मुखपृष्ठ

द१— देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये अठारौँ व्यञ्जन; दन्त्य, स्पर्शी, घोष, अल्पप्राण ध्वनि; तवर्गको तेस्रो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; दहिले द ।

द२— वि॰ [सं॰] नाम शब्दका पछिल्तिर समासान्त भई दिने, स्वीकार गर्ने, जन्माउने आदि अर्थ बुझाउने उपपद -जलद, धनद, सुखद, अन्नद इ॰) ।

दँगाली— वि॰ [दाब+आली] १. दाबसम्बन्धी; दाबको । २. दाब निवासी; दङ्गाली; दबाली ।

दँजाइ— ना॰ [रूदाँज् -+आइ_] दाँज्ने भाव, क्रिया वा प्रक्रिया । [श्रे

दँजाइनु— क॰क्रि॰ दाँज्न लाइनु; दाँज्ने पारिनु । दँजाउनु— स॰ क्रि॰ दाँज्ने काम गराउनु; दाँज्न लगाउनु; दाँज्ने पार्नु ।

दँतार/दतार— ना॰ [दाँत+आर] १. पूरा दाँत उम्रिसकेको मत्ता हात्ती; ठूला र लामा दाह्रा आइसकेको हात्ती; दतार । वि॰ २. ठूलाठूला दाँत भएको; दाह्रे । २. धुताहा ।

दँतुली— ना॰ [दाँत+उली] १. उँधो फर्किएको दाँत भएकी ढोई; लकुना । वि॰ २. दाँत बाहिर उछिट्टिएकी; छ्वाँके -स्त्री) ।

दँतुलो— वि॰ [दाँत+उलो] १. दाँत बाहिर निस्केको; छ्वाँके । ना॰ २. पूरा दाँत वा दाह्रा भएको मत्ता हात्ती; दँतार ।

दँतेउरी— वि॰ [दाँत+एउरी] दँतुली ।

दँदेउरो— ना॰ [दाँदें+एउरो] दाँदे ।

दँद्याइ— ना॰ [रू दँद्याउ -+आइ_] दँद्याउने क्रिया वा प्रक्रिया । [ > ] दँद्याइनु— क॰क्रि॰ दँद्याउने काम गरिनु ।

दँद्याउ–नु— स॰ क्रि॰ [दाँदे+याउ+नु] जिलौटा सोहोरी हिलो माटो सम्म पार्नु ।

दंश— ना॰ [सं॰] १. दाँतले टोकेर लागेको घाउ । २. साँप आदिले डस्ने काम । ३. डसाइ रू ४. डाँस; डाँठ । ५. बिच्छी, अरिङ्गाल आदिको चिलाइ । श्रदंशक— वि॰ १. दाँतले टोक्ने -कुकुर आदि) । २. डस्ने -साँप आदि) । ३. चिल्ने -बिच्छी आदि) । दंशन— ना॰ १. टोक्ने काम; टोकाइ । २. डस्ने काम; डसाइ । ३. चिल्ने काम; चिलाइ । ४. ठुङ्ने काम; ठुबाइ । दंशित— वि॰ १. डसिएको । २. टोकिएको । दंशी— वि॰ १. डस्ने । २. टोक्ने ।

दंष्ट्रा— ना॰ [सं॰] साह्रो वस्तु दार्न हुने, ठूलो र तीखो दाँत; दाह्रो । श्र दंष्ट्री— वि॰ १. साह्रो वस्तु दार्न सक्ने ठूला र तीखा दाँत भएको; दाह्रे । ना॰ २. सुँगुर; बँदेल ।

दंसो— ना॰ [सं॰ दंशे १. गाईबस्तु, कुकुर आदिलाई चिल्ने एक जातको ठूलो झिँगो; डाँस, डाँठ । २. दाँतमै बिलाउलाजस्तो न्यूनतम परिमाण; लेश ।

दकस— ना॰ जान्नेसुन्नेका अगाडि बोल्न अनकनाउने मानसिक स्थिति ।

दकार— ना॰ [सं॰] 'द' वर्ण वा अक्षर; तवर्गको तेस्रो व्यञ्जनवर्ण ।

दक्खिन— ना॰ [सं॰ दक्षिणे दक्षिण । श्रदक्खिना/दक्खिनी/दक्खिने— वि॰ १. दक्खिनतिरको; दक्खिनमा बस्ने; दक्षिणी । ना॰ २. द्रविड, तमिल आदि जाति ।

दक्ष— वि॰ [सं॰] १.योग्य; सक्षम; विशेषज्ञ; सिपालु; कुशल २. दायाँ; दाहिने । ३. एक प्रजापतिको नाम । — कन्या— ना॰ दक्षप्रजापतिकी छोरी; सतीदेवी । ~ जनशक्ति— ना॰ कुनै खास विषय वा क्षेत्रमा दक्षता वा खूबी भएको जनशक्ति; दक्षताप्राप्त जनशक्ति; विशेषज्ञवर्ग । — ता— ना॰ दक्ष हुनाको भाव वा स्थिति; सक्षमता; कुशलता । ~ शक्ति पलायन प्रक्रिया— ना॰ कुनै एक देशका प्रतिभाशाली व्यक्ति वा व्यावसायिक स्रोतले विभिन्न कारणबाट स्वदेश त्याग गरी अर्कै देशमा जाने क्रिया; प्रतिभापलायन ।

दक्षिण— ना॰ [सं॰] १. सूर्योदय भएतिर मुख फर्काउँदा दाहिनेतिर पर्ने दिशा; उत्तरको ठीक उल्टोतिरको दिशा; दक्खिन । वि॰ २. योग्य; निपुण; सिपालु । ३. दायाँ; दाहिने । ४. कुनै काम सिद्ध गर्नमा सहायक । ५. पराश्रित । ६ अनेक नायिकामा समान रूपले प्रेम राख्ने नायक; सरल नायक; धीरोदात्त, धीरोद्धत, धीर प्रशान्त र धीर ललित चार प्रकारका नायकको शृङ्गारी अवस्थामा हुने चार किसिममध्ये एक । ~ एसिया— ना॰ एसियाको दक्षिण भागमा रहेका नेपाल, भारत, भुटान, बङ्गलादेश, पाकिस्तान, बर्मा, श्रीलङ्का, अफगानिस्तान आदि देशहरूको भूभाग । — काली— ना॰ १. काठमाडौँ सहरदेखि १८ कि॰मि॰ दक्षिणमा अवस्थित एक प्रसिद्ध देवी । २. शिवजीका छातीमा दाहिने पाउले टेक्ने देवी । ३. तान्त्रिकहरूबारा उपासना गरिने एक देवी । — तर्फका कामान्डिब

जनरल— ना॰ राणाकालमा राज्यका दक्षिण भागको प्रशासनिक रेखदेख गर्ने अधिकारवाला व्यक्ति; पूर्वतर्फपछिको रोलवाला । —

पन्थ— ना॰ घोर उग्रवादी वा क्रान्तिकारी विचारधाराका विरुद्ध क्रमिक, वैधानिक र शान्तिपूर्ण तरिकाले विकास गर्नुपर्छ भन्ने एक राजनीतिक सिद्धान्त; दक्षिणमार्ग । — पन्थी— वि॰ दक्षिणपन्थको; दक्षिणमार्गको समर्थक वा अनुयायी; दक्षिणमार्गी । — मार्ग— ना॰ १ दक्षिणपन्थ । २. वेदविहित धर्मलाई मान्ने एक सम्प्रदाय रू—मार्गी— वि॰ दक्षिणपन्थी ।

दक्षिणा— ना॰ [सं॰] १. यज्ञ, पूजाआजा, श्राद्ध आदि देव–पितृकार्यमा कार्य पूरा भएपछि ब्राह्मणहरूलाई दिइने द्रव्य; चाडपर्व आदिका अवसरमा छोरीचेली, ज्वाइँ आदिलाई दिइने धन; दच्छिना । २. दक्षिण दिशा । ३. दुधालु गाई । ४. अरू स्त्रीसँग सम्बन्ध राख्ने नायकलाई पनि प्रेम गर्ने चतुर नायिका । ५. यज्ञकी पत्नी ।

दक्षिणाग्नि— ना॰ [सं॰] गार्हपत्य नामको अग्निदेखि दक्षिणतर्फ द स्थापित गरिने अग्नि; तीन प्रकारका अग्निमध्ये एक ।

दक्षिणाचार— ना॰ [सं॰] १. वैदिक पद्धतिअनुसार पञ्चामृतबारा देवी वा शक्तिको पूजा गर्ने एक सम्प्रदाय । वि॰ २. पावन अनुष्ठानअनुसार शक्तिका उपासक । ३. आचरणशील ।

श्रदक्षिणाचारी— वि॰ दक्षिणाचार सम्प्रदायका अनुयायी ।

दक्षिणाभिमुख— वि॰ [सं॰] दक्षिणतर्फ मुख फर्केको; दक्षिणपन्थी राजनीति, मान्यता आदितर्फ आन्तरिक झुकाउ रहेको; दक्षिणोन्मुख ।

दक्षिणायन— ना॰ [सं॰] १. भूमध्येरेखादेखि उत्तरतिर रहेको कर्करेखादेखि दक्षिण मकररेखासम्म हुने सूर्यको गति । २. सूर्य कर्करेखाबाट ओरालो -दक्षिणतिर) लाग्ने छ महिनाको समय; साउने सङ्क्रान्तिदेखि पौष मसान्तसम्मको समय; उत्तरायणको उल्टो समय ।

दक्षिणावर्त— वि॰ [ सं॰] १. दाहिनेतिर फर्केको वा मोडिएको; दाहिनेतिर घुमेको । २. दक्षिण दिशातर्फ फर्केको वा मोडिएको । ना॰ ३. दाहिने शङ्ख ।

दक्षिणी— वि॰ [सं॰] दक्षिणपट्टि रहेको; दक्षिणको; दक्खिनी । ~ नरवानर— ना॰ नृतत्त्वशास्त्रका अनुसार दक्षिणी अफ्रिकामा पाइने मानिसजस्तो वानर ।

दखल— ना॰ [अ॰ दख्ले १.कब्जा; अधिकार; विजय; सर; दक्खल । २. निपुणता; कौशल ।

दगलफसल— ना॰ [दङ्गा+फसाद] झगडा; बाझाबाझ; कलह; भनावैरी; दङ्गाफसाद ।

दगल्चि–नु— अ॰ क्रि॰ [दगल्चो+इ+नु] १.कुनै काम दगल्चो अर्थात् अधूरो हुनु; पूरा नहुनु; अधकल्चो हुनु । २. आधा दलिनु; मैदा नहुनु; राम्ररी नपाक्नु । ३. दाल, चामल आदि सिलौटा वा जाँतामा हालेर खस्रो पारेर दलिनु ।

दगल्चो— वि॰ १. अधकल्चो; अधूरो । २. अलिअलि मात्र पाकेको वा दलेको ; दगल्चिएको । श्रदगल्च्याइ— ना॰ दगल्च्याउने काम वा काइदा । दगल्च्याइनु— क॰क्रि॰ दगल्चो पारिनु; अधकल्चो तुल्याइनु । दगल्च्याउनु— स॰ क्रि॰ १. दगल्चो पार्नु । २. अलिअलि पकाउनु वा दल्नु ।

दगा— ना॰ [अ॰] १. छल; कपट । २. इबी; रिस; दागा -उदा॰— रावण्माथि दगा धरेर सहजै लक्ष्मण् उठ्याथ्या जसै— भानुभक्त, 'रामायण' । ) ।

दगाइ— ना॰ [रूदाग् -ंआइ_] दाग्ने क्रिया वा प्रक्रिया । [ > ] दगाइनु— क॰ क्रि॰ दाग्न लगाइनु । दगाउनु— प्रे॰ क्रि॰ बन्दुक, तोप आदि पड्काउनु; दाग्ने पार्नु ।

दगाबाज— वि॰ [फा॰] दगा गर्ने; धोकेबाज; कपटी । > दगाबाजी— ना॰दगा गर्ने काम; धोकेबाजी; कपट ।

दगुर्–नु— अ॰ क्रि॰ १. दौडनु; कुद्नु । २. भाग्नु; सुइँकुच्चा ठोक्नु । ३. चाँडो हुनु; नरोकिनु । श्रदगुराइ— ना॰ दगुर्ने काम वा किसिम । दगुराइनु— क॰ क्रि॰ दगुर्न लाइनु; दौडाइनु ।

दगुराउनु— प्रे॰ क्रि॰ दगुर्न लगाउनु; दौडाउनु । दगुरादगुर— ना॰ कुनै कामका निमित्त खूबै दौडादौड गर्ने काम; दौडधुप; कुदाकुद । दगुरिनु— अ॰ क्रि॰ दगुर्ने होइनु; कुदिनु ।

दग्गडदागड— ना॰ रौरा अर्थात् नाचगान सिकाउने वा उठाउने मुख्य व्यक्तिले झिकेका गीतलाई छोप्ने समूह ।

दग्ध— वि॰ [सं॰] १. डढेको; पोलेको; पिल्सिएको । २. दुःख पाएको; सताइएको; सन्तप्त । ३. दुर्भिक्षग्रस्त । ४. अशुभ । ५. सुक्खा; नीरस । ६. दुष्ट । श्रदग्धाक्षर— ना॰ छन्दशास्त्रअनुसार कवितारचनामा अशुभ मानिने झ, भ, र, ष, ह पाँच अक्षर ।

दग्धिनु— अ॰ क्रि॰ घामपानीमा तपेर वा भिजेर चर्को मेहनत गर्नाले बिरामी हुनु ।

दग्धी— ना॰ [सं॰ दग्ध+ई] घामपानी सहेर गरिएको कठोर परिश्रम । — को जरो/ज्वरो— ना॰ त्यस्तो परिश्रमले आएको कडा ज्वरो ।

दग्ध्याइ— ना॰ [रू दग्धि -+याइ_] दग्धिने क्रिया वा प्रक्रिया । [श्रे

दग्ध्याइनु— क॰क्रि॰ दग्धिने पारिनु । दग्ध्याउनु— प्रे॰ क्रि॰ दग्धिने पार्नु ।

दबदब— क्रि॰ वि॰ [अ॰ मू॰ दङ्+अ -बि॰_] १. नराम्रो गन्ध वा दुर्गन्ध आउने गरी । २. खुट्टा बजारेर हिँड्दा आवाज आउने गरी । ३. सिरक, डसनाजस्तो मोटो नरम वस्तुमा केही साह्रो वस्तुले हिर्काउँदा आवाज निस्केझैँ । ४. तोप, बन्दुक आदि एकपछि अर्को गर्दै क्रमशः पड्किँदै गएर । श्रदबदबती/दबदबी— क्रि॰ वि॰ छिटोछिटो दबदब गरेर; दबदब ।

दबदास— वि॰ [दङ्ग+दास] १. दब परेको; निकै खुसी भएको । २.जिल्ल परी रमाएको; छक्क परेको; आश्चर्यचकित ।

दबाली— वि॰हे॰ दँगाली ।

दङ्ग१— क्रि॰ वि॰ [अ॰ मू॰ दङ्+ग] १. बन्दुक, तोप आदि पड्कँदा शब्द निस्केर; ढ्याङ्ग । २. आवाज आउने गरी पछारिने किसिमले । ३. पछारिँदाको आवाजजस्तै गरी ।

दङ्ग२— ना॰ [सं॰ मृदङ्गे एकातिर मुछेको पीठो टाँसी हातले ठोकेर बजाइने, दुवैतिर छालाले मोहोरिएको ढोलजस्तो एक बाजा ।

दङ्ग३— वि॰ [फा॰ दंगे १.धेरै प्रसन्न; निकै खुसी । २. चकित; छक्क; बिस्मित । — दास— वि॰ दबदास ।

दङ्गल— ना॰ [फा॰] १.जनसमूह; भीड; हूल । २. दङ्गा वा झगडा भएको ठाउँ । ३. त्यस्तो ठाउँमा परेर वा कठिन परिस्थिति भोगेर पाइने अनुभव । ~ खानु— टु॰ धेरै हन्डर भोग्नु वा मानिसरूको भीडमा परेर धक फुक्नु । -उदा॰— दङ्गल खाएको छोराले जीवन बुझेको हुन्छ रू_

दङ्गा— ना॰ [फा॰ दङ्गले १. धेरै मानिसको बीचमा भएको मारकाट; त्यस्तो झगडा; बाझाबाझ वा कलह । २. उत्पात; उपध्रो ।

दङ्गादङ्गी— वि॰ [दङ्ग+आ+दङ्ग+ई] १. ज्यादै खुसी वा प्रसन्न भएको; निकै हर्षित; मक्ख परेको । ना॰ २. प्रसन्नता; हर्षोल्लास ।

दङ्गाफसाद— ना॰ [दङ्गा+फसाद] १. दगलफसल; बाझाबाझ; कलह । २. कुटामारी; मारपिट; ३. उत्पाद; उपध्रो ।

दङ्गि–नु— अ॰ क्रि॰ [दङ्ग+इ+नु] १. खुसी हुनु; दङ्ग पर्नु; प्रसन्न हुनु; रिझिनु । २. दङ्ग परेर लड्नु; पछारिनु । > दङ्ग्याइ— ना॰ दङ्गिने काम वा काइदा । दङ्ग्याइनु— क॰क्रि॰ दङ्ग्याउने काम गरिनु । दङ्ग्याउनु— प्रे॰ क्रि॰ दङ्ग पार्नु; खुसी पार्नु; रिझाउनु ।

दङ्ग्याहा— वि॰ [दङ्गा+याहो दङ्गा गर्ने; कलह मच्चाउने/ मारपिट गर्ने स्वभावको; झगडालु ।

दचक— ना॰ [सं॰ दत्त+कृ] १. हिँडाइको चापबाट उत्पन्न हुने थर्काइ; एक प्रकारको कम्प; दच्को । २. चोर, डाँका आदिको उपस्थितिसूचक शब्द; भयसूचक शब्द । ३. ठक्कर; धक्का ।

दच्क–नु— अ॰ क्रि॰ [दच्को+नु] १. तर्सनु; डराउनु; भड्कनु; झस्कनु । २. उतर्सिनु; आत्तिनु; भयभीत हुनु । > दच्काइ— ना॰ दच्कने क्रिया–प्रक्रिया; डर; झस्को; त्रास । दच्काइनु— क॰क्रि॰ दच्काउने काम गरिनु । दच्काउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. तर्साउनु; भड्काउनु । २. अत्त्याउनु । दच्काहा— वि॰ डराउने; तर्सने; झस्कने; दच्किलो । दच्किनु— अ॰ क्रि॰ १ दच्कनु । २. तर्सिनु । दच्किलो— वि॰ दच्कने स्वभावको; दच्काहा ।

दच्को— ना॰ [रू दचके थर्काइ; दचक ।

दच्क्याइ— ना॰ [रू दच्कि -+याइ_] दच्किने भाव, क्रिया वा प्रक्रिया । [ > ] दच्क्याइनु— क॰ क्रि॰ दच्किने पारिनु । दच्क्याउनु— प्रे॰ क्रि॰ दच्किने पार्नु । दच्क्याहा— ना॰ दच्किने भाव, अवस्था वा क्रियाप्रक्रिया ।

दण्ड— ना॰ [सं॰] १. चार मुडीहात वा एक धनुषबराबरको नापो; किष्कहस्तको चार गुना र अङ्गुलको छयानब्वे गुनाबराबरको नाप । २. लट्ठी; लौरो; सोँठा; छडी । ३. सजाय; जरिवाना; डाँड; यातना; दण्डसजाय । ४. राजचिह्न । ५. फूलको डाँठ -कमल आदिको । — क— ना॰ १. प्रत्येक चरणमा सत्ताइस वा त्यसभन्दा बढी वर्ण हुने छन्दको एक भेद । २.लट्ठी; लाठो; दण्ड । ३. पङ्क्ति; लहर । — कर— ना॰ भराइएको दण्डको रकममा सरकारका तर्फबाट लाग्ने कर । ~ कानुन— ना॰ अपराधअनुसारको दण्डसम्बन्धी व्यवस्था भएको कानुन; दण्डविधान; फौजदारी कानुन । श्रदण्डकारण्य — ना॰ भारतस्थित नर्मदा र गोदावरीको बीचमा पर्ने एक प्राचीन जङ्गल । ~ कुण्ड— ना॰ कानुनले निषेध गरेको कुरो गरेमा वा कानुनले आज्ञा दिएको वा अह्राएको कुरो नगरेमा दिइने सजाय; दण्ड । ~ ग्रहण— ना॰ साधु बन्ने काम; सन्न्यासी हुन दण्ड ग्रहण गर्ने काम; तीर्थयात्रीले दण्ड लिने काम; सन्न्यासग्रहण । — धर— ना॰ १. राजा । २. यम । ३. न्यायाधीश । ४. सन्न्यासी । ५. चोबदार । वि॰ ६. हातमा दण्ड लिने; दण्डधारी । ~ नायक— ना॰ १. न्यायाधीश । २. प्रहरी विभागको मुख्य अधिकारी । ३. सेनापति; सेनानायक । ~ नीति— ना॰ १. शत्रु वा अपराधीलाई दण्डबारा वशमा राख्ने नीति; त्यस्तो न्याय वा सैनिकसम्बन्धी प्रशासन । २. दण्डशास्त्र । दण्डनीय— वि॰ दण्ड वा सजाय दिन योग्य; दण्ड दिनुपर्ने; दण्ड्य । ~ न्यायालय— ना॰ अपराधीलाई दिइने दण्डसम्बन्धी सम्पूर्ण मामला हेर्ने न्यायालय; फौजदारी अदालत । — पाणि— ना॰ १. यमराज । २. हातमा लट्ठी लिने व्यक्ति । ३. चोबदार । ४. भैरवको एक रूप । ~

बैठक— ना॰ एक खास किसिमको शारीरिक व्यायाम; दण्डपेलाइ; कसरत । ~ मत्स्य— ना॰ लामो र झीनो खालको एक जातको माछो । — वत्— ना॰ भुईँमा लेटेर गरिने एक प्रकारको प्रणाम वा नमस्कार; साष्टाङ्ग प्रणाम । ~ विधान/विधि— ना॰ दण्डशास्त्र; दण्डसंहिता । ~ शास्त्र— ना॰ दण्डको निर्णयसम्बन्धी शास्त्र; दण्डविधान; दण्डविधि । ~ सजाय— ना॰ दण्ड र सजाय; दण्ड । ~ सम्बन्धी— वि॰ दण्डसँग सम्बन्धित -विषय वा काम कुरो । ~ सहाय— ना॰ नाटकका नायकको सहायता गर्ने मित्र, राजकुमार, सामन्त, सैनिक र सिकारी आदि पात्र; नाटकका नायकको एक प्रकारको सहाय । दण्डात्मक— वि॰ दण्ड दिनुपर्ने भएको । दण्डा दण्डी— ना॰ हे॰ दन्डादन्डी ।

दण्डादेश— ना॰ [सं॰] अपराधीलाई दण्डित गर्न न्यायाधीशबारा दिइने आदेश; दण्डाज्ञा ।

दण्डालय— ना॰ [सं॰] न्यायालय ।

दण्डित— वि॰ [सं॰] दण्ड गरिएको; सजाय दिइएको; दण्ड पाएको ।

दण्डी— वि॰ [सं॰] १. हातमा दण्ड वा लट्ठी लिने; दण्डधर; दण्डधारी । ना॰२. धातु, काठ आदिको लट्ठी; छड । ३. हातमा बाँसको लट्ठी लिएर हिँड्ने सन्न्यासीको एक सम्प्रदाय ।

दण्डोपबन्ध— ना॰ [सं॰] कानुन, सन्धिसम्झौता आदिको सर्त उल्लङ्घन गर्ने व्यक्ति वा पक्षलाई दण्ड दिन व्यवस्था गरिएको उपबन्ध ।

दण्ड्य— वि॰ [सं॰] दण्ड दिनुपर्ने; डाँड्न लायक; दण्डनीय ।

दतार— ना॰हे॰ दँतार ।

दतिउन/दतिवन— ना॰ [प्रा॰ दतवणे दाँत सफा र बलियो पार्नका लागि प्रयोग गरिने नीम, सिमाली, कदम आदिका काठको टुक्रो; अपामार्ग; दन्तकाष्ठ ।

दत्त— वि॰ [सं॰] १. दिइएको; प्रदत्त; समर्पित; सुम्पिएको; दान गरिएको । ना॰ २. सङ्कल्प गरेर दान दिइएको वा अर्पण गरिएको वस्तु ।

दत्तक— ना॰ [सं॰] कानुनी प्रक्रिया तथा शास्त्रअनुसार सन्तान नभएका व्यक्तिले आ६नै परिवारको एक पुत्र वा पुत्रीको रूपमा मान्यता दिएको अरू कुनै व्यक्ति; दत्तकपुत्र; धर्मपुत्र वा धर्मपुत्री । ~ ग्रहण— ना॰ त्यस्तो धर्मपुत्र वा धर्मपुत्री पाल्ने काम । —

ग्राही— वि॰ दत्तक पाल्ने; धर्मपुत्र ग्रहण गर्ने । ~ पुत्र— ना॰ छोरा नहुनेले शास्त्रीय विधानअनुसार ग्रहण गरेको छोरो; धर्मपुत्र; पालित पुत्र ।

दत्तचित्त— वि॰ [सं॰] मन वा चित्तलाई कुनै एउटै कामकुरामा केन्द्रित गरेको; एकचित्त; एकाग्र ।

दत्तात्रय— ना॰ [सं॰] ब्रह्मा, विष्णु र महेशको अवतार मानिने, अत्रि र अनुसूयाका पुत्र, एक प्रसिद्ध ऋषि ।

ददा— ना॰ [तु॰ ददहे बालबच्चाहरूको हेरविचार गर्ने व्यक्ति; धरालो; रुँगालो ।

दद्रु— ना॰ [सं॰] ज्यादै चिलाउने र क्रमशः फैलँदै जाने एक चर्मरोग; दाद ।

दद्थ्यान— ना॰ [सं॰ दरण+यान] १. ससाना ढुङ्गा प्रशस्त भएको जमिन । २. पानीले घिसिएर माथिमाथि चोसाचोसी ढुङ्गा निस्किएको बाटो ।

दधि— ना॰ [सं॰] दूधलाई जमाएपछि बन्ने र नौनी, घिउ आदि बनाइने बाक्लो पदार्थ; दही । — पुष्प— ना॰ पानको आकारका ठूलठूला पात हुने, नीलो र सेतो पत्रवाल फूल फुल्ने, झुप्पामा कोसाका रूपमा फल लाग्ने सिमीको लहरा; त्यसैको कोसा वा दाना; काउछेसिमी । — सार— ना॰ मक्खन; नौनी; घिउ ।

दधीच/दधीचि— ना॰ [सं॰] देवताहरूलाई आ६नो शरीरको हड्डी दिएर प्राण अर्पित गर्ने; पुराणप्रसिद्ध एक ऋषि ।

दनक— ना॰ [सं॰ दण्डके लट्ठी, मुक्का आदिको कडा प्रहार; चोट; हनाइ; खप्की; मार ।

दनदन— क्रि॰ वि॰ [अ॰ मू॰ दन्+अ -बि॰_] १. दन्केर आगो बल्ने गरी; खूबसित दन्किएर । २. तोप; बन्दुक आदि पड्काउँदा धमाधम गोली छुट्ने गरी । श्रदनदनती— क्रि॰ वि॰चर्को रूपमा दन्किएर; दनदनी । दनदनाइ— ना॰ दनदनाउने भाव, क्रिया वा प्रक्रिया । दनदनाइनु— अ॰ क्रि॰ दनदन भएर आगो बलिनु ।

दनदनाउनु— अ॰ क्रि॰ १. दन्केर आगो बल्नु, दन्कनु । २. खूबै राम्रो र तेजस्वी हुनु । ३. बढिबढाउ हुनु; बनेको र सप्रेको हुनु ।

दनदनाहट— ना॰ दनदनाउने भाव, अवस्था वा क्रियाप्रक्रिया; दनदनाइ । दनदनी— क्रि॰ वि॰ दनदनती ।

दनादन— क्रि॰ वि॰ [अ॰ मू॰ दन्+आ+दन्+अ] १. क्रमिक रूपले; एकपछि अर्को गर्दै; धमाधम; लगालग । २. कुनै कामकुरो फुर्तीसाथ गर्ने गरी । ३.लगालग पिटेर । ४. एकनासले तोप, बन्दुक आदिका गोलागोली छोड्दै ।

दनासो— ना॰ [दाँत+आसो] दाँत अडिने ठाउँ; दाँते घर; गिजा ।

दनुज— ना॰ [सं॰] राक्षस; असुर; दानव ।

दनुवार— ना॰ कमला र त्रिजुगा नदीको आसपासतिर बसोबास गर्ने एक अल्पसङ्ख्यक जाति । > दनुवारी— ना॰ दनुवारजातिले बोल्ने भाषा ।

दनेउरो/दन्यौरो— ना॰ [दाना+उरो] स्वाद उस्तै र सोझो आकारको हुने एक प्रकारको सेल; दन्यौरो ।

दन्क–नु— अ॰ क्रि॰ [अ॰ मू॰ दन्+क+नु] हुरहुरी आगो बल्नु; खूबसित बल्नु; राँकिनु; दनदनाउनु; हुरहुराउनु ।

दन्कर्नु/दन्कर्नो— ना॰ [दन्त+कोर+नु/नो] दाँत कोट्ट्याउने धातु वा कप्टेराको सिन्को वा छेस्को ।

दन्काइ— ना॰ [रू दन्क -+आइ_] १. दन्कने क्रिया वा प्रक्रिया । २. दनक दिने काम ।

[ > ] दन्काइनु— क॰ क्रि॰ १. दन्काउने वा दनक दिने काम गरिनु । २. दनदन आगो बालिनु ।

दन्काउनु१— स॰ क्रि॰ [दनक+आउ+नु] मुक्का, लट्ठी आदिले दनक दिनु; पिट्नु; ठटाउनु ।

दन्काउनु२— स॰ क्रि॰ [दन्क+आउ+नु] १. दनदनी आगो बाल्नु । २. तोप आदि पड्काउनु । ३. कुनै कामकुरो फुर्तीसाथ गर्नु । ४. बेसरी खानु -खाद्य वा पेय पदार्थ ।

दन्किनु— अ॰ क्रि॰ [दन्क+इ+नु] १. दन्कनु; बल्नु । २. हुरहुरी बल्नु; दनदनी बल्नु ।

दन्कुटी— ना॰ [दन्क+उटी] दन्केर बलेको आगो ।

दन्को— ना॰ [दन्क+ओ] आगाको ज्वाला; दन्केको आगो । श्रदन्कोट— ना॰ दनदनी आगो बाल्ने काम; दन्काइ ।

दन्क्याइ— ना॰ [रू दन्कि -+याइ_] दन्किने क्रियाप्रक्रिया । [श्रे

दन्क्याइनु— क॰ क्रि॰ दन्क्याउने काम गरिनु; पिटिनु । दन्क्याउनु— स॰ क्रि॰ दन्काउनु; पिट्नु । दन्डा दन्डी— ना॰ [सं॰ दण्ड+दण्ड+ई] दुवैतर्फबाट लट्ठी हानाहान गरेर गरिने झगडा; लट्ठीका सहायताले गरिने लडाइँ; मारपिट; हानाहान; डन्डाडन्डी ।

दन्त— ना॰ [सं॰] १. दाँत । २. हात्तीको दाह्रा । — काष्ठ— ना॰ दतिवन । — क्षत— ना॰ कामक्रीडाको सिलसिलामा दाँतले टोकी पारिएको चोट; दाँतले टोक्दाको चिह्न । ~ चिकित्सक— ना॰ दाँतको उपचार गर्ने डाक्टर; दाँतविशेषज्ञ; डेन्टिस्ट । — च्छद— ना॰ ओठ; ओष्ठ । — बार/बारी— ना॰ दुई दाँतका बीचको रिक्त स्थान वा प्वाल । — बारे— वि॰ दन्तबार भएको; दन्तबारीका छाँटको । — धावन— ना॰ १. दाँत माझ्ने काम । २. दतिवन । —

पत्र— ना॰ कानमा लगाइने, ससानो पातका आकारको एक गहना; कर्णफूल । ~ परीक्षक— ना॰ दाँतको रोग वा दाँतसम्बन्धी अन्य कुराको परीक्षण गर्ने साधन, यन्त्र वा व्यक्ति । — फल— ना॰ निर्मली फल । ~ बजान/बझान— ना॰ बेसरी मुख छाड्ने काम; भनाभन; बाझाबाझ; झगडा । — बल्क— ना॰ दाँतको बाहिरपट्टिको टलकदार वस्तु; इनामेल । — बिरी— ना॰ दाँतको चर कालो पार्न प्रयोग गरिने शृंङ्गारको एक साधन; बिरी । ~

मञ्जन— ना॰ १. दाँत माझ्ने चूर्ण वा लेप; मञ्जन । २. दाँत माझ्ने वा सफा गर्ने काम । — मूल— ना॰ कठोर तालुभन्दा अगाडिपट्टि दाँतसम्मको भाग; वर्ता; दनासो; गिजा; दन्तघर । — मूलीय व्यञ्जन— ना॰ जिभ्राको टुप्पो वा फलकले दाँतका फेदीका छेउछाउको भाग -वर्त्स लाई छोएर उच्चरित हुने व्यञ्जन; नेपालीका च, छ, ज, झ, न, ल, र, स ध्वनि । ~ विकार— ना॰ दाँतको रोग । ~ विशेषज्ञ— ना॰ दाँतको रोग वा दाँतसम्बन्धी अन्य कुराको ज्ञान भएको चिकित्सक; दन्तपरीक्षक । — वीज— ना॰ अनार; दारिम; बेदाना । — शूल— ना॰ दाँत दुख्ने रोग । —

शोथ— ना॰ दाँत अडिने ठाउँ वा गिजा सुनिने रोग । — हर्ष— ना॰ दाँतसम्बन्धी एक रोग । ~ हर्सना— ना॰ कागतीका जस्ता पात र बोक्रा हुने, सेतो फूल फुल्ने, बास्नादार काँढा भएको एक बोट । > दन्ताघात— ना॰ दाँतको आघात; दाँतको टोकाइ ।

दन्तादन्ति— ना॰ एकअर्कामा दाँतले टोकाटोक गरेर गरिने झगडा । दन्तायुध— ना॰ दाँत नै एक मात्र हतियार भएको प्राणी -हात्ती, सुँगुर इ॰) । दन्तावल— ना॰ हात्ती । दन्तावली— ना॰ दाँतको लहर वा हार ।

दन्ती— वि॰ [सं॰] १. दाँत हुने वा भएको । ना॰ २. हात्ती । ३. गणेश । ४. अँडिरको बोट ।

दन्तुर— वि॰ [सं॰] १. दाँत ओठभन्दा बाहिरपट्टि निस्केको; छ्वाँके । २. लामालामा दाँत हुने; दाह्रे ।

दन्ते— वि॰हे॰ दन्त्य ।

दन्तोत्पत्ति— ना॰ [सं॰] गिजाबाट दाँत निस्कने वा उम्रने काम ।

दन्तोलूखलिक— ना॰ [ सं॰] आ६नै दाँतले चपाएर मात्र अन्न खाने र ढिकी, जाँतो, कल आदिमा कुटेको वा पिँधेको अन्न नखाने व्रत लिएको साधु ।

दन्त्योष्ठ्य— ना॰ [सं॰] वि॰ १. दाँत र ओठसम्बन्धी । २. माथिल्लो दाँत तथा तल्लो ओठको संलग्नताबाट उच्चारण हुने ध्वनि ।

दन्त्य— वि॰ [सं॰] १. दाँतसँग सम्बन्धित । २. जिभ्राको टुप्पो र माथ्लो दाँतको संलग्नताबाट उच्चारण हुने -ध्वनि) -त, थ, द, ध) । ~ कथा— ना॰ लोकले युगौँदेखि परम्परागत रूपमा संरक्षित गर्दै आएको, मौखिक तथा काल्पनिक कथा; सुन्ने कथा ।

दन्न— क्रि॰वि॰ [अ॰ मू॰ दन्+न] १. राम्ररी बल्ने वा झरिलो हुने चालमा; हुरहुराउने किसिमले आगो दन्केर बल्ने गरी; हुर्र । २. तोप, बन्दुक आदि पड्कँदा शब्द आउने किसिमले ।

दपाइ— ना॰ [रू दाप् -+आइ] दाप्ने वा हडप्ने क्रिया वा प्रक्रिया । [ > ] दपाइनु— क॰क्रि॰ दाप्ने काम गरिनु; दाप्न लाइनु । दपाउनु— स॰ क्रि॰ दाप्ने काममा प्रेरित गर्नु; दाप्न लाउनु ।

दपेट्–नु— स॰ क्रि॰ १. कसैले कसैलाई कुनै कामको निहुँमा किन त्यस्तो भयो वा गरियो भनेर हकार्नु; छाँस्नु; डाँट्नु । २. पिछा गर्नु; लखेट्नु; लघार्नु ।

दपेटा— ना॰ [दपेट्+ओ १.डर, धाक, धम्की आदिबारा हप्काउने काम; दपेट्ने काम; दपेटाइ । २. लखेट्ने काम; लघाराइ ।

दपेटाइ— ना॰ [रूदपेट्-+आइ_] दपेट्ने क्रिया वा प्रक्रिया । [श्रे

दपेटाइनु— क॰ क्रि॰ दपेट्न लाइनु; लखेटाइनु । दपेटाउनु— स॰ क्रि॰ दपेटामा पार्नु; दपेट्न लाउनु । दपेटिनु— क॰ क्रि॰ कसैबाट छाँसिनु; हप्काइनु; डाँटिनु; लखेटिनु ।

दपोट— ना॰ [दाप+ओट] १. सरकारी जमिनको कर, पोत, तिरो आदि नतिरी लुकाई–छिपाई जग्गा मात्र भोगचलन गरी खाने काम । २. अर्काको धनमाल जानाजानी दबाएर पचाउने वा आ६नो अधीनमा पार्ने काम ।

दप्क–नु/दप्किनु— अ॰ क्रि॰ [दङ्+क/कि+नु] १. कुनै कारण वा परिस्थितिले मान्छे वा अन्य प्राणी हच्कनु; अघि सरेर काम गर्न डराउनु; दच्कनु; पछि सर्नु । २. लुक्न खोज्नु; लुकेझैँ गर्नु । ३. लुक्नु; दब्नु । > दप्काइ— ना॰ दप्कने वा दप्काउने क्रियाप्रक्रिया ।

दप्काइनु— क॰ क्रि॰ १. हप्कीदप्कीमा पारिनु; दप्की लाइनु । २. लुकाइनु । दप्काउनु— स॰क्रि॰ १. डर, धाक आदिले कसैलाई हच्काउनु; हप्काउनु; छाँस्नु । २. लुकाउनु; छिपाउनु; दबाउनु । ३. ढाकछोप गर्नु; ढाक्नु ।

दप्की— ना॰ [दप्क+ई] १. दपेट्ने वा लखेट्ने काम; दपेटा । २. हप्कीदप्की गरिने चाल; डाँट, छँसाइ; हप्की । श्रदप्क्याइ— ना॰ दप्किने वा दप्की खाने क्रियाप्रक्रिया ।

दफा— ना॰ [अ॰ दफअ] १. कुनै लेख–रचना, पत्र आदिका एक– एक प्रवाह वा उक्तिको अंश; अनुच्छेद; कण्डिका; प्याराग्राफ । २. ऐनविधान आदिको परिच्छेद वा महलभन्दा सानो र उपधारा वा उपदफाभन्दा ठूलो बुँदा; ऐनविधान आदिको एक अंश; धारा । क्रि॰ वि॰ ३. पटक; खेप; चोटि; बाजि; पल्ट ।

द६तर— ना॰ [फा॰] कुनै सरकारी वा गैरसरकारी कार्यालय; सङ्घसंस्थासम्बन्धी लेखापढी र कामव्यवहार गर्ने अड्डा; अफिस; कार्यालय । — खाना— ना॰ द६तरसम्बन्धी कार्यसञ्चालन गर्ने अड्डा; कागजपत्रको लेखापढी; जाँचबुझ आदि गर्ने कोठा । >

द६तरी— ना॰ १. किताब, कापी, बही आदिमा गाता वा जिल्दा हाल्ने व्यक्ति; जिल्दकार; जिल्दसाज; बुकबाइन्डर । २.द६तरका कागजपत्रमा रुल तान्ने वा यस्तै अन्य काम गर्ने निम्न तहको कर्मचारी वा कारिन्दा ।

दङ्–नु— अ॰ क्रि॰ [सं॰ दमन+नु] १. कुनै कारणले एकका अपेक्षा अर्को लत्रनु; निहुरनु; झुक्नु । २. कुनै वस्तु लुक्नु वा छिप्नु । ३. थिचिनु; किचिनु । ४. मानमर्यादा आदिमा तल पर्नु; घटी हुनु । ५. चुर्लुप्प हुनु; डुब्नु ।

दबदब१— क्रि॰ वि॰ [अ॰ मू॰ दङ्+अ -बि॰_] धेरै गिलो, लेस्याइलो वा हिलो भएर हल्लिने गरी; दलदल; थलथल ।

दबदब२— ना॰ [नेवा॰] डमरुजस्तै हल्लाएर बजाइने तर डमरुभन्दा अलिक सानो एक बाजा; डिबडिबे ।

दबदबा— ना॰ [अ॰ दबदबे १. धन, अधिकार आदिका बलले बढेको चकचकी; बढिबढाउ । २. रोबरवाफ; सान । ३. धाकधम्की; हैकम ।

दबदबाइ— ना॰ [रू दबदब -+आइ_] दबदब हुने वा दबदबाउने क्रियाप्रक्रिया । [श्रे दबदबाउँदो— वि॰ कुनै तरल वस्तुमा झोल चोक्टा नछुट्टिने भएको; लेदो परेको; दबदब परेको । दबदबाउ— ना॰ दबदबाउने काम; दबदबा । दबदबाउनु— अ॰ क्रि॰ हिलो, गिलो आदि वस्तु लदबदे अवस्थाको हुनु; दबदब हिलो हुनु; थलथल बन्नु । दबदबिनु— अ॰ क्रि॰ दबदब हिलो होइनु; थलथलिनु । दबदबे— वि॰ १. दबदब गर्ने बेलाको; दबदबाउँदो; थलथले -लेदो वा हिलो ।

दबाइ— ना॰ [दङ्+आइ] १. दब्ने क्रिया वा प्रक्रिया । [दबाउ+आइ] २. दबाउने क्रिया वा प्रक्रिया । [दाङ्+आइ] ३. दाब्ने क्रिया वा प्रक्रिया । ४. ओखती; औषधी ।

दबाइनु— क॰ क्रि॰ [दबाउ+इ+नु] १. थिचाइनु; मिचाइनु । २. दाब्न लगाइनु । ३. छिपाइने काम गरिनु; लुकाइनु ।

दबाउ— ना॰हे॰ दबाब । > दबाउनु— स॰क्रि॰ लुकाउनु; छिपाउनु ।

दबाउनु— स॰ क्रि॰ [दाङ्+आउ+नु] १. शक्ति, साधन, धम्की आदिले दमन गर्नु; वशमा राख्नु; गर्न नदिनु । २. थिचोमिचो गर्नु; बलले किच्नु; थिच्नु । प्रे॰ क्रि॰ ३. मिच्न लाउनु; थिच्न लाउनु ।

दबाब— ना॰ [रू दङ् -+आउ_] १. बल, प्रभाव, शक्ति आदिले अर्कालाई वशमा राख्ने काम; उन्नति र भलो हुन नदिने काम; दबाउ । २. थिच्ने काम; थिचाइ । ३. च्याप्ने वा निचर्ने काम; चेप ।

दबासबिन्दु— ना॰ [सं॰ बादशबिन्दु] बाह्रखरीका बाह्रौँ मात्रामा पर्ने दुईवटा बिन्दु हुने चिह्न; नेपाली बाह्रखरीमा बाह्रौँ मात्राको नाम; विसर्ग -कः, खः, गः आदि) ।

दबिनु— क॰ क्रि॰ [दङ्+इ+नु] छिपिनु; लुकिनु ।

दम— ना॰ [फा॰] १. कमजोरी, रोग, श्रम आदिले छिटोछिटो चल्ने सास; धक्ने रोग; धम्कीको रोग । २. प्राणवायु; श्वासप्रश्वास । ३. घडी, खेलौना, फोनोग्राफ आदि यन्त्रलाई सञ्चालन गर्न कमानी कस्ने वा गति दिने काम । ४. ताकत; बर्गत; बुता; शक्ति; गति; क्षमता । ५. घोडा, हात्ती आदि वाहनयोग्य वस्तुको हिँड्ने चाल; हिँडाइ ।

दमक१— ना॰ [ सं॰ दामिनी] प्रकाशयुक्त वस्तुको चमचमाहट; चमक; चहक ।

दमक२— ना॰ [सं॰ दंशी] १. हिँड्दा आउने पदचापको ध्वनि; पैतालाको चाल; दम्को । २. झापा जिल्लाको एउटा प्रसिद्ध ठाउँ ।

दमकन्ने— ना॰ कालो रबका मसिना डाँठ हुने, उनिउँका जस्तै पात र पातका पछिल्तिर सेतो धूलो हुने, नाककानका छेडेका प्वालमा नबुजियोस् भनी डाँठ भाँचेर लगाइने, एक जातको भुईँझार; दमकाने । दम कमानी— ना॰ [फा॰ दम+कमान+ई] घडी, ग्रामोफोन आदि यन्त्रलाई सञ्चालित गर्न आवश्यक पर्ने शक्तिसञ्चय गर्ने, साँचोजस्तो कमानी वा उपकरण ।

दमकल— ना॰ [दम+कल] आगलागी हुँदा आगो निभाउन प्रयोग गरिने, पानी भरी भएको ट्याङ्की र लामो पाइप जडिएको मोटर; आगो निभाउने यन्त्र; वारुणयन्त्र ।

दमकाने— ना॰हे॰ दमकन्ने ।

दमकिलो— ना॰ [दम+कीलो] घडी आदिमा दम दिने सानो कीलो; दमकमानी ।

दमखि— ना॰ [नेवा॰] मादलजस्तो दुवैतिर खरी भएको, गहुँको पीठो मलेर टाँसी बजाइने, एक प्रकारको बाजा ।

दमचुली/दमचुलो/दमचुल्ही/दमचुल्हो— ना॰ [दम+चुली/चुलो/ चुल्ही/चुल्हो] कोइला, गोल, काठको धूलो वा धानको भुस आदि बालेर खानेकुरा पकाइने, सानो खालको चुलो ।

दमडी— ना॰ [सं॰ द्रविणे एक पैसाको चौथाइ मूल्यको प्राचीन सिक्का; एक पैसाको चतुर्थांश, चुनदाम ।

दमदमे— ना॰ १. घोडा नारेर तानिने एक्काजस्तै यान । २. मान्छेले नै तानेर चलाइने रिक्सा ।

दमन— ना॰ [सं॰] १. थिचोमिचो; दबदबाउ । २. थिच्ने, पेल्ने वा निचोर्ने काम; पेलाइ । ३. बल, शक्ति, प्रभाव आदिले दबाउने काम । ४. इन्द्रियलाई वश गर्ने काम; इन्द्रिय–निग्रह । ५. दमना फूल । — कारी— वि॰ १. बल, साधन, शासन, शक्ति आदिले दमन गर्ने; पेलाहा; मिचाहा । २. वशीकरण गर्ने ।

दमनगरा— ना॰ [फा॰] गजाले हिर्काएर बजाइने ठूलो दमाहा बाजा; ठूलो नगरा । दमन चक्र— ना॰ [सं॰] अरूलाई दबाउनका लागि प्रयोग गरिने विभिन्न षड्यन्त्रपूर्ण चाल; शक्ति र साधनबारा जबरजस्ती दबाउने प्रक्रिया ।

दमनशील— वि॰ [सं॰] १. दबाउने स्वभाव भएको; दमन गर्ने खालको । २. दबाउन सकिने; लचिलो; लचकदार ।

दमना— ना॰ [सं॰ दमने गोदावरी फूलका जस्तै मसिना पात हुने, पहेँला र मसिना फूल फुल्ने, एक जातको फूलको बोट; त्यसकै फूल; दमन -फूल) ।

दमनीय— वि॰ [सं॰] १. दमन गर्न उचित; वशमा पार्न लायक; दमन गर्नुपर्ने । २. दमन गर्न सकिने; दब्ने खालको ।

दमपच— ना॰ [दबाउ+पच्+अ] १. कसैबाट लिएको धनमाल, सरसामान फिर्ता नगरी पचाउने काम; लिएको मालताल, पैसा वा जिन्सी दबाउने काम । २. भाग्ने काम; चम्पट; सुइँकुच्चा ।

दमयन्ती— ना॰ [सं॰] महाभारतमा वर्णित, विदर्भ देशका राजा भीमकी छोरी; राजा नलकी रानी ।

दमाईं— ना॰ [रूदमाहो प्रायः लुगा सिउने र बिहा, व्रतबन्ध आदिमा बाजा बजाउने पेसा भएको एक जाति; नगर्ची; दर्जी । ~ गेडो— ना॰ बोटमा काँडैकाँडा हुने र हिउँद महिनामा राताराता दाना फल्ने एक रूख; त्यसै बोटमा फल्ने गेडा । ~ चरो— ना॰ जीउ फिक्का पहेँलो तर ढाडमा कालो मिसिएको, पुच्छर ठाडो पारेर फुरुकफुरुक नाच्ने र पातपतिङ्गर सिएर गुँड बनाउने, भँगेरोजत्रो एक जातको चरो ।

दमार— ना॰ १. खोलाका किनारको वा औलो लाग्ने जङ्गलका बीचको खोँच; औलिया ठाउँ । २. झारैझार भएको झाडी वा ठाउँ ।

दमाहा१— ना॰ [फा॰ दमामो पीँधतिर सानो र मुखतिर ठूलो हुँदै आएको, भिउँटजस्तै आकारको, तामाको भाँडोलाई छालाले मोहोरिएको, गजाले हानेर बजाइने एक बाजा; सानो खालको नगरा ।

दमाहा२— ना॰ [सं॰ दमने दमना फूलका जस्तै फूल फुल्ने, पहाडी भेगमा हुने एक जातको बोट; सोही बोटको फूल; दमौरो । ~ गेडी— ना॰ बोटधयेँराको जस्तो पात र अमिलो गेडा हुने, स्याउलाको काम लिइने एक बोट ।

दमिनी/दमेना— ना॰ [दमाइ+नी/एनो १. दमाईँ जातकी स्त्री; दमाईं नारी । २. दमाईंकी पत्नी; दमेना ।

दमौरो— ना॰ [दमाहा+औरो] पहाडतिर पाइने पाकेपछि कालो रबको हुने, गुलियो स्वादको, दमाहा वृक्षको फल ।

दम्क–नु— अ॰ क्रि॰ [दप्क+नु] १. अरूबाट नदेखिने गरी लुकेझैँ गर्नु; छिप्न खोज्नु; दब्नु; लुक्नु । २. अलिअलि गरी पछि हट्नु; हच्कनु; दच्कनु । श्र दम्काइ— ना॰ दम्कने तथा दम्काउने भाव, क्रिया वा प्रक्रिया ।

दम्काइनु— क॰ क्रि॰ दम्कने पारिनु । दम्काउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. दप्काउनु; हच्काउनु । २. लुकाउनु,; छिपाउनु; दबाउनु ।

दम्कन्ने— ना॰ [दम+काने] उनिउँका जस्तै पात हुने, मसिनु कालो डाँठ भएको, पातका पछाडि सेतो धूलो हुने एक जातको झार; एक प्रकारको उनिउँ ।

दम्किनु— अ॰ क्रि॰ [ दम्क+इ+नु] १. दप्किनु । २. दम्कनु ।

दम्किलो— वि॰ [दम्क+इलो] दम्कने खालको; दम्कने स्वभाव भएको; लुक्ने; छिप्ने ।

दम्को— ना॰ [दम+को] १. हिँड्दा पदचापबाट आउने आवाज; पैतालाको शब्द । २. हिँडाइमा कुकुर्च्चो बज्रिँदा भित्र चस्कने एक रोग । ३. हुप; झस्को । श्रदम्क्याइ— ना॰ दम्को आउने भाव, अवस्था वा प्रक्रिया; दम्काइ ।

दम्पती— ना॰ [सं॰] विधिविधानअनुसार औपचारिक रूपमा परिणत भएका लोग्नेस्वानीको जोडी; जोईपोइ; पतिपत्नी ।

दम्भ— ना॰ [सं॰] १. बोक्रे खालको अभिमान; झूटो घमन्ड; आडम्बर; देखावटी स्वाब । २. जालझेल; छल; कपट । ३. इन्द्रको वज्र ।

श्रदम्भक— वि॰ दम्भी । दम्भन— ना॰ अभिमान गर्ने काम; सेखीगराइ; घमन्ड । दम्भी— वि॰ दम्भ गर्ने; झूटो अभिमान गर्ने; व्यर्थको स्वाबपारा; घमन्डी । दम्भोलि— ना॰ १. इन्द्रको अस्त्र; वज्र । २. हीरा ।

दम्य— वि॰ [सं॰] दमन गर्न सकिने; दमन गर्नुपर्ने; दमन गर्न योग्य; दमन गर्न लायक; दमनीय ।

दम्सी— ना॰हे॰ दुम्सी ।

दम्स्याइलो— वि॰ अलिअलि भिरालो परेको; समतल नभई ओरालो परेको; तेर्पे; करालो ।

दयनीय— वि॰ [सं॰] १. दया गर्नुपर्ने अवस्थाको; दया गर्न लायकको । २. दीनहीन; दुःखी ।

दयाँलो— ना॰ धुर्सुलका जस्तै आकारका दाँतीदाँती परेका फुस्रा खस्रा पात हुने, गुहेँलाका जत्रै दाना फल्ने, पाक्दा सेतो हुने, एक जातको बोट; सोही बोटको फल ।

दया— ना॰ [सं॰] १. अर्कामा आइपरेका दुःख, पीडा आदिलाई अनुभव गरेर संवेदशील हुने तथा उसप्रति उद्धार र सहयोग गर्ने मनोभाव वा वृत्ति । २. आफन्त वा आफूभन्दा निर्धा व्यक्तिप्रति गरिने उक्त प्रकारको कमलो व्यवहार; मेहरबानी । ३. दक्षप्रजापतिकी कन्या र धर्मकी पत्नीको नाम । ~ दान— ना॰ १. दयार्द्र भएर दिइने दान; भिक्षा; भीख । २. दया; कृपा । ~ दृष्टि— ना॰ दयाले पूर्ण भएको हेराइ; कृपापूर्ण व्यवहार । ~ धर्म— ना॰ १. दया र सहानुभूति भरिएको धर्म; धर्मकर्म; धार्मिक कृत्य । २. दया र धर्म । — निधान/निधि— ना॰ १. साह्रै दयालु व्यक्ति; दयाको खानी; दयाको भण्डार; दयासागर । २. ईश्वर; परमात्मा । ~ पात्र— ना॰ १. दया गरिने व्यक्ति; दया गर्न लायक पात्र । वि॰ २. दया गर्नुपर्ने; दयनीय । — मय— वि॰ १. दयाका भावले ओतप्रोत भएको; दयाले भरिएको; दयालु । २. भगवान्; ईश्वर । ~ माया— ना॰ १. कुनै दीनदुःखी, रोगी आदि व्यक्तिका उपर गरिने सहानुभूति र सहयोग; सघाउपघाउ । ना॰ २. दया र माया । श्रदयार्द्र— वि॰ दयाका भावनाले हृदय पग्लिएको; दयापूर्ण; दयावान्; दयालु । दयालु— वि॰ मनमा दया भएको; दयाशील; दयावान् । — वती— वि॰ दया गर्ने -स्त्री) । — वन्त— वि॰ दयालु । — वान्— वि॰ दया भएको; दयालु । ~ वीर— ना॰ १. मेघका विभिन्न नाममध्ये एक । २. साह्रै दयाशील व्यक्ति । ३. साहित्यमा चर्चित वीररसका चार भेदमध्ये एक । —

शील— वि॰ दयाले पूर्ण भएको; दयालु; दयावान् । ~ सागर— ना॰ दयाको सागरझैँ भएको पुरुष; दयावान् व्यक्ति; दयालु मानिस ।

दयित— ना॰ [सं॰] १. हित्तचित्त मिलेको वा मनले खाएको व्यक्ति; प्यारो मानिस । २. प्रियतम; प्यारा । ३. विवाहित स्त्रीको पति; स्वामी । श्रदयिता— ना॰ १. मनपरेकी स्त्री; प्रेमिका; प्यारी । २. अर्धाङ्गिनी; पत्नी ।

दयेँरे— ना॰ [दाइँ+येरे] दाइँको लाठे खेतालो; दाइँ गर्दा पराल छिरल्ने र बिटा आदि पार्ने काम गर्ने ज्यामी; खेतालो; दहेंरे ।

दर्–नु— स॰ क्रि॰ १. स्याहास्रेस्तामा देखियोस् भन्ने हेतुले दर्ता गर्नु; स्रेस्तामा चढाउनु । २. यो यस्तै र यही हो भन्ने कुराको किटान गर्नु; टाँक्नु; नम्बर लगाउनु । ३. नियुक्ति गर्नु; तोक्नु; ठेक्नु ।

दर१— ना॰ १.तीजका अघिल्ला रात स्त्रीहरूले खाने, दह्रिलो विशेष भोजन -दर खानु, दर खाने आदि) । २. आड ।

दर२— ना॰ [फा॰] १. क्रयविक्रय गरिने वस्तुको निश्चित परिमाण वा एक प्रतिको निर्धारित मूल्य; रेट; भाउ । ३. मोल; मूल्य; दाम । श्र दरकस— ना॰ १. कुनै वस्तुको दरभाउ; दररेट । २. क्रयविक्रय हुने वस्तुको मोलतोल गरी दाम तोक्ने काम; मूल्यनिर्धारण ।

दरकार— ना॰ [फा॰] १. आवश्यकता; खाँचो; दर्कार । वि॰ २. नभइनहुने; आवश्यक; जरुरी; ।

दरखर— क्रि॰ वि॰ [अ॰ मू॰] १. कोरिने वा कोपरिने गरी । २. पाछिने किसिमसँग । > दरखरिनु— अ॰ क्रि॰ १. दरखर हुनु; कोरिनु; कोपरिनु । २. पाछिनु; तछारिनु । > दरखथ्याइ— ना॰ दरखथ्याउने वा दरखरिने क्रिया वा प्रक्रिया । दरखथ्याइनु— क॰ क्रि॰ कोपरिनु; कोरिनु ।

दरखथ्याउनु— स॰ क्रि॰ १. दरफर पार्नु; कोर्नु; फहराउनु । २. दहथ्याउनु; दरफथ्याउनु; पाछ्नु । ३. दाल, चामल आदि सिलौटा वा जाँतामा हालेर खस्रो पारी दल्नु; फग्लेँटा छुट्टिने गरेर पिँध्नु ।

दरखास्त— ना॰ [फा॰ दरख्वास्ते सरकारी वा गैरसरकारी कार्यालयमा कुनै कामको माग गर्दा लेखेर दिइने पत्र; निवेदनपत्र; प्रार्थनापत्र; दर्खास्त । — वाला— वि॰ दरखास्त पेस गर्ने -व्यक्ति) ।

दरगाह— ना॰ [फा॰] १. मृत्युउप्रान्त हाजिर हुनुपर्ने भनिएको ईश्वरको न्यायालय । २. ईश्वरको ढोका वा दरबार ।

दरदर— क्रि॰ वि॰ [अ॰ मू॰ दर्+अ -बि॰_] १. एकनासले ठूलो आवाज निकालेर पानी बर्सने गरी । ना॰ २. त्यसरी पानी बर्सँदाको आवाज वा ध्वनि । श्रदरदराइ— ना॰ दरदर भई दर्कने वा दरदराउने क्रियाप्रक्रिया । दरदराउँदो— वि॰ दरदर भएको; दर्केर बर्सेको । दरदराउनु— अ॰ क्रि॰ दरदर हुनु; दर्केर बर्सनु ।

दरदाम— ना॰ [फा॰दर+सं॰ द्रमे १. क्रयविक्रय गरिने वस्तुको किटानी मूल्य; दरभाउ; मोलतोल । २. खर्च भएका रकमकलमको फाँट; व्ययविवरण ।

दरदेली— वि॰ [दरद+एली] आर्येली अर्थात् भारत–इरानेली भाषिक शाखाको केन्द्रीय उपशाखा ।

दरपिठ— ना॰ [फा॰ दर+सं॰ पीठे १. अड्डाअदालतमा दर्न लगिएका फिराद, उजुरी वा प्रमाणका निम्ति पेस गरिने कागतपत्र कानुनमा नलाग्ने, रीत नपुगेको वा सो अड्डाअदालतको अधिकारक्षेत्रमा नपर्ने भनी सम्बन्धित अधिकारीले उक्त बेहोरामध्ये कुनै वा सबै खोलेर कागतको पीठमा लेखिदिने मन्तव्य वा तोक । २. घरसारमा भएका लेनदेनका कागतमा साँवामध्ये केही मात्र बुझाउँदा वा व्याज बुझाउँदा पहिले भएको लिखत वा तमसुकको पीठमा उक्त बेहोरा खोली लेखेर असामीको सहीछाप गर्नेगराउने काम ।

दरफर— क्रि॰ वि॰ [अ॰ मू॰] १. लड्नाले वा अन्य कुनै कारणले शरीरको अङ्ग कोतरिएर; कोपरिने वा कोरिने गरी; दरखर । २. पाछिने वा खुइलिने चालसँग । > दरफरिनु— अ॰ क्रि॰ १. दरफर हुनुग् कोतरिनु; कोरिनु; कोपरिनु । २. पाछिनु; खुइलिनु ।

दरफथ्याइ— ना॰ दरफरिने वा दरफथ्याउने क्रियाप्रक्रिया ।

दरफथ्याइनु— क॰क्रि॰ दरफर पारिनु; कोपरिनु; कोरिनु; कोतरिनु ।

दरफथ्याउनु— स॰ क्रि॰ दरखथ्याउनु; तछार्नु; पाछ्नु ।

दरबन्दी— ना॰ [फा॰] सरकारी वा गैरसरकारी कार्यालयको सञ्चालनका लागि निश्चित तलब खाने गरी तोकिएको पद; आवश्यक पर्ने कर्मचारीका सङ्ख्याको निर्धारण । ~ सिर्जना— ना॰ कार्यालयमा काम बढी पर्नाले कर्मचारी थप गर्नुपरेमा विधिवत् पद सिर्जना गर्ने काम; नयाँ पदको थपाइ ।

दरबाजा— ना॰ [फा॰ दरवाजे घर, मन्दिर आदिको मुख्य दैलो; बार, ढोका ।

दरबान— ना॰ [फा॰] घर, कम्पाउन्ड, गोदाम आदिको सुरक्षाका निम्ति ढोकामा तैनाथ भएर बस्ने रुँगालो; बारपाल; ढोके । >

दरबानी— ना॰ दरबानले गर्ने काम वा तत्सम्बन्धी पेसा ।

दरबार— ना॰ [फा॰] १. राजामहाराजाहरूको महल; राजप्रासाद; राजभवन; राजदरबार । २. भव्य महल; भवन । ३. राजा र अन्य भारदारहरूसहितको ठूलो सभा; राजसभा । > दरबारिया— वि॰ १. दरबारका काम र व्यवहारको सञ्चालन गर्ने; दरबारभित्रको काम गर्ने । २. दरबारसँग सम्बन्धित; दरबारको; दरबारी । ३. चालढाल, रूपरङ्ग आदि दरबारकै जस्तो; दरबारसँग मिल्दोजुल्दो । ~ दरबारी— वि॰ दरबारसँग सम्बन्धित; दरबारिया ।

दरभाउ— ना॰ [दर+भाउ] किनबेच गरिने वस्तुको किटानी मोलतोल; दररेट; भाउ; दर ।

दरमाहा— ना॰ [फा॰ दरमाहे १९५२ सालमा हुलाकका बारेमा सनद भएको महिनावारी तलब; तोकिएका मान्छेले पाउने मासिक वेतन । — दार— ना॰ दरमाह पाउने मानिस; जागिरदार ।

दररेट— ना॰ [फा॰ दर+अङ्॰ रेटे दरभाउ ।

दरसाबिक— ना॰ [दर+साबिक] परम्परादेखि नै चल्दै आएको रीतिथिति; साबिकभन्दा पनि पहिलेको कुरा ।

दरसुको— वि॰ [सं॰ दर+शुष्क] भर्खरभर्खर सुक्न लागेको; अलिअलि मात्र सुकेको; अख्रिएको ।

दरा— ना॰ [सं॰ दरे जिल्लाको सानो एकाइ वा खण्ड; गाउँहरूको समूह ।

दराइ— ना॰ [रू दर् -+आइ_] दर्ने भाव, क्रिया वा प्रक्रिया । [श्रे

दराइनु— क॰ क्रि॰ दर्न लाइनु; दर्ता गराइनु । दराउनु— प्रे॰ क्रि॰ दर्न लाउनु; दर्ता गराउनु ।

दराज— ना॰ [फा॰] तीन पाटा बन्द भएको, एक पाटामा खोल्ने र बन्द गर्ने खापा भएको, भित्रपट्टि मालसामान राख्ने, तलैतला परेको, खण्डेदार वा तखतावाल साधन; आलमारी ।

दरान— ना॰ [दर+आन] लगत किताबमा चढाउने वा दर्ने काम । ~ तिरान— ना॰ लगत; स्रेस्ता आदिमा चढाउने र तिरो तिर्ने काम वा व्यवस्था -जग्गाजमिनको ।

दरार— ना॰ [सं॰ दरे १. भित्तो, जमिन, काठ आदि चर्केको वा चिरिएर प्वाल परेको ठाउँ; धसान; चिरा । २. धरातल भासिएर बनेको छिद्र ।

दराल— ना॰ एक जातको कपडाको नाम ।

दरिद्र— ना॰ [सं॰] निर्धन; कङ्गाल; गरिब । — ता— ना॰ दरिद्र हुनाको भाव वा अवस्था; निर्धनता; गरिबी । ~ नारायण— ना॰ १. दरिद्र वा भिखारीका रूपमा रहने वा मानिने नारायण; भिक्षुकरूपका ईश्वर । वि॰ २. दरिद्र; निर्धन; हरितन्नम । >

दरिद्री— वि॰ दरिद्रता भएको; दरिद्र । दरिद्र्याइँ— ना॰ दरिद्र कहलाउने अवस्था वा भाव, दरिद्रता; गरिबी ।

दरिनु१— क.क्रि॰ [दर्+इ+नु] दर्ने काम गरिनु; दर्ता गरिनु ।

दरिनु२— अ॰ क्रि॰ [दरो+इ+नु] दरो हुनु; दह्रिनु ।

दरिया— ना॰ [फा॰] १. नदी; खोला । २. समुद्र; सागर । ३. समुद्रका किनारतिर हुने, जोगीसन्न्यासीहरूले भिक्षापात्र बनाउने, साह्रो ठूलो नरिवल; दरिवल । ~ बुढी— ना॰ नदीनालाका किनारमा बाढीले ६याँकेको काठपात, मुढा आदि ।

दरिलो— वि॰ [दरो+इलो] १. दरो भएको; दह्रिलो । २. टिकाउ; खपाउ ।

दरिवल— ना॰ [दरिया+नरिवल] समुद्रतटमा हुने, जटाभित्र र फलबाहिरको खप्पर साह्रो र ठूलो हुने, बट्टा आदि बनाइने र योगीहरूले भिक्षापात्रका रूपमा प्रयोग गर्ने नरिवल; दरिया ।

दरी— ना॰ [सं॰ स्तरे मोटोमोटो धागाले बुट्टैबुट्टा पारी बुनेको बिछ्याउना; सतरन्जा ।

दरेस१— ना॰ दरार ।

दरेस२— ना॰ [फा॰ दरेजे एक जातको मसिनो गौनजस्तो कपडा । — सारी— ना॰ सोही कपडाबाट तयार पारिएको सारी ।

दरो— वि॰ दह्रो ।

दर्क–नु— अ॰ क्रि॰ [अ॰ मू॰ दरक्+नु] मुसलधारे पानी पर्नु; दर्र पानी पर्नु; आकाशबाट पानीको ठूलो धारा झर्नु । > दर्कने— वि॰ पानी पर्दा दर्र गर्ने खालको; दर्के ।

दर्काइ— ना॰ दर्कने चाल, क्रिया वा प्रक्रिया । दर्काइनु— क॰ क्रि॰ दर्कन लाइनु; दर्किने पारिनु । दर्काउनु— प्रे॰ क्रि॰ मुसलधारे पानी बर्साउनु; दर्कन लाउनु; दर्र पार्नु ।

दर्कार— ना॰हे॰ दरकार ।

दर्किनु— अ॰ क्रि॰ [दर्क+इ+नु] दर्कने काम हुइनु; मुसलधारे पानी पर्नु; दर्कनु ।

दर्के— वि॰ [दर्को+ए] ठूलो पानी परेको; बेसरी बर्सेको वा दर्केको; मुसलधारे । ~ पानी— ना॰ मुसलधारे वर्षा ।

दर्को— ना॰ [दर्क+ओ] १. मुसलधारे वर्षा; बेसरी परेको पानी; दर्केको पानी । २. जलवर्षाको ठूलो वेग ।

दर्क्याइ— ना॰ [रू दर्कि -+याइ_] दर्किने क्रिया वा किसिम । [श्रे

दर्क्याहट— ना॰ दर्किने अवस्था, क्रिया वा प्रक्रिया ।

दर्खास्त— ना॰हे॰ दरखास्त ।

दर्जन— ना॰ [अङ्॰ डजने कुनै बाह्रवटा वस्तुको समूह ।

दर्जन— ना॰ [सं॰ तर्जने बाघ हिँड्ने बाटो पैल्याएर मार्नका लागि दायाँबायाँतिर सोझ्याएर राखिने, भरुवा बन्दुक आदि हतियार; बाघ मार्नका निम्ति थापिने खोर ।

दर्जा— ना॰ [अ॰ दर्जे १. एकभन्दा अर्को निम्न वा उच्च गुणका आधारको कोटि; स्तर; श्रेणी; कक्षा । २. सरकारी वा गैरसरकारी कर्मचारीहरूको पद; ओहदा; तह । ३. सेवा, कार्य आदिका निम्ति दिइने मान; पदवी । — वाल/वाला— वि॰ उच्च दर्जामा पुगेको; मान पाएको ।

दर्जी— ना॰ [फा॰] पेसागत रूपमा लुगा सिउने व्यक्ति; परियार; दमाईँ; सुजीकार ।

दर्ज्यानी— ना॰ [दर्जा+यानी] दर्जादर्जाको वर्गीकरण गरी मर्यादा तोकिएको नियमावली; दर्जा जनाउने सूची वा क्रम ।

दर्ता— ना॰ [दर्+तो १. कुनै कार्यालयमा औपचारिक रूपमा आएका चिठी, कागजात आदि दर्ताकिताबमा दर्ने वा चढाउने काम; दराइ । २. सङ्घ, संस्था, पत्र–पत्रिका आदि रजिस्ट्रेसन वा पञ्जीकृत गर्नेगराउने काम । ~ किताब— ना॰ आएका चिठीपत्र आदि मिति, पठाउनेको नाम, ठेगानासमेत खोलेर दर्ता गरिने किताब । ~ पुर्जा— ना॰ कार्यालयमा आएका कागतपत्र, मालसामान आदि दर्ता भएपछि प्रमाणस्वरूप दिइने पुर्जा; दर्ता भएको जनाउने पुर्जा । ~ पुस्तक— ना॰ दर्ताकिताब । — वाल— वि॰ जग्गाजमिन, घर आदि आ६ना नाउँमा दर्ता भएको; आ६नै स्वामित्व भएको; कानुनी रूपले जग्गाको धनी ।

दर्द— ना॰ [फा॰] १. बह; पीडा; वेदना; बेथा । २. दुःख; हन्डर; कष्ट । ~ दर्माहा— ना॰ दुःख, सास्ती खेपेर काम गरेबापत दिइने मासिक धन । — नाक— वि॰ दुःखपूर्ण -पीडा_; बहलाग्दो -स्थिति) ।

दर्प— ना॰ [सं॰] १. बल, बुद्धि, विद्या, धन आदिले मान्छेका मनमा उत्पन्न हुने मैमत्तभाव; घमन्ड; अभिमान; फुइँफाइँ । २. अहङ्कारपूर्ण क्रोध; रिस । ३. उद्दण्डता; उच्छृङ्खलता ।

दर्पण— ना॰ [सं॰] ऐना; आरसी ।

दर्पित— वि॰ [सं॰] दर्प भएको; सेखी गर्ने; अहङ्कारी; घमन्डी; दर्पी ।

दर्पी— वि॰ [सं॰] दर्पले भरिएको; अहङ्कारी; सेखीवाल ।

दर्फरिनु— अ॰ क्रि॰ [दरफर+इ+नु] दरफर हुनु; कोरिनु; तछारिनु; पाछिनु । श्रदर्फरे— वि॰ दर्फर पार्ने खालको; दर्फथ्याउने ।

दर्फथ्याइ— ना॰ दरफथ्याइ । दर्फथ्याइनु— क॰ क्रि॰ दरफथ्याइनु ।

दर्फथ्याउनु— स॰ क्रि॰ दरफथ्याउनु ।

दर्बर/दर्बार— ना॰ [सं॰ दरणे पहाडपर्वत भेगमा विवाह आदिमा दुलही ल्याउँदा चल्तीमा ल्याइने, डाँडीको काठमा झुन्ड्याइने कपडाको डोली; मान्छे बस्ने खालको कपडाको झोलुङ्गो ।

दर्बिलो— वि॰ [सं॰ दृढ+इलो] १. टिकाउ हुने खालको; दरिलो; दह्रो, दरो । २. मजबुत; बलियो ।

दर्भ— ना॰ [सं॰] कुश । ~ संस्तर— ना॰ कुशको आसनी; कुशासन ।

दर्माली— ना॰ लगभग चार हजार फुटभन्दा अग्लो जग्गामा फल्ने धानको एक जात ।

दर्माहा— ना॰ [फा॰ दरमाहे प्रतिमहिना पाउने तलब; मासिक वेतन; तनखा ।

दथ्याइ— ना॰ [रू दरि -+याइ_] दरिने क्रिया वा प्रक्रिया; दह्र्याइ । [ > ] दथ्याइनु— क॰क्रि॰ दरिन लाइनु; दह्र्याइनु । दथ्याउनु— प्रे॰ क्रि॰ दरिन लाउनु; दह्र्याउनु ।

दर्रा— ना॰ [सं॰ दरे १. जिल्लाको एक सानो विभाग; दरा । २. दुवैतिर अग्ला पहाड भई बीचमा गह्रो र खोल्सोजस्तो परेको साँघुरो बाटो ।

दर्वट— ना॰ [सं॰] १. सुरक्षाका निम्ति गाउँको चौकीमा बस्ने प्रहरी । २. दरबान; ढोके ।

दर्श— ना॰ [सं॰] १. अवलोकन; दर्शन । २. दृश्य । ३. अमावस्या ; औँसी । ४. औँसीका दिन अग्निहोत्रीहरूबारा गरिने यज्ञकार्य ।

दर्शक— वि॰ [सं॰] १. दर्शन गर्ने; देख्ने; हेर्ने । २. निरीक्षण गर्ने; निरीक्षक; द्रष्टा । ३. कुनै खेल, तमासा, चटक आदि हेर्ने; तमासे; रमिते ।

दर्शन— ना॰ [सं॰] १. कुनै पनि वस्तुलाई हेर्ने काम; नजरगराइ; हेराइ । २. कुनै देवदेवीका प्रतिमा आदि वा योगी, महात्मा, सज्जन आदि आ६ना मान्य जनलाई भक्तिपूर्वक गरिने ढोग र साक्षात्कार; नमस्कार । ३. प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, जीवन र चेतनाबारेको विवेचन र विश्लेषण गरिने विद्या; तत्सम्बन्धी विषयमा व्यापक रूपले यथार्थ परिचय दिने शास्त्र; आध्यात्मिक तथा भौतिक वस्तुको चिन्तन वा विश्लेषण । ~ ढुङ्गो— ना॰ हे॰ दर्सिनढुङ्गो । ~ भेट— ना॰ १. राजामहाराजाहरूसँग गरिने भेटघाट । २. मान्य जनसँगको भेटघाट । ~ भेटी— ना॰ दर्शन गर्दा राखिने भेटी; दर्शनी । ~ भ्रमण— ना॰ खास उद्देश्यले प्रेरित भएर कुनै पनि ऐतिहासिक, सांस्कृतिक आदि स्थलको पर्यवेक्षणार्थ गरिने भ्रमण । ~ शास्त्र— ना॰ ज्ञान र विज्ञानको अथवा अध्यात्म र भौतिक पक्षपक्षान्तरको व्याख्या र विवेचना गरिने शास्त्र; जीवन र प्रकृतिका आन्तरिक तथा बाह्य तत्त्वहरूका बारेमा चिन्तन र अध्ययन गरिएको शास्त्र । > दर्शनावरणीय— वि॰ १. दार्शनिक तत्त्वका बुँदाहरूले ढाकेको । २. छर्लङ्ब देख्न नहुने; देख्नबाट जोगाइराख्नपर्ने ।

दर्शनी— ना॰ ठूलाबडालाई दर्शन गर्दा राखिने भेटी; दर्शनभेटी; दाम । दर्शनीय— वि॰ १. हेर्न लायक; हेर्नुपर्ने; हेर्दा मनलाई लोभ्याउने । २. राम्रो; सुन्दर ।

दर्शयिता— वि॰ [सं॰] दर्शन गराउने; देखाउने ।

दर्शश्राद्ध— ना॰ [सं॰] औँसीका दिन गरिने पितृकार्य; अमावस्याका दिनको श्राद्ध ।

दर्शित— वि॰ [सं॰] १. प्रकाशमा ल्याउने हेतुले देखाइएको; दर्साइएको । २. प्रकट गरिएको; प्रदर्शनमा ल्याइएको; प्रदर्शित ।

दर्शी— वि॰ [सं॰] १. कुनै विषय, वस्तु वा तत्त्वलाई देख्ने वा हेर्ने । २. देखाउने ।

दर्सनी— ना॰ पानपाते आकारका ठूलठूला चिल्ला पात हुने र औषधीमा काम लाग्ने एक बुटी; सुदर्शना ।

दर्साइ— ना॰ [रू दर्साउ -+आइ_] दर्साउने भाव, क्रिया वा प्रक्रिया । [ > ] दर्साइनु— क॰क्रि॰ देखाइनु ।

दर्साउ–नु— स॰ क्रि॰ [सं॰ दर्श+आउ+नु] देखाउनु; झल्काउनु; प्रदर्शन गर्नु । दर्सिन ढुङ्गो— ना॰ [सं॰ दर्शन ढुङ्गो] साह्रो र सेतो रबको एक जातको ढुङ्गो ।

दर्सिनु— क॰ क्रि॰ देखिनु; झल्किनु ।

दल्–नु— स॰ क्रि॰ [सं॰ दल्+नु] १. मास, मस्याब आदि अन्न फग्ल्याँटा पार्ने हिसाबले सिलौटा, जाँता आदिमा पिँध्नु । २. घोट्नु; रगड्नु । ३. लेपन गर्नु; घस्नु; लिप्नु; पोत्नु; लतपत्याउनु । ४. काम, व्यवहारमा सकेसम्म जोत्नु; लदाउनु; दलाउनु ।

दल१— ना॰ [सं॰] १. अन्न वा फलका दानामा बीजस्वरूप, नाथ्रीका रूपमा रहेका फग्ल्याँटा; बिदल वा एकदल नाथ्री हुने वस्तुको गर्भपत्र । २. फूलका पात वा पत्ती । ३. पात, पत्र । ४. मानव वा मानवेतर प्राणीको जमात; गठ; समूह । ५. वैचारिक दृष्टिले सहमत हुन सक्ने समूहमा एकत्रित पार्टी ; राजनीतिक दल; गुट; मण्डली । ६. सेनाको एक समूह वा गुल्म ।

दल२— ना॰ [सं॰] हठयोगका अनुसार योग गर्ने शरीरभित्रको चक्र; षट्चक्रको पत्र । > दलाक्षर— ना॰ हठयोगका अनुसार उक्त दलहरूमा अङ्कित अक्षर । -यस्ता दल मूलतः सात चक्रमा एक हजार पचास हुन्छन् र तिनमा रहने अक्षरहरू हुन्:– -१) मूलाधार— व, श, ष, स, -२) स्वाधिष्ठान— ब, भ, म, य, र, ल, -३) मणिपूर— ड, ढ, ण, त, थ, द, ध, न, प, फ, -४) अनाहत— क, ख, ग, घ, ब, च, छ, ज, झ, `, ट, ठ, -५) विशुद्ध— अ, आ, इ, ई, उ, ऊ, ऋ, ऋृ, लृ, लृृ, ए, ऐ, ओ, औ, अं, अः, -६) आज्ञा— ह, क्ष, -७) सहस्रदल— सबै अक्षरहरू रू_

दलगत— वि॰ [सं॰] दल वा गुटका स्वार्थसँग सम्बन्धित; दलका आधारमा भर परेको; दलीय ।

दलदल— ना॰ [सं॰ दलाढ्य] १. थलथल गर्ने भास; थलथले ठाउँ; गहिरो हिलो वा खाल । २. हिलो; पङ्क; गद्दी । श्रदलदले— वि॰ दलदल परेको; थलथले; धापिलो ।

दलन— ना॰ [सं॰] १. कुनै वस्तुलाई दल्ने काम; पिँधाइ । २. घोट्ने वा रगड्ने काम; रगड; घोटाइ । ३. विध्वंस; संहार । ~ मलन— ना॰ १. दलदाल गर्ने काम ।

दलनेता— ना॰ [सं॰] सामाजिक वा राजनीतिक सङ्गठनको सञ्चालन गर्ने प्रमुख व्यक्ति; दलको नायक; पार्टीका नेता ।

दलपति— ना॰ [सं॰] दल वा गुटको मुख्य व्यक्ति; दलनेता ।

दलबन्दी— ना॰ [सं॰ दल+बन्धन] आआ६ना मत वा सिद्धान्तअनुसार भिन्नभिन्न दल बाँध्ने काम; गुटबन्दी ।

दलबल— ना॰ १. लावालस्कर; सेना; फौज । २. जहानपरिवार, इष्टमित्र, नोकरचाकर आदिको समूह ।

दलबादल— ना॰ [दल+बादल] १. बादलले सगर ढाकेजस्तै गरेर सबैतिरबाट आउने जनसमूह । २. धेरै केटाकेटी वा धेरै छोराछोरी ।

दलमुखी— वि॰ [सं॰] दल वा पार्टीतिर झुकाउ भएको -व्यक्ति, सिद्धान्त, नीति आदि) । दल विहीन— वि॰ [सं॰] कुनै राजनीतिक दल नभएको; पार्टी– प्रणाली नभएको; निर्दलीय । — ता— ना॰ दलविहीन हुनाको भाव, अवस्था वा किसिम ।

दलहन— ना॰ [सं॰ दल+धान्य] दालजातका अन्नहरूको समूह -मास, मसुरी, चना, रहर, केराउ आदि) ।

दला— ना॰ [सं॰ दले खुकुरी, तरबार आदि राख्ने छाला वा काठको दाप; म्यान ।

दलाइ— ना॰ [रू दल् -+आइ_] दल्ने क्रिया वा प्रक्रिया । [श्रे

दलाइनु— क॰ क्रि॰ दल्न लाइनु । दलाई लामा— ना॰ [भो॰ ब॰] चीनको स्वशासित प्रान्तमा परिणत हुनुभन्दा पहिलेको तिब्बत राज्य व्यवस्थाका धर्मगुरु र मुख्य प्रशासक; अवतारी लामा; औतारी लामा ।

दलाउनु— प्रे॰ क्रि॰ [दल्+आउ+नु] दल्न लाउनु ।

दलाढ्य— ना॰ [सं॰] नदीका छालले भर्खर मात्र छोडेको हिलो; दलदले; धाप; भास ।

दलान— ना॰ [फा॰ दालाने गारोको सट्टा थामहरू राखेर, आउने जानेहरूलाई बस्न हुने गरी बनाएको खुला छिँढी; सिकुवा ।

दलाल— ना॰ [अ॰ दल्लाले कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बीचमा कुरा मिलाई नाफा खाने व्यक्ति ।

दलाली— ना॰ [अ॰ दल्लाली] १. दलालको काम वा पेसा । २. दलालको काम गरेवापत पाउने नाफा । वि॰ ३. दलालले पाउने वा लिने । ~ दस्तुर— ना॰ प्रतिशतका हिसाबमा वा अन्य कुनै प्रकारले दलालले पाउने पारिश्रमिक; दलालले पाउने ज्याला वा रकम ।

दलाहा— वि॰ [दल्+आहो दल्ने स्वभावको; मिचाहा; अटेरी; सताउने । स्त्री॰ दलाही ।

दलित— वि॰ [सं॰] १. फग्ल्याँटैफग्ल्याँटा पारिएको; दलिएको । २. दमन गरिएको; थिचिएको; कुल्चिएको । ३. विध्वंस गरिएको; नष्ट गरिएको । ~ वर्ग— ना॰ समाजमा हक, इज्जत र प्रतिष्ठा समान रूपले पाउन नसकेको जाति वा समूह; सामाजिक व्यवस्थाको असमानताले सोसिएको वा पछि परेको जनसमुदाय ।

दलिन— ना॰ घरको तला छाप्न निदालमाथि तेर्स्याएर राखिने लामो काठ । ~ गन्नु— टु॰ उत्तर दिन नसक्नु; नाजवाफ हुनु ।

दलिनु— क॰ क्रि॰ [दल्+इ+नु] दल्ने काम गरिनु; दाल पारिनु ।

दलिल— ना॰ [अ॰ दलीले १. आ६नो पक्ष प्रबल बनाउन आवश्यक पर्ने तर्क वा युक्ति । २. वादविवाद; तर्कवितर्क; छलफल; बहस । ३. विचार; सोच ।

दली— वि॰ [सं॰] १. दल वा पत्र भएको; दलयुक्त । २. दलबलसहितको; दल भएको । ३. नेवारजातिको एक थर ।

दलीय— वि॰ [सं॰] १.दल वा पत्र हुने; दलसम्बन्धी । २. दलगत विचार भएको; त्यस्तो राजनीतिक सिद्धान्तलाई मान्यता दिने; पार्टीप्रति झुकाउ भएको । — ता— ना॰ १. दल वा पत्र हुनाको भाव वा स्थिति । २. दल वा पार्टीसम्बन्धी तत्त्व हुनाको भाव वा अवस्था; दलीय भावना ।

दलेल— ना॰ [अङ्॰ ड्रिले सेनामा भर्ना भएका नयाँ जवानहरूलाई दिइने तालिम; सिपाहीहरूको तालिम; कवाजको अभ्यास वा प्रशिक्षण । ~ भर्ती— ना॰ सेनामा नयाँ जवान भर्ती गरिने काम; सिपाहीको भर्ती । > दलेली— ना॰ १. सैनिक शिक्षाको अभ्यास; सिपाहीको तालिम । २. अभ्यास; रफत ।

दवाई— ना॰ [फा॰] ओखती; औषधी ।

दश— ना॰/वि॰ [सं॰] हे॰ दस । > दशक— ना॰ १. दसदस वर्षको समूह । २. कुनै पनि दसवटा वस्तुको समूह । — कन्धर— ना॰ रावण । — कर्म— ना॰ १. वैदिक विधिअनुसार ब्राह्मणका गर्भाधानदेखि लिएर विवाहपर्यन्तका दस संस्कार; गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, निष्क्रमण, नामकरण, अन्नप्राशन, चूडा, उपनयन र विवाहसम्मका दस कर्म । २. खनजोत, मलजल, गोडमेलजस्ता बाली लागेदेखि थन्क्याउन्जेल गर्नुपर्ने खेतीपातीका काम । — गात्र— ना॰ १. मृतकको उद्धारका निम्ति मरेका दिनदेखि दस दिनसम्म गरिने मृतकसम्बन्धी कर्म; प्रेतकर्म । २. मरेका दिनदेखि दसौँ दिनसम्म ढिकुरोमा दिइएका पिण्डबारा बन्ने शिर, आँखा, कान, नाक आदि कल्पना गरिएका शरीरका दस अङ्ग । — ग्रीव— ना॰ दसवटा टाउका भएको, रामायणको प्रतिनायक पात्र; दशकन्धर; रावण । ~ दान— ना॰ विभिन्न ज्ञातअज्ञात पापबाट मुक्ति पाउने हेतुले मरणासन्न अवस्थामा पुगेपछि वा केही सरसौँदो छँदैमा गरिने गाई, तिल, सुन, भूमि, घिउ, कपडा, चाँदी, नुन, सखर र फलाम गरी दसवटा चीजहरूको दान । ~ दिक्पाल— ना॰ दिशाका अधिष्ठाता मानिएका देवता; इन्द्र -पूर्व_, अग्नि -आग्नेय_, यम -दक्षिण_, निऋर्ति -नैऋर्त्य_, वरुण -पश्चिम) मरुत् -वायव्य_ कुबेर -उत्तर_, ईश -ईशान_, ब्रह्मा -ऊर्ध्वदिशा) र अनन्त

-अधोदिशा_— यी दस देवता । — धा— क्रि॰वि॰ १. दश प्रकारले; दश किसिमले । २. दस भागमा बाँडिएर; दस खण्डमा ।

दशन— ना॰ [सं॰] १. दन्त; दाँत । २. दाँतले टोक्ने काम । ३. डस्ने काम; डसाइ । ४. कवच ।

दशनाम— ना॰ [सं॰] सन्न्यासीहरूका दस थरी भेद वा थर, आश्रम, तीर्थ, वन, अरण्य, गिरी, पर्वत, सागर, सरस्वती, भारती र पुरी । > दशनामी— ना॰ १. दस भेद भएका सन्न्यासीहरूको एक सम्प्रदाय वा सामूहिक नाम । वि॰ २. दशनाममध्येको; दशनामसम्बन्धी ।

दशनावली— ना॰ [सं॰] हार मिलेका दाँतको पङ्क्ति; दाँतको लहर; दन्तपङ्क्ति ।

दशभूमि— ना॰ [सं॰] १. बौद्ध धर्मको महायान सम्प्रदायका अनुसार मुदिता वा प्रमुदिता, विमला, प्रभाकरी, अर्चिष्मती, सुदुर्जया, अभिमुक्ति वा अभिमुखी, दूरङ्गमा, अचला, साधुमती र धर्ममेधानामक ध्यानका दस अवस्था । २. चैत्यको शिरोभागभन्दा तल र गर्भभन्दा माथि रहने भाग ।

दशम— वि॰ [सं॰] गन्तीमा दसौँ स्थानमा परेको; दसौँ ।

दशमलव— ना॰ [सं॰] १. कुनै एकाइको दसौँ, सयौँ आदिका बीचको कुनै अंश सूचित गर्नाका निम्ति त्यसको पहिले लगाइने कुनै गणितीय बिन्दु -.६=६/१० भाग, .॰६=६/१०) भाग इ॰) । २. सो चिह्न लगाएर सूचित गरिने सङ्ख्या । ३. दस वा दसले विभाजित हुने हर भएको भिन्न । — करण— ना॰ गणितमा कुनै एकाइभन्दा कम मान सूचित गर्ने अंशलाई दशमलवको रूप दिने काम ।

दशमहाविद्या— ना॰ [सं॰] तन्त्रशास्त्रमा उल्लिखित दस देवी; तन्त्रसाधना गर्दा आराधना गरिने दसवटी देवी -काली, तारा, षोडशी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बगलामुखी, मातङ्गी र कमलात्मिका ) ।

दशमांश— ना॰ [सं॰] कुनै वस्तुमा दस समान भागमध्ये कुनै एक भाग; दसौँ भाग वा हिस्सा ।

दशमिक— वि॰ [सं॰] १. दशमलव अर्थात् दशमांशसित सम्बन्ध भएको । २. दसले भाग लाग्ने वस्तु वा क्रियासित सम्बन्ध भएको । ~ प्रणाली— ना॰ १. नाप, तौल, मान आदि स्थिर गराउने गणितीय प्रणाली वा प्रचलन -डेसिमल सिस्टम) । -यसको मान आ६नो निकटस्थ ठूलो मानको दसौँ भाग र नजिकको सानो सङ्ख्याको दस गुना हुन्छ । यदि दस पैसालाई एक ढ्याक र दस ढ्याकलाई एक रुपियाँ मानेमा त्यो दशमिक प्रणाली हुन्छ । ) २. दसले गुन्दा र भाग गर्दा पूरै खलो उठ्ने सङ्ख्यालाई एक एकाइ मान्ने चलन ।

दशमी— ना॰ [सं॰] १. चान्द्रमासको प्रत्येक पक्षको दसौँ तिथि । २. विजयादशमी । ३. धर्मशास्त्रअनुसार मानिसको दसौँ वा अन्तिम अवस्था; मरण; मृत्यु । ४. मुक्ति; मोक्ष ।

दशमुख— ना॰ [सं॰] रावण ।

दशरथ— ना॰ [सं॰] अयोध्याका एक प्रसिद्ध सूर्यवंशी राजा; राम, लक्ष्मण, भरत र शत्रुघ्नका पिता ।

दशरूपक— ना॰ [सं॰] १. नाटकलाई दस भेदमा वर्गीकरण गरी तिनको लक्षणसमेत बताइएको, संस्कृत साहित्यमा चर्चित, धनञ्जयकृत काव्यशास्त्र । २. रूपकका दस भेद -नाटक, प्रकरण, भाग, व्यायोग, समवकार, डिम, ईहामृग, अङ्क, वीथि र प्रहसन) ।

दशहरा— ना॰ [सं॰] १. दस प्रकारका पाप नाश हुने भनी गङ्गा स्नान गरिने ज्येष्ठ शुक्ल दशमीको दिन; गङ्गा–दशहरा; ज्येष्ठ शुक्ल दशमी । २. गङ्गा नदीको पूजाआराधना गरिने उत्सव ।

दशा— ना॰ [सं॰] १. अवस्था; हालत; परिस्थिति । २. ज्योतिषशास्त्रअनुसार नवग्रह र योगिनीले भोग गर्ने समय; नवग्रह र योगिनीको भोगवर्ष । ३. विपत्तिको समय; खराब दिन; अनिष्ट फलदायक ग्रहको समय; नराम्रो फल; दुर्दिन । ४. पूर्वरागका दसवटा दशा -अभिलाषा, चिन्ता, स्मरण, गुणकथन, उबेग, प्रलाप, उन्माद, व्याधि, जडता र मरण) । ५. विप्रलम्भ शृङ्गारका दस कामदशा -असौष्ठव, ताप, पाण्डुता, दुर्बलता, धैर्यको अभाव, अनालम्बनता, तन्मयता, उन्माद, अरुचि र मूर्च्छा ।

दशाङ्ग— ना॰ [सं॰] मह, ठूलो खालको मोथे, घिउ, चन्दन, गोकुलधूप, अगरु, शिलाजित, सखर, शालधूप र पहेँलो सर्स्यूँ गरी दस प्रकारका सुगन्धित द्रव्य मिलाएर बनेको धूप ।

दशानन— ना॰ [सं॰] दसमुख; रावण ।

दशाब्द— ना॰ [सं॰] दस वर्षको समूह; दशक ।

दशावतार— ना॰ [सं॰] विष्णुका दस अवतार -मत्स्य, क¨र्म, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि ) ।

दशाह— ना॰ [सं॰] १.दस दिनको अवधि; दस दिन । २. मृतकका उद्धारको उद्देश्यले मृत्युको दसौँ दिनमा गरिने संस्कारकार्य । ३. मृतसूतकको दसौँ दिन । > दशाहा/दसाहा— ना॰ १. मरेका दिनदेखि दसौँ दिनसम्म जुठो बार्नुपर्ने नातेदार व्यक्ति; जुठोसूतक लाग्ने बन्धुवर्ग । वि॰ २. दस दिनसम्म जुठो लाग्ने -दाजुभाइ_; दसदिने ।

दस— ना॰ [सं॰ दशे १. नौभन्दा पछि आउने सङ्ख्या; १०–को अङ्क; सयको दसौँ भाग । वि॰ २.नौभन्दा पछिल्लो सङ्ख्याको; नौ र एक जोड्दा हुने अङ्कको । — गजा— ना॰ दुई देशका बीचको सिमाना छुट्ट्याउने क्षेत्र वा भूमि; दुवै देशका बीच कसैको पनि अधिकारक्षेत्रभित्र नपर्ने मानिएको चौडाइमा दसगज बराबर हुँदै लम्बिएको सीमाक्षेत्र । -उदा॰— नेपाल र भारतको सिमानालाई दसगजाले छुट्ट्याएको छ_रू ~ दिने— वि॰ १. दस दिनसम्म जुठोसूतक लाग्ने -बन्धुबान्धव) । २. दस दिनको; दस दिनसम्बन्धी । ~ दुई— ना॰ पासा खेलमा दुई पासामा पन्जापन्जा र एउटा पासामा दुई पर्दा हुने एक दाउ; पासा खेलको बाह्र सङ्ख्याको एक दाउ । ~ नङ्ग्री— ना॰ १. हातका दसैवटा नङ्ग्राको समूह । २. आ६नै पाखुरा, हात र औँला खियाउने परिश्रम; आ६नै बाहुबल । ~ पोट— ना॰ पासाका खेलमा दुई पासामा पाँचपाँच र एक पासामा पोट मात्र पर्दा हुने एक दाउ; पासाका खेलको एघार सङ्ख्याको एक दाउ । ~ पोल— ना॰ नापोको प्रणालीमा एक धार्नीको आधा भागमध्ये साढे चार भागलाई बुझाउने परिमाणवाचक शब्द । ~ मासा— ना॰ दाँत खिइन लागेको अवस्था ।

दसाब— वि॰ [सं॰ दशगुणने अङ्कको पहाडा वा दुनोट अध्ययन गर्दा दसौँ दोबरलाई बुझाउने; दस दोबरको -पाँच दसाङ् पचास, दस दसाब सय इ॰) ।

दसी— ना॰ [सं॰ दर्शिते १. प्रमाणस्वरूप अपराधीबाट बरामद भएको चोरीका वा यस्तै कुनै अपराधका मालसामान; सबुद– प्रमाणका लागि ग्राहइ वस्तु । २. सबुद; प्रमाण । ३. साक्षी; गवाह । ४. चिह्न; निसान ।

दसैँ— ना॰ [सं॰ दशमी] १. आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव । २. आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व । ३. नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड; विजयादशमी । ४. चैत्र शुक्ल अष्टमी वा सो दिन मनाइने चाड । ५. असोज–कात्तिकमा पर्ने बडादसैँ वा महादसैँ । ६. चैत महिनामा पर्ने चैतेदसैँ । ~ गीत— ना॰ बडादसैँको पर्वमा गाइने एक गीत; मालसिरी; मालश्री । ~ बजार— ना॰ दसैँका अवसरमा सुपथ तथा सुलभ रूपमा मालसामान उपलब्ध गराउन व्यवस्था गरिएको बजार ।

दसोबिसो— ना॰ [दस+बिस] डन्डीबियोको खेलमा एक डन्डीको नापलाई दस र बीसको आधार मानी खेलिने खेल वा प्रक्रिया ।

दसौँ— वि॰ [सं॰ दशमे गन्दै जाँदा दस सङ्ख्यामा पर्ने; दस अङ्कको; दसम -क्रम, स्थान, स्तर इ॰) ।

दसौँद— ना॰ [सं॰ दशांशे १. कुनै वस्तु वा सङ्ख्याको दस खण्डको एक खण्ड । २. वर्ष, छ महिना वा महिना आदि कुनै निश्चित अवधिका लागि मूल धनको दशांश ब्याज; सयकडा दसका हिसाबले भेट्ने भाग । ३. लिम्बूवानको अमाली प्रथामा मुद्दा मिलाएबापत बिगोको दशमांशसम्म लाग्ने दस्तुर; सबासुद्धो । ~ ब्याज— ना॰ कर्जा दिएको वा लिएको सय रुपियाँमा एक वर्षमा लाग्ने दशांश ब्याज; सयकडा दसका हिसाबले लाग्ने ब्याज । > दसौँदी— वि॰ कुनै निश्चित अवधिमा सयकडा दसका हिसाबले लाग्ने -ब्याज, दस्तुर आदि) ।

दस्कत/दस्खत— ना॰ [फा॰ दस्तखते सही; हस्ताक्षर ।

दस्त— ना॰ [फा॰] १. पेटको गडबडीले हुने पातलो दिसा; पखाला । २. हस्त; हात ।

दस्तकार— ना॰ [फा॰ दस्त+सं॰ कारे हातैले ससाना चीजबीच बनाउने कालिगड; शिल्पी । > दस्तकारी— ना॰ १. हातले तयार गरिएको कलापूर्ण वस्तु; हातकै कालिगडीबाट बनाइने कलात्मक चीज । २. हातले कलापूर्ण चीजबीज तयार गर्ने काम ।

दस्तखत— ना॰ [फा॰] आ६नो रोहबरमा भएको हो अथवा यसबारे मेरो सहमति छ भन्ने कुरो जनाउन आ६नै हातले लेखिने नाम; हातको निसान; हस्ताक्षर; सही ।

दस्ताबेज— ना॰ [फा॰] कुनै राजनीतिक पार्टी वा सामाजिक सङ्घ– संस्था आदिको आ६नो कार्य–सञ्चालन र उद्देश्यहरू प्रस्ट उल्लेख गरी पारित भएको प्रतिवेदन, विधान आदि ।

दस्तुर— ना॰ [फा॰ दस्तूरे १. धेरै अघिदेखि चलेर आएको रीतिथिति; परम्परा; रीतिरिवाज; प्रथा । २. तरिका; नियम, काइदा । ३. कर; फिस; दस्तुरी । श्रदस्तुरी— ना॰ नियमअनुसार लगाइएको लिने वा दिने रकम ।

दस्यु— ना॰ [सं॰] १. चोरी गर्ने व्यक्ति; चोर; डाँक¨; लुटेरा । २ राक्षस; असुर । ३. एक प्राचीन अनार्य जाति । ४. दुष्ट; खल ।

दह— ना॰ [सं॰ ह्रदे १. पानी गहिरिएर बनेको नदीको भाग; आहाल; पानी जमेको खाडी । २. कुण्ड; पोखरी; तलाउ ।

दहन— ना॰ [सं॰] १. पोल्ने भाव क्रिया वा प्रक्रिया; डाह; पोलाइ । २. आगो । > दहनीय— वि॰ जल्न वा जलाउन हुने; जलाउन सकिने; डढाउन योग्य ।

दहर— ना॰ [फा॰ दहे तास, गन्जिफा आदिको दस फुट्टी भएको चक्की; दहल ।

दहरि–नु— अ॰ क्रि॰ [रू दरफरिनु] दरखरिनु; दरफरिनु । श्र दहथ्याइ— ना॰ दहथ्याउने भाव; क्रिया वा प्रक्रिया । > दहथ्याइनु— क॰ क्रि॰ छाला खुत्तिने गरी कोरिनु । दहथ्याउनु— स॰ क्रि॰ १. खस्रो वस्तुले जीउमा वा अन्य कुनै वस्तुमा खुइलिने गरी कोतर्नु; दरखथ्याउनु; दार्नु; दरफथ्याउनु । २. घुर्की लाउनु; घुर्क्याउनु ।

दहिले— वि॰ [दहिलो+ए] १. दहिलाको; दहिलोसँग सम्बन्धित । ना॰ २. 'द' अक्षर चिनाउने रूप -दहिले द) । ~ ठेलो— ना॰ दहिलाको तलतिर चौकोस अड्याउन तेर्स्याएर राखिएको मोटो काठ; दहिलाको ठेलो; सँघारठेलो ।

दहिलो— ना॰ [सं॰ देहली] खोल्न र बन्द गर्न मिल्ने हिसाबले खापा लगाइएको घरको खण्ड; बार; ढोका; दैलो ।

दही— ना॰ [सं॰ दधि] दूध जमाएर बनाएको खाद्य वस्तु; पञ्चगव्य -दूध, दही, घिउ, गहुँत र गोबर) मध्ये एक पदार्थ; दधि । ~ चामले— ना॰ १. दहीदँगालो । वि॰ २. दही र चामलजस्तो; दही र चामल मिसिएको । ~ चिउरे— वि॰ सानोतिनो कुराको फाइदामा जे पनि गर्न तयार हुने वा जसको पछि पनि लाग्ने; भरपत्यार नभएको; दुईजिब्रे । ~ ठेको— ना॰ विवाहमा जन्तीका साथ दुलाहातर्फबाट लगिने दहीको ठेकी; कागेठेकी । —

दँगालो/दबालो— ना॰ धुर्सुलको जत्रो बोट हुने, बाटुला पात हुने, झुप्पैझुप्पा फुल्ने र दहीजस्तै सेता दाना हुने, रसिलो तर बेस्वादिलो फल; दहीचामले । ~ बारा— ना॰ दहीमा डुबाइएको मुग आदिको नुनिलो बारा ।

दहेँरे— वि॰ [दहेँरो+ए] दहेँरासम्बन्धी; दहेँराको ।

दहेँरो— ना॰ [दाहीँ+ऐरो] दाइँ गर्दा पराल छिरल्ने र बिटा आदि पार्ने काम गर्ने खेतालो; दाइँको लाठे खेतालो; दयेँरो ।

दह्य— वि॰ [सं॰] पोल्न योग्य; जलाउन सकिने; बाल्न सकिने ।

दह्रि–नु— अ॰ क्रि॰ [दह्रो+इ+नु] १. दह्रो हुनु; दरिनु । २. जरखरिनु; छिप्पिनु । ३. आ६नो विचार र बोलीमा अटल हुनु; दृढ रहनु । ४. कुनै स्थान, श्रेणी, पद आदिमा रहने गरी तोकिनु; किटान गरिनु ।

दह्रिलो— वि॰ [दह्रो+इलो] दह्रो; दरिलो; दर्बिलो ।

दह्रो— वि॰ [सं॰ दृढे १. कुनै धक्का वा चोटपटकबाट नढल्ने, नलकपकाउने; बलियो; मजबुत; दर्बिलो । २. आँट भएको; आँटिलो । ३. आ६नो लक्ष्य वा सिद्धान्तमा विचलित नहुने; नडग्ने । स्त्री॰ दह्री । ~ खरो— बोलीवचनको पक्का ।

दह्र्याइ— ना॰ [रू दह्रि -+याइ_] दह्रिने क्रिया वा प्रक्रिया । [ > ] [ दह्र्याउ+आइ] ना॰ दह्र्याउने क्रियाप्रक्रिया । दह्र्याइनु— क॰क्रि॰ दह्रो पारिनु । दह्र्याउनु— स॰ क्रि॰ दह्रो पार्नु; दर्बिलो तुल्याउनु; अडिग बनाउनु ।

दा— वि॰ [सं॰] दिने -शब्दका पछाडि गाँसिएर प्रत्ययधर्मी शब्दका रूपमा प्रयुक्त, जस्तै–पुत्रदा, धनदा, ज्ञानदा इ॰) ।

दाँज्–नु— स॰ क्रि॰ १. कुनै वस्तुलाई रूप, गुण, स्वभाव आदिका आधारमा अर्को वस्तुसँग तुलना गर्नु; बराबरीका दृष्टिले हेर्नु, बुझ्नु वा जाँच्नु । २. उपमा दिनु; दृष्टान्त दिनु । > दाँज— ना॰ १. दाँज्ने काम; तुलना; दाँजो; दँजाइ । २. बराबरी, समानता ।

दाँजिनु— क॰ क्रि॰ दाँज्ने काम गरिनु; एकै ठाउँमा राखेर भिडाइनु । दाँजो— ना॰ १. दाँजेर हेर्ने काम; तुलना; दँजाइ । २. बराबरी; समता; समानता ।

दाँत— ना॰ [सं॰ दन्ते १. मेरुदण्ड हुने धेरैजसो प्राणीहरूको मुखभित्र तल र माथि अर्धचन्द्राकार पङ्क्तिमा उम्रने र टोक्ने, चपाउने, खाने आदि काम लिइने फग्ल्याँटा आकारका बत्तीसवटासम्म हुने ससाना हाडजस्तै सेता अवयव । २. खाने, चपाउने आदि कामबाहेक केही वर्णको उच्चारणमा समेत सहायता गर्ने गिजामा उम्रिएका सोही हाडका अवयव । ३. अन्न पिँध्नका निम्ति घट्ट, जाँतो आदिका ढुङ्गामा मसिनु पारेर कपिएको भाग वा तीखो टुँडो । ४. हतियार आदिको धार ।

दाँती— ना॰ [दाँत+ई] १. रेती, करौँती, कलपुर्जा आदिका छेउमा काटेर निकालिएका दाँतजस्ता पङ्क्ति वा लहर । २. घरको छानाको बलेँसी तरिने छेउ; छानाको छेउ । ३. खोपी खेल्दा पैसा वा ढ्याक बच्चने ठाउँका प्वालको छेउ । — दार— वि॰ दाँती भएको । ~ हार— ना॰ घरको पाली वा धुरी छाउँदा छानाको छेउमा हालिने गारोभन्दा बाहिरपट्टि निस्किएको छानाको पुछार लब ।

दाँते— वि॰ [दाँत+ए] १.लामा वा ठूला दाँत भएको; दाह्रो पलाएको; दाह्रे । २. झारहरू उखेल्ने वा गोडमेल गर्ने काम गरिने लामा– लामा दाँत भएको औजार । वि॰ ३. दाँतसम्बन्धी; दाँतमा भएको; दाँतजस्तो; दाँतको । ~ ओखर— ना॰ विशेषत हिमाली भागमा हुने, पातलो र दाँतले फोर्न सकिने कमलो बोक्रा हुने र धेरै गुदी भएको एक जातको ओखर । ~ किरो— ना॰ दाँतका फेदमा छिद्र पारी दाँत बेकम्मा पार्ने रोगको कीटाणु; दाँतमा लाग्ने कीरो । ~ गुहु— ना॰ दाँतमा जम्ने मयल; दन्तमल । ~

घर— ना॰ गिजा; दनासो । ~ फुली— ना॰ दाँतमा प्वाल पारेर वा त्यसै जडेर लगाइने फूली; दाँतका बीचमा प्वाल पारी जडिने सुन, चाँदी आदिका साना टीका । ~ बह— ना॰ साह्रै चर्को पीर ।

दाँदे— ना॰ [रू दाँते] १. रोपाइँ गर्नुभन्दा पहिले गरामा हिलो माटो सम्म्याउन गोरुका पछाडि हलोजस्तै गरी लगाइने काठको चेप्टो, लामो उपकरण वा साधन । २. धानका बीउको माटो पन्छाउने डल्याँठोजस्तो काँटादार साधन ।

दाँवल— ना॰ [सं॰ दामले बराबर उमेरका व्यक्ति; दाँैतर; जोडा; दाम । श्रदाँवली— ना॰ डोरीबाट तयार गरिएको, चरा समातिने काममा प्रयोग गरिने पासो ।

दाइँ— ना॰ [रूदाउ] १. खलामा मियोका वरिपरि गोरु घुमाई धान आदि अनाजका बोटहरू कुल्चाई रहलपहल अनाज झार्ने काम । २. कुल्चिमिल्ची; माडमुड । ३. बेअदबीसँग गरेको काम–कारबाई । ४. ढलीमली गर्ने काम; मनपर्दो चाल । ~ गीत— ना॰ दाइँ गर्दा सह ल्याउनका लागि गाइने प्रसिद्ध ऋतुकालीन लोकगीत ।

दाइ१— ना॰ [सं॰ दायादे १. दाजुभाइमा आफूभन्दा जेठो व्यक्ति; दाजु । २. जेठो उमेरको अडकलमा भनिने कुनै पुरुष व्यक्ति ।

दाइ२— ना॰ [रूदाउ -+आइ_] दाउने क्रिया वा प्रक्रिया ।

दाइजो— ना॰ [प्रा॰ दइज्जय < सं॰ देयके विवाहमा दुलहीका बाबु, आमाहरूले दुलहीलाई दिएर पठाइने धनमाल -लुगा, गहना, गोडधुवा आदि) । ~ बिर्ता— ना॰ राजा रजौटाहरूले आ६ना छोरीबेटीलाई दाइजोका रूपमा दिएको बिर्ता । दाइ नाइके— ना॰ [दाइ+नाइके] मुख्य नाइके; भाइनाइकेभन्दा माथिको नाइके ।

दाइनु— क॰ क्रि॰ [दाउ+इ+नु] दाउने काम गरिनु; गोरु नारिनु; हलो जोतिनु ।

दाउ१— ना॰ [सं॰ दाये १. कुनै कामकुरो मिलाउन सजिलो पर्ने अवसर; मौका । २. कौडाको खेलमा हुने तिया, चौका आदि दाउ । ३. पासाका खेलमा हुने पोट बाह्र, कच्चे बाह्र, चरीपन्जा सत्र आदि दाउ । ४. कुस्ती, पहलमानी आदि खेलमा एकले अर्कालाई पछार्ने युक्ति; पेच; छिर्के ।

दाउ२— ना॰ काठपात काट्ने खुर्पाजस्तो हतियार; बाम्फोक ।

दाउ–नु— स॰ क्रि॰ [सं॰ दायन+नु] १. गाईको बहर वा गोरु भैँसीका पाडो वा राँगो वा घोडाको बछेडो आदिलाई नारेर हलो, बग्गी, गाडा आदिलाई तान्दै चालमा हिँड्न वा कुद्न सिकाउनु । २.बहर वा गोरुलाई हलो तान्न सधाउनु; हलो जोताउनु; नार्नु । ३. बहर, बोका आदिलाई खसी पार्नु; सुमर्नु; ठोक्नु । ४. सिकाउनु सधाउनु; अभ्यास गराउनु; बानी पार्नु ।

दाउन— ना॰ अनर्सा, सेल, पन्जाबी रोटी, फिनी, झर आदि पकाउँदा राम्ररी फुराउन र कमलो पार्नका लागि फाएको पीठोमा मिसाइने घिउ, नौनी, तर, गुलियो आदि वस्तु ।

दाउनी— ना॰ [दाउ+नी] दाइँ ।

दाउपेच— ना॰ [दाउ+पेचे १. अरूलाई हराउने वा गिराउने जुक्ति; छलबल । २. छलकपट; चालबाजी; जालझेल ।

दाउरा— ना॰ [दाउरो] बाल्नका लागि प्रयोग गरिने रूखका सुकेका हाँगाबिँगा; बाल्न योग्य काठ; इन्धन । २. समिधा -यज्ञ यागादिमा बालिने आँप, डुम्री, पलाँस आदि) । श्रदाउरे— ना॰ १. दाउरा बेचेर जीविका चलाउने व्यक्ति । वि॰ २. दाउरा खेप्ने; दाउरा बेच्ने । ३. पातलो र अग्लो; ख्याउटे; सिकटे ।

दाउरो— ना॰ [सं॰ दारुके १.दाउरा । वि॰ २. किर्लिक्क परेको; सिट्ठो; सिकुटे ।

दाक्षायणी— ना॰ [सं॰] १. दक्षप्रजापतिकी छोरी; सतीदेवी । २.नवदुर्गामध्ये एक ।

दाक्षिणात्य— वि॰ [सं॰] १. दक्षिण दिशाको; दक्खिनतिरको; दक्खिनपट्टि पर्ने । २. विन्ध्याचलभन्दा दक्षिणतिरको ।

दाक्षिण्य— ना॰ [सं॰] १. सिपालु हुनाको भाव वा क्रिया; निपुणता; कौशल । २. दान दिन सक्ने भाव; उदारता; औदार्य । ३. दाहिने भएको अवस्था; अनुक¨लता । ४. सरलता । ५. चेष्टा र वचनले अर्काको मनको पछि लाग्ने भन्ने भएको, नाटकको एक प्रकारको लक्षण । वि॰ ६. दक्षिणसँग सम्बन्धित; दक्षिणको ।

दाख— ना॰ [सं॰ द्राक्षो १. जडेलाको जस्तै पात र लहरो हुने थाँक्रामा झुप्पाझुप्पा परेर फल्ने र पाक्ता रातो, वा पहेँल्चो हुने गुलियो स्वादको फल; अङ्गुर । २. मुनक्का । ३. किसमिस । ~ चोक— ना॰ आगलागी हुनुभन्दा अघि सिंहदरबारभित्रका विभिन्न चोकहरूमध्ये दाख लगाइएको चोक ।

दाखिल— वि॰ [फा॰] १. सम्बन्धित ठाउँमा हाजिर भएको; आइपुगेको; उपस्थित; प्राप्त । २. बुझाइएको; चुक्ता गरिएको रू—

खारिज/खारेज— ना॰ अड्डाखानामा कसैका नाउँमा सरकारी स्रेस्तामा दरिएको जग्गाजमिन आदिको हक छुटाउन सो नाम काटी हाल पाउनेका नाउँमा दर्ता गर्ने काम; नाउँसारी ।

दाखिला— ना॰ [अ॰ दाखिले १. कुनै अड्डा अदालत वा तोकिएको अन्य ठाउँमा सम्बन्धित व्यक्ति उपस्थित हुने काम; हाजिर; उपस्थिति । २. सम्बन्धित ठाउँमा दाखिल हुन आएको नगदी, जिन्सी, लिखित कागजात आदि । ~ रिपोट— ना॰ कुनै वस्तु दाखिल भएको जानकारी दिने प्रमाण; जानकारीपत्र ।

दाग्–नु१— स॰ क्रि॰ १. लोभी आँखाले हेर्नु; आँखा गाड्नु; चाहना गर्नु । २. निसाना लगाउनु; तारो हान्नु; लक्ष्य गर्नु । ३. ताकेर हेर्नु; ठम्याउनु ।

दाग्–नु२— स॰ क्रि॰ [दाग+नु] १. बन्दुक, तोप आदि पड्काउनु । २. आगो लाउनु; आगो सल्काउनु ।

दाग१— ना॰ [फा॰] १. कुनै वस्तुमा केही लागेर परेको चिह्न; टाटो; धब्बा । २. कसैको चरित्रमा लागेको कलङ्क; दोष; अभियोग; लाञ्छना । ३. पोलेको ठाउँमा बसेको घाउ आदिको खत । ४. सुन आदि जाँच्न कसीमा घोटेर लगाइएको रेखा ।

दाग२— ना॰ [सं॰ दग्धे १. डढाउने वा पोल्ने काम; दाह गर्ने काम; जलाउने काम । २. मृतकलाई जलाउँदा विधिपूर्वक सर्वप्रथम मुखमा लगाइने आगो । ~ बत्ती— ना॰ दाहसंस्कारका निम्ति छोरा वा नजिकका नातेदारले शवका मुखमा सल्काएर राख्ने बत्ती; दाग दिने बत्ती ।

दागा— ना॰ [अ॰ दगो प्रतिशोधका भावनाले मनमा गडेको रिस; इबी; दगा । > दागादाग— ना॰ रिसको रन्काले एकले अर्कालाई खतम पार्न खोज्ने काम; परस्परको रिसइबी । ~ धर्नु— टु॰ प्रतिशोधका कारण कसैलाई नोक्सानको अनिष्टसहित चुनौती दिनु; विरोधीलाई भविष्यमा कुनै खतरापूर्ण अवस्थामा पुथ्याउँछु भनी अठोट गर्नु; कसैलाई ईखवश क्षति पुथ्याउने सङ्कल्प गर्नु ।

दागिनु— क॰ क्रि॰ [दाग्+इ+नु] दाग्ने काम गरिनु ।

दागी— वि॰ [दाग+ई] १. दाग लागेको; दाग देखिने; टाटो भएको । २. अभियोग लागेको; कलङ्कित; दोषी । ३. एक किसिमको खोटो ।

दाजी— ना॰ [दाइ+जी] दाज्यू ।

दाजु— ना॰ [दाज्यू] भाइभाइमा आफूभन्दा पहिले जन्मेको व्यक्ति; दाइ, दाजी । २. एकै कोखबाट आफूभन्दा पहिले जन्मेका व्यक्तिको नाता जनाउने शब्द । ~ भाइ— ना॰ १. एउटै आमाका छोराहरू; सहोदर दाजुभाइ । २. उमेरका क्रमले जेठोकान्छो; दाजु र भाइ । ३. दसदिने वा तेह्रदिने बन्धुवर्ग ।

दाज्यू— ना॰ [दाइ+ज्यू] दाइ; दाजु -प्रायः आदरार्थीमा) । ~ भाइ— ना॰ दाजुभाइ ।

दाज्यै— ना॰ [दाज्यू+ऐ] दाज्यूको आदर बुझाउने शब्द; दाज्यैज्यू । — ज्यू— ना॰ दाज्यूको सम्मानवाची शब्द; दाज्यै ।

दाडिम/दाडिम्ब— ना॰ [सं॰] अनारको बोट, दारिम ।

दातव्य— वि॰ [सं॰] १. अर्कालाई दिन योग्य; दानदक्षिणा गर्न लायक; दानसम्बन्धी; दानको । ~ कोष— ना॰ कुनै सङ्घ–संस्थालाई निर्दिष्ट काममा आम्दानी खर्च गर्ने गरी प्रदान गरिएको कोष वा रकम ।

दाता— वि॰ [सं॰] १. दिने; दिने स्वभावको -सुखदाता, प्राणदाता, अन्नदाता इ॰) । २. धेरै दान गर्ने; दानशील; दानी । ३. फुक्का हृदय भएको; उदार । ना॰ ४. निकै दानी व्यक्ति । ५. दान गर्ने, बकसपत्र दिने वा गुठी राख्ने व्यक्ति । — पन— ना॰ निकै ठूलो दाता हुनाको अवस्था; दानशीलता । ~ सकार— ना॰ जग्गाजमिनमा बन्धक लिएको मान्छेले तेस्रो मान्छेसँग मूल्य लिई सो बन्धकी बेचेपछि तेस्रो चाहिँले मूल जग्गाधनीलाई सकारेर गरिने कागज ।

दातृ— वि॰ [सं॰] दाता; दिने -राष्ट्र आदि) मान्छे ।

दातृता/दातृत्व— ना॰ [सं॰] दाता हुनाको भाव, गुण वा अवस्था; दानशीलता ।

दात्री— वि॰ [सं॰] १. दान गर्ने स्वभावकी -स्त्री) ।

दाद— ना॰ [सं॰ ददु्रे छालामा खस्रो चक्का परेर फैलँदै जाने र चिलाउने सरुवा खालको एक चर्मरोग ।

दादनी— ना॰ पछि बुझाउने गरेर पहिलेबाटै लिएको पेस्की ।

दादरा— ना॰ शास्त्रीय गानदेखि भिन्न एक किसिमको गीतको लय ।

दादा— ना॰ [सं॰ दायादे १. कमाराको आदरवाची शब्द । २. दाजु; दाइ; दाज्यै । — गिरी— वि॰ बल र अभिमानका भरमा अरूलाई हप्काउने वा हैकम चलाउने ।

दादुरा— ना॰ [सं॰ दद्रे प्रायः केटाकेटीलाई कडा जरो आई शरीरभरि मसिना बिमिरा उठ्ने एक प्रकारको चर्मरोग ।

दादै— ना॰ [फा॰ दादन+ऐ] १. सरसामान वा पैसा बुझिलिएको भरपाई लेख्दा सुरुमा लेखिने शब्द; भरपाई जनाउने शब्द । क्रि॰ वि॰ २. उप्रान्त; आगे; अब ।

दान१— ना॰ [सं॰] १. आ६नो हकमा रहेको धनमाल अर्काको हकमा गरिदिने काम; कुनै वस्तुबारे अधिकारको हस्तान्तरण । २. दिने काम; प्रदान । ३. धार्मिक भावनाले गरिबगुरुवालाई अन्न, वस्त्र, पैसा आदि वितरण गर्ने काम । ४. कुश, तिल, जलसहित सङ्कल्प गरेर ब्राह्मणलाई द्रव्य, वस्त्र, अन्न आदि दिने काम । ५. त्यसरी दिइएको धनमाल, जमिन, गाई आदि । ६. राम्रो कार्यका निम्ति दिइने आर्थिक सहयोग; चन्दा । ७. शब्दका पछिल्तिर लागेर त्यस विषय वा वस्तुको दान भएको वा गरिएको भन्ने बुझाउने शब्द -विद्यादान, श्रमदान, प्राणदान इ॰) । ८. राजनीतिका साम, दाम, दण्ड र भेद गरी चार किसिमका जुक्तिमध्ये एक; शत्रुलाई धन दिएर अधीनमा राखिने एक उपाय । ~ दक्षिणा— ना॰ कुनै पुण्यकार्यमा वा मर्दापर्दा ब्राह्मणलाई दिइने जिन्सी वा नगद; दानका साथ दिइने दक्षिणा; दान र दक्षिणा । ~ दक्खिना— ना॰ दानदक्षिणा । ~ दातव्य— वि॰ १. विधिपूर्वक सङ्कल्प गरेर वा त्यसै दिइएको; दान, बकस आदिबाट प्राप्त भएको -धनमाल, जमिन आदि) । ना॰ २. त्यसरी प्राप्त भएको धनमाल जमिन आदि । ~ धर्म— ना॰ १. दान दिएर हुने धर्म; दानपुण्य । २. दान र यस्तै अरू पुण्यकर्म । ~ पत्र— ना॰ कसैलाई कुनै चल–अचल सम्पत्ति दान गरी दाताले दिएको प्रमाणस्वरूप लेखेर दिइने कागत; यस्तै बेहोरा लेखिएको शिलापत्र, ताम्रपत्र, कनकपत्र आदि; दानदातव्यको अभिलेख । ~ पात्र— ना॰ १. दान दिन योग्य व्यक्ति । २. चन्दा सङ्कलनका लागि राखिएको बाकस; चन्दापात्र; चन्दापेटी । ~ प्रतिष्ठा— ना॰ दान गरिसकेपछि त्यसको न्यूनतापूर्ति गर्नाका निम्ति दिइने दक्षिणा; गोदान गरिसकेपछि साङ्गताका लागि दिइने दक्षिणा । ~ बकस— ना॰ आफूलाई रिझाएबापत राजीखुसीले आ६नो धनमाल वा जग्गाजमिन अरूलाई दिएर निजको हक गराइदिने काम; दानदातव्य । ~ यज्ञ— ना॰ दान दिएर गरिने यज्ञ; दानरूपी यज्ञ वा धर्म ।

दान२— प॰ स॰ [फा॰] कुनै नामको पछिल्तिर लागेर सो नामको आधार अर्थ जनाउने शब्द । -फूलदान, कलमदान, खानदान इ॰) ।

दान३— ना॰ हात्तीको उमेर पुगेपछि कन्चटबाट निस्कने गन्धयुक्त बाक्लो पसिना; मद ।

दानव— ना॰ [सं॰] कश्यप ऋषिकी दनु नामकी पत्नीबाट जन्मेको सन्तान; राक्षस; असुर; दैत्य । ~ गुरु— ना॰ दानवका गुरु मानिएका पुराणप्रसिद्ध भार्गव ऋषि; शुक्राचार्य । > दानवारि— ना॰ १. दानवहरूका शत्रु भएका देवता । २. दानवहरूको नाश गर्ने देवता; विष्णु । ३. हात्तीका कन्चटबाट रसाउने मद । > दानवी— ना॰ १. दानवकुलकी नारी; राक्षसी । वि॰ २. दानवसम्बन्धी; दानवको; आसुरी -दानवी माया, दानवी रूप इ॰) ।

दानवीर— ना॰ [सं॰] १. प्रशस्त दान गर्न सक्ने व्यक्ति; महादानी । २. साहित्यमा वीर रसका एक भेदको प्रधान नायक -बलि, कर्ण, हरिश्चन्द्र इ॰) ।

दानशील— वि॰ [सं॰] अत्यन्त दानी स्वभावको; खूबै दान दिने; साह्रै ठूलो दानी । — ता— ना॰ दानशील हुनाको भाव वा अवस्था ।

दाना— ना॰ [फा॰ दाने १. जुनसुकै अनाज तथा फलफूल आदिको बीज वा गेडो; बियाँ । २ अनाज; अन्न । ३. गाईबस्तु र चराचुरुङ्गीलाई दिइने खुराक; पशुपक्षीको आहार । — दार— वि॰ दानैदाना परेको; दानेदार । ~ पानी— ना॰ १. जीवन निर्वाह वा भरणपोषणका लागि आवश्यक चीजबीच; अन्नजल । २. जीविकाको बन्दोबस्त; खानपान । ३. बसोवासको संयोग । ४. जिन्दगी; आयु; जीवन ।

दानी१— वि [सं॰] १. धेरै दान गर्ने; दाता । २. फुक्का दिल भएको; उदार । ३. दिने ।

दानी२— प॰ स॰ [फा॰] शब्दका पछिल्तिर लागी कुनै वस्तु राख्ने पात्रको अर्थ बुझाउने प्रत्ययधर्मी शब्द -कलमदानी, चियादानी, फिकदानी, थुकदानी इ॰) ।

दानीय— वि॰ [सं॰] १. दान दिन योग्य । २. दानका रूपमा दिन सकिने ।

दाने— वि॰ [सं॰ दान+ए] १. दान गर्न लायक; दान गरिने । २. दान गरेको; दिइएको -धनमाल, कपडा इ॰) । ३. दान लिने; दानपात्र । ४. काम नलाग्ने; रद्दी ।

दानेदार— वि॰ [फा॰] १. दानादार । २. खुबी भएको; पौरख भएको । ~ बेत— ना॰ एक प्रकारको असल बेत ।

दाप्–नु— स॰ क्रि॰ [सं॰ दमन+नु] १. हात, गोडा, जीउ आदि मर्दन गर्नु; मिच्नु; दाब्नु । २. दुःख दिनु; सताउनु; धड्नु । ३. अँठ्याउनु; च्याप्नु । ४. दबाउनु; थिच्नु ।

दाप— ना॰ [सं॰ दो तरबार, खुकुरी आदि हतियार राख्न बनाइएको काठ वा छालाको खोल; म्यान; कोष ।

दापा— ना॰ [नेवा॰] दुवैतिर छालाले मोहोरेको र खरी घसिएको, ढोलकजस्तो, दुवैतिर हातले बजाइने एक प्रकारको ताल बाजा ।

दापिनु— क्रि॰हे॰ दाबिनु ।

दाप्चा— ना॰ [नेवा॰] दाप्सा; तासा; फोसा ।

दाङ्–नु— स॰क्रि॰ थिच्नुग् दबाउनु; दाप्नु ।

दाबा— ना॰ [अ॰] कुनै वस्तुमाथि आ६नो हकको जिकिर गर्ने काम; दाबी ।

दाबिनु— क॰ क्रि॰ [दाङ्+इ+नु] दाब्ने काम गरिनु; दापिनु ।

दाबिले— ना॰ [दाबिलो+ए] मसिना पात हुने र दाबिलोजस्तै देखिने एक प्रकारको घाँस ।

दाबिलो— ना॰ [सं॰ दर्वी+इलो] चलाउने टुप्पो भाग हत्केलोजस्तै चेप्टिएको र बिँड डोलो हुने, धातु वा काठको एक प्रकारको पन्यूँ ।

दाबी— ना॰ [अ॰ दावो १. कुनै वस्तुमा आ६नो हकको जिकिर गर्ने काम; दाबा । २. विपक्षीबाट भराइपाउने बिगो वा धनमालको खास विवरण । ~ पत्र— ना॰ आ६नो हकदाबी सिद्ध गर्न पेस गरिने सबुदप्रमाणको लिखत; दाबी लेखिएको कागज । — वाला— वि॰ दाबी गर्ने ।

दाबेदार— वि॰ [अ॰ दावा+फा॰ दारे दाबीका आवश्यक प्रमाण पेस गर्ने; दाबीवाला; दाबा गर्ने ।

दाम— ना॰ [सं॰ द्रमे १. रुपियाँपैसा; मुद्रा; द्रव्य । २. मूल्य; मोलतोल । ३. एक पैसाको चार भागको एक भाग -भूमि आदिमा) । ~ काम— ना॰ १. रुपियाँपैसाको लेनदेनको व्यवहार । २. कुनै वस्तुको मूल्य तोक्ने काम; मोलतोल; मोलमोलाइ । ~ कामी/कामे— ना॰ १. रुपियाँपैसासम्बन्धी काम गर्ने व्यक्ति । वि॰ २. रुपियाँपैसाका कामसँग सम्बन्धित । ३. दामकाम गर्ने; मोलतोल गर्ने । ~ पाते— ना॰ दामजस्तै साना गोल पात हुने र नीलो फूल फुल्ने एक किसिमको लहरे घाँस ।

दामल१— ना॰ [सं॰ यमले जोडी उमेरका; समकालीन; समवयस्क; दौँतर; दाँवल ।

दामल२— ना॰ [अ॰ दायमुलहब्से १. राणाकालमा प्रचलित, कुनै ठूलो अपराधी वा विद्रोहीलाई शरीरमा 'दामल' तीन अक्षर खोपेर वा डामेर छोड्ने वा मुडी जन्मकैदसमेत गर्ने काम वा त्यस्तो सजाय । २. धातुको तताएको मुद्राले डाम्ने काम । >

दामली— वि॰ दामलको सजाय पाएको; दामल भएको ।

दामली— ना॰ [दाम्लो+ई] पक्रिएका प्राणीलाई बाँधिराख्ने एक किसिमको पासो; दाम्लो ।

दामासही— ना॰ किपटप्रथाअनुसार रु॰ ६/५० र रु॰ ७/५० वार्षिक तिरो तिर्ने गरी सुब्बाले पाएको जग्गा अरूलाई बन्धकी दिँदा मालपोत कार्यालयमा जम्मा गरिने रकम; किपट जमिनको मालपोत ।

दामासाही— ना॰ [दाम+साजो कुनै सामूहिक रकम त्यसको हकदारहरूले बराबर गरेर बाँडी लिने वा दिने व्यवस्था; भागसान्ती ।

दामिनी— ना॰ [सं॰] १. बिजुली; विद्युत् । २. स्त्रीहरूले शिरमा लाउने एक किसिमको गहना ।

दामी— वि॰ [दाम+ई] धेरै मोल पर्ने; महँगो; बहुमूल्य ।

दामोदर— ना॰ [सं॰] १. यशोदाले एकचोटि कम्मरमा दाम्लाले बाँधिदिएकाले यो नाम रहेको भनी प्रसिद्ध कृष्णको एक नाम; कृष्ण । २. विष्णु; नारायण । ~ कुण्ड — ना॰ नेपाल अधिराज्यको मुस्ताब जिल्लामा पर्ने एक प्रसिद्ध कुण्ड वा पोखरी; सोही तीर्थस्थल । ~ पाँडे— ना॰ नेपालमा वि॰ सं॰ १८५८ मा मूल काजी -प्रधानमन्त्री) भएका इतिहासप्रसिद्ध व्यक्ति ।

दाम्चो— ना॰ केराको थामको पत्रैपत्र भएको बाहिरी बोक्रो ।

दाम्पत्य— ना॰ [सं॰] १.पति र पत्नीको आपसी सम्बन्ध । २. दम्पतीसम्बन्धी कृत्य । वि॰ ३. पतिपत्नीसम्बन्धी; दम्पतीको; दम्पती वा पति र पत्नीमा हुने -दाम्पत्य प्रेम, दाम्पत्य सम्बन्ध आदि) ।

दाम्भिक— वि॰ [सं॰] दम्भ गर्ने; अहङ्कारले मात्तिएको; घमन्डी; ढोँगी ।

दाम्रो— वि॰ [रूडाम्रो] १. बीज नपसेको वा गुदी नभएको -धान आदि अन्न र सिमी, बोडी आदि कोसे फल) । २. नउक्सेको -सेल रोटी_; डाम्रो; दाप्सो ।

दाम्लो— ना॰ [प्रा॰ दामणे बस्तुभाउलाई गलामा बाँध्ने डोरी ।

दाय— ना॰ [सं॰] १. अंसियारहरूमा बाँडिने वा भागबन्डा हुने पैतृक सम्पत्ति । २. चेलीबेटी, भान्जा, भतिजा आदिलाई दिइने दान, बकस, दाइजो आदि सम्पत्ति । ३. अरूलाई दिइने वा दान गरिने धन; दातव्य । — क— वि॰ १. दिने; दाता -सुखदायक, दुःखदायक इ॰_ । ना॰ २. उत्तराधिकारी वा अंश पाउने सन्तान; वंश । — कर— ना॰ पैतृक सम्पत्ति भोग्ने उत्तराधिकारीहरूमा लगाइने सम्पत्तिअनुसारको कर । — बन्धु— ना॰ अंसियार दाजुभाइ । ~ भाग— ना॰ उत्तराधिकारीहरूमा भागबन्डा लाग्ने सम्पत्तिको अंश ।

दायर— ना॰ [अ॰] १. अड्डाअदालतमा मुद्दामामिला हाल्ने काम; कुनै पुर्पच्छे वा कारबाईको थालनी । वि॰ २. चलिरहेको; जारी -मुद्दामामिला आदि) ।

दायरा— ना॰ [अ॰] कुनै वस्तु वा विषयको परिधि; घेरा; वृत्त; मण्डल; सेरोफेरो ।

दायरी— ना॰ [अ॰ दायर+ई] अड्डाअदालतमा निर्णय हुने कारबाई चलिरहेको वा मुल्तबीमा रहेको मुद्दामामिला । ~ किताब— ना॰ अड्डाअदालतमा परेका मुद्दामामिलाका मिसिलहरूको विवरण खुलाई लेखिने किताब । ~ लगत— ना॰ दायरीकिताब ।

दायाँ— वि॰ [सं॰ दक्षिणे १. दाहिने; दाइनु; दक्षिण । २. हुँदो वा मिल्दो; अनुक¨ल । ना॰ ३. हित; भलो । ~ बायाँ— क्रि॰वि॰ १. दायाँ र बायाँ; दाइनु र बाउँ । २. यताउति; अगलबगल । ना॰ ३. हितअहित; भलोकुभलो ।

दायाद— ना॰ [सं॰] कुनै व्यक्तिको मृत्युपछि उसका सम्पत्तिको पहिलो हकदार; उत्तराधिकारी । > दायादा— ना॰ १. सोही सम्पत्तिको पहिलो हकदार स्त्री; उत्तराधिकारिणी । २. छोरी; पुत्री; कन्या ।

दायाधिकारी— ना॰ [सं॰] उत्तराधिकारी; दायाद ।

दायित्व— ना॰ [सं॰] कुनै कामकुरामा जवाफदेही हुनाको अवस्था; जिम्मेदारी; उत्तरदायित्व । ~ बोध— ना॰ आफूमाथि आइपरेको जिम्मेवारीको ज्ञान; उत्तरदायित्वको बोध । — वाला— ना॰ दायित्व राख्ने वा दायित्व लिने व्यक्ति ।

दायी— वि॰ [सं॰] १. कुनै वस्तु प्रदान गर्ने, दायक; दिने । २. दायित्व लिने; जिम्मेदार; जवाफदेह ।

दार्–नु— स॰ क्रि॰ [दाह्र+नु] १. दाह्राले टोक्नु वा फहराउनु । २. अर्काको धनमाल केही लिनु वा खानु; ठग्ने प्रवृत्ति लिएर सताउनु ।

दार१— ना॰ [प्रा दढ श्रसं॰ दृढे १. बाक्लो बोक्रा तथा खस्रा लाम्चा पात हुने र काठबाट ठेकी, आरी आदि बनाइने, रातो रबको, एक जातको रूख । २. सोही रूखको काठ ।

दार२— प॰ स॰ [फा॰] अन्य मूल शब्दका पछिल्तिर लागेर भएको, सहितको आदि अर्थ बुझाउने प्रत्ययधर्मी शब्द -इमानदार, वजनदार, दानादार इ॰) ।

दार३— ना॰ १. आकारप्रकार; डिलडौल; कद । २. आदत; बानी; लत ।

दार४— ना॰ [सं॰] १. भासिएर वा चर्किएर बनेको धाँजो; चिरो । २. चिर्ने वा फार्ने काम । ३. पत्नी; भार्या । > दारक— ना॰ १. केटाकेटी; शिशु; बालक । २. छोरो; पुत्र । वि॰ ३. चिरफार गर्ने; फार्ने । ~ कर्म/ग्रहण— ना॰ दार अर्थात् पत्नी–ग्रहण; विवाह ।

दारण— ना॰ १. चिरफार गर्ने काम; चिराइ । २. चिरफार गर्ने हतियार । ३. निर्मली फल । दारा— ना॰ पत्नी; भार्या ।

दाराइ— ना॰ [दार्+आइ] दार्ने भाव, क्रिया वा प्रक्रिया ।

दारिका— ना॰ [सं॰] १. पुत्री; छोरी । २. कन्याकेटी; कुमारी ।

दारिद्रइ— ना॰ [सं॰] दरिद्र हुनाको भाव वा अवस्था; दरिद्रता ।

दारिनु— क॰ क्रि॰ [दार+इ+नु] दार्ने काम गरिनु; दाह्रिनु ।

दारिम— ना॰ [सं॰ दाडिमे काँडासहितको बोट हुने, मसिना बैजनी– हरियो रबका पात हुने, राता फूल फुल्ने र त्यसै फूलबाट भित्र केस्राकेस्रा दाँतजस्ता आकारका रसदार गेडा फल्ने एक प्रकारको बोट; सोही बोटको प्रायः अमिलो फल; दाडिम । —पाते— १. दारिमका जस्ता पात हुने एक जातको पोथ्रो । वि॰ २. दारिमका पातजस्तो हुने -कुनै वस्तु ।

दारी— ना॰ [सं॰] १.धाँजो; चिरो । २. पैताला फुट्ने र चिरैचिरा पर्ने एक रोग; हरिनास ।

दारु१— ना॰ [सं॰] १. बाल्न टुक््रयाइएका झिँजामिजा; दाउरा; समिधा । २. देवदारु; धूपी । ३. काठको काम गर्ने कालिगड; सिकर्मी रू ४. उदारमना व्यक्ति । वि॰ ५.दानशील; दाता; दानी ।

दारु२— ना॰ [फा॰ दारू] घरेलु साधन तथा काइदाअनुसार तयार गरिएको रक्सी; निम्न कोटिको मदिरा; ठर्रा ।

दारुण— वि॰ [सं॰] १. कठोर; कडा -व्यथा, रोग इ) । २. दया नभएको; निष्ठुर । ३. भयानक; भयङ्कर । ४. सहन साह्रै धौधौ पर्ने -कष्ट, विपत्ति इ॰) । > दारुण्य— ना॰ दारुण हुनाको भाव वा अवस्था । दारु पुत्री— ना॰ [सं॰] काठको पुतली; कठपुतली । दारु यन्त्र— ना॰ [सं॰] १. काठैकाठबाट बनाइएको मिसिन; काठको यन्त्र । २. काठको पुतली; कठपुतली; दारुपुत्री ।

दारुहरिद्रा— ना॰ [सं॰] पातमा काँढा हुने, मञ्जरीका आकारमा पहेँला साना फूल फुल्ने, पहेँलो काठ हुने, चुत्राको जस्तो फल फल्ने एक जातको बोट; जमानेमान्द्रो ।

दारुहस्त— ना॰ [सं॰] दूध, घिउ आदि चलाउने काठको डाडु; काठको चम्चा वा दाबिलो ।

दारे— वि॰ [दार+ए] १. दारको रूख वा काठ भएको -ठाउँ; दारको - ठेकी, आरी आदि _ । २. ठूला चुचे ढुङ्गा भएको । ~ गौँडो— ना॰ १. दारको रूख भएको गौँडो । २. ठूला ढुङ्गा भएको गल्छिँडो ।

दारोगा— ना॰ [फा॰ दारोगे १. हात्तीसार, अस्तबल आदिको रेखदेख वा व्यवस्था गर्ने मुख्य व्यक्ति । २. पुलिस विभागको एक अधिकारी ।

दार्चुला— ना॰ नेपाल अधिराज्यको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत महाकाली अञ्चलको उत्तरी सिमानामा रहेको एक जिल्ला ।

दार्जिलिब— ना॰ भारतको पश्चिम बङ्गालको उत्तरी भागमा पर्ने, पश्चिमतिर नेपालसँग र पूर्वोत्तरतिर सिक्किमसँग जोडिएको, नेपाली भाषाको प्रमुखता रहेको एक क्षेत्र तथा सुरम्य प्राकृतिक स्थल ।

दार्मी/दार्मु— वि॰ सेतो र मधुरो रातो मिसिएको -गाई ।

दार्मे— वि॰ सेतो भुईँमा राता छिर्का वा पाटा भएको; छिर्केमिर्के -गोरु) ।

दार्शनिक— ना॰ [सं॰] १. दर्शनशास्त्र पढेको वा त्यसको ज्ञाता; तत्त्वज्ञ; दर्शनशास्त्रको मर्मज्ञ । वि॰ २. दर्शनशास्त्रसँग सम्बन्धित, दर्शनसम्बन्धी । — ता— ना॰ दार्शनिक हुनाको भाव, अवस्था वा विशेषता ।

दाल— ना॰ [सं॰ दालि] १. जाँतो वा सिलौटा आदिमा हल्का पाराले दलिएको मास, रहर, मुगी, चना आदि वस्तुको फग्ल्याँटा । २. त्यसरी दलिएको वस्तु दगरो पारेर बनाइएको भात, रोटीसँग खाइने झोलिलो खाद्य पदार्थ ।

दालचिनी— ना॰ [सं॰ दाल+चिनी] बाक्लो बोक्रा र मोटो टुप्पो भएको पात हुने, बास्नादार सेतासेता गुच्छा भएको फूल फुल्ने एक बोट; मसला र औषधीमा प्रयोग हुने त्यसैको बोक्रा । दाल भात— ना॰ [दाल+भात] दाल र भात; नेपालीहरूको प्रमुख भोजन ।

दालमोट/दालमोठ— ना॰ [दाल+मोठ] चना, मुगी, रहर आदिको दाल घिउमा भुटेर नुनखोर्सानी र मरमसला लगाएर बनाइएको खाद्य पदार्थ; दालमोठ । दालुके निहुरो— ना॰ एक जातको निहुरो ।

दाव— ना॰ [सं॰] १. वन; जङ्गल । २. प्राकृतिक तवरले वनमा लागेको आगो; डढेलो; दावाग्नि ।

दावा१— ना॰ [सं॰ दावे खान नपाएर वा रोगले सुकेर पेट दाप्सिने अवस्था ।

दावा२— ना॰ [अ॰] कुनै वस्तुमाथि आ६नो अधिकार छ भनी गरिने जिक्री; दाबी; जिकिर ।

दावाग्नि— ना॰ [सं॰] वनमा लागेको आगो; डढेलो; दावानल ।

दावादार— वि॰ [अ॰ दावा+फा॰ दारे कुनै वस्तुमाथि आ६नो हक छ भनी प्रमाणपूर्वक दाबी गर्ने; दाबीवाल; दावेदार; हकदार ।

दावानल— ना॰ [सं॰] जङ्गलमा लागेको आगो; डढेलो; वनडढेलो; दावाग्नि ।

दाश— ना॰ [सं॰] १. नदीमा यात्रुहरूलाई वारपार गराएर जीविका चलाउने पेसा भएको जाति; माझी । २. दास; कमारो; नोकर ।

दाशरथ/दाशरथि— वि॰ [सं॰] १. दशरथको; दशरथसम्बन्धी; दशरथको कुलमा उत्पन्न । २. दशरथका चार छोरा राम, लक्ष्मण, भरत र शत्रुघ्नमध्ये कुनै एक -विशेषतः रामचन्द्र ।

दास— ना॰ [सं॰] १. पहिलेपहिले मालिकका किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर; कमारो । २. सेवक; नोकर । — ता/त्व— ना॰ दास हुनाको भाव वा अवस्था; दासत्व; गुलामी; कमारोपन । ~ दासी— ना॰ दास र दासी; कमाराकमारी; नोकरनोकर्नी । ~ प्रथा— ना॰ पशुधनसरह मान्छेलाई किनबेच गरेर काममा लाउने पुरानो सामन्ती प्रथा; कमारोप्रथा । - नेपालमा वि॰ सं॰ १९८१ सालदेखि यो प्रथा कानुनी रूपले खारेज भएको हो । > दासानुदास— ना॰ १. दासको पनि दास; अत्यन्त निम्न श्रेणीको नोकर । २. विनीत नोकर; विनम्र सेवक ।

दासिका/दासी— ना॰ १. दासप्रथाअनुसार किनबेच गरिएकी आइमाई; दासवर्गकी स्त्री; कमारी । २. नोकर्नी; चाकर्नी ।

दासी— ना॰ १. कपडामा बुट्टा छिप्नुभन्दा पहिले सो कपडालाई कसेर राख्ने एक साधन वा अडेस । २. नोकर्नी । > दासेय— ना॰ १. मालिकले गमन गरेकी दासीको गर्भबाट जन्मेको छोरो; दासीपुत्र; दासीको छोरो । २. दासीको वंशज ।

दास्य— ना॰ [ सं॰] १. आ६ना उपास्य देवतालाई स्वामी र आफूलाई दास सम्झने, भक्तिका नौ भेदमध्ये एक । २. दासता; दासत्व ।

दाह— ना॰ [सं॰] १. मुर्दालाई चितामा राखेर जलाउने काम; दाहसंस्कार । २.मनमा परेको ताप; जलन; चिन्ता । ३. पोल्ने वा डढाउने काम; डाम्ने काम । ४. अर्काको कुनै उन्नति वा सफलताप्रति स्वतः उब्जिने ईर्ष्या; डाहा । —

— वि॰ १. जलाउने; पोल्ने । २. दागबत्ती दिने; चितामा आगो लगाउने । ३. टट्टाउने; जलन गराउने । ना॰ ४. आगो । ~ कर्म— ना॰ शवदाह गर्ने काम; विधिपूर्वक दाहसंस्कार गरिने काम; मुर्दा जलाउने काम । ~ क्रिया— ना॰ लास जलाउने काम; दाहकर्म । ~ ज्वर— ना॰ जीउ भतभत पोल्ने गरी आउने एक प्रकारको जरो; भुङ्ग्रे जरो । ~ संस्कार— ना॰ लास जलाउने काम; दाहकर्म; शवदाह । ~ स्थल— ना॰ शवदाह गर्ने ठाउँ; मसानघाट ।

दाहिनु— वि॰ [सं॰ दक्षिणे देब्रेको उल्टोतिर पर्ने; दाहिने; दायाँ; दक्षिण ।

दाहिने— वि॰ [दाहिनो+ए] १. दायाँतिर पर्ने; दाहिना पट्टिको; दायाँ । २. अनुकूल; अपसव्य । ना॰ ३. अक्षरमा दायाँतिरबाट दिइने दीर्घ ईकार - घ् ) । — वर्त— वि॰ दायाँ हाततिर पारेर घुमेको; दाहिनुपट्टिबाट प्रदक्षिणा गरेको; दक्षिणावर्त -मन्दिर, प्रतिमा, बाटो आदि ) । ~ शङ्ख— ना॰ पट्टिनेतिरबाट रेखाहरू घुमेको र दाहिनेपट्टि नै खुला भएको शङ्ख । ~ हात— ना॰ १. खाने हात; दायाँ हात । २. नभई नहुने मानिस; कामकाजमा भरपर्दो व्यक्ति; मुख्य सहायक ।

दाहिनो— वि॰ [सं॰ दक्षिणे १. दाहिनेपट्टिको; दाहिने; दायाँ । २. अनुक¨ल; सर्दो । ना॰ ३. दीर्घ ईकार - घ् ) ।

दाही— वि॰ [सं॰] १. दाह गर्ने गुण भएको; जलाउने । २. कष्टदायक; पीडा दिने । > दाहइ— वि॰ पोल्न वा जलाउन योग्य; सल्काउन हुने ।

दाह्र–नु— स॰ क्रि॰ [सं॰ दारण+नु] दाह्राले टोक्नु; दाँतले चिथोर्नु; हे॰ दार्नु ।

दाह्रा— ना॰ [स॰ द्रंष्टो १. मुखभित्र लामा–छोटा भएर उम्रिएका र नमिलेका दाँत । २. मत्ता हात्ती, बँदेल आदिका मुखबाहिर निस्केको लामो दाँत ।

दाह्री— ना॰ [सं॰ दाढिको गाला, चिउँडो र अघिल्तिर घाँटीसम्म पलाउने रौँ; दाढी; दारी । — वाल— वि॰ लामालामा दाह्री भएको; त्यस्तो दाह्री पालेको वा पाल्ने -व्यक्ति) ।

दाह्रे— वि॰ [दाह्रा+ए] १. लामालामा, ठूला दाँत हुने; दाह्रा भएको । २. दाँत उम्रिने सामान्य ठाउँभन्दा कोल्टोतिर दाँत उम्रिएको; दाँत उछिट्टिएको; छ्वाँके । ~ गौँडो— ना॰ १. डरलाग्दो साँघुरो बाटो वा गौँडो । २. बाघभालुले ढुकेर गाई, बाख्रा दार्ने एकलासको जोखिमयुक्त गौँडो । ~ मस्ट— ना॰ जुम्लाको धामी–झाँक्री ।

दाह्रो— ना॰ [सं॰ द्रष्टो १. सामान्य ठाउँभन्दा ओल्टाकोल्टातिर पलाएको वा नमिलेको दाँत । २. हात्ती, बँदेल आदिको मुखबाहिर निस्केको लामो दाँत ।

दि–नु— स॰ क्रि॰ [सं॰ दा+नु] १. आफूसँग भएको वा आ६ना हकको सामान अरूलाई सुम्पनु; बुझाउनु । २. पुनः हक दाबी नरहने हिसाबले दान गर्नु; बकस दिनु । ३. टक््रयाउनु; अर्पण गर्नु । ४. कुनै क्रियाका पछिल्तिर जोडिन आउने सहायक क्रिया -खाइदिनु, भनिदिनु, लिइदिनु इ॰) । > दिइनु— क॰ क्रि॰ दिने काम गरिनु ।

दिउँसो— क्रि॰वि॰ १. दिनमा; दिउसो । ना॰ २. रातको उल्टो समय; दिन; दिउसो ।

दिउरी— ना॰ [दिउरो+ई] सानो खालको ताप्के; सानो दिउरो ।

दिउरे— वि॰ [ दिउरो+ए] आरी वा डेक्चीका आकारको बिटसमेत भएको सानो भाँडो; दिउरो ।

दिउल— ना॰ [सं॰ बिदले १. दुई दल हुने मास, चना, केराउ आदि दलहन अन्नको फग्ल्याँटो । २. त्यस्तो अन्न आदिको उम्रने भाग; विजन; बियाँ । ३. नाथ्रो; नाथ्री । श्रदिउले— वि॰ दिउल भएको ।

दिउसेरी— ना॰ [दिउसो+एरी] दिउसो गरिने रमाइलो; दिउसोको रामरउस । ~ जाँत— ना॰ दिउसोको जात्रा ।

दिउसो— ना॰ [प्रा॰ दिअसो < सं॰ दिवसे १. बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तसम्मको अवधि; रातको विपरीत समय; दिन; दिउँसो । क्रि॰ वि॰ २. उक्त समयमा; दिनमा । ~ मास— क्रि॰ वि॰ १. कामकाजका समयमा । २. कुसमयमा; कुबेलामा ।

दिक्— ना॰ [सं॰] १. दिशा । २. वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुल वा मात्राको दस गुनाबराबरको नाप; सय तालबराबरको नाप; नाडी, आयुध वा प्रादुर्भाव बराबरको नाप ।

दिक— वि॰ [ अ॰] १. खिन्न; दिक्क; दिक्दार; हैरान । २. पीर परेको; विह्वल; चिन्तित । ना॰ ३. चिन्ता; सुर्ता; पीर ।

दिक्क— ना॰/वि॰ [ अ॰ दिके दिक; खिन्न ।

दिक्कत— ना॰ [अ॰] १. दिक्क हुनाको भाव वा अवस्था; हैरानी । २. साह्रोगाह्रो स्थिति; कठिनाइ; मुस्किल ।

दिक्काल— ना॰ [सं॰ दिक्+काल] पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशा र भूत, भविष्यत् र वर्तमान आदि दशा; देशकाल । —

जयी— वि॰ दसै दिशा, भूत तथा भविष्य र वर्तमानकाललाई जितेको; सर्वत्र र सार्वकालिक रूपमा चर्चित -व्यक्ति वा वस्तु ।

दिक्कि–नु— अ॰ क्रि॰ [दिक्क+इ+नु] दिक्क हुनु; दिक्दार हुनु; सुर्ताउनु ।

दिक्चक्र— ना॰ [सं॰] १. दिशा–विदिशाको समुदाय; दिशामण्डल । २. क्षितिज ।

दिक्दार— वि॰ [अ॰ दिक+फा॰ दारे १. मानसिक पीर पर्नाले खिन्न भएको; हैरान; दिक्क । २. चिन्ताले सताएको; पीर परेको । श्र दिक्दारी— ना॰ दिक्दार हुनाको भाव वा अवस्था; मनमा परेको पीर वा ताप; सन्ताप ।

दिक्पति— ना॰ [सं॰] हे॰ दिक्पाल ।

दिक्पात— ना॰ [सं॰] सूर्यको अक्षांशीय स्थिति ।

दिक्पाल— ना॰ [सं॰] पुराणअनुसार दस दिशाका रक्षक देवताहरू क्रमशः पूर्वका इन्द्र, आग्नेयका अग्नि, दक्षिणका यम, नैऋर्त्यका निऋर्ति, पश्चिमका वरुण, वायव्यका वायु, उत्तरका सोम, ईशानका शिव, आकाशका ब्रह्मा र पातालका अनन्त; दिक्पति ।

दिक्शूल— ना॰ [सं॰] फलित ज्योतिषअनुसार शनिवार र सोमवार पूर्व, बृहस्पतिवार दक्षिण, शुक्रवार र आइतबार पश्चिम र मङ्गलवार र बुधवार उत्तर दिशातिर यात्रा आरम्भ गर्न निषेध गरिएको शूलयोग; दिशामा पर्ने शूलयोग; नक्षत्र शूलयोग । -यसमा पूर्व ज्येष्ठा, दक्षिण धनिष्ठादि पाँच नक्षत्र, पश्चिम रोहिणी र उत्तर उत्तराफाल्गुनी नक्षत्र भएको बेलामा यात्रा गर्न निषेध गरिएको छ ) ।

दिक्साधन— ना॰ [सं॰] दिशा पत्ता लगाउने वा दिशाको ज्ञान गराउने यन्त्र वा साधन; कम्पास ।

दिगङ्गना— ना॰ [सं॰] दिशास्वरूपकी नायिका; दिक्कन्या ।

दिगन्त— ना॰ [सं॰] १. दिशाको छेउछाउ; दिशाको अन्त । २. आकाश र धर्ती भेट भएजस्तो देखिने ठाउँ; क्षितिज । ३. चार दिशा । ४. दसैवटा दिशा; दिशा–विदिशा ।

दिगन्तर— ना॰ [सं॰] १. दुई दिशाका बीचको ठाउँ; दिशान्तर; कोण । २. उपदिशा; विदिशा ।

दिगमिग— ना॰ [सं॰ दृक्=दिग -बि॰_] खाने कुरामा कुनै फोहोर मैला छ कि भन्ने शङ्काबाट उब्जिने घिन; खान अनकनाउने काम; सिकसिको । > दिगमिगाइ— ना॰ दिगमिग हुने भाव, क्रिया वा प्रक्रिया । दिगमिगाइनु— क॰ क्रि॰ दिगमिग मानिनु ।

दिगमिगाउनु— अ॰ क्रि॰ दिगमिग मान्नु; घिनाउनु । दिगमिगाहट— ना॰ दिगमिग हुने भाव, अवस्था वा क्रियाप्रक्रिया; दिगमिगाइ ।

दिगमिगिनु— क॰ क्रि॰ दिगमिग होइनु । दिगमिगी— ना॰ दिगमिग; घिन; सिकसिको । दिगमिग्याइ— ना॰ दिगमिगिने भाव, क्रिया वा प्रक्रिया । दिगमिग्याहट— ना॰ दिगमिग्याइ ।

दिगम्बर— वि॰ [सं॰] १. शरीरमा कुनै वस्त्र नभएको; नाङ्गो; निर्वस्त्र । ना॰ २. शिव; महादेव । ४. जैन धर्मावलम्बीहरूको वस्त्र नलगाउने एक सम्प्रदाय । ५. लुगाफाटाको संसर्गै नगर्ने जोगी; नागो । ~ सम्प्रदाय— ना॰ जैन धर्मावलम्बीहरूका दुई सम्प्रदायमध्ये निर्वस्त्र रहने एक सम्प्रदाय ।

दिगम्बरी— ना॰ [सं॰] दुर्गा; देवी; काली ।

दिगो— वि॰ [सं॰ दीर्घे १. लामो वा धेरै अवधिसम्म टिक्न सक्ने; टिकाउ; खपाउ । ना॰ २. स्थिरता; निश्चलता ।

दिग्गज— ना॰ [सं॰] १. पुराणअनुसार आठ दिशामा रहेर पृथ्वीलाई थाम्ने कल्पित हात्तीहरू -ऐरावत, पुण्डरीक, वामन, कुमुद, अञ्जन, पुष्पदन्त, सार्वभौम र सुप्रतीक) । वि॰ २. सारै ठूलो; घागडान; महान् प्रभावशाली; विबान् ।

दिग्दर्शक— वि॰ [सं॰] १. दिशा देखाउने; दिक्दर्शन गर्ने वा गराउने । २. आधारभूत ज्ञान दिने; मार्ग प्रदर्शन गर्ने । ~ यन्त्र— ना॰ समुद्रको यात्रा गर्दा वा हवाईयात्रा गर्दा दिशाको सङ्केत गर्ने जहाज, हवाईजहाजमा राखिने यन्त्र; कम्पास ।

दिग्दर्शन— ना॰ [सं॰] १. दिशाको बोध गराउने वा दिशातिर देखाउने काम । २. मार्ग प्रदर्शन; बाटो देखाउने काम । ३. उदाहरणका निम्ति प्रस्तुत गरिने वस्तु; दृष्टान्त; नमुना । ४. सामान्य ज्ञान वा परिचय; साधारण जानकारी ।

दिग्दार— वि॰ [रू दिक्दारे दिक्क; खिन्न; दिक्दार । > दिग्दारी— ना॰ दिग्दार हुनाको भाव वा अवस्था ।

दिग्दाह— ना॰ [सं॰] सन्ध्या समयमा क्षितिजमा आगो लागेको जस्तो देखिने र सो हुनु अशुभ मानिने एक प्राकृतिक विलक्षण घटना वा दृश्य ।

दिग्देवता— ना॰ [सं॰] दिक्पति; दिक्पाल ।

दिग्बन्धन— ना॰ [सं॰] श्राद्धादि कार्यमा पितृकार्य सुरु हुनुभन्दा पहिले चारैतिर तिल आदि छर्किने काम । ~ सेन— ना॰ पृथ्वीनारायण शाहका समयका मकवानपुरका राजा; हेमकर्णका छोरा र पृथ्वीनारायण शाहका जेठान तथा जेठी रानी इन्द्रकुमारीपट्टिका दाजु ।

दिग्भ्रम— ना॰ [सं॰] १. दिशा छुट्ट्याउने सम्बन्धमा हुने भ्रम; दिशा पत्ता लाग्न नसक्ने अवस्था वा स्थिति । २. बाटोभुलाइ; दिशाभ्रम । ३. अन्योल ।

दिग्मण्डल— ना॰ [सं॰] १. दिशाहरूको समूह । २. सम्पूर्ण दिशा ।

दिग्वस्त्र— वि॰ [सं॰] दिशा नै कपडा भएको; नाङ्गो; दिगम्बर ।

दिग्वार— ना॰ लिच्छविकालीन प्रशासनमा तलबको साटो दिइने वृत्तिमध्ये एक ।

दिग्विजय— ना॰ [सं॰] १. राजामहाराजाहरूले देशदेशान्तरमा गई आ६नो मान र प्रतिष्ठा कायम गर्न अर्काको मुलुक जित्ने काम । २. विबान्हरूले देशविदेशका विबान्हरूलाई शास्त्रार्थबारा हराउने काम वा त्यसरी आ६नो विबत्ता र प्रतिष्ठा राख्ने काम । श्र दिग्विजयी— वि॰ दिशा–विदिशामा विजय प्राप्त गरेको; सबैतिर विजय प्राप्त गर्ने ।

दिज्यू— ना॰ [दिदी+ज्यू] दिदीलाई आदरपूर्वक सम्बोधन गरिने शब्द; 'दिदीज्यू'को छोटो रूप ।

दिठ— ना॰ [प्रा॰ डिट्ठि < सं॰ दृष्टि] १. हेर्ने काम; हेराइ; दृष्टि; ध्यान । २. आँखा; नयन ।

दिति— ना॰ [सं॰] कश्यप ऋषिका चौध पत्नीहरूमध्ये एक; दैत्यहरूकी आमा ।

दित्सा— ना॰ [सं॰] १. दान गर्ने वा दिने इच्छा । २. आफू मरेपछि आ६नो सम्पत्ति यसयसलाई दिनु वा यसयसले खानू भनेर लेखिदिने इच्छापत्र ।

दिदी— ना॰ [सं॰ दायादी] १. एकै गर्भबाट आफूभन्दा पहिले जन्मेकी स्त्री; दिज्यू । २. आफूभन्दा जेठी सौता । ३. दाजुभाइका पत्नीहरूमा भाइकी पत्नीले दाजुकी पत्नीलाई भनिने शब्द; जेठानी । वि॰ ४. आफूभन्दा पहिले जन्मेकी ।

दिदृक्षा— ना॰ [सं॰] हेर्ने इच्छा; दर्शन गर्ने अभिलाषा । > दिदृक्षु— वि॰ हेर्न चाहने; दर्शनाभिलाषी; दर्शनेच्छु ।

दिधिषु— ना॰ [सं॰] एकपल्ट बिहा भइसकेकी स्त्रीसँग बिहा गर्ने पुरुष; विधवा वा सधवा परस्त्री ग्रहण गर्ने पुरुष ।

दिधिषू— ना॰ [सं॰] १. एकपल्ट बिहा भइसकेपछि पुनः अर्को विवाह गर्ने स्त्री; पोइल गएकी वा पहिलो लोग्नेलाई छाडेर दोस्रो–तेस्रो लोग्ने बनाएकी स्त्री । २. दिदीको भन्दा पहिले बिहे भएकी स्त्री । ~ पति— ना॰ विधवा भाउजूसँग अनुचित सम्बन्ध राख्ने पुरुष ।

दिन— ना॰ [सं॰] १. आकाशमा सूर्य देखिउन्जेलको समय; सूर्यको उदय भएदेखि अस्त नहोउन्जेलको अवधि; दिउँसो; दिवस । २. अघिल्लो सूर्योदयदेखि पछिल्लो सूर्योदय पर्यन्तको समय; अहोरात्र; चौबीस घण्टा वा आठै प्रहर । ३. रातको बाह्र बजेदेखि सुरु भएर पछिल्लो रातको बाह्र बजेसम्म चौबीस घण्टाको समय । ४. समय; बेला; बखत; मौका । ५. तोकिएको समय; निश्चित समय; आवश्यक समय । ६. सात वारमध्येको एक वार । ७ दिनदशा; अनिष्ट दशा । ~ कटनी— ना॰ दिन बिताउने मेलो; दिन काट्ने सानोतिनो काम; बसिबियाँलो । — कर— ना॰ रवि; सूर्य । ~ गन्ती— ना॰ दिन गन्ती गर्ने काम; दिनको गणना; प्रतिदिनको हिसाब; दिनदिनको हिसाब । — चर्या— ना॰ दिनभरि गरिने सबै काम; दिनभरको कार्यक्रम; नित्यकर्म -नुहाइधुवाइ, पाठपूजा, खानपिन, कामधन्दा इ॰) । — चारी— ना॰ सूर्य; दिनकर । ~ दशा— ना॰ फलित ज्योतिषअनुसार सूर्य आदि नवग्रह र मङ्गला आदि अष्ट योगिनीको भोगको अवस्थामा मिल्ने शुभ–अशुभ फल; ग्रहगतिका अनुसार लाग्ने दैनिक दशा । ~ दहाडै— कि॰ वि॰ दिन बाँकी छँदैमा; कुनै डर, त्रास, सङ्कोच आदि नभएजस्तै गरी; खुलेयाम । ~ दिन— क्रि॰ वि॰ प्रतिदिन; दिनैपिच्छे; दिनहुँ; दिनदिनै । — नाथ— ना॰ दिनका अधिपति; सूर्य; दिनकर । ~ परदिन— क्रि॰ वि॰ दिन बित्दै जाँदा; दिन नबिराईकन; दिनानुदिन । — मणि— ना॰ सूर्य । — मान— ना॰ १. सूर्य उदाएदेखि सूर्य अस्ताउन्जेलको समय अर्थात् पूरा दिनको मान; रात्रिमानको उल्टो । २. दिनमणि; सूर्य । — मुख— ना॰ प्रभात; बिहान । ~ रात— ना॰ १. अहोरात्र ; दिन र रात । २. हरबखत; निरन्तर; सधैँ; लगातार । — शेष— ना॰ साँझ; बेलृुका; सन्ध्या ।

दिनहुँ— क्रि॰ वि॰ [सं॰ दिन+अहन्] प्रतिदिन; हरेक दिन; दिनैपिच्छे ।

दिनाङ्क— ना॰ [सं॰] मिति; गते; तारिख । श्रदिनाङ्कित— वि॰ दिन अङ्कन गरिएको; तिथिमिति लेखिएको वा तोकिएको ।

दिनाधीश— ना॰ [सं॰] सूर्य; दिनकर ।

दिनानुदिन— क्रि॰ वि॰ [सं॰] दिनैपिच्छे; दिनपरदिन; दिनोदिन ।

दिनान्त— ना॰ [सं॰] दिन सकिने र रात सुरु हुने समय; सायङ्काल; सन्ध्या; साँझ ।

दिनान्ध— वि॰ [सं॰] १. दिनमा आँखा देख्न नसक्ने; दिनको अन्धो; दिवान्ध; दिनान्धो । ना॰ २. लाटोकोसेरो; हुचिल; उल्लु ।

दिनिका— ना॰ [सं॰] दिनभर काम गरेबापत पाइने पारिश्रमिक; एक दिनको ज्याला; दिनभरको मजुरी ।

दिने— वि॰ [दिन+ए] १. दिनसम्बन्धी; दिनको -पाँचदिने, दसदिने, पन्ध्रदिने इ॰) । [दि+नु+ए] २. कुनै चीज प्रदान गर्ने ।

दिनेश— ना॰ [सं॰] दिनका देवता; सूर्य । दिनै पिच्छे— क्रि॰ वि॰ [दिन+पिच्छे] प्रतिदिन; दिनदिन; दिनहुँ; सधैँ ।

दिनौँधी— ना॰ [दिनान्ध+ई] दिनमा आँखा देख्न नसक्ने रोग; दिवान्ध हुने रोग । दिपाब ताल— ना॰ नेपालको पश्चिमाञ्चल क्षेत्रअन्तर्गत गण्डकी अञ्चलको कास्की जिल्लामा पर्ने प्रसिद्ध एक ताल ।

दिब्बे— वि॰ [सं॰ दिव्ये राम्रो; तेजिलो; दिव्य । ~ बाह्र वर्ष— ना॰ पूरा बाह्र वर्ष ।

दिब्री— ना॰ टिन वा कसकुट आदि धातुको सानो टोक्रीको मुखमा पारिने छेडमा सलेदो लगाउने प्वालसहितको बिर्को भएको मट्टितेल बाल्ने बत्ती; ढिब्री; कुपी; टुकी ।

दिमाग— ना॰ [अ॰] १. गिदी; मस्तिष्क; मगज; खोपडी । २. बौद्धिक वा मानसिक क्षमता; विवेकशक्ति; चेतना । ३. अभिमान; अहङ्कार; घमन्ड; सेखी । ~ दार— वि॰ १. दिमाग भएको; ज्ञान वा तर्कशक्ति भएको; समझदार । २. सेखी गर्ने; घमन्डी; दिमागी ।

श्रदिमागी— वि॰ १. दिमागसँग सम्बन्धित; दिमागको; मगजदार । २. अभिमानी; घमन्डी । ३. दिमाग भएको; समझदार; जेहेनदार ।

दियत— ना॰ [अ॰ दीयते ज्यानमाराबाट मारिनेका परिवारले हर्जानास्वरूप पाउने धन; ज्यानको क्षतिपूर्तिका रूपमा मर्नेका परिवारलाई दिइने सम्पत्ति ।

दियाइ— ना॰ [रूदि -+याइ_] दिने भाव, क्रिया वा प्रक्रिया । [श्रे

दियाइनु— क॰ क्रि॰ दिन लाइनु; दिलाइनु । दियाउनु— प्रे॰ क्रि॰ दिन लाउनु; दिलाउनु ।

दियाल— ना॰ लेकतिर पाइने, बोक्रा र तेल औषधीका रूपमा प्रयोग गरिने, देवदारका जातको एक रूख; दियालो । ~ तेल— ना॰ दियाल वा दियालाको खोटोबाट बन्ने तेल; तारपिन तेल ।

दियाली— ना॰ [दियालो+ई] १. सानो दियालो । वि॰ २. प्रकाश दिने; उजेली । ~ काठ— ना॰ दियालो बाल्ने काठ; उजेलीकाठ ।

दियाले— वि॰ [दियालो+ए] दियालो भएको; दियालाको । ~ काठ— ना॰ खोटो र दियालो हुने, सिम्टा फल्ने काठ; खोटे सल्लो; सल्लो; उजेलीकाठ । ~ चरो— ना॰ एक जातको चरो । ~ च्याउ— ना॰ माटामा पलाउने, दियालेजस्तै पहेँल्छ्या रबको छोटो डाँठ हुने र डल्लो आकारको, खान हुने एक जातको च्याउ ।

दियालो— ना॰ [सं॰ दीप+आलो] खोटे सल्लो छिप्पिएपछि खोटोले भरिएर रातो रबको देखिने र झरझर गरेर बल्ने चुरो वा आँखो; बत्तीको सट्टा उज्यालो बाल्ने काममा प्रयोग गरिने त्यसैको चोइटो ।

दियो— ना॰ [सं॰ दीपे १. तिल, तोरी आदिको तेल वा घिउ हाली धागोको सलेदोमा बत्ती बाल्ने, माटो वा धातुबाट बनाइएको कचौरीका आकारको सानो भाँडो; दीपदानी । २. बत्ती । ~ घर— ना॰ १. साँझको दियो वा बत्ती बाल्न प्रायः भान्सामाथि बनाइएको पूर्वतिर फर्काएर दियो राखिने ठाउँ । २. ठूलठूला उत्सवमा ननिभोस् भन्नाको निम्ति बत्ती छोप्न बनाइएको ऐनाघर ।

दिल— ना॰ [फा॰] १. अन्तस्करण; मन; चित्त । २. हृदय; मुटु । —

खुस— वि॰ मन बहलाउने खालको; दिललाई प्रसन्न पार्ने । —

चस्प— वि॰ चासो लाग्ने; मनपर्दो; मनलाई लोभ्याउने; मनोरञ्जक; मनोहर । — चस्पी— ना॰ १. कुनै वस्तु वा विषयप्रति जाग्ने अभिरुचि; इच्छा; आकर्षण । २. कुनै वस्तुमा भएको मनलाई लोभ्याउने गुण । — दार— वि॰ १. राम्रो दिल वा उदारता भएको; स्नेहपूर्ण स्वभावको; दयालु; दानी । २. रसिक स्वभावको; रउसे । ३. दिलको प्यार पाउने; मायालु; प्रेमी -व्यक्ति) । ~ बहलाउ— ना॰ दिल बहलाउने वा मनलाई आनन्द दिने काम; मनोरञ्जन; आमोदप्रमोद; लहडबाजी; दिलबहादुर । ~ बहार— ना॰ १. दिलबहलाउ । वि॰ २. मन रमाउने; मनोरञ्जक । —

रुवा— वि॰ १. रमाइलो लाग्ने; मनोरञ्जक । २. प्रेमी; मायालु । ना॰ ३. सितारजस्तै आकारको र रेटेर बजाइने सोह्रवटा तार हुने एक बाजा ।

दिलाइ— ना॰ [रू दि=दिलाउ -+आइ_] दिलाउने भाव, क्रिया वा प्रक्रिया । [श्रे दिलाइनु— क॰ क्रि॰ दिन लाइनु; दियाइनु ।

दिलाउनु— प्रे॰ क्रि॰ दिन लाउनु; प्राप्त गराउनु; दियाउनु ।

दिलाप— ना॰ [नेवा॰] बेतालले छुट्याइने, खापाको बीचको भाग; दैलाका बीचको खण्ड ।

दिलासा— ना॰ [फा॰ दिल+सं॰ आशो १. कुण्ठित वा दुःखित हृदयलाई दिइने आश्वासन; ढाडस; धैर्य । २. आडभरोसा; भरोसा ।

दिलीप— ना॰ [सं॰] १. इक्ष्वाकुवंशी एक प्रसिद्ध राजा तथा वाल्मीकिका अनुसार भगीरथका पिता र कालिदासका अनुसार रघुका पिता । २. चन्द्रवंशी राजा कुरुका वंशजका एक राजा ।

दिल्लगी— ना॰ [फा॰] सामान्य हाँसखेल गर्ने उद्देश्यले गरिने ख्यालठट्टा; मन बहलाउने वा हँसाउने कुरो । — बाज— ना॰ ठट्यौलो स्वभावको व्यक्ति; हाँसखेल गर्ने व्यक्ति । — बाजी— ना॰ दिल्लगी गर्ने क्रिया वा भाव; ख्यालठट्टा; खाँसखेल; दिल्लगी ।

दिल्ली— ना॰ [प्रा॰ ढिल्ली, सं॰ देहली < दिलु -इन्द्रप्रस्थका मयूरवंशी राजा) <े मध्ययुगमा धेरै समयसम्म हिन्दू राजा तथा मुगल बादशाहको राजधानी रहेको र सन् १९१२ देखि अङ्ग्रेजले पुनः राजधानी बनाएको पश्चिमोत्तर भारतको एक प्रसिद्ध नगरी; भारतको राजधानी । — वाल— वि॰ १. दिल्लीसम्बन्धी; दिल्लीको । २. दिल्लीमा बस्ने; दिल्लीमा बन्ने वा हुने ।

दिव— ना॰ [सं॰] १. देवलोक; स्वर्ग । २. अन्तरिक्ष; आकाश । ३. दिन; दिवस; दिवा । > दिवङ्गत— वि॰ १. देवलोकमा वास भएको; परलोकवासी । २. मृत्यु भएको; मरेको ।

दिवस— ना॰ [सं॰] दिउँसोको समय; दिन; दिवा ।

दिवा— ना॰ [सं॰] दिउँसो; दिवस; दिन ।

दिवाइ— ना॰ [दि+आइ] दिनुको भाव, क्रिया वा प्रक्रिया; सुम्पाइ ।

दिवाकर— ना॰ [सं॰] दिनकर; सूर्य ।

दिवान— ना॰हे॰ देवान ।

दिवान्ध— वि॰ [सं॰] १. दिनौँधीको रोग भएको; दिउँसो आँखा नदेख्ने; दिनन्धो । ना॰ २. लाटोकोसेरो; उल्लु ।

दिवाभिसारिका— ना॰ [सं॰] दिउसै प्रेमीले सङ्केत गरेका ठाउँमा भेट्न जाने नायिका । दिवा भोज— ना॰ [सं॰] १. कुनै विशिष्ट अतिथिको सम्मानमा दिउसो दिइने औपचारिक भोज -लन्च) । २. दिनमा खाइने खाना ।

दिवालगिर— ना॰ [फा॰ दीवारगीरे घरका गारामा बत्ती वा अन्य सामान राख्ने उद्देश्यले जडिएको तख्ता; मिल्की ।

दिवाला— ना॰ [हि॰] आर्थिक अवस्था गिरेर रिन फछ्यार्उन नसक्ने हालत; हरितन्नम भएको स्थिति वा अवस्था; टाटउल्टाइ ।

दिवालिया— वि॰ [हि॰] आर्थिक अवस्था नराम्ररी खस्केको; दिवाला भएको; टाट उल्टेको । — पन— ना॰ दिवालिया भएको अवस्था; दिवालिया हुनाको भाव; टाटउल्टँदोपन । दिवा स्वप्न— ना॰ [सं॰] १.मनमा विभिन्न तर्कका लहर चल्नाले खेल्ने असम्भव कल्पना; मनको लड्डु घिउसित खाने काम । २. दिनमै सपना देख्ने काम; दिउसोको सपना ।

दिव्य— वि॰ [सं॰] १. स्वर्गसँग सम्बन्धित; स्वर्गीय; अलौकिक; दिब्बे; अतिप्राकृतिक । २. आकाशसित सम्बन्ध राख्ने; आकाशीय । ३. दैवी; ईश्वरीय । ४. चहकिलो; प्रकाशमान् । ५. अति राम्रो सुन्दर मनोहर । ६. असल गुणयुक्त; उत्तम । ना॰ ७. प्राचीन कालमा मान्छेका गुणदुर्गुण र दोषनिर्दोष चरित्रको निर्क्यौल गर्नुपर्दा आगो, विष वा जल आदिबारा गरिने एक परीक्षा । ८. वाचा; किरिया; शपथ । (. साहित्यमा, तीन प्रकारका नायकमध्ये एक; अलौकिक नायक -इन्द्र, राम, कृष्ण आदि) । ~ चक्षु/दृष्टि— ना॰ १. अदृश्य वस्तु र विषयलाई ठम्याउने भित्री आँखा; ज्ञानदृष्टि; ज्ञानचक्षु; ध्यानदृष्टि । वि॰ २. सुन्दर आँखा भएको; राम्रो दृष्टि हुने । ~ ज्ञान— वि॰ अलौकिक जानकारी । — ता— ना॰ दिव्य हुनाको भाव वा अवस्था; उत्तमता; श्रेष्ठता । ~ नारी— ना॰ अप्सरा; देवकन्या । ~ पञ्चामृत— ना॰ दूध, दही, घिउ, मह, चिनी आदि पाँच पदार्थ मिलाई बनाइएको पञ्चामृत । ~ परीक्षा— ना॰ प्राचीन कालमा अभियुक्त दोषी छ–छैन, पत्ता लगाउन आगो, पानी, विष, हिंस्रक जन्तु आदिको बीचमा राख्दा मथ्यो भने दोषी र मरेन भने निर्दोर्षी मानिने भाग्य परीक्षा । ~ पुरुष— ना॰ उत्तम वा असम्भव गुणले युक्त भएको पुरुष; दैवी पुरुष; स्वर्गमा गति भएको पुरुष -यक्ष, गन्धर्व, किन्नर, देवता आदि) । ~ रत्न— ना॰ मनको इच्छानुक¨ल फल दिने एक प्रकारको कल्पित मणि; चिन्तामणि । ~ वाक्य— ना॰ देववाणी; आकाशवाणी ।

दिव्या— ना॰ [सं॰] १. संस्कृत साहित्यका अनुसार तीन प्रकारका नायिकामध्ये लोकोत्तर गुण भएकी नायिका -जस्तै – पार्वती, सीता, राधिका इ॰) । २. अमला; धात्री । श्रदिव्याङ्गना— ना॰ १. सुन्दर स्वरूप र उत्तम स्वभाव भएकी नारी । २. स्वर्गीय नारी; अप्सरा । ३. देवताकी स्त्री; देववधू ।

दिव्यात्मा— ना॰ [सं॰] दैवी आत्मा; अलौकिक आत्मा; स्वर्गीय देवीदेवता ।

दिव्यास्त्र— ना॰ [सं॰] १. देवताले चलाउने हतियार; अलौकिक हतियार । २. मन्त्रका प्रभावले प्रयोग हुने अस्त्र वा हतियार -आग्नेय, ब्रह्म, वायव्य आदि) ।

दिव्योपदेश— ना॰ [सं॰] १. पृथ्वीनारायण शाहले आ६नो अन्त्यका समयमा भाइभारदाररूलाई भेला गरेर दिएको उपदेश; सो उपदेश लेखिएको पुस्तक । २. उत्तम दीक्षा, निर्देशन ।

दिव्यौषधि— ना॰ [सं॰] मनःशिला ।

दिशा— ना॰ [सं॰] १. क्षितिवृत्तका चार मुख्य कल्पित विभाग; पूर्व; पश्चिम, उत्तर, दक्षिणमध्ये प्रत्येक वा कुनै एक । २. दस दिशा । ना॰यो॰ ३. तिर; तर्फ । ~ परिवर्तन— ना॰ १. पूर्वनिर्धारित उद्देश्यसम्बन्धी नीति फेर्ने काम; चिन्तन वा सोचविचारको फेरबदल । २. दिशा वा स्थान सार्ने वा बदल्ने काम । श्र दिशावकाश— ना॰ दुृइटा दिशाका बीचको भाग; उपदिशा; कोण ।

दिसा— ना॰ खानेकुरो पचेपछि गुदबारबाट बाहिर निस्कने मल; झाडा; विष्ठा; गुहु ।

दिहल— ना॰ [रू दि] ऋणीपक्षले यति रकम यस म्यादसम्ममा तिर्ने गरी यस्तो सर्तमा लिएको हुँ भनी धनीलाई दिने लिखत । विप॰ लिहल ।

दीक्षक— ना॰ [सं॰] दीक्षा दिने व्यक्ति; मन्त्र सुनाउने गुरु; दीक्षागुरु ।

दीक्षण— ना॰ [सं॰] दीक्षा दिने काम ।

दीक्षा— ना॰ [सं॰] १. सङ्कल्पपूर्वक गरिने पाठपूजा, यज्ञ आदिको अनुष्ठान; यज्ञ । २. गुरु वा आचार्यबाट दिइने मन्त्रोपदेश । ३. तान्त्रिक विधिले देवीदेवताको मन्त्रग्रहण गर्ने काम । ४. व्रतबन्ध विधि; उपनयन संस्कार । ~ गुरु— ना॰ दीक्षामन्त्र सुनाउने आचार्य वा गुरु ।

दीक्षान्त— ना॰ [सं॰] १. गरेका यज्ञको त्रुटि शान्ति गर्नाका लागि गरिने शुद्धि स्नान; यज्ञान्त स्नान । २. कुनै विश्वविद्यालयबाट हुने निश्चित अध्ययन अवधिको समाप्ति; अध्ययनकार्यको समाप्ति । ~ भाषण— ना॰ कुनै विश्वविद्यालयले स्नातक, स्नातकोत्तर वा विद्यावारिधि तह पार गर्नेहरूलाई उपाधि वा प्रमाणपत्र वितरित गर्ने समयमा कुनै विशिष्ट व्यक्तिबारा दिइने भाषण । ~ समारोह— ना॰ कुनै विश्वविद्यालयले आ६नो संस्थाअन्तर्गत सफलता प्राप्त गर्ने स्नातकहरूलाई उपाधि वा प्रमाणपत्र वितरण गर्ने अवसरमा मनाइने विशेष उत्सव; त्यस्तो उत्सवका निम्ति गरिने संस्थागत आयोजना; समावर्तन ।

दीक्षित— वि॰ [सं॰] १. दीक्षामन्त्र प्राप्त गरेको; दीक्षा लिएको । ना॰ २. सङ्कल्पपूर्वक यज्ञ सुरु गर्ने व्यक्ति ।

दीठ— ना॰ हे॰ दिठ ।

दीधिति— ना॰ [सं॰] १. सूर्यको प्रकाश; किरण । २. औँलो; अङ्गुलि ।

दीन— वि॰ [सं॰] १. धनसम्पत्ति नभएको; गरिब; निर्धन; दरिद्र । २. दुःखकष्टमा परेको; दुःखी । ३. खिन्न; उदास; शोकग्रस्त । ४. दयालाग्दो; दयनीय । — ता— ना॰ १. दीन हुनाको भाव वा अवस्था; दैन्य । २. दुर्बलता; कमजोरी । ३. निर्धनता; दरिद्रता । ~ दयालु— वि॰ १. दीनदुःखीहरूमाथि दया गर्ने; दयावान् । ना॰ २. परमेश्वर । — नाथ— ना॰ १. दीनदुःखीहरूका संरक्षक । २. ईश्वर । ~ बन्धु— वि॰ १. दीन दुःखीहरूलाई सहायता गर्ने; दीनहरूका उद्धारक । ना॰ २. परमेश्वर । ~ वत्सल— ना॰ दुःखीहरूमाथि मायादया गर्ने; दीनदयालु । > दीनानाथ— ना॰ दीनदुःखीहरूको रक्षा गर्ने; दीननाथ ।

दीनार— ना॰ [सं॰] १. सुनको सिक्काग् सुवर्णमुद्रा; असर्फी । २. सुनका गहना । ३. इरान, इराक आदि देशका मुद्राको नाम ।

दीप— ना॰ [सं॰] १. घिउ, तिलको तेल आदिमा भिजाई बालिने पिउरीबाट कातेर बनाइएको विभिन्न देवताअनुसार प्रयोग हुने तीनसुते; पाँचसुते, आठसुते, नौसुते आदि धागाको त्यान्द्रो; बत्ती । २. मसान; चिराक । ३. कुनै कुल वा वंशको सर्वश्रेष्ठ पुरुष । ४. दियो; दीपक । > दीपक— ना॰ १. दीप; बत्ती । २. काव्यमा प्रस्तुत र अप्रस्तुत दुवै विषयको समान धर्मको वर्णन हुने एक अर्थालङ्कार । ३. मध्यम स्वर तीव्र गरेर निषाद स्वर वर्जित गरी बाँकी स्वरलाई शुद्ध रूपमा ल्याई शास्त्रअनुसार रात्रिको प्रथम प्रहर र वसन्त ऋतुमा गाइने षाडव–जातिको एक राग । वि॰ ४. तेजिलो पार्ने; उज्ज्वल पार्ने । — किट्ट— ना॰ बत्ती बल्नाले आउने धूवाँ जम्मा भएर लागेको मोसो; गाजल । — कुपी— ना॰ बत्ती बाल्ने भाँडो; दीपपात्र; टुकी; ढिब्री । दीपङ्कर— ना॰ मध्यकालीन इतिहासमा भारतबाट नेपाल हुँदै भोटमा गएर जीवन बिताउने तन्त्रवादी बौद्धाचार्य । — दान— ना॰ आराध्य देवताको अघिल्तिर बत्ती बाल्ने काम; देवताका सम्मुख गरिने आरती । — दानी— ना॰ बत्ती बाल्ने भाँडो; पानस ।

दीपन— ना॰ [सं॰] १. उज्यालो पार्नका निम्ति बत्ती आदि बाल्ने काम । २. जठराग्निलाई उद्दीप्त गर्ने काम । ३. पाचनशक्ति बढाउने काम । ४. कुनै विचार वा भावनाको उत्तेजन । — गण— ना॰ १. जठराग्निलाई तीव्र पार्ने पदार्थको एक वर्ग । २. भोक जगाउने औषधीको वर्ग । > दीपनीय— वि॰ १. उज्यालो पार्न उपयुक्त; बाल्न सकिने; प्रकाश्य । २. उत्तेजित वा तीव्र पार्न योग्य; उत्तेजनीय ।

दीपमाला/दीपमालिका— ना॰ [सं॰] बत्तीको पङ्क्ति वा लहर; दीपावली । दीप स्तम्भ— ना॰ [सं॰] १. बत्ती बाल्ने भाँडो; पानस । २. तलदेखि माथिसम्म बत्ती बाल्न हुने गरी बनाइएको दीपाकार स्तूप । ३. जहाजको मार्ग–निर्देशन गर्न वा खतरा आदिको सङ्केत गर्न बालिने अग्लो स्तम्भ; प्रकाशस्तम्भ ।

दीपाधार— ना॰ [सं॰] दीपस्तम्भ; पानस ।

दीपावली— ना॰ [सं॰] १. बत्तीहरूको पङ्क्ति; दीपमाला, दिवाली । २. कार्तिक कृष्णपक्षको औँसीको दिन लक्ष्मीको आराधनाका निम्ति घरघरमा बत्ती बालेर मनाइने उत्सव; लक्ष्मीपूजाका दिनको उत्सव । ३. तिहार । ४. खुसीयालीका बेलामा धेरै बत्ती बालेर मनाइने पर्व वा उत्सव ।

दीपिका— ना॰ [सं॰] १. सानो बत्ती । २. कुनै कठिन ग्रन्थको टीका वा पुस्तक ।

दीपित— वि॰ [सं॰] १. धपक्क बलेको; दीप्त; प्रज्वलित । २. उत्तेजित ।

दीपोत्सव— ना॰ [सं॰] बत्ती बालेर मनाइने पर्व वा उत्सव; दीपावली ।

दीप्त— वि॰ [सं॰] १. बलेको; प्रज्वलित; दीपित । २. झलमल्ल परेको; चहकिलो; झरिलो । ना॰ ३. सुन; सुवर्ण । ४. आगो ।

दीप्ति— ना॰ [सं॰] १. दीप्त हुनाको भाव वा अवस्था; प्रकाश; उज्ज्वलता । २. प्रभा; क्रान्ति; तेज । ३. शोभा; छवि; सौन्दर्य । — मान्— वि॰ १. दीप्तियुक्त; प्रकाशमान; चमकदार । २. तेजस्वी; तेजोमय ।

दीर्घ— वि॰ [सं॰] १. समय, दूरी, स्थान आदिका दृष्टिमा टाढासम्म पुग्ने; फैलिएको; विस्तृत; लामो । २. फराकिलो; विशाल; ठूलो । ३. बिमात्रिक वा गुरु -वर्ण वा अक्षर_; ह्रस्वको विपरीतार्थक, जस्तो – 'इ' को दीर्घ 'ई' र 'उ' को दीर्घ 'ऊ' वा तिनै अक्षरका मात्रारूप चिह्न -ी र ू ) । — काय— वि॰ ज्यादै ठूलो जीउडालको; बडेमाको; विशाल । — कालीन ऋण— ना॰ कुनै निर्दिष्ट योजना वा लगानीअन्तर्गत कुनै उद्योग, व्यवसाय आदिका निम्ति सर्तअनुसार सरल ब्याजमा लामो समयका लागि प्रदान गरिने ऋण । — जीवी— वि॰ धेरै समयसम्म बाँच्ने; लामो आयु पाएको; चिरञ्जीवी; चिरायु । ~ निद्रा— ना॰ १. लामो समयसम्मको निद्रा । २. महानिद्रा; चिरनिद्रा; मृत्यु । ~ निःश्वास— ना॰ शोक वा दुःखको कारणले निस्कने लामो सास; सुस्केरा । — बाहु— वि॰ १. घुँडापर्यन्त पुग्ने लामालामा हात भएको; आजानुबाहु । २. भाग्यशाली । ~ शङ्का— ना॰ दिसा बस्ने काम; विष्ठात्याग । ~ सत्र— ना॰ १. धेरै समयसम्म चलिरहने यज्ञ । २. जीवनभर गरिने अग्निहोत्र । वि॰ ३. बियाँलो चालले काम पूरा गर्ने; दीर्घसूत्री; जुम्सो । ~ सूत्र— ना॰ जुनसुकै काम पनि ज्यादै ढिलाइका साथ गर्ने; दीर्घसूत्री । ~ सूत्रता— ना॰ दीर्घसूत्र हुनाको भाव वा अवस्था; लोसेपन; जुम्स्याइँ । ~ सूत्री— वि॰ जुनसुकै काम पनि साह्रै ढिलोसँग गर्ने; जुम्सो । ~ सेवा— ना॰ धेरै समयसम्म अटुट रूपले गरिने सेवा । ~ सेवापट्ट— ना॰ सरकारी कर्मचारीलाई तोकिएको अवधिसम्म अटुट रूपमा सेवा गरेबापत दिइने, नेपालको राष्ट्रिय पदक । > दीर्घाइ— ना॰ धेरै दिनसम्म बाँच्ने अवस्था वा शक्ति । दीर्घायु— वि॰ धेरै दिनसम्म बाँच्ने; लामो आयु पाएको; चिरजीवी; दीर्घजीवी । दीर्घावकाश— ना॰ कुनै शैक्षिक संस्था वा यस्तै निकायका दुई सत्रका बीचको लामो बिदा; लामो छुट्टी । दीर्घिका— ना॰ १. नगर वा मन्दिरका वरिपरि बनाइएको सानो पोखरी । २. जलाशय; पँधेरो; कुवा ।

दीर्घीभवन— ना॰ ह्रस्व स्वर दीर्घमा परिणत हुने भाषावैज्ञानिक प्रक्रिया ।