिहिलिनु; निर्लज्ज हुनु । ४. फुरफुरिनु; फुर्किनु । > पात्त्याइ— ना॰ पात्तिने क्रिया वा प्रक्रिया ।

पात्य— वि॰ [सं॰] १. खसाल्न वा झार्न लायक । २. दण्डजरिमाना गर्न उचित । ३. प्रहार गर्न लायक ।

पात्लो— वि॰हे॰ पातलो ।

पात्र— ना॰ [सं॰] १. कुनै वस्तु राख्ने आधार; भाँडो; बर्तन । २. केही वस्तु पाउन वा लिन योग्य व्यक्ति; सत्कार, पूजा आदि गर्न योग्य मानिस; सुपात्र; सत्पात्र । ३. नाटकमा अभिनय गर्ने व्यक्ति; अभिनेता; नट । ४. काव्य, नाटक, कथा, उपन्यास आदिमा चरित्रको वर्णन गरिएको नायक, नायिका वा अन्य कुनै व्यक्ति । ५. योग्यता; क्षमता; सामर्थ्य । वि॰ ६. अधिकार दिन वा पाउन योग्य । — क— ना॰ १. सानो खालको भाँडो; तुच्छ भाँडो; ठाँडो । २. पत्रु । — ता— ना॰ १. कुनै काममा रोजिन वा कुनै पदमा नियुक्त हुनका लागि चाहिने आवश्यक गुण वा योग्यता । २. पात्रमा हुनुपर्ने वा भएको गुण; असल गुण । — त्व— ना॰ पात्रता ।

पात्रो— ना॰ [सं॰] वर्षभरिका गते, वार, तिथि, योग, करण आदि लेखिएको पुस्तिका; पञ्चाङ्ग ।

पात्ले— ना॰ [पातल+ए] १. पातल वा लेकाली जङ्गलमा हुने कटुसको एक जात । वि॰ २. पातलको; पातलसम्बन्धी । [ पात्लो+ए] ३. पात्लो खालको; पातले । ~ कटुस— ना॰ पातले कटुस । ~ ढुकुर— ना॰ पातले ढुकुर । ~ निहुरो— ना॰ पातले निहुरो । ~ रोटी— ना॰ पातले रोटी ।

पाथी— ना॰ १. आठ माना अटाउने भर्ने भाँडो; आठ मानाको परिमाणको वस्तु अटाउने नाप्ने भाँडो । वि॰ २. आठ माना परिमाणको । ३. मुरीको बीसौँ अंशको । ~ ब्याज— ना॰ वर्ष दिनमा एक रुपियाँको एक पाथीका दरले लिइने ब्याज । ~ भात खाए जस्तो— वि॰ पूरा सन्तोष लाग्ने; मन ढुक्क हुने । ~ भात

खाने— वि॰ पूरा समर्थ; लक्का ।

पाथे— वि॰ [पाथी+ए] १. पाथीको; पाथीसम्बन्धी । २. एउटै पाथीले भरेको अन्नादि खाने सम्बन्धित (व्यक्ति॰; चुले । ३. पाथी अटाउने वा भरिने । ~ भाइ— ना॰ १. एउटै कामको हिस्सा बेहोर्ने व्यक्तिहरू; हिस्सेदार । २. एउटै खलाको मोही । ३. एउटै चुलामा खाने साथी; भान्से भाइ, चुले भाइ ।

पाथेय— ना॰ [सं॰] बाटामा खानका निम्ति लिइने साँवल; बाटाको सामलतुमल; बाटाखर्च । ~ श्राद्ध— ना॰ मृतकको मोक्षका उद्देश्यले साताँै र बाह्रौँ दिनमा गरिने श्राद्ध ।

पाद्–नु— अ॰ क्रि॰ [सं॰ पर्दने अपानवायु छाड्नु; अधोवायु छाड्नु; गुदबारबाट दुर्गन्धमय हावा फाल्नु ।

पाद१— ना॰ [सं॰ पर्दे अपानवायु; अधोवायु ।

पाद२— ना॰ [सं॰] १. पाउ; चरण; गोडो; खुट्टो । २. श्लोक वा पद्यको पाउ; चरण; पद । ३. कुनै वस्तुको चौथो भाग; चतुर्थांश । ४. पुस्तकको प्रकरण । ५. कुनै वस्तुको तल्लो भाग; पीँध । ६. जरो; जड; मूल । ~ कटक— ना॰ पाउजेब । ~ कमल— ना॰ १. कमलजस्ता नरम र राता पाउ; चरणकमल । २. गोडा; पाउ (आदरार्थमा) । — क्षेप— ना॰ १. टेकाइ; टेक्ने काम । २. हिँडाइ । ३. लात । — चाप— ना॰ खुट्टाले टेक्दा हुने थर्कन; टेकाइ; कुल्चाइ । — चार— ना॰ पैदल जाने काम; पैदल हिँडाइ । — चारी— वि॰ १. पैदल यात्री; पैदल हिँड्ने । ना॰ २. पैदल सेना; पदाति । —

जल— ना॰ देवता वा मान्य जनका पाउ धोएको जल; चरणोदक; चरणामृत । ~ टिप्पणी— ना॰ पृष्ठका पुछारमा राखिने कुनै विषयको प्रमाण वा पुष्टिका निम्तिको टिप्पणी; खुरेटिपोट । ~ टीका— ना॰ कुनै ग्रन्थमा पृष्ठका पुछारमा सूचना, निर्देश, व्याख्या आदिका निम्ति लेखिएको टिप्पणी । — तल— ना॰ पैतालो; तलृुवा । — त्राण— ना॰ जुत्ता; उपानह; पाउलो । ~ दलित— वि॰ १. गोडाले कुल्चिएको; खुट्टाले टेकिएको । २. थिचिएको; दबाइएको । ३. पराजित; अपमानित । — न्यास— ना॰ पाइलो राख्ने वा टेक्ने काम; टेकाइ; कुल्चाइ । ~ पङ्कज— ना॰ पादकमल । — पथ— ना॰ पैदल हिँड्नुपर्ने बाटो; गोरेटो; डोरेटो । —पß— ना॰ पादकमल । — पीठ— ना॰ १. राजसिंहासनमुन्तिर पाउ राख्न बनाइएको सानो चौकी; उपधानी । २. अग्ला आसनको तल खुट्टा राख्न बनाइएको चौकी । ~ पीडा— ना॰ काँडो आदि बिझ्दा वा घाउ हुँदा खुट्टामा हुने पीडा । — पूरण/पूर्ति— ना॰ १. कुनै अपूरो श्लोकको पाउ पूरा गर्ने काम । २. निरर्थक वा अनावश्यक शब्दहरू राखेर भए पनि छन्दको पूर्ति गर्ने काम । ~ प्रणाम— ना॰ साष्टाङ्ग दण्डवत् गर्ने काम; पाउमा प्रणाम गर्ने काम; ढोग्ने काम; ढोग । — रज्जु— ना॰ पशुहरूको खुट्टो बाँध्ने डोरी; खुट्टे डोरी; खुट्टे । — लग्न— वि॰ १. पाउमा लागेको; गोडामा परेको । २. शरणमा आएको; शरणार्थी । ~ वन्दन/वन्दना— ना॰ पाउ छोएर नमस्कार गर्ने काम; दण्डवत् गर्ने काम । ~ वल्मीक— ना॰ खुट्टा सुन्निने एक किसिमको रोग; थामखुट्टे रोग; हात्तीपाइले रोग; फाइलेरिया । ~ विन्यास— ना॰ १. पाउ राख्ने काम; पाइलो राख्ने काम; खुट्टोटेकाइ; कुल्चाइ । २. पदविन्यास । ~ विराम— ना॰ वाक्यमा पद वा वाक्यांशलाई छुट्ट्याउने र विश्राम दिने चिह्न; अल्पविराम; कमा ( , ॰ । ~ सेवन— ना॰ १. पाउको सेवा गर्ने काम; पाउ छुने काम । २. सेवाशुश्रूषा । ३. कमार्तन । ~ सेवा— ना॰ पादसेवन । — हत— वि॰ १. लत्याइएको; लात मारिएको । २. हेला गरिएको; उपेक्षित । — हीन— वि॰ १. खुट्टो नभएको; लँगडो; खोरन्डो । २. श्लोकको कुनै पाउ वा चरण नभएको । > पादाति— ना॰ पैदल सिपाही; पदाति । पादान्त— ना॰ श्लोक वा पद्यका पाउ वा चरणको अन्त । पादारविन्द— ना॰ पादकमल ।

पादिनु— क॰ क्रि॰ [पाद्+इ+नु] अपानवायु छोडिनु; पाद्ने काम गरिनु ।

पादुक— वि॰ [सं॰] पैदल जाने; खुट्टाले हिँड्ने ।

पादुका— ना॰ [सं॰] १. खराउ । २. जुत्ता । — दान— ना॰ १. जुत्ता दान दिने एक धार्मिक कार्य । २. जुत्ता वा खराउ दिने काम । —

स्थान— ना॰ दैलेख जिल्लाको दुल्लु बजारदेखि दुई कोस पश्चिमपट्टि पादुका खोलाका किनारमा रहेको एक मन्दिर । (यहाँ सतीदेवीको पाउ झरेको र परापूर्वकालदेखि एक ज्वाला बलिरहेको छ भन्ने कथन छ ।)

पादोदक— ना॰ [सं॰] चरणोदक; खुट्टाको जल ।

पाद्य— वि॰ [सं॰] १. गोडासम्बन्धी; चरणको । २. पूज्य व्यक्ति वा देवदेवीको पाउ धुने (पानी॰ । ना॰ ३. देवकार्यमा पूजा गर्दा चढाइने पवित्र जल; पाद्योदक । > पाद्यार्घ— ना॰ १. हातपाउ धुने पानी । २. पूजाका सामग्री; पूजासामा । ३. पूजाका निम्ति छुट्ट्याइएको कुनै वस्तु । पाद्याघ्र्य— ना॰ हे॰ पाद्यार्घ ।

पाध्या/पाध्ये— ना॰ [सं॰ उपाध्याये ब्राह्मण । स्त्री॰ पाध्येनी ।

पान— ना॰ [सं॰] १. पिउने काम; पन्यालो पदार्थ वा धूवाँ निल्ने काम । २. पिइने पदार्थ; पेय पदार्थ । ३. चुम्बन; म्वाइँ । [पञ्चे ना॰/वि॰ ४. 'पाँच' शब्दको अपभ्रंश रूप । [सं॰ पानीयश्रपानी] ५. समास भएका केही शब्दको आरम्भमा देखिने 'पानी'—को सङ्क्षिप्त रूप (जस्तै— पानढिकी, पानडोको इ॰) । [सं॰ पर्ण (=पात॰] ६. पीपलका पातका आकारका पात हुने एक प्रसिद्ध लहरो; ताम्बूली; खयर, चून आदि हालेर खाइने, आयुर्वेदमा रक्तवर्धक, कफनाशक, बलवर्द्धक र रुचिकारक गुण बताइएको त्यसैको पात । ७. खयर, चून, सुपारी आदि हाली बनाइएको सोही पातको खिली । ८. पानकै पातका आकारका राता फुट्टी हुने तासका चक्कीको एक प्रकार । ~ गोष्ठिका/गोष्ठी— ना॰ चिया वा रक्सी आदिका साथ चमेना गर्न भेला भएको समूह । ~ डोको— ना॰ पानी बोक्ने वा पानीको गाग्रो हालेर बोक्ने सानो खालको डोको । ~ ढिकी— ना॰ १. पानीको कुलाबाट वा पानीका वेगबाट चलाइने ढिकी । २. त्यस्ता यन्त्रले एक टक मारेको मोहर । ~ मोहर— ना॰ पानीका वेगबाट चल्ने यन्त्रले टक मारेको सिक्का । ~ दस— ना॰ पाँच, दस, पन्ध्र, बीस गरी पपाँचको फरक गर्दै गनेर खेल्ने डन्डीबियाको एक खेल । (उदा॰— 'पान्दस् जम्मा दण्डको चार खेल,व्यर्थै खेल्थ्याँ झल्ल भो आज बल्ल') । — दान/दानी— ना॰ पान र त्यसका मसलाहरू हाल्ने भाँडो । ~ दुई— ना॰ एक पासामा पन्जा र शेष दुई पासामा पोट परी जम्मा सात फुट्टी हुने पासाको दाउ । ~ पाते— ना॰ १. पानका पातका आकारका पात हुने एक जातको सानो जलकुम्भी । वि॰ २. पानका पातका आकारको; पानको पातजस्तो । ~ पात्र— ना॰ जाँड, रक्सी आदि मादक पेय पदार्थ पिउने भाँडो; चषक । — फुल— ना॰ १. सानोतिनो कोसेली; अल्प उपहार; श्रद्धासहितको सानो नजराना । २. पारिश्रमिक (शिष्टार्थमा) । ३. घूस (कूटार्थमा॰ । ~ बट्टा— ना॰ पान र त्यसका मरमसला हाल्ने भाँडो । ~ बुट्टा— ना॰ पानका पातका आकारका बुट्टा । ~ बुट्टे— वि॰ पानका पातका आकारको बुट्टा भएको; पानपाते बुट्टा भएको । ~ भूमि— ना॰ मदिरा पिउने ठाउँ; भट्टी । ~ मण्डल— ना॰ पियक्कडहरूको जमात; जाँडरक्सी पिउनेहरूको समूह; रक्स्याहा–मण्डली । — रत— वि॰ जाँडरक्सी आदि मादक पदार्थ पिउने आदत बसेको; जँड्याहा; रक्स्याहा ।

पानस— ना॰ [फा॰ फानूसे ठडौराको सिरानमा जडिएको दियोमा तेलआदि हालेर बालिने बत्ती; फानुस; साधारण कोटिको सुकुन्डो । पान सुपारी— ना॰ [पान+सुपारी] मेजमान वा अतिथि आदिको सम्मानका निम्ति खुवाइने वा दिइने पान र सुपारी ।

पाना१— ना॰ [सं॰ पर्णे १. पुस्तक, पुस्तिका आदिको पत्र; पातो; पन्ना । २. फूलका थुँगाको पत्र ।

पाना२— ना॰ [सं॰ पान+ओ एक बालीसम्म जोत्न भनी कसैबाट गोरु लिएबापत गोरुधनीलाई दिइने अन्नको दस्तुर । — कर— ना॰ रुपियाँ–पैसाका आधारमा लिच्छविकालमा लगाइएको एक प्रकारको कर ।

पानी— ना॰ [प्रा॰ पाणीअ < सं॰ पानीये १. नदी, इनार, कुवा, बादल आदिबाट प्राप्त हुने र तिर्खा मेट्न चलअचल प्राणीले सदैव पिउनुपर्ने, बालीनाली आदिका निम्ति निरन्तर आवश्यक पर्ने प्रसिद्ध तरल पदार्थ; जल; नीर । २. झोल; रस । ३. जिभ्रो, आँखा, घाउ आदिबाट बग्ने तरल पदार्थ; आँसु । ४. झरी; वर्षा; वृष्टि । ५. तेज; कान्ति । ६. टलक; चमक; पाइन । ७. मान; प्रतिष्ठा । ८. पुरुषार्थ; वीरता । (. अभिमान; ताइँ; घमन्ड । १०. वर्ष; साल (जस्तो— दुई पानी खाएको रूख) । ११. जलवायु । ~ अड्डा— ना॰ खाने पानीको व्यवस्था मिलाउने सरकारी अड्डा । ~ अमला— ना॰ १. उनिउँका पातजस्ता लामालामा पात हुने जरामा पानी नै पानी भएजस्तो रसिला तथा खैरा फल फल्ने एक जातको झार । २. त्यसैको फल; भुईँअमला । (आयुर्वेदमा यसको गुण ठन्डा र धातु रोगका निम्ति उपयोगी बताइएको छ ।) ~ आन्द्रे— वि॰ डरछेरुवा; कातर । ~ आन्द्रो— ना॰ पिएको पानी भित्र जाने आन्द्रो । ~ ओद— ना॰ पानीमा हिँड्ने बिरालोजस्तो प्राणी; पानीबिरालो; ओद । ~ कर— ना॰ १. ट्याङ्कीमा जम्मा गरी पाइपबाट वितरण गरिएको पानीको उपयोग गरेबापत सम्बन्धित संस्थान वा सरकारलाई दिइने दस्तुर वा रकम । २. जग्गाजमिनमा नहर, पैनी आदिबाट पानी पटाएबापत सरकारलाई दिइने कर । ~ करेलो— ना॰ १. सिमसारमा पाइने एक जातको करेलो । ~ कल— ना॰ १. पानीको प्रवाह वा वेगबाट चल्ने कल; घट्ट । २. इनार, कुवा आदिको पानी माथि तान्ने एक प्रकारको धारो; ट्यूबवेल । ३. पानी तान्ने यन्त्र; दमकल । ४. जमिनमुनिको पानी तान्ने मिसिन; पम्पिब सेट । ~ काग— ना॰ जलाशयका नजिक रहने एक कालो पक्षी । ~ कागत— ना॰ प्लास्टिकको, पानी अडिने एक प्रकारको वस्तु (पोलिथिन पेपर) । ~ कौवा— ना॰ पानीकाग । ~ खेदो— ना॰ पानीमुनि गए पनि नछोड्ने किसिमको खेदो; नछाडीकन दुःख दिइरहने काम । ~ गुलाफी— ना॰ १. गुलाफी रबको एक भेद । वि॰ २. त्यस्तो रबको । ~ गुन्डो— वि॰ १. सुकुलगुन्डोभन्दा पनि तल्लो स्तरको गुन्डो । २. हरितन्नम; हरिलट्ठक । ~ घट्ट— ना॰ पानीले चल्ने घट्ट । —

घडी— ना॰ पानीमा सानो छिद्र भएको भाँडो राखेर छिरेको पानी भरिएपछि एक घडी हुने एक पुरानो चलनको घडी; जलयन्त्र । ~ घाट— ना॰ पानीको धारो आदि भएको ठाउँ; पनेरो; कुवा; जलाशय । ~ घोडा— ना॰ पानीमा हुने एक जातको घोडा । ~ चरी— ना॰ पानीमा गोता खाने एक जातको चरो । ~ जहाज— ना॰ समुद्रमा व्ाा ठूला नदीमा चल्ने जहाज । ~ जुको— ना॰ पानीमा रहने एक जातको ठूलो जुको । ~ झ्याउ— ना॰ जलाशयमा उम्रने एक जातको कुरकुरेजस्तो झ्याउ । ~ ढलो— ना॰ पानी बगेर जाने भिरालो वा तेर्पे परेको जग्गा । ~ ढिकी— ना॰ १. पानीका प्रवाहबाट चल्ने एक किसिमको यन्त्र । २. त्यस्ता यन्त्रले टक मारेको सिक्का । ~ ढुकुर— ना॰ पानीका नजिक रहने एक जातको ढुकुर । ~ तोरी— ना॰ ठूला गेडा हुने एक जातको तोरी; आफलतोरी । — दार— वि॰ १. चम्किलो; चमकदार । २. इज्जतदार । ३. साहसी; पाइनदार । ~ दुबो— ना॰ करौँते झार । ~ पखाला— ना॰ पानीजस्तै पातलो पखाला । ~ पट्टी— ना॰ शिरमा वा अन्य कुनै अङ्गमा शीतलताका निम्ति राखिने भिजाएको कपडा । ~ पधेरो/पनेरो— ना॰ १. ज्यादै आवतजावत भएको ठाउँ । २. पानीघाट । ~ पेट— ना॰ पानी जम्मा हुने वा खाएको पानी गएर अडिने पेटको थैलो । ~ पोखलो— ना॰ पानीपेट । ~ फल— ना॰ पानीसिङ्गडा । ~ फोको— ना॰ प्रसवका समयमा बालक, पाठो, बाछो, पाडो आदि जन्मनुभन्दा पहिले निस्कने पानीको थैलो । ~ बटुवा— ना॰ जलमार्ग गरी हिँड्ने यात्री; पानीजहाजको यात्री । ~ बलो— ना॰ छानाका छेउमा रहने लामो र तेर्सो काठ वा बाँस; दाँतीमाथिको बलो । ~ बाराबार— ना॰ परस्परको ठूलो विरोध; परस्परमा भएका वैरभावको पराकाष्ठा । ~ बाहेक— ना॰ पानीबाट हटक गर्ने काम । ~ बिरालो— ना॰ पानीमा बस्ने बिरालोजस्तो एक जातको प्राणी; ओद । ~ बिउ— ना॰ हिल्याएर अनि पानी जमाएर राखिने धानको बीउ । ~ बेत— ना॰ पानीको निकट हुने एक जातको बेत । ~ ब्याड— ना॰ खेतका गरामा पानी जमाई हिल्याई बीउ राख्न तयार पारिएको ठाउँ । ~ भालु— ना॰ पानीमा खेल्ने र पानीकै आसपासमा बस्ने सेतो भालु । ~ भूत— ना॰ पानीमा डुबेर रहने भूत; पनडुब्बा । ~ मरुवा— ना॰ पानीआन्द्रे; लाछी । ~ महुवा— ना॰ पानीका छेउछाउमा हुने महुवाको एक भेद ।

पानीजुह— ना॰ [नेवा॰] मच्छिन्द्रनाथका पुजारी ।

पानीय— वि॰ [सं॰] १. पिउन योग्य । २. बचाउन लायक; रक्षणीय । ना॰ ३. पानी; जल । — शाला— ना॰ बटुवाहरूलाई पानी पियाउने ठाउँ; पौशाला । पानी रोटी— ना॰ [पानी+रोटी] पीठाका ससाना पाङ्ग्राजस्ता डल्ला पारी उम्लेको पानीमा हालेर बेसरी पकाएको रोटी; पाङ्ग्रे रोटी । पानी लट्टे— ना॰ [पानी+लट्टे] चाँगेका जस्ता पात हुने, टुप्पामा लटरम्म भएर फुल्ने, दानादाना फल्ने सिमसार भूमिमा हुने एक जातको लट्टे; सिमलट्टे । पानी लहरो— ना॰ [पानी+लहरो] दाखका जस्ता पात हुने, साना सेता फूल पृmुल्ने, आयुर्वेदमा विष, खटिरा र कुष्ठरोगको नाश गर्ने गुण बताइएको एक जातको लहरो; अमृतस्रवा । पानी लुँडे— ना॰ [पानी+लुँडे] सिमसार वा पोखरीमा हुने एक जातको लुँडे साग । पानी शिरीष— ना॰ [पानी+शिरीष] बाटुला साना पात, मसिना सेता फूल र लाम्चा कोसा हुने, पानीका पहराका चिस्यानमा उम्रने एक जातको झार ।

पानीसरो— ना॰ [पानी+सरो] १. पात र बोट अदुवाका जस्ता हुने डाँठका सिरानमा सुन्तला रबका फूल फुल्ने तथा हरियो फल फल्ने एक थरी बुटी; त्यसैको फल । २. आयुर्वेदमा चर्मसम्बन्धी रोग र कुष्ठरोगलाई निको गर्ने बताइएको र श्रावण सङ्क्रान्तिका दिन लुतो फाल्न कण्डारकको पूजा गर्दा कुकुरडाइनाको लहराका साथ चढाइने त्यसको फूल । ३. शरीरमा जिलजिलाउँदा उठ्ने एक प्रकारको खटिरो; सात प्रकारका माई रोगमध्ये एक । पानी सर्प/पानी साँप— ना॰ [पानी+साँप] प्रायः पानीमा रहने एक जातको सर्प; नाग; ढोडिया । पानी साज ना॰ [पानी+साज] हलुको काठ हुने, पानीका छेउछाउमा पाइने एक जातको साज । पानी सिँवाली— ना॰ [पानी+सिँवाली] पानीका किनारमा रहेका ढुङ्गाका छेउछाउमा उम्रने, आयुर्वेदमा अति ठन्डा र गर्मीबाट आएका खटिरा निको पार्ने गुण बताइएको एक जातको झ्याउ । पानी सिँगडा— ना॰ [पानी+सिँगडो पानीमा उम्रने ठूलठूला हरिया पात हुने, करबीरका दानाजस्ता र सिङ्गडाका आकारमा कलेजी रबका फल हुने र जरामा फल्ने एक जातको फल; पानीफल । पानी सिस्नु— ना॰ [पानी+सिस्नु] १. हिर्काएर सास्ती वा दण्ड दिनका निम्ति प्रयोग गरिने, पानीमा भिजाइएको सिस्नु । २. त्यसरी पानीमा सिस्नु भिजाई हिर्काएर दिइने दण्डको एक प्रकार । पानी हटक/पानी हल्ट— ना॰ [पानी+हटक/हल्टे १. पानीबाट हटाउने काम; पानी नचल्ने बनाउने काम । वि॰ २. पानीबाट हटाइएको । पानी हाँस— ना॰ [पानी+हाँस] विशेष गरेर पानीमै बस्ने र राम्ररी उड्न सक्ने एक जङ्गली जातको हाँस; जलहंस । पानी हात्ती— ना॰ [पानी+हात्ती] पानीभित्र रहने झन्डै गैँडाका आकारको एक स्तनपायी चौपाया; जलहस्ती; पानीघोडा ।

पाने— वि॰ [पानी+ए] पानीवाला; पानीसम्बन्धी; पानीको । (शब्दका पछाडि गाँसिएर समस्त शब्द निर्माण गर्दा प्रयोगमा आउने, जर्स्तै—तीनपाने, निपाने, चिसापाने इ॰) ।

पानोत्सव— ना॰ [सं॰] मदिरा पानको उत्सव (ककटेल पार्टी॰ ।

पान्थ— ना॰ [सं॰] १. पथिक; बटोही; बटुवा (पेसेन्जर) । २. परदेशी; प्रवासी । ~ निवास— ना॰ यात्रीहरूलाई बास बस्नका निम्ति बनाइएको घर; पाटी; धर्मशाला; अतिथिशाला; पाहुनाघर । —

शाला— ना॰ धर्मशाला ।

पाप— ना॰ [सं॰] १. धार्मिक दृष्टिले खराब ठहरिने र इहलोक– परलोक दुवैमा अशुभ फल दिने कार्य; कुकर्म; पातक । २. कुकृत्यको फल; कुकर्मको परिणाम । ३. अपराध; कसूर; दोष । ४. मनमा उत्पन्न खराब नियत । ५. झन्झट; झ्याउलो । ६. हिंसा; आघात । ७. अरूलाई पुथ्याइने हानि । ८. चारित्रिक वा नैतिक पतन हुने आचरण । — कर— वि॰ पाप गर्ने; पातकी । ~ कर्म— ना॰ पाप लाग्ने काम; दुष्कर्म । ~ कर्मी— वि॰ पाप गर्ने; पापी । ~ ग्रह— ना॰ ज्योतिषशास्त्रअनुसार शनि, मङ्गल, राहु, केतु, सूर्य र तिनका साथमा रहेको बुध; अशुभ ग्रह । — चेता— वि॰ मनमा अर्काको कुभलो चिताउने; दुरात्मा; दुष्ट ।

पापड— ना॰ [सं॰ पर्पटे रहर, मुगी आदिको छाँटा पिँधेर मसिनो पीठो (बेसन॰ बनाई मरमसला हालेर गिलो पारी बेलिएको, फुराएर वा सेकाएर खाइने पातलो पाप्रो आकारको खाद्य पदार्थ । श्र पापडी— ना॰ १. पाप्राका आकारमा बन्ने खास प्रकारको रोटी; सनपापडी । २. एक प्रकारको बुटीविशेष । पाप दृष्टि— ना॰ [सं॰] १. अरूको कुभलो हुने गरी हेरिएको हेराइ; कुदृष्टि । २. खराब नियत । पाप नाश— ना॰ [सं॰] पापको नाश; कुकर्मको समाप्ति । > पाप

नाशक— वि॰ पाप नाश गर्ने; कुकर्म समाप्त गर्ने । पाप नाशिनी— वि॰ १. पाप नाश गर्ने; अधर्मको विनाश गर्ने (स्त्री॰ । ना॰ २. बैजनी रबका नसा हुने एक जातको तुलसी । ३. शमी वृक्ष । ४. भगवती; देवी । ५. गङ्गा; पवित्र नदी । पापनाशी— वि॰ पाप नाश गर्ने; अधर्म खतम पार्ने । पाप पुरुष— ना॰ [सं॰] १. पाप गरिरहने व्यक्ति; पापी व्यक्ति । २. तन्त्रशास्त्रअनुसार तान्त्रिकले आ६ना देब्रे कोखामा कल्पना गर्ने पापमय पुरुष; पापमूर्ति । ३. पुराण आदिअनुसार सृष्टिकर्ताले सृष्टिलाई सन्तुलित पार्न आवश्यक ठानी रचना गरेको पापको अधिष्ठाता । पाप बुद्धि/पाप मति— वि॰ [सं॰] पापी बुद्धि भएको; दुष्ट; पापी । पाप मुक्त— वि॰ [सं॰] पापबाट मुक्त भएको; पापको परिणामबाट मुक्त भएको । पाप मोचन— ना॰ [सं॰] पाप नष्ट गर्ने काम; पाप छुटाउने काम । श्र पाप मोचनी— ना॰ १. चैत्रकृष्ण एकादशी । वि॰ २. पापनाशिनी देवी वा गङ्गा । पाप योनि— ना॰ [सं॰] पाप गरेबापत जीवले जन्म लिएको ठानिने, मानव जुनीबाहेकको कुनै जुनी ।

पापलोक— ना॰ [सं॰] धार्मिक विश्वासअनुसार मरेपछि पापीले बस्नुपर्ने लोक; नरक । पानी

पापशील— वि॰ [सं॰] पाप गर्ने स्वभाव भएको; पापकर्ममा लागिरहने । श्र पापशीला— वि॰ पापशील (नारी॰ । पाप शोधन— ना॰ [सं॰] पापको शुद्धि; पापको दोष मेटिई शुद्ध हुने वा पार्ने काम ।

पापहर— वि॰ [सं॰] पाप वा अधर्म हरण गर्ने ।

पापा१— ना॰ [बा॰ बो॰] केटाकेटीका लागि रुचिकर मीठो खानेकुरा ।

पापा२— ना॰ (अङ्॰) पिता ।

पापाङ्कुशा— ना॰ [सं॰] आश्विन शुक्ल एकादशी; गिद्धे एकादशी ।

पापाचार— ना॰ [सं॰] पाप कर्म; कुकर्म ।

पापात्मा— वि॰ [सं॰] पापी; पातकी; दुष्टकर्मी ।

पापिष्ठ— वि॰ [सं॰] १. निकै ठूलो पापी; महापापी । २. पापी । ३. कुकर्मी ।

पापी— वि॰ [सं॰] १. पापकर्म गर्ने स्वभावको; दुराचारी । २. निठुरी; दया नभएको । ना॰ ३. पापकर्ममा लागेको व्यक्ति ।

पाप्रा— ना॰ [पाप्रोको ति॰ ।)] हे॰ पाप्रो । — पाप्री— ना॰ साना– ठूला पाप्राहरूको समूह । > पाप्रे— वि॰ पाप्रो भएको; पाप्रा–पाप्रा परेको ।

पाप्रो— ना॰ [सं॰ पर्पटे १. वस्तुको सुकेर वा उक्सेर छुट्टिने बाहिरी पत्र । २. छाला । ३. बोक्रो ।

पामर— वि॰ [सं॰] १. फटाहा; सिल्लड; दुर्जन । २. अविवेकी; अबुझ । ३. काँतर; कायर । ४. चुत्थो; बेकम्मा; बिकामे ।

पायक— वि॰ [सं॰ पादके १. अनुकूल; कामकाज गर्न सजिलो पर्ने; कुनै पनि कामका निम्ति सरेक पर्ने; स्वाहिक । ना॰ २ हिँड्दा, काम गर्दा वा आउँदा–जाँदाको अनुकूल अवस्था; त्यस्तो अनुकूल स्थिति; अनुकूलता ।

पायखाना— ना॰ [फा॰] दिसा गर्ने ठाउँ; पाइखाना; चर्पी; शौचालय ।

पायजामा— ना॰ [फा॰] हे॰ पाइजामा ।

पायन्ट— ना॰ [अङ्॰ प्यान्टे हे॰ पेन्ट; पाइन्ट ।

पायस— ना॰ [सं॰] दूध मिसाएर पकाएको खाद्य पदार्थ; खीर; तस्मै ।

पायी— वि॰ [सं॰] पिउने; पान गर्ने (समस्त शब्दको अन्तमा प्रयोग हुने, जस्तै— स्तनपायी, दुग्धपायी, मद्यपायी इ॰) ।

पार्–नु— प्रे॰ क्रि॰ [पर्+आर्+नु] १. पर्ने गराउनु; पर्ने तुल्याउनु; समावेश गर्नु–गराउनु । २. गराउनु; तुल्याउनु; बनाउनु (मोही पार्नु इ॰) । ३. दिलाउनु (गाल पार्नु आदि) । ४. तयार गराउनु (ठीक पार्नु आदि) । ५. सल्काउनु; बाल्नु (सलाई, आगो आदि) । ६. फुल आदि पैदा गर्नु । ७. मुखमा औषधी, पथ्य आदिको सेवन गराउनु । ८. गिराउनु; झार्नु । (. झमेला (मुद्दा आदि॰ खडा गर्नु । १०. हाल्नु (शब्द, बोली, आदि॰ ११. शृङ्गार गर्नु ।

पार— ना॰ [सं॰] १. नदी, समुद्र आदिको पल्लो किनारा; पल्लो तीर वा तट । २. आखिरी छेउ; अन्तिम सीमा । ३. डाँडा वा पहाडको पल्लो पाटो । ४. कुनै कामको समाप्ति; सिद्धि । ५. छुटकारा; मुक्ति; उद्धार । ६. अनुकरण; नक्कल । ७. समाधान (जस्तै— पार लाउनु, पार पाउनु आदि॰ ।

पारख— ना॰ [सं॰ परीक्षो १. गुणदोष वा असलकमसल छुट्ट्याउने काम; परीक्षा । २. असलकमसल छुट्ट्याउने बुद्धि; विवेक । >

पारखी— वि॰ १. पारख गर्ने; असल, कमसल वा गुण–दोषको जाँच गर्ने; परीक्षक । ना॰ २. जाँचकी ।

पारगामी— वि॰ [सं॰] १. पार जाने; पार लागेको । २. पारङ्गत; विशेषज्ञ । ३. टाढासम्म जाने; दूरगामी ।

पारङ्गत— वि॰ [सं॰] १. पार लागेको; पार भएको । २. विद्या, शास्त्र, शिल्प आदिको पूर्ण ज्ञान प्राप्त गरेको; मर्मज्ञ; विशेषज्ञ । ३. पोख्त; सिपालु ।

पारण— ना॰ [सं॰] १. व्रत, उपवास आदिको दोस्रो दिन गरिने प्रथम भोजन आदि । २. तृप्ति; सन्तोष; अनुतोष । ३. समाप्ति; समापन; सिद्धि । ४. पढ्ने काम; पढाइ । ५. घरभित्रको बरन्डा । श्र पारणा— ना॰ पारण । पारणीय— वि॰ पारण गर्न योग्य; कुनै विषयको सिङ्गो ज्ञान प्राप्त गर्न लायक ।

पारतन्यभय— ना॰ [सं॰] परतन्त्रता; स्वाधीनताको अभाव; पराधीनता ।

पारदर्शक— वि॰ [सं॰] १. छ्याङ्ब देखिने; काँच, स्फटिक, पानी आदि जस्तो स्वच्छ (पदार्थ) । २. वारिदेखि पारि देखिने (सिसा आदि) । — ता ना॰ पारदर्शक हुनाको भाव, गुण वा अवस्था ।

पारदर्शन— ना॰ [सं॰] १. वारपार देख्ने काम । २. टाढाटाढासम्मको कुरो देख्ने काम; दूरदर्शन । ३. तीव्र बुद्धि; चतुरता ।

पारदर्शित— वि॰ [सं॰] वारपार देखिएको; छ्याङ्ब भएको ।

पारदर्शी— वि॰ [सं॰] १. पल्लापट्टिसम्म देख्ने । २. टाढासम्मको कुरो देख्ने; दूरदर्शी । ३. बुद्धिमान्; चतुर; चलाख । ४. छ्याङ्ग देखिने ।

पारपत्र— ना॰ [सं॰] १. कमाराकमारीलाई दासत्वबाट अमलेख गराउँदा मालिकले लेखिदिएको प्रमाणपत्र । २. लोग्ने र स्वास्नीको सम्बन्धविच्छेद गर्दा परस्परमा लेखिदिने कागज; पारपाचुकेको कागत; त्यागपत्र । ३. राहदानी; पासपोर्ट ।

पारपाचुके— ना॰ [पार+पाचुके] पतिपत्नीका बीचमा गरिने सम्बन्धविच्छेद; पाचुके; स्वेच्छाले गरिने वैवाहिक सम्बन्धको अन्त । पार पारको— वि॰ [पार (बि॰)+को] १. छाँटछाँटको; किसिम किसिमको । २. धेरै पहिलेको; धेरै टाढाको । (उदा॰— मुटुमा भर्दथ्यो बोली अनेकौँ पारपारको । — देवकोटा, 'सुलोचना' ।)

पारमाणविक— वि॰ [सं॰] परमाणुको; परमाणुसम्बन्धी । ~ भार— ना॰ एक परमाणुको तौल । (पारमाणविक भार ऋणात्मक, धनात्मक तथा तटस्थ कणको संयुक्त भार हो । यसमा ऋणात्मक कणको भार नगण्य हुने हुनाले धनात्मक र तटस्थ कणको संयुक्त भार मात्र पारमाणविक भारमा लिइन्छ॰ ।

पारमार्थिक— वि॰ [सं॰] परमार्थसम्बन्धी; परमार्थको ।

पारमार्थ्य— ना॰ [सं॰] १. परमार्थको भाव वा गुण; परमार्थपरायणता ।

 वि॰ २. ज्यादै साँचो; परम सत्य ।

पारमित— वि॰ [सं॰] १. पार लागेको; पूरापूर गरिएको; पारङ्गत । २. परम बिन्दुमा पुगेको ।

पारलौकिक— वि॰ [सं॰] १. परलोकसम्बन्धी; परलोकसँग सम्बन्ध रहेको; परलोकको । ना॰ २. हे॰ अन्त्येष्टिक्रिया ।

पारवहन— ना॰ [सं॰] कुनै पनि देशले उपभोग्य वस्तुहरू एक देशबाट अर्को देशमा ल्याउने वा लैजाने काम; कुनै देशले एउटा देश हुँदै अर्को देशसँग गर्ने आयातनिर्यात । ~ गोदाम— ना॰ पारवहनका सरसामानहरू राख्ने गोदाम । ~ बिमा— ना॰ सामुद्रिक बिमा । ~ सन्धि— ना॰ पारवहन विषयमा दुई वा दुईभन्दा धेरै देशका बीचमा भएको सन्धि ।

पारस१— ना॰ [सं॰ स्पर्शे पारसमणि । — मणि— ना॰ १. फलामलाई छुवाउँदा फलाम पनि सुन हुन्छ भनी पत्याइएको एक कल्पित मणि । २. अति उत्तम वस्तु ।

पारस२— ना॰ फारस देश; इरान ।

पारसी— ना॰ [सं॰ पारसीके १. फारस देशका प्राचीन निवासी । २. जरथु्रस्तको धर्मका अनुयायी; फार्सी ।

पारस्परिक— वि॰ [सं॰] परस्परको; आफुसको; आपसी । — ता— पारस्परिक हुनाको भाव वा अवस्था ।

पारा१— ना॰ [सं॰ प्रकारे १. प्रकार; किसिम; ढाँचा; छाँट । २. तरिका; काइदा; ढङ्ग ।

पारा२— ना॰ [सं॰ पाटके जुवा खेलमा पासासँग मिल्ने एक साधन ।

पाराट्रुप— ना॰ [अङ्॰] १. प्यारासुटबाट उत्रने सैनिक; हवाईजहाजबाट खसी प्यारासुटको सहायताबाट झर्ने व्यक्ति । २. प्यारासुटसेना ।

पारायण— ना॰ [सं॰] १. कुनै ग्रन्थको आद्योपान्त गरिने पाठ । २. कुनै महत्त्वपूर्ण कार्यको समाप्ति; पूर्णता । > पारायणिक— वि॰ १. पारायण गर्ने; कुनै ग्रन्थको पूर्ण पाठ गर्ने । २. पुराण आदि बाच्ने । ना॰ ३. विद्यार्थी ।

पारावत— ना॰ [सं॰] परेवा (चरो॰ ।

पारावार— ना॰ [सं॰] १. दुवै किनारा; नदी वा सागरको वल्लो र पल्लो दुवै तट । २. समुद्र; सागर । ३. लेखाजोखा; गणना ।

पाराशर— ना॰ [सं॰] १. पराशर ऋषिका छोरा; वेदव्यास । वि॰ २. पराशरबारा रचित । ३. पराशरको वंशमा जन्मिएको । ~

गोत्र— ना॰ पराशर ऋषिको कुल वा वंश । > पाराशरि— ना॰ शुकदेव ।

पारि–नु— क॰ क्रि॰ [पार+इ+नु] १. पर्ने तुल्याइनु । २. पार्न लगाइनु ।

पारि— ना॰ [सं॰ पार+इ] १. पल्लो किनार; पल्लो पाटो; पार । क्रि॰ वि॰ २. पल्लो तटमा; पल्लो छेउमा । ३. उता; त्यतातिर । ४. टाढा ।

पारिजात१— ना॰ [सं॰] १. खस्रा पात हुने र मसिना र सेता सुगन्धी फूल फुल्ने एक जातको रूख; देववृक्षमध्ये एक । २. सुन्तला रबको भेट्नु र मसिना तथा सेता सुगन्धित फूल हुने एक वनस्पति; मालती फूल ।

पारिजात२— ना॰ [फा॰ परवाजे खुट्टामा पनि ठूलठूला प्वाँख हुने एक जातको परेवा ।

पारिजात३— ना॰ प्रसिद्ध लेखिका विष्णुकुमारी वाइवाको साहित्यिक नाम ।

पारित— वि॰ [सं॰] १. कुनै सभामा पेस गरेर विधिपूर्वक स्वीकृत भएको (विधेयक, प्रस्ताव इ॰) । २. नियमानुसार पास भएको । ३. परिणाम निस्केको । ४. उत्तीर्ण भएको ।

पारितोषिक— ना॰ [सं॰] १. राम्रो काम गरेबापत काम गर्नेलाई गराउनेले सन्तुष्ट भएर दिने पुरस्कार । २. पुरस्कार; इनाम; शिरपाउ ।

पारिदु्रम— ना॰ [सं॰] ससाना पात हुने र पहेँलो फूल फुल्ने गोदावरी फूलविशेष ।

पारिपार्श्विक— ना॰ [सं॰] नाटकमा सूत्रधारको सहकर्मी ।

पारिभद्र— ना॰ [सं॰] फलेदो (वृक्ष॰; ठूलठूला पात हुने वृक्षविशेष ।

पारिभाषिक— वि॰ [सं॰] १. साङ्केतिक रूपले विशेष अर्थ बुझाउने; प्राविधिक अर्थमा प्रयोग हुने (शब्द) । २. लक्षण भएको; परिभाषासम्बन्धी । ~ शब्द— ना॰ खासखास क्षेत्रमा चल्ने तथा विशिष्ट अर्थमा प्रयोग हुने र परिभाषा दिनुपर्ने खालका शब्द । ~ शब्दावली— ना॰ त्यस्ता शब्दहरूको सँगालो ।

पारिवारिक— वि॰ [सं॰] १. परिवारसम्बन्धी; परिवारको । २. परिवारमा हुने, पर्ने वा गरिने (काम–कुरा) । ३. जहानियाँ; जहानको । ~ उपादान— ना॰ परिवारवाला कर्मचारीले पाउने उपदान । ~ जीवन वृत्ति— ना॰ परिवारसमेतले पाउने वृत्ति वा पेन्सन । ~ बजेट— ना॰ परिवारको आवश्यकतालाई आधार बनाएर तयार गरिएको बजेट । ~ वर्गीकरण— ना॰ शब्द, अर्थ, वाक्य एवं ध्वनिसमानताका आधारमा भाषा, प्राणी र वनस्पतिलाई विभिन्न परिवारमा छुट्ट्याउने प्रक्रिया । ~ सुरक्षा— ना॰ सरकारका वा कुनै निकायका तर्फबाट सम्बन्धित कर्मचारीका परिवारको समेत सुरक्षा वा संरक्षण गर्ने काम ।

पारिश्रमिक— वि॰ [सं॰] १. परिश्रमसम्बन्धी; परिश्रमको । ना॰ २. परिश्रम वा कुनै कार्य गरेबापत पाइने वा दिइने धन; ज्याला; बनी; मजदुरी ।

पारी— ना॰ [सं॰ पाट+ई] धोती, सारी आदिलाई टिकाउ बनाउन केही बलियो किसिमले बुनेको किनार ।

पारुष्य— ना॰ [सं॰] १. कठोरता; कडापन । २. रूखोपन; खस्रोपन ।

पारे— वि॰ [पार+ए] पार भएको; पार पाएको; मुक्त । ~ घर्ती— ना॰ पार गरिदिएको दास; दासत्वबाट छुटकारा पाएको कमारो वा करिया ।

पारो१— ना॰ [सं॰ पारदे सेतो, चम्किलो र गह्रौँ एक प्रसिद्ध तरल धातु ।

पारो२— ना॰ [सं॰ प्रारोपके बिँडमा घुसारिने खुकुरी, हँसिया आदि हतियारको सुइरे अवयव ।

पारो३— ना॰ [सं॰ पट्टके १. सानो ठेकी; हातमा झुन्ड्याएर बोक्न सकिने खालको ठेकी; हाते ठेकी । २. मादल, ढोलक, तबला आदिको बीचमा लगाइने लेप । ३. तराजु ।

पार्क— ना॰ [अङ्॰] १. उपवन; बगैँचा (जस्तो— रत्नपार्क, भूगोलपार्क आदि) । २. बस, रिक्सा आदिको बिसौनी वा त्यस्ता सवारी अड्याएर राख्ने ठाउँ । > पार्किब— ना॰ पार्कमा यातायातका साधनहरू बिसाउने काम ।

पार्केट— ना॰ बैठक, कोठा आदिका फर्समा ठोकिने वा ठोकिएका विभिन्न आकारका काठका टुक्रा ।

पार्कोट— ना॰ [पारि+कोट] सेती अञ्चलमा पर्ने एक ठाउँ । >

पार्कोटे— वि॰ १. पार्कोटको; पार्कोटतिर बस्ने । २. अशिष्ट; पाखे; कोदे ।

पार्टी— ना॰ [अङ्॰] १. दल; मण्डली; राजनीतिक संस्था । २. खानपान गर्ने गोष्ठी; प्रीतिभोज ।

पार्थक्य— ना॰ [सं॰] १. भिन्नता; अन्तर; बेग्ल्याइँ; बेमेल; विसङ्गति । २. बिछोड; वियोग ।

पार्थिव— वि॰ [सं॰] १. पृथ्वीको; पृथ्वीसम्बन्धी । २. पृथ्वीबाट उत्पन्न; सांसारिक; भौतिक; लौकिक । ३. माटाको; माटाले बनेको । ना॰ ४. माटाको भाँडो । ५. माटाको शिवलिङ्ग । ६. एक संवत्सर । ७. पृथ्वीको पदार्थ; जड पदार्थ; भौतिक पदार्थ । ८. मनुष्यजाति; मर्त्यजाति ।

पार्लियामेन्ट— ना॰ [अङ्॰] संसद् ।

पार्वण— वि॰ [सं॰] १. पर्वको; पर्वमा हुने; पर्वसम्बन्धी । २. औँसी, पितृपक्षमा गरिने वा गर्नुपर्ने; सोह्रश्राद्धमा गरिने । ~ श्राद्ध— ना॰ पर्वमा गरिने श्राद्ध; आश्विन कृष्णपक्षमा गरिने श्राद्ध; सोह्रश्राद्ध ।

पार्वत— वि॰ [सं॰] १. पर्वतको; पर्वतसम्बन्धी; पर्वतीय । २. पर्वतमा हुने, रहने वा उम्रने; पहाडी । > पार्वतिक— ना॰ पर्वतहरूको शृङ्खला; पर्वतमाला । पार्वती— नाय १. हिमालय पर्वतकी छोरी; शिवकी अर्द्धाङ्गिनी; गौरी । २. हिमाली नारी । ३. पहाडे नारी ।

पार्वतीय— वि॰ पर्वतीय; पर्वती । पार्वतेय— वि॰ पर्वतबाट उत्पन्न; पर्वतबाट भएको ।

पार्वा— ना॰ [धि॰] धिमाल जातिले आ६ना पूर्वज तथा देवदेवीको पूजा गर्ने र कृषिऔजारको सरसफाइ गर्ने एक महत्त्वपूर्ण चाड; धिमाल–जातिको पितृपर्व र विश्वकर्माका पूजाको संयुक्त रूप ।

पार्श्व— ना॰ [सं॰] १. शरीरको हर । २. कुनै वस्तुको दायाँ वा बायाँ भाग; चोसो; सुर । ३. नजिकको ठाउँ; छरछिमेक; ४. छेउ; नजिक । ५. साज; सब । ~ गायक— ना॰ मुख्य गायकका साथसाथै गाउने अन्य गायक । ~ गायन— ना॰ मुख्य गायकका सुरमा सुर मिलाई गरिने गायन । — चर— वि॰ १. साथमा रहने; नजिक रहने । ना॰ २. अनुचर; नोकर । ~ चित्र— ना॰ धरातलीय स्वरूप देखाउने चित्र (ल्यान्डस्केप) । ~ टिप्पणी— ना॰ कुनै लेख वा पुस्तकको फट्केमा लेखिएको टिप्पणी । — बार— ना॰ जस्केलो । — रक्षक सेना— ना॰ पार्श्व अर्थात् पछिल्लो भागको रक्षा गर्ने सेना । — वर्ती— वि॰ १. नजिकमा रहने; साथै रहने; सहचर । २. नोकर; परिचारक । ~ शीर्षक— ना॰ कुनै पुस्तक, लेख आदिको पार्श्वमा दिइएको शीर्षक । > पार्श्वस्थ— वि॰ पार्श्ववर्ती; सहचर । > पार्श्विक— वि॰ जिभ्राको टुप्पाले वर्त्सलाई छोई जिभ्राको छेउछाउबाट सास बाहिर निस्कँदा उच्चरित हुने ध्वनि; पार्श्विक ध्वनि ।

पार्षद्— ना॰ [सं॰] परिषद्; सभा । > पार्षद— ना॰ १. परिषद्को सदस्य; सभासद् । २. प्राचीनकालीन राजभवनका अनुचर; सेवक; परिचारक ।

पार्सल— ना॰ [अङ्॰] हुलाक, रेल, मोटर, हवाईजहाज आदिबाट पठाइने सामानको पोको ।

पाल्–नु१— स॰ क्रि॰ [सं॰ पालने १. खान–लाउन दिएर कसैलाई आ६ना घरमा राख्नु; भरणपोषण गर्नु; प्रतिपालन गर्नु । २. मनोरञ्जन, उपयोग वा उपभोगका निम्ति पशुपक्षीलाई खानपान दिएर राख्नु । ३. स्याहारसम्भार गर्नु; हेरविचार गर्नु । ४. आज्ञा, अनुशासन, अर्ती, कर्तव्य, कानुन आदिका अनुसार चल्नु; पालना गर्नु; मान्नु; अनुशासनको रक्षा गर्नु । ५. सह्यार गर्नु; सुसार गर्नु । ६. रौँ, नब, रूख आदिलाई नकाटी बढ्न दिनु ।

पाल्–नु२— अ॰ क्रि॰ [पाउ+लाग्नु] १. कुनै मान्य जन आउनु; पदार्पण गर्नु । २. जानु (शिष्टार्थमा॰; पाउ लाग्नु ।

पाल१— ना॰ [सं॰ पटले १. अस्थायी रूपमा वास बस्नका निम्ति बनाइएको कपडाको डेरा । २. हावाका वेगबारा नाउ वा जहाज चलाउनका निम्ति नाउ वा जहाजका मस्तुलमा झुन्ड्याइने फराकिलो कपडा । ३. पाल्की, बग्गी आदिमाथि लगाइने ढकनी । ४. फलफूल गुम्स्याएर पकाउने विधि ।

पाल२— ना॰ [सं॰] १. रक्षा गर्ने व्यक्ति; रक्षक । २. गाईबस्तु चराउने र तिनको हेरचाहा गर्ने गोठालो । ३. राजा । ४. मध्यकालीन नेपालको एक प्रसिद्ध राजवंश । ५. नेपाली ठकुरीहरूको एक थर । — क— ना॰ १. पालन गर्ने व्यक्ति; पाल्ने व्यक्ति; रक्षक; अभिभावक । २. राजा । ३. गोठालो । ४. मालिक । वि॰ ५. पालन गर्ने; पाल्ने । ~ काव्य— ना॰ १. हात्ती, घोडा आदि प्राणीसम्बन्धी लक्षण, गुण आदिको निरूपण गरिएको शास्त्र । २. त्यसै शास्त्रका निर्माता एक प्राचीन मुनि ।

पालकी— ना॰ [सं॰ पल्यङ्के हे॰ पाल्की; म्याना ।

पालङ्क— ना॰ [सं॰] पालुङ्गाको साग । > पालङ्की— ना॰ १. पालङ्क; पालुङ्गो । २. गोलकाँक्री ।

पालन— ना॰ [सं॰] १. लाउन–खान दिएर गरिने रक्षण; भरणपोषण; पलाइ; पोसाइ । २. आज्ञा, निर्देश, वचन, कर्तव्य आदिको अनुसरण; पालना । ३. कुनै प्रयोजनका निम्ति पशुपक्षी पाल्ने काम । —

तालन— ना॰ पालन; लालनपालन । ~ पोषण— ना॰ पाल्ने एवं पोस्ने काम; हेरचाहका साथमा खानलाउन दिने काम; लालनपालन; पालनतालन । > पालनीय— वि॰ १. पाल्न योग्य; पालन गर्न लायक; रक्षणीय । २. अनुसरणीय; अनुकरणीय ।

पालपुल/पालपोल— ना॰ [रू पोलपाले १. पोल लगाउने कार्य । २. कामचलाउ किसिमले पोल्ने वा झुल्स्याउने कार्य ।

पालम— ना॰ [भो॰ ब॰] लिम्बू जातिले धाननाचमा जुहारीका रूपमा गाउने गीत ।

पालयिता— वि॰ [सं॰] १. पालन गर्ने; पाल्ने; रक्षक । ना॰ २. अभिभावक । ३. पालनकर्ता ।

पाला— ना॰ [प्याला < फा॰ पियाले माटाको सानो कटौरी ।

पालि१— ना॰ यो॰ [पालो+इ] पालामा; पटक; बाजि (यसपालि, पहिलोपालि इ॰) ।

पालि२— ना॰ [सं॰] १. पङ्क्ति; श्रेणी । २. गालाको माथिल्लो भाग । ३. किनारा; छेउ । ४. कानको उठेको भाग । ५. साँघु । ६. काख; कोख । ७. लाम्चो छाँटको तलाउ । ८. नदी वा बाटामाथि वारिदेखि पारिसम्म पवित्र वृक्षका पात, फूल आदि जडेर टाँगिने डोरी; तोरण ।

पालि३— ना॰ [सं॰] १. बुद्धले दिएका उपदेशहरू सङ्कलन गरिएको बौद्धहरूको संस्कृतभन्दा पहिलेको भाषा । २. अर्धमागधी इलाकामा बोलिए तापनि अर्धमागधीसँग निकै भिन्न सोही लेख्य भाषा; सिंहली वा एलुको पूर्वरूप ।

पालित— वि॰ [सं॰] १. पालिएको; पालना गरिएको; भरणपोषण गरिएको । २. अनुसरण गरिएको; मानिएको; टेरिएको ।

पालिनु— क॰ क्रि॰ [पाल्+इ+नु] भरणपोषण गरिनु ।

पालिस— ना॰ [अङ्॰ पलिशे १. कुनै वस्तुलाई चम्किलो वा टल्कने बनाउने साधन; रोगन । २. सो साधनबाट हुने चमक; टलक । ३. दाँत, नब आदिको टल्कने बाहिरी भाग । ४. शरीर वा अनुहारको रूप वा रोगन । — दार— नि॰ १. पालिस लगाएको; टल्काएको; चम्काएको । २. तेजिलो । > पालिसे— वि॰ पालिस लाएझैँ गरी कुरा गर्न सिपालु; ठिक्क पारेर कुरा गर्ने ।

पाली१— ना॰ [पालो+ई] १. पालो; पटक; फेरा । २. समय; मौका; बखत ।

पाली२— ना॰ [सं॰] १. घरको माथिल्लो मुख्य छानाभन्दा तल गारोबाट झिकेको सानो छानो; अर्माली; सिकुवाको छानु । २. सिकुवा; दलान । ३. पालि (भाषा॰ ।

पालुब— ना॰ टिस्टुबनजिकैको एक ठाउँ ।

पालुङ्गे— वि॰ [पालुङ्गो+ए] पालुङ्गोसम्बन्धी; पालुङ्गोजस्तो । ~

च्याउ— ना॰ खैरा रबको, खान हुने एक छत्राकार च्याउ ।

पालुङ्गो— ना॰ [सं॰ पालङ्के रातो, कमलो जरा हुने, प्रायः चम्सुरसँग मिलाएर पकाइने एक जातको प्रसिद्ध साग । (आयुर्वेदमा यसको पात ठन्डा गर्ने, आन्द्राको रोग निको पार्ने र फोक्साको हित गर्ने बताइएको छ । रातो डाँठ हुने गोब्रे पालुङ्गो र हरियो डाँठ हुने पाटने पालुङ्गो गरी यसका दुई किसिम छन्॰ ।

पालुवा— ना॰ [सं॰ पल्लवे बोटबिरुवामा पलाएको नयाँ पात, मुनु, चिउलो आदि; पल्लव ।

पाले— ना॰ [पालो +ए] १. पालो बस्ने व्यक्ति; ढोके । २. पहरा दिने व्यक्ति; पहरेदार । ३. चौकी कुर्ने व्यक्ति; चौकीदार । ४. अड्डाखानाको अर्दली । ~ उब— ना॰ पालो बस्दा पालेलाई आएझैँ आउने उब । ~ घर— ना॰ अड्डाखाना, विद्यालय, महाविद्यालय आदिमा पाले बस्न बनाइएको सानो घर वा छाप्रो ।

पालैपालो— क्रि॰ वि॰ [पालो+इ+पालो] १. पालोपालो गरेर; पालैसँग । २. एकको पालो सकिएपछि अर्को जाने वा आउने किसिमले । ३. त्यसरी नै एकपछि अर्काको पालो आउने गरी ।

पालैसान्ती— क्रि॰ वि॰ [पालो+ए+सान्ती] क्रमैसँग; एकपछि अर्को गरेर; पालोको पूर्वापर क्रमलाई ध्यानमा राखेर ।

पालो१— ना॰ [प्रा॰ पालओ < सं॰ पालके कुनै कुराको हेरविचार; रखवारी; निगरानी; पहरा ।

पालो२— ना॰ [सं॰ पाल+ओ] १. चोटि; खेप; पटक; बाजि । २. क्रम; सिलसिला । ३. क्रमले वा नियमले कुनै काम गर्ने अधिकार वा दायित्व; पाली । ४. मौका; अवसर । (उदा॰— कहिले सासूको पालो कहिले बुहारीको पालो । —उखान॰ । पालो पहरा— ना॰ [पालो+पहरो पाले राख्ने कार्य; पालोको व्यवस्था; पहरादारी । पालो पैँचो— ना॰ [पालो+पैँचो] १. कसैले गरेका गुणको प्रत्युपकार । २. अरूका दुर्गुणको साटोफेराइ । ३. मौका–अवसर । क्रि॰ वि॰ ४. बेलामौकामा । (उदा॰— पालोपैँचो एक दिन मैले पनि यसको परिणाम देख्न पाउँला॰ ।

पालोसान्ती— क्रि॰ वि॰ [पाली+शान्ति] हे॰ पालैसान्ती ।

पाल्की— ना॰ [सं॰ पल्यङ्के मानिसले बोकेर लाने मास्तिर छत भएको एक विशेष प्रकारको यान; म्याना; छाना र झ्यालसमेत भएको तामदान; पालकी ।

पाल्ता— ना॰ [पात+लो कर्णाली अञ्चलतिर तिहुनतरकारीको रूपमा खाइने फापरको पात ।

पाल्पा— ना॰ [सं॰ पाल+भो॰ ब॰ पो नेपालको पश्चिमाञ्चल विकास क्षेत्रभित्र पर्ने लुम्बिनी अञ्चलको तानसेन सहर सदर मुकाम भएको एक पहाडी जिल्ला ।

पाल्य— वि॰ [सं॰] पाल्न योग्य; पालन गर्न लायक ।

पाल्सी— ना॰ [अङ्॰ पलिसी] १. छँदाखाँदाका शब्दहरूलाई उल्टापल्टा पारेर बोलिने बोली; कूटभाषा; पाल्से; पालिसे (जस्तै— 'राम भात खान जान्छ' को 'मार ताभ नाख छान्ज' ।) । २. शब्दहरूमा कुनै अक्षर वा पद जोडेर बोलिने बोली (जस्तै— बिराम बिभात बिखान बिजान्छ॰ । वि॰ ३. कूटनैतिक; पेचिलो; पोलिसीदार । ~ कुरो— ना॰ पाल्सी ढङ्गले गरिएको कुरा ।

पाल्से— ना॰/वि॰ [अङ्॰ पलिसी+ए] पाल्सी । ~ कुरो— ना॰ पाल्सीकुरो ।

पावक— ना॰ [सं॰] १. आगो । २. सूर्य । ३. बिजुली; चट्याबको मल्याकमिलिक । वि॰ ४. वस्तुलाई पवित्र पार्ने; शुद्ध पार्ने; प्रशोधक; चोख्याउने ।

पावन— ना॰ [सं॰] १. आगो । २. प्रायश्चित्त; पतिया । वि॰ ३. शुद्ध; पवित्र । ४. पापबाट मुक्त गर्ने; अधर्म छुटाउने । ५. पवित्र पार्ने; शुद्ध गर्ने; पावक ।

पावनी— ना॰ [सं॰ पर्वणी] शास्त्रले वा सांस्कृतिक परम्पराले तोकेको पवित्र दिन; चाड; पर्व; पवनी; पौनी ।

पावर— ना॰ [अङ्॰] १. शक्ति; सामर्थ्य; तुजुक । २. अधिकार; हक; दैया । ३. यन्त्रको चल्ने क्षमता । ४. विद्युत्शक्ति; करेन्ट । ~

हाउस— ना॰ बिजुलीको शक्ति पैदा गर्न बनाइएको घर; बिजुलीघर ।

पावै— ना॰ [पावो (=पाखो॰+ई] १. मतवाली छेत्री । वि॰ २. पाखे ।

पाश— ना॰ [सं॰] १. फसाउने काममा प्रयोग हुने, सुर्काउनी पारेको र धेरै फेरो भएको डोरी; पासो; प्राचीनकालको जालजस्तो एक अस्त्र । २. पशुपक्षीहरूलाई फसाउने जाल; फन्दा । ३. कुनै किसिमको बन्धन । ४. डोरी । ५. पासा वा जुवाको खेल । —

— ना॰ १. पासो । २. पासा वा जुवाको खेल । — क्रीडा— ना॰ जुवा (खेल) । ~ बन्धक— ना॰ पासोबारा चराचुरुङ्गी मारी त्यसबाट जीविका गर्ने व्यक्ति; व्याधा । ~ बन्धन— ना॰ १. पासाले बाँध्ने काम; डोरीको बन्धन । २. पासो; डोरी । ३. जाल; फन्दा ।

पाशविक— वि॰ [सं॰] १. पशुसम्बन्धी; पशुको । २. पशुको जस्तो । ३. पशुसुहाउँदो । ४. निन्दनीय ।

पाशिक— ना॰ [सं॰] चराचुरुङ्गीको सिकार गर्ने व्यक्ति; व्याधा ।

पाशित— ना॰ [सं॰] पाशमा फसेको; पासामा परेको; फन्दामा परेको ।

पाशी— वि॰ [सं॰] १. पाश लिने; पासो बोक्ने । ना॰ २. वरुण । ३. यम । ४. व्याधा ।

पाशुपत— वि॰ [सं॰] १.सनातन धर्मको पशुपतिपूजासम्बन्धी; पशुपतिको । ना॰ २. पशुपति वा शिवको उपासक । ३. पशुपतिको उपासना । ४. एक प्रकारको शैव सम्प्रदाय । ५. शिवजीले बताएको भनी प्रसिद्ध एक तन्त्र । ६. अथर्ववेदको एक उपनिषद् । ~ क्षेत्र— ना॰ १. पशुपतिका मन्दिरका चारै किल्लामा रहेको निश्चित तीर्थस्थल । २. नेपालतीर्थ । ~ दर्शन— ना॰ सबै जीवहरूलाई पशु र तिनीहरूका अधीश्वर शिव मानिने एक प्रसिद्ध दर्शन । > पाशुपतास्त्र— ना॰ महादेवबाट अर्जुनले पाएको एक अस्त्र ।

पाश्चात्य— वि॰ [सं॰] १. पश्चिम दिशाको; पश्चिमेली; पश्चिमा; पश्चिमी । २. पछिल्लो; पछिल्तिर परेको । ३. पश्चिम दिशातिर रहने । ४. पश्चिमी महादेश (युरोप र अमेरिका॰ अथवा सुदूर पश्चिमका देशसित सम्बन्ध राख्ने वा सुदूर पश्चिमी देशमा बस्ने । ~ कला— ना॰ युरोप, अमेरिका आदि महादेशमा विकसित भएको कला । ~ दर्शन— ना॰ पश्चिमी मुलुकका दार्शनिकहरूबाट अँगालिएको दर्शन । ~ देश/मुलुक— ना॰ युरोप वा अमेरिकाको कुनै देश । ~ सभ्यता— ना॰ पश्चिमेली सभ्यता । ~ साहित्य— ना॰ युरोप, अमेरिका आदिमा विकसित भएको साहित्य । >

पाश्चात्यीकरण— ना॰ १. पूर्वीय देश वा त्यहाँका निवासीउपर क्राइस्टेली बीसौँ शताब्दीमा परेको पाश्चात्य कला, संस्कृति, सभ्यता आदिको प्रभाव । २. त्यस्तो प्रभावमा पर्ने वा पार्ने क्रिया–प्रक्रिया ।

पाषण्ड— ना॰ [सं॰] हे॰ पाखण्ड । > पाषण्डी— ना॰/वि॰ पाखण्डी ।

पाषाण— ना॰ [सं॰] ढुङ्गो; पत्थर; शिला । — तह— ना॰ पृथ्वीमा वा त्यसको भित्र रहेका ढुङ्गाहरूको तह । — दारक— ना॰ छिनो । —

भेद— ना॰ १. बाटुला किसिमका ठूलठूला पात हुने सेता वा राता फूल फुल्ने एक जातको बुटी । २. त्यसैको कन्द वा जरो । (यसका चार किसिम छन् । आयुर्वेदमा यसको गुण धातु बहने, मूत्रकृच्छ्र, पत्थरी आदि रोगलाई नाश गर्ने र योनिसम्बन्धी रोग नाश गर्ने बताइएको छ॰ । ३. एक स्वादिष्ठ फल; पाखनबेत । ~ युग— ना॰ १. झन्डै पाँच लाख वर्षपूर्वका आग्नेय मानवको पालादेखि आरम्भ भएको ढुङ्गालाई हतियारको रूपमा प्रयोग गर्ने एक आदिम युग; मानिसहरूले धातु पत्ता लाउनुभन्दा पहिलेको युग; ताम्रयुगभन्दा पहिलेको युग । २. निम्नपुरापाषाण, मध्यपुरापाषाण, अपरपुरापाषाण, मध्यपाषाण र नवपाषाणको साझे नाम । ~ रोग— ना॰ मूत्राशय, मिर्गौला, पित्तेथैली आदिमा पत्थर जम्ने रोग; पत्थरी । — वत्— वि॰ १. ढुङ्गाजस्तो । २. जड । ३. मूर्ख । ४. मरेको । ५. बेहोस । ६. निश्चल । ~ हृदय— वि॰ पत्थरजस्तो कठोर हृदय भएको; निष्ठुर; निर्दयी; निर्माया; निर्मोही ।

पास१— ना॰ यो॰ [सं॰ पार्श्वे १. नजिक; नेर; निकट; निर । २. साथ; सँग; सित । ना॰/क्रि॰ वि॰ ३. निकट; नजिक ।

पास२— ना॰ [सं॰ पाशे हे॰ पाश ।

पास३— ना॰ [अङ्॰] १. परीक्षा वा अन्य कुनै जाँचमा उत्तीर्ण हुने प्रक्रिया; सफलता (चार पास, छ पास) । २. पार हुने वा छिर्ने काम । ३. प्रतिबन्ध लागेका ठाउँमा विनारोकटोक जानका निम्ति दिइने टिकट । वि॰ ४. निपुण; दक्ष; सिपालु । ५. स्वीकृत; मन्जुर; पारित । — पोर्ट— ना॰ विदेशमा जानका निम्ति आ६नो सरकारले दिने अनुमतिपत्र; राहदानी । ~ फेल— ना॰ १. परीक्षामा होइने सफलता–असफलता । वि॰ २. पास वा फेल भएको, उत्तीर्णानुत्तीर्ण । ~ बुक— ना॰ ब्याङ्कमा रुपियाँ जम्मा गर्नेलाई ब्याङ्कले रुपियाँको हरहिसाब लेखिदिने पुस्तिका; समर्थनपुस्तिका ।

पास४— [अङ्॰] भन्ज्याब (खैवर पास, नाथुला पास॰ ।

पासलपुसल/पासलीपोसली— ना॰ [सं॰ पार्श्व+ल (बि॰)] नेपालमा चलेको एक प्रकारको बालखेल । पास हुवाइ— अ॰ क्रि॰ [अङ्॰ पास+हुवाइ] १. छात्रछात्राहरू जाँचमा सफल हुने क्रियाप्रक्रिया । २. कुनै सभा, बैठक आदिमा पेस गरिएका प्रस्तावहरू पारित हुने क्रियाप्रक्रिया । ३. एकातिरबाट अर्कातिरको छिराइ, उम्काइ वा पारहुवाइ ।

पासा— ना॰ [प्रा॰] १. पच्चीस खेलमा झैँ थर्कीको प्रयोग हुने तर कौडीको साटो छ, पाँच, दुई र एक बिन्दु हुने लाम्चो र चारपाटे टुक्रो गुडाएर खेलिने खेल । २. सो खेलमा गुडाइने तीनमध्ये कुनै एक टुक्रो वा गुड्को ।

पासो१— ना॰ [सं॰ प्रवेशे बन्चरो, कोदालो आदिको बिँड घुसार्ने भाग ।

पासो२— ना॰ [सं॰ पार्श्वे गाईबस्तुका दायाँ र बायाँतिरका दुई थुनको समूह; फाँचाको दायाँ वा बायाँ भाग ।

पासो३— ना॰ [सं॰ पाशे १. पशुपक्षी वा मानिसलाई फसाउने सुर्काउनी पारेको डोरी; पाश; जाल । २. बाघ, भालु आदि जन्तुलाई थुन्ने खोर; धराप । ३. अल्झो; झन्झट । ४. आत्महत्या गर्नेले झुन्डिने डोरी ।

पास्नी— ना॰ [सं॰ प्राशन+ई] बालकहरूलाई पहिलोपल्ट अन्न खुवाउने संस्कार; अन्नप्राशन ।

पाहाँचरे— ना॰ [नेवा॰] काठमाडौँ जिल्लाका नेवारहरूले घोडेजात्राका दिन मनाउने पाहुनाचाड ।

पाहा— ना॰ [सं॰ भेक > प्रा॰ भेअ > ८ भ्याआ > पाहो १. ठूलो जातको पानीभ्यागुतो; ब्याब । वि॰ २. पाहाजस्तै गरेर सुत्ने; सुताहा; सुतुवा । ३. राम्रो हिँड्न नसक्ने; घस्रिएझैँ गरेर हिँड्ने । ४. फुर्ती नभएको; जुम्सो ।

पाहार— ना॰ [प्रा॰ पभाड > पाहारे पहार । > पाहारिलो— वि॰ पहारिलो; घमाइलो ।

पाहि— वि॰ बो॰ [सं॰] आ६नो रक्षाका निमित्त अरूसित मद्दत माग्दा प्रयोग गरिने शब्द; गुहार ।

पाहिक/पाही— वि॰ [सं॰ पादय, फा॰ पायगे पायक; पाइक ।

पाहुना— ना॰ [पाहुनु] अतिथि; पाहुनु । ~ घर— ना॰ पाहुनाहरूलाई बस्न बनाइएको घर; अतिथिनिवास । ~ चाड/पर्व— ना॰ पाहाँचरे । — पाछा— ना॰ पाहुना र पाहुनासमानका मानिसहरूको समूह ।

पाहुनु/पाहुनो— ना॰ [सं॰ प्राघुणिक/प्राहुणे घरमा बास बस्ने गरी वा केही दिन रहने गरी आएको सत्कार गर्न योग्य इष्टमित्र वा अन्य व्यक्ति; अतिथि; अभ्यागत ।

पाहुर१— ना॰ [सं॰ प्राभृते कसैकहाँ जाँदा सम्मानका निम्ति लगिने वा ल्याइने कोसेली; सौगात; नजराना; पाउर ।

पाहुर२— ना॰ हे॰ पागुर; उग्राइ ।

पिँजडा/पिँजरा— ना॰ [सं॰ पिञ्जरे चराचुरुङ्गी आदिलाई थुनेर पाल्नाका निम्ति बाँसका छेस्का, तार आदिले बनाइएको खोर ।

पिँडालु— ना॰ [सं॰ पिण्डालु] उत्तानु परेका ठूला, नरम पात हुने; जरा काँचै खाँदा कोक्याउने र धेरै सेला भएको आलुजस्तो कन्द वा गानु फल्ने एक वनस्पति; कर्कला वा त्यसको जराको गानु; कलिलो पात गाभाको रूपमा र जरामा फल्ने गानु; उसिनेर वा तरकारी पकाएर खाइने वनस्पतिविशेष ।

पिँडाल्ने— ना॰ [पिँडालु+ने] सिमसारमा हुने, लामा डाँठ तथा ठूलठूला चिल्ला, हरिया, पानी नअडिने मुटुका आकारका पात हुने सानो जातको जलकुम्भी; त्यसैका फेदमा हुने कोक्याउने कन्दविशेष ।

पिँडी— ना॰ [सं॰ प्रवेदी] १. पेटी; पिँढी । २. डोरीले बनेको खाट; डोरीको खाट; चारपाई; पिँडी वा पेटीमा ओछ्याइने खाट । ~ साँढे— ना॰ आ६नो गाउँ वा घरमा मात्रै फुर्तीफार्ती गर्ने तर बाहिर गएपछि लुरुक्क पर्ने व्यक्ति; घरसाँढा ।

पिँडुली— ना॰ [पिँडुलो+ई] पिँडुलोको सानो रूप । (कविता, गीत र लोकगीतमा प्रयोग॰ ।

पिँडुले— वि॰ [पिँडुलो+ए] ठूलठूला मोटा पिँडुला हुने ।

पिँडुलो— ना॰ [पिण्ड+उल्ल < सं॰ पिण्डकुले कुर्कुच्चो र घुँडीखोप्रीका बीचको भुक्क उठेको अवयव; घुँडा र नलीखुट्टाबीचको कसिलो मासु भएको छेपारी ।

पिँडे— वि॰ [पिँडो+ए] ठूलठूला पिँडा वा फिला हुने (खसी, भेडा आदि॰ ।

पिँडो— ना॰ [सं॰ पिण्डे १. गाई–गोरुलाई खुवाउन पीठो र सखर मिलाई डल्लो पारिएको दाना; पीठो र सखर मिलाई डल्लो पारिएको, गाई–गोरुले खाने दाना । २. खान भनी काटेका पशुको पिँडुलो वा पिँडुलाको मासु ।

पिँडौला/पिँडौलो— ना॰ [सं॰ पिण्डकुले घुँडादेखि मुनि नलीखुट्टाको पछिल्तिर भुक्क उठेको मांसल भाग; पिँडुलो ।

पिँढिया— ना॰ [सं॰ पिण्डिको धानको दाइँ गरेपछि मनाइने उत्सव; थारु–जातिको भूमे पूजा र त्यससम्बन्धी उत्सव ।

पिँढी— ना॰ १. बस्न र केही राख्न हुने गरी गाराको सट्टा थामहरू हाली बनाइएको, घरको गाराबाहिरको भाग; दलान; पिँडी । २. बाबु, बाजे, बराजु आदि र छोरो, नाति, पनाति आदिको पूर्वापर क्रम; वंशपरम्परा; पुस्ता (जस्तो—सातौँ पिँढी, आठौँ पिँढी आदि॰ । ३. उमेर र अवस्थाका आधारमा निर्धारित मानिसहरूको जमात । (उदा॰— बाल पिँढी, युवा पिँढी, नयाँ पिँढी, भोको पिँढी आदि) । ~ साँढे— ना॰ आ६ना गाउँ वा घरमा फुर्ती देखाउने तर अन्यत्र केही बोल्न–गर्न नसक्ने व्यक्ति; आ६नो पिँढीमा मात्र डुक्रिने व्यक्ति; पिँडीसाँढे ।

पिँद्–नु— स॰ क्रि॰ [पिँध्+नु] चूर्ण पार्नु; धूलो पार्नु; पिन्नु; पिँध्नु । श्र पिँदाइ— ना॰ पिँधाइ । पिँदाइनु— क॰ क्रि॰ पिँधाइनु ।

पिँदाउनु— प्रे॰ क्रि॰ पिँधाउनु । पिँदिनु— क॰ क्रि॰ पिँधिनु ।

पिँध्–नु— स॰ क्रि॰ [सं॰ पिष्ट=पेषणे १. घट्ट, जाँतो वा त्यस्तै प्रकारका यान्त्रिक उपकरणका सहायताले अन्न आदिलाई पीठो पार्नु; खल, सिलौटो आदिमा राखेर नुन, मसला आदि मसिनो पार्नु; चूर्ण पार्नु; पिन्नु; पिस्नु । २. अर्कालाई थिचोमिचो गर्नु; लेथ्नो पार्नु; दमन गर्नु; हेप्नु ।

पिँध— ना॰ कुनै भाँडो वा वस्तुको सबैभन्दा तल्लो भाग; पुछार; पीँध । २. तल्लो सतह; तल्लो भाग; भुईं । ३. फेद; फेदी ।

पिँधाइ— ना॰ ] । पिँध् -+आइ॰] पिँध्ने क्रिया वा प्रक्रिया । [ > ]

पिँधाइनु— क॰ क्रि॰ पिँध्न लाइनु । पिँधाउनु— प्रे॰ क्रि॰ पिँध्न लाउनु । पिँधिनु— क॰ क्रि॰ पिँधाइमा पारिनु; पिसिनु । पिँधुवा— वि॰ १. पिँध्ने; दल्ने । २. अत्याचारी । स्त्री॰ पिँधुवी, पिँधुवै ।

पिउ–नु— स॰ क्रि॰ [सं॰ पिव्+नु] पानी, दूध, रक्सी आदि तरल पदार्थ मुखमा हाली निल्नु; पन्यालो पदार्थ घुट्क्याउनु; पान गर्नु । २. चुरोट, तमाखु आदि धूवाँ आउने वस्तु मुखले तान्नु; चुरोट, तमाखु आदि खानु; धूम्रपान गर्नु ।

पिउठ— ना॰ [अङ्॰ पिभटे १. सिपाहीभन्दा माथिल्लो एक जङ्गी दर्जा । २. त्यो दर्जाको व्यक्ति ।

पिउन— ना॰ [अङ्॰ पियने १. चिठीपत्र आदि पुथ्याउन, कार्यालयलाई सफा सुग्घर राख्न र दैनिक रूपमा कार्यालयमा परिआउने अन्य काम पूरा गर्न, सरकारी, अर्धसरकारी वा गैरसरकारी कार्यालयमा नियुक्त कर्मचारी; कार्यालयको तल्लो तहको कर्मचारी । २. त्यस्तो कर्मचारीको दर्जा; पियन । ~ बुक— ना॰ पिउनहरूले चिठीपत्र आदि बुझाउँदा भर्पाई गराउने पुस्तिका; भर्पाई–पुस्तिका ।

पिउरी— ना॰ [सं॰ पृक्तोर्णी] धागो, बत्ती आदि कात्न धनुले फट्केर लाम्चो आकारको बनाइएको ऊन, कपास आदिको लुर्को; धागो, बत्ती आदि कात्न बनाइएको फट्केका कपासको लामो लुर्को; प्यूरी ।

पिउरो— ना॰ [सं॰ पिकट > प्रा॰ पिअडो] हिमाली लेकमा पाइने एक जातको सानो चरो; प्यूरो ।

पिउसो— ना॰ [पिप्सो] १. फोहोर ठाउँमा हुने, भुसुनोभन्दा पनि सानो एक जातको उड्ने कीरो । २. नवजात बालकको असहाय अवस्थालाई बुझाउने शब्द; सानो निर्धो बालक । ३. पिलोभन्दा सानो पकुवा घाउ; पिप्सो; प्यूसो ।

पिक१— ना॰ [सं॰] कोकिल; कोइली ।

पिक२— ना॰ डल्ल्याँठाका ढाँचाको, दुईतिर दुई किसिमका चुच्चा भएको, साथ्हो जमिन वा पक्की सडक आदि खन्ने फलामे हतियार; सडक आदि खन्ने, फुटाउने एक प्रकारको फलामे साधन; एक प्रकारको झम्पाल ।

पिक३— ना॰ [सं॰ पृक्ते १. पान, सुर्ती आदि खाएर थुकिने थुक; फिक । २. थुक । — दान/दानी— ना॰ पिक वा खकार, थुक आदि थुक्ने भाँडो; थुकदानी ।

पिकपाया— ना॰ दुई देशका सिमाना छुट्ट्याउन गाडिएको लट्ठा वा ढुङ्गो, सिमेन्ट वा फलामको खाँबो; मुर्चल; साँगीढुङ्गो; साँधे ढुङ्गो ।

पिब— ना॰ [प्रा॰ पेंखोल < सं॰ प्रेङ्खो १. रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन; पीब । २. त्यस साधनमा बसी झुल्दै वा मच्चाउँदै खेलिने खेल; पीब । ~ खेलाइ— ना॰ १. पिब खेल्ने काम । २. निद्रा वा उँघको झुलाइ । ३. अर्कामाथिको ढलीमली । ४. दुब्लाएर सकीनसकी हिँड्ने अवस्था ।

पिङ्गल— ना॰ [सं॰] १. नीलो र पहेँलो मिसिएको रब; खैरो रब; कैलो वर्ण । २. प्याँलो; पहेँलो । वि॰ ३. त्यस्तो रबको । ~ सूत्र— ना॰ पिङ्गलनामक मुनिले बनाएको छन्दशास्त्र । > पिङ्गला— ना॰ १. राजा भर्तृहरिकी पत्नी; मैयाँ पिङ्गला । २. षट्चक्रको अभ्यासमा प्रयोग हुने योगशास्त्रअनुसारको एक नाडी । वि॰ ३. पिङ्गल वर्णकी (नारी) । ४. वेश्या ।

पिच— ना॰ [अङ्॰] सडक आदि बनाउने काममा प्रयोग गर्नका लागि रासायनिक प्रक्रियाबारा तयार पारिएको, तापले पग्लने एक प्रकारको कालो लेसाइलो पदार्थ; अलकत्रा; कालोपत्र ।

पिचकारी— ना॰ [अ॰ मू॰ पिच्च+सं॰ कारी] हे॰ पचका ।

पिचपिच— क्रि॰ वि॰ [अ॰ मू॰ पिच्+अ (बि॰)] १. बारबार थुक फालेर । न्ाा॰ २. त्यस प्रकारको थुकाइ । > पिचपिचाइ— ना॰ पटक–पटक मुखबाट थुक निकालिरहने क्रिया–प्रक्रिया ।

पिचपिचाइनु— क॰ क्रि॰ १. पिचपिच थुक निकालिनु । अ॰ क्रि॰ २. पिचपिच थुक्ने होइनु । पिचपिचाउनु— अ॰ क्रि॰ पिचपिच थुकिरहनु । पिचपिचाहट— ना॰ पिचपिच थुकिरहने अवस्था वा क्रिया–प्रक्रिया; पिचपिचाइ । पिचपिचे— वि॰ पिच्च–पिच्च पारिरहने; बारबार थुकिरहने (व्यक्ति॰ ।

पिचा— ना॰ [सं॰ पिटे बाँसका मसिना चोयाले बनेको समाउने वा झुन्ड्याउने उझिन्डो नलागेको, कँडालीका ढबको भाँडो ।

पिचास— ना॰ [सं॰ पिशाचे १. हे॰ पिशाच । वि॰ २. पिचासे । श्र पिचासे— वि॰ १. जथाभावी खाने; हन्तकाली । २. फोहोरी; असभ्य; जङ्गली ।

पिचिक— ना॰ [अ॰ मू॰] साह्रै थोरै मात्रामा थुक्ने चाल । ~ पिचिक— क्रि॰ वि॰ १. घरिघरिको थुकाइका साथमा; छिन नबिराईकन थुक्तै गरेर; पिच्च–पिच्च । ना॰ २. त्यस प्रकारको थुकाइ । > पिचिक्क— क्रि॰ वि॰ १. दबिएर वा निचोरिएर लेदो पदार्थ बलसित अलिकति निस्कने वा निकालिने किसिमले । २. थोरै मात्रामा; पितिक्क । ना॰ ३. त्यस्ता पदार्थको बलपूर्वकको झिकाइ वा निक्लाइ ।

पिचिच्च— क्रि॰ वि॰ [अ॰ मू॰ पिच् > पिचिच्+च] बलपूर्वक लगातार पिचिक्क भएर; बडो साँघुरो स्रोतबाट पिचिक्क भएर निक्लने किसिमले ।

पिचुवा— ना॰ [पुतु+वो हे॰ पिच्चो ।

पिच्का— ना॰ [अ॰ मू॰ पिच्+को १. पचका वा त्यस्तै साधनबारा पानी आदि तरल पदार्थ छर्कने किसिम; पचका आदिबाट पानी आदि तरल पदार्थ निस्कने किसिम । २. पचकाबाट छुटेको झैँ पानीको प्रवाह । ३. पचका । > पिच्कारी— ना॰ पचका ।

पिच्च— क्रि॰ वि॰ [अ॰ मू॰ पिच्+च] १. एकै थुकाइमा; थुक्दाको एकै प्रयासमा । ना॰ २. एकै प्रयासको वा एकै पटकको थुकाइ । ~ पिच्च— क्रि॰ वि॰ १. बारबार थुकेर; थुक्दाको अनेकौँ प्रयासमा । ना॰ २. अनेकौँ पटकको लगातारको थुकाइ ।

पिच्चा— बालखेलको थेगो (कानेकाने पिच्चा॰ ।

पिच्चो— ना॰ [पुती + ओ] स्त्री–जातिको जननेन्द्रिय; पिचुवा ।

पिच्छ— ना॰ [सं॰] १. मयूर आदिको पुच्छर । २. पुच्छर ।

पिच्छिल— वि॰ [सं॰] १. पुच्छर भएको । २. चिप्लो ।

पिच्छे— ना॰ यो॰ [सं॰ पश्च+ए] १. प्रत्येकलाई एक पर्ने गरी; अपुङ्गी (उदा॰ मान्छेपिच्छेका बेग्लाबेग्लै कुरा सुनिन्छन् रू) । २. प्रति (व्यक्ति, वस्तु इ॰, जस्तै—व्यक्तिपिच्छे, ठावँैपिच्छे इ॰) ।

पिछड्–नु— अ॰ क्रि॰ [पिछाडि+नु] पछाडि पर्नु, पछि पर्नु । श्र पिछडाइनु— क॰ क्रि॰ पछाडि पर्ने तुल्याइनु; पछि पारिनु ।

पिछडाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ पछाडि पार्नु वा पार्न लाउनु ।

पिछडाहट— ना॰ पिछडाइ । पिछडिएको— वि॰ १. आर्थिक सामाजिक आदि स्तरमा पछि परेको । २. प्रतियोगितामा पछि परेको ।

पिछलग्गू— वि॰ [पिछा+लग्गू] १. अर्काको पछि लाग्ने स्वभावको; कुनै काममा आफैँ अगाडि बढ्ने खूबी नभएको; पुछ्रे; चम्चा ।

पिछही— ना॰ [पिछा+ही] शरण पर्न आउनेले ल्याउने कोसेली वा दस्तुर ।

पिछा— ना॰ [सं॰ पश्च+ओ १. कसैलाई समात्न, मार्न वा कुनै किसिमको हानि पुथ्याउन थाहा नपाइने गरी पछि लाग्ने काम; लखेट्ने काम; पछेडा । २. सहायता, सहयोग आदि पाउनका निम्ति कसैको पछि लाग्ने काम; पछ्याउने काम । ३. आश्रय वा शरणमा पर्ने काम; आशापिछा । ~ गराइ— ना॰ १. अनुसरण । २. आश्रयग्रहण ।

पिछाडि— क्रि॰ वि॰ [पिछा+डि] पछाडि ।

पिछे— ना॰ यो॰ [सं॰ पश्च+ए] पिच्छे ।

पिञ्जर— ना॰ [सं॰] १. पिँजरा । २. पहेँलो रब । ३. शरीरका हाडहरूबाट बनेको पिँजराको आकार; अस्थिपिञ्जर; आँठ– अठिङ्गर । > पिञ्जरा— ना॰ १. पिँजरा; पिँजडा । २. पिञ्जर ।

पिञ्जरी— ना॰ १. हकुवा, पठुवा आदिको कुनिउँ लाउँदा सबैभन्दा तल बिछ्याउने दुई झटनीको मात्र फेरो । २. पिँजडा (गीत, लोकगीत, कविता आदिमा॰ ।

पिट्–नु— स॰ क्रि॰ [प्रा॰ पिट्ट+नु] १. मानिस, प्राणी वा केही कुरालाई हात, लौरो आदिले कुट्नु; चुट्नु; ठटाउनु । २. जित्नु । ३. झ्याली आदि बजाउनु । ४. हल्ला मचाउनु । ५. खूबसँग काम गर्नु; दन्काउनु ।

पिट— ना॰ [सं॰] १. पेटारो । २. सन्दुक । — क— ना॰ १. पेटारो । २. बौद्ध ग्रन्थका वाङ्मयमध्ये एक । ३. ग्रन्थको कुनै भाग । ४. पिड्को; खटिरो ।

पिटपाट— ना॰ [पिट्+पाट] पिट्ने किसिम, क्रिया वा भाव; पाटपिट; ठोकठाक; मारमुङ्ग्री । > पिटपाटे— वि॰ पिटपाट पार्ने; पाट्टपिट्ट गर्ने खालको ।

पिटल्जा— ना॰ लिच्छविकालीन अधिकरण वा केन्द्रीय अड्डाअदालतमध्ये एक ।

पिटाइ— ना॰ [रू पिट् -+आइ॰] पिट्ने क्रिया वा प्रक्रिया । [ > ]

पिटाइनु— क॰ क्रि॰ पिट्न लाइनु; पिटिने पारिनु । पिटाउनु— प्रे॰ क्रि॰ पिटिने पार्नु; पिट्न लाउनु । पिटापिट— ना॰ एक– अर्कामा उसले उसलाई उसले उसलाई पिट्ने काम; परस्परको पिटाइ ।

पिटिक्क— क्रि॰ वि॰ [अ॰ मू॰ पिटिक्+क] १. सानोतिनो वस्तु भाँच्ने वा भाँचिने किसिमले; पिट्ट । २. त्यस्तो वस्तु भाँच्दा वा भाँचिँदाको झैँ शब्द निकालेर । ना॰ ३. त्यसरी भाँच्दा वा भाँचिदाको आवाज । > पिटिक्किनु— अ॰ क्रि॰ पिटिक्क हुनु; पिटिक्क भाँचिनु । पिटिक्क्याइ— ना॰ पिटिक्क ध्वनि निकाल्ने क्रिया वा प्रक्रिया । पिटिक्क्याहट— ना॰ पिटिक्याइ ।

पिटीपाटी— क्रि॰ वि॰ [पिटी+(बि॰) पाटी] पिटपाट पारेर; चुटचाट पारेर; पिटेर ।

पिटीपिटी— क्रि॰ वि॰ [अ॰ मू॰ पिट्+ई (बि॰)] बारम्बार पिट्ट– पिट्ट भाँचिने गरी ।

पिटुवा— वि॰ [पिट+उवो १. घनले पिटेर अलि पातलो पारी बनाइएको (पाता, भाँडो आदि॰ । ना॰ २. त्यसरी पिटेर बनाइएको धातुको भाँडो ।

पिट्को— ना॰ हे॰ पिड्को ।

पिट्ट— क्रि॰ वि॰ [अ॰ मू॰ पिट्+ट] सिटासिटी आदि भाँचिने वा भाँचिएर शब्द आउने गरी । सात॰ पिटिटिटि ।

पिट्टा— ना॰ [रू पिट्+ओ १. पिट्ने काम; पिटाइ; थप्पड । २. टिप्पा; टिपाइ; उछिनाइ ।

पिट्ठु— वि॰ [सं॰ पृष्ठ+ऊ] १. हरेक कामकुरामा कसैको पछि लाग्ने; अनुगामी; पिछलग्गू; पुच्छर; चम्चा । ना॰ २. विचार नगरीकन हाहामा कसैको पछि लाग्ने व्यक्ति; पृष्ठपोषक व्यक्ति ।

पिट्ठू— वि॰ हे॰ पिट्ठु ।

पिठाउली— ना॰ [सं॰ पिष्ठावली] १. मसिनामसिना लाम्चा किसिमका पात हुने अमिलोमा गुलियो मिसिएका फल फल्ने सानो एक बोट; सतीबयर । २. नासपाती, स्याउ आदिको खूब पाकेको गुदी ।

पिठिउँ— ना॰ शरीरका पछाडिको भाग; पीठ; पृष्ठभाग; आब; पिठ्यूँ; पिन्डो । — परि— क्रि॰ वि॰ पछिल्तिर; कन्डापरि ।

पिठिम— ना॰ [सं॰ पृष्ठम् > पिट्ठम्] डँडाल्नु; पिठिउँ ।

पिठिया— ना॰ [सं॰ पीठिको तराईका गाउँमा हप्तामा निश्चित दिनमा निश्चित ठाउँमा लाग्ने अस्थायी बजार; हाट; हटिया ।

पिठो— ना॰ [सं॰ पिष्टे १. जाँतो, घट्ट, कल आदिमा पिँधिएको अनाजहरूको चूर्ण; पिठो । २. धूलो; चूर्ण ।

पिठौली— ना॰ [सं॰ पिष्ठावली] पिठाउली; सतीबयर ।

पिठ्युँ— ना॰ हे॰ पिठिउँ ।

पिठ्यूँ— ना॰ हे॰ पिठिउँ ।

पिडा— ना॰ जङ्गली भैँसीको पाडो; अर्नाको बच्चो ।

पिडार— ना॰ [सं॰ पिण्डारे लाम्चा पात, सेता फूल र पहेँला फल फल्ने, भाँच्दा सेतो दूध निस्कने एक जातको वृक्ष वा त्यसैको फल ।

पिड्को— ना॰ [सं॰ पीडके सानोतिनो खटिरो वा पिलो; पिप्सो; पिउसो ।

पिढिया— ना॰ [सं॰ पीठिको गोरु वा राँगाले हाँक्ने गाडामा बैलवान बस्ने ठाउँनिरको च्याप्टो काठ; पिडिया ।

पिण्ड— ना॰ [सं॰] १. सानो वा ठूलो कुनै खँदिलो डल्लो; गोलाकार कुनै वस्तु; बाटुलो पदार्थ । २. श्राद्धमा पितृका नाममा छोरा वा नाति आदिबारा चढाइने भात वा जौको पीठाको डल्लो; पितृलाई दिने उद्देश्यले बाटिएको भात वा जौको डल्लो । ३. मन नपरीकन कसैलाई दिएको खानेकुरा । ४. शरीर; देह । ५. गाँस । ६. अर्काले दिएको खानेकुरा (तुच्छार्थमा) । — क— ना॰ १. कुत (ऐति॰) । २. जमिन नाप्ने अड्डा । — कन्द— ना॰ पिँडालु । —

कर— ना॰ प्राचीन कालमा ग्रामवासीहरूमाथि लगाइएको एक प्रकारको भूमिकर । ~ खर्जुरिका— ना॰ सानो जातको डल्ले फल फल्ने खजूर; थाकल । ~ खाने— वि॰ १. ज्यादै बूढो । २. दुर्घटनाको सम्भावनालाई उपेक्षा गरी हिँड्ने वा काम गर्ने । —

— ना॰ १. गर्भमै आकार ग्रहण गरेर जन्मने जन्तु; जरायुज । वि॰ २. त्यस प्रकार जन्मेको (मान्छे, पशु इ॰) । — द— वि॰ १. पितृलाई पिण्ड–पानी दिने; पितृका उद्देश्यले श्राद्ध गर्ने । २. खान–लाउन दिएर पाल्ने । ना॰ ३. पितृलाई पिण्डपानी दिने व्यक्ति; श्राद्ध गर्ने व्यक्ति । ४. छोरो । ५. सन्तान । ~ दान— ना॰ पितृहरूका उद्देश्यले पिण्ड दिने काम; श्राद्धमा पितृहरूका नाममा पिण्ड चढाउने काम । ~ पानी— ना॰ पितृहरूका नाममा चढाइने पिण्ड र जल; श्राद्धमा गरिने पिण्डदान र तर्पण । ~

मुछौनी— ना॰ १. बाह्र दिनसम्म प्रेतका निम्ति पिण्ड पकाउनाका लागि दूध दुहुन प्रयोग गरिने गाई । २. पिण्ड बटार्ने कार्य । ~ यज्ञ— ना॰ पितृहरूका निम्ति गरिने यज्ञ; पितृहरूलाई पिण्ड दिने र तर्पण गर्ने कार्य; सराद; पितृकार्य । ~ राशि— ना॰ किस्ताका रूपमा पटकपटक गरी नदिएर एकमुष्ट वा एकै पटक दिइने रकम; एकमुस्ट रकम; डक्क रकम । ~ लोप— ना॰ १. पिण्डदाताहरूमध्ये छोरा वा छोरीतर्फका कोही जीवित नहुनाले पितृको श्राद्ध रोकिने र पिण्डपानी नपाउने स्थिति; पिण्ड दिने काममा अवरोध । २. अपुताली । ३. वंशलोप । ~ सर्जाम— ना॰ ढिकुरामा मृतकको प्रेतकर्म गर्दा दिइने पिण्डको सामग्री । — स्थाने पिण्ड— ना॰ १. पिण्डका ठाउँमा पिण्ड नै हुने स्थिति । २. जस्तो पहिले थियो त्यस्तै हुने प्रक्रिया; कुनै व्यक्ति वा वस्तुमध्ये पहिले जो जहाँ थियो त्यहीँ रहने स्थिति; यथास्थिति । > पिण्डी— ना॰ १. गोलाकारको सानो वस्तु; कुनै वस्तुको सानो डल्लो । २. सानो पिण्ड ।

पिण्डे— वि॰ [पिण्ड+ए] १. पिण्डाकारको; डल्लो आकारको पिण्डजस्तो । २. पिण्डको; पिण्डसम्बन्धी; सपिण्डी । ३. कहिले निको नहुने (रोग वा रोगी) । ~ बिदा— ना॰ श्राद्ध गर्नका निम्ति पाइने बिदा । ~ भाइ— ना॰ जूठो सूतक लाग्ने र मर्दा पिण्ड– तर्पण दिनुपर्ने नजिकको दाजुभाइ; सपिण्डी दाजुभाइ । ~ रोग— ना॰ कहिल्यै निको नहुने रोग; क्रनिक रोग । ~ रोगी— वि॰ सधैँ रोग लागिरहने; कहिल्यै रोगले नछोड्ने; सधैँको रोगी; दीर्घरोगी ।

पिण्डोपजीवी— वि॰ [सं॰] अर्काले दिएको अन्नका भरमा बाँचेको; परान्नजीवी; भतुवा ।

पितपित— क्रि॰ वि॰ [अ॰ मू॰ पित्+अ (बि॰)] १. गिलो पदार्थ थिचिएर वा निचोरिएर बारबार अलिकति बाहिर निस्कने गरी; पिचपिच । ना॰ २. त्यस्तो पदार्थ बाहिर निस्कँदाको चाल वा ध्वनि । > पितपिताइ— ना॰ पितपिताउने क्रिया वा प्रक्रिया ।

पितपिताइनु— अ॰ क्रि॰ पितपिताउने होइनु । पितपिताउनु— अ॰ क्रि॰ पितपित चाल वा ध्वनि उत्पन्न हुनु । पितपिताहट— ना॰ पितपिताइ । पितपिते— वि॰ पितपित गर्ने ।

पितर— ना॰ [सं॰ पितृ] पितृ; देउपितर ।

पितल— ना॰ हे॰ पित्तल । > पितले— वि॰ हे॰ पित्तले ।

पिता— ना॰ [सं॰] आफूलाई जन्माउने व्यक्ति; जन्मदाता; बाबु; जनक । — जी/ज्यू— ना॰ बुबा (आदरार्थी एवं औपचारिक प्रयोग॰ ।

पिताम— ना॰ कुनै काम गर्ने वा कसैलाई जित्ने शक्ति; तागत; प्रताप ।

पितामह— ना॰ [सं॰] आ६ना बाबुको बाबु; बाजे; हजुरबा । >

पितामही— ना॰ आ६ना बाबुकी आमा; बज्यै; हजुरआमा; हजुरबाकी पत्नी ।

पितिकपितिक— क्रि॰ वि॰ [अ॰ मू॰ पितिक्+अ (बि॰)] पितपित; पितिति; पितितिति ।

पितिक्क— वि॰ [अ॰ मू॰ पितिक्+क] १. अलिकति; थोरै (घिउ, अचार, दही, गुहु, गोबर आदि जस्ता लेदो पदार्थका सन्दर्भमा॰ । क्रि॰ वि॰ २. लेदो पदार्थ थोरै मात्रामा दिने वा झार्ने गरी ।

पितित्त— क्रि॰ वि॰ [अ॰ मू॰ पित् > पितित्+त] पिचिच्च; पितिति; पितपित ।

पितृ— ना॰ [सं॰] १. मरेका बाबुबाजेहरू; दिवङ्गत भएका आ६ना पुर्खा । २. प्रेतको अवस्थाबाट मुक्त भएका पूर्वज । ३. सनातनी विश्वासअनुसार पितृलोकको निवासी । ~ ऋण— ना॰ धर्मशास्त्रअनुसार जन्मजात तीन ऋण (देवऋण, ऋषिऋण र पितृऋण॰–मध्ये तेस्रो ऋण; पुत्रोत्पत्तिपछि मात्र मुक्ति पाइने ऋण । ~ कर्म/कार्य— ना॰ पितृका निम्ति गरिने तर्पण, श्राद्ध आदि कर्म । ~ कुल— ना॰ १. आ६ना बाबुको वंश; बाबुतर्फका बन्धुबान्धव । २. माइतीकुल; माइतीखलक । ~ कृत्य/क्रिया— ना॰ पितृकर्म । ~ गण— ना॰ १. पितृहरूको समूह । २. मरीचि मुनिका अग्निष्वात्त, सोमपा आदि छोराहरू । ~ गृह— ना॰ छोरीचेलीका लागि पितृगृह; माइतीघर; माइती; बाबुको घर । ~ घात— ना॰ पितृहत्या । ~ घातक/घाती— वि॰ १. बाबुलाई मार्ने; पितृहत्या गर्ने । २. बाबुको अनिष्ट गर्ने; बाबुको कुभलो गर्ने । ना॰ ३. त्यस प्रकारको कुभलो वा हत्या गर्ने व्यक्ति । ~ तन्त्र— ना॰ १. बाबु वा घरको बूढोपाको व्यक्तिका अनुशासनमा परिवार वा जातिका सदस्यहरूले बस्नुपर्ने मानव समाजको पुरानो शासनव्यवस्था; थकालीतन्त्र (हाम्रो तराई र भित्री मधेसमा बस्ने थारूहरूमा यस्तो चलन अझै कताकतै पाइन्छ) । २. पितृसत्ता । ~ तर्पण— ना॰ पितृहरूका निम्ति अर्पण गरिने कुशसहितको जलाञ्जलि; पितृहरूका निमित्त दिइने तर्पण । ~ तिथि— ना॰ १. बाबुको मृत्यु भएको तिथि; बाबु मरेको दिन । २. मरेका बाबुको वार्षिक श्राद्ध गर्ने तिथि । ३. अमावस्या । ~ तीर्थ— ना॰ १. हिन्दूहरूको पितृकार्य गरिने गया, ब्रह्मकपाली आदि तीर्थ । २. चोर औँला र बूढी औँलाका बीचको हत्केलाको छेउ भाग । — त्व— ना॰ १. पिता हुनाको भाव । २. पिताका नाताले पूरा गर्नुपर्ने दायित्व । ~ दान— ना॰ श्राद्धका दिन अथवा औँसी तिथिमा पितृका नाममा ब्राह्मणलाई दिइने दान । —

दाय— ना॰ पिताबाट छोराहरूले पाएको सम्पत्ति; पैत्रिक सम्पत्ति; अंश । ~ देव— ना॰ १. पितालाई देवताका रूपमा मान्ने व्यक्ति; पितालाई देवता सम्झने व्यक्ति । २. पिताज्यू । ~ पक्ष— ना॰ पितृहरूका उद्देश्यले श्राद्ध गरिने आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका जम्मा सोह्र दिन; सोह्रश्राद्ध; सोह्रसराद । ~ भक्त— वि॰ बाबुको सेवाशुश्रूषा गर्ने र बाबुले भनेको मान्ने; बाबुको भक्त । ~ भक्ति— ना॰ १. बाबुको सेवाशुश्रूषा । २. बाबुको आज्ञापालन । ३. बाबुप्रतिको भक्ति वा कर्तव्यपरायणता । ~ भाग— ना॰ भोजनका बेलामा वा अन्य विशेष तिथिपर्वमा पितृहरूका निम्ति छुट्ट्याइने पक्वान्न, नैवेद्य आदि; पितृको भागस्वरूप छुट्ट्याइने पक्वान्न । ~ भोजन— ना॰ १. पितृलाई चढाएको प्रसाद । २. मास वा मासको फुरौला । ३. गैँडाको मासु । ~ भ्राता— ना॰ १. काका । २. बडाबा । ~ यज्ञ— ना॰ पितृका निम्ति गरिने तर्पण, श्राद्ध आदि क्रिया; पितृकर्म; सराद । — राज— ना॰ पितृहरूको राजा; यमराज । ~ राज्य— ना॰ यमलोक । ~ लोक— ना॰ पितृहरू बस्ने लोक; पितृहरूको लोक; यमलोक । — व्य— ना॰ बाबुका दाजुभाइ; आ६ना जेठा बाबु, कान्छा बाबु आदि । ~ श्राद्ध— ना॰ पितृहरूका निम्ति गरिने पिण्डदानादि कर्म; पितृहरूका उद्देश्यले गरिने श्राद्ध; पितृहरूको श्राद्ध । ~ सत्ता— ना॰ १. बाबु परिवारको स्वामी मानिने र बाबुका अनुशासनमा परिवारको सदस्यले बस्नुपर्ने सामाजिक व्यवस्था; परिवारका सदस्यमाथि बाबुको स्वामित्व हुने व्यवस्था । २. बाबुको सत्ता । ३. बाबुको नामबाट वंशपरम्परा चल्ने व्यवस्था । ~ सत्तात्मक— वि॰ परिवारको वास्तविक मालिक बाबु भएको प्रणालीमा आधारित वा उक्त प्रणालीको । ~ सत्तात्मकता— ना॰ पितृसत्तात्मक हुने गुण; पितृसत्ताको विशेषता । — स्वसा— ना॰ बाबुकी दिदी वा बहिनी; फुपू । ~ हत्या— ना॰ बाबुलाई मार्ने काम; पिताको हत्या; पितृघात ।

पितो— ना॰ [सं॰ पित्ते शरीरभित्र पित्त रहने थैली; पित्ते थैली ।

पित्क–नु— अ॰ क्रि॰ [पित्को+नु] पित्कोका रूपमा निस्कनु वा झर्नु । > पित्काइ— ना॰ पित्कने क्रिया वा प्रक्रिया । पित्काइनु— क॰ क्रि॰ पित्कने पारिनु । — पित्काउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ पित्कोका रूपमा दिनु वा हाल्नु; पित्कने पार्नु । पित्काहट— ना॰ पित्कने भाव, स्थिति वा क्रियाप्रक्रिया । पित्किनु— अ॰ क्रि॰ १. पित्कनु । २. पितिक्क झर्ने वा दिइने होइनु ।

पित्को— ना॰ [अ॰ मू॰ पित्+को] १. पितिक्क झर्ने वस्तुको थोरै मात्रा; अल्प मात्रामा दिइएको वा झरेको लेदो पदार्थ । २. अल्पमात्रा वा परिमाण ।

पित्त१— क्रि॰ वि॰ [अ॰ मू॰ पित्+त] लेदो पदार्थ थिचिएर वा निचोरिएर अलिकति बाहिर निस्कने किसिमले; पित्किएर । सात॰ पितिति; पितितिति ।

पित्त२— ना॰ [सं॰] १. पेटभित्र कलेजो र फोक्साका बीचमा दाहिनेपट्टि रहने, खाएको वस्तुलाई पचाउन सहायता गर्ने, तीतो र पहेँलो तरल पदार्थ; यकृज्जल; यकृद्रस । २. वैद्यशास्त्रअनुसार कफ, वात, पित्त— यी त्रिदोषमध्ये एक दोष । — कर— वि॰ स्वस्थ शरीरका लागि आवश्यकभन्दा बढी पित्त पैदा गर्ने; शरीरमा पित्त बढाउने; पित्तवर्द्धक । — कोष— ना॰ पेटभित्र कलेजो र फोक्साका बीचमा हुने र पित्त रहने थैली; पित्ताशय; पित्तथैली; पित्ते थैली (गलब्लाडर) । — घ्न— वि॰ १. पित्तलाई नाश गर्ने; पित्तनाशक । ना॰ २. पित्तलाई बढ्न नदिने आयुर्वेदिक औषधी । ३. घ्यू; घिउ । ~ ज्वर— ना॰ शरीरमा पित्तको मात्रा बढ्नाले आउने जरो; पित्तको प्रकोपबाट आउने जरो; पित्तका कारणले गर्दा आउने जरो; कामला, कमलपित्त, गायो, जन्डिस आदिले गर्दा शरीरमा अनुभव हुने तातोपन । ~ थैली— ना॰ पित्तकोष । ~ पत्थरी— ना॰ शारीरिक विकारबाट पित्ताशयमा बन्ने ढुङ्गाजस्ता सानाठूला प्रायः गोला दाना । — पापडा— ना॰ साधारण, डोलो जरा हुने, पहेँलो बोक्रा हुने, लाम्चो भावको तीनवटा पात एउटै डाँठमा हुने लाम्चा, सेता वा नीला फूल फुल्ने एक जातको वनस्पति । ~ प्रकृति— वि॰ बढी पित्त हुने प्रकृतिको; पित्त बढ्ने स्वभावको । ~ प्रकोप— ना॰ पित्तको आधिक्यले गर्दा हुने शारीरिक अस्वस्थता; हानिकारक रूपमा पित्तको वृद्धि ।

पित्तल— ना॰ [सं॰] १. तामो र जस्ताको मिश्रणबाट बन्ने पहेँलो रङ्गको एक उपधातु; पीतल । वि॰ २. पित्त धेरै भएको; पित्त बढाउने । ~ भुँडे— वि॰ औलो वा खुँजले खाएर रगत सकिनाले पहेँलो ठूलो भुँडी भएको (मानिस॰ । > पित्तले— वि॰ १. पित्तलबाट बनाइएको; पित्तलसम्बन्धी; पित्तलको; पित्ले । २. पित्तको रोगले गर्दा पहेँलिएको; कमलपित्त भएको । ३. हुप्प फुलेको (भुँडी॰; पित्ले ।

पित्ताम्ल— ना॰ [सं॰] पित्तमा हुने अमिलोपन; पित्तमा हुने अम्ल; अमलपित्त ।

पित्ताशय— ना॰ [सं॰] पित्त रहने स्थल वा कोष; पित्ते थैली ।

पित्ते— वि॰ [पित्त+ए] पित्त भएको । ~ थैली— ना॰ पित्त रहने थैली; पित्ताशय ।

पित्ले— वि॰ [पित्तले] १. पित्तले । [अ॰ मू॰ पित्त्+ले] २. नराम्ररी फुलेको (भुँडी) । ~ भाँडो— ना॰ पित्तलको भाँडो । ~ भुँडी— ना॰ हुप्प फुलेको भुँडी; ट्याम्के भुँडी ।

पिधान— ना॰ [सं॰] १. ढाक्ने काम; छोप्ने काम । २. ढकनी; बिर्को । ३. झापन । > पिधानक— ना॰ १. पिधान । २. दाप ।

पिधायक— वि॰ [सं॰] १. ढाक्ने; छोप्ने । २. ढाकछोप गर्ने; लुकाउने ।

पिन— ना॰ [अङ्॰] कागजपत्रहरू नत्थी गर्ने काममा प्रयोग गरिने सियोको जस्तै मिहिन टुप्पो भएको, धातुको मसिनो कीलो; आलपिन ।

पिना— ना॰ [सं॰ पिण्याके तोरी, तिल आदि पेलेर तेल झिकेको सिट्ठी वा छोक्रा; खली; खलीपिना ।

पिनाइ— ना॰ [रू पिन् -+आइ॰] पिन्ने क्रिया वा प्रक्रिया । [ > ]

पिनाइनु— क॰ क्रि॰ पिन्न लगाइनु; पिँधाइनु । पिनाउनु— प्रे॰ क्रि॰ पिन्न लाउनु; पिँधाउनु ।

पिनाक— ना॰ [सं॰] १. शिवजीको धनु; अजगव । २. धनु । >

पिनाकी— ना॰ पिनाक धनुलाई धारण गर्ने व्यक्ति; शिवजी ।

पिनास— ना॰ [सं॰ पीनसे रुघा बिग्रेर नाके ओढारमा हुने विकार ।

पिनासे— वि॰ [पिनास+ए] १. पिनासको रोग लागेको । २. पिन्चे; पिलन्धरे । ~ ओढार— ना॰ नाकभित्र पिनास पर्ने ठाउँ; नाके स्वर उत्पन्न गर्ने शारीरिक अवयव; नाके टोड्की ।

पिन्चे— वि॰ [अ॰ मू॰ पीँ+चे] सानोतिनो कुरामा पनि रुन थाल्ने; पिलपिले; आँसु बगाइरहने; रुन्चे; पितुर्के । > पिन्च्याइँ— ना॰ पिन्चे हुने चाल; पिन्चेपन; रुन्चेपन ।

पिन्डो— ना॰ [सं॰ पिण्डे १. मासु खान काटेका पशुको पछाडिको फिलो; पिँडो । २. थुप्रो (अल्छीको पिन्डो॰ ।

पिन्सिन— ना॰ [अङ्॰ पेन्सने हे॰ पेन्सन; निवृत्तिभरण । > पिन्सिने— वि॰ पेन्सनवाल ।

पिप— ना॰ [सं॰ पूये पाकेका घाउ, खटिरा आदिबाट निस्कने सिँगानजस्तो विषाक्त पदार्थ; पिप ।

पिपल— ना॰ [सं॰ पिप्पले पानका आकारको तर टुप्पाको भाग केही लामो हुने, डाँठ हुने, बरकै किसिमका मसिना गोल फल फल्ने, बोक्रा हुने र खोटो निस्कने एक जातको वृक्ष; अश्वत्थ; पिप्पल । (आयुर्वेदमा यसको बोक्रा दिसासम्बन्धी रोगमा र बियाँ शीतकारक औषधीको रूपमा प्रसिद्ध छ र हिन्दूहरूका दष्टिमा यो पवित्र वृक्ष मानिन्छ ।) — पाती— ना॰ बटारिएको, गोलागोला लामा डाँठ भएका पात हुने, पहेँला बास्नादार फूल फुल्ने, र राता डल्लाकार फल फल्ने लताविशेष । (आयुर्वेदमा यसको पात टाउको दुख्दा र जरा सर्पले टोक्दा हितकारक मानिएको छ ।) — पाते— वि॰ १. पीपलका पातका आकारको । २. पातला ओठ भएको । ना॰ ३. पीपलजस्तो पात हुने एक जातको लहरो । ४. कुनै सिद्धान्तमा नअड्ने; मौकाअनुसार यताउता भइरहने; अवसरवादी; पिप्पलपाते । > पिपलु— ना॰ पिप्पल (गीत, काव्य वा लोकगीतमा॰ ।

पिपलमेन्ट— ना॰ [अङ्॰ पिपरमिन्टे १. पुदिनाका जस्ता ससाना पात हुने, बास्नादार सेता फूल फुल्ने, बाबरी झारका समूहको एक जातको झार; एक प्रकारको पुदिना । २. त्यसको सार वा सो सार चिनीमिस्रीमा मिलाई बनाइएको एक प्रकारको मिठाई । पीपी (बालबोलीमा॰ ।

पिपला— ना॰ [सं॰ पिप्पलिको हे॰ पिप्ला ।

पिपा१— ना॰ [पोर्त॰ पीपो काठ, धातु, आदिको ठूलो, गोल र लाम्चो किसिमको भाँडो ।

पिपा२— ना॰ [ल्या॰] भरिया वा टहलुवाको काम गर्ने तल्लो तहको पल्टनिया जागिरदार । ~ गोस्वारा— ना॰ पिपाहरूको अड्डा ।

पिपासा— ना॰ [सं॰] पानी आदि पिउने इच्छा; प्यास; तिर्खा; तृषा । २. कुनै कुराको अतिशय चाहना; लोभलालच (उदा॰—धनको पिपासा अन्तहीन कुरो हो॰ । > पिपासु— वि॰ पिपासा भएको; तिर्खाएको; प्यासो ।

पिपिरा— ना॰ [पिपिरो+ओ पिपिरो । — पिपिरी— ना॰ सानाठूला धेरै पिपिराहरू; सानाठूला पिपिराहरूको समूह ।

पिपिरी— ना॰ [पिपिरो+ई] १. एकापट्टि केही सानो र अर्कापट्टि केही ठूलो पारी पात बटारेर ढुङ्ग्रोजस्तो पारिएको तीखो, चर्को स्वरले बज्ने केटाकेटीको बाजा । २. बजाउँदा मुखभित्र पसाइने सनईको भाग । ३. पहाडमा पाइने र पात बटारेर खेल्ने बाजा बनाउन प्रयोगमा आउने एक जङ्गली बोट । ~ पीँ— वि॰ बो॰ १. पिपिरी बजाउँदा निस्कने स्वरको अनुकरण । ना॰ २. उक्त आवाज । ~ बाजा— ना॰ पिपिरी; सिठी ।

पिपिरो— ना॰ [सं॰ पिप्पल+ओ] १. आँकुरो; पिउलो । २. सनई बाजा आदिको फुक्दा बज्ने टुप्पो; पिपिरी ।

पिपीँ— ना॰ [अ॰ मू॰] केटाकेटीले फुकेर बजाउने बाजा; पिपिरी ।

पिपीलिका— ना॰ [सं॰] कमिलो ।

पिपृच्छा— ना॰ [सं॰] प्रश्न गर्ने इच्छा; सोध्ने चाहना ।

पिप्पल— ना॰ [सं॰] पीपल । ~ पाते— वि॰ हे॰ पीपलपाते ।

पिप्पली— ना॰ [सं॰] पिप्ला । ~ मूल— ना॰ पिप्लाको जरो; पिप्लाको मूल ।

पिप्ला— ना॰ [सं॰ पिप्पली] १. पानका जस्ता पात, पिरो स्वाद र किम्बुका जस्ता फल हुने एक जातको लहरो; जङ्गली पान । २. त्यसैको फल; पिप्पली । ~ मूल— ना॰ पिप्पलीमूल ।

पिप्ली— ना॰ [सं॰ पिप्पली] १.पानका आकारका पाँचसात सेन्टिमिटर लामा पात; पानका जस्ता आकारका फूल, पिरो स्वाद, किम्बुका आकारका फल, खैरो बाहिरी भागमा धर्सा परेको जरा हुने, आयुर्वेदमा सो जरा पौष्टिक र कफनाशक मानिएको लहरोविशेष; पिप्लाको लहरो । २. खाक्सीजस्तै पात हुने र दारका जस्तै दाना हुने, बस्तुले घाँस खाने र ठेकी कुँद्न हुने रूखविशेष; खस्रेटो ।

पिप्सिब— ना॰ [अङ्॰ पाइपसक्सने सासबारा दूध, सर्बत आदि तानेर पिउने नली; तरल पदार्थ पिउने एक प्रकारको सानो पाइप ।

पिप्सो— ना॰ [सं॰ पिप्लु+सो] १. पिउसो (भुसुनो॰ । [सं॰ पूय+सो] २. पिउसो (खटिरो॰ ।

पियक्कड— वि॰ [पिउ+अक्कड] १. रक्सी पिउने लत भएको; धेरै रक्सी पिउने । २. धेरै पिउने ।

पियाइ— ना॰ [रू पिउ -+याइ॰] १. पिउने क्रिया वा प्रक्रिया; पान । २. दुहुने बेलामा गाई–भैँसीलाई कुँडो आदि पियाउने क्रिया वा प्रक्रिया । [ > ] पियाइनु— क॰ क्रि॰ १. पिउने तुल्याइनु; पिउन लाइनु । अ॰ क्रि॰ २. गाईबस्तुआदि पियाउने होइनु ।

पियाउनी— ना॰ [पियाउ+नी] पिउने बेलामा बस्तुको थुनमा दल्ने चिल्लो ।

पियाउनु— स॰ क्रि॰ [पिउ+याउ+नु] १. चुक्ली लाउनु; छुस्क्याइँ गर्नु । अ॰ क्रि॰ २. बाछाबाछी वा पाडापाडीलाई दूध दिने अवस्थामा (गाईभैँसी आदि॰ हुनु । प्रे॰ क्रि॰ ३. पिउने पार्नु; पिउन लाउनु । > पियान— ना॰ गाईभैँसीका बाछापाडाले माउको दूध खाने काम ।

पियानो— ना॰ [अङ्॰] हार्मोनियमजस्तो एक प्रकारको पाश्चात्य बाजा ।

पियार— ना॰ [सं॰ प्रियÍर > पियआरे प्रेम; प्यार; माया; प्रीति ।

पियारा— ना॰ [सं॰ प्रियÍरे प्राणप्रिय; प्रेमी; प्रियतम; माया; मायालु ।

पियारी— वि॰ [सं॰ प्रियÍर+ई] १. प्यारी । ना॰ २. प्रेमिका; प्रियतमा; माया; मायालु ।

पियारो— वि॰ [सं॰ प्रियÍरे १. प्यारो; मायालु; प्रिय । २. मनपर्दो; रोचक; रुचिपूर्ण । ३. आकर्षक । ना॰ ४. मायालु; प्रियतम; पियारा ।

पियाल— ना॰ [सं॰] चौडा र हरिया पात हुने, ससाना झुप्पादार फूल फुल्ने, राता वा राताकाला फल फल्ने बदामका स्वादको एक प्रकारको खाने मसलाको निकै अग्लो बोट; चिरौँजी । २. त्यसैको फल (आयुर्वेदमा यसको तेललाई चर्मरोग निको पार्ने भनिएको छ ।)

पियालो— ना॰ [तल॰ बङ्गा॰=पाचाली (=यात्रा॰ < सं॰ पदचाले १. लुकीछिपी हिँड्ने बाटो; बेचल्ती वा कम चल्तीको बाटो; चोरबाटो । २. सोझेरी कतै जाने बाटो; सोझेटो ।

पिर्–नु— स॰ क्रि॰ [सं॰ पीडने १. नचाहिँदो काम वा कुरा गरेर अर्काका शरीर वा मनमा पीर पार्नु; दुःख दिनु । २. नचाहिँदो वा दिक्कलाग्दो कुरा बारबार गरिरहनु; कचकच गर्नु; टोकस्नु । ३. भूतप्रेत आदिका कारणले गर्दा कुनै घर–जग्गा आदि नफाप्नु; पिरपिराउ हुनु ।

पिर१— ना॰ डन्डीबियोका खेल खेल्दै जाँदा अवस्थानुसार भनिने सातको सङ्ख्या; सिट्ठो ।

पिर२— ना॰ सल्लाको पात; पिरल; पिरौल; सल्लेपिर; सल्लेबिर ।

पिर३— ना॰ [फा॰] १. पुजारी । २. साधुसमाज वा मठका अधिष्ठाता; मठाधीश; महन्त (खास गरी गोरखपन्थमा) । ३. मुसलमानहरूका सिद्ध महात्मा; मुसलमानहरूका धर्मगुरु ।

पिर४— ना॰ [सं॰ पीडो १. कुनै हानिनोक्सानी हुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा हुने मानसिक ताप; चिन्ता । २. डन्डीबियो आदिका खेलमा बाजी हार्नेलाई जित्नेले लाउने एक किसिमको दण्ड; पिर ।

पिरपिर— क्रि॰ वि॰ [अ॰ मू॰ पिर्+अ॰ (बि॰)] १. लृुगा आदि अलिअलि गरेर च्यातिँदाको झैँ ध्वनि उत्पन्न गरेर । २. पीरो स्वाद उत्पन्न गरी । वि॰ ३. त्यस्तो ध्वनि वा स्वाद उत्पन्न गर्ने; पिरपिरे । ४. पिरपिर च्यातिने; कमजोर । ना॰ ५. त्यस्तो ध्वनि वा स्वाद । > पिरपिराइ— ना॰ पिरपिर गर्ने क्रिया वा प्रक्रिया ।

पिरपिराइनु— अ॰ क्रि॰ पिरपिराउने होइनु । — पिराउ— ना॰ १. लोकविश्वासअनुसार भूत, प्रेत आदि लाग्नाले वा अभिचारीसम्बन्धी कर्मबाट शारीरिक वा मानसिक रूपमा कष्ट हुने क्रिया; फाप नहुने स्थिति; अफाप; बिगार । २. अरू कसैबाट हुने वा दिइने धेरै कुराको दुःखकष्ट; परपीडा । पिरपिराउनु— अ॰ क्रि॰ पिरपिर शब्द वा स्वाद उत्पन्न हुनु । पिरपिराहट— ना॰ पिरपिराउने वा पिरपिर गर्ने क्रियाप्रक्रिया । पिरपिरे— ना॰ १. सनईजस्तो गरेर बज्ने एक प्रकारको बाजा । वि॰ २. पिरपिर स्वाद पैदा गर्ने । ३. पिरपिरको ध्वनि वा आवाज निकाल्ने । पिर मर्का— ना॰ १. कुनै सामाजिक, प्राकृतिक आदि कारणबाट वा कसैबारा भएको हानिनोक्सानी । २. आपत्–विपत् । ३. सङ्कट ।

पिरल— ना॰ [पिरौले सल्लाको पात; पिरौल; सल्लेपिर; सल्लेबिर ।

पिरलाइ— ना॰ [रू पिरोल -+आइ॰] पिरोलाइ । [ > ] पिरलाइनु— क॰ क्रि॰ पिरोलाइनु । पिरलाउनु— प्रे॰ क्रि॰ पिरोलाउनु ।

पिरलाहट— ना॰ पिरोलाहट । पिरलाहा— वि॰ पिरोलाहा ।

पिरलो— ना॰ [प्रा॰ पीडाअरो सं॰ < पीडाकरे १. कुनै हानि– नोक्सानी हुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा हुने मानसिक ताप; पीर । २. झिँजोलाग्दो काम; पिरोल्ने काम । ३. टोकसो । श्र पिरल्याइँ— ना॰ पिरल्ने चाला; पिरलोपन; पिरोल्याइँ ।

पिरा— ना॰ [सं॰ पीठिको काठको फल्याकबाट बनाइएको, विशेष गरेर भात खाँदा बस्ने, बाटुलो वा चारपाटे आसन; पिर्का; पिरुका ।

पिराइ— ना॰ [रू पिर् -+आइ॰] १. पिर्ने भाव, क्रिया वा प्रक्रिया । [ पिराउ+आइ] २. पिराउने भाव, क्रिया वा प्रक्रिया [ > ] पिराइनु— क॰ क्रि॰ पिर्न लाइनु । पिराउनु— स॰ क्रि॰ १. पिर्ने काम गर्नु; दुःख–कष्ट दिनु; सताउनु; सास्ती दिनु । प्रे॰ क्रि॰ २. पिर्ने तुल्याउनु; पिर्न लाउनु । पिराहट— ना॰ पिराइ । पिराहा— वि॰ १. जन्मलग्नमा अरूलाई दुःख दिने ग्रह परेको; अर्कालाई दुःख दिने; दुःखदायी । २. नसहने; नफाप्ने; अफाप । ३. पिर्ने स्वभावको; पिरोल्ने । पिराही— वि॰ पिराहा स्वभावकी (आइमाई॰ ।

पिरिक्क— क्रि॰ वि॰ [अ॰ मू॰ पिरिक्+क] लुगाफाटा च्यातिने र भाँडाकुँडा चर्कने वा फुट्ने गरी; पिर्र ।

पिरिङ्गो— ना॰ साना भालाकारका पात हुने, सेतो फुल्ने र लाम्चो किसिमको फल फल्ने, आयुर्वेदमा ठन्डा गर्ने र पेटको रोग निको पार्ने भनिएको एक प्रकारको बुटी रू

पिरिनु— अ॰ क्रि॰ [पिर्+इ+नु] १. पीर वा चिन्ता लिइनु । क॰ क्रि॰ २. पिराइमा परिनु; दुःख दिइनु ।

पिरिया— ना॰ [पीरो+इयो लामा पात, मसिना सेता वा राता फूल र किम्बुका जस्तो आकारको तर रातो पर्पथ्याउने सानो फल फल्ने प्रायः सिमसारमा हुने एक जातको झार; पिर्रे ।

पिरीपिरी— क्रि॰ वि॰ [पिर्+ई (बि॰)] छिटछिटो पिरिपिर हुने गरी ।

पिरुका— ना॰ [सं॰ पीठिको पिरा; पिर्का ।

पिरे— ना॰ [अ॰ मू॰ पिर्+ए] कुनै–कुनै ठाउँमा खाइने एक जातको भ्यागुतो; पाहा; ब्याब ।

पिरो— ना॰ [सं॰ पीडके १. खुर्सानी, मरीच आदि खाँदा पाइने स्वाद; छ रसमध्ये एक रस; कटुरस । २. पोल्ने र एक प्रकारको उत्तेजना पैदा गर्ने गुण भएको वस्तु (खुर्सानी, मरीच आदि॰ । वि॰ ३. त्यस्तै स्वाद भएको । ~ न पिरो— वि॰ औधी पिरो; अबिजालो । ~ पिरो— वि॰ धेरै पिरो नभएको; अलि–अलि पिरो; थोरै पिरो; रमरम पिरो ।

पिरोल्–नु— स॰ क्रि॰ [पिरलो+नु] १. कुनै वस्तु बारबार मागेर वा कुनै कामकुरो बारबार गरेर अर्कालाई पीर पार्नु; पिरलोमा पार्नु । २. कुनै कामकुरो बारबार गरेर अर्कालाई कष्ट दिनु; दुःख दिनु । ३. टोकस्नु; कचकच गर्नु । ४. पोल्नु; डढाउनु । >

पिरोलाइ— ना॰ पीडा दिने वा पिरल्ने क्रियाप्रक्रिया । पिरोलाइनु— क॰ क्रि॰ पिरोलाउने पारिनु । पिरोलाउनु— प्रे॰ क्रि॰ पिरोल्न लाउनु । पिरोलाहट— ना॰ पिरोलाइ । पिरोलाहा— वि॰ १. पिरोलिरहने; पिराहा । २. जन्मेका समयको ग्रहगतिअनुसार पिर्ने ग्रह भएको; पिर्ने स्वभावको; पिराहा ।

पिरोलो— ना॰ [पिरलो] हे॰ पिरलो । > पिरोल्याइँ— ना॰ पिरोलो पार्ने काम वा चाल; पिरोल्ने पन ।

पिरौल— ना॰ सल्लाको पात; सल्लीपिर ।

पिर्का— ना॰ [सं॰ पीठिको १. गोरुगाडीको चालक बस्ने ठाउँमा पर्ने गरी राखिएको च्याप्टो काठ; पिढिया । २. पिरुका; पिरा ।

पिर्जा— ना॰ [भीर+(भो॰ ब॰) जा (=चरो॰] शरीर रातो, पखेटा कालो, सारौँभन्दा अलि सानो, भीरमा बस्ने र बस्दाखेरि पृुच्छर र पखेटा उफार्ने, एक्लै वा जोडी भएर हिँड्ने एक खालको चरो ।

पिर्ती— ना॰ [सं॰ प्रीति] प्रीति; पिरती ।

पिर्र— क्रि॰ वि॰ [अ॰ मू॰ पिर्+र] १. लुगा आदि च्यात्दा वा च्यातिँदा पिरिक्क वा पिर्र आवाज निक्लने गरी । २. कमजोर लुगा आदि एकाएक च्यातिने किसिमले । ३. सिठी वा पिपिरी बाजा बजेझैँ आवाज निकालेर । ४. पिरपिर ध्वनिका साथमा । सात॰ पिरिर्र ।

पिर्रे— ना॰ धानका जस्ता लामा पात हुने, झन्डै दुई मिटर अग्लो, आयुर्वेदमा त्यसको तेल हैजा र भित्र जलन हुने रोगलाई हित गर्ने भनिएको, सिमसारमा पाइने घाँस वा झार; पिरिया । मधेसतिर 'कतरा' भनिने झार ।

पिर्लिक्क— क्रि॰ वि॰ [अ॰ मू॰ पिर्लिक्+क] १. रिसाउँदा, मूर्च्छा पर्दा वा मर्दा आँखा पल्टाएर; पर्लक्क । वि॰ २.डरलाग्दो किसिमसित पल्टिएको (आँखा॰ । ना॰ ३. क्रुद्ध दृष्टि; डरलाग्दो हेराइ । > पिर्लिक्किनु— अ॰ क्रि॰ आँखा पिर्लिक्क हुनु; डरलाग्दो किसिमले आँखा पल्टिनु । पिर्लिक्क्याइ/पिर्लिक्क्याहट— ना॰ आँखा पिर्लिक्क हुने क्रिया वा प्रक्रिया ।

पिलन्धरे— वि॰ [पीर+धर] १. रोग आदिले गर्दा चाउरिएको; दुब्लो; कृश; कमजोर । २. सानातिना कुरामा रुन थाल्ने; रुन्चे; पितुर्के । श्र पिलन्धथ्याइँ— ना॰ पिलन्धरेपन ।

पिलपिल— क्रि॰ वि॰ [अ॰ मू॰ पिल्+अ (बि॰)] १. सानोतिनो कुरामा पनि रोइरहने किसिमले । २. आँखाबाट बर्र आँसु झारेर । ३. मधुरोसँग बलेर; धिपधिप । ना॰ ४. आँसुझराइ । ५. बत्तीको मन्द बलाइ । > पिलपिलाइ— ना॰ पिलपिल गर्ने क्रिया वा प्रक्रिया ।

पिलपिलाइनु— अ॰ क्रि॰ पिलपिल गर्ने होइनु । पिलपिलाउँदो— वि॰ पिलपिले । पिलपिलाउनु— अ॰ क्रि॰ पिलपिल गर्ने हुनु ।

पिलपिलिनु— अ॰ क्रि॰ पिलपिलाइनु । पिलपिले— वि॰ पिलपिल गर्ने; पिलपिलाउँदो; पिलपिलाहा । पिलपिल्याइ— ना॰ पिलपिलाइ ।

पिलपिल्याहा— वि॰ १. पिलपिले; रुन्चे । २. मन्द (आलोक॰ ।

पिला— ना॰ विवाहका समयमा छोरीलाई दाइजोका साथ दिइने पेटारोजस्तो भाँडो ।

पिलाइ— ना॰ [रू पिलाउ -+आइ॰] १. दूध, पानी आदि तरल पदार्थ पियाउने क्रिया वा प्रक्रिया; पियाइ । २. गोली सुलाउने क्रियाप्रक्रिया; सुलाइ । [ > ] पिलाइनु— क॰ क्रि॰ १. पानी आदि पियाइनु । २. गोलीले हानिनु । पिलाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. पानी आदि पियाउनु वा पिउन लाउनु । २. गोलीले हान्न लाउनु । पिलाहट— ना॰ गोलीको प्रहार ।

पिलास— ना॰ [अङ्॰ प्लास्] १. पेचकस । २. निम्न कोटिको मखमल ।

पिलि–नु— अ॰ क्रि॰ [पिलो+इ+नु] १. आघात परेको, चोट लागेको वा नीलडाम परेको ठाउँको रगत भित्रभित्रै बिग्रिएर घाउ उत्पन्न हुने स्थितिमा पुग्नु । २. घाउखटिरामा पीप आदि जमेर पाक्ने लक्षण देखिनु ।

पिलिक्क— क्रि॰ वि॰ [अ॰ मू॰ पिलिक्+क] १. आगो, बत्ती आदि एक्कासि बलेर । २. सानोतिनो कुरामा झट्ट आँसु चुहाएर । >

पिलिक्याइ— ना॰ पिलिक्क बल्ने, आँसु झार्ने वा आँखा पल्टाउने क्रियाप्रक्रिया । पिलिक्याइनु— क॰ क्रि॰ पल्टाइनु; पिर्लिक्क पारिनु ।

पिलिक्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ पिलिक्क पार्नु वा पार्न लाउनु ।

पिलीपिली— क्रि॰ वि॰ [अ॰ मू॰ पिल्+ई (बि॰)] पिलपिल भइरहेर ।

पिले— वि॰ [पिलो+ए] पिलो (खटिरो॰ आएको -व्यक्ति) ।

पिलेट— ना॰ [अङ्॰ प्लेटे हे॰ प्लेट ।

पिलो— ना॰ [सं॰ पीडके मासु धेरै भएको ठाउँमा आउने एक किसिमको खटिरो; फिलामा आउने खटिरो; ठूलो जातको पिप्सो ।

पिल्याइ— ना॰ [रू पिल्याउ -+आइ॰] पिलिने वा पिल्याउने क्रिया– प्रक्रिया । [ > ] पिल्याइनु— क॰ क्रि॰ पिल्याउने वा पिलिने पारिनु ।

पिल्याउ–नु— स॰ क्रि॰/प्रे॰ क्रि॰ [सं॰ प्रेरणे १. ज्यामिर, निबुवा आदि फलहरू रस निकाल्नाका लागि मल्नु; गिलो पार्नु; गिल्याउनु । २. घाउ–खटिरा आदिलाई कुनै उपायबारा पिलिने तुल्याउनु । ३. गोली आदि मिलाउन लगाउनु । > पिल्याहट— ना॰ पिल्याइ ।

पिल्ल— क्रि॰ वि॰ [अ॰ मू॰ पिल्+ल] १. सानोतिनो कुरामा आँसु झारेर । २. मधुरो किसिमले बलेर । ~ पिल्ल— क्रि॰ वि॰ १. सानोतिनो कुरामा बारबार आँसु झारिरहेर । २. आगो, बत्ती आदि पिलपिल किसिमले बलिरहेर ।

पिल्लि–नु— अ॰ क्रि॰ [पिलो+इ+नु] १. घाउ, खटिरा आदि पिलिनु । २. निबुवा, कागती आदि रस निस्कने गरी निचोरिनृु ।

पिल्सि–नु— अ॰ क्रि॰ [सं॰ । प्लुष्=डढ्नु] १. (हरिया मकै आदि॰ आगाको रापले सेकिएर भित्रभित्रै पाक्नु । २. कुनै वस्तु अलि– अलि डढ्नु । ३. मानसिक चिन्ताले गर्दा भित्रभित्रै दुःखी हुनु; पिरोलिनु; चिन्तित हुनु । > पिल्स्याइ— ना॰ पिल्सिने भाव, क्रिया वा प्रक्रिया । पिल्स्याइनु— क॰ क्रि॰ आगोमा सेकाएर भित्रभित्रै पाक्ने बनाइनु । पिल्स्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ त्यसरी सेकाएर पाक्ने पार्नु वा पार्न लाउनु । पिल्स्याहट— ना॰ पिल्स्याइ ।

पिवाँचा— ना॰ [नेवा॰] गजाले रेटेर बजाइने एक प्रकारको छालाले मढेको तारबाजा । (यो दुई प्रकारको हुन्छ— चारतारे र दुईतारे॰ ।

पिवा— ना॰ [भो॰ ब॰] १. तुङ्वा खानेले जाँडको ढुङ्ग्रामा गाडेर चुस्ने दुवैतिर प्वाल परेको बाँसको सोते । २. भँडारे ।

पिवाब— ना॰ [सेर्पा॰] पिवाँचाजस्तै एक प्रकारको बाजा ।

पिशाच— ना॰ [सं॰] १. देवताबाट जन्मेका मठ्याहा जातिका दस भेदमध्ये एक; देवताका ठिमाहा जातिमध्ये एक; निम्नकोटिको र बीभत्स कर्म गर्ने हीन देवयोनि; भूत–प्रेत आदि । २. दुष्ट मानिस । वि॰ ३. दुष्ट; नीच । ~ भाषा— ना॰ पैशाची भाषा । >

पिशाचिका— ना॰ १. पिशाचयोनिकी स्त्री; पिशाच नारी । २. जटामसीको एक भेद । पिशाची— ना॰ पिशाच योनिकी स्त्री; स्त्री पिशाच ।

पिशुन— ना॰ [सं॰] १. अर्काको चुक्ली लाउने व्यक्ति; छुल्याइँ गर्ने व्यक्ति; छुल्याहा मानिस । वि॰ २. चुक्ली लाउने; छुल्याहा; नीच; क्षुद्र ।

पिष्ट— वि॰ [सं॰] १. पिँधिएको; पिँधेर चूर्ण पारिएको । ना॰ २. पिँधिएको वस्तु; पीठो । — पेषण— ना॰ १. एकपल्ट पिँधिसकेको वस्तुलाई फेरि पिँध्ने काम । २. गरिसकिएको वा भनिसकिएको काम वा कुरालाई फेरि दोहोथ्याउने काम; पुष्टि; पुष्टिप्रदान; स्पष्टीकरण ।

पिस्–नु— स॰ क्रि॰ [सं॰ पेषणे १. हे॰ पिँध्नु; पिन्नु । २. तास, गन्जिफा आदि फेट्नु र बाँड्नु ।

पिस१— ना॰ [अङ्॰] १. कुनै हास्यव्यङ्ग्यको सानो अंश । २. कुनै छोटो रोचक प्रसङ्ग । ३. कपडा आदिको टुक्रो । ४. शान्ति ।

पिस२— ना॰ [सं॰ । पिष्] तास, गन्जिफा आदि फेटेर बाँड्ने काम ।

पिसाइ— ना॰ [रू पिस् -+आइ॰] १. पिस्ने काम (तास आदि) । २. पिँध्ने क्रिया वा प्रक्रिया; पिँधाइ; पिनाइ । [ > ] पिसाइनु— क॰ क्रि॰ पिस्न वा पिँध्न लाइनु । पिसाउनी— ना॰ पिसाएको वा पिँधाएको ज्याला; पिसानी । पिसाउनु— प्रे॰ क्रि॰ पिस्न वा पिँध्न लगाउनु ।

पिसाच— ना॰ [सं॰ पिशाचे पिशाच; पिचास ।

पिसानी— ना॰ [रू पिसाउ+आनी] १. घट्ट, कल आदिमा मकै आदि पिँधाउँदा दिइने ज्याला; पिसाउनी । २. पिसाउने वा पिँधाउने कार्य । ~ दस्तुर— ना॰ पिँधाएको ज्याला ।

पिसाप— ना॰ [फा॰ पेशाबे खाएको तरल पदार्थ पेटमा पुगी पचेर प्राणीहरूका जननेन्द्रियबाट निस्कने तरल पदार्थ; पिसाब; मूत्र; मूत; लघुशङ्का । — खाना— ना॰ पिसाब गर्न बनाइएको ठाउँ; पिसाबघर ।

पिसाब— ना॰ [फा॰ पेशाबे पिसाप; मूत्र; मूत । — खाना— ना॰ पिसाप गर्ने घर वा खण्ड । ~ घर— ना॰ पिसापखाना ।

पिसि–नु— क॰ क्रि॰ [रू पिस्+इ+नु] १. पिस्ने काम गरिनु; पिसाइमा पारिनु । अ॰ क्रि॰ २. पिसाइमा पर्नु ।

पिसोल्–नु— स॰ क्रि॰ अलि–अलि डढाउनु; पिल्स्याउनु । >

पिसोलपासोल— ना॰ बाहिर–बाहिर अलि–अलि पिसोल्ने वा डढाउने काम । पिसोलाइ— ना॰ पिसोल्ने क्रिया वा प्रक्रिया । पिसोलाइनु— क॰ क्रि॰ पिसोल्ने पारिनु । पिसोलिनु— क॰ क्रि॰ पिसोल्ने काम गरिनु; पिसोलाइ पुग्नु ।

पिस्ता— ना॰ [फा॰ पिस्ते हे॰ पेस्ता ।

पिस्तोल/पिस्तौल— ना॰ [अङ्॰ पिस्टले सानो, च्याप्टो तथा एक हातले चलाइने बन्दुकका जातिको हतियार; तमन्चा ।

पीँ— ना॰ [अ॰ मू॰] १. सनई आदि बाजा बजाउँदा आउने आवाजग् सनई आदि बाजा बज्ने किसिम । २. साना बालकहरू रुँदा आउने आवाज; साना बालकहरू रुने किसिम । क्रि॰ वि॰ ३. त्यसरी बज्ने वा रुने गरी ।

पीँध— ना॰ हे॰ पिँध ।

पीक— ना॰ हे॰ पिक३ । — दान/दानी— ना॰ हे॰ पिकदानी ।

पीब— ना॰ हे॰ पिब ।

पीछा— ना॰ हे॰ पिछा ।

पीठ— ना॰ [सं॰] १. हाटबजार लागेको ठाउँ । २. हाटबजार; बजार । ३. तीर्थस्थल । ४. राजसिंहासन । [स॰] पृष्ठ=पिठिउँ/ पछि] ५. गर्दनदेखि चाकसम्मको अङ्ग; पिठिउँ; आब । ६. काठ, ढुङ्गा आदिको आसन; पिरा; पिर्का । ७. विद्यार्थीहरूले पढ्ने ठाउँ । ८. देवताको मूर्तिलाई अडेसाको लागि दिइने कुनै वस्तु । — क— ना॰ बस्ने आसन (चौकी, चकटी, पिर्का इ॰) । —

मर्द— ना॰ १. संस्कृत साहित्यशास्त्रअनुसार आ६ना कुराका चातुर्यले नायिकाको मानभङ्ग गर्न जान्ने नायकको मित्र । २. नटीलाई नाच सिकाउने उस्ताद । ३. लामो प्रासङ्गिक कथाको नायक; पताकाको नायक; मुख्य नायकभन्दा गुणमा केही कम भएको उपनायक । — स्थविर— ना॰ विश्वविद्यालय, विद्यापीठ, गुरुकुल आदि संस्थाको छात्रसम्बन्धी विवरण तथा अन्य कागतपत्र राख्ने र तिनीहरूको शिक्षादीक्षाको राम्रो प्रबन्ध गर्ने प्रमुख (वृद्ध॰ पदाधिकारी; कुलसचिव; रजिष्ट्रार । > पीठाध्यक्ष— ना॰ राजाका आसनहरूको बन्दोबस्त गर्ने व्यक्ति । पीठासीन— वि॰ १. अध्यक्षको आसनमा बसेको; पीठमा बसेको (व्यक्ति) । २. गद्दीमा बसेको (व्यक्ति॰ ।

पीठिका— ना॰ [सं॰] १. पिरा; पिर्का । २. कथा आदिका पुस्तकहरूको परिच्छेद; अध्याय (पूर्वपीठिका, उत्तरपीठिका इ॰) । ३. देवमूर्ति वा कुनै खम्बाको आधार ।

पीठो— ना॰ हे॰ पिठो ।

पीडक— वि॰ [सं॰] १. अरूलाई वा स्वयम्लाई कष्ट पुथ्याउने वा दुःख दिने; पीडा पुथ्याउने । ना॰ २. पीडा दिने व्यक्ति । प॰ स॰ ३. धेरैजसो अरू शब्दका पछाडि आउने र 'पीडा दिने' भन्ने अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (जस्तै— आत्मपीडक, परपीडक इ॰) ।

पीडन— ना॰ [सं॰] १. पीडा वा दुःख दिने क्रिया वा काम; सताउने क्रिया वा काम; पिरोलाइ । २. अन्याय; अत्याचार । ३. कुनै व्यक्ति वा वस्तुलाई थिच्ने काम; पेल्ने काम । ४. अँठ्याउने काम ।

पीडा— ना॰ [सं॰] १. शरीरमा चोटपटक लाग्दा वा अन्य कुनै कारणले शारीरिक कष्ट हुँदा वा मानसिक आघात पर्दा सचेत व्यक्तिका मनमा हुने दुःखको अनुभूति; शारीरिक वा मानसिक दुःखको अनुभव; वेदना; व्यथा; तकलिफ; कष्ट । २. रोग; व्याधि । ३. बाधा; अडकाउ । — कर/जनक— वि॰ शारीरिक वा मानसिक दुःख दिने; पीडा दिने; कष्टप्रद । > पीडाल्पक— वि॰ दुःख कम गराउने (औषधीविशेषः सिडेटिन, पेनकिलर आदि॰ । पीडित— वि॰ १. दुःख दिइएको वा दुःख पाएको; सताइएको । २. दबाइएको; थिचिएको । ३. सिकिस्त पारिएको ।

पीढी— ना॰ हे॰ पिँढी ।

पीत— वि॰ [सं॰] १. पहेँलो । २. पिइएको; पान गरिएको । ना॰ ३. पहेँलो रब । — कण— ना॰ वनस्पतिमा हुने पहेँलो रञ्जक वस्तु । ~ चन्दन— ना॰ १. चन्दनका रूपमा प्रयोग गरिने पहेँलो किसिमको श्रीखण्ड । २. चन्दनका रूपमा लगाइने माटो; गोपीचन्दन; रामतिलक । — मणि— ना॰ हे॰ पुष्पराज । — मूली— ना॰ पदमचाल्नु (बुटी॰ ।

पीतल— ना॰ [सं॰] हे॰ पित्तल । > पीतलीय— वि॰ पित्तलको; पित्तलको जस्तो; पहेँलो । पीतले— वि॰ हे॰ पित्तले ।

पीताम्बर— ना॰ [सं॰] १. पूजापाठ आदि गर्दा लगाइने रेसम वा पाटको धोती । २. पहेँलो वस्त्र । ३. पहेँलो वस्त्र धारण गर्ने विष्णु । ४. पहेँलो फुल्ने एक प्रकारको फूल । वि॰ ५. पहेँलो वस्त्र लगाउने वा पहेँलो वस्त्र भएको ।

पीन— वि॰ [सं॰] १. मोटो जीउ भएको; मोटो; स्थूल; स्थूलकाय । २. पुष्ट । ३. ठूलो; विशाल; भीम ।

पीप— ना॰ हे॰ पिप ।

पीपल— ना॰ हे॰ पिपल । > पीपलु— ना॰ हे॰ पिपलु ।

पीयूष— ना॰ [सं॰] १. सुधा; अमृत । २. बिहाएको सात दिनभित्रको गाईको दूध; सात दिनभित्रको लैनु गाईको बिगौते दूध ।

पीलु— ना॰ [सं॰] साधारणतः पात, फल, फूल ओखरका जस्तै हुने विशेष प्रकारको ओखर; दाँते ओखर ।

पीवर— वि॰ [सं॰] पीन; मोटो; विशालकाय; बडेमाको ।