मुखपृष्ठ

गिँड्–नु— स॰ क्रि॰ [गिँड+नु] काठपात आदि कुनै लामा, डोलो वस्तु तेर्सापट्टि काटेर गिँड पार्नु; टुक्य्राउनु; ठुन्क्याउनु ।

गिँड— ना॰ [प्रा॰ गण्डे १. शरीरलाई टाउकोबाट अलग्याई बाँकी रहेको जीउ; धड । २. रूखलाई गिँडेर आराले काट्न ठीक पारिएको छोटोमोटो टुक्रो; गिँडुल्को । ३. उखुको गिँडी वा डाँठ ।

गिँडाइ— ना॰ [गिँड । (+आइ॰] गिँड्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] गिँडाइनु— क॰ क्रि॰ गिँड्न लाइनु । गिँडाउनु— प्रे॰ क्रि॰ गिँड्न लाउनु; टुक्रा–टुक्रा पार्नु । गिँडिनु— क॰ क्रि॰ गिँड्ने काम गरिनु; टुक्रिनु; ठुन्किनु ।

गिँडी— ना॰ [गिँड+ई] १. उखुको टुक्रा; गिँड । २. पेल्न ठिक्क पारेका उखुका डाँठ ।

गिँडुल्कागिँडुल्की— ना॰ [गिँडुल्को+ गिँडुल्को] साना–ठूला धेरै गिँडुल्का ।

गिँडुल्किनु— अ॰ क्रि॰ [गिँडुल्को+इ+नु] लामो डोलो वस्तु काट्दा गिँडुल्का हुनु; गिँडुल्को पर्नु ।

गिँडुल्को— ना॰ [रू गिँडे १. रूख, उखु आदिको छोटोमोटो टुक्रो; ठुन्को; गिँड । वि॰ २. भद्दा खालको डल्लो; नसुहाउँदो ।

गिँडुल्क्याइ— ना॰ [रू गिँडुल्कि (+याइ॰] गिँडुल्किने भाव, क्रिया वा प्रक्रिया; गिँडुल्को पार्ने काम [ > ] गिँडुल्क्याइनु— क॰ क्रि॰ गिँडुल्को पारिनु । गिँडुल्क्याउनु— प्रे॰ क्रि॰ गिँडुल्को पार्नु ।

गिँडो— ना॰ चनौटोमा चन्दन घोटिने श्रीखण्ड, रक्तचन्दन आदिको टुक्रे काठ ।

गिजल्–नु— स॰ क्रि॰ [प्रा॰ गिज्झ+नु] हे॰ गिजोल्नु । > गिजलाइ— ना॰ गिजल्ने भाव, क्रिया वा प्रक्रिया । गिजलाइनु— क॰ क्रि॰ गिजल्न लाइनु । गिजलाउनु— प्रे॰ क्रि॰ गिजल्न लाउनु ।

गिजलिनु— क॰ क्रि॰ गिजोलिनु । गिजलो— ना॰ हे॰ गिजोलो ।

गिजा— ना॰ दाँत उम्रने र दाँतलाई सुरक्षित राख्ने अङ्ग; दाँतको घर ।

गिजि–नु— अ॰ क्रि॰ [प्रा॰ गिज्झ+इ+नु] १. रमाइलो वा मनबहलाउका लागि ख्यालठट्टा गर्नु; जिस्किनु; ठट्टामस्करी गर्नु । २. निर्लज्ज भएर बोल्नु; इतरिनु; छिहिलिनु; छाडा कुरा गर्नु ।

गिजिबमिजिब— क्रि॰ वि॰ [अ॰ मू॰ गिजिङ्+अ(बि॰)] १. एकै ठाउँमा थुप्रिने वा सगबगाउने गरी -वस्तु, मानिस आदि) २. ढङ्ग नपुथ्याईकन ।

गिजिमिजी— क्रि॰ वि॰ [अ॰ मू॰ गिज्+ई(बि॰)]सगबगाउने चाल वा अस्पष्ट शब्दसित; गिजिबमिजिब ।

गिजोल्–नु— स॰ क्रि॰ [गिज्ज+नु] गिलो वस्तुलाई हातले बेसरी मुछ्नु वा मथेल्नु; गिजोलो पार्नु; हुँडल्नु; फोहरी ढङ्गले माडमुड पार्नु । > गिजोलाइ— ना॰ गिजोल्ने क्रिया वा प्रक्रिया । गिजोलाइनु— क॰ क्रि॰ गिजोल्ने काम गराइनु; गिजलाइनु । गिजोलाउनु— प्रे॰ क्रि॰ गिजोल्न लाउनु वा फोहरी पाराले मथेल्न लगाउनु ।

गिजोलिनु— अ॰ क्रि॰ गिजोलिने वा मथेलिने काम हुनु; मथेलमाथेल हुनु । गिजोलो— वि॰ १. दाल–भात, दही–चिउरा आदि खानेकुरा मुछेर घिनलाग्दो बनाएको । २. धेरै थरी काम मिसाएर गज्मौरो पारेको ।

गिज्ज— क्रि॰ वि॰ [अ॰ मू॰ गिज्+ज] मुखबाट फीँज काढ्ने वा निस्कने गरी (राल काढ्ने वा थुक निकाल्ने किसिम॰; घिनलाग्दो किसिमले (गिलो वस्तु मुछ्ने चाल॰ । > गिज्जिनु— हे॰ गिजिनु ।

गिज्याइ— ना॰ [रू गिजि (+याइ॰] १. गिजिने भाव, क्रिया वा प्रक्रिया । [गिज्याउ+आइ] २. गिज्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] गिज्याइनु— क॰ क्रि॰ गिज्याउने काम गरिनु; जिस्क्याइनु ।

गिज्याउनु— स॰ क्रि॰ १. नाक, मुख आदि चलाएर कसैलाई जिस्क्याउनु; गिज्याउने काम गर्नु । २. अर्कालाई लाज हुने खालको कुरा गरेर हँसी उडाउनु; ख्यालठट्टा गर्नु । ३. कसैलाई उत्तेजित पार्नु ।

गिटकारी— ना॰ गायनमा ताना छोड्दा घाँटीभित्र हुने एक प्रकारको स्वर–कम्पन ।

गिट्टी— ना॰ [सं॰ गिरिज, हि॰ गिट्टी] मेसिनमा टुक्य्राएर अथवा घनले हिर्काएर मसिना पारिएका ढुङ्गाका टुक्रा; रोडा; खण्डाश्म ।

गिट्ठो/गिठो— ना॰ तरुलका लहरामा फल्ने डल्लो वा लाम्चो फल ।

गिडगिड— क्रि॰ वि॰ [अ॰ मू॰ गिड(बि॰)] लत्रेर प्रार्थना गर्ने किसिमले; मन नपर्ने गरी; घिडघिड । > गिडगिडाइ— ना॰ गिडगिडाउने भाव, क्रिया वा प्रक्रिया । गिडगिडाइनु— क॰ क्रि॰ गिडगिडाउने काम गरिनु । गिडगिडाउनु— अ॰ क्रि॰ १. ज्यादै बिन्तिभाउ गर्नु; निमुखा भएर प्रार्थना गर्नु; घिडघिडाउनु । २. दिक्क लाग्ने गरी कचकचाउनु । ३. हाँस आदि चरा कराउनु ।

गिडान— ना॰ [गिँड+आन] रूख काटिसकेपछि हाँगाबिँगा छिमलेर ठाउँ–ठाउँमा गिँडी गिँड बनाउने काम ।

गिताङ्गे— ना॰ [सं॰ गीताङ्गे गीत गाउने व्यक्ति; गानबजान गर्ने मानिस; गायक ।

गितार— ना॰ [अङ्॰ गिटारे सारङ्गीका आकारको सितारजस्तै गरी रेटेर बजाइने छवटा तार लागेको एक बाजा ।

गितारु— वि॰ [गीत+आरु] गायक ।

गिद— ना॰ हे॰ गीत । > गिदाउडी/गिदाउडो— ना॰ तन्नेरी गायक; गिताङ्गे युवक; तन्नेरी र खाइलाग्दो गायक नेता (प॰ ने॰) ।

गिदी— ना॰ [सं॰ गोर्दे १. टाउकामा खप्परभित्र रहने र चेतनाको सृजक तत्त्व मानिने मासीजस्तो पदार्थ; मथिङ्गल; मगज; मस्तिष्क । २. सोचविचार तथा तर्क, निर्णय आदि गर्ने शक्ति; बुद्धि ।

गिदेरी— ना॰ केही लाम्चा र नरम पात हुने, गाईबस्तुलाई घाँस खुवाइने, बिछ्यौनामा च्याप्दा उडुस, उपियाँको औषधी हुने बुटो; सेतो, खैरो र कालो तीन किसिमका हुने सेतो गिदेरी, खैरी गिदेरी र कालो गिदेरी नामको बोट ।

गिद्ध— ना॰ [सं॰ गृद्धे १. मरेका प्राणीहरूको मासु खाने, धेरै टाढाको सिनो पनि देख्ने, प्रायः गर्मी प्रदेशमा बस्ने मांसाहारी ठूलो पक्षी । वि॰ २. मासु खान भनेपछि मरिमेट्ने; मासुको साह्रै लोभी ।

गिद्धे— वि॰ [गिद्ध+ए] १.मासु खान ज्यादै मरिमेट्ने; मासु खानमा असाध्यै लोभी । २. गिद्ध जस्तो; गिद्धका आकारको । ~ एकादशी— ना॰ (एकादशी नै भए पनि प्रायः बचेखुचेको मासु खाइने हुनाले॰ दसैँको टीकाका भोलिपल्टको एकादशी । ~ पहरो— ना॰ १. गिद्ध बस्ने वा गिद्धजस्तै देखिने पहरो । २. दार्जिलिब जाने बाटामा पर्ने खर्साबका छेउको प्रसिद्ध पहरो । ~ प्रेस— ना॰ नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतबाट फर्कँदा वि॰ सं॰ १९॰८–मा सँगसँगै ल्याएको भन्ने विश्वास गरिएको गिद्ध–चिह्नअङ्कित ऐतिहासिक प्रेस वा मुद्रणयन्त्र ।

गिद्री— ना॰ [गिद्रो+ई] घुँडासम्मको भित्री नाप । ~ लम्बाइ— ना॰ पाइन्टको भित्री लम्बाइ वा टाबको लम्बाइ ।

गिद्रो— ना॰ [सं॰ गोर्दे १. काँक्रा, फर्सी, घिरौँला, लौका आदि फलफूलको गुदी । २. बाँस, मालिङ्गो, निगालो आदि वस्तुको भित्री भाग ।

गिनिफोर— ना॰ [अङ्॰ गिनी–फाउले नीलो अकासे रबमा कालो रब मिसिएको र केही सेता टीका देखिने पखेटा भएको एक जातको पाल्तु चरो; लौकाट ।

गिनुब— ना॰ [भो॰ ब॰ ?] लिच्छविकालीन नेपालमा प्रचलित एक प्रकारको वृत्ति ।

गिनेरी— ना॰ [सं॰ गणिकारिको सेतो रबको फूल फुल्ने र खयररबका ससाना फल फल्ने, साना–ठूला दुई भेद हुने, सानोका पात लाम्चा र ठूलोका पात नीमका जस्ता हुने एक वृक्ष ।

गिन्ती— ना॰हे॰ गन्ती ।

गिन्नी— ना॰ सुनको एक प्रकारको सिक्का वा मुद्रा ।

गिर्–नु— स॰ क्रि॰ [सं॰ किरे १. तलतिर जानु; झर्नु; खस्नु । २. रूख वा भीर, पहराबाट लड्नु; खुरमुरिनु; लोट्नु । ३. आर्थिक वा मर्यादाका दृष्टिले खस्कनु; पतन हुनु ।

गिर— ना॰ [अ॰ मू॰ गिर्+अ] काठको भकुन्डो । ~ खेल्नु— टु॰ आफू गरेर खान अल्छी गरी अर्काको कमाइमा मोजमज्जा गर्नु ।

गिर६तार— वि॰ [फा॰] कुनै अपराधको अभियोगमा पक्राउ परेको; अपराधी ठानेर अधिकारीवर्गबारा समातिएको । > गिर६तारी— ना॰ गिर६तार हुनाको अवस्था, क्रिया वा भाव ।

गिरमुङ्ग्री/गिरलौरी— ना॰ [गिर+मुङ्ग्री/लौरी] टेबुल टेनिसभन्दा केही ठूलो बल एक जनाले हान्ने र अर्काले मुङ्ग्राले फर्काउँदै खेल्ने खेल; क्रिकेटको खेल ।

गिरह— ना॰ [फा॰] सवा दुई इन्चबराबरको नापो; गजको नाप प्रणालीअनुसार गजको सोह्रौँ भाग ।

गिरा— ना॰ [सं॰] वाणी; भाषा; बोली ।

गिराइ— ना॰ [रू गिर् (+आइ॰] गिर्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] गिराइनु— क॰ क्रि॰ गिराउने काम गरिनु; खसाइनु ।

गिराउनु— प्रे॰ क्रि॰ गिर्न लाउनु; खसाउनु; लडाउनु ।

गिरान— ना॰ [गिर्+आन] १. खस्ने वा पतन हुने काम; गिराइ । २. टुट्टा वा घाटा पर्ने काम; हानि; नोक्सानी । > गिरानी— ना॰ १. ठेक्कापट्टा वा व्यापार–व्यवसायसम्बन्धी कारोबारमा सावाँसमेत खतम हुँदै गएको अवस्था; मूल धन घटेर पर्ने घाटा; हानिनोक्सानी; टुट्टा । २. गिराइ ।

गिरि— ना॰ [सं॰] १. पृथ्वीको विषम धरातल भएका ठाउँको अग्लो भाग; पहाड; पर्वत । २. सन्न्यास धारण गर्ने योगीहरूका दश भेदमध्ये एक उपाधि । — कर्णिका— ना॰ सेतो रबको फूल फुल्ने अपराजिता । — जा— ना॰ हिमालय पर्वतकी पुत्री; गिरितनया; पार्वती । — धर/धारी— ना॰ कृष्ण । — नाथ— ना॰ हिमालय पर्वत; शिव ।

गिरिनु— अ॰ क्रि॰ [गिर्+इ+नु] खसिनु; झरिनु ।

गिरिप्रस्थ— ना॰ [सं॰] पहाडका बीच भागमा रहेको समथर भूमि; अधित्यका ।

गिरिराज— ना॰ [सं॰] पर्वतहरूको राजा; ठूलो पर्वत (हिमालय पर्वत, सुमेरु पर्वत, गोवर्द्धन पर्वत॰ ।

गिरिशृङ्ग— ना॰ [सं॰] पहाडको टाकुरो; पर्वतको शिखर ।

गिरिसुत— ना॰ [सं॰] १. इन्द्रको बज्रले टाकुरा काटिएको प्रसङ्ग भएको एक पर्वत; मैनाक पर्वत ।

गिरिसुता— ना॰ [सं॰] पार्वती ।

गिरी१— ना॰ [सं॰ गिरि] १. सन्न्यासीहरूको सम्मानसूचक एक पदवी । २. सन्न्यासीहरूको एक थर ।

गिरी२— ना॰ [फा॰ गीरे अरू शब्दका पछाडि लागेर काम, पेसा, इलम आदि अर्थ बुझाउने उत्तरपद (कारिन्दागिरी, किसानगिरी, मोजगिरी इ॰) ।

गिरीश— ना॰ [सं॰] १. ठूलो पर्वत; गिरिराज । २. महादेव; शिव ।

गिर्खो— ना॰ १. सानोतिनो फोको, फुकुन्डो वा खटिरो । २. सानो आँख्लो । ३. ढुङ्गा, माटा आदिको सानो टुक्रो ।

गिर्जाघर— ना॰ [पोर्त॰ इग्रिजियो इसाई धर्म मान्नेहरूले ईश्वरको प्रार्थना गर्ने घर ।

गिर्दा— ना॰ [फा॰ गिर्दे १. चारैतिर लगाइएको घेरा; क्याम्पा; कुँडुलो । २. छरछिमेकको ठाउँ; घरगाउँ; हाता ।

गिर्रा— ना॰ [गिर्+रो भकुन्डो खेल्ने एकातिर टाउको भएको लट्ठी ।

गिलगिल्याइ— ना॰ [रू गिलगिल्याउ (+आइ॰] गिलगिल्याउने काम वा प्रक्रिया । [ > ] गिलगिल्याइनु— क॰ क्रि॰ थिचेर वा चलाएर गिलो पारिनु; गिल्याइनु ।

गिलगिल्याउनु— स॰ क्रि॰ [गिलो (बि॰)+याउ+नु] थिचथाच पारी चलाएर गिलो गराउनु; गिल्याउनु । > गिलगिल्याहट— ना॰ गिलगिल्याउने भाव, स्थिति, क्रिया वा प्रक्रिया; गिलगिल्याइ ।

गिलसिरिन— ना॰ [अङ्॰ ग्लिसिरिन्] कुकुर्च्चामा बन्चरे हुँदा, पैताला फाट्दा वा हातमुखको छाला नरम पार्न लेसेर लाइने लेदो चिल्लो पदार्थ ।

गिलाफ— ना॰ [अ॰] पिँजरा छोप्ने ढक्कन; तकिया आदिको खोल ।

गिलास— ना॰ [अङ्॰ ग्लासे पीँध केही सानो र मुख फुकेको पित्तल, स्टिल, सिसा आदिबाट बनेको पानी, चिया आदि खाने ठाडो लाम्चो भाँडो ।

गिलिक्क/गिलित्त— क्रि॰ वि॰ [अ॰ मू॰ गिलिक्+क/त] गिलो हुने गरी (पाकेर वा सडेर॰; गलक्क; फतक्क ।

गिलिल्ल— क्रि॰ वि॰ [अ॰ मू॰ गिल् > गिलिल्+ल] खित्का छोड्ने गरी; चर्को स्वरले (हाँस्ने किसिम॰ ।

गिलो— वि॰ [प्रा॰ गलिअ < सं॰ गलिते १. पानी मिसिएर नरम भएको । २. ठर्रो वा साह्रो नभएको; कमलो । ३. समय पुगेर वा बढ्ता पाकी नरम भएको (फलफूल॰ ।

गिल्टी१— ना॰ [अङ्॰ गिल्डे १. सेतो, हल्का र सस्तो एक प्रकारको धातु; आलमोनियम । २. धातुका भाँडाहरूमा मुलम्मा लगाइने एक किसिमको धातु; निकल ।

गिल्टी२— ना॰ सर्दी लागेर, नसा खुम्चिएर वा जीउमा कुनै तोड आदि परेर शरीरका जोर्नीजोर्नीमा निस्कने गाँठो; फुकुन्डो ।

गिल्डर— ना॰ हल्यान्ड वा नेदरल्यान्डका मुद्राको नाम ।

गिल्याइ— ना॰ [रू गिल्याउ (+आइ॰] गिल्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] गिल्याइनु— क॰ क्रि॰ गिलो पारिनु ।

गिल्याउनु— स॰ क्रि॰ [गिलो+याउ+नु] कुनै चीजलाई पानी हालेर वा थिचेर नरम पार्नु; गिलो तुल्याउनु ।

गिल्ल— क्रि॰ वि॰ [अ॰ मू॰ गिल्+ल] एकै खेप तीखो खित्का छाड्ने गरी (हाँस्ने किसिम॰ ।

गिल्ला— ना॰ [फा॰ गिले १. घोचपेचका साथ गरिने हँस्सी; ठट्टा । २. कसैलाई हियाएर गरिने निन्दा; घृणा; हेला । ३. दोष लगाउने काम; आक्षेप । > गिल्लिनु— अ॰ क्रि॰ हे॰ गिज्जिनु । गिल्ली— ना॰ हँसी; ठट्टा । गिल्ल्याइ— ना॰ गिल्लिने र गिल्ल्याउने भाव, क्रिया वा प्रक्रिया । गिल्ल्याइनु— क॰ क्रि॰ गिल्ला गरिनु; गिज्याइनु । गिल्ल्याउनु— स॰ क्रि॰ गिल्ला गर्नु; गिज्याउनु ।

गीत— ना॰ [सं॰] विशेषतः गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित पद्यरचना; गाना; गान । — कार— वि॰ गीत रच्ने; गाना बनाउने । ~ गुञ्जन— ना॰ गीतको मधुर लय वा ध्वनि; गानाको सुरिलो प्रतिध्वनि । ~ गोविन्द— जयदेवबारा रचित प्रख्यात संस्कृत गीतिकाव्य ।

गीता— ना॰ [सं॰] १. महाभारतमा युद्धबाट विमुख हुन लागेका अर्जुनलाई ज्ञान, कर्म र भक्तियोगका साथै मानवीय कर्तव्यबारे श्रीकृष्णले दिएको उपदेश । २. हिन्दूहरूको प्रसिद्ध दार्शनिक ग्रन्थ; भगवद्गीता । ३. ठूला महापुरुषले दिएका छन्दोबद्ध तथा ज्ञानमय उपदेश (रामगीता, भगवद्गीता, शिवगीता इ॰) ।

गीताञ्जली— ना॰ [सं॰] १. प्रार्थना गर्दै जोडिएको अँजुली । २. रवीन्द्रनाथ ठाकुरबारा रचित नोबेल पुरस्कार प्राप्त प्रसिद्ध एक गीतिकाव्य ।

गीति— ना॰ [सं॰] १. लयात्मक पद्य–रचना; गीत; गान । २. आर्या छन्दको एक भेद । — का— ना॰ १. लघु गीत । सानो वा छोटो गान । २. सगण, जगण, भगण, रगण, सगण र लघु–गुरु हुने एक वार्णिक छन्द । ~ काव्य— ना॰ गीतैगीत भएको वा गीति तत्त्वलाई प्रमुखता दिएर रचिएको काव्य; गेयात्मक गुणले युक्त काव्य । ~ नाटक/नाट्य— ना॰ गीतप्रधान भएको अभिनयकाव्य; प्रायः पद्यमा लेखिएको एक प्रकारको रूपक । — मय— वि॰ गीति–तत्त्वले युक्त; सङ्गीतप्रधान; लय वा सुर मिलेको । ~ रूपक— ना॰ गीतिनाटक/गीतिनाट्य ।

गीर्वाण— ना॰ [सं॰] देवता; सुर । — युद्धविक्रम शाह— ना॰ वि॰ सं॰ १८५४–मा जन्म भई ऐ॰ ५५–मा राजगद्दीमा बस्ने र वि॰ सं॰ १८७३–मा दिवङ्गत हुने शाहवंशीय चौथा राजा ।

गुँगो— वि॰ [फा॰ गुँगे बोली राम्ररी नफुटेको; बोल्न नसक्ने; लाटो; लठेब्रो ।

गुँज— ना॰ माछोझैँ पानीमा बस्ने, माछाको जस्तै तर विशाल शरीर भएको, फुल पार्ने साटो पशुझैँ बियाउने र बच्चालाई दूध चुसाउने एक अनौठो भीमकाय मत्स्यजाति; सोँस (डल्फिन॰ ।

गुँड— ना॰ १. चराचुरुङ्गीले रूखका हाँगा, टोड्का आदि र घरका दलिन, खटप्वाल आदिमा बनाएको बास बस्ने ठाउँ वा घर; चराहरूको घर । २. गर्भ । ३. आमा (एकै गुँडका छोराछोरी॰ ।

गुँडुलि–नु— अ॰ क्रि॰ [गुँडुलो+इ+नु] १. सेलरोटीजस्तो बाटुलो हुनु; गुँडुलो पर्नु; गुँडुल्किनु; घुँगुरिनु । २. मान्द्रो, कपडा, बोरा आदि बेरिएजस्तो हुनु । > गुँडुली— ना॰ गुँडुलिने काम वा प्रक्रिया ।

गुँडुलो— ना॰ [रू कुँडुलो] वृत्ताकार रेखा, डोरी वा त्यस्तै खालको कुनै पदार्थ; कुँडुलो ।

गुँडुल्याइ— ना॰ [रू गुँडुलि(+याइ॰] गुँडुलिने भाव, क्रिया वा प्रक्रिया । [ > ] गुँडुल्याइनु— क॰ क्रि॰ गुँडुलिने पारिनु । गुँडुल्याउनु— प्रे॰ क्रि॰ गुँडुलिने पार्नु; गुँडुलो तुल्याउनु ।

गुँडुल्कि–नु— अ॰ क्रि॰ [गुँडुल्को+इ+नु] गुँडुलिनु ।

गुँडुल्को— ना॰ [गुँडुलो+को] १. गुँडुलो । वि॰ २. गुँडुलोजस्तो; वृत्ताकार । > गुँडुल्क्याइ— ना॰ गुँडुल्किने भाव, क्रिया वा प्रक्रिया ।

गुँडुल्क्याइनु— क॰ क्रि॰ गुडुल्को पारिनु । गुँडुल्क्याउनु— प्रे॰ क्रि॰ गुडुल्को पार्नु; गुँडुल्याउनु; गुँडुलिन लाउनु ।

गुँडुल्याइ— ना॰ [रू गुँडुलि(+याइ॰] गुँडुलिने भाव, क्रिया वा प्रक्रिया । [ > ] गुँडुल्याइनु— क॰ क्रि॰ गुँडुलो पारिनु । गुँडुल्याउनु— स॰ क्रि॰ १. गुँडुलो पार्नु; बाटुलो पार्नु । प्रे॰ क्रि॰ २. गुँडुलिन लाउनु ।

गुँद१— ना॰ सिम परेको ठाउँमा पलाउने, बोजोका जस्तै च्याप्टा तर लामा पात हुने, पातका टुप्पामा कोदाका जस्तै झुप्पादार फल फल्ने तथा गुन्द्री, सुकुल आदि बुन्न उपयोग हुने एक जातको झार वा त्यसैको जरो; ठूलो जातको मोथे ।

गुँद२— ना॰ [सं॰ गुग्गुले विशेष प्रकारको खोटोबाट बन्ने, अखाद्य भेदमा कागत, कपडा आदि टाँस्ने काममा प्रयोग हुने र खाद्य भेदमा मिठाई, औषधी आदि बनाउन प्रयोग हुने पदार्थ । — पाक— ना॰ गुँद मिसाई बनेको मिठाई ।

गुँदरी— ना॰ हे॰ गुन्द्री ।

गुँला— ना॰ [नेवा॰] १. दुवैतिर छालाले मोरेको, दायाँतिर हातले र बायाँतिर गजाले बजाइने ढोलक जातको एक बाजा । २. श्रावण शुक्लपक्षको प्रतिपदादेखि भाद्र कृष्ण अमावास्यासम्मका जम्मा तीस दिन बौद्ध धर्मावलम्बीहरूले मान्ने धार्मिक चाड वा मेला ।

गुइँठे— वि॰ [गुइँठो+ए] जीउडाल र शरीरको ढाँचा नमिलेको; पुड्को; ग्याँचे ।

गुइँठो— ना॰ [सं॰ गोविष्ठो १. गाईबस्तुको गोबर सुकी बनेको पदार्थ । २. गोबरको बाटुलो वा थेप्चो चक्का बनाई भित्ताहुँदो सुकाएर बाल्नका निम्ति तयार पारिने मोटो पाप्रो; सुकाएका गोबरको इन्धन ।

गुइयाँ— ना॰ [प्रा॰ गोत्रिये १. भित्री सल्लाह; मतो । २. आत्मीयता; गहिरो मित्रता । ३. खेलकुदमा आ६नो पक्षको साथी; हित्तचित्त मिलेको साथी; जोडा वा जोडी; सहयोगी । ४. कुनै कुराको प्रचार वा हल्ला ।

गुएलो— ना॰हे॰ गुहेली ।

गुघुती— ना॰ हे॰ घुगुती ।

गुचमुच्च— क्रि॰ वि॰ हे॰ गुजमुज्ज ।

गुच्चा— ना॰ [सं॰ गुट+चो गुडाएर खेल्ने काँच, मसिना आकारको ढुङ्गा आदिको मट्याङ्ग्राका आकारको सानो गोली; गुज्जा ।

गुच्छ/गुच्छक— ना॰ [सं॰] गुच्छा ।

गुच्छा— ना॰ [गुच्छोको ति॰ ।)] एकै भेट्नामा फलेका अनेक फल वा एकै भेट्नामा फुलेका अनेक फूलको झुप्पा; गुच्छ; गुच्छक । — दार— वि॰ गुच्छैगुच्छा भएको; गुच्छा परेको ।

गुच्छो— ना॰ [सं॰ गुच्छे १. फूलहरूको झुप्पो; फूलहरू बाँधिएको मुठो । २. पोते, धागो, रिबन आदिको झुप्पो ।

गुजमुज— ना॰ [अ॰ मू॰ गुज्+अ(बि॰)] सलक्क र सिनित्त पर्नुपर्ने कुनै पनि वस्तुमा परेका खुम्चाखुम्ची; खजमज । > गुजमुजिनु— अ॰ क्रि॰ लुगा आदि वस्तुमा मुजा–मुजा पर्नु; खजमजिनु; गुजुमुज्ज पर्नु । गुजमुजे— वि॰ गुजुमुजु परेको; खुम्चिएको; मुजैमुजा परेको (गुजमुजे कपाल, गुजमुजे बुट्टा, गजुमुजे सयपत्री इ॰) ।

गुजमुज्ज— क्रि॰ वि॰ [अ॰ मू॰ गुज्+मुज्] १. कागत, कपडा आदि खुम्चिने वा गुजमुजिने गरी । २. धागो, डोरी आदि वस्तु अल्झेर गुजुल्टिने किसिमले । ३. धेरै मानिस, मालमत्ता वा बस्तुभाउ एकै ठाउँ गज्मौरिने ढङ्गमा ।

गुजराती— ना॰ [गुजरात (स्थान॰+ई] हे॰ गुज्राँती ।

गुजरान— ना॰ [फा॰ गुजरे निर्वाह; जीविका; गुजारा ।

गुजार्–नु— स॰ क्रि॰ [फा॰ गुजार+नु] १. जसोतसो गरी समय बिताउनु; जीवननिर्वाह गर्नु; गुजेस्ता चलाउनु । २. म्याद वा तारिख कटाउनु; म्याद नघाउनु ।

गुजारा— ना॰ [फा॰ गुजारे जीवननिर्वाहका निम्ति अँगालिएको वा दिइएको पेसा; जीवनवृत्तिको बाटो; गुजरान; निर्वाह; गुजेस्ता; पेटपालो ।

गुजारिनु— क॰ क्रि॰ [गुजार्+इ+नु] गुजार्ने काम गरिनु; समय बिताइनु ।

गुजी/गुजु— ना॰ [बा॰ बो॰] डरलाग्दो वस्तु वा कुरो; हाउ; बुजी; कुरी ।

गुजुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ गुजुक्+क] साँघुरो ठाउँमा लजाएर वा कुच्रिएर बस्ने किसिमले ।

गुजुमुजु— क्रि॰ वि॰ [गुजमुजे मुजा पर्ने वा खुम्चिने चालसित ।

गुजुल्टागुजुल्टी— ना॰ [गुजुल्टो+गुजुल्टी] सानाठूला गुजुल्टाहरूको समूह ।

गुजुल्टिनु— अ॰ क्रि॰ [गुजुल्टो+इ+नु] एकै ठाउँमा समेटिएर गुजुमुज्ज पर्नु; गुजुल्टो पर्नु ।

गुजुल्टी— ना॰ [गुजुल्टो+ई] सानो गुजुल्टो ।

गुजुल्टो— ना॰ १. डोरी, धागो, कपाल आदिको गुजमुजिएको गुल्थो । २. एक हातले बोक्न सकिने घाँस, पराल आदिको गुजमुजिएको मुठो । > गुजुल्ट्याइ— ना॰ गुजुल्टो पर्ने वा गुजुल्टिने भाव, क्रिया वा प्रक्रिया । गुजुल्ट्याइनु— क॰ क्रि॰ मुठो पारिनु; गुजुल्ट्याउने गरिनु । गुजुल्ट्याउनु— स॰ क्रि॰ गुजुल्टो पार्नु; गुजुल्टिन लाउनु ।

गुजेस्ता— ना॰ [फा॰ गुजारे जीवननिर्वाह; जीविका; गुजारा; गुजरान ।

गुजो— ना॰ [अ॰ मू॰ गुज्+ओ] धागो आदिले डल्लिएको गुजुल्टो ।

गुज्ज— क्रि॰ वि॰ [अ॰ मू॰ गुज्+ज] रिसाएर नबोल्ने वा रहस्यमय हुने किसिमले ।

गुज्जा— ना॰हे॰ गुच्चा ।

गुज्जि–नु— अ॰ क्रि॰ [गुज्ज+इ+नु] रिसाएझैँ गरी नबोलेर बस्नु; गुज्ज पर्नु ।

गुज्र–नु— अ॰ क्रि॰ [फा॰ गुजर्+नु] १. कुनै उपयुक्त समय बित्नु; बेला टरेर जानु । २. मुद्दा–मामिलामा आ६नो तारिख नाघ्नु; अवधि नाघ्नु; म्याद नाघ्नु । ३. नाश हुनु; दुर्लभ हुनु । ४. मर्नु; चोला उठ्नु । > गुज्राइ— ना॰ गुज्रने क्रिया वा प्रक्रिया । गुज्राइनु— क॰ क्रि॰ गुज्रने काम गराइनु । गुज्राउनु— प्रे॰ क्रि॰ गुज्रन लाउनु; गुज्रने पार्नु ।

गुज्राँती— वि॰ [रू गुजराती] भारतको गुजरात–प्रदेशको; गुजरातमा बनेको वा पाइने; गुजरातसम्बन्धी । ~ गाई— ना॰ दूधको लागि प्रसिद्ध एक किसिमको गाई । ~ बाजा— ना॰ पन्चैबाजा; बाच्छैबाजा । ~ भैंसी— ना॰ घुम्रिएका सिब हुने, जीउमा भुत्ला नगण्य मात्रामा हुने, कालो रबको दुधालु भैँसी । ~ मुहाली— ना॰ छिद्र भएको फुकेर बजाइने एक प्रकारको बाजा ।

गुञ्जन— ना॰ [सं॰] १. भमरा, माहुरी आदिको शब्द; भुनभुनाहट । २. मधुर ध्वनि; मधुर शब्द; ध्वनितरङ्ग ।

गुञ्जायमान— वि॰ [सं॰] चारैतिर गुँजिरहेको; मधुर ध्वनि आइरहेको ।

गुट— ना॰ [गठे कुनै खास उद्देश्य लिएर केही व्यक्तिको पक्ष, मत वा स्वार्थका आधारमा बनेको सानो दल वा जमात; पारस्परिक मतभेद वा रागबेषका कारणले कुनै ठूलो सङ्गठन वा समूहभित्र तयार भएको सानो सङ्गठन । — बन्दी— ना॰ गुट बनाउने क्रिया वा स्थिति; दलबन्दी ।

गुटमुटि–नु— अ॰ क्रि॰ [गुटुमुटु+इ+नु] १. गुटुमुटु परी एउटै पोकोजस्तो हुनुग्सिरक, धुस्सा आदिले ढाकिएर सुत्नु । २. भएभरको धन–सम्पत्ति वा मालमत्ता एकैपल्ट हातलागी हुनु । ३. लडीबडी हुनु; घुसमुन्टिनु । > गुटमुट्याइ— ना॰ गुटमुट्याउने क्रिया वा प्रक्रिया । गुटमुट्याइनु— क॰ क्रि॰ गुटुमुटु पारिनु ।

गुटमुट्याउनु— स॰ क्रि॰ १. कुनै मालमत्ता वा वस्तु गुटुमुटु पारेर बेर्नु; कागत, कपडा आदिले छोप्नु । २. भएभरको सामान सबै बोकेर हिँड्नु; जम्मै गुटुमुटु पारेर लैजानु । प्रे॰ क्रि॰ ३. गुटमुटिन लाउनु ।

गुटिका/गुटी— ना॰ [सं॰] १. औषधी आदिको सानो गोली; बुटी । २. सानो आकारको पुस्तक (उमामहेश्वरगुटिका; गौरीशङ्कर गुटिका इ॰) । ३. योगशास्त्रअनुसार मुखमा हाल्नासाथ अदृश्य भएर जहाँ मन लाग्यो त्यहाँ पुग्न सकिन्छ भन्ने मन्त्रसिद्ध गोली ।

गुटुमुटु— क्रि॰ वि॰ [अ॰ मू॰ गुटु(बि॰)] १. लुगा कपडा आदि ओढेर राम्ररी ढाकिने वा छोपिने किसिमले । २. कागत, कपडा आदि वस्तुले चारैतिर बेर्ने चालमा ।

गुठियार— ना॰ [गुठी+इयार] १. गुठीको सदस्यका रूपमा रहेको, गुठीसित सम्बन्धित वा गुठीभित्रको व्यक्ति २. परिवार; खलक ।

गुठिल— वि॰ [हि॰ गुट्ठले १.गोप्य रूपमा रहेको; लुकेको; छिपेको; गुप्त । ना॰ २. धनको गाँठ; सम्पत्तिको पोको ।

गुठी— ना॰ [सं॰ गोष्ठी] १. धार्मिक वा परोपकारी कार्य–सञ्चालनका लागि छुट्ट्याइएको, त्यसैबाट आउने आयस्ताले देव–पितृको पूजाआजा आदि चलाइने र जग्गा, घर, सम्पत्ति आदिको रेखदेख गर्ने सामाजिक संस्था । २. गुठीले मात्र प्रयोग गर्न सक्ने वा गुठीका नाममा रहेका घर, जग्गा, श्रीसम्पत्ति आदि । ~ गाना— ना॰ गुठीहरूको समुदाय; गुठी र गुठीसम्बन्धी अन्य कुरा । ~ धन— ना॰ गुठीका रूपमा रहेको तथा गुठीबाट गरिने कामका निम्ति खर्च गरिने नगद वा जिन्सी; गुठीअन्तर्गतको घर, जग्गा, पाटीपौवा आदि सम्पत्ति; देवस्व । ~ संस्थान— ना॰ सरकारी गुठीको रूपमा स्थापना भएका र देशका विभिन्न स्थानमा रहेका, देवल, पाटीपौवा, पुल, साँघु, जग्गा–जमिन आदिको हेरचाह र त्यसबाट आएको आम्दानीले तिनै वस्तुको संरक्षण, दैनिक पूजा, सिधा आदि कार्यहरू र अन्य जीर्णोद्धार, निर्माण आदि कार्यसञ्चालनका निम्ति स्थापित संस्थान ।

गुठुरि–नु— अ॰ क्रि॰ [गुठुरो+इ+नु] गुठुरो पर्नु; एउटै पोको हुनु ।

गुठुरी— ना॰हे॰ गुठुरो ।

गुठुरो— ना॰ [हि॰ गठरी] १. मालसामानको सानो पोको; कुटुरो; गुठुरी । २. धनको पोको । वि॰ ३. गठरो; ग्याँचे ।

गुठुथ्याइ— ना॰ [रू गुठुरि(+याइ॰] गुठुरिने भाव, क्रिया वा प्रक्रिया । [ > ] गुठुथ्याइनु— क॰ क्रि॰ गुठुरो पारिनु । गुठुथ्याउनु— प्रे॰ क्रि॰ १. गुठुरो पार्नु; कुरमुथ्याउनु । २. गुठुरिन लाउनु ।

गुठे— ना॰ [गुठी+ए] आलोपालोसँग मिलेर काम गरिने सङ्गठन; भारोपर्म ।

गुड्–नु— अ॰ क्रि॰ [सं॰ गुड्+नु] बाटुलो, गोलो वा चक्का आकारको वस्तु भुइँमा दगुर्दै जानु; गुडिनु ।

गुड— ना॰ [सं॰] उखुको रस पकाई बनाइएको गुलियो पदार्थ; सखर ।

गुडगुच्चे— ना॰ [गुड्+गुच्चो १. गुड्ने क्रिया; गुडेर जाने काम । २. त्यस्तो खेल ।

गुडगुड— क्रि॰ वि॰ [अ॰ मू॰ गुड्+अ(बि॰)] १. डल्लो वा बाटुलो वस्तु गुड्दा आवाज आउने किसिमले । २. वायुविकारले पेट कराउने चालमा । ना॰ ३. पानी भरेको हुक्कामा तमाखु खाँदा आवाज निस्कने किसिम । > गुडगुडाइ— ना॰ गुडगुडाउने क्रिया वा प्रक्रिया । गुडगुडाइनु— क्रि॰ बाटुलो वस्तु गुड्ने गरी लडाइनु; गुडाइनु । गुडगुडाउनु— स॰ क्रि॰ १. बाटुलो वस्तु गुड्ने गरी पठाउनु; गुडाउनु । २. पेट कराउनु; पेटमा गुडगुड आवाज आउनु । ३. हुक्का गुडगुड गर्ने गरी तमाखु खानु । गुडगुडाहट— ना॰ गुडगुडाउने क्रिया वा अवस्था; गुडगुडाइ । गुडगुडे— १. सेतो नाथ्री र खैरो कालो रबको बोक्रो भएको गेडा फल्ने मार्सी जातको धान । २.गुडगुड आवाज आउने कसकुट वा पित्तल आदिको ढलौटे हुक्का । वि॰ ३. गुडगुड आवाज निकाल्ने ।

गुडपाक— ना॰ [सं॰] गुडको चास्नी बनाएर नरिवल आदि मिसाई तयार गरिएको पौष्टिक पदार्थ गुदपाक ।

गुडाइ— ना॰ [रू गुड् (+आइ॰] गुड्ने क्रिया वा प्रक्रिया । [ > ] गुडाइनु— क॰ क्रि॰ बाटुलो गोलो वस्तु गुडाइनु; गुडाउने काम गरिनु । गुडाउनु— प्रे॰ क्रि॰ बाटुलो वस्तु लडाउनु; घचेट्नु; गुर्थ्याउनु ।

गुडाकेश— ना॰ [सं॰] १. निद्रालाई जित्ने व्यक्ति; निद्राविजयी । २. शिव; महादेव । ३. अर्जुन ।

गुडिनु— अ॰ क्रि॰ [गुड्+इ+नु] गुड्ने काम होइनु; गुर्रिनु ।

गुडुघुट्ट— ना॰ [गुड+घोटक > घुट्टे घोडाझैँ दौडेर खेलिने केटाकेटीको एक खेल ।

गुडुरा/गुडुरे— ना॰ बगरहुँदो फल्ने, डल्लो र खैरो मार्सी जातको धान ।

गुड्क–नु— अ॰ क्रि॰ [गुड्+क+नु] चक्काजस्तो वा डल्लो वस्तु गुड्नु; गुड्दै जानु; हिँड्नु । > गुड्काइ— ना॰ गुड्कने वा गुड्काउने क्रिया वा प्रक्रिया । गुड्काइनु— क॰ क्रि॰ गुड्कन लाइनु वा हिँडाइनु । गुड्काउनु— प्रे॰ क्रि॰ गुड्कने पार्नु; गुड्दै जाने तुल्याउनु ।

गुड्ड— क्रि॰ वि॰ [अ॰ मू॰ गुड्+ड] चक्का वा पाङ्ग्रा भएको कुनै वस्तु गुड्ने चालमा; गुर्र ।

गुड्डी— ना॰ [सं॰ गुण्ड ?] १. नचाहिँदो विषयमा देखाइने धाक; व्यर्थको गफ वा फुर्ती । ~ हाँक्नु— टु॰ धाक छोड्नु; नचाहिँदो फुर्ती लाउनु ।

गुण— ना॰ [सं॰] १. कुनै पनि वस्तुलाई अरू सजातीय वस्तुबाट छुट्ट्याउन वा अलग्याउन सहायक हुने निजी स्वभाव, विशेषता वा धर्म । २. कुनै मानिसमा रहको असल स्वभाव; सद्गुण । ३. एक अर्कालाई प्रभाव पार्न सक्ने तत्त्व वा प्रशंसनीय विषय । ४. कुनै वस्तुको निर्माण, काम, विद्या, व्यवहार आदिको सीप; निपुणता । ५. वस्तुबाट प्राप्त हुने फाइदा वा लाभ; उपयोगिता । ६. ब्रह्माण्डका प्राकृतिक धर्म वा वृत्ति (सत्व, रज, तम) । ७. योगशास्त्रका अनुसार स्वभावमा देखिने शम, दम र तितिक्षा तीन गुण । ८. उपर्युक्त वृत्ति वा गुणका आधारमा तीन सङ्ख्याको सूचक शब्द । (. पूर्वीय काव्यशास्त्रका अनुसार रसलाई उत्कर्ष प्रदान गर्ने श्लेष, समाधि, औदार्य, माधुर्य, ओज, प्रसाद, अर्थव्यक्ति, कान्ति, सुकुमारता र समतानामक तत्त्व । १०. व्याकरणमा स्वरसन्धिका अ, उ, ओ तीनवटा अक्षर । ११. एक अङ्कलाई अर्को अङ्कले गुणन गर्ने काम; गुणा । १२. धनुको ताँदो वा डोरी । १३. धागो; डोरी; सूत । १४. वास्तु वा मूर्तिकलामा तीन इन्चबराबरको नापो; तीन अमल । — क— ना॰ १. कुनै अङ्कलाई गुणन गर्ने अङ्क; गुन्ने अङ्क । २. गुणन गर्ने मानिस; गुन्नेवाला ।

 ~ कथन— ना॰ १. कसैका गुणबारे गरिने प्रशंसा; गुणगान; गुणानुवर्णन ।

२. काव्यमा वियोग शृङ्गारमा हुने नायकका दस दशामध्येको एक । ~ कामदेव— ना॰ काठमाडौँ सहर बसाल्ने र स्वयम्भूको स्तूप बनाउने भनी वंशावलीमा चर्चित नेपालका लिच्छविकालीन प्राचीन राजा । — कारक/कारी— वि॰ कुनै न कुनै प्रकारको गुण भएको वा फाइदा गर्ने; लाभदायक । ~

कीर्तन— ना॰ १. गुण र यशको प्रशंसा गरिने नाटकको एउटा लक्षण । २. गुणको बखान; गुणानुवर्णन । — गान— ना॰ कसैको गुण, स्वभाव आदि विषयलाई लिई गरिने प्रशंसा; बढाईचढाई गरिने गुणको बखान । ~ ग्रहण— ना॰ १. अर्कामा रहेको सद्गुण वा राम्रा कुराको सिको । २. अरूले गरेको गुण सम्झने काम; कृतज्ञतास्वीकार । ~ ग्राही— वि॰ गुणको वा गुणीको कदर गर्ने; गुण सम्झने । — ज्ञ— वि॰ असल कुरा वा गुणको मर्म बुझ्ने; गुण जान्ने; गुणको कदर गर्ने । — त्रय— ना॰ प्राकृतिक प्रमुख तीन गुण (सत्त्व, रज, तम) । ~ धर्म/धर्मिता— ना॰ कुनै पदार्थमा पाइने विशेषता वा स्वभाव; वस्तुगत विशेषता ।

गुणन— ना॰ [सं॰] एक अङ्कले अर्को अङ्कलाई गुन्ने काम; गुणा । — फल— ना॰ एक अङ्कले अर्को अङ्कलाई गुणन गर्दा निस्कने परिणाम; गुणा गरेर निकालिएको उत्तर; गुनेर आएको सङ्ख्या ।

गुणनिधि— वि॰ [सं॰] धेरै उत्तम गुण भएको; धेरै गुण हुने; गुणहरूको खानी; गुणवान्; गुणी ।

गुणवाचक— वि॰ [सं॰] १. गुण वा विशेषताको बोध गराउने । ना॰ २. व्याकरणअनुसार नाम, सर्वनामको गुण, विशेषता, स्वभाव आदिको बोध गराउने विशेषण शब्द (राम्रो, बाठो, मीठो, उज्यालो, रातो, कालो इ॰) ।

गुणवान्— वि॰ [सं॰] विभिन्न गुणले युक्त; गुण भएको; गुणी ।

गुणसागर— वि॰ [सं॰] विशिष्ट गुण भएको; ठूलो गुणी ।

गुणस्तर— ना॰ [सं॰] कुनै वस्तु वा पदार्थमा रहेको गुणको मात्रा; त्यस्तो गुणको मूल्याङ्कन गरी निर्धारण गरिने स्तर ।

गुणहीन— वि॰ [सं॰] कुनै गुण वा विशेषता नभएको; गुणरहित; निर्गुणी ।

गुणा— वि॰ [सं॰ गुणने १. कुनै अर्को सङ्ख्यालाई कुनै सङ्ख्याले गुनिएको; गुणन गरिएको (दोबर, तेवर वा दुना, तिना इ॰) । ना॰ २. गणितमा कुनै एक सङ्ख्याले कुनै अर्को सङ्ख्यालाई गुन्ने क्रिया वा विधि; गुणन ।

गुणाकर— वि॰ [सं॰] धेरै गुण भएको; गुणहरूको खानी भएको; गुणनिधि ।

गुणाङ्क— ना॰ [सं॰] १. गणितमा गुणा गरिने सङ्ख्या । २. लिच्छविकालका 'गुण' पद भएका कुनै राजाका पालाको 'गुण' शब्द–अङ्कित सिक्का ।

गुणाढ्य— वि॰ [सं॰] १. धेरै असल गुण भएको; सद्गुणी । ना॰ २. पैशाची प्राकृतमा 'बड्ड कहा' (बृहत् कथा॰ नामक ग्रन्थ लेख्ने प्रसिद्ध कवि ।

गुणातिशय— ना॰ [सं॰] साहित्यशास्त्रअनुसार नाटकका गुणको असाधारण उत्कर्ष गराउने एक लक्षण ।

गुणातीत— वि॰ [सं॰] १. प्राकृतिक गुणहरूदेखि मुक्त रहेको; निर्गुण; निर्विकार । ना॰ २. परमेश्वर ।

गुणात्मक— वि॰ [सं॰] गुणलाई महत्त्व दिइएको; गुण बेसी भएको; गुण बढाउने । — ता— ना॰ गुणात्मक हुनाको भाव वा स्थिति । ~ मूल्याङ्कन— ना॰ गुण र स्तर निर्धारण गर्नका निम्ति गरिने मूल्याङ्कन; वस्तुको सङ्ख्यात्मक र वस्तुगत पक्षलाई छाडी आन्तरिक मूल्य निर्धारित गर्ने क्रिया वा व्यवस्था ।

गुणानुवाद— ना॰ [सं॰] गुण वा चरित्रको बखान; कसैमा भएका राम्रा गुणको प्रशंसा; गुणगान; प्रशंसा रू

गुणान्वित— वि॰ [सं॰] असल गुणले युक्त; गुणवान् ।

गुणी— वि॰ [सं॰] १. गुण भएको; गुणयुक्त; गुणवान् । ना॰ २. दोखपिचास लाग्दा झारफुक गर्ने व्यक्ति; धामी वा झाँक्री ।

गुणीभूत— वि॰ [सं॰] मुख्य अर्थ नभएको; गौण बनेको; अप्रधान । ~ व्यङ्ग्य— ना॰ काव्यमा मूल रूपमा अभिधा अर्थ र गौण रूपमा व्यञ्जना अर्थ भएको अप्रधान व्यङ्ग्य; मध्यमस्तरको काव्य ।

गुणेश्वर— ना॰ [सं॰] सत्त्व, रज र तम तीनै गुणका प्रभावलाई जित्ने व्यक्ति; परमेश्वर; ईश्वर ।

गुण्ठन— ना॰ [सं॰] १. वस्त्र आदिले ढाकछोप गर्ने काम । २. पछ्यौरा; फेटा । ३. ढकना; बिर्को ।

गुण्ठित— वि॰ [सं॰] १. ढाकिएको वा छोपिएको । २. घेरिएको; बारिएको ।

गुत्–नु— स॰ क्रि॰ [सं॰ गुण्ठन+नु] पगरी, फेटा, पछ्यौरा आदि कपडा शिरमा वा घाँटीमा पहिरनु; गलबन्दी, मफलर आदि बाँध्नु; बेर्नु; गुथ्नु । > गुताइ— ना॰ गुत्ने क्रिया वा प्रक्रिया ।

गुताइनु— क॰ क्रि॰ गुताउने काम गरिनु । गुताउनु— प्रे॰ क्रि॰ गुत्ने पार्नु; गुत्न लाउनु ।

गुतार्–नु— स॰ क्रि॰ [सं॰ गुप्ताहारे खान निषेध गरिएको वा सित्तैँमा पाएको वस्तु पेटलाग्दो खानु; बेसरी खानु । > गुताराइ— ना॰ गुतार्ने क्रिया वा प्रक्रिया । गुतारिनु— क॰ क्रि॰ गुतार्ने काम गरिनु ।

गुतिनु— क॰ क्रि॰ [गुत्+इ+नु] गुत्ने काम गरिनु; गुथिनु ।

गुत्थ— ना॰ [अ॰ मू॰ गुत्+थ] रिसले ठुस्स हुने वा ठुस्सिने किसिम । > गुत्थिनु— अ॰ क्रि॰ १. गुत्थ पर्नु; धुम्म हुनु; ठुस्सिनु । २. दल बाँधेर एक गठ हुनु; आफू–आफू एक भएर बस्नु ।

गुत्थी— ना॰ [गुत्थो+इ] महत्त्वपूर्ण रहस्यमय कुरो; तात्पर्य मिलेको कुरो; गाँठी कुरो ।

गुत्थो— ना॰ [प्रा॰] १. फूलको ठूलो झुप्पो । २. मोती, पोते आदिका धेरै लुबको समूह ।

गुत्थ्याइ— ना॰ [रू गुत्थि (+याइ॰] गुत्थिने भाव, क्रिया वा प्रक्रिया । [ > ] गुत्थ्याइनु— क॰ क्रि॰ गुत्थिने तुल्याइनु; गुत्थ पारिनु ।

गुत्थ्याउनु— प्रे॰ क्रि॰ गुत्थिने तुल्याउनु; गुत्थ पार्नु । गुत्थ्याहट— ना॰ गुत्थिने भाव, स्थिति, क्रिया वा प्रक्रिया; गुत्थ्याइ ।

गुथ्–नु— स॰ क्रि॰ [सं॰ ग्रन्थन+नु] माला, पोते, तोरण आदि उन्नु वा गाँस्नु । > गुथाइ— ना॰ गुथ्ने क्रिया वा प्रक्रिया ।

गुथाइनु— क॰ क्रि॰ गुथ्न लाइनु । गुथाउनु— प्रे॰ क्रि॰ माला आदि गुथ्न लाउनु; गुथ्ने पार्नु । गुथिनु— क॰ क्रि॰ गुथ्ने काम गरिनु; पगरी, फेटा आदि पहिरिनु ।

गुद— ना॰ [सं॰] दिसा गर्ने अङ्ग; चाक; गुदा । — बार— ना॰ प्राणीहरूले खाएको अन्न, फल आदि पाकस्थलीमा पुगेर मल वा विष्ठाका रूपमा शरीरबाट बाहिर निस्कने प्वाल; चाकको प्वाल; मलबार; गुदा ।

गुदपाक— ना॰ चास्नी, नरिवल आदि मिसाएर बनाइएको एक प्रकारको मिठाई; गुडपाक ।

गुदा— ना॰ [सं॰] गुद; चाक । — बार— गुदबार ।

गुदिलो— वि॰ [गुदी+इलो] गुदी भएको; सारवान् ।

गुदी— ना॰ [सं॰ गूढे १. फलफूल आदिको बोक्राभन्दा भित्र रहेको उपयोगी नरम पदार्थ । २. भित्री भागमा रहेको सार तत्त्व । ३. भित्रको दह्रो शक्ति वा खँदिलोपन; विशेषता; खुपी । ४. सम्पत्ति; धन ।

गुदुगुदु— क्रि॰ वि॰ [अ॰ मू॰ गुद्+उ(बि॰)] ठिक्क आगाको रापमा पाक्तै गरेको दाल, भात आदि हल्का चालले उम्लने वा पाक्ने गरी ।

गुदो— ना॰ [गुदी+ओ] १. गुदी । २. गुप्त धन वा सम्पत्ति । ३. सँगालिएको कुरो वा सम्पत्ति ।

गुन्–नु— स॰ क्रि॰ [सं॰ गुणन+नु] १. एक अङ्कले अर्को अङ्कलाई गुणा गर्नु । २. कुनै विषयमा गम्भीर रूपले सोच्नु; गौर गर्नु; विचार गर्नु ।

गुन— ना॰ [सं॰ गुणे १. वस्तु वा प्राणीको असल स्वभाव वा विशेषता; गुण । २. उपकार; भलाइ; हित । विप॰ बैगुन ।

गुनकेसरी— ना॰ लसुनको जस्तै पात र पोटी हुने, पहेँलो रबको केसर हुने र सेता फूल फुल्ने बोट वा त्यसैको फूल ।

गुनगुन— क्रि॰ वि॰ [अ॰ मू॰ गुन्+अ(बि॰)] अर्काले नसुन्ने वा स्पष्टसँग नबुझ्ने गरी एक्लै वा कसैसँग बिस्तारै बोल्ने अथवा गीत गाउने गरी; गुनगुनाउने चालमा । > गुनगुनाइ— ना॰ गुनगुन गर्ने क्रिया वा प्रक्रिया । गुनगुनाइनु— अ॰ क्रि॰ गुनगुन गरिनु । गुनगुनाउनु— अ॰ क्रि॰ स्पष्टसँग सुन्न नसक्ने गरी बोल्नु वा गाउनु । गुनगुनाहट— ना॰ गुनगुनाउने चाल वा काम ।

गुना१— ना॰ [रू गुणो १. पल्ट; खेप; ताल । २. स्तनपायी वर्गमा पर्ने, लामो पुच्छर भएको, वानर–जातिको एक प्रकार; लामपुच्छे्र बाँदर । वि॰ ३. हे॰ गुणा ।

गुना२— ना॰ पेच काटिएको रेखा ।

गुनाइ— ना॰ [रू गुन् (+आइ॰] गुन्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] गुनाइनु— क॰ क्रि॰ गुन्न लाइनु । गुनाउनु— प्रे॰ क्रि॰ गुन्न लाउनु ।

गुनासो— ना॰ [अ॰ मू॰ गुनगुन+आसो] १. आत्मीय जनसँग प्रकट गरिने मनको पीर–मर्का वा दुखेसो । २. शोक–प्रकट; पछुतो ।

गुनाह— [फा॰] १. दोष; कसुर; अपराध । २. पाप । — गार— वि॰ १. अपराधी; कसुरदार; अभियुक्त । २. पापी ।

गुनिउँ— ना॰ गुन्यू । ~ चोलो— ना॰ गुन्यूचोलो ।

गुनिनु— क॰ क्रि॰ [गुन्+इ+नु] विचार गरिनु; सोचिनु ।

गुनिया— ना॰ हे॰ गुन्यू । ~ चोलो— ना॰ गुन्यूचोलो ।

गुनिलो— वि॰ [गुन+इलो] १. अर्काले गरेको गुणलाई नबिर्सने; गुणको कदर गर्ने; कृतज्ञ । २. गुणवान्; गुनी ।

गुनी१— ना॰ कालो अनुहार हुने र पुच्छर लामो हुने, शरीरको रब सेतो र कालो मिसिएर खैरोखैरो देखिने एक जातको वानर; पहरे बाँदर ।

गुनी२— ना॰ [गुन+ई] गुण भएको; कृतज्ञ; गुणी ।

गुनुगुनु— क्रि॰ वि॰ [अ॰ मू॰ गुन्+उ(बि॰)] स्पष्टसँग नसुनिने गरी बिस्तारै कुरा गर्ने वा गाउने किसिमले; अझ चड्का गुनगुन हुने चालमा ।

गुनेरगानु— ना॰ हे॰ गुन्दरगानु ।

गुन्जाइस— ना॰ [फा॰ गुन्जाइशे हुने, रहने, राखिने वा अटाउने ठाउँ; अवकाश ।

गुन्टा— ना॰ [गुन्टोको ति॰ ।)] हे॰ गुन्टो । — गुन्टी— ना॰ साना–ठूला धेरै गुन्टा; पोकोपन्तरो; कुम्लोकुटुरो । > गुन्टिनु— अ॰ क्रि॰ १. गुन्टाजस्तो भई बेरिनु; एकै पोको परेर बेरिनु । २. ग्याँचे हुनु; पुड्को हुनु । ३. असफल वा फेल हुनु । ४. खतम हुनु; घुसमुन्टिनु ।

गुन्टे— वि॰ [गुन्टो+ए] १. गुन्टाका छाँटको; ग्याँचे; पुड्को । २. गुन्टेमार्सी । ~ मार्सी— ना॰ खैरा, बाटुला गेडा फल्ने एक जातको धान; त्यसैको चामल; गुन्टे ।

गुन्टो— ना॰ [प्रा॰ गुन्ठो] ओढ्नेबिछ्याउने आदि बेरेर डोरीले कसेको ठूलो पोको; त्यस्ता लुगाफाटाको गुठुरो (बेडिब॰ ।

गुन्ट्याइ— ना॰ [रू गुन्टि (+याइ॰] गुन्टिने क्रिया वा प्रक्रिया । [ > ] गुन्ट्याइनु— क॰ क्रि॰ गुन्ट्याउने काम गरिनु । गुन्ट्याउनु— स॰ क्रि॰ गुन्टा बनाउनु; गुन्टाजस्तो पार्नु ।

गुन्ठुनि–नु— अ॰ क्रि॰ १. गाँठागाँठा पारेर बटारिनु वा साह्रो हुनु; पुक्कपुक्क परी मसिना डल्ला निस्कनु । २. ग्याँचे हुनु; डल्लिनु वा पुड्किनु ।

गुन्डा— ना॰ [गुन्डोको ति॰ ।)] हे॰ गुन्डो । — गिरी— ना॰ दल वा गठ बनाई सीधासाधा व्यक्तिहरूलाई ढाँट्ने, छल्ने, लुट्ने, पिट्ने आदि काम; बदमासी चाल ।

गुन्डो— वि॰ [सं॰ गुण्डक ?] १. ठाँटबाँट र रवाफ देखाउने तथा बदमास स्वभाव पनि भएको । २. सजिसजाउ भएको; ठाँटिलो । ३. लाज–घिन पचेको वा स्वास्नीमानिससँग लहसिन खोज्ने; रन्डीबाज । > गुन्ड्याइँ— ना॰ गुन्डो हुनाको क्रिया वा ढाँचा ।

गुन्दरगानु— ना॰ [सं॰ गुडुचीकन्दे बाटुला पात हुने, पहेँला ससाना फूल फुल्ने, राता मसिना बाटुला फल लाग्ने, जरामा फल्ने तथा विषनाशक र सन्निपात ज्वर नाश गर्ने गुण भएको भ्याकुरजस्तो कन्द रू

गुन्द्री— ना॰ [गुँदरी] पराल, पाट वा बाबियाका डोरीहरूको तान लगाई गुँद, पराल आदिबाट बुनेको सुकुलजस्तो ओछ्याउने ।

गुन्द्रुक— ना॰ सागपात आदि भुँड्काभुँड्कीमा खाँदी अमिल्याएर सुकाइएको, तिहुन वा सितन बनाएर खाइने वस्तु । > गुन्द्रुके— वि॰ १. गुन्द्रुकसँग सम्बन्धित; गुन्द्रुकजस्तै । २. गुन्द्रुक खाएर जीवन–निर्वाह गर्नुपर्ने (मानिस) । ३. निम्न स्तरको; रद्दी ।

गुन्द्रुङ्ग/गुन्दु्रङ्ब— क्रि॰ वि॰ [अ॰ मू॰ गुन्द्रुङ्+ग/ब] कुनै प्राणी वा वस्तु फाल हाल्दा वा खस्दाको आवाज आउने गरी ।

गुन्न— क्रि॰ वि॰ [अ॰ मू॰ गन्+न] १. मौरी, भमरा आदि भुनभुनाएको स्वर आउने किसिमले । २. धेरै जनाले एकै साथ बिस्तारै कुरा गर्दा आवाज आउने चालमा ।

गुन्यु— ना॰ १. आइमाईले कम्मरभन्दा मुनि लाउने सानो फरिया । २. पेटीकोटजस्तो दुई छेउ गाँसेर इँजार हाली लाइने सानो खालको फरिया । ३. साधारण खालको वा जडाउरी फरिया । ~ चोलो— ना॰ १. गुन्यू र चोलो । २. परम्पराअनुसार कन्न्या पाँच वर्षकी हुँदा विधिपूर्वक दिइने धोती र चोलो । (उदा॰— भैलिनी आइन् आँगन, गुन्यू–चोलो मागन (लोकगीत॰ ।

गुन्यू— ना॰ हे॰ गुन्यु ।

गुपचुप— ना॰ [सं॰ गुप्त+चुप] १.बाहिर प्रकट नहुने गरी भित्रभित्रै कुनै काम–कुरो दबाउने चाल वा स्थिति; ढाकछोप; चुपचाप । २. खुवा र मैदा मिसाएर डल्लो पारी घिउमा पकाएर चिनीको चास्नीमा डुबाइएको, भित्र खोक्रो भएको गुलाफजामुनका किसिमको मिठाई ।

गुप्त— वि॰ [सं॰] १. बाहिर प्रकट वा व्यक्त नभएको; भित्रभित्रै छिपेर रहेको; लुकेको; भित्री; नदेखिने; अदृश्य । २. सुरक्षित गरिएको; जोगाइएको (गुप्त धन, गुप्त प्रेमी इ॰) । ३. मुस्किलले जानिने; गूढ । ना॰ ४. मध्यकालीन भारतको मगध राज्यको एक नामुद राजवंश (गुप्तवंश॰; एक प्रकारको थर । — चर— ना॰ गोप्य तरिकाले सक्रिय भई कुनै कुराको भेद पत्ता लगाउने काममा खटिएको व्यक्ति; गोप्य रूपमा स्वदेशभित्र वा बाहिरका विभिन्न कामकुरा, व्यक्ति, संस्था आदिको भेद, रहस्य वा विशेष जानकारी प्राप्त गर्न खटाइएको व्यक्ति; गुप्त दूत; जासुस; भेदिया; गुप्ती प्रहरी वा पुलिस (सी.आई.डी) । — चर विभाग— ना॰ सरकारका तर्फबाट गुप्तचरसम्बन्धी कार्यको परिचालन गर्ने जिम्मेवारी सुम्पिएको प्रशासनिक निकाय; गुप्तचरहरूमार्फत कुनै खास अपराध, भ्रष्टाचार वा मामिलाको छानबिन गर्ने अड्डा; जासुसको काम गर्ने सरकारी अड्डा । — चरी— ना॰ १. गुप्तचरको काम वा भाव । २. गुप्तचरको काममा नियुक्त स्त्री; आइमाई जासुस । ~ दान— ना॰ कुनै प्रचार नगरी गोप्य रूपमा दिइने दान; दान दिने व्यक्तिबाहेक अरू कसैले यति र यस्तो वस्तु दियो भन्ने थाहा पाउन नसकिने दान । ~ धन— ना॰ कसैलाई पनि जानकारी नदिई गोप्य रूपमा राखिएको सम्पत्ति; गाडधन । ~ लिपि— ना॰ १. गुप्तकालीन लिपि । २. सर्वसाधारणले बुझ्न नसक्ने गरी विशेष सङ्केतका आधारमा लिखित लिपि; वmूटलिपि । ~ वेश— ना॰ कुनै खास प्रयोजनका निम्ति आ६नो रूप वा पहिचान छिपाई अरूले आफूलाई चिन्न नसक्ने पार्नका निम्ति विशेष वेशभूषा वा पहिरन प्रयोग गरिएको स्थिति; त्यस्तो पहिरन वा रूपविन्यास; छßवेश ।

गुप्ति— ना॰ [सं॰] १. लुकाउने, छिपाउने वा गोप्य राख्ने काम; कसैले पनि देख्न र थाहा पाउन नसक्ने गरी गोप्य राखिएको स्थिति वा व्यवस्था; गोपन । २. रक्षा; संरक्षण ।

गुप्ती— वि॰ [गुप्ति] १. ढाकिएको; गुप्त; गुह्य; भित्री (गुप्ती कुरो; गुप्ती पैसो इ॰) । ना॰ २. भित्रतिर तरबार वा किरिच लुकाई राख्ने गरी बनाइएको लट्ठी । ३. गुप्तचर । ४. तहखाना; ताइखाना; भूगृह । ~ वmुरो— ना॰ थाहा पाउन नहुने वा थाहा पाउन नसकिने कुरो; रहस्यमय कुरो; गोप्य विषय वा सन्दर्भ । ~

कोठो— ना॰ कुनै कुरो अरूले थाहा पाउलान् भनी गोप्य वा एकान्त रहेको कोठो; भित्री कोठो; भँडार । ~ पुलिस— ना॰ विभिन्न कुराको भेद वा अपराध तथा भ्रष्टाचार आदिको वस्तुतथ्य गोप्य रूपमा पत्ता लगाउने काममा नियुक्त प्रहरी; कुनै विशेष मामिलाको गुप्त छानबिन गर्ने प्रहरी । — मारा— वि॰ थाहा नै नदिई भित्रभित्रै अर्काको जरो काट्ने (व्यक्ति॰; अर्काको नहुँदो गर्ने; कपटी ।

गुफा— ना॰ [सं॰ गुहो १. पहरो, ढुङ्ग्यान आदि जमिनमा बनेको सुरुब; ओडार । २. ऋषि, मुनि वा जोगी–सन्न्यासी बस्ने कुटी । ३. बाघ–भालु आदिको ओडार ।

गुब्बारा— ना॰ [अ॰ गुबारे हावा भरेर उडाइने, हल्का र पातलो, रङ्गीचङ्गी रबरको थैलो; बेलुन ।

गुभाजु— ना॰ [नेवा॰] १. नेपालको बौद्ध सम्प्रदायमा पर्ने नेवारको एक वर्ग वा जात; बौद्ध धर्म मान्ने नेवारको गुरु वा पुरोहित । २. बिरामीहरूलाई झारफुक आदि गर्ने, सोही वर्गको तान्त्रिक व्यक्ति ।

गुभाजू— ना॰ हे॰ गुभाजु ।

गुभे— वि॰ [गुभो+ए] १. गुभो भएको । २. गुभोजस्तै कमलो वा कलिलो । ~ डोरी— ना॰ पोयो लाएर बाटेको डोरीलाई नै फेरि जम्मा तीन पोयो हुने गरी बाटेको डोरी; पोयाको हिसाबले नौ पोया हुने डोरी । ~ पात— ना॰ कुनै बोटबिरुवाको गुभोको पात; गर्भे पात ।

गुभो— वि॰ [सं॰ गर्भे १. कर्कलो, मकै, धान, केरा आदि बोट– बिरुवाको भित्रपट्टिको कमलो भाग; गुदी भाग; गर्भाङ्कुर; टुसो । २. विशेष ढाँचाले बाटेको डोरीभित्रको पोयो वा डोरी ।

गुम्–नु— अ॰ क्रि॰ [फा॰ गुम+नु] १. मौका आएर पनि कुनै वस्तु आफूले नपाउने हुनु; हराउनु । २. समय बित्नु; बेला नाघ्नु । ३. हिस्स पर्नु; भुस्सिनु ।

गुम— ना॰ [फा॰] १. बेपत्ता; गायब; अलप । वि॰ २. छिपेको; लुप्त ।

गुमज— ना॰ [फा॰ गुम्बदे झ्याल, ढोका, छानो, पुल आदिमा बनाइएको अर्धवृत्ताकार बान्की; बिखुम; गुमोज ।

गुमटी— ना॰ [फा॰ गुम्बदे १. सिँढीमाथि बनेको छत । २. रेलवे लाइनको किनारमा बनाइएको खलासी बस्ने गोलाकार कोठो । ३. सडकका किनारमा वा चोकमा सानोतिनो पसल रहेको काठको घर ।

गुमनाम— वि॰ [गुम+नाम] प्रकाशमा आउन नदिने उद्देश्यले कसैको नाम नलेखिएको; बेनामी (चिठी, लेख, कविता इ॰) ।

गुमपाती— ना॰ [गुम+पाती] भीमसेनपातीजस्तै फुस्रा र लाम्चा पात हुने तर बास्ना नआउने एक जातको वनस्पति ।

गुमर्क्याइ— ना॰ [रू गुम्र्क्याउ(+आइ॰] गुमर्क्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] गुमर्क्याइनु— क॰ क्रि॰ अटाईनअटाई पन्जा वा अँगालाले झिकिनु ।

गुमर्क्याउनु— स॰ क्रि॰ १. हातका पन्जाले वा अँगालाले अटाउन्जेल कुनै चीज झिक्नु । २. मुख गाडेर सकेसम्म खानु । ३. अँगालो मारेर सकेसम्म च्याप्नु; अँठ्याउनु ।

गुमस्ता— ना॰ [फा॰ गुमाश्ते १.गोप्य रूपमा गरिने कामको सरसल्लाह; मतो वा कुराकानी; आन्तरिक योजना । २. व्यापारी वा उद्योगपतिले कुनै कामविशेषमा तलब वा आयस्ताको हिस्सा दिएर नियुक्त गरेको व्यक्ति; एजेन्ट ।

गुमाइ— ना॰ [रू गुम्(+आइ॰] गुमाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] गुमाइनु— क॰ क्रि॰ गुमाउने काम गरिनु । गुमाउनु— स॰ क्रि॰ १. पाइसकेको वा पाउनुपर्ने कुनै वस्तु असावधानी आदिका कारणले नपाउनु; हराउनु; चुक्नु । प्रे॰ क्रि॰ २. गुम्ने पार्नु ।

गुमान— ना॰ [फा॰] १. आ६नो रूप, सीप, सम्पत्ति आदिबाट हुने घमन्ड वा अभिमान । २. अनुमान; अन्दाज । ३. कल्पना वा अनुमानका भरमा गरिने सन्देह; शङ्का ।

गुमिनु— अ॰ क्रि॰ [गुम्+इ+नु] नपाइने होइनु; हराइनु ।

गुमोज— ना॰हे॰ गुमज ।

गुम्फन— ना॰ [सं॰] १. गुँथ्ने वा गाँस्ने काम; उनाइ । २. शृङ्खलित वा क्रमबद्ध गर्ने काम; मिलाउने काम । ३. सजावट; सजिसजाउ ।

गुम्फित— वि॰ [सं॰] गुम्फन भएको वा गरिएको; गाँसिएको; मिलाइएको ।

गुम्बज— ना॰ [रू गुमजे हे॰ गुमज । > गुम्बजाकार— वि॰ गुमज आकारको देखिने (पर्वत, घर आदि॰ ।

गुम्बा— ना॰ महायानी मतका बौद्ध धर्मावलम्बी लामाहरूको देवमन्दिर; लामाहरूको देवालय; ध्यान वा उपासना केन्द्र ।

गुम्म— क्रि॰ वि॰ [अ॰ मू॰ गुम्+म] १. घमन्ड वा रिसले फुलेर नबोली बस्ने गरी; गजक्क । २. हावा बन्द भई गुम्सने किसिमले ।

गुम्सँदो— वि॰ [गुम्स+दो] गुम्सिरहने; गुम्सिँदो ।

गुम्स–नु— अ॰ क्रि॰ [गुम्स+नु] हावा बन्द हुनु; बाफिनु; गुम्सिनु । श्र गुम्साइ— ना॰ गुम्सने भाव, क्रिया वा प्रक्रिया । गुम्साइनु— क॰ क्रि॰ गुम्सने पारिनु; बफाइनु । गुम्साउनु— प्रे॰ क्रि॰ गुम्सन लाउनु; गुम्स्याउनु । गुम्सिँदो— वि॰ गुम्सिने खालको; गुम्सिरहने ।

गुम्सि–नु— अ॰ क्रि॰ [गुम्स+इ+नु] हावाको आवतजावत बन्द भई वा हावा खेल्न नपाउने गरी थुनिनु; ढाकछोप भएर तातो हुनु; बाफ, गर्मी आदिले उसिनिनु; बाफिनु; गुम्सनु । > गुम्साइँदो— वि॰ गुम्सिने किसिमको; गुम्स्याइलो । गुम्स्याइ— ना॰ गुम्सिने काम वा प्रक्रिया । गुम्स्याइनु— क॰ क्रि॰ गुम्सिने पारिनु; ब६याइनु । गुम्स्याइलो— वि॰ गुम्सिने खालको; गुम्सिएको; बफाइँदो; बाफिएको । गुम्स्याउनु— प्रे॰ क्रि॰ गुम्सिने पार्नु; गुम्सिन लाउनु । गुम्स्याहट— ना॰ गुम्सिने क्रिया वा अवस्था; गुम्स्याउने चाल; गुम्स्याइ ।

गुरगुर— क्रि॰ वि॰ [अ॰ मू॰ गुर्+अ(बि॰)] १. धेरै मान्छे वा वस्तुका हिँडाइको आवाज आउने किसिमले । २. आगो दन्कने गरी; हुरहुर । > गुरगुरती— क्रि॰ वि॰ अझ बेसी गुरगुर हुने गरी । गुरगुराइ— ना॰ गुरगुराउने क्रिया वा प्रक्रिया । गुरगुराइनु— अ॰क्रि॰ गुरगुर आवाज निकालिनु । गुरगुराउनु— अ॰ क्रि॰ १. गुरगुर शब्द गर्नु; गुरगुर आवाज निकाल्नु । २. रिसले गर्जनु । गुरगुरी— क्रि॰ वि॰ गुरगुरती ।

गुराँस— ना॰ [सं॰ गौरे १. प्रायः चार हजार फिटभन्दा माथि र दस हजार फिटभन्दा तलको उचाइका पहाडमा पाइने, लाम्चा, खस्रा र मोटा पात हुने, धेरैजसो रातो र कतै सेतो पनि फूल फुल्ने एक वृक्ष वा त्यसैको फूल । २. रातो रबमा फुल्नेचाहिँ नेपालको राष्ट्रिय फूल (लालीगुराँस) । ३. दाल खाइने; मस्याबजस्तो एकथरी अन्न । — थुँगे— वि॰ गुराँसका थुँगाजस्तो; झपक्क परेको वा भरभराउँदो । > गुराँसे— वि॰ १. गुराँसजस्तो रातो; गुराँससम्बन्धी; निकै सिँगारिनुपर्ने; नक्कले; झिल्के । स्त्री॰ गुराँसी ।

गुराउ— ना॰ [सं॰ गुरु] १. मन्त्रबलले बाघ, भालु आदिको रूप लिन सक्ने भनी विश्वास गरिएको व्यक्ति । २. थारूसमाजमा धर्मकर्म वा तन्त्रमन्त्रको काम गर्ने व्यक्ति; थारूहरूको तान्त्रिक सम्प्रदाय ।

गुरिया— ना॰ [हि॰ गुडियो काठ, काँच, प्लास्टिक आदिका टुक्रालाई माझमा प्वाल पारी धागोमा उनेर चिटिक्क पारी बनाइने गहना (गहनासित जोडिएर प्रयुक्त हुने ।) ।

गुरिल्ला— ना॰ [अङ्॰] १. अफ्रिकाको जङ्गलमा रहने एक थरी वनमान्छे; धेरैजसो मानिसका आकारसित मिल्ने ठूलो जातको बाँदर; गोरिल्ला । २. गुरिल्लाजस्तै सधाइएका लडावmू; लडावmू जाति । ~ युद्ध— ना॰ ससाना दलमा बाँडिई मौका छोपेर दुस्मनमाथि गरिने आक्रमण; गुरिल्लाले झैँ गरिने हमला ।

गुरु— ना॰ [सं॰] १. कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति; शिक्षक; अध्यापक । सङ्गीतकला आदि सिकाउने व्यक्ति; उस्ताद । ३. गायत्री, वेदमन्त्र आदि दीक्षा दिने व्यक्ति; आचार्य । ४. बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ तथा आदरणीय वा पूज्य व्यक्ति; मान्य जन । ५. छन्दशास्त्रअनुसार दुई मात्रा हुने अक्षर; दीर्घ अक्षर वा सो जनाउने चिह्न ( ~ ) । ६. सङ्गीतमा एउटा दीर्घ वा दुइटा लघु मात्रा हुने तालको अंश । ७. नवग्रहमध्ये एक; बृहस्पति । वि॰ ८. तौल वा भार भएको; कठिन (गुरुभार, गुरुकार्य इ॰) । (. गाह्रोसित पच्ने वा पाक्ने (गुरुपाक) । १०. वजनदार; गहकिलो । ११. बडेमाको; महत्त्वपूर्ण; ठूलो । ~ आमा— ना॰ १. गुरुपत्नी; गुरुमा । २. अध्यापन गर्ने महिला; शिक्षिका । ~ कापी— ना॰ १. मुद्रणका निम्ति प्रेसमा पठाइएको पाण्डुलिपि; छाप्न दिइएको मूल प्रति । २. सक्कल पत्र । —

वmुल— ना॰ १. विद्यार्थीहरूलाई सिधा र आवासको निःशुल्क व्यवस्था गरी पठनपाठन आदि गराउने आश्रम; गुरुको सेवाशुश्रूषा गरी विद्याको आर्जन तथा अध्ययन गर्नुपर्ने प्राचीन पद्धतिको विद्याकेन्द्र २. गुरुको वंश; गुरुखलक; गुरुघराना । ~ गृह— ना॰ १. गुरुको घर; गुरुको आश्रम । २. गुरुकुल । ~ घण्टाल— ना॰ १. मन्दिर, देवालय आदिका पूजाआजामा हुने भजनकीर्तन, गानबजान आदि नसुन्ने उद्देश्यले आ६नै कानमा घण्टी झुन्ड्याएर बजाउँदै हिँड्ने भनी कहलिएका एक गुरु । २. आफैँलाई श्रेष्ठ मान्ने अहङ्कारी व्यक्ति; मै हुँ भन्ने मानिस । ३. साह्रै चलाख वा धूर्त व्यक्ति । ~ घराना— १. ना॰ राज–खानदानका गुरु खलक; राजकुलका गुरु । २. गुरुपरम्परा ।

गुरुब— ना॰ [भो॰ब॰] विशेष गरी नेपालका मध्यपश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने तिब्बतबर्मेली भाषापरिवारमूलको एक जाति । ~ मादल— ना॰ ठूलो चक्का, बाक्लो खरी र गर्जनदार आवाज हुने मादल । > गुरुङ्सिनी/गुरुङ्सेनी— ना॰ गुरुब–जातिकी स्त्री; गुरुब आइमाई ।

गुरुजन— ना॰ [सं॰] १. मान्नुपर्ने बाबुआमा, गुरु आदि पूज्य र ठूला व्यक्तिको समूह; आदरणीय वा मान्यवर्ग ।

गुरुजल— ना॰ [सं॰] १. लवणांशको आधिक्यले गर्दा गरिष्ठ भएको समुद्रको पानी; आणविक गुणयुक्त पानी (हेभी वाटर॰ ।

गुरुज्यू— ना॰ [गुरु+ज्यू] १. गुरुको आदरका निमित्त प्रयोग गरिने शब्द; आचार्य । २. राजपरिवारले मानेका वा राजपरिवारलाई मन्त्रदान दिने गुरु ।

गुरुता— ना॰ [सं॰] १. गुरु हुनाको भाव वा स्थिति; गुरु कहलाउन मद्दत मिल्ने गुण । २. गुरुको पद वा अधिकार; गुरुत्व । ३. बोझ; भार । — भास— ना॰ अरूभन्दा आफूलाई श्रेष्ठ ठान्ने मनोभावना वा सोचाइ; उच्चताबोध ।

गुरुत्व— ना॰ [सं॰] १. गुरु हुनाको भाव वा अवस्था; गुरुता । २. गहकिलोपन; महत्त्व । ~ केन्द्र— ना॰ कुनै भौतिक पदार्थको सम्पूर्ण भार केन्द्रित हुने बिन्दु; मध्यबिन्दु । > गुरुत्वाकर्षण— ना॰ कुनै पिण्डले अर्को पिण्डलाई आफूतिर खिच्ने अथवा सो पिण्ड आफैं अर्को पिण्डतर्फ खिचिने भौतिक शक्ति; पृथ्वी आदि ग्रहमा रहेको पारस्परिक आकर्षणको शक्ति वा गति । गुरु दक्षिणा— ना॰ [सं॰] शिक्षादान गरे वा पढाएबापत अथवा मन्त्रदीक्षा दिएबापत गुरुलाई अर्पिने श्रद्धाको रकम; गुरुभेटी ।

गुरुपाक— वि॰ [सं॰] सजिलैसित नपच्ने वा नपाक्ने ।

गुरुपात— ना॰ [गुरु+पात] जुत्ता सिउँदा छाला अड्याउन हालिने भित्री तलुवा ।

गुरुपुष्य— ना॰ [सं॰] ज्योतिषशास्त्रअनुसार बिहीबारका दिन पुष्य नक्षत्र पर्ने र कुनै कार्यारम्भका निम्ति शुभ मानिने योग वा पर्व । गुरु पूजा— ना॰ [सं॰] १. विशेष रूपमा श्रद्धापूर्वक गरिने गुरुको पूजा । २. त्यस्तो पूजा गरिने माहात्म्य भएको गुरुपूर्णिमाको दिन वा पर्व । गुरु पूर्णिमा— ना॰ [सं॰] गुरुको विशेष रूपमा पूजा गरिने वा त्यस्तो पूजाको माहात्म्य भएको आषाढ शुक्ल पूर्णिमाको दिन; व्यासपूर्णिमा । गुरुबक्स कम्पनी— ना॰ [सं॰ गुरु+अङ्॰ बक्स+कम्पनी] एउटा पुरानो नेपाली सैनिक टोलीको नाम ।

गुरुबा/गुरुबाबु— ना॰ [गुरु+बा/बाबु] १. विद्यादान गर्ने व्यक्ति; गुरु; शिक्षक; अध्यापक । २. मन्त्रदान गर्ने आचार्य । ३. पण्डित बाजे; पुरोहित बाजे । ४. विरोधी कुरो सिकाउने (व्यङ्ग्यमा॰ । गुरु भाटो— ना॰ [गुरु+भाटो] छाना छाउँदा दाँतीका दुवैतिरबाट च्यापेर लगाइने मुख्य भाटो; ज्वारभाटो; धरमभाटो ।

गुरुभेटी— ना॰ हे॰ गुरुदक्षिणा । गुरु मन्त्र— ना॰ [सं॰] १. गुरुबारा दीक्षाका रूपमा गुप्तरूपले दिइने मन्त्र; गायत्री मन्त्र । २. कुनै खास कामका निम्ति योग्य वा अनुभवी व्यक्तिबाट पाइने युक्ति; प्रेरणा वा मन्त्रणा । ३. खराब कामका निम्ति उक्साउने वा हौस्याउने सल्लाह (व्यङ्ग्यार्थमा॰ ।

गुरुमा— ना॰ [गुरु+आमो १. पढाउने स्त्री; गुरुआमा; शिक्षिका; अध्यापिका । २. गुरुपत्नी । ३. मन्त्रदान गर्ने स्त्री ।

गुरुमापा— ना॰ [नेवा॰] नेपालको प्राचीन इतिहासमा प्रसिद्ध, फागुन शुक्ल पूर्णिमाका राति काठमाडौँको टुँडिखेलमा भोजन दिइने गरिएको एक बालभक्षक राक्षस ।

गुरुमुख— ना॰ [सं॰] १. गुरुको मुखारविन्द । २ गुरुका मुखबाट मन्त्र सुन्ने वा दीक्षा लिने काम । वि॰ ३. कुनै गुरुबाट धार्मिक दृष्टिले मन्त्र लिइएको वा सिकिएको । गुरुमुखी— ना॰ पञ्जाबी भाषाको लिपि । गुरु योजना— ना॰ [सं॰] कुनै निर्माणकार्य वा उद्योग आदिको सञ्चालनका लागि तयार गरिएको मुख्य योजना वा कार्यक्रम ।

गुरुवार/गुरुवासर— ना॰ [सं॰] बृहस्पतिवार; बिहीबार ।

गुर्क–नु— अ॰ क्रि॰ [गुड्क+नु] भीरपहरा आदिबाट खस्नु वा झर्नु; लड्नु; मर्नु । > गुर्काइ— ना॰ गुर्किने वा गुर्काउने क्रिया– प्रक्रिया । गुर्काइनु— क॰ क्रि॰ गुर्किने पारिनु । गुर्काउनु— स॰ क्रि॰ १. कुनै वस्तुलाई साहसपूर्वक पल्टाउनु; कुनै काम हिम्मतसाथ गर्नु । २. फुर्तीसाथ खानु । ३. मैथुन गर्नु; बलात्कार गर्नु ।

गुर्किनु— अ॰ क्रि॰ १. भीरपहराबाट खसेर वा फाल हालेर मर्नु; चोला उठ्नु । २. गुर्कनु । गुर्क्याइ— ना॰ गुर्किने भाव, क्रिया वा प्रक्रिया ।

गुर्जा— ना॰ [फा॰ गुर्जे सुनचाँदीबाट बनाइएको विशेष खालको माङ्गलिक दण्ड वा गदा ।

गुर्जु— ना॰ [सं॰ गुरु+नेवा॰ जु] १. बौद्धमार्गी नेवार–जातिको पुरोहित; वज्राचार्य । २. वज्राचार्यजातिका पुरुषलाई सम्बोधन गर्दा भनिने आदरसूचक शब्द ।

गुर्जो— ना॰ [सं॰ गुडूची] पीपलका जस्तै पात हुने, मसिना राता फल फल्ने र पहेँला फूल फुल्ने तथा मोटो डाँठ हुने, आयुर्वेदिक औषधीका निम्ति उपयुक्त लहरो वा बुटी; गुडूची ।

गुर्दुब— ना॰ घर छाइसकेपछि मेलो मार्न डाँडा, भाँटा र खरलाई चोयाले कस्ने काम; धुरी मार्ने काम ।

गुर्दुम— ना॰ ढुङ्गा, माटा आदिको ढिस्को; चट्टान ।

गुर्दौली— ना॰ [फा॰ गुलदाउदी] मसिना थुँगा र पहेँलो रबको फूल फुल्ने एक जातको फूल; हे॰ गोदावरी ।

गुर्बो— ना॰ एउटै भेट्नामा सेता टीका–टीका परेका अनेक पात हुने र बीचमा घुम्रेको शङ्खाकार रातो रबको ठूलो एउटा पात हुने, त्यसका बीचमा घोगो र घोगाका माथिल्लापट्टि पहेँलो कोपिला हुने, भ्याकुरजस्तो सेतो कन्द फल्ने एक वनस्पति; आयुर्वेदका अनुसार शूलरोग र अलकाईलाई नाश गर्ने त्यसैको कन्द ।

गुर्भे— ना॰ दिनमा आँखा नदेख्ने र लाटोजस्तो भएर एकै ठाउँमा गुँडुल्किरहने एक थरी विषालु सर्प ।

गुर्र— क्रि॰ वि॰ [अ॰ मू॰ गुर्+र] गुडेको शब्द सुनिने गरी (कुनै वस्तु॰; कराएको वा गर्जेको आवाज आउने गरी (पेट कराउने, बाघ–भालु गर्जने, बादल गड्कने आदि किसिम॰ । > गुर्रागुर्री— ना॰ परस्परमा आवेशपूर्वक देखाउने आक्रोश; बार्रबुर्र । गुर्रिनु— अ॰ क्रि॰ १. गुरगुर शब्द गर्नु; वायुविकारले पेट कराउनु । २. बाघ, भालु आदि गर्जनु । ३. गोलो वा चक्कावाल वस्तु गुड्नु वा गुडेको आवाज आउनु । गुर्थ्याइ— ना॰ गर्रिने तथा गुर्थ्याइने भाव, क्रिया वा प्रक्रिया । गुर्थ्याइनु— क॰ क्रि॰ गुर्थ्याउने काम गरिनु; गुडाइनु । गुर्थ्याउनु— प्रे॰ क्रि॰ १. कुनै गोलो परेको वस्तुलाई गुडाउनु; हुत्त्याउनु; हुर्थ्याउनु । २. गुर्रिन लाउनु ।

गुलकन्द— ना॰ [फा॰] अत्तरगुलाफका पातहरू माडेर चिनीमा मली काँचको भाँडामा हालेर सूर्यपाकबारा तयार गरिएको सुगन्धित मुरब्बा ।

गुलजार— वि॰ [फा॰] १. चहलपहल वा रमिताले पूर्ण भएको (बस्ती, सहर आदि॰; हरिलोभरिलो तथा आकर्षक (खेती, बगैँचा आदि) । २. आनन्ददायक; शोभायुक्त; सुशोभित (घर, परिवार आदि॰ ।

गुलदस्ता— ना॰ [फा॰] फूल र पातहरू सजाई राम्ररी बाँधिएको सुन्दर गुच्छा वा झुप्पा ।

गुलबकावली— ना॰ [फा॰ गुल+सं॰ बकावली] धाप वा गिलो जमिनमा उम्रने, विभिन्न रबका लामा र सुगन्धित फूल फुल्ने एक बोट वा त्यसैको फूल ।

गुला— ना॰ [प्रा॰ गुलिओ पुरुषजातिको लिङ्गसँगै झुन्डिएर रहेको जोडी कोष; अण्डकोष; अण्ड; आँडो ।

गुलाफ— ना॰ [फा॰ गुलाबे १. एउटै भेट्नामा तीनचारवटा पात हुने, फेददेखि टुप्पासम्म डम्फरका जस्ता काँडा हुने, विभिन्न रबका सुगन्धी फूल फुल्ने बोट; अत्तर, सुगन्धी जल आदि बनाइने त्यसकै फूल । २. परिवार नियोजनका निम्ति गर्भनिरोध गर्न स्त्रीले खाने चक्की औषधीलाई दिइएको नाम; पिल्स । —

जल— ना॰ सुगन्धित द्रव्य मिसाई गुलाफको फूलबाट तयार गरिने अरक । ~ जामुन— ना॰ १. खुवा र मैदा मुछेको ससानो वा ठिक्कको डल्लो घिउमा पकाएर रातो–रातो भएपछि पागमा डुबाई तयार गरिने मिठाइ; लालमोहन । २. भित्र दुई फग्ल्याँटा परेको खैरो बियाँ हुने, पहेँलो अम्बाका रबको खाँदा गुलियो स्वाद हुने फल ।

गुलाफी— वि॰ [गुलाफ+ई] १. गुलाफजस्तो रबको; हल्का रातो रब भएको । २. गुलाफसम्बन्धी; गुलाफको । ३. हल्का; नजानिँदो छाँटको (घोचपेच, नशा, पीडा आदि) । ~ छेड— ना॰ बाहिर थाहै नपाइने, भित्र भने बिझ्ने किसिमले गरिने कुरो; चाल नपाउने किसिमले गरिएको व्यङ्ग्य; छड्के भनाइ ।

गुलाब— ना॰ [फा॰] हे॰ गुलाफ । — जल— ना॰ गुलाफजल । ~ जामुन— ना॰ गुलाफजामुन । ~ तकिया— ना॰ गाँजा काटेर मसिनो पार्ने प्रेमकटारीको अचानो । — पास— ना॰ गुलाफजल हालेर छर्कने सुराहीजस्तो सानो भाँडो । > गुलाबी— वि॰ हे॰ गुलाफी ।

गुलाम— ना॰ [अ॰] १. कमारो; दास । २. अधीनस्थ व्यक्ति; ऐँचमा परेको मान्छे । ३. दहर र मिमका बीचको एघार फुट्टीलाई सङ्केत गर्ने तासको पत्ती । ~ चोर— ना॰ तास खेलमा पत्ती थुत्दै जाँदा अन्तिममा जससँग गुलाम बाँकी रहन्छ उसले हार्ने एक खेल । > गुलामी— ना॰ गुलाम हुनाको भाव वा अवस्था; दासता ।

गुलियो— ना॰ [सं॰ गुल्ये १. मिस्री, चिनी, मह आदिको स्वाद । वि॰ २. त्यस्तो स्वादको; मधुर; मीठो । ~ गोलकाँक्री— ना॰ तीनकुने पात हुने, लामा नङ्ग्रा निस्कने, पहेँला फूल फुल्ने, काँचामा हरिया र पाक्ता राता हुने र फल फल्ने एक लहरो; सोही लहरामा फलेको फल ।

गुलुब— ना॰ [अङ्॰ ग्लोबे बिजुली, टर्चलाइट आदिको बत्ती बल्ने चिम; बल्ब ।

गुलेर— ना॰ एक प्रकारको बोट वा त्यसैको फल ।

गुलेली— ना॰ [फा॰ गिलूले १. दुईचोके सानो काठमा रबरको फित्ता लगाई हातले तन्काएर मट्याङ्ग्रा हुर्थ्याई चराचुरुङ्गीको सिकार गरिने अस्त्र । २. चोयाको ताँदो लाएर मट्याङ्ग्राले हानी चराचुरुङ्गीको सिकार गरिने धनुष ।

गुलो— ना॰ गुलाको एक वचनको रूप ।

गुल्ट–नु— अ॰ क्रि॰ [गुन्टो+नु] १. थाहै नपाई एक्कासि लड्नु; पछारिनु; घुसमुन्टिनु । २. उत्तानो टाब हुनु; उभिन्डिनु । ३. प्रयास खेर जानु; फेल हुनु । ४. पराजित हुनु; हार्नु । ५. मर्नु; जिब्रो टोक्नु । ६.सखाप हुनु; बिग्रनु; नष्ट हुनु । > गुल्टाइ— ना॰ गुल्टने वा गुल्टाउने क्रिया–प्रक्रिया । गुल्टाइनु— क॰ क्रि॰ गुल्टने पारिनु; गुल्ट्याइनु । गुल्टाउनु— प्रे॰ क्रि॰ गुल्टने पार्नु; गुल्ट्याउनु । गुल्टिनु— अ॰ क्रि॰ १. अचानक लड्नु; पछारिनु । २. मुन्टाको भर पर्नु; उभिन्डिनु । ३. असफल हुनु; फेल हुनु । ४. हार्नु । ५. मर्नु । ६. बिग्रनु; नष्ट हुनु । गुल्ट्याइ— ना॰ गुल्टिने क्रिया वा प्रक्रिया । गुल्ट्याउनु— प्रे॰ क्रि॰ १. पछार्नु; लडाउनु । २. मुन्ट्याउनु; उभिन्ड्याउनु । ३. हराउनु; पराजित गर्नु । गुल्ट्याहट— ना॰ गुल्टिने स्थिति वा क्रिया–प्रक्रिया; गुल्ट्याइ ।

गुल्म— ना॰ [सं॰] १. एकै फेदबाट धेरै हाँगा निस्कने बोट (उखु, बाँस, धान आदि) । २. नौवटा हात्ती, नौवटा रथ, सत्ताइसवटा घोडा र पैँतालीसवटा पैदल सिपाही रहने, प्राचीन कालको सैनिक एकाइ; सेनाहरूको एक गण । ३. एक सुरक्षा चौकी । ४. वात, कफ, पित्त आदिका विकारबाट पेटभित्र वायुको गोला जम्ने रोग; वायुगोला; गानुगोला ।

गुल्मी— ना॰ नेपालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने लुम्बिनी अञ्चलको पहाडी भेगमा रहेको एक जिल्ला ।

गुह— ना॰ [सं॰] १. निषाद जातिको एक नायक तथा रामका वनवासकालको एक मित्र । २. गुफा; कन्दरा । ३. कार्तिकेय; कुमार । ४. विष्णु ।

गुहा— ना॰ [सं॰] गुफा; कन्दरा; ओडार ।

गुहाई— ना॰ [फा॰ गवाही] साक्षी; गवाही ।

गुहायुग— ना॰ [सं॰] मान्छेले कन्दरा र ओडारमा वास गर्न थालेपछिको युग; पुरातात्त्विक प्रागैतिहासिक युग ।

गुहार्–नु— स॰ क्रि॰ [गुहार्+नु] आपद् पर्दा मदतका लागि पुकार गर्नु; सहायता माग्नु ।

गुहार— ना॰ [सं॰ गोहारे १. अपर्झट कुनै दुर्घटना वा विपत्ति पर्दा मदतका निम्ति पुकारिने शब्द; दुहाई । २. मदत; सहायता; सघाउपघाउ ।

गुहाराइ— [रू गुहार्(+आइ॰] गुहार्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] गुहारिनु— क॰ क्रि॰ गुहार मागिनु; गुहार्ने काम गरिनु ।

गुहु— ना॰ [प्रा॰ गूहे पेटमा खानेकुरा पचिसकेपछि गुदबारबाट ६याँकिने मल; विष्ठा; टट्टी; दिसा; आची । — धाई— ना॰ १. बालकहरूको स्याहारसुसार गर्ने स्त्री; आइमाई धरालो । २. केटाकेटीका थाङ्नाथरा धुने स्वास्नीमानिस ।

गुहे— वि॰ [गुहु+ए] १. गुहुजस्तो फोहर; घिनलाग्दो । २. गुहुको; गुहुसम्बन्धी । ~ किरो— ना॰ गुहुमा उब्जिने र गुहुमै दुलो पारेर बस्ने, भमरोजस्तो कालो रबको कीरो; गैँडेकीरो । ~ चाँचर— ना॰ खोलानालाका किनारमा बस्ने एक जातको चाँचर चरो । ~ चिल— ना॰ चुच्चो पहेँलो र शरीर प्रायः सेतो हुने, दिनमा आँखा नदेख्ने, लाटोकोसेरोभन्दा केही ठूलो चील; हुचील । ~ थाङ्ना— ना॰ कोक्रो नछोडेको केटाकेटीका थाङ्ना; गुहु–मूतले मुछिएको थाङ्ना । ~ धन्दा— ना॰ मन नपर्ने खालको साधारण काम; झन्झटलाग्दो सानोतिनो काम ।

गुहेली— ना॰ केही ठूलठूला पात हुने, काठको जुवा बनाइने, मसिना पहेँला फल फल्ने एक रूख वा त्यसै रूखको पाक्ता रातो रब र गुलियो स्वाद हुने फल; गुएलो ।

गुह्य— वि॰ [सं॰] १. छिपाउनुपर्ने; लुकाउन लायक; गोप्य । २. मुस्किलले मात्र बुझ्न सकिने; रहस्यपूर्ण; गूढ । ३. लुकेको; छिपेको; गुप्त । — काली— ना॰ हे॰ गुह्येश्वरी । — बार— ना॰ १. मल त्याग्ने इन्द्रिय; गुदबार । २. कसैले चाल नपाउने ढोका; गुप्तबार ।

गुह्यान— ना॰ [गुहु+यान] गुहु नै गुहु भएको ठाउँ; फोहर ।

गुह्येश्वरी— ना॰ [सं॰] सतीदेवीको गुह्यपतन भएर देवी शक्ति उत्पन्न भएकी मानिने, काठमाडौँको पूर्वी भागमा पर्ने बाग्मती नदीका दक्षिण किनारमा स्थित प्रसिद्ध पीठ वा ठाउँ; गुह्यकाली ।

गूढ— वि॰ [सं॰] १. लुकेको; गुप्त । २. छोपिएको; ढाकिएको । ३. विशेष अभिप्राय लुकेको; वास्तविक अर्थ छिपेको; अर्थगर्भित । — ता— ना॰ गूढ हुनाको भाव वा अवस्था । — त्व— ना॰ गूढता । ~ पुरुष— ना॰ गुप्त रहस्य पत्ता लगाउन खटिएको पुरुष; गुप्तचर; जासुस; गुप्ती पुलिस । ~ मार्ग— ना॰ १. गुप्त बाटो । २. किल्ला, दरबार आदिबाट शत्रुले थाहा नपाउने गरी सुटुक्क भाग्नका निम्ति भुईंभित्रभित्रै खनेर बनाइएको सुरुब । >

गूढाशय— वि॰ १. बुझ्न कठिन; गम्भीर अभिप्राय भएको । ना॰ २. भित्री अर्थ ।

गृध्ा्र— वि॰ [सं॰] १. लोभी; लोलुप; लालची । ना॰ २. गिद्ध । — पति/राज— ना॰ गिद्धको राजा; जटायु ।

गृह— ना॰ [सं॰] १. घर; वासस्थान; बासो । २. स्वास्नी; पत्नी । ३. स्वदेश । ~ उद्योग— ना॰ घरैमा बसी–बसी गरिने वा गर्न सकिने उद्योग; घरेलु उद्योग । ~ कर्म— ना॰ १. गृहस्थीले गर्नुपर्ने काम; गृहकार्य । २. घरेलु धन्दा; घरेलु काम । ~ कलह— ना॰ १. घरझगडा; पारिवारिक कलह । २. राष्ट्रभित्र जाति, धर्म वा अन्य कारणबाट सत्ताका निम्ति उठेको झगडा । — कार्य— ना॰ १. घरमा गरिने काम; घरको कामकाज; घरधन्दा; घरायसी कामकाज; गृहकर्म । २. विद्यार्थीलाई घरमा गर्न दिइने वा लगाइने पढाइ, लेखाइ आदि काम । — जन— ना॰ घरको परिवार; कुलकुटुम्ब । ~ त्याग— ना॰ घर छोड्ने काम; गृहस्थाश्रमको त्याग । ~ देवता— ना॰ १. घरमा दैनिक पूजा गरिने देवता । २. कुलदेवता; वास्तुदेवता । — पति— ना॰ १. घरको मालिक वा स्वामी; घरपट्टी । २. गृहस्थ व्यक्ति; घरको मूली । — पाल— ना॰ १. घरको मालिक; गृहपति । २. घरको रखवारीका निम्ति पालिएको कुकुर । ३. चौकीदार । ~ प्रवेश— ना॰ शास्त्रोक्त विधिपूर्वक नयाँ घरमा प्रवेश गर्ने काम । ~ मन्त्री— ना॰ राज्य वा देशभित्रको आन्तरिक व्यवस्था तथा शान्ति–सुरक्षा कायम गर्ने मन्त्री; गृह–विभागको मन्त्री । — मेध— ना॰ गृहस्थीहरूले प्रतिदिन गर्नुपर्ने पञ्च महायज्ञ (देवयज्ञ, पितृयज्ञ, ब्रह्मयज्ञ, नृयज्ञ र भूतयज्ञ) । ~ युद्ध— ना॰ १. घरका परिवारहरूका बीचमा भएको बाझो; गृहकलह । २. कुनै देशका निवासीहरूका बीचको पारस्परिक युद्ध वा लडाइँ; आपसी झगडा । ~ रक्षक— ना॰ युद्ध वा देशव्यापी अशान्तिका अवस्थामा सहर, गाउँ, टोल, जिल्ला आदिको रक्षा गर्ने नागरिक सेनाका सदस्य । ~ लक्ष्मी— ना॰ १. घरकी लक्ष्मी । २. असल स्वभावकी गृहिणी; सुशीला गृहिणी । ~ वाटिका— ना॰ घरवरिपरि लगाइएको फलफूल आदिको बगैँचा; घरसँगैको फूलबारी; करेसाबारी । — वासी— वि॰ घरैमा बस्ने; घरगौँडे । ~ सन्न्यास— ना॰ १. घरैमा बसेर सन्न्यासी जीवन बिताउने काम । २. घरमा रहेर पनि गृहस्थीको बन्धनदेखि मुक्त रहनु । ~ सन्न्यासी— ना॰ १. गृहसन्न्यास लिने व्यक्ति । २. घरबाट बाहिर ननिस्कने प्रतिज्ञा लिएको व्यक्ति । ३. घरगौँडे । ४. घरैमा बसेर सबै काम गर्ने व्यक्ति । ~ सचिव— ना॰ गृह–मन्त्रालयको सचिव ।

गृहस्थ— वि॰ [सं॰] घरमा बस्ने; घरबार गरेर बस्ने; गृहस्थाश्रममा रहेको । — सूत्र— ना॰ गृहस्थका कर्म र संस्कार आदिका विधि– विधान लेखिएको वैदिक ग्रन्थ । > गृहस्थाश्रम— ना॰ घर, गृहस्थी गरेर बस्ने आश्रम; चार आश्रममध्येको दोस्रो आश्रम । गृहस्थी— ना॰ १. घरबार गरेर बस्ने व्यक्ति; गृहस्थाश्रममा रहेको व्यक्ति; गृहस्थ । २. घरको व्यवस्था; गृहस्थाश्रमको कामकाज; घरबार । ३. परिवार ।

गृहिणी— ना॰ [सं॰] १. घरकी मालिकनी; गृहस्वामिनी । २. पत्नी; स्वास्नी ।

गृहीत— वि॰ [सं॰] १. ग्रहण गरिएको; लिइएको । २. मन्जुर गरिएको; स्वीकृत । ३. उपलब्ध; प्राप्त । ४. जाने वा बुझेको । श्र गृहीतार्थ— वि॰ १. अर्थ लागेको; मतलब बुझिएको । २. जानेको; थाहा पाएको; ज्ञात ।

गृहोद्यान— ना॰ [सं॰] घरको बगैँचा; गृहवाटिका ।

गृहोपकरण— ना॰ [सं॰] घरगृहस्थीका निम्ति चाहिने मालसामान; गृहस्थीका मालमत्ता ।

गृह्य— वि॰ [सं॰] १. घर वा घरबारसँग सम्बन्धित; घरको । २. घरमा गरिने (कर्म) । ३. घरपाला; आश्रित ।

गेगर— ना॰ [सं॰ कर्करे १. ढुङ्गाका सानातिना टुक्रा; मसिना भएर टुक्रिएका ढुङ्गा । २. माटो जति पानीले पखालिसकेपछि बचेका मसिना ढुङ्गा वा खस्रा बालुवाका कण । > गेगरान— वि॰ ढुङ्गा वा इँटका टुक्रैटुक्रा भएको; ढुङ्ग्यान; ढुङ्गे (बाटो, जमिन॰रू

गेग्रिन— वि॰ [गेगर+इन] १. गेगर भएको; गेग्य्रान । ना॰ २. गेगर । ~ पाखो— ना॰ रूख, बुटा केही नभएको, खर मात्र पलाउने पाखो; गेगरैगेगर भएको; रूखबिरुवा नहुने सुक्खा जमिन ।

गेग्य्रान— वि॰ [गेगर+यान] हे॰ गेग्रान ।

गेडागुडी— ना॰ [रू गेडागेडी] चना, सिमी, केराउ, भटमास आदिका ठूलासाना गेडाको समूह; गेडागेडी ।

गेडी— ना॰ [गेडो+ई] १.सानो गेडो । २. दानु; गेडो (बालबोलीमा) । ३. शरीरका अङ्गहरूका हाडको जोर्नी । ४. पोतेका साथ उनेर लगाइने सुनको गहना (नौगेडी) । ५. मोटर, साइकल आदिको गति हलुको पार्दै गुड्न मदत गर्ने जोर्नीमा रहेका विभिन्न आकारका फलामका बाटुला टुक्रा । गेडे मल— ना॰ [गेडो+मल] सेतो, खैरो र कालो रबका ससाना दाना हुने तथा नाइट्रोजन, फसफोरस र पोटास तीन तत्त्व भएको रासायनिक मल (कम्प्लेक्स मल॰ ।

गेडो— ना॰ १. मकै, केराउ, सिमी, चना आदिको दाना; अन्नको सानो–ठूलो बीज । २. फल । — मुठो— ना॰ मुठीले सोहोर्न सकिने र औँलाले टिप्न सकिने अनाजका सबै दाना; गेडागेडी ।

गेमरा— हे॰ गेवँरा ।

गेय१— ना॰ [अ॰ गैजे मनमा दुःखपूर्वक लिइएको ईख; रिस, इबी । (उदा॰— तिमी मनमा गेय राख्छौ भने कसरी सँगै बस्नु <॰ ।

गेय२— वि॰ [सं॰] लयमा ढालेर गाउन सकिने; गाउन लायक; गाउन योग्य । ~ काव्य— ना॰ सङ्गीतको प्रधानता रहेको, प्रवाहमय तथा कविका आत्मानुभूतिले पूर्ण काव्य; काव्यत्व र गेयता समप्रधान रूपमा रहेको काव्य; प्रगीतकाव्य ।

गेयात्मक— वि॰ [सं॰] गीतितत्त्व प्रधान भएको; गेय गुण भएको (काव्य, कविता आदि) । — ता— ना॰ गेयात्मक हुनाको भाव, गुण वा स्थिति ।

गेरु— ना॰ [सं॰ गैरिके घर, कोठा र लुगा (प्रायः जोगीका॰ आदि रँगाउन प्रयोग गरिने फुस्रो रातो रबको खनिज वा रछाहा पहेँल्चो माटो । > गेरुवा— वि॰ गेरु रबको; गेरुले रँगाएको; गेरु रब पोतिएको ।

गेवँरा— ना॰ १. सेतो, मोटो, कमलो र स्वादिलो असल जातको उखु; गेमरा । २. अदुवाका जस्ता ठूलालाम्चा पात हुने, एक बर्खे बोट वा त्यसैको पहेँलो सेतो सुगन्धी फूल । ~ उखु— ना॰ सेतो कमलो उखु ।

गेह— ना॰ [सं॰] घर; गृह । > गेहिनी— ना॰ गृहिणी; पत्नी ।

गेहे— ना॰ हे॰ गेय ।

गैँची— ना॰ समुद्र वा ठूला नदीमा पाइने माछाको एक भेद ।

गैँडा— ना॰ [सं॰ गण्डके नाकको डँडाल्नीमा एउटा सिब हुने, ठूलो, भद्दा आकारको, शाकाहारी जङ्गली जनावर; खड्गी ।

गैँडे— वि॰ [गैँडा+ए] गैँडाजस्तो; मोटोघाटो भईकन पनि पुड्को । स्त्री॰ गैँडी । ~ किरो— ना॰ गोबरमा पैदा हुने भमराजस्तो कालो कीरो; गोब्रेकीरो; गुहेकीरो ।

गैँती— ना॰ जमेको हिउँ खनेर बाटो साफ गर्ने र माटो आदि उक्काउने काठको बिँड भएको चुच्चे फलामे हतियार ।

गैडु— ना॰ [सं॰ गोष्ठे लोकविश्वासअनुसार गाईबस्तुको रक्षाका निम्ति मार्गशुक्ल पूर्णिमाका दिन गोठमा पूजा गरिने देवता । ~ पूजा— ना॰ गैडु देवताको पूजा ।

गैमार— वि॰ रद्दी; बिकम्मा ।

गैर— ना॰ [अ॰ गैरे १. गयल; अनुपस्थिति । २. पदको अघिल्तिर जोडिई भिन्न वा बाहेक अर्थ बुझाउने शब्द (गैरसरकारी; गैरकानुनी, गैरनेपाली इ॰) । ~ कानुनी— वि॰ कानुनविरुद्ध वा कानुनबारा अपराध ठहरिने; अड्डा–अदालतमा मुद्दा चलाउन सकिने; अवैधानिक (व्यवहार, आचरण, काम–कुरा आदि॰ । ~ जिम्मेदार— वि॰ जिम्मेदारी नभएको; अनुत्तरदायी । ~ जिम्मेदारी— ना॰ जिम्मेदार नरहेको विषय; अनुत्तरदायित्व । ~ सरकारी— वि॰ सरकारको स्वामित्व नभएको; व्यक्ति वा व्यक्तिसमुदायमा निहित । ~ हाजिर— वि॰ हाजिर वा उपस्थित नभएको; गयल; अनुपस्थित । ~ हाजिरी— ना॰ अनुपस्थिति ।

गैरिक— ना॰ [सं॰] १. गेरु । २. सुन । वि॰ ३. गेरु रबको; गेरुवा ।

गैरी— वि॰ [गहिरो+ई] छेउछाउको जमिनको तुलनामा होचो; भासिएको; गहिरो; गैह्री । ~ खेत— ना॰ छिपछिपे भए पनि पानी जमिरहने खेत; कुलो लाग्ने असल खेत; गहिरी खेत । ~ जँघार— ना॰ कुनै नदी केही उठेको जमिनमा फैलिई पैदल वारपार गर्न सकिने ठाउँ । ~ जानु— टु॰ छोराछोरी नहुनु ।

गैरो— वि॰ [रू गहिरो] वरिपरि अग्लो भई बीचमा होचो भएको; खाडलजस्तो परेको; गहिरो; गैह्रो ।

गैवार— वि॰ [रू गँवारे काम नलाग्ने; रद्दी; बेकम्मा । २. फोहरी; घिनाहा । ३. कहिल्यै पानी नसुक्ने गह्रो (खेत॰; खाडी ।

गैह्र— वि॰ [अ॰ वगैरहे इत्यादि; जो भएको सबै; समस्त; जम्मै ।

गैह्री— वि॰ छेउछाउको जमिनको तुलनामा होचो; गहिरो; गैह्रो; गैरी । ~ खेत— ना॰ गैरी खेत; गहिरी खेत । ~ जँघार— ना॰ गैरी जँगार; गहिरी जँघार । ~ जानु— टु॰ बाँझी हुनु; गैरी जानु ।

गैह्रो— वि॰ गहिरो; गैरो ।

गोँज१— ना॰ [नेवा॰] मसानघाटमा मुर्दा पोल्ने काम गर्ने नेवारहरूको एक जात ।

गोँज२— ना॰ [सं॰ गोधो १. गोही; ग्राह । वि॰ २. गोज्याङ्ग्रो; लठेप्रो ।

गो— ना॰ [सं॰] १. गाई; गौ । २. पृथिवी । ३. गोरु । ४. इन्द्रिय । — कर्ण— ना॰ १. काठमाडौँको पूर्वोत्तरमा रहेको एक प्रसिद्ध तीर्थ; त्यस तीर्थमा स्थापित शिवलिङ्ग । २. गाईका जस्ता कान हुने एक मृग; गाईकाने बराँठ । ३. भागवतप्रसिद्ध धुन्धुकारीका भाइको नाम । ४. अङ्गुल वा मात्राको एघार गुनाबराबरको नाप । वि॰ ५. गाईका जस्ता कान हुने । — वmुल— ना॰ १. गाईको बथान; गोसमूह । २. यमुनाका तटमा रहेको एक प्रसिद्ध हिन्दूतीर्थ । ३. कानका लोतीमा लगाइने एक किसिमको सुनको गहना । गोकुल धूप— ना॰ [सं॰ गुग्गुल+धूप] मसिना पात, खैरा ससाना फूल र लाम्चा ठूला हरिया पात हुने एक रूख; त्यसै रूखको सुगन्धी खोटो वा धूप ।

गोकुले— वि॰ [गोकुल+ए] गोकुलजस्तो; गोकुलसँग सम्बन्धित ।

गोखरु/गोखुर— ना॰ [सं॰ गोक्षुरके १. गाईको खुर । २. ससाना पात हुने, सेतो फूल फुल्ने एक बोट वा त्यसैको काँढावाल फल ।

गोगन— ना॰ ठूलठूला र खस्रा पात हुने, गाईबस्तुले खाने, विशेष गरेर मध्य लेकमा पाइने एक जातको रूख । — पाते— वि॰ गोगन वृक्षका पातबाट बनेको (खोचो, दुना, टपरी आदि॰ ।

गोग्रास— ना॰ [सं॰] भोजन गर्न लाग्दा पहिले नै गाईलाई खुवाउनका निम्ति छुट्ट्याइने अन्न ।

गोघात— ना॰ [सं॰] गाई मार्ने काम; गोहत्या; गोवध । > गोघाती— वि॰ गाई मार्ने; गोवध गर्ने; गोहत्या गर्ने ।

गोचर— वि॰ [सं॰] १. इन्द्रियग्राह्य; इन्द्रियबारा जानिने । ना॰ २. इन्द्रियबारा ग्रहण गर्न सकिने वस्तु (रूप,रस, गन्ध,स्पर्श, शब्द आदि॰; इन्द्रियको विषय । ३. गाई चर्नका लागि छाडिएको जमिन; गौचर; गौचरन । ४. ज्योतिषशास्त्रअनुसार मानिसका नाउँका आधारमा गणना गरिने ग्रहको गति । ~ भूमि— ना॰ पत्थरका बसाहा वा त्रिशूलको स्थापना गरी गाईबस्तु चर्नका निम्ति छोडिएको जमिन; गौचर; गौचरन ।

गोचर्म— ना॰ [सं॰] १. गाईको छाला । २. चर्सा । ३. जमिन नाप्ने प्राचीन कालको एक थरी नाप ।

गोचारक— ना॰ [सं॰] गाई चराउने मानिस; गोठालो ।

गोचारण— ना॰ [सं॰] गाई चराउने काम; गोठालो लाग्ने काम ।

गोजिह्वा— ना॰ [सं॰] गाईको जिब्रोजस्तो पात हुने एक झार; गाईजिब्रे झार ।

गोजी— ना॰ १. भित्रपट्टि मसला हालेर बनाइने खुवाको रोटी । २. बगली; खल्ती; जेब । — चोलो— ना॰ गोजी वा खल्ती भएको चोलो । — भराइ— ना॰ लोग्नेले स्वास्नीलाई छाड्दा वा पारपाचुके गर्दा दिनुपर्ने रकम । > गोजेरो— ना॰ १. श्वासनलीको समानान्तर रहेको, खाएको कुरो पेटमा जाने नली । २. सिँघान । वि॰ ३. सिँघानेग् गोज्याङ्ग्रो ।

गोज्याङ्ग्रो— वि॰ राम्ररी बोल्न नजान्ने; लठेप्रो; ग्वाँजे; सिँघाने ।

गोटा१— ना॰ [सं॰] १. राम्राका लागि धोती वा पछ्यौराका छेउमा लगाइने सुनौला वा रूपौला तारले बुनेको फित्ता रू

गोटा२— ना॰ १. ओटा; थान; प्रति । २. कब्जियत भएको दिसा; डल्लो परेर गुइँठिएको दिसा; मट्याङ्ग्राका आकारमा पेटभित्र जमेको मल । ३. गाईभैँसीका थुनमा पघ्रनुभन्दा पहिले नै जमेको दूध । > गोटाउनु— स॰ क्रि॰ गाईभैँसीका थुन पुष्ट हुनु । —

गन्ती— ना॰ थानगन्ती । — गोटी— ना॰ छुट्टाछुट्टै; हरेक थान; एउटा–दुइटा; गोटागन्ती । > गोटिनु— क॰ क्रि॰ १. गोटा बाँधिनु; गोटा हुनु । २. भेला हुनु; बटुलिनु ।

गोटी— ना॰ [सं॰ गुटिको १. त्रिपासा, बुद्धिचाल आदि खेलमा चालिने गट्टा वा गुच्चा । २. माछा पक्रने जालका छेउछाउमा झुन्ड्याइने सिसा, फलाम आदिका गोली वा डल्ला । ३. पशुका घाँटीमा हुने एक किसिमको खटिरो वा रोग; फोको; गाँठो । ४. सानो गोल मिलेको गेडो; गोली । — चाल— ना॰ १. गोटी चालेर खेलिने एक प्रकारको खेल । २. गोटी चालेजस्तै गरेर बुद्धिविचार पुथ्याई गरिने काम ।

गोठ— ना॰ [सं॰ गोष्ठे पराल, खर, स्याउला आदिले छाएको गाईबस्तु राख्ने वा बाँध्ने घर; ठूलो कटेरो; गोशाला । — गाई— ना॰ गोठभरिको नाइके वा सेरा गाई; बथानको अगुवा गाई । —

धूप— ना॰ पशुधनको सुरक्षाको निम्ति गैडु देवतालाई धूपधुवाँर गरिने र खीर चढाइने पूजा । — पाला— वि॰ गोठ पाल्ने; गोठमा पालेको; गोठ राखेर पशुहरूको व्यवसाय गर्ने । — पालो— ना॰ गोठको पालो; धेरै गोठ भएका ठाउँमा पालोअनुसार एउटा गोठले गर्नुपर्ने काम ।

गोठाला— ना॰ [गोठालोको ति॰ ।)] हे॰ गोठालो । ~ खेताला— ना॰ गोठको काम गर्ने मानिस र खेतीमा काम गर्ने ज्यामी; साधारण श्रमिकवर्ग ।

गोठाली— ना॰ [गोठालो+ई] आइमाई गोठालो; गोठाल्नी । ~ घाँस— ना॰ एक अङ्गुल लामा पात हुने र मानिसले पनि खाने एक प्रकारको घाँस ।

गोठाले— वि॰ [गोठालो+ए] १. गोठालाको जस्तो स्वभाव भएको; गोठालोसम्बन्धी; गोठालोको काम गर्ने । २. ठूला र खस्रा पात हुने र खनिउँका जस्ता फल फल्ने एक जातको वनस्पति; खस्रेतो । ~ काँक्री— ना॰ गोलकाँक्रीका आकारको एक जातको हरियो फल । ~ चरो— ना॰ कोइलीका आकारको एक जातको चरो । ~ झार— ना॰ पहेँला फूल फुल्ने र खानसमेत हुने एक किसिमको भुइँझार । ~ साग— ना॰ दूधजस्तो चोप निस्कने लामा–लामा पात, सेता वा पहेँला फूल र सेतो मूला हुने एक प्रकारको झार; दुग्धफेनी ।

गोठालो— ना॰ [प्रा॰ गोट्ठालो < सं॰ गोष्ठपाले १. गाईबस्तुहरूको हेरचाह गर्ने व्यक्ति; गाईबस्तु हेर्ने वा चराउने मानिस । २. पछि–पछि लागेर हेरविचार गर्ने व्यक्ति; कुनै वस्तुको रखवारी गर्ने व्यक्ति; धरालो । स्त्री॰ गोठाल्नी ।

गोठे— वि॰ [गोठ+ए] गोठसम्बन्धी; गोठको । ~ च्याउ— ना॰ गोबरमा उम्रने च्याउ; गोब्रेच्याउ । ~ झाँक्री— ना॰ मध्य रातमा गोठालाले थाहा नपाउने गरी गोठगोठ डुल्ने झाँक्री । > गोठेरी— ना॰ १. पोकोपन्तरो; सानो पोको । २. गोठ बस्ने आइमाई । वि॰ ३. डल्ली; गान्टी । ~ लौरी— ना॰ १. औँलामा लौरो अड्याएर खेलिने केटाकेटीको एक खेल । क्रि॰ वि॰ २. गोठैपिच्छे ।

गोड्–नु— स॰ क्रि॰ [प्रा॰ गोड्ड+नु] बिरुवावरिपरिका झार वा घाँस उखेलेर उघारो पार्नु; बिरुवावरिपरिको माटो खनेर बिरुवामा उकेरा दिनु; गोडमेल गर्नु । > गोड— ना॰ वरिपरिको झार उखेली बोटबिरुवामा माटाले उकेरा दिने काम; गोड्ने काम; गोडमेल ।

गोडधुवा— ना॰ [गोडा+धुवो विवाहमा दुलहा–दुलहीका गोडा धुँदा दुलहीपक्षबाट दिइने उपहारका वस्तु वा रुपियाँ–पैसा ।

गोडमेल— ना॰ [गोड+मेले १. बोटबिरुवामा उकेरा दिने वा बालीनालीका वरिपरिका झारपात उखेलेर साफ गर्ने काम; गोड्ने र मिलाउने काम । २. आ६नो काम फत्ते पार्न अरूलाई फकाइफुलाइ गर्ने काम ।

गोडा— ना॰ [गोडोको ब॰ व॰ वा ति॰ ।)] खुट्टा; हे॰ गोडो ।

गोडाइ— ना॰ [रू गोड्(+आइ॰] गोड्ने क्रिया वा प्रक्रिया । [ > ] गोडाइनु— क॰ क्रि॰ गोड्न लाइनु । गोडाउनु— प्रे॰ क्रि॰ गोड्न लाउनु; गोडमेल गराउनु ।

गोडायत— ना॰ [फा॰ गोइन्दे गाउँको चौकीदार; गोडैत ।

गोडि–नु— क॰ क्रि॰ [गोड्+इ+नु] गोड्ने काम गरिनु ।

गोडी— ना॰ [गोडा+ई] गोडा (बालबोलीमा॰ ।

गोडैत— ना॰हे॰ गोडायत ।

गोडो— ना॰ [प्रा॰ गोडे खुट्टो; पाउ; पयर ।

गोत— ना॰ [प्रा॰ गोत्त < सं॰ गोत्रे १. गोत्र; पुर्ख्यौली । २. कुल; वंश; गोती । ३. गोता । > गोता— ना॰ पुर्खासँग मिल्दो स्वरूप वा गुण; गोत (बाबुगोता गएको, आमागोता गएको, नाता र गोता इ॰) ।

गोता— ना॰ [अ॰ गोते १. पानीमा डुब्ने काम; डुबुल्की । २. हैरानी; शासना । — खोर— वि॰ डुब्ने; डुबुल्की मार्ने ।

गोताले— वि॰ [गोत्र+आले] सन्तानी ।

गोतिया— वि॰ [गोत्र+इयो एकै गोत्रको; गोत्र मिल्दो; सगोत्री; गोतियार; गोती ।

गोतियार— ना॰ [गोत+ इयारे एकै गोत्रको; गोत्र मिल्दो; सगोत्री; गोतिया; गोती ।

गोती— वि॰ [प्रा॰ गोत्तीअ < सं॰ गोत्रिके १. एकै गोत्रकोग्सगोत्री; गोतिया; गोतियार रू२. उस्तै स्वभावको; अनुहार मिल्दो । ना॰ ३. अपर्झट पर्ने डरको कारण । (उदा॰— तिम्रा गोतीले बिताइहाल्यो नि ।) स्त्री॰ गोतिनी ।

गोतीर्थ— ना॰ [सं॰] गोठ; गोशाला ।

गोतुल— ना॰ १. नाच्ने र गाउने घर; नृत्य तथा सङ्गीत–सदन । २. रोदीघर ।

गोत्र— ना॰ [सं॰] १. वंशप्रवर्तक ऋषिमुनिहरूका नामबाट चलि– आएको पुर्ख्यौली चिनाउने उपनाम (कौडिण्य, कश्यप, वसिष्ठ, भारबाज इ॰) । २. वंश; कुल; पुर्ख्यौली । ३. जाति; वर्ग । ४. सन्तान । ५. नाम; संज्ञा । ६. गाईलाई रक्षा गर्ने व्यक्ति; गोरक्षक । ७. पृथ्वी । — पट— ना॰ वंशावली । ~ प्रवर्तक— वि॰ गोत्र चलाउने; वंशका आदिपुरुष मानिने (वसिष्ठ, भारबाज, काश्यप, अत्रि, विश्वामित्र, गर्ग इ॰) । > गोत्रिक— वि॰ गोत्रसँग सम्बन्धित; गोत्र मिल्दो; एकै गोत्रको; सगोत्री । गोत्री/गोत्रीय— वि॰ एउटै गोत्रको; सगोत्री; गोती ।

गोथेली— ना॰ जर्मनेली शाखामा पर्ने एक भाषा ।

गोद्–नु— स॰ क्रि॰ [सं॰ गुर्द+नु] १. लात्तीले हान्नु; लट्ठी वा हातले पिट्नु; खाँद्नु; ठोक्नु; भकुर्नु । २. घोच्नु; गाड्नु । > गोदगाद— ना॰ गोद्नेवर्ने काम । गोदना— ना॰ नीर वा कोइला हालेको पानीमा डुबाइएका सियाले शरीरमा खोपेर बनाइने विशिष्ट आकृति वा शृङ्गारिक बुट्टा । गोदाइ— ना॰ गोद्ने भाव, क्रिया वा प्रक्रिया । गोदाइनु— क॰ क्रि॰ गोद्न लाइनु । गोदाउनु— प्रे॰ क्रि॰ गोद्न लाउनु; ठोकाउनु । गोदागोद— ना॰ परस्परको गोदाइ; कुटाकुट; खाँदाखाँद ।

गोदान— ना॰ [सं॰] १. कुनै विशेष मङ्गल–कार्यमा वा अवसरमा प्रायश्चित्त आदिका निम्ति शास्त्रीय विधिअनुसार सङ्कल्प गरेर ब्राह्मणलाई गाईदान गर्ने क्रिया वा व्यवस्था; गौदान । २. ब्राह्मणका षोडश संस्कारमध्ये एक; क्षौरकर्म; छेवर ।

गोदाम— ना॰ [अङ्॰ गोडाउने बिक्री गर्ने जिन्सी मालसामान आदि प्रशस्त मात्रामा राख्ने घर वा टहरो । ~ घर— ना॰ गोदाम रहेको ठाउँ वा घर ।

गोदावरी१— ना॰ [सं॰] १. बाग्मती अञ्चलको ललितपुर सहरका आग्नेय कोणमा रहेको हरेक बाह्र वर्षमा मेला लाग्ने एक प्रसिद्ध तीर्थ । २. दक्षिण भारतमा रहेको एक प्रसिद्ध नदी; हिन्दूहरूका पवित्र सात नदीमध्ये एक रू

गोदावरी२— ना॰ [फा॰ गुलदाउदी] कुना–कुना परेका नरम, भुवादार पात हुने र शरद् ऋतुमा केस्रादार सेता, पहेँला फूल फुल्ने एक बोट तथा त्यसैको फूल ।

गोदाहा— वि॰ [गोद्+आहो गोद्न सक्ने; गोद्ने स्वभावको ।

गोदि–नु— क॰ क्रि॰ [गोद्+इ+नु] गोद्ने काम गरिनु ।

गोदोहनी— ना॰ [सं॰] गाई दुहुने भाँडा; गबुवा; दुधेरो; ढुङ्ग्रो ।

गोद्दे— ना॰ हक्कीजस्तो एक प्रकारको खेल ।

गोधन— ना॰ [सं॰] गाईबस्तु आदि धन; पशुधन ।

गोधूलि— ना॰ [सं॰] वनमा चरेर घाम डुब्ने बेला गोठतिर फर्केका गाईका खुरले उडाएको धूलो, शुभ कार्यका निम्ति उपयुक्त मानिने धूलो; घाम डाँडामा बस्ने बेला भएको समय; प्रसिद्ध एक मुहूर्त ।

गोप— ना॰ [सं॰] १. गाई पाल्ने व्यक्ति; गोपाल । २. गाईको रक्षा गर्ने व्यक्ति; गोरक्षक । ३. गोशालाको मालिक; गोठालो । ४. नायक । ५. राजा ।

गोपति— ना॰ [सं॰] १. गाईको मालिक; गाईको धनी । २. साँढे । ३. शिव । ४. सूर्य ।

गोपन— ना॰ [सं॰] १. लुकाउने वा छिपाउने काम; ढकाइ; छोपाइ । २. पाल्ने काम; रक्षा ।

गोपनीय— वि॰ [सं॰] १. खास व्यक्ति, वर्ग वा समूहदेखि बाहिर नजाओस् भनी लुकाएर राख्न आवश्यक; छिपाउन लायक । २. प्रकट गर्न नहुने (वस्तु, काम, कुरो वा रहस्य) । ३. पाल्न योग्य; रक्षणीय । — ता— ना॰ गोपनीय रहनाको भाव वा अवस्था ।

गोपा— ना॰ [सं॰] १. गोप–जातिकी स्त्री । २. गोठाल्नी; गाई पाल्ने स्त्री । ३. गौतमबुद्धकी पत्नी; यशोधरा । ४. श्यामालता; कालीलहरो ।

गोपाल— ना॰ [सं॰] १. गाई पाल्ने व्यक्ति वा गाईको धनी; ग्वाला; गोठालो । २. श्रीकृष्ण । ३. नेपालको प्रथम एक राजवंश ।

गोपाष्टमी— ना॰ [सं॰] गोपूजन, गोप्रदक्षिणा आदिको माहात्म्य भएको कार्तिक शुक्ल अष्टमी तिथि ।

गोपिका— ना॰ [सं॰] १. गोपजातिकी स्त्री; गोपिनी । वि॰ २. पालनपोषण गर्ने; संरक्षिका; धाई ।

गोपिनी— ना॰ [सं॰ गोपी] १. गोपस्त्री; गोपी; गोपिका । २. श्रीकृष्णकी प्रेमिका । ३. गोठाल्नी ।

गोपी— ना॰ [सं॰] गोपजातिकी स्त्री; गोपिका । ~ चन्दन— ना॰ बारकाका सरोवरमा पाइने, वैष्णवहरूले तिलक लगाउने पहेँलो भावको माटो । ~ बाँस— ना॰ बाँसुरी तथा मुरली बनाउन प्रयोग गरिने सानो र पातलो खालको बाँस; गोपेबाँस ।

गोपुर— ना॰ [सं॰] १. सहर, किल्ला, दरबार, मन्दिर आदिको अग्लो ठूलो ढोका; मुख्य ढोका । २. गोलोक; स्वर्ग ।

गोपे— ना॰ [सं॰ गोपे निगालाका जातको एक बुटो । ~ बाँस— ना॰ हे॰ गोपीबाँस । ~ लौरी— ना॰ अरूले गोडाका लट्ठीलाई आ६ना लट्ठीले ढाली खप्ट्याउन सकेमा ढाल्ने व्यक्तिले ढालेको लट्ठी काट्न पाउने एक खेल ।

गोप्य— वि॰ [सं॰] १. लुकाउन लायक; गोपनीय । २. रक्षा गर्न लायक; रक्षणीय । — ता— ना॰ हे॰ गोपनीयता । ~ रिपोर्ट— ना॰ सम्बन्धित व्यक्तिले बाहेक अरूले थाहा नपाउने गरी पठाइएको विशेष कुरा वा जाहेरी ।

गोप्राणी— वि॰ [सं॰] गाईप्राणी; गौप्राणी; साह्रै सोझो; अति सज्जन; निरीह ।

गो६ले— वि॰ भद्दा किसिमको; नसुहाउँदो खालको मोटो; ग्वाँचे ।

गोबर— ना॰ [सं॰ गोबिष्टो १. गाईको मल; गोमय (लिपपोत, शुद्धता आदि धार्मिक दृष्टिमा) । २. गाई, गोरु, भैँसी, राँगा आदिको मल (सामान्य प्रचलित अर्थमा) । ~ गणेश— वि॰ गोबरले बनाएको गणेशझैँ भद्दा किसिमको; केही नजान्ने; बुद्धि नभएको; हरिलट्ठक; डुकुलन्ठ; बुद्धू; शुद्धबुद्ध । ~ ग्याँस— ना॰ गाई–भैँसीको गोबरलाई विशेष रूपमा पाक गराएर मल तयार गर्ने र बत्ती, चुलो आदिको काम चलाउनाका निम्ति ग्याँस पैदा गरिने

 सानोतिनो उद्योग । ~ मल— ना॰ गाई–भैँसी आदिको गोबरमा घाँसपात,

स्याउला आदि सडाएर तयार पारिएको मल । >

गोबरी— १. ना॰ गोबर र माटो मिलाएर गरिने लिपाइ वा पोताइ । २. वि॰ गोबरले पोतिएको ।

गोब्रे— वि॰ [गोबर+ए] १. बुद्धू; गोबरगणेश । २. भद्दा किसिमको मोटो; गो६ले । ३. गोबरसम्बन्धी; गोबरजस्तो । ~ किरो— ना॰ गोबरमा पैदा हुने र गोबरमै खेल्ने एक कीरो । ~ चाँप— ना॰ पहेँलो फूल फुल्ने एक जातको चाँप । ~ च्याउ— ना॰ गोबरमा उम्रने, खैरो वा सेतो रबको एक जातको च्याउ । ~ झार— ना॰ ठूलठूला खस्रा पात र गोलभेँडाजस्ता फल फल्ने बर्खाका समयमा पलाउने एक जातको घाँसपात । ~ पालुङ्गो— ना॰ हिलामा उम्रने वा पलाउने ठूलठूला पात भएको पालुङ्गो साग; हिलेपालुङ्गो । ~ प्वाल— ना॰ गोठबाट गोबर बाहिर फाल्न गाह्रो वा फरिकामा बनाइएको प्वाल; गोबर फाल्ने दुलो । ~

मल— ना॰ गाईबस्तुका गोबरको मल । ~ मसी— ना॰ ध्वाँसो वा मोसोबाट तयार हुने कालो वा फुस्रो मसी । ~ सल्लो— ना॰ गोबरको थासोजस्तो फल फल्ने एक जातको सल्लो ।

गोब्य्राइ— ना॰ [रू गोब्य्राउ(+आइ॰] गोब्य्राउने क्रिया वा प्रक्रिया । [ > ] गोब्य्राइनु— क॰ क्रि॰ गोब्य्राउने काम गरिनु ।

गोब्य्राउ–नु— स॰ क्रि॰ [गोबर+याउ+नु] गाई–भैँसीले बिस्ट्याउने काम गर्नु; गाई–भैँसीले हग्नु ।

गोभ्–नु— स॰ क्रि॰ [सं॰ गुम्फ+नु] १. कुनै वस्तुमा हतियार आदिले घोप्नु वा घोच्नु । २. खोप्नु; छेड्नु । > गोभाइ— ना॰ गोभ्ने क्रिया वा प्रक्रिया । गोभाइनु— क॰ क्रि॰ गोभ्न लाइनु ।

गोभाउनु— प्रे॰ क्रि॰ गोभ्न लाउनु; घोपाउनु । गोभिनु— क॰ क्रि॰ गोभ्ने पारिनु ।

गोभी— ना॰ काउली; कोपी (फूलगोभी, बन्दगोभी॰ ।

गोमटाँका— ना॰ सिलाइको एक प्रकार; खजुरटाँका ।

गोमन— ना॰ [सं॰ गोनसे रिसाउँदा फणा फिँजाउने कालो वा गहुँका रबको ज्यादै विषालु सर्प ।

गोमय— ना॰ [सं॰] गोबर ।

गोमुख— ना॰ [सं॰] १. गाईको जस्तो मुख भएको फुकेर बजाइने तामाको एक किसिमको बाजा; नरसिङ्गा । २. गाईका मुखका आकारको जपमाला हाल्ने थैलो; गोमुखी । > गोमुखी— ना॰ १. भन्टाका जस्ता पात र फूल हुने एक बुटी वा त्यसैको चुच्चो घुमेको लाम्चो फल । २. गाईका मुखका आकारको जपमाला हाल्ने थैलो; गोमुख । गोमुखे— ना॰ गोमुखी (बाजा॰ ।

गोमूत्र— ना॰ [सं॰] हिन्दूहरूमा पवित्र तथा अनेक रोगको औषधी मानिने गाईको मूत; गउँत । > गोमूत्रिका— ना॰ १. लहरेदार रेखाका रूपमा रहने वा बन्ध एक प्रकारको चित्रकाव्य । २. एक प्रकारको अङ्कन वा गुणन–रीति । ३. सुगन्धित बीज हुने एक प्रकारको घाँस; कुकुरबन्सो ।

गोमेद— ना॰ [सं॰] रातो–रातो परेको पहेँलो रब हुने एक प्रसिद्ध रत्न ।

गोमेध— ना॰ [सं॰] गोवध गरी सम्पन्न गरिने प्राचीन कालको एक वैदिक यज्ञ ।

गोयम— ना॰ अचार, मुरब्बा आदि हाल्ने चिनियाँ माटाको भाँडो ।

गोयात्रा— ना॰ [सं॰] भाद्र कृष्णप्रतिपदाका दिन हुने एक यात्रा; हे॰ गाईजात्रा ।

गोरक्ष— ना॰ [सं॰] १. गाई पाल्ने व्यक्ति; गोपाल । २. गोरखनाथ ।

गोरक्षक— ना॰ [सं॰] गाईको रक्षा गर्ने व्यक्ति; गाई पाल्ने व्यक्ति; गोप; ग्वाला; अहिर ।

गोरख— ना॰ [गोरखनाथ (योगी॰] गोरखनाथ । — काली— ना॰ गोरखा जिल्लाको सदर मुकाममा अवस्थित एक प्रसिद्ध देवी । — तुम्बा— ना॰ लौकाका जस्ता पात र सेता फूल हुने,लहरामा फल्ने, तरकारी खान हुने, लौकाजस्तै तर अलि डल्लो एक जातको फल । — धन्दा— ना॰ १. तारका धेरै मुन्द्रा वा काठका टुक्रा जुक्तिसाथ जोड्ने र छुट्ट्याउने बुद्धि–बलको खेल । २. गोरखनाथले निर्माण गरेको, मनलाई एकाग्र गराउने त्यस्तो धन्दा वा काम । ३. धेरै अलमलिनुपर्ने वा छुटकारा नपाइने झमेलाको काम; कोतेधन्दा ।

गोरखनाथ— ना॰ [सं॰ गोरक्षनाथे प्राचीन समयका एक प्रसिद्ध हठयोगी अवधूत महात्मा; कनफट्टा मत चलाउने नाथसम्प्रदायका एक प्रसिद्ध साधु; चौरासी सिद्धमध्ये एक; गोरक्षपा । ~ गुफा— ना॰ नेपालको गोरखा जिल्लामा पर्ने एक प्रसिद्ध गुफा । गोरख पन्थ— ना॰ [गोरख+पन्थ] सिद्ध एवं महात्मा गोरखनाथले चलाएको सम्प्रदाय वा मत । > गोरख पन्थी— ना॰ १. गोरखनाथले चलाएको मतको अनुयायी साधु; कनफट्टा जोगी । वि॰ २. गोरखसम्प्रदायको अनुयायी ।

गोरखपान— ना॰ [गोरखमुण्डी+पान] १. गोरखमुण्डी झार । २. सोही झारको पेय रस वा त्यसैलाई पिउने काम ।

गोरखमुण्डी— ना॰ हे॰ गोरखमुन्डी ।

गोरखमुन्डी— ना॰ [सं॰ गोरक्षमुण्डी] राता केसर, ससाना डल्ला फूल र मसिना पात हुने धातुवर्द्धक तथा सुशोधक आयुर्वेदिक एक झार ।

गोरखा— ना॰ [रू गोरखे नेपालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने गण्डकी अञ्चलको एक जिल्ला; गोर्खा । ~ दक्षिण बाहु— ना॰ वि॰ सं॰ १९५२ मा स्थापित विभिन्न श्रेणीमा विभक्त नेपालको राष्ट्रिय पदक । ~ दरबार— ना॰ नेपालको गोरखा जिल्लामा रहेको गोरखा राज्य खडा भएपछि गोरखाका राजाले निर्माण गरेको एक ऐतिहासिक दरबार । ~ पत्र— सं॰ १९५८ मा साप्ताहिकका रूपमा प्रकाशित हुन थालेको, त्यसपछि हप्तामा दुई पटक र त्यसपछि हप्तामा तीन पटक प्रकाशित हुँदै सं॰ २०१७ देखि दैनिक हुन पुगेको नेपाल सरकारको मुखपत्र ।

गोरखाली— वि॰ [गोरखा+ली] १. गोरखामा रहने; गोरखाको । २. गोरखा जिल्लाका निवासी । ना॰ ३. विदेशीहरूले वीरताको ख्याल गरी नेपालीहरूलाई भन्ने शब्द । गोरखे लहुरी— ना॰ [गोरखा+लहुरी] हे॰ गोर्खेलौरी ।

गोरम— ना॰ [सं॰ गुड+आम्र] काँचो आँपका चानामा मसला हाली पागमा पकाएको लेदो खाद्य पदार्थ ।

गोरस— ना॰ [सं॰] गाईका दूधबाट बन्ने पदार्थ (दूध, दही, मही, घिउ आदि॰ ।

गोरा— ना॰ [सं॰ गौरे १. युरोप, अमेरिका आदिका गौरवर्णका जाति । वि॰ २. गौर वा गोरो वर्ण भएको ।

गोराइ— ना॰ [गोरो+आइ] गोरो हुनाको भाव वा अवस्था; गोरोपन ।

गोराखिलो— वि॰ [गोरक्ष+इलो] धेरै दहीदूध खाएको; खाइलाग्दो । गोरा पल्टन— ना॰ [गोरा+पल्टन] अङ्ग्रेज आदि जातिको पल्टन वा सेना ।

गोरिल्ला— ना॰ [गुरिल्लो हे॰ गुरिल्ला ।

गोरु— ना॰ [सं॰ गोरूपे १. गाईको बाछो वा बहरलाई गाईका पछि लागेर दुर्बल होला र खेतीपातीको काम नदेला भनी सुमरेर बलिष्ठ राख्ने काम गरिएको घरपाला पशु; बयल । वि॰ २. अबुझ र सोझो; मूर्ख । ~ चुटाइ— ना॰ गोरुलाई चुटेजस्तो चुटाइ; साह्रै चर्को पिटाइ । ~ जोताइ— ना॰ गोरुलाई जस्तै रातोदिन काममा दल्ने काम; काममा दिइने सकस वा घोट्टा । ~ तिहार— ना॰ गोवर्धन पूजा र गोरुको पूजा गरिने भाइटीकाको अघिल्लो दिन; हलतिहार । — मुते— ना॰ १. एकप्रकारको झार । वि॰ २. बेकम्मा; रद्दी । ३. अबुझ; मूर्ख । ४.बाङ्गोटिङ्गो (गोरुमुते अक्षर आदि) । ~ मोलाइ— ना॰ नापजोख नगरी कुनै वस्तुको मोटामोटी मूल्य राख्ने काम; हचुवा । — सिङ्गे— १. वि॰ गोरुका सिबजस्तो आकारको ('`' अक्षर॰ । ना॰ २. पश्चिम तराईमा राजमार्गछेउमा रहेको यस नामको ठाउँ ।

गोरे— वि॰ [गोरो+ए] गोरो वर्ण भएको; गोरो छाला हुने ।

गोरेटो— ना॰ [गोडो+एटो] मानिस वा गाईगोरु आदि पशु ओहोरदोहोर गर्दा टेकिएर बनेको सानो वा झीनो बाटो; डोरेटो ।

गोरो— वि॰ [सं॰ गौरे श्वेतवर्ण भएको; सेतो रबको ।

गोरोचन/गोरोचना— ना॰ [सं॰] पहेँलो र सुगन्धी डाँठ हुने तथा घोटेर चन्दन बनाइने एक प्रकारको बुटी ।

गोर्खा— ना॰ [रू गोरखो हे॰ गोरखा । > गोर्खाली— वि॰ गोर्खाको; गोर्खामा रहने वा बस्ने; गोरखाली । गोर्खेउलो— वि॰ गोर्खा वा गोर्खालीसम्बन्धी; गोर्खालीको । गोर्खे लौरी— ना॰ [गोर्खा+लौरी] काँधमा र घुँडामुनि गरालो हालेर डोरीले बाँधी अपराधीलाई दिइने सजाय; गोरखेलहुरी ।

गोल१— वि॰ [सं॰] १. बाटुलो; वृत्ताकार; मण्डलाकार । ना॰ २. वृत्ताकारको बनोट वा रचना ।

गोल२— ना॰ [फा॰] १. समूह; जमात; झुन्ड । २. रक्तसम्बन्ध वा अन्य कुनै सम्बन्धसूत्रबारा बाँधिएको समूह । (उदा॰— गोल फुट्नु हुँदैन॰ ।

गोल३— ना॰ काठपात आदिलाई बाली खरानी हुन नपाउँदै आगो निभी वा निभाई बाँकी रहेको कालो पदार्थ; निभेको कोइला; अँगार ।

गोल४— ना॰ [अङ्॰] १. भकुन्डो, हकी आदिका खेलमैदानमा पक्षतर्फबाट सुरक्षा गरिएको तर विपक्षका खेलाडीहरूले विजयका निम्ति भकुन्डो आदि पुथ्याउनुपर्ने निर्धारित क्षेत्र वा ठाउँ । २. उक्त खेलहरूका खेलमैदानमा एक पक्षका खेलाडीबाट सुरक्षा गरिँदागरिँदै पनि अर्को पक्षका खेलाडीहरूले निर्धारित क्षेत्रमा भकुन्डो आदि पुथ्याई वा पसाई प्राप्त गरेको विजय (उदा॰— ठमेल एघारले सङ्कटा एघारका विरुद्ध खेल सुरु भएको पाँच मिनेटमै पहिलो गोल गथ्यो॰ ।

गोलक— ना॰ [सं॰] १. बाटुलो वा पिण्डाकार वस्तु । २. रुपियाँपैसा छिराउने प्वाल भएको कन्तुर; खुतुर्के; खुत्रुके । ३. विधवा स्त्रीले परपुरुषको सम्पर्कबाट पैदा गरेको छोरो; विधवाको जारज पुत्र ।

गोलकर्मी— ना॰ [गोल+कर्मी] दाउरा बालेर गोल बनाउने मान्छे; गोल पोल्ने व्यक्ति ।

गोलकाँक्री— ना॰ [गोल+काँक्री] परबरका जस्ता कोसा र काँक्राको जस्तै गुदी, बियाँ र स्वाद हुने नङ्ग्रादार एक लहरो वा त्यसैको सानो लाम्चो फल ।

गोलकोट— ना॰ [गोल+कोट] फ्रक, बेलबटम सुट, कुर्था आदिसँग लगाइने अगाडिको पाटा गोलाकार भएको प्रायः स्त्रीजातिको कोट ।

गोलगेडी— ना॰ [गोल+गेडी] छुनासाथ वा कुनै वस्तुमा ठोकिनासाथ गुच्चाजस्तो डल्लो पर्ने एक प्रकारको लाम्चो कीरो; बाघेकीरो ।

गोलघर— ना॰ [गोल+घर] १. बाटुलो वा वृत्ताकार घर । २. काठमाडौँको केन्द्रीय कारागारभित्र ज्यानमारा तथा महसुर डाकाहरूलाई कठोर सास्ती वा सजाय दिन जेलको माझमा बनाइएको पिँजराजस्तो साँघुरो खोर ।

गोलटोल— ना॰ [गोल+टोल] धेरै जना मिलेर बसेको गाउँ; मिलेर बसेका छरछिमेकी । गोलत किया— ना॰ [गोल+तकियो मूल तकियाको सहायक तकिया; गोलो तकिया वा सिरानी । गोल दारिम— ना॰ [गोल+दारिम] टिम्बुरका जस्ता साना दाना फल्ने काँडादार एक बोट; त्यसैको फल ।

गोलन्दाज— ना॰ [फा॰] ठीक ठाउँमा पर्ने अन्दाज गरी तोपबारा गोला प्रहार गर्ने व्यक्ति; तोप हान्ने मानिस ।

गोलफुकी— ना॰ [नेवा॰] भुटेर राम्ररी फूल उठाइएको चिनियाँ धानको खट्टे; सिरौँलाको खट्टे ।

गोलबद्ध— वि॰ गोलबन्द; एकताबद्ध ।

गोलबन्द— वि॰ एकताबद्ध ।

गोलबन्दी— ना॰ [गोल+बन्दी] १. वृत्ताकार घेरामा रहने वा बस्ने काम; गोलो आकारमा साँगुरिएर बस्ने वा त्यसरी राख्ने काम । २. विपक्षका विरुद्ध गरिने मोर्चाबन्दी । गोरखे

 गोल बोली— ना॰ [गोल+बोली] यही हो भनेर अर्थ किट्न नसकिने गरी

बोलिएको दोधारे कुरो; कुनै एक कुरालाई नखुट्ट्याई त्यस्ता मिल्दाजुल्दा अनेकौँ कुराको समावेश हुन सक्ने साझे बोली वा त्यस्तो लिखत ।

गोलभिँडा/गोलभेँडा— ना॰ [गोल+भन्टो आलुका जातका बोटमा फल्ने, खास गरी अचार र तरकारीका रूपमा खाइने,पाक्ता थोरै पहेँलो र धेरै रातो हुने प्रायः गोलो फल; टमाटर; रामभेँडा ।

गोलमटोल— वि॰ [गोल(बि॰)] १. अर्थ राम्ररी नखुलेको वा बुझ्न धौधौ पर्ने; अर्थ वा भावलाई भाँचकुँच पारिएको । २. एकभन्दा बढी अर्थ लाग्ने; अस्पष्ट ।

गोलमाल— ना॰ [गोल+माल] १.कुनै कामकुरामा हुन आएको गडबडी वा अव्यवस्था २. धेरै थरी वस्तुको छ्यासमिस; भद्रगोल । क्रि॰ वि॰ ३. तलमाथि पर्ने चाल; जथाभाबी ।

गोलमोल— ना॰ [गोल+मोल] १. सानाठूला सबै वस्तु मिलाइएको मूल्य; हचुवा मोल । वि॰ २. अस्पष्ट; नबुझिने ।

गोलयोग— ना॰ [सं॰] ज्योतिषशास्त्रअनुसार छ वा सातवटा ग्रह एकै ठाउँमा वरिपरि भएर बस्ता पर्ने अशुभ योग । गोल सन्जाप— ना॰ [गोल+सन्जाप] भोटो, लबेदा, चोलो आदिमा लगाइने डोलो आकारको सन्जाप (पाइपिब॰ ।

गोलसामी— ना॰ [गोल+सामी] खुर्सानी, बेसार, मसला, चिउरा आदि कुट्ने मुसलमा जोडिएको धार नभएको गोलो पाता; धार नभएको गोलो सामी ।

गोलसिमल— ना॰ प्रायः राति कराउने र लोककथामा प्रसिद्ध एक जातको बनैयाँ चरो । > गोलसिमले— वि॰ गोलसिमलजस्तो; गोलसिमलसम्बन्धी ।

गोला— वि॰ [सं॰ गोले १. बाटुलो; वृत्ताकार; गोलो । ना॰ २. कुनै पनि गोलो पदार्थ वा पिण्ड (भकुन्डो, अरिङ्गालको गोलो, भोगटेको दानु इ॰) । ३. हातैले वा तोप आदि कुनै प्रहारक अस्त्रका सहायताले हुत्त्याएर प्रहार गरिने गोलो विस्फोटक वस्तु । ४. वायुविकारबाट वा अन्य कारणबाट हुने पेटको रोग; वायुगोला; गानु । ५. थुप्रै अरिङ्गाल, मान्छे, कमिला आदि एकै ठाउँमा झुम्मिएको अवस्था; बाक्लो हूल । ६. अनाज आदिका व्यापारीको क्रयविक्रयको थलो । ७. बाँडफाँड, लेनदेन, छनोट वा चुनाउ आदिमा सामान्य प्रकारले छिनोफानो हुन नसक्ता निर्णयको लागि प्रयोग गरिने चिट्ठासँग मिल्दोजुल्दो पद्धति वा सोको साधन ।

गोलाइ— ना॰ [गोलो+आइ] गोल हुनाको स्थिति वा प्रक्रिया; बाटुलोपन; गोलो परेको रूप; गोलाकार ।

गोलाकार— वि॰ [गोल+आकार] गोलो आकारको; बाटुलो ।

गोलाबारी— ना॰ [गोल+अङ्॰ वारे दुस्मनको क्षेत्रमा आकाशमार्गबाट वा जमिनबाटै गरिने गोला, बम आदिको वर्षा । गोला बारुद— ना॰ [गोला+बारुद] १. गोला र बारुद । २. लडाइँमा शत्रुलाई नाश गर्ने एक प्रकारको अस्त्र ।

गोलार्द्ध/गोलार्ध— ना॰ [सं॰] १. कुनै गोलो वस्तुको आधा भाग; अर्धवृत्त । २. एक धु्रवदेखि अर्को धु्रवसम्म रेखा तानी पृथ्वीको मानचित्रलाई बीचमा काट्ता वा विषुवत् रेखाबारा छुट्ट्याउँदा हुने भूगोलको आधा भाग । (भूमध्यरेखाले पृथ्वीलाई उत्तरी र दक्षिणी गोलार्धमा विभाजित गर्छ भने खमध्य रेखाले पृथ्वीलाई पूर्वी तथा पश्चिमी गोलार्धमा बाँड्दछ॰ ।

गोलिँदो— वि॰ [गोलो+इँदो] गोलो हुने खालको; गोलो ढाँचाको ।

गोलि–नु— अ॰ क्रि॰ [गोलो+इ+नु] गोल हुनु; बाटुलो पर्नु; घेरा पर्नु ।

गोलिनु— ना॰ अल्लाका पाटले बुनेको ओछ्याउने दरी ।

गोलिया— ना॰ [गोलो+इयो रूख ढालेर टुक्य्राइएको गोलोगोलो मुढा ।

गोली— ना॰ [गोल+ई] १. सानो गोलाकार वस्तु । २. औषधी आदिको बुटी; टिकिया । ३. बन्दुक, पिस्तौल आदिमा भरेर हानिने सिसा आदि धातुको डल्लो वा लाम्चो साधन । ~ काण्ड— ना॰ १. दुई पक्षका बीचमा झगडा हुँदा परस्परमा गोली चल्ने काम । २. उत्तेजित रूपमा चर्किरहेको उग्र हूललाई शान्त पार्न वा दमन गर्नका लागि गोली चलेको घटना वा स्थिति । —

गट्ठा— ना॰ लगाइँका निम्ति आवश्यक गोली, बारुद आदि हतियार । — गाँठो— ना॰ खुट्टामा कुकुर्च्चाभन्दा केही मास्तिर उठेको दायाँबायाँको गोलाकार हाड । ~ धागो— ना॰ डल्लो पारी बेरेको लुगा आदि सिउने धागो ।

गोलुवा— ना॰ [गोलो+उवो १. गोलोगोलो गिँड बनाइएको काठ वा दाउरा । वि॰ २. गोल आकारको ।

गोलेँसो— ना॰ [गोल+एँसो] रुमालका चारै कुना बाँधेर पारिएको पोको । > गोले”स्याइ— ना॰ गोलेँसो पार्ने काम वा प्रक्रिया ।

गोलेँस्याइनु— क॰ क्रि॰ गोलेँसो पारिनु । गोले”स्याउनु— स॰ क्रि॰ रुमालका चार कुना बाँधी पोको पार्नु; गोलेँसो पार्नु; गोलेँसो बोक्नु । गोले”स्याहट— ना॰ गोलेँसो पार्ने काम ।

गोले— वि॰ [गोल+ए] १. गोलो वा बाटुलो भएको; गोलो परेको । गोल बेच्ने; कोइलाको बिक्री गर्ने ।

गोलैँची— ना॰ खस्रा, लाम्चा पात हुने, चाँपका आकारका कलेजी, टोटा परेका वा सेता रबका र बास्ना आउने फूल फुल्ने, डाँठबाट दूध निस्कने एक जातको बोट; त्यसैको फूल, चुवा ।

गोलो— ना॰ [सं॰ गोले १. धमिरा, कमिला, अरिङ्गाल आदि कीराको गुँड । वि॰ २. डोलो; गोल; बाटुलो ।

गोलोक— ना॰ [सं॰] गर्गसंहिताअनुसार कृष्णको प्रसिद्ध धाम वा वासस्थान ।

गोलोचन— गाईको मुखबाट ओकलिँदा निस्कने रौँको नरम गुजुल्टो ।

गोल्की— ना॰ [अङ्॰ गोलकीपरे भकुन्डो आदिका खेलमैदानमा गोल गरिने निश्चित ठाउँमा रहेर विपक्षका खेलाडीबाट हानिएको भकुन्डो आदिलाई निर्धारित गोलक्षेत्रमा छिर्न वा पस्न नदिने दायित्व लिएको पक्षतर्फको खेलाडी; गोलरक्षक । ~ बाजा— ना॰ बाँसको ढुङ्ग्राबाट निस्केको धागामा गट्टाले हानेर बजाइने एक गोल प्रकारको सहायक तालबाजा ।

गोल्टिन— ना॰ [गोल+टिन] बाटुलो टिनको डिब्बा; चुरोट हाल्ने टिनको बाटुलो वा गोलाकार बट्टा ।

गोल्ठे— वि॰ [गोल्ठो+ए] गोलागोला परेको; गोल्ठोजस्तो; गोल्ठो ।

गोल्ठो— वि॰ [गोल+ठो] गोलोगोलो आकारको; डल्लो र साह्रो ।

गोल्फु— ना॰ माटाको सानो घैँटो ।

गोल्फे— ना॰ तरकारी खान हुने एक प्रकारको सिमी ।

गोल्याँसो— ना॰ [गोल+याँसो] लुगाफाटाको पोको; कुटुरो ।

गोल्याइ— ना॰ [रू गोल्याउ(+आइ॰] गोल्याउने काम वा प्रक्रिया; गोलोपन; गोलाइ । [ > ] गोल्याइनु— क॰ क्रि॰ गोलाकार पारिनु; बाटुलो बनाइनु ।

गोल्याउनु— स॰ क्रि॰ [गोल+याउ+नु] १. गोलाकार पार्नु; बाटुलो बनाउनु । २. भेडा, बाख्रा, गाईबस्तु आदि समेटेर एकत्रित पार्नु । ३. आगोको बचाउका लागि बोर्सीमा अँगार, खरानी आदिलाई एक ठाउँमा समेट्नु । > गोल्याहा— वि॰ १. गोलो भएको; गोलो परेको । २. पूरा नसल्की आगो निभिहाल्ने; बढी गोल रहने ।

गोल्लाँडे— ना॰ [गोरु+लाँडे] पुरुषलाई गालीगलौजमा प्रयोग हुने अश्लील शब्द ।

गोवध— ना॰ [सं॰] हिन्दू धर्मअनुसार निषिद्ध मानिने गाई वा साँढे आदिको हत्या; गोहत्या; गोघात ।

गोवर्द्धन— ना॰ [सं॰] १. गाईगोरुको पालन र सुरक्षा गर्ने काम; गाईगोरुको सन्तान फैलाउने काम । २. पुराणअनुसार अतिवृष्टिबाट व्रजवासीहरूको रक्षाका निम्ति कृष्णले औँलामा उठाएको वृन्दावनको एक प्रसिद्ध पर्वत । ३. उक्त पर्वतको नजिकको बस्ती ।

गोविन्द— ना॰ [सं॰] १. परब्रह्म; परमात्मा । २. श्रीकृष्ण । ३. शङ्कराचार्यको गुरुको नाम । ४. गोठको मालिक । ~ बादशी— ना॰ फागुन महिनाका शुक्लपक्षको बादशी तिथि । ~ सिंह— एकजना सिक्ख गुरुको नाम ।

गोवैद्य— ना॰ [सं॰] १. पशुको चिकित्सा गर्ने वैद्य; पशु–चिकित्सक; पशुवैद्य । २. मूर्ख वा अज्ञानी चिकित्सक ।

गोशाला— ना॰ [सं॰] थुप्रै गाई पाल्ने र राख्ने ठाउँ; गोठ ।

गोष्ठ— ना॰ [सं॰] गाई रहने ठाउँ; गोशाला; गोठ ।

गोष्ठी— ना॰ [सं॰] १. कुनै विषयको विचारविमर्शका निम्ति बस्ने सम्बन्धित व्यक्ति वा विबान्हरूको औपचारिक बैठक वा सभा; वार्तालाप; परामर्श । २. थोरै मानिसहरूको सभा; सानो बैठक । ३. नौ–दस पुरुष पात्र र पाँच–सात स्त्री पात्र रहने रूपकको एक भेद । ~ पत्र— ना॰ गोष्ठीमा परामर्श वा छलफलका निम्ति तयार पारिएको कुनै निर्धारित विषयको गहकिलो लेख; कार्यपत्र ।

गोसाईं— ना॰ [सं॰ गोस्वामी] १. गेरुवा वस्त्र पहिरेर त्यागीझैँ देखिने र गृहस्थी जीवन नै व्यतीत गर्ने एक जाति; गोस्वामी । २. साधु–सन्न्यासी र त्यागीहरूलाई गरिने एक सम्बोधन; योगी; महन्त । ३. इन्द्रिय जित्ने व्यक्ति; जितेन्द्रिय । ४. मालिक; स्वामी । ५. ईश्वर । — वmुण्ड— ना॰ नेपालको बाग्मती अञ्चलअन्तर्गत रसुवा जिल्लामा पर्ने लामटाब हिमालका काखमा रहेको एक प्रसिद्ध तीर्थस्थल । (यो समुद्र सतहदेखि १०,०)॰ फिटभन्दा बढी अग्लाइमा रहेको छ र यस कुण्डको पूर्व र पश्चिममा सरस्वतीकुण्ड, भैरवकुण्ड, सूर्यकुण्ड, गणेशकुण्ड आदि नौ कुण्ड छन् । यस इलाकामा १०८ कुण्ड छन् भन्ने जनश्रुति पनि छ । यहाँ हरेक वर्ष दशहरा र जनैपूर्णिमामा ठूलो मेला लाग्छ) । —

थान— ना॰ गोसाईंकुण्ड ।

गोस्नौटी— ना॰ [गोस्नौटो+ई] १. कमाराकमारीले मालिककी छोरीलाई भन्ने शब्द । २. बिहामा लोकन्तीले दुलहीलाई भन्ने शब्द ।

गोस्नौटो— ना॰ १. कमाराकमारी वा दासदासीले आ६ना मालिकका छोराछोरीलाई लाउने साइनु । २. दुलहादुलहीलाई सम्बोधन गर्ने शब्द ।

गोस्वामी— ना॰ [ंसं॰] १. गाईको मालिक; गाई पाल्ने व्यक्ति । २. इन्द्रियलाई वश गर्ने; जितेन्द्रिय । ३. वैष्णवसम्प्रदायमा आचार्यका उत्तराधिकारी; माध्व, वल्लभ र निम्बार्क मतका वैष्णवहरूका महन्तले पाउने पदवी ।

गोस्वारा— वि॰ [फा॰ गोशवारो १. एउटै समूह वा समष्टिका रूपमा रहेको, गाभिएको वा मिलेको; सगोल; साझा (गोस्वारा दर्ता, गोस्वारा लगत इ॰) । २. प्रमुख; मुख्य; प्रथम तहको (गोस्वारा हुलाक, गोस्वारा भाउचर आदि॰ । ना॰ ३. पहिलेपहिले बडाहाकिम बस्ने र जिल्लाभरको शान्ति–सुरक्षासम्बन्धी काम गर्ने प्रशासनिक अड्डा । ~ धन— ना॰ सगोलमा रहेको सम्पत्ति । ~ भाउचर— ना॰ प्रत्येक विषयको आय–व्यय अलग–अलग रूपमा देखाइने सङ्क्षिप्त लेखोट । ~ हुलाक— ना॰ केन्द्रीय हुलाक अड्डा (जनरल पोस्ट अफिस॰ । > गोस्वारी/गोस्वारे— वि॰ १. गोस्वारासम्बन्धी; साझा; सगोलको । ना॰ २. एक प्रकारको गुलियो मिठाई ।

गोहत्या— ना॰ [सं॰] गोवध; गोघात ।

गोहार— ना॰ [सं॰] उहिले गाई हरेर लैजाँदा सहायता पाउन 'गाईको हरण भयो' भन्ने अर्थमा कराएर भनिने शब्द; गुहार ।

गोही— ना॰ [प्रा॰ गोहिआ < सं॰ गोधिको माउसुलीका ढबको तर ज्यादै ठूलो, पानीभित्र धेरै रहने, उभयचर, सपुच्छ एक जन्तु; सरीसृपसमूहको एक हिंस्रक भेद; घडियाल ।

गोहेलो— ना॰ [गोहो+एलो] मुसाका लिँडजस्तै मसिना काला गेडा फल्ने एक जातको सानो रूख ।

गोहो— ना॰ [सं॰ गोपथे १. गाई हिँड्दा बसेको डाम वा चिह्न । २. हिँडाइको डामग्पैतालाका छाप; पदचिह्न ।

गोहोरो— ना॰ [सं॰ गोधो करौँतीजस्तो पुच्छर हुने, छेपाराका ढबको ठूलो एक जङ्गली जन्तु ।

गौँडा— ना॰ [सं॰ गढे १. अक्कर परेको ठाउँ; असजिलो र अप्ठेरो ठाउँ । २. गढी बनाइएको ठाउँ । ३. पहिलेपहिले गोस्वारासरहको काम गर्ने पहाडी अड्डा (धनकुटा गौँडा, पाल्पा गौँडा आदि॰ वा त्यस अड्डाका मातहतको इलाका । ४. कसैको हैकम चल्ने ठाउँ । — को बाघ— ना॰ शरण नपरी सुखै नपाइने डरलाग्दो मानिस; कुनै खास ठाउँमा धाक जमाएर बसेको व्यक्ति । ~ गल्छे”डा— ना॰ १. मुस्किलसँग आवतजावत गर्न सकिने बाटोघाटो; गौँडो र गल्छेँडो । २. समाधान वा निर्णयमा पुग्न अप्ठेरो पर्ने समस्या । ~ गोस्वारा— ना॰ वर्तमान प्रशासनिक सुधारभन्दा पहिले पहाड र मधेसमा शान्तिसुरक्षा आदिको काम गर्ने मुख्य अड्डा; गौँडा र गोस्वारा ।

गौँडे— वि॰ [गौँडो+ए] १. गौँडो ढुकेर बस्ने; गौँडामा बस्ने (चोर) । २. गौँडोसम्बन्धी; गौँडाको ।

गौँडो— ना॰ [प्रा॰ गड्डो] १. अन्तबाट जान नसकी त्यसै ठाउँबाट मात्र आवतजावत गर्नुपर्ने ठाउँ । २. घरबाट मूलबाटामा निस्कने सानो गोरेटो । ३. बाघ आदि वन्यजन्तुलाई पासो वा खोर थाप्ने ठाउँ ।

गौँत— ना॰ [सं॰ गोमूत्रे १. हे॰ गउँत । गौ”त्याइ— ना॰ गौँत्याउने क्रिया वा प्रक्रिया । गौ”त्याइनु— क॰ क्रि॰ गौँत्याउन लगाइनु ।

गौँत्याउनु— स॰ क्रि॰ गाईले मुत्नु; गउँत्याउनु ।

गौँथली— ना॰ १. टाउको, पखेटा र पुच्छर कालो र पेट सेतो हुने, प्रायः बर्खायाममा देखिने धोबीचरोजत्रै एक चरो; भीरमा गुँड लाउने भीरगौँथली र घरका दलीन आदिमा गुँड लाउने घरगौँथली नामको चरो । २. घरको छानाका दाँतीमा दोहोरो पारेर कसिने भाटो । ~ फूल— ना॰ लहरामा फुल्ने एक जातको फूल ।

गौ— ना॰ [सं॰] गाई । — गोटी— ना॰ गाईबस्तुका घाँटीमा आउने एक प्रकारको खटिरो । — चर/चरन— ना॰ गाईबस्तु चराउनका निम्ति बसाहा वा त्रिशुल राखी छोडिएको बाँझो जमिन; गोचर ।

गौड१— ना॰ [सं॰] १. भारतको बङ्गालप्रदेशको प्राचीन नाम । २. विन्ध्यपर्वतका उत्तरपट्टि बस्ने ब्राह्मणजातिको एक वर्ग । (कान्यकुब्ज, गौड, उत्कल, मैथिल र सारस्वत— यी पाँचलाई पञ्चगौड भनिन्छ॰ ।

गौड२— ना॰ [अ॰ गोरे सोचविचार; चिन्तनमनन; घोत्ल्याइँ; हे॰ गौर पनि ।

गौडा— ना॰ [रू गौँडो गढी बनाउन योग्य वा गढी बनाइएको ठाउँ (दिव्य॰); गौँडा ।

गौडी— ना॰ [सं॰] १. काव्यरचना गर्ने तीन रीति (पाञ्चाली, वैदर्भी र गौडी॰ मध्ये एक । २. सखरको रक्सी ।

गौण— वि॰ [सं॰] १. कुनै अर्को वस्तु वा कुराको तुलनामा महत्त्व, मान, विशेषता आदि कम भएको; मुख्य नभएको; अप्रधान (गौण उत्पादन, गौण उद्योग इ॰) । २. मुख्य वा मूल अर्थबाट भिन्न; लाक्षणिक (गौण अर्थ, गौण भाव इ॰) । ३. गुण जाहेर गर्ने; गुणबोधक ।

गौतम— ना॰ [सं॰] १. इन्द्रका साथ अनुचित सम्बन्ध भएका कारणले आ६नी पत्नी अहल्यालाई श्राप दिएर पछि रामचन्द्रले उद्धार नगरेसम्म पत्थर पारिदिने एक ऋषि; न्यायशास्त्रका प्रसिद्ध आचार्य र प्रणेता एक ऋषि । २. बौद्ध धर्मका प्रवर्तक बुद्धको एक नाम । ३. सप्तर्षिमध्येका एक ऋषि वा तारा । ४. गौतम ऋषिको वंशमा जन्मेको व्यक्ति । — गोत्र— ना॰ गौतम ऋषिको कुल वा वंशको गोत्र; अत्रिगोत्र । > गौतमी— ना॰ १. गौतमकी पत्नी; अहल्या । २. महाभारतप्रसिद्ध कृपाचार्यकी स्त्री । ३. गोदावरी नदी ।

गौदान— ना॰ [सं॰ गोदाने कुनै पुण्यकार्य वा प्रायश्चित्त आदिका लागि शास्त्रीय विधिले ब्राह्मणलाई गाई दान गर्ने कर्म; गोदान ।

गौधेरक— ना॰ [सं॰] भाले कृष्णसर्प र पोथी गोहोरोबाट पैदा भएको तथा त्यसले टोकेमा मानिस तत्काल मर्छ भन्ने बताइएको, छेपाराको ढबको टाउकोदेखि पुच्छरसम्म सेता र काला ठाडा धर्सा देखिने, गुलाफी रबको ठुटो पुच्छर हुने एक बित्ताजति लामो जन्तु ।

गौन— ना॰ [सं॰ अङ्॰ गाउने प्रायः फरिया वा गुनिउँ लगाउन उपयोग हुने रङ्गीचङ्गी बुट्टा भएको एक जातको कपडा ।

गौना— ना॰ [भो॰पु॰] बिरागमन ।

गौमुखी— ना॰ [गौ+मुखी] हे॰ गोमुखी ।

गौमुखे— ना॰ [गौ+मुख] १. बिहीँका छाँटका पात हुने एक जातको बोट वा त्यसैमा फल्ने चुच्चो घुँगुरिएको र बीचमा खाल्टो परेको फल । वि॰ २. गाईको जस्तो मुख भएको ।

गौर१— वि॰ [सं॰] १. गोरो रबको; सेतो; गोरो । २. चम्किलो; उज्ज्वल । ना॰ ३. पहेँला रब । ४. सेतो रब ५. केशर । ६. नफाटेको खुर हुने मृग ।

गौर२— ना॰ नेपालको नारायणी अञ्चलअन्तर्गत पर्ने रौतहट जिल्लाको सदरमुकाम ।

गौर३— ना॰ [अ॰] कुनै विषयमा घोरिएर गरिने सोचविचार; त्यसरी गरिने मनन वा चिन्तन ।

गौरव— ना॰ [सं॰] १. गुरु अर्थात् महान् हुनाको अवस्था वा भाव; महत्त्व; महिमा; गहकिलोपन; गम्भीरता । २. इज्जत; आदर; सम्मान; प्रतिष्ठा । ३. गहु्रङ्गोपन; भारी हुनाको अवस्था । ४. उदयग् उन्नति; उत्कर्ष । — शाली— वि॰ गौरव वा महिमाले युक्त; सम्मानित । > गौरवान्वित— वि॰ गौरव भएको; गौरवशाली ।

गौरा— ना॰ [सं॰ गौरी] १. पार्वती; गौरी । २. गोरो रब भएकी स्त्री । ३. सङ्गीतमा एक प्रकारको रागिनी । ४. भदौ महिनामा कृष्णाष्टमीका अघिल्लो दिनदेखि खास गरी दार्चुला, डडेलधुरा जिल्लातिर बाहुन, क्षत्री र ठकुरीहरूबारा छसात दिनसम्म मनाइने प्रसिद्ध चाड । > गौराङ्ग— ना॰ १. विष्णु । २. शिव । ३. चैतन्य महाप्रभु । ४. गोरा; अङ्ग्रेज । गौराङ्गना— ना॰ गोरो वर्णकी युरोपेली आइमाई; गोरा–जातिकी स्त्री । गौराङ्गी— वि॰ गोरो शरीर वा अङ्ग भएको; गोरा । ~ पार्वती— ना॰ पूर्वी नेपालको दोलखा जिल्लामा रहेको एक प्रसिद्ध हिमशिखर; गौरीशङ्कर । ~ पूजन— ना॰ गौरा (चाड॰ ।

गौरिया— ना॰ १.माटाले बनेको सानो हुक्का । २. एक प्रकारको मोटो कपडा । ३. प्रायः पानी लागिरहने खेतमा हुने एक प्रकारको मसिनो धान ।

गौरी— ना॰ [सं॰] १. पार्वती । २. आठ वर्षकी कन्या । ३. गोरो वर्णकी स्त्री । ४. सेतो दूबो । ~ गाई— ना॰ मोटा–मोटा सिब हुने र ती सिबको जलहरी बनाएर शिवलिङ्गमा अभिषेक गरिने एक जातको जङ्गली गाई । ~ चन्दन— ना॰ रातो चन्दन । ~ बेत— ना॰ एक प्रकारको बेत । ~ शङ्कर— ना॰ १. शिवपार्वती । २. दोलखा जिल्लामा रहेको ७,१४६ मिटर अग्लो एक प्रसिद्ध हिमशिखर; गौरापार्वती । ३. दुई रेखा वा दुई मुख भएको रुद्राक्ष । > गौरीश्वर— ना॰ १. शिवपार्वतीको संयुक्त रूप; अर्द्धनारीश्वर । २. शिव; महादेव ।

गौरुब— ना॰ पहाडका गाउँको मुखियाभन्दा तलको एक पद; गाउँमा हैकम भएको व्यक्ति वा ठालु । — पाती— ना॰ एक प्रकारको रूख ।

गौलेतो— ना॰ खोल्साखोल्सी र सिम परेका ठाउँमा पलाउने मसिना पात हुने एक भुइँझार ।

गौलोचन— ना॰ हे॰ गोरोचन ।

गौल्मिक— ना॰ [सं॰] १. लिच्छविकालीन सुरक्षाचौकीको अधिकारी; सैनिक गुल्मको नायक । वि॰ २. गुल्मसम्बन्धी ।

गौशाला— ना॰ [सं॰] १. गोशाला । २. काठमाडौँ उपत्यका र महोत्तरी जिल्लामा रहेका प्रख्यात बस्ती ।

गौहत्या— ना॰ [सं॰ गोहत्यो गोहत्या; गोवध ।

ग्याँचे— वि॰ १. जीउडाल सानो भएको; गुइँठे; पुड्के; गठरो । २. गर्धन छोटो भएको; भुन्टो ।

ग्याँटिस— ना॰ [अङ्॰ गार्टरे मोजा राम्ररी अड्याउनका निम्ति पिडौँलामाथि बाँधिने, तन्कने र खुम्चिने फित्ता ।

ग्याँठ१— ना॰ [ग्याँटिसे रबर र धागो मिलाई बुनेको तानिने र खुम्चिने फित्ता; ग्याँटिस ।

ग्याँठ२— ना॰ [गाँठे] १. कुनै गाँठो परेको वा डल्लो वस्तु । २. ठूलो पोको वा बन्डल । — कोपी/गोभी— ना॰ गान्टे मूलाका छाँटको र तरकारी खाइने, बोटको मास्तिर डल्लो हुने एक जातको गोभी ।

ग्याँठवाल— वि॰ [ग्याँठ+वाल] फित्ताको सट्टा ग्याटिस लगाइएको; ग्याँठ भएको (जुत्ता॰ ।

ग्याँस— ना॰ [अब॰ ग्यासे सामान्य तापमानमा तरल वा ठोस रूपमा परिणत नहुने वायुतत्त्व; विशेष गुणयुक्त वायु । ~ इन्धन— ना॰ बाफबाट तयार गरिएको इन्धनको साधन; वाष्पशक्ति । — चुलो— ना॰ ग्याँसबाट बल्ने वा चल्ने चुलो ।

ग्याइँग्याइँ— क्रि॰ वि॰ [अ॰ मू॰ ग्याइँ (बि॰)] १. धेरै मानिस एकै साथ बोल्दा अस्पष्ट शब्द आउने गरी । ना॰ २. धेरै मानिसहरूले एकै साथ बोल्दाको आवाज; खलबल ।

ग्याचुबगाब— ना॰ [भो॰ब॰] नेपालको सोलुखुम्बु जिल्लामा पर्ने ७,९२२ मिटर अग्लो एक हिमशिखर ।

ग्यान्टो— वि॰ [रू गान्टो] पुड्को; छोटोमोटो ।

ग्यान्तका— ना॰ गोदावरी फूलका जातको विभिन्न रबमा फुल्ने एक प्रकारको फूल ।

ग्यारेज— ना॰ [अङ्॰] मोटरहरू राख्ने सुरक्षित ठाउँ वा घर ।

ग्यारेन्टी— ना॰ [अङ्॰] १. यो कुरा यतिखेर, यसै हुन्छ वा हुँदैन भन्ने कुराको ठोकुवा; पक्कापक्की; भरपत्यार । २. कुनै मालमत्ता बिग्रने, नासिने वा हानि–नोक्सानी नहुने विश्वासका निम्ति दिइने वचन; त्यसरी कुनै खास अवधिका निम्ति लिइने मालको स्थायित्व र उम्दापनको जिम्मेवारी ।

ग्यालन— ना॰ [अङ्॰] कुनै तरल पदार्थको लगभग एक पाथीबराबरको परिमाण वा नापो ।

ग्यालिब— ना॰ [सेर्पा॰] सनईजस्तो तामाको सोझो आकारको हिमाली सेर्पा लामाहरूमा प्रचलित एक प्रकारको बाजा । (लामोछोटो दुवै प्रकारको हुने यो बाजा धार्मिक कार्य तथा पूजाआजामा फुकेर बजाइन्छ॰ ।

ग्याली— ना॰ [अङ्॰] १. छापाखानामा कम्पोज भएका टाइप सजाउने किस्ती; छापाकिस्ती । २. त्यसरी पाता बाँध्नुभन्दा पहिले छपाइशुद्धि हेर्न निकालिएको मुद्रित अक्षर (प्रुफ) । —

थ्याक— ना॰ छापाका किस्तीहरू राख्ने दराज ।

ग्रथित— वि॰ [सं॰] १. बाँधिएको; उनिएको; गाँसिएको । २. रचना गरिएको; बनाइएको; रचित । ३. गाढा तुल्याइएको; जमाइएको ।

ग्रन्थ— ना॰ [सं॰] १. पुस्तक; किताब । २. पहिले–पहिले पढिसकेपछि पाताहरू बासा बाँधेर राख्ने गरिएको पुस्तक वा किताब । ३. साहित्यिक, भाषिक आदि दृष्टिले कुनै महत्त्वपूर्ण ठूलो पुस्तक । ४. गाँठो; ग्रन्थि । — कर्ता— ना॰ ग्रन्थ वा पुस्तक लेख्ने व्यक्ति; ग्रन्थकार । — कार— ना॰ ग्रन्थकर्ता । — न— ना॰ १. गाँठो पारेर जोड्ने काम । २. गँसाइ; उन्ने काम । ३. ग्रन्थ वा पुस्तकको रचना गर्ने काम । — पाल— ना॰ पुस्तकालयको अध्यक्ष; पुस्तकालयाध्यक्ष; लाइब्रेरियन । > ग्रन्थालय— ना॰ ग्रन्थ वा पुस्तकहरू राखिने ठाउँ वा घर; पुस्तकालय । ग्रन्थावली— ना॰ एउटै ठाउँबाट समयसमयमा प्रकाशित हुने एक प्रकार वा एकै वर्गका पुस्तकहरूको शृङ्खला; ग्रन्थमाला ।

ग्रन्थि— ना॰ [सं॰] १. धागो, डोरी आदिमा परेको वा पारिएको गाँठो । २. बन्धन । ३. उखु, बाँस आदिको आँख्लो । ४. दुई अङ्गको जोर्नी । ५. वायु आदिको विकारले गाँठा–गाँठा परेर फुल्ने एक प्रकारको रोग । ६. शरीरभित्र कोषाणुको योगले बनेको प्रत्येक गाँठो । ~ बन्धन— ना॰ १. दुई वा धेरै वस्तुलाई गाँठो पारेर एकसाथ राख्ने काम; गाँठो बाँध्ने काम । २. विवाहमा वर–बधूका बीच परस्पर घनिष्ठ सम्बन्ध कायम भएको सूचित गर्न दुवैतर्फका कपडाको छेउ बाँध्ने काम; लगनगाँठो । — मूल— ना॰ जरामा गाँठा परेर फल्ने लसुन, प्याज, सलगम आदि तरकारी] जातको वनस्पति; कन्दमूल ।

ग्रसन— ना॰ [सं॰] १. खाने वा निल्ने काम; भोजन । २. समाउने काम; पक्राउ । ३. गाँस; बुजो । ४. फलित ज्योतिषअनुसार दस प्रकारका ग्रहणमध्ये अभिमानीहरूको पतन वा नाशको फल मानिने खण्डग्रहण ।

ग्रसित— वि॰ [सं॰] १. मुखमा हालेर निलिएको; खाइएको । २. गाँस हालिएको । ३. समातिएको; पक्रिएको; अँठ्याइएको ।

ग्रस्त— वि॰ [सं॰] १. समातिएको; पक्रिएको; अँठ्याइएको । २. पीडित; दुःखित (ज्वरग्रस्त आदि) । ३. खाइएको; निलिएको । ४. ग्रसित । > ग्रस्तास्त— ना॰ ग्रहण लाग्दालाग्दै वा पूर्ण मोक्ष नभईकनै सूर्य वा चन्द्रमा अस्त हुने ग्रहण । ग्रस्तोदय— ना॰ ग्रहण लागेको अवस्थामै सूर्य वा चन्द्रमा उदाएको अवस्था ।

ग्रह— ना॰ [सं॰] १. सूर्य र सूर्यका वरिपरि घुम्ने सौर्यपरिवारकै आकाशीय पिण्ड (सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु) । २. सूर्यको परिक्रमा गर्ने तारा । ३. लिने वा समात्ने काम; ग्रहण । ४. नौ ग्रहका आधारमा नौ सङ्ख्याको सूचक शब्द । ५. नौ अङ्गुल, नौ मात्रा, प्रादेश, सूत्रबार वा शक्तिबराबरको नाप । ~ गति— ना॰ १. मानिसको भाग्यलाई वशमा राख्ने वा प्रभावित गर्ने भनी मानिएका नौ ग्रहको चाल वा गति । २. शुभ वा अशुभ भाग्य; दिनदशा । ~ गोचर— ना॰ जन्मकुण्डलीअनुसार ग्रहको शुभाशुभ फल रू

ग्रहण— ना॰ [सं॰] १. लिने वा समात्ने काम । २. कुनै कुरो स्वीकार गर्ने वा मान्ने प्रक्रिया; स्वीकार । ३. सम्झने वा बुझ्ने चाल । ४. सूर्यलाई चन्द्रमाले छेक्दा वा चन्द्रमामा पृथ्वीको छाया पर्दा देखिने कालो छाया; उपराग । — कर्ता— वि॰ १. समात्ने; पक्रने । २. लिने; प्राप्त गर्ने । ३. स्वीकार गर्ने; प्राप्ति गर्ने ।

ग्रहणी— ना॰ [सं॰] १. अग्नि वा पित्तको मुख्य आधार मानिएको; पक्वाशय र आमाशयका बीचको एक नाडी । २. खाएको पदार्थ नपचेर लगातार दिसा लाग्ने एक रोग; अतिसार ।

ग्रहणीय— वि॰ [सं॰] १. ग्रहण गर्न उचित; स्वीकार गर्न योग्य; लिन लायक । २. नियम वा विधिअनुवmूल ।

ग्रहतिलक— ना॰ [सं॰] विवाहमा पुरोहितले मन्त्रवाचन गर्दै आशिष् दिएर दुलहादुलहीलाई पालैसित लगाइने टीका ।

ग्रहदशा— ना॰ [सं॰] १. जन्मकुण्डलीका कुनै स्थानमा रहेका ग्रहका प्रभावले मानिसलाई हुने शुभ वा अशुभ परिणाम । २. खराब दिन; दुर्भाग्य । ३. ग्रह–गोचरको स्थिति ।

ग्रहदोष— ना॰ [सं॰] सूर्य, चन्द्र आदि ग्रहका स्थितिबाट हुने खराब फल; ग्रहगतिको दोष ।

ग्रहनायक— ना॰ [सं॰] १. सूर्य । २. शनिश्चर ।

ग्रहमैत्री— ना॰ [सं॰] ज्योतिषअनुसार विवाहका लागि भिडाइने वर र वधूका ग्रहका स्वामीको मित्रता वा अनुवmूलता ।

ग्रहयज्ञ— ना॰ [सं॰] ग्रहहरूको उग्रता वा प्रकोपको शान्तिका लागि गरिने पूजा वा यज्ञ ।

ग्रहयुद्ध— ना॰ [सं॰] सूर्यसिद्धान्तका अनुसार बुध, बृहस्पति, शुक्र, शनि वा मङ्गलमध्ये कुनै एक ग्रहको चन्द्रमाका साथ अथवा उक्त ग्रहमा कुनै दुई ग्रहको एकैसाथ एउटै राशिको एउटै अंशमा एकत्र भएर खराब परिणाम दिने योग ।

ग्रहयोग— ना॰ [सं॰] एकै राशिको एकै अंश वा घडीमा एकभन्दा बढी ग्रह एकत्रित हुने स्थिति ।

ग्रहराज— ना॰ [सं॰] १. सूर्य । २. चन्द्रमा । ३. बृहस्पति ।

ग्रहशान्ति— ना॰ [सं॰] १. ग्रहहरूको दोष हटाउनका निम्ति गरिने ग्रहको पूजा वा यज्ञ । २. विवाह–ब्रतबन्ध आदि शुभ कार्यमा ग्रहको सम्भावित अरिष्ट शान्त पार्न गरिने पूजा । ३. ग्रहको प्रकोप शान्त हुने अवस्था वा भाव ।

ग्रहस्वर— ना॰ [सं॰] रागरागिनी गाउँदा सर्वप्रथम प्रारम्भ गरिने स्वर ।

ग्रहीतव्य— वि॰ [सं॰] लिन लायक; ग्रहण गर्न योग्य ।

ग्राफ— ना॰ [अङ्॰] गणित, रसायनशास्त्र आदिको प्रणाली जाहेर गर्ने चिह्नसँग सम्बन्धित रेखाचित्र; रेखात्मक चित्र; लेखाचित्र ।

ग्राभेल— ना॰ [अङ्॰] सडकमा कालोपत्र लाउनुभन्दा पहिले बिछ्याइने रोडा वा ढुङ्गाका टुक्राटाक्री । > ग्राभेलिब— ना॰ सडकमा कालोपत्र लाउनुभन्दा पहिले रोडा वा कङ्क्रिट भरेर बुल्डोजरले पेल्ने काम ।

ग्राम१— ना॰ [अङ्॰] १५रू४३२ ग्रेन अथवा ॰.॰( तोलाको मान ।

ग्राम२— ना॰ [सं॰] १. सानो–सानो बस्ती; गाउँ । २. जमात; समूह; समुदाय । ३. सङ्गीतमा वा वाद्यवादन र गायन आदिमा प्रयोग हुने शुद्ध सात स्वरहरूको समूह; सप्तस्वर; सप्तक । (यसका तीन खण्ड छन्— षडज, मध्यम र गान्धार । यी क्रमशः मन्द, मध्य र तीव्र अथवा नन्द्यावर्त, जीमूत र सुभद्र पनि भनिन्छन्) । ४. लिच्छविकालीन बस्तीको सबैभन्दा तल्लो तहको एकाइ; तल । ~ देवता— ना॰ गाउँका देवता; गाउँको रक्षाका निम्ति स्थापना गरिएका वा गाउँमा पूजा गरिने देवता । — वासी— वि॰ गाउँमा बसोबास गर्ने; गाउँको बासिन्दा; गाउँले । ~ समिति— ना॰ गाउँको सभा वा समिति; गाउँसमिति ।

ग्रामीण— वि॰ [सं॰] १. गाउँको; ग्रामसँग सम्बन्धित । २. असभ्य; गँवार । ३. गाउँले; ग्रामवासी । ~ उद्योग— ना॰ गाउँघरमा चलाइने सानाखाले उद्योग; गाउँका बासिन्दाले थोरै लागतमा गर्न सक्ने सानो किसिमको घरेलु उद्योग; लघुउद्योग ।

ग्रामोन्मुखी— वि॰ [सं॰] १. गाउँतिर फर्केको; गाउँतर्फ झुकेको । २. गाउँको भलाइ चाहने; ग्रामीण जनतासित सम्बन्धित ।

ग्रामोफोन— ना॰ [अङ्॰] गोल लाहाका चक्कामा भरिएको गीत यान्त्रिक प्रणालीबारा सुईले कोतरेर बजाइने फोनबाजा ।

ग्राम्य— वि॰ [सं॰] १. गाउँसँग सम्बन्ध राख्ने; गाउँको । २. गाउँले; ग्रामीण । ३. गँवार; असभ्य । ४. फोहोर; अश्लील (शब्द) । ५. घरपाला (पशु) । ~ कर्म— ना॰ गाउँलेहरूको काम वा पेसा; गाउँको कामकाज । २. स्त्रीप्रसङ्ग । ~ दोष— ना॰ अशिष्ट शब्दको प्रयोग हुँदा पर्ने काव्यको दोष । ~ धर्म— ना॰ १. गाउँको र गाउँलेहरूको चालचलन वा धर्म । २. खेती; किसानी । ~ पशु— ना॰ मानिसका नजिकमा रहने गाईबस्तु, कुकुर, सुँगुर आदि; घरपाला पशु ।

ग्रास— ना॰ [सं॰] १. खाँदाखेरि एक पटकमा मुखमा हालिनेजति भोज्य वस्तु; गाँस; बुजो । २. निल्ने काम । ३. समात्ने वा पक्रने काम; ग्रहण । ४. ग्रस्त अंशको दृष्टिबाट भनिने, चन्द्र वा सूर्यको ग्रहणको स्थिति (खण्डग्रास, खग्रास, सर्वग्रास आदि॰ ।

ग्राह— ना॰ [सं॰] १. गोही; घडियाल । २. पक्रने काम; ग्रहण । ३. सूर्य र चन्द्रमामा लाग्ने ग्रहण । ४. धारणा; ज्ञान; समझ ।

ग्राहक— वि॰ [सं॰] १. लिने; समाउने । ना॰ २. मूल्य तिरेर कुनै वस्तु किन्ने व्यक्ति; गाहकी ।

ग्राही— वि॰ [सं॰] १. लिने वा ग्रहण गर्ने । २. पक्रने; समात्ने । ३. आदरपूर्वक स्वीकार गर्ने (गुणग्राही, रसग्राही इ॰) । ४. दिसा वा मल रोक्ने; गोटा पर्ने; कब्जियत गर्ने (औषधी॰ ।

ग्राहइ— वि॰ [सं॰] १. ग्रहण गर्न लायक; लिन योग्य । २. इन्द्रियले देख्न वा सुन्न सकिने; इन्द्रियग्राह्य । ३. अनुभव गर्न सकिने; बुझ्न वा जान्न सकिने ।

ग्रिक— वि॰ [अङ्॰] १. युनान देश अथवा त्यहाँका निवासीसँग सम्बन्धित; युनानी । ना॰ २. युनान देशका बासिन्दा । ३. युनान देशको प्राचीन भाषा ।

ग्रिज— ना॰ [अङ्॰] मेसिन आदिलाई घोटिएर खिइनबाट बचाउनका लागि हाल्ने भ्यास्लिनजस्तो लेदो चिल्लो पदार्थ । ग्रिमाल्दी मानव— ना॰ फ्रान्सको अधिकृत क्षेत्र मानिएको गुफामा १९॰१ इ॰–मा पाइएको प्राचीन मानव; अरनेक मानवको उपजाति ।

ग्रिसेली— ना॰ १. भारोपेली परिवारको केन्तुम्–वर्गभित्र पर्ने एक भाषा । वि॰ २. ग्रिसको निवासी, ग्रिस देशसँग सम्बन्धित ।

ग्रीक— वि॰ [अङ्॰] हे॰ ग्रिक ।

ग्रीवा— ना॰ [सं॰] टाउको र धडलाई जोड्ने अङ्ग; घाँटी; गर्दन । श्र ग्रीवी— वि॰ १. लामो र राम्रो घाँटी हुने । ना॰ २. उँट ।

ग्रीष्म— ना॰ [सं॰] १. छ ऋतुमध्ये ज्यादै गर्मी हुने दोस्रो ऋतु; जेठ र असार महिना; गर्मी मौसम । २. गर्मी; ताप । ~ ऋतु— ना॰ १. गर्मीको समय । २. छ ऋतुमध्ये दोस्रो ऋतु । ~ काल— ना॰ ग्रीष्म ऋतुको समय; गर्मी याम । ~ कालीन— वि॰ ग्रीष्मकालसित सम्बन्धित; गर्मी यामको; गर्मीको मौसममा भएको । ~ क्रान्ति— ना॰ सूर्य कर्कट रेखामा पुग्ने जून महिनाको एक्काइसौँ दिन; उत्तरी गोलार्द्धमा सबभन्दा लामो दिन । — जा— ना॰ नेवारी फूल; नवमल्लिका । > ग्रीष्मावकाश— ना॰ गर्मी प्रदेशमा कर्मचारी, विद्यार्थी आदिलाई नियमानुसार ग्रीष्म ऋतुमा हुने वा दिइने बिदा; गर्मीको बिदा; बर्खे छुट्टी ।

ग्रुस— [अङ्॰] बाह्र दर्जनको समुदाय; एक सय चवालीस थान गन्तीको समूह ।

ग्रेड— ना॰ [अङ्॰] स्थायी कर्मचारीले हरेक आर्थिक वर्ष भुक्तान गरेपछि सुरु तलबमाथि मासिक रूपमा पाउने थप रकम; वार्षिक वृद्धि । ~ रोक्का— ना॰ कर्मचारीले पाउने मासिक वेतनमाथि वर्षैपिच्छे थप निश्चित रकम रोक्का हुने काम । ~ वृद्धि— ना॰ कर्मचारीले मासिक रूपमा पाउने वेतनमाथि वर्षैपिच्छे थपिने वार्षिक वृद्धिमा अतिरिक्त रूपले अरू वर्षको पनि हुने थपवृद्धि ।

ग्रेन— ना॰ [अङ्॰] झन्डै आधा रत्तीको अङ्ग्रेजी तौल ।

ग्रेनाइट— ना॰ [अङ्॰] कडा, टलकदार र हल्का खैरो रबको आग्नेय चट्टान ।

ग्रैष्म/ग्रैष्मिक— वि॰ [सं॰] १. ग्रीष्मको; ग्रीष्म ऋतुसम्बन्धी । २. ग्रीष्म ऋतुमा रोपिने वा पाक्ने (अन्न॰ ।

ग्य्राजुएट— ना॰ [अङ्॰] कुनै विश्वविद्यालयबाट शास्त्री, बी॰ ए॰, बी॰ कम॰, बी॰ एस्सी॰ वा तत्समकक्ष कुनै परीक्षा उत्तीर्ण गरी स्नातक उपाधि प्राप्त गरेको व्यक्ति; स्नातक ।

ग्लानि— ना॰ [सं॰] १. शारीरिक वा मानसिक शिथिलता; थकाइ; थकावट । २. कुनै कामको खराबी चाल पाएर हुने पछुतो; मानसिक खेद; पश्चात्ताप । ३. हतोत्साह; अनुत्साह ।

ग्लास— ना॰ [अङ्॰] १. हे॰ गिलास । २.काँच; सिसा ।

ग्लुकोज— ना॰ [अङ्॰] पानीमा रयालेर वा त्यसै खाँदा भित्र शीतल पार्ने चिनी, अङ्गुर आदिबाट रासायनिक प्रक्रियाले बनाइएको गुलियो तागतिलो धूलो ।

ग्लोब— ना॰ [अङ्॰] पृथ्वीको आकारमा बनेको बाटुलो मानचित्र; पृथ्वी वा तारासमूहको डल्लो नक्सा ।

ग्वाँक— ना॰ [नेवा॰] चङ्गाका दुई पखेटाको वजन मिलाउन एकातिर अड्काइने कागतको टुक्रो ।

ग्वाँगे— वि॰ [ग्वाँगो+ए] लठेप्रो; ग्वाङ्ग्रे ।

ग्वाँगो— ना॰ लठेप्रो; ग्वाङ्ग्रो ।

ग्वाँचे— वि॰ पुड्को कदको; ग्याँचे ।

ग्वाँजे— वि॰ लठेप्रो पाराको; ग्वाँगे ।

ग्वाक— ना॰ १. खेतमा कान्लामुनिको पोतेला; कान्लामुनि निस्किएको जमिन । २. बादल, कुइरो बढी लाग्ने ठाउँमा कोदाको बाला, मकैका घोगा आदि सुकाउन निश्चित ठाउँमा थन्क्याउने काम । श्र ग्वाके— ना॰ धानका बोटमा लाग्ने एक जातको कीरो ।

ग्वाक्क— क्रि॰ वि॰ [अ॰ मू॰ ग्वाक्+क] भएभरको एकैचोटि दिएर वा पाएर; डक्क; ग्वाम्म ।

ग्वाबग्रे— वि॰ [ग्वाङ्ग्रो+ए] ग्वाबग्रो ।

ग्वाङ्ग्रो— वि॰ राम्रोसित बोल्न नसक्ने; लठेप्रो ।

ग्वाच्च— क्रि॰ वि॰ [अ॰ मू॰ ग्वाच्+च] १. लक्कु मिलाएर (जुवामा धेरै रुपियाँपैसा थाप्ने किसिम) । २. लापर्बाहीसँग (एकमुस्ट पैसा दिने वा लिने चाल) । ३. एक्कासि (हिलो, खाल्टो आदिमा गाडिने किसिम॰ ।

ग्वादग्वाद— ना॰ [अ॰ मू॰ ग्वाद्(बि॰)] भात छड्कँदाको शब्द ।

ग्वाम्म— क्रि॰ वि॰ [अ॰ मू॰ ग्वाम्+मु] १. एकमुस्ट पारी धेरै लिने वा दिने किसिमले; ग्वाच्च । २. स्वाट्ट हात हालेर अटाएसम्म झिक्ने चालमा । ३. अपर्झटसँग हिलो, खाल्टो आदिमा गाडिने गरी ।

ग्वारग्वार— क्रि॰ वि॰ [अ॰ मू॰ ग्वार्+अ(बि॰)] १. ग्वार शब्द लगातार आउने गरी (बाटुला चीजबीज, अनाज आदि खन्याउँदा वा रूखबाट धेरै फल भुइँमा खस्ता शब्द आउने किसिम॰ । २. धेरै मानिस दगुरेर । > ग्वारग्वारती/ग्वारग्वारी— क्रि॰ वि॰ अझ ग्वारग्वारसँग ।

ग्वार्र— क्रि॰ वि॰ [अ॰ मू॰ ग्वार्+र] ग्वार शब्द एकै चोटि निस्कने चालमा ।

ग्वारामरी— ना॰ [नेवा॰] पीठो डल्लो पारी फुरौलाजस्तो गरी पकाइने विशेष प्रकारको रोटी । ग्वारग्वार—ग्वाहा । ।

ग्वार्चा— ना॰ [नेवा॰] पानीरोटी ।

ग्वार्लाम्म— क्रि॰ वि॰ [अ॰ ग्वार्लाम्+म] पर्खाल, भित्तो वा तह मिलाई राखिएको वस्तु एक्कासि ढल्ने किसिमसँग ।

ग्वाला— ना॰ [सं॰ गोपाले गाईबस्तु पालेर जीविका चलाउने एक जाति; अहिर ।

ग्वाली— ना॰ [नेवा॰] १. जुत्ताको खुरा, हिल वा कुकुर्च्चा । २. कुकुर्च्चा ।

ग्वालो— ना॰ [सं॰ गोपाले हे॰ ग्वाला ।

ग्वाल्ल— क्रि॰ वि॰ [अ॰ मू॰ ग्वाल्+ल] पानी बग्दाको जस्तो आवाज आउने गरी (गुड्ने, पेट कराउने आदि किसिम॰ ।

ग्वाहा— ना॰ [रू गवाहे हे॰ गवाह । ]