नेपाली शब्दसमूह ११ काकिकी


मुखपृष्ठ


का— प्रत्य॰ [को] १. सम्बन्धकारक, षष्ठी विभक्ति 'को'–को बहुवचन वा आदरार्थी रूप; संज्ञा शब्दसँग सम्बन्ध देखाउने एक विभक्तिचिह्न । ना॰ यो॰ २. 'सबै' वा 'थप'–को अर्थ बुझाउने गरी बिरुक्त नाम शब्दका बीचमा आउने शब्द (घरका घर, पोकाका पोका; लामका लाम इ॰) ।

काँकरी— ना॰ [रू काँक्री] हे॰ काँक्री । (उदा॰— काँकरीको बानैबान, कुदी आयो हनुमान† काँकरीलाई थाँकरी त फर्सीलाई छानु (उखान॰ ।

काँक्री— ना॰ [काँक्रो+ई] ससानो खालको काँक्रो; काँक्रोको क्षुद्रतावाचक शब्द; काँकरी । — बियाँ— वि॰ काँक्राको बियाँजस्तो; त्यस्तै आकार वा बान्की भएको (दाँत, टीकी, बुट्टा इ॰) ।

काँक्रेविहार— ना॰ [काँक्री+विहार] सुर्खेत उपत्यकाको दक्षिणी भागमा पर्ने भग्नावशेष मात्र रहेको एक ऐतिहासिक स्थल । (उक्त भग्नावशेषमा ठूलठूला शिलाहरू छन् र तिनमा प्राचीन वास्तुकलाका नमुना पाइन्छन् ।)

काँक्रो— ना॰ [सं॰ कर्कटी] खास गरी वर्षाकालमा लहरामा झाङ्गिएर फल्ने, हरियो वा सेतो, पातलो बोक्रा भएको र लाम्चो आकारको, सलादमा राखिने वा अचार पार्न हुने फलविशेष; ककडी । काँक्रो चोरलाई मुड्कीको सास्ती (उखान॰ ।

काँगियो— ना॰ [सं॰ कङ्कतिको १. केश मिलाउने वा सफा गर्ने कडा रबर, प्लास्टिक, काठ (बाँस, श्रीखण्ड॰, धातु आदिबारा बनाइएको दाँतीदार वस्तु; कपाल कोर्न प्रयोग गरिने साधन; काँइयो; कँगयो; कँगिनी; काइँयो । २. काँगियो–जस्तो देखिने हरिया चिल्ला पात हुने तथा पहेँलो फूल फुल्ने एक जातको रूख । ३. केराका कोसाहरूको पङ्क्तिदार समूह (एक घरीमा धेरै काँगियो केरा हुन्छन् रू) । ४. कपडा बुन्ने तानमा धागो छिराएर मिलाइने अवयव ।

काँग्रेस— ना॰ हे॰ कङ्ग्रेस ।

काँच— ना॰ [सं॰ काचे बालुवा, सोडा, चून आदि मिसाएर तयार पारिएको तथा चृुरा, बोतल, ऐना आदि बनाइने चम्किलो, पारदर्शक, कडा र फुट्ने वस्तु; सिसा ।

काँचुली— ना॰ [सं॰ कञ्चुके शरीरबाट अलग भएर फेरिने सर्पको बाहिरी पातलो छाला वा पत्र । ~ फेरिनु— टु॰ खराब अवस्थाबाट राम्रो अवस्थामा पुग्नु; स्थितिमा परिवर्तन आउनु ।

काँचो— वि॰ [सं॰ कच्चरे १. नपाकेको; प्राकृतिक अवस्थाको (काँचो धागो, काँचो माटो, काँचो इँट इ॰); २. यन्त्र वा कलाबारा परिष्कृत नपारिएको (काँचो फलाम, काँचो पदार्थ इ॰); अपरिपक्व । ३. बुद्धि, विचार, व्यवहार आदिमा पाको नभएको (काँचो मान्छे, काँचो उमेर इ॰) । ~ कचिलो— वि॰ नपाकेको र चिचिलो (फलफूल वा खाद्य पदार्थ ) । ~ पदार्थ— ना॰ माल तयार हुनुभन्दा पूर्वको वस्तु; कच्चा पदार्थ । ~ पात— ना॰ सुर्ती; तमाखु । ~ बारुद— ना॰ बन्दुकको नालमा भर्न, टोटा वा केप बनाउन तयार पारिएको धूलो बारुद । ~ भाँडो— ना॰ विश्वास गर्न नसकिने मानिस; अपत्यारिलो मान्छे । ~ माटो— ना॰ १. खनजोत गर्दा नमरेको माटो; पोल्दा नपाकेको माटो । २. मर्ने चोला; नाशवान् शरीर । (उदा॰— शरीर काँचो माटो हो, यसको के ठेगान ; ॰ ~ मासु— ना॰ १. नपकाइएको वा नपाकेको मासु । २. स्त्रीको गुप्तेन्द्रिय । ~ लाहा— ना॰ शोधन नगरिएको वा आगोमा पगालेर छाप आदिमा प्रयोग नगरेका अवस्थाको लाहा ।

काँजी— ना॰ [सं॰ काञ्जिके सखर, मह, दही, मिलाएर बनाइने पेय औषधी; महारस; कुञ्जल ।

काँजो— ना॰ [सं॰ काञ्जी] खुकुरी, कर्द, हँसिया, आदिका बिँडको टाउकामा जडिने पित्तल वा अरू कुनै धातुको मुन्द्रा ।

काँट— ना॰ १. ढाँचाकाँचा; छाँट; ढङ्ग; किसिम (उदा॰— तिनको काँट रामै्र छ रू) । २. औकात; हैसियत (उदा॰— आ६नो काँटअनुसार पो बिहेवारी गर्नुपर्छ त ;) । ३. समानता; बराबरी

(उदा॰— ती दुई भाइ काँट मिल्दा छन्) । — छाँट— ना॰ १. काट्ने र छाँट्ने काम; संशोधन; शुद्धि; परिष्कार । २. रूखहरू काट्ने र छिमल्ने काम; काटकुट ।

काँटा१— ना॰ जिल्लाअन्तर्गतको भूभाग; तप्पा (प॰ने॰) ।

काँटा२— ना॰ [सं॰ कण्टके १. सुनचाँदी जोख्ने सानो तुलो वा मालताल जोख्ने ठूलो तुलो; तराजु । २. त्यसरी मालसामान जोख्ने तुलाका डन्डी सोझिएको देखाउने जिब्री । ३. खानेकुरो खाँदा प्रयोग गरिने चुच्चाचुच्चा परेको चम्चा । ४. आइमाईहरूले कपालको शृङ्गार गर्दा प्रयोग गर्ने चेपुवा वस्तु; चिम्टी । ५. इनार, कुवा आदिमा खसेका कुनै वस्तु बाहिर झिक्न प्रयोग गरिने अङ्कुसे । ६. माछा आदि जलजन्तु समात्ने चुच्चे चिम्टी । ७. स्वेटर आदि हातले बुन्दा प्रयोग गरिने सुइरो । ८. काँढो; कण्टक । ~ चम्चा— ना॰ आधुनिक चलनमा खानेकुरो खाँदा सँगसँगै प्रयोग गरिने काँटा र चम्चा; काँटीचम्चा । — वाल— वि॰ काँटा भएको वा हुने ।

काँटी— ना॰ १. सानो काँटा । २. सर्प समाउने काममा प्रयोग गरिने टुप्पामा अबकुसे लागेको सानो लट्ठी । ३. नेल र हतकडी । ४. सलाईका एकातिर बारुद लगाइएका ससाना छेस्का । ५. काठ जोड्न वा भित्तामा केही झुन्ड्याउन ठोकिने एकातिर छातो भएको तीखो फलामे कीलो । ६. घोडाको पीठमा जिनका साथ कसिने एक साधन । ~ चम्चा— ना॰ हे॰ काँटा चम्चा ।

काँटे— वि॰ [काँटा+ए] काँटा भएको; काँटासम्बन्धी; काँटाको । ~

आरो— ना॰ जुत्ता आदि सिउने काममा प्रयोग गरिने सानो वा अन्य कुनै प्रकारको काँटावाल आरो ।

काँठ१— ना॰ [सं॰ कण्ठ ] केटाकेटीको घाँटीमा लगाइने कपडाले मोरिएको जन्तर; काँठो ।

काँठ२— ना॰ [सं॰ कच्छे सहर–बजारदेखि बाहिरको ठाउँ; गाउँ– बस्ती; कछाड । > काँठे— वि॰ १. काँठमा बस्ने; कछाडिया; गाउँले; कुनाली । २. सभ्यता नसिकेको; असभ्य; गँवार (काँठे मान्छे; काँठे मिजास; काँठे बोली इ॰) ।

काँठो— ना॰ [काठ+ओ] १. दालभात आदि पकाएको भाँडाको मुखनेर टाँसिएर रहने फीँजको लेउ वा तर । २. दुई छेउमा तुना लगाई गलामा बाँध्न हुने र पूरै छाती छोप्ने गरी बनाइएको, बच्चाले लगाउने भित्री लुगा; काँठ । ३. बादल, कुइरो आदिको घेरो । ~ भोटो— ना॰ न्वारानका दिन बालकलाई लगाइदिने भोटो र कपडाले मोरिएको जन्तर; काँठो ।

काँड— ना॰ [सं॰ काण्डे एक किसिमको शूल; बाण; तीर; शर । —

पाते— ना॰ गाईबस्तुलाई घाँस खुवाइने काँडका आकारको दुधिलो बुट्टे निगालो ।

काँडपाते— ना॰ [काँडो+पाते] पातमा काँडैकाडा हुने एक जातको बोटविशेष ।

काँडा— ना॰ [काँडोको ति॰ ।)] हे॰ काँडो । ~ उम्रनु— टु॰ डर लाग्नु; रौँको जरा दरदराउँदो हुनु । ~ थिच्नु— टु॰ मसानघाटबाट घर फर्कँदा प्रेत नफर्कोस् भन्ने आशयले बाटामा मलामीले काँडा थिचेर धूप दिनु । — वाल— वि॰ काँडा भएको; काँडेदार ।

काँडे— वि॰ [काँडो+ए] काँडैकाँडा भएको; काँडेदार; काँडावाल । ~ अम्बा— ना॰ रूखमा मयलका जस्तै काँडा र पात हुने अम्बा वा बेलौती । ~ कुरो— ना॰ काँडैकाँडा हुने एक प्रकारको घाँस वा त्यसमा हुने कुरो (लुगामा टाँसिने झुस) । ~ कुवेराक्ष— ना॰ बोट र कोसामा समेत काँडैकाँडा हुने, नीलो गेडा फल्ने, पहेँलो फूल फुल्ने र अमिलीको जस्तो पात हुने एक लहरो वा त्यसैको गेडा (फल॰; कुवेराक्षी; लता–करञ्ज । ~ चाँप— ना॰ कनकचम्पा; कर्णिकार । ~ चुत्रो— ना॰ मसिना काँडा र सिताराभन्दा अलि ठूला पात हुने एक प्रकारको चुत्रो । ~ तार— ना॰ काँडैकाँडा पारी बनाइएको फलाम वा अन्य कुनै धातुको बार बार्ने तार । — दार— वि॰ काँडैकाँडाले युक्त; काँडाजस्तो भएको; काँडे । ~

पैयुँ— ना॰ पैयुँको भन्दा सानो बोट; साना–साना पात हुने, काँडेदार पैयुँको एक जात । ~ भन्टा/भिँडा— ना॰ डाँठ, पात, भेट्नु आदिमा काँडा हुने, ठूलो र नीलो रबको एक प्रकारको भन्टा । ~ भ्याकुर— ना॰ नेपालमा मात्र पाइने एक प्रकारको चरो । ~

मयल— ना॰ काँडा हुने, सानो कालो फल फल्ने एक जातको मयलको बोट । ~ रायो— ना॰ पातको एक पाटामा छ चोसासम्म काँडा हुने एक जातको रायोको साग । ~ लुँडे— ना॰ काँडैकाँडा हुने एक प्रकारको लुँडे । ~ सल्लो— ना॰ रातो खोटो आउने र काँडा हुने एक प्रकारको सल्लो ।

काँडो— ना॰ [सं॰ कण्टक ] १. हाँगा, डाँठ, पात अिादमा पलाउने आलपिन वा सियाको टुप्पोजस्तो घोच्ने वस्तु । २. दुःख दिने मानिस; शत्रु । ३. सङ्कष्ट । ४. बाधा; अड्काउ; व्यवधान; भाँजो । ५. सालनाल । ६. डरले शरीरमा ठडिएका रौँ । ७. नदीनालामा बग्ने एक किसिमको विषालु फीँज ।

काँढा— ना॰ [सं॰ क्वाथे औषधी वा अनुपानका लागि जरीबुटी हाली राम्रोसँग पकाइएको रस; पानीमा मिस्री, मरिच, सुकुमेल, सुठो आदि हाली पकाइएको तागतिलो पेय पदार्थ; क्वाथ ।

काँतर— वि॰ [सं॰ कातर ] १. कुनै कामकुरामा आँट गर्न नसक्ने; दह्रो मुटु नभएको; डरछेरुवा; काथर; नामर्द; भीरु; हुपहारा; पानीमरुवा; पानीआन्द्रे । २. हडबडाएको; व्याकुल; अधीर । >

काँतरिनु— अ॰ क्रि॰ डराउनु; काँतर बन्नु ।

काँध— ना॰ [सं॰ स्कन्धे पाखुरा जोडिएको जोर्नीदेखि गर्धनसम्मको शरीरको भाग; कुम; स्कन्ध । — मा काँध मिलाउनु— टु॰ एकले अर्कालाई सहयोग गर्नु; समर्थन गर्नु; एकजुट हुनु । ~ हाल्नु— टु॰ टेवा दिनु; सहयोग गर्नु; उक्साउनु । > काँधिनु— अ॰ क्रि॰ १. काम गर्न अल्छी गर्नु; ढिलाइ गर्नु । २. काँधे (बोकाहा॰ हुनु । ३. गह्रुकाउनु । ४. मोटाउनु ।

काँधीकाठ— ना॰ [काँध+ई+काठ] मुर्दा बाँध्नका लागि प्रयोग गरिने बाँस वा काठ; मुर्दा बोकेर लैजाने काठ; घारो ।

काँधे— वि॰ [काँध+ए] १. अर्काको झगडा वा मामला बोकेर हिँड्ने । २. काँध थापिदिने; आड दिने; उक्साउने । ना॰ ३. काँधमा राखिने वस्त्रादि; गलबन्दी; कँधेरी । ~ लौरी— ना॰ १. काँधमा मुढा आदि हाली तेर्छो पारेर बोक्दा त्यसमनि अर्को काँधबाट हालिने लाठो । २. 'ध' अक्षरको शिरमा तानिने डिको वा सो अक्षरलाई चिनाउने नाम ।

काँप्–नु— अ॰ क्रि॰ [सं॰ कम्प+नु] हे॰ काम्नु । > काँपिनु— अ॰ क्रि॰ काँप्ने होइनु; कामिनु ।

काँस— ना॰ [सं॰ काशे १. सेतो झुप्पे फूल फुल्ने, कुशको जातको एक झार; काश । २. हे॰ काँसो१ । — घारी— ना॰ धेरै काँस भएको ठाउँ; काँसको घारी ।

काँसो१— ना॰ [सं॰ कांस्ये तामा र राबको मेलबाट बन्ने एक उपधातु; काँस; कसकुट; कांस्य ।

काँसो२— ना॰ [सं॰ काशे घाँटी खसखसाउने गरी लागेको खोकी ।

कांस्य— ना॰ [सं॰] १ तामा र राबको मिश्रणबाट बन्ने, सेतो चहक हुने र ठक्कर लाग्दा पट्ट फुट्ने स्वभावको धातु; काँसो, चरेस । वि॰ २. काँसाको; चरेसबाट बनेको । — कार— ना॰ काँसो वा चरेसको भाँडा बनाउने काम गर्ने एक जाति; नेवार– जातिको एक थर; कंसाकार । — ताल— ना॰ काँसो धातुबाट बनेको दुई हातमा अल्झाई परस्पर रगडेर बजाइने बाजा; मुजुरा; झ्याली । २. मुजुरा वा झ्याली बजाउँदा सुनिने ध्वनि– तरङ्ग । ~ युग— ना॰ काँसाको हतिरयारबारा युद्ध गर्ने युग; पुरातत्त्व–विज्ञानअनुसार पाषाणयुग र लौहयुगका बीचको समयावधि ।

काइँकुइँ— क्रि॰ वि॰ [अ॰ मू॰ कुइँ (बि॰)] मुखबाट अस्वीकृति वा नकारात्मक शब्द ननिकालीकन; नाइँनास्ति; आनेकाने; चँुक्क ।

काइँकोरी— ना॰ [बा॰ बो॰ ] कपाल कोर्ने काम ।

काइँयो— ना॰हे॰ काँगियो ।

काइँली— ना॰हे॰ काहिँली ।

काइँलो— ना॰हे॰ काहिँलो ।

काइते— ना॰ [सं॰ कायस्थे लेखनदासको काम गर्ने वा त्यस्तो पेसा भएको एक वैश्य जाति; कायस्थ । ~ अक्षर— ना॰ डिको नदिई प्रायः एकनासले लेखिएका र किरमिर खालका वा अन्सारले मात्र बुझ्नुपर्ने हस्तलिपि ।

काइदा— ना॰ [अ॰ कायदे १. काम गर्ने तौरतरिका; कायदा; रीति; नियम । वि॰ २. राम्रो; सुन्दर; असल (काइदाको घर, काइदाको दही इ॰) ।

काइना— ना॰ ठूलठूला पात र फूलहरू धेरैजसो झरिसकेपछि रहलपहल रहेका ससाना पात र फूल ।

काई— ना॰ १. सिमसार वा रूखमा उम्रने हरियो मसिनु झ्याउ; पानीझ्याउ । २. दाँत वा जिब्रामा लाग्ने सेतो गनाउने लेउ; कस । ३. बिरामी पर्दा हत्केला, पैताला, नब आदिमा देखा पर्ने कालो मयल । ४. सफा नगर्दा लिङ्ग वा योनिमा जम्ने मयल । ५. ढुङ्गा, माटो आदिमा लाग्ने चिप्लो वस्तु; लेउ । ६. काठ, धातु आदिका भाँडाभित्र जम्ने मयल; काउली ।

काउँकाउँ— क्रि॰ वि॰ [अ॰ मू॰ काउँ (बि॰)] हे॰ क्याउँक्याउँ ।

काउकाउ— क्रि॰ वि॰ [अ॰ मू॰ काउ (बि॰)] १. कुतकुती लाग्ने वा लगाउने किसिमले । ना॰ २. कागको बचेरो (बालबोलीमा॰ ।

काउकुती— ना॰ शरीरका खास–खास अङ्गमा हलुका स्पर्श गर्दा वा घोच्दा पैदा हुने हाँसो वा झस्को; कुतकुती; गुदगुदी ।

काउछे— ना॰ [काउछो+ए] १. सहिदहरूका कारणले चर्चित सिन्धुली जिल्लाको एक गाउँ । वि॰ २. हे॰ काउसे । ~ सिमी— ना॰ हे॰ काउसे सिमी ।

काउछो— ना॰ हे॰ काउसो ।

काउडीकाने— वि॰ खास गरी बालकलाई माया गर्दा भनिने शव्द ।

काउडो— वि॰ भैँसीलाई गाली गर्दा भनिने शब्द ।

काउन्टर— ना॰ [अङ्॰ ] पसल, ब्याङ्क आदिमा पैसाको कारोबार वा लेनदेन गर्न व्यवस्था गरिएको अलग एकाइ वा ठाउँविशेष; पैसा गन्ती गर्ने व्यक्ति ।

काउबुजी— ना॰ [बा॰ बो॰] १. कीरो; गुजी; बुजी; । (उदा॰— काउबुजी आयो भनेर डराउनु हुँदैन है भाइ ; ) । २. हे॰ काउबुडी ।

काउबुडी— ना॰ १. केटाकेटीहरूलाई काउकुती लगाउँदा भनिने शब्द; काउबुजी । २. काउकुती ।

काउली१— ना॰ [अङ्॰ क्याली६लावरे चारैतिर हरिया ठूला पात हुने र बीचमा सेतो ठूलो खँदिलो फूल फुल्ने तरकारीविशेष; फूलकोपी; फूलगोभी; कोपी ।

काउली२— ना॰ [काई ] हे॰ काई; लेउ ।

काउलो— ना॰ [सं॰ ककुभे चिलाउनेका जस्ता पात हुने र गोल फल फल्ने, हृदयरोगलाई हित हुने फलविशेष ।

काउसे— वि॰ [काउसो+ए] काउसोजस्तो; काउसाको छाँटको । ~

सिमी— ना॰ नीलो तथा सेतो पत्र भएको फूल फुल्ने, कोसामा काउसाको जस्तो झुस हुने एक जातको सिमीको बोट वा त्यसैको कोसा ।

काउसो— ना॰ [रू काउछो ] १. नीलो फूल फुल्ने, खैरो रबको, टुप्पो घुमेको, सिमीको जस्तो कोसा लाग्ने र कोसामा विषालु सेतो झुस हुने, सो झुस शरीरमा लाग्दा साह्रै चिलाउने लहरो; काउछो । वि॰ २. पछि लागेर छोड्दै नछोड्ने वा साह्रै रोथ्याइँ गर्ने (मानिस॰ ।

काक— ना॰ [सं॰] काग; कौवा । — गवेषण— ना॰ १. असम्भव कुरा वा वस्तुको खोजी । २. कागको जस्तो तीखो चलाखीले गरिने खोज–तलास । — गोलक— ना॰ जुन आँखाले हेर्नुपथ्यो त्यतैपट्टि सर्ने कागको आँखाको नानी । (त्यसै कल्पनामा कागलाई 'एकदृक्' भनिएको हो ।) — जङ्घा— ना॰ १. कागको जाँघजस्तो आकारका राता फूल फुल्ने एक प्रकारको बुटी । २. लालगेडी; रातीगेडी; रत्ती । ३. मसी । — जम्बु— ना॰ कुवा वा तलाउ, नदीको नजिकमा हुने, अतिसानो, प्रायः कागैले मात्र खाने जामुनका जातको फल । — ताली— ना॰ १. अकस्मात् वा अप्रत्याशित रूपबाट भएको दुर्घटना । क्रि॰ वि॰ २. संयोगले; पूर्वयोजनाविना नै । — तालीन्याय— ना॰ संयोगवश हुन वा मिल्न जाने कुनै घटना । — दन्त— ना॰ १. कागको दाँत । २. अस्तित्व नै नभएको असम्भव कुरो । — पक्ष— ना॰ बालक वा तन्नेरीहरूका दुवै कनपटीका लामा–लामा केश (विशेष गरेर छेत्रीहरूको) । —

पद/पाद— ना॰ १. हस्तलिखित ग्रन्थादि पाण्डुलिपिमा कुनै अक्षर, पद आदि छुटेको सङ्केत गर्दा प्रयोग गरिने चिह्न ( ्र॰; कागखुट्टे । २. सम्भोगको एक विशेष रीति । — पुष्ट— ना॰ कोइली; कोकिल । — बलि— ना॰ १. कार्तिक कृष्ण त्रयोदशीका दिन धार्मिक दृष्टिकोणले कागलाई खान दिइने चीजबीज; कागतिहारको दिन कौवालाई दिइने बलि । २. श्राद्धका समयमा कौवालाई दिइने भोजनको अंश । — वन्ध्या— ना॰ एउटा मात्र छोरो पाएर फेरि कुनै सन्तान नजन्माउने स्त्री ।

काकली— ना॰ [सं॰] १. मधुर अस्फुट ध्वनि; श्रृतिमधुर तरङ्ग; मन्दमधुर स्वर । २. कैँची ।

काका१— ना॰ [फा॰] बाबुको भाइ; कान्छा बाबु; कान्छाबा ।

काका२— क्रि॰ वि॰ [अ॰ मू॰ का (बि॰)] १. काग वा कौवा कराउँदा आवाज निस्कने चालमा । ना॰ २ त्यस्तो आवाज ।

काकाकुल— ना॰ [सं॰ काककुल ] १. पानीका लागि मेघमा भर पर्ने एक पक्षी; चातक । २. पानी खान लाग्दा नदिनेलाई प्रयोग गरिने शब्द ।

काकाकौवा— ना॰ [रू काकातुवो १. कल्की भएको, रबगीबिरङ्गी सुगा जातिको एक पक्षी वा चरो; काकातुवा । २. सालको पातलाई बीचमा चिरी सिन्का घुसारेर कौवाका पखेटाजस्तै पारी हल्लाउँदै केटाकेटीले खेल्ने खेल ।

काकातिल— ना॰ घाँटीमा रातो डल्लो झुन्डिएको एक पक्षी ।

काकातुवा— ना॰ [मल॰ ककतुअ] हे॰ काकाकौवा ।

काकी— ना॰ [काका+ई] काकाकी स्त्री; कान्छी आमा ।

काकु— ना॰ [सं॰] १. भय, शोक, क्रोध आदि संवेगका कारणले स्वरमा आउने परिवर्तन । २. स्वीकारात्मक अर्थलाई प्रकट गर्ने निषेधात्मक शब्द । ३. गुनगुनाहट । ४. जिब्रो ।

काकुल— ना॰ [सं॰ काकपक्षे मिलाएर छाँट पारी काटिएको कपाल; जुल्फी । > काकुलाइ— ना॰ काकुलिने क्रिया वा प्रक्रिया ।

काकुलिनु— अ॰ क्रि॰ घुम्रिनु; कुलकुलाउँदो हुनु (कपाल आदि॰ ।

काकुवक्रोक्ति— ना॰ [सं॰] कण्ठध्वनि–विकारका आधारमा वक्ताले बोलेको वाक्य सुनेर श्रोताले अभिप्रेत अर्थबाट इतर अर्थको व्यञ्जना गर्ने वाक्–विन्यास; वक्रोक्ति अलङ्कारको एक भेद ।

काकोल— ना॰ [सं॰] १. एक जातको काग; कालो काग, पहाडी काग; ढोले । २. सर्प । ३. विष (हलाहल॰ ।

काकोली— ना॰ [सं॰] मरुई लताविशेष ।

काख— ना॰ [प्रा॰ कक्ख > सं॰ कक्षे बसेका अवस्थामा मानिसको कम्मरदेखि घुँडासम्मको अग्रभाग; पलेँटीको माथिल्लो भाग; अङ्क । –को बालो— ना॰ चिचिलो बालक; साह्रै सानो नानी ।

काखी— ना॰ [प्रा॰ कक्खे काँधको जोर्नी पर्ने कुममन्तिरको खोपिल्टो; खुकुनी; कोखेलो ।

काखे— वि॰ [काख+ए] १. अर्काको काखमा मात्र बसिरहन मन गर्ने (बालक) । २. काखमा राख्न मात्र ठिक्क हुने ।

काग१— ना॰ [अङ्॰ कर्के १. औषधी आदि राखिएको बोतलमा बिर्को लगाउन प्रयोग गरिने कमलो काठको वस्तु; भित्री बिर्को; बुजो । २. मटीतेल आदि खन्याउन प्रयोग गरिने सोली; ट्वाक ।

काग२— ना॰ [सं॰ काके चिल्लो कालो प्वाँख हुने, रूखो र कर्कश स्वर निकालेर कराउने एक जातको केही लाम्चो चरा; कौवा; काक । — खुट्टे— ना॰ हे॰ काकपद/काकपाद । — चुच्चे— ना॰ कागको टाउकाको जस्तो आकारको फल फल्ने, नीलो फूल फुल्ने, करेलाको झैँ पात हुने लताविशेष; त्यसकै फल वा फूल ।

कागज— ना॰ [फा॰] कागत; पत्र । ~ जाँच— ना॰ हे॰ कागत– जाँच । > कागजात— ना॰ विभिन्न विषय लेखिएका कागजहरूको फाइल; कागजपत्र; मिसिल ।

कागजी— वि॰ [कागज+ई] १. कागजसम्बन्धी; कागजमा आधारित । २. कागजको जस्तै पातलो खोस्टा वा बोक्रा हुने (फलफूल आदि) । ३. व्यवहारमा आउन कठिन भई सिद्धान्तमा मात्र आधारित (कागजी योजना, कागजी कार्यक्रम इ॰) । ~ पाट— ना॰ नेपाली कागज बनाउने एक कच्चा पदार्थ । ~ बदाम— ना॰ लाम्चा पात, ससाना राता फूल र लाम्चो आकारको फल फल्ने एक रूख वा त्यसैको फल ।

कागत— ना॰ [अ॰] १. लेख्न, छाप्न, चित्र बनाउन, पोकापोकी पार्न आदि कामका निम्ति प्रयोग हुने, काठ, गुदी, झुत्रो आदिबाट बनाइने पातलो र लचिलो वस्तु; कागज; पत्र । २. लिखित प्रमाण (तमसुक, भर्पाई आदि) । ~ जाँच— ना॰ अड्डा वा कार्यालयमा भएका आय–व्यय तथा अन्य विषयसम्बन्धी कागजातहरूको जाँचबुझ गर्ने काम; कार्यालयीय कागजपत्र– हरूको निरीक्षण । ~ पत्र— ना॰ कागजपत्रहरूको समूह; कागजात ।

कागतिहार— ना॰ [काक+तिहार] कार्तिक कृष्ण त्रयोदशीका दिन कागलाई बलि दिने परम्पराअनुसारको चाड; तिहारका चाडको पहिलो दिन ।

कागती— ना॰ [रू कागजी] अर्धउष्ण प्रदेशमा फल्ने, फिक्का पहेँलो बोक्रा र रसिलो तथा अमिलो गुदी हुने, अचार बनाइने र दाल– तरकारीमा निचोरेर खाइने गोलाकार तथा केस्रादार एक फल ।

कागते— ना॰ [कागत+ए] कागतको; कागतपत्रसम्बन्धी । ~ हुलाक— ना॰ पृथ्वीनारायण शाहका पालामा कागतपत्र मात्र ओसारपसार गर्ने हुलाकी ।

कागुनु— ना॰ [सं॰ कङ्गु] जौका जस्तै पात र बाला हुने एक बोट वा त्यसैका बालामा फल्ने घिउ रबको सर्स्यूँजस्तो दाना; आयुर्वेदअनुसार वायुवर्द्धक र पुष्टिकारक गुण भएको पहेँलो, सेतो र कालो रब हुने त्यसैका भिन्न–भिन्न भेद ।

कागे— वि॰ [काग+ए] १. कागजस्तो; कालो; सिकुटे । २. कागे भेडो । ~ किरो— ना॰ काला खबटे पखेटा हुने एक जातको सानो फट्याङ्ग्रो । ~ जिउ— ना॰ पातलो सिकुटे शरीर । ~

झिँजा— ना॰ कागले गुँड लाउने जस्ता मसिना झिक्राझिकी । ~ ठेकी— ना॰ बिहामा दुलहापट्टिबाट दुलहीकहाँ पठाइने लग्नपत्रिका र मङ्गलका निमित्तको दही–ठेकी; साइपाटो । ~ भलायो— ना॰ भलायोको एक प्रकार । ~ भेडो— ना॰ एक प्रकारको घरपालुवा भेडो ।

काङ्क्षा— ना॰ [सं॰] १. इच्छा; चाहा; अभिलाषा; कामना । २. झुकाउ; रुचि । > काङ्क्षित— वि॰ काङ्क्षा वा इच्छा गरिएको; अभिलषित । काङ्क्षी— वि॰ कामना गर्ने; चाहना गर्ने; इच्छुक; अभिलाषी (आकाङ्क्षी, शुभाकाङ्क्षी इ॰) ।

काङ्गियो— ना॰ [सं॰ कङ्कतिको १. हे॰ काँगियो । २. प्रायः घैया गोड्ने काममा प्रयोग हुने दाँतैदाँत भएको फलामे हतियार; एक किसिमको लिँडुल्को ।

काङ्ग्रेस— ना॰ हे॰ कङ्ग्रेस ।

काछ— [सं॰ कच्छे १. तिघ्रा र भुँडीको जोर्नीस्थल; तिघ्राको काप; जाँघे । २. किनार; छेउ । — बन्दी— ना॰ सानो खालको धोती; ठाडो धरो; लगौँटी । > काछे— ना॰ सिलाएको लँगौटी ।

काज१— ना॰ [अङ्॰ कगे लुगाहरूमा टाँक छिराई बन्द गर्नाका निम्ति बनाइएको प्वाल; टाँकघर ।

काज२— ना॰ [सं॰ कार्ये १. कार्य; काम । २. केही वा निर्धारित अवधिका निमित्त कुनै पनि सरकारी वा गैरसरकारी सेवामा रहेको बहालवाला कर्मचारी, शिक्षक आदिले अर्को संस्था वा कार्यालयमा गई गरेको सावधिक सेवाकार्य । ~ किरिया— ना॰ परम्परागत रीतिअनुसार मृतकका नाउँमा तेह्र दिनभित्र गरिने अञ्जलिदान, पिण्डदान आदि अन्त्येष्टि क्रिया; मरौपरौको काम; क्रियाकर्म । — वार— ना॰ १. चाडपर्व; कार्यक्रम । २. मेलोमेसो । ३. जोहो ।

काजी— ना॰ [अ॰] १. माध्यमिककालीन नेपालको मुख्य प्रशासक; मन्त्री वा सो सरहको पद । २. निजामतीतर्फ उच्च दर्जाको अधिकारी वा सो अधिकारीको पद । ३. क्षत्रीलाई आदर गर्दा प्रयोग गरिने शब्द । ४. नेवारका केटाकेटीलाई स्नेह जनाउँदा वा मान राख्दा प्रयोग गरिने शब्द । वि॰ ४. कर्मशील; क्रियावान् (कामकाजी मान्छे, कामकाजी कुरो इ॰) ।

काजु१— ना॰ [अङ्॰ कासे उष्ण–प्रदेशमा फल्ने बदामजस्तो तर केही घुमुर्किएको र सेतो रबको हुने, मरमसलामा प्रसिद्ध सुक्खा फलविशेष ।

काजु२— वि॰ [काज+उ] काममा पोख्त; कार्यदक्ष ।

काजू— वि॰ हे॰ काजु२ ।

काञ्चन— ना॰ [सं॰] १. सुन; सुवर्ण । २. धनसम्पत्ति; ऐश्वर्य । ३. प्रभा; दीप्ति । ४. कोमल तन्तु । ५. धतुराको बोट । ६. चाँपको फूल । ~ पुरुष— ना॰ आश्ाौचको एघारौँ दिनमा मृतकको उद्धारका निम्ति महाब्राह्मणलाई दानस्वरूप दिइने सुवर्णपत्रमा लेखिएको पुरुषको आकृति ।

काञ्ची— ना॰ [सं॰] १. स्वास्नीमानिसहरूको मेखला; करधनी; कन्धनी । २. हिन्दूहरूमा पवित्र ठानिएका सात नगरीमध्ये दक्षिण भारतमा स्थित एक नगरी ।

काञ्जिक— ना॰ [सं॰] दूध–दहीको पानी फटाई त्यसमा नुन, मसला हाली साँधेको पेय पदार्थ; माडको अचार; काँजी ।

काट्–नु— स॰ क्रि॰ [सं॰ कर्तने १. कुनै वस्तुलाई हतियारले हान्नु । २. टुक्रा पार्नु; छिन्ने गराउनु । ३. अक्षर केर्नु वा मेट्नु । ४. रेल, मोटर आदिको टिकट किन्नु । ५. बिल, चेक, पुर्जी आदि लेखी जारी गर्नु । ६. समय बिताउनु । ७. उल्लङ्घन गर्नु; नाघ्नु । ८. अर्काले बोलेको कुरा नटुङ्गिँदै बीचैमा बोल्नु । (. हिसाब आदि कट्टी गर्नु । १०. कुनै आज्ञा, आदेश, तर्क आदिलाई रद्दी पार्नु वा तिनको खण्डन गर्नु ।

काट— ना॰ [सं॰ कर्त्ते काट्ने काम; कटाइ (काटछाँट, मारकाट इ॰) । — कुट— ना॰ १. कुनै वस्तुलाई काटेर वा फोरेर ससाना टुक्रा पार्ने काम । २. भाषाका अशुद्ध रूप र अनावश्यक अंशलाई हटाएर परिष्कृत रूप दिने कार्य । — छाँट— ना॰ काट्ने र छाँट्ने काम; काटकुट । — मार— ना॰ १. काटोछिनु; लडाईँ । २. देवस्थल आदिमा बलि वा भोग दिने कार्य; काट्ने र मार्ने काम; हिंसा ।

काटा— ना॰ काट्ने साधन वा भाँडो; हतियार (बालबोलीमा॰ ।

काटाकाट— ना॰ [काट्+आ+काट्] १. बाझाबाझ; काटोछिनु । २. एकले अर्काको हानि पुथ्याउने काम । ३. परस्परमा खुकुरी आदि हतियार प्रयोग गर्ने काम । ४. वैरभाव; शत्रुता । ५. एकले अर्काको भनाइ, सिद्धान्त आदिको खण्डन वा विरोध गर्ने काम ।

काटिनु— क॰ क्रि॰ [काट्+इ+नु] काट्ने काम गरिनु; टुक्र्याइनु ।

काटीकुटी— ना॰ [काट+ई+कट+ई] १. दुई मानिसका बीचमा वा कुनै दुई थरी विषय वा कुराका बारेमा परस्पर रूप, ढाँचा, बोलाइ, आचरण आदि गुणको तुलना गर्दा प्रयोग गरिने शब्द । २. दुरुस्त; उस्तै । (उदा॰— राम काटीकुटी उसको बाबुजस्तै छ । ॰

काटे— क्रि॰ वि॰ [काट्+ए] काट्ता पनि; पटक्क; ठ्याम्म । ~ नमिल्ने– वि॰ पटक्क नमिल्ने; ठ्याम्म नहुने ।

काटोछिनु— ना॰ [काट्+छिनु ] ठूलो शत्रुता; काटाकाट; मारामार ।

काट्टे— वि॰ [काट्टो+ए] १. एघारौँका दिनमा मृतकका नाउँमा दिइएको अन्न हसुर्ने; काट्टो खाने । ना॰ २. त्यस्तो काट्टो खाने खालको बाहुनलाई अपहेलनापूर्वक भनिने शब्द ।

काट्टो— ना॰ १. मरेका एघारौँ दिनमा मृतकका उद्देश्यले खुवाइने भोजन तथा दान गरिने वस्तु । २. बिरालाको बिष्टा । ३. बलैले खानुपर्ने तुच्छ खानेकुरो ।

काट्ने— वि॰ [काट्+ने] १. धारिला हतियारले हान्ने वा दाँतिला हतियारले रेट्ने । २. काट्नुपर्ने । ३. साह्रै चिसाले काट्ला जस्तो; असाध्यै ठिहिथ्याउने । ४. बिटसम्म आउने । ५. उछिनेर बोल्ने । ना॰ ६. उपर्युुक्त प्रकारको मानिस वा वस्तु । ~ निम्ठो— ना॰ बिटको बराबरी; बिटसम्म (उदा॰— चिउरा हो र झुसी भर्नलाई < चामल त काट्ने निम्ठो नै भरिन्छ नि रू) । ~ भाँडो— ना॰ धारिलो हतियार (खुकुरी, खुर्पा, हँसिया इ॰) । काट्नेसी र कुट्नेसी— ना॰ [काट्ने+असि, कुट्ने+असि] १. काट्ने हतियार र कुट्ने सामान । २. काट्ने र कुट्ने काम ।

काठ— ना॰ [प्रा॰ कट्ठ < सं॰ काष्ठे १. रूखका बोक्राभित्रको कडा वस्तु; रूख ढाली बनाइएका थाम, दलिन, बिम, निदाल, तखता आदि घर बनाउने सामग्री; कुर्सी, मेच, ढोका, टेबुल आदि तयार गर्ने कच्चा पदार्थ; टिम्मा । २. दाउरा । ३. मूला, गाजर, ग्याँठकोपी आदिमा छिप्पिएपछि गुदीका पत्रमा लाग्ने काठजस्तो साह्रो जालो । ~ गोदाम— ना॰ संस्थान वा निजी स्तरमा दलिन, निदाल आदि काठहरू ल्याएर थुपार्ने र बिक्री– बेपार गर्ने निश्चित ठाउँ । ~ तुलसी— ना॰ धानको एक प्रकार । — पात— ना॰ सबै खालका काठलाई सामूहिक रूपमा भनिने नाम; काठहरूको समूह; दाउरा, झिँजा आदि । ~ महल— ना॰ पहिले–पहिलेको वनविभाग ।

काठमाडौँ— ना॰ [सं॰ काष्ठमण्डपे १. नेपालको राजधानी सहर; कान्तिपुर; कान्तिपुरी । २. मल्लकालका उपत्यकाका तीन राज्यमध्ये एकको राजधानी । — ले/ली— वि॰ काठमाडौंँको निवासी; काठमाडौँको रैथाने ।

काठि–नु— अ॰ क्रि॰ [काठ+इ+नु] काठझैँ अररो हुनु; जाडोले कठ्याङ्ग्रिनु; गँगरिनु ।

काठिन्य— ना॰ [सं॰] कठिनाइ; कठिनता ।

काठिया— ना॰ लाटोकोसेरोजस्तो एक जातको चरो ।

काठी१— ना॰ [सं॰ काष्ठे १. घोडाको पिठ्यूँमा बस्नाका निम्ति जिनमनि कसिने खास गरी छालाको आसन वा काठको साँचो । २. साइकल, मोटर साइकल आदिमा बस्नका निम्ति राखिने सिट ।

काठी२— ना॰ [काठो+ई ] 'काठो'–को स्त्रीलिङ्गी शब्द ।

काठे— वि॰ [काठ+ए] १. काठको; काठसम्बन्धी; काठमा हुने । २. काठ वा छोक्रा धेरै भई रस कम भएको । ना॰ ३. लिङ्गका अखटामा देखापर्ने गन्हाउने सेतो पदार्थ । ~ अमला— ना॰ ससाना गेडा हुने एक जातको अमला । ~ उखु— ना॰ काठझैँ साह्रो हुने एक प्रकारको उखु; ढोडे उखु । ~ किरो— ना॰ काठमै उत्पन्न भई काठ खाएरै बाँच्ने एक कीरो । ~ केरा— ना॰ कोसामा साह्रो नसा हुने एक जातको केरा । ~ चाँप— ना॰ पहेँलो फूल फुल्ने, राता गेडाका झुप्पा लाग्ने, सेतो काठ हुने एक जातको चाँप; वनचाँप । ~ च्याउ— ना॰ रूखमा उम्रने, सेतो वा खैरो रङ्गको डाँठ हुने एक प्रकारको च्याउ । ~ ज्यामिर— ना॰ पहेँलो बोक्रा हुने एक खालको ज्यामिर; नाइटे ज्यामिर । ~ डुम्री— ना॰ एक जातको डुम्रीको रूख । ~ न्याउरी— ना॰ न्याउरीमुसोको एक प्रकार । ~ पिपल— ना॰ पीपलको जस्तो पात भई ठूलठूला पहेँला फूल फुल्ने र गोल फल फल्ने रूखविशेष वा त्यसैको फल; फलीश । — पाते— वि॰ काठपातसम्बन्धी; काठपातबाट तयार पारिएको; काठको । ~ फुसी— ना॰ जननेन्द्रियमा उब्जने गन्हाउने मयल । ~ मन्सरा— ना॰ मोटो–मोटो हुने मन्सरा जातको धान वा त्यसको चामल ।

काठो— ना॰ [काट्टो + ?] अन्य जातले बाहुनलाई हियाएर भन्ने शब्द ।

काढ्–नु— स॰ क्रि॰ १. उखेल्नु (धान, कोदो आदिको बीउ) । २. थुत्नु; फुकाल्नु (छाला, लुगा इ॰) । ३. निकाल्नु; झिक्नु (भातको माड, मह इ॰) । ४. चुहाउनु (राल, आँसु इ॰) । ५. ओराल्नु; हटक गर्नु (जात, भात इ॰) । ६. बचरा निकाल्नु (फुलबाट) । ७. माग्नु वा लिनु (ऋण, सापट इ॰) । ८. उच्चारण गर्नु (अक्षर, नाम इ॰) । > काढाकाढ— ना॰ पालैपालो काढ्ने काम ।

काढिनु— क॰ क्रि॰ काढ्ने काम गरिनु ।

काण्ड— ना॰ [सं॰] १. कुनै वस्तुको खण्ड वा भाग । २. रूखको हाँगो; डाली; शाखा; आँख्लो । ३. पुस्तक आदिका कुनै अध्याय वा प्रकरण । ४. अप्रिय तथा नराम्रो घटना (लाइब्रेरी काण्ड, हत्याकाण्ड इ॰); अशान्तिको स्थिति । ५. कुनै कुराको हद वा सीमा (काण्ड पुग्नु, काण्ड पुथ्याउनु इ॰) । ६. धनुका बीचको मोटो भाग; बाण; तीर ।

कात्–नु— स॰ क्रि॰ धागो बनाउनु; सूत निकाल्नु; धागो निकाल्नु; बत्ती पार्नु ।

कातन्त्र— ना॰ [सं॰] सर्ववर्माबारा लेखिएको एक संस्कृत व्याकरण; कलाप–व्याकरण ।

कातर— वि॰ [सं॰] हे॰ काँतर ।

कातिनु— क॰ क्रि॰ [कात्+इ+नु] बत्तीको धागो बनाइनु; बत्ती बाटिनु ।

काती— ना॰ [सं॰ कातैले १. पिनासमेत मिसिएर थिग्रिएको तेलको लेदो; थिग्रेनी । २. टुकी आदि बाल्दा डढेर रहेको सलेदो वा फित्ताको कालो सिट्ठी; थुर । वि॰ ३. औधी मैलो; साह्रै मैलो ।

कात्तिक— ना॰ [सं॰ कार्तिके वर्षको सातौँ महिना; असोज र मबसिरका बीचको महिना ।

कात्तिके— वि॰ [कात्तिक+ए] १. कामातुर; बढी सम्भोगको इच्छा गर्ने (कुकुर, मानिस आदि) । २. कात्तिक महिनासँग सम्बन्धित; कात्तिकमा फल्ने, उम्रने वा पाक्ने (बालीनाली॰ । ~ औलो— ना॰ कात्तिकमा जाडो र गर्मीको दोसाँध हुने बेला कछार, घाँच र खोचतिर आउने जरो । ~ बोडी— ना॰ कात्तिक महिनामा फल्ने गाढा हरियो र छोटो कोसामा सेतो गेडा लाग्ने एक जातको गुलियो–गुलियो स्वादको बोडी ।

कात्यायन— ना॰ [सं॰] १. पाणिनिको अष्टाध्यायीका व्याकरण– सूत्रलाई पूर्ण पार्न वार्तिकको रचना गर्ने एक प्रसिद्ध वैयाकरण ऋषि । २. श्रौतसूत्रका प्रवर्तक; वररुचि; पुनर्वसु; मेधाजित् । श्र कात्यायनी— ना॰ १. दुर्गाको एक मूर्ति वा रूप । २. कात्यायन ऋषिकी पत्नी । ३. गेरु वस्त्र धारण गर्ने अधबैँसे विधवा ।

कात्री— ना॰ १. पिबको काम्रो । २. कोलको बियो र ढिकुवालाई जोड्ने तेर्सो काठ ।

कात्रो— ना॰ [सं॰ कृते मुर्दालाई ढाक्ने र बेर्ने सेतो कपडा; शववस्त्र ।

काथर— वि॰ [रू कातरे हे॰ काँतर ।

कादम्बरी— [सं॰] १. कदम्बका फूलबाट बनाइएको रक्सी; उखुको मदिरा । २. हात्तीको गण्डस्थलबाट बहने मद । ३. सरस्वतीको एक उपाधि । ४. पोथी कोइली । ५. बाणभट्टरचित एक गद्यकाव्य ।

कादम्बिनी— ना॰ [सं॰] १. बादलको लामो पङ्क्ति वा तह; मेघमाला । २. मेघ–रागको एक रागिनी ।

कादो— ना॰ [सं॰ कर्दमे हिलो; धान रोपाइँ गर्न हिल्याइएको माटो ।

कान— ना॰ [सं॰ कर्ण ] १. ध्वनितरङ्ग वा शब्दलाई ग्रहण गर्ने शरीरको अङ्ग; शरीरको एक ज्ञानेन्द्रिय; श्रवणेन्द्रिय; कर्ण । २. कानका आकारको कुनै वस्तु (भाँडाबर्तनका कडा आदि) । ३. बाह्रखरीको एक मात्रा; आकार (ा॰; काननानी । ४. नाम्लाको पातामा बरियो छिराउन बनाइएको बीचमा प्वाल भएको दुईतिरको भाग । ~ उखेल्नु— टु॰ सास्ती दिनु । — कटुवा/कट्टु— वि॰ कान काटिएको वा चिरिएको; कनफट्टा; कनकट्टा; बुच्चे; कानचिरा । ~ काट्नु— टु॰ १. पक्कै हो भन्नु । (उदा॰— यो कुरो नभए मेरो कान काटिदेऊ) । २. सास्ती दिनु । ~ खानु— टु॰ झर्को लाग्नु । ~ खाने— वि॰ धेरै कराउने; चर्को; दिक्क लाग्ने । — चिरा— वि॰ कानकटुवा; कनफट्टा । ~ ढाक्ने— ना॰ कान छोप्ने वस्त्र; ओढ्ने । — ढुङ्ग्री— ना॰ महिलाहरूले कानमा लगाउने सुनको गहना ।

कानन— ना॰ [सं॰] १. वन; जङ्गल । २. बगैँचा । ३. घर ।

कानपाते— ना॰ [कान+पाते] हे॰ सरताप्रे ।

कानपासा— ना॰ [कान+पासो नारीहरूले कानमा लगाउने टपजस्तो तीन चोसा परेको बीचको चोसो अलि माथिसम्म उठेर केही घुमेको गहना । कान मन्त्राइ— ना॰ [कान+मन्त्राइ] १. कुरा सिकाउने काम । २. पोललगाइ ।

कानसिन्की— ना॰ [कान+सिन्की] हे॰ कालीसिन्की ।

काना१— ना॰ [रू कान ] कान । (कानाकाटी आदि ॰ ।

काना२— ना॰ [कानो+ओ १. तीनवटै पोट मिली हुने पासा खेलको एक दाउ । वि॰ २. कानो । — कौडी— ना॰ १. फुटेको वा खोटो कौडी । २. ज्यादै थोरै वा नगण्य धनसम्पत्ति; थोरै धन । (तुल॰ पैसा न कौडी बजार–बजार दौडी । ॰

कानीन— ना॰ [सं॰] १. अविवाहित वा कुमारी स्त्रीबाट जन्मिएको छोरो; कन्यापुत्र । २. व्यास । ३. कर्ण ।

कानु— वि॰ [रू कानो] १. एउटा आँखाले मात्र देख्ने; एकआँखे; कानो । २. ना॰ मधेशतिर बस्ने एक जाति ।

कानुन— ना॰ [अ॰ कानूने जनताबारा निर्वाचित राष्ट्रिय प्रतिनिधि– हरू भएको व्यवस्थापिकासभाले राष्ट्रलाई व्यवस्थित रूप दिन बनाएको नियमले ऐनको रूप लिएको समूह; राज्यमा सुचारु रूपले न्यायिक व्यवस्था कायम राख्न बनाइएका नियमावलीहरूको समष्टि रूप; ऐन, सवाल, नियम, आदेश आदि । ~ किताब— ना॰ ऐनकानुनको पुस्तक; विधिशास्त्र । > कानुनतः— क्रि॰ वि॰ कानुनअनुसार; कानुनले तोके वा निर्दिष्ट गरेअनुसार । — बद्ध— वि॰ ऐनकानुनबारा बाँधिएको; कानुनको परिधिभित्रको । ~ बर्खिलाप— वि॰ ऐनकानुनको विरुद्ध वा विपरीत; कानुनले निषेध गरेको (कामकारबाई, आचरण आदि) । ~ विषयक समिति— ना॰ कानुनसम्बन्धी सरसल्लाह, निर्देशन आदि दिने, छलफल गर्ने, समस्या सुल्झाउने एक अङ्ग । ~ व्यवसाय— ना॰ कानुनसम्बन्धी पेसा वा तद्विषयक लेखपढ, बहस आदिको काम; वकालत । ~ व्यवसायी— वि॰ १. कानुनसम्बन्धी पेसामा लागेको वा कानुनसँग सम्बद्ध काममै संलग्न । ना॰ २. त्यस्तो व्यक्ति । ~ सम्बन्धी— वि॰ ऐनकानुनसँग सम्बन्ध भएको ।

कानुनी— वि॰ [कानुन+ई ] १. कानुनसम्बन्धी; कानुनको; कानुनमा बाँधिएको; कानुनभित्रको । ना॰ २. कानुनको ज्ञाता; कानुन छाँट्ने व्यक्ति । ~ लिखत— ना॰ १. कानुनमा स्पष्टसँग उल्लिखित विषय, कानुनी बुँदा वा आधार । २. कुनै काम–कारबाईका सम्बन्धमा अड्डा–अदालतबाट गरिने ऐनसवाल, रुलनियम– अनुसारका आवश्यक लिखित प्रमाण वा कागजात । ~ कारबाई— ना॰ १. कानुनमुताबिक गरिने वा गरिएको कामकारबाई । कुनै उजुरी वा काम–कर्तव्यबारे अदालत आदिबाट लिइने निर्णय । ~ दाबी— ना॰ कानुनका आधारमा गरिने वा गर्न पाउने दाबी वा अधिकार; कानुनप्रदत्त दाबी । ~ ब्याज— ना॰ रिन–सापट लिँदा–दिँदा कानुनले तोकेबमोजिम लिइने वा लिनुपर्ने ब्याज । ~

मान्यता— ना॰ कानुनले गर्न हुने भनिएको वा कानुनबाट कुनै बाधा–अड्काउ नभएको; कानुनबारा मान्य । ~ विवाह— ना॰ अड्डाबाट कानुनी रूपमा पति–पत्नी भएको विवरण दर्ता गरी विवाह गरिने प्रथा वा त्यस प्रकारले गरिएको विवाह । ~ स्तर— ना॰ कानुनबारा निर्धारित वा मान्य स्तर; कानुनी दृष्टिबाट निर्धारित हुन गएको कुनै पद, प्रतिष्ठा आदिको तह वा मान्यता ।

कानू— वि॰ हे॰ कानो ।

काने— ना॰ [कान+ए] १. लाम्चा ससाना पात हुने र चिप्लो झोल निस्कने एक प्रकारको भुईंझार । वि॰ २. कानका आकारको कडा भएको (काने कसौँडी) । ३. कानसमेत ढाकिने वा छोपिने (काने टोपी) । ४. ठूला कान भएको (वस्तु, मानिस इ॰) । ~ कसौँडी— ना॰ दुवैतिर कडा भएको ससानो कसौँडी । ~ काने

पिच्च— ना॰ आँखामा पट्टी बाँधिएको डुमले अरू खेलाडीहरूलाई छुने र छोइएको खेलाडी नै डुम बन्ने, बालकहरूको मनोरञ्जक खेल । — कोर्सि— क्रि॰ वि॰ चार रातपछि आउने दिन; निकोर्सिको भोलिपल्ट । — खुसी— ना॰ १. स्वरयन्त्रमा कुनै कम्पन नल्याई सास मात्रले अरूका कानमा भनिने गोप्य कुरो; अरूले नसुनून् भन्ने उद्देश्यले ज्यादै मसिनो स्वरमा खुसुक्क बोल्ने काम; साउती; खासखुस; कानाखुसी; कानफुकाइ । २. भित्री प्रचारकार्य । (उदा॰— चुनावमा मतदातालाई कानेखुसी नगरे जित्न नै सकिँदैन रू) । —

गुजी— ना॰ कानको दुलोभित्र हुने पहेँल्छ्या कालो र मैनजस्तो फोहर पदार्थ; कानको मयल; कर्णमल । ~ च्याउ— ना॰ रूखका ठुटामा उम्रने कानजस्तो आकारको एक प्रकारको च्याउ । ~ टोपी— ना॰ दुवै कान ढाक्ने, चिउँडामुनि तुना बाँध्न हुने बालकहरूको टोपी । — पर्सि— क्रि॰ वि॰ हे॰ कानेकोर्सि । —

सिन्को— ना॰ पानीले छोडेको बगरमा उम्रने, पहेँलो फूल र हाँसका पाइलाको आकारका पात हुने एक प्रकारको घाँस ।

कानो— वि॰ [सं॰ काणे एउटा आँखो नदेख्ने; एकआँखे; कानू ।

कान्छा— वि॰ [कान्छोको ति॰ ।)] १. कम उमेरको वा पछि जन्मेको । ना॰ २. त्यस्तो व्यक्ति । ३. कम उमेरको व्यक्तिलाई बोलाउने शब्द । (उदा॰— ए कान्छा ; तिमी यता आऊ न ।) ~ बा— ना॰ कान्छो बाबु; काका । ~ बाबू— ना॰ आफूभन्दा सानो र कान्छो उमेरका पुरुषलाई भन्ने स्नेहको बोली ।

कान्छी— वि॰ [कान्छो+ई] १. सबैभन्दा पछि जन्मेकी (छोरी॰; सबभन्दा कम वा थोरै उमेरकी; सबभन्दा पछिकी । ना॰ २. कान्छो भाइ वा छोराकी पत्नी । ३. प्रेमीले प्रेमिकालाई बोलाउने शब्द; कान्छी नानी । ~ आमा— ना॰ १. कान्छाबाकी पत्नी । २. आमाकी सानी सौता; सौतेनी आमा । ~ आँैलो— ना॰ हात– खुट्टाका आँैलाभन्दा सानो र पातलो पुछारको आँैलो । ~ नानी— ना॰ १. कान्छी छोरी, बहिनी आदि । २. रुपियाँपैसा; धन । (उदा॰–समाजमा कान्छीनानी हुनेकै इज्जत छ । ॰

कान्छो— वि॰ [सं॰ कनिष्ठे १. सबभन्दा पछि जन्मेको (छोरो, सन्तान इ॰) । २. कम उमेरको । ३. तल्लो श्रेणीको (जस्तो– कान्छो सुन॰ । ना॰ ४. लोकगीतमा प्रयोग हुने र प्रायः दोहोरिने शब्द (रहनी) । ~ बाबु— ना॰ आफूलाई जन्माउने बाबुको भाइ; कान्छाबा; काका ।

कान्टवाद— ना॰ [कान्ट ( व्यक्ति ॰+वाद] इम्यानुयल कान्ट (इ॰ १७२४–१८०४० भन्ने प्रसिद्ध जर्मनेली दार्शनिकबारा प्रतिपादित एक सिद्धान्त वा मत । > कान्टवादी— वि॰ कान्टवादको अनुसरण गर्ने ।

कान्त— ना॰ [सं॰] १. इष्टजन; प्रिय व्यक्ति । २. अनुराग राख्ने वा प्रेम गर्ने व्यक्ति; प्रेमी; मायालु । ३. पति; लोग्ने; स्वामी (लक्ष्मीकान्त, श्रीकान्त इ॰) । ४. चन्द्रमा । ५. वसन्त ऋतु । ६. एक जातको फलाम । ७. रत्न । ८. कार्तिकेयको उपाधि । वि॰ (. प्रिय र रुचिकर; कोमल र मनोहर । १०. सुन्दर । > कान्ता— ना॰ १. प्रिया वा सुन्दरी स्त्री; रूपलावण्य भएकी नारी । २. स्वास्नी; पत्नी; भार्या । ३. प्रेमिका ।

कान्तार— ना॰ [सं॰] १. बाक्लो र डरलाग्दो जङ्गल वा वन । २. उजार स्थान; नराम्रो बाटो; दुर्गम पथ । ३. दुलो; प्वाल । ४. किराँती उखु ।

कान्तासम्मित— वि॰ [सं॰] प्रेयसीसमान; प्रेमिकाबराबर । ~ उपदेश— ना॰ पूर्वीय काव्यशास्त्रका प्रयोजनअन्तर्गत तीन प्रकारका उपदेश (प्रभुसम्मित, सुहृत्सम्मित र कान्तासम्मित॰–मध्ये एक उपदेश; मोहक र हृदयग्राही शिक्षा ।

कान्ति— ना॰ [सं॰] १. दीप्ति; प्रभा; तेज । २. शोभा; सौन्दर्य । ३. कामना; इच्छा । ४. सुन्दरी स्त्री । ५. दुर्गाको उपाधि । ६. चन्द्रमाका सोह्र कलामध्ये एक । ७. काव्यका दस गुणमध्ये रस उद्दीप्त गराउने एक गुण ।

कान्तिपुर— ना॰ [सं॰] काष्ठमण्डप; काठमाडौँ । > कान्तिपुरी— ना॰ काठमाडौँ । (उदा॰— अमरावति कान्तिपुरी नगरी । – भानुभक्त ।)

कान्तिमान्— वि॰ [सं॰] १. कान्तियुक्त; दीप्ति भएको; उज्ज्वल शोभायुक्त; सुशोभित । ना॰ २. चन्द्रमा ।

कान्दानी/कान्नानी— ना॰ व्यञ्जनवर्णमा जोडिने आकारको मात्रा (ा॰; कान ।

कान्यकुब्ज— ना॰ [सं॰] भारतको उत्तरी भागमा गङ्गाको सहायक नदीका किनारमा पर्ने एक प्राचीन नगर; वर्तमान कन्नौज ।

कान्लो— ना॰ [सं॰ स्कन्धले खेत, बारी आदिको वरिपरिको अग्लो डिल; पाटाको डिल; माटाको ढिस्कुरो; काँल्लो ।

काप— ना॰ [प्रा॰ कप्पे १. रूखको हाँगा फाटेर चोके परेको ठाउँ; कापो; अन्तर । २. कुनै वस्तु दुई–तीनतिरबाट फाटेर खोच परेको ठाउँ; अक्कर ।

कापालिक— ना॰ [सं॰] १. मानिसको खप्पर बोकेर हिँड्ने र रक्सी, मासु आदि खाने भैरव वा शक्तिका उपासक तान्त्रिक साधु । २. शरीरको छाला साह्रो, कालो र रूखो भएर फाट्ने एक प्रकारको कोर । ३. बङ्गालमा रहने पुरानो एक वर्णसङ्कर जाति । वि॰ ४. कपालसम्बन्धी; खप्परसम्बन्धी ।

कापि–नु— अ॰ क्रि॰ [काप्+इ+नु] १. कापमा पर्नु; चेपिनु; च्याप्टिनु । २. दुई वस्तु वा समस्याका बीचमा अल्झिनु ।

कापी— ना॰ [अङ्॰ कपी] १. धर्को भएको वा नभएको लेख्नका निम्ति प्रयोग हुने खाली कागतको पुस्तिका । २. पुस्तक, चित्र आदिको प्रति वा सङ्ख्या । ३. प्रतिलिपि; सरौट; नक्कल । ४. छाप्ने–छापिने आदि कामका निम्ति दिइने हस्तलेख । ~ राइट— ना॰ लेखक, सङ्गीतकार वा कलाकारलाई कानुनले दिएको त्यो अधिकार जसअनुसार साहित्य, सङ्गीत वा कलाविषयक कुनै पनि कृति वा कार्यको प्रकाशन, उत्पादन र बिक्रीमा खास अवधिसम्मका लागि कानुनी सुरक्षा प्रदान गरिएको हुन्छ; लेखकाधिकार; स्वत्वाधिकार; प्रतिलिप्यधिकार; सर्वाधिकार । यसको अन्तर्राष्ट्रिय चिह्न यस्तो (  ) हुन्छ ।

कापुरुष— ना॰ [सं॰] काँतर पुरुष; नीच वा तुच्छ व्यक्ति; पानीआन्द्रे मान्छे ।

कापे— ना॰ [काप+ए] १. पढ्दा वा पाठ गर्दा किताब राख्न सजिलो हुने गरी बनाइएको काठको एक प्रकारको चेपुवा खटिया । वि॰ २. कापो परेको; काप भएको ।

काफर— वि॰ [अ॰] हे॰ काँतर ।

काफल— ना॰ [सं॰ कट्फले लाम्चा पात हुने, गुच्छागुच्छा राता साना फल फल्ने एक वृक्ष; त्यसैको गर्मी महिनामा फल्ने फल । ~ चरी— ना॰ काफल पाक्ने बेलामा 'काफल पाक्यो' भनेर कराई हिँड्ने एक चरो । ~ पाक्यो— ना॰ काफलचरीले काफल पाक्ने समयमा बोल्ने र त्यस्तै सुनिने स्वर ।

काफिर— ना॰ [अ॰] १. ईश्वरको अस्तित्व नमान्ने मानिस । २. मुसलमानी धर्म नमान्ने मानिस । ३. दक्षिण अफ्रिकाका बान्टुभाषी जाति । ४. अफगानिस्तानको सरहदमा बस्ने एक जाति । वि॰ ५. नास्तिक । ६. दुष्ट । ७. निर्दय ।

काफी१— ना॰ [अ॰] चाहिएजति; यथेष्ट; मनग्य; पर्याप्त; प्रशस्त ।

काफी२— ना॰ [अङ्॰ कफी] १. खनायोका जस्ता झुप्पै–झुप्पा राता रबका फल र चिउलीका जस्ता ठूलठूला पात हुने उष्णप्रदेशीय बिरुवा । २. त्यसैका साना–साना बीजलाई यान्त्रिक प्रक्रियाबारा धूलो बनाएर तयार पारिने गाढा खैरो रबको र सुगन्धले युक्त एक प्रसिद्ध पेय पदार्थ; कफी ।

काबिल— वि॰ [अ॰ ] खास–खास विषयको ज्ञाता; पढेलेखेको र योग्य; विबान्; पण्डित; शिक्षित ।

काबु— ना॰ [तु॰] १. कुनै व्यक्तिको नियन्त्रण वा अधीनमा रहने काम; अधीनता; नियन्त्रण; वश; हैकम । वि॰ २. कायल; साबित । ३. चेतबाबा भएको; पछुतो मानेर कान समात्ने ।

काबुज— ना॰ [तु॰ काबू] बट्टाई चरालाई राखिने पिँजडा ।

काबुल— ना॰ [सं॰ कुभो १. उत्तरपूर्वी भागमा पर्ने अफगानिस्तानको राजधानी । २. सिन्धुनदीमा गएर मिसिने अफगानिस्तानको एक नदी ।

काबुली— वि॰ [काबुल+ई] काबुल प्रदेशको; काबुलसँग सम्बन्धित । ~ चना— ना॰ सेतो रबको ठूलो दाना हुने एक प्रकारको चना ।

काबू— ना॰ हे॰ काबु ।

काब्रो— ना॰हे॰ काभ्रो ।

काभ्रे— ना॰ [काभ्रो+ए] १. नेपाल अधिराज्यको बाग्मती अञ्चलमा रहेको, काठमाडौँ उपत्यकाको पूर्व–दक्षिणमा पर्ने एक जिल्ला (काभ्रे–पलान्चोक) । २. काभ्रोसम्बन्धी; काभ्रो हुने वा पाइने; काभ्राको । ~ चरो— ना॰ फुस्रो रबको ज्यादै सानो एक चरो । —

पलान्चोक— ना॰ हाल क्रमशः 'काभ्रे' नाउँले मात्र चिनिन थालेको, पहिले पूर्व १ नम्बरअन्तर्गतका काभ्रे–पलान्चोक र सिन्धु– पाल्चोकमध्ये एक जिल्ला । ~ माछो— ना॰ एक प्रकारको माछोविशेष ।

काभ्रो— ना॰ १. लाम्चा पात हुने, सेतो वा हरियो फूल फुल्ने, सेता बाटुला फल लाग्ने हाँगाभरि पातले झ्याम्मिएको एक वृक्ष । २. अमिलो खालको तरकारी र अचार बनाएर खाइने तथा आयुर्वेदमा ठन्डा गुण हुने र रक्तदोष, मूर्च्छा, रिँगटा आदिमा फाइदा गर्ने भनी बताइएको त्यसकै फूल वा कोसा; काब्रो । काम्—नु— अ॰ क्रि॰ [सं॰ कम्प्+नु] डर, अत्यास आदिले जीउ थरथर हल्लनु; कम्प छुट्नु; डगमगाउनु; कम्पित हुनु; थरथराउनु; डग्नु; थर्र हुनु; काँप्नु ।

काम१— ना॰ [सं॰ कम्पे काम्ने वा कामेको अवस्था; कँपाइ; कम्प

(जस्तो— कामजरो॰ ।

काम२— ना॰ [प्रा॰ कम्म < सं॰ कर्मे १. कुनै कुरा, उद्योग वा प्रयोजनका लागि हात–खुट्टा आदि शारीरिक अङ्ग चलाएर गरिने कार्य; मन वा बुद्धि खियाउने प्रक्रिया वा स्थिति; दस– नङ्ग्राखियाइ । २. कुनै पनि कार्य वा क्रिया (उद्योगधन्दा, इलम–व्यवसाय, पठनपाठन इ॰) । ३. गर्नुपर्ने कर्म, कार्य, व्यापार । ~ काज— ना॰ काम र काज; उद्योगधन्दा; इलम; व्यवसाय; रोजगार । ~ काजी— वि॰ कुनै नोकरी, पेसा वा काममा लागेको; रोजगार समातेको; इलमी । ~ कारबाई/कारबाही— ना॰ कुनै काम, उद्योगधन्दा वा व्यवसायका लागि गरिने चाँजोपँाजो; बरबन्दोबस्त; कारोबार । ~ कुरो— ना॰ १. गर्नुपर्ने वा टुङ्गो लाउनुपर्ने कुनै कामधन्दा आदि; काम र कुरो । २. केटा र केटीको विवाह हुने कुरो पक्कापक्की गर्ने वा छिन्ने काम (कामकुरो छिन्नु) । ~ चलाउ— वि॰ १. अस्थायी कालका निम्ति जसोतसो कामसम्म चलाउने वा चल्ने; तत्कालीन आवश्यकता र प्रयोजनका निम्ति मात्रको । २. पूरापूर काम दिन नसक्ने । ~ चोर— वि॰ १. गर्नुपर्ने काम नगरी छली–छली हिँड्ने वा ठग्ने । २. काम नै नगर्ने वा नरुचाउने; उत्तरदायित्वबाट पन्छने बानी भएको । — जरो— ना॰ एनोफिलिस् जातको लामखुट्टेले टोकेर मानिसको शरीरमा प्रोटोजुवा सारिदिएपछि लाग्ने एक प्रत्यावर्ती सङ्क्रामक रोग; कम्प छुट्ने ज्वर; औलो जरो; औलिया ज्वर; मलेरिया ।

काम३— ना॰ [सं॰] १. विषयभोग वा सुखसुविधाको इच्छा वा चाहना; इच्छा; कामना; वासना; । २. स्त्री–पुरुषका बीच सहवासको तीव्र उत्कण्ठा; मैथुनको इच्छा; यौनेच्छा । ३. कामदेव; अनङ्ग । ४. चार पुरुषार्थ (धर्म, अर्थ, काम र मोक्ष॰–मध्ये तेस्रो । ~

कला— ना॰ रतिक्रियासम्बन्धी कला; यौनसहवास–सम्बन्धी कौशल; कोकशास्त्रीय कला । — केलि— ना॰ कामक्रीडा; रतिक्रीडा; यौनक्रिया । — जित्— वि॰ १. कामवासनाको उत्तेजनालाई नियन्त्रण गर्न सक्ने; जितेन्द्रिय । ना॰ २. शिव; महादेव । ३. बुद्ध । —

ज्वर— ना॰ अतृप्त र अपूर्ण यौनेच्छाका कारणले उत्पन्न हुने मानसिक अवस्था; अतृप्त कामवासनाबाट उत्पन्न हुने मनोविकृति । — तः— क्रि॰ वि॰ १. कुनै इच्छा वा चाहना लिएर; कामनापूर्वक । २. कामुकतावश ।

कामत— ना॰ [कमोते मूल निवासस्थलदेखि टाढा रहेको खेतीपातीको निम्ति बनाइएको घर; कृषिगृह ।

कामद— वि॰ [सं॰] इच्छा सफल पार्ने; अभिलाषा पूरा गर्ने; मनोरथ पूर्ण पार्ने ।

कामदार— ना॰ [काम+दार] १. काम गर्ने व्यक्ति; कर्मचारी । २. पारिश्रमिक, ज्याला वा मजुरी लिएर काम सघाइदिने व्यक्ति; खेताला; कुल्ली; श्रमिक । वि॰ ३. पारिश्रमिक नलिईकन सघाउपघाउमा लाग्ने व्यक्ति; सहयोगी । > कामदारी— वि॰ १. काम गर्ने; कामदार; ज्यालादारी । ना॰ २. कामदारबारा काम गर्ने–गराउने प्रथा । ३. कामदारको दायित्व वा पद ।

कामदी— ना॰ [अङ्॰ कमेडी] हास्यमूलक वा हर्षप्रधान रहनाका साथै संयोगमा गई टुङ्गिने एक प्रकारको नाटक; संयोगान्त नाटक; सुखान्त । विप॰ त्रासदी ।

कामदेव— ना॰ [सं॰] कामवृत्ति वा प्रेम र रतिरागका अधिष्ठाता मानिएका पौराणिक देवता; स्त्रीपुरुषका बीच यौनेच्छा जगाइदिने देवता; अनङ्ग; मदन; काम ।

कामधन्दा/कामधन्धा— ना॰ [काम+धन्दा/धन्धो १. संलग्न भएर गर्नुपर्ने वा गरिने कुनै काम; कामकाज । २. इलम; रोजगार ।

कामधेनु— ना॰ [सं॰] १. समुद्रमन्थनबाट पैदा भएकी, सम्पूर्ण इच्छा पूरा गरिदिने भनी प्रसिद्ध एक गाई; सुरधेनु; सुरभि । २. गोरखा जिल्लाको 'गाइखुर' भन्ने ठाउँमा अवस्थित एक देवस्थल । काम न काज— क्रि॰ वि॰ [काम+न+काज] विनाप्रयोजन; सित्तैँ; व्यर्थ; अनाहक ।

कामना— ना॰ [सं॰] अभीष्ट वा हार्दिक इच्छा; अभिलाषा; मनोरथ ।

कामबाण— ना॰ [सं॰] कामदेवका पाँच बाण–मोहन, उन्मादन, सन्तपन, शोषण र निश्चेष्टीकरण; कामायुध ।

काममोहित— वि॰ [सं॰] कामवासनाको मोहमा परेको; कामासक्त; कामातुर ।

कामयाब— वि॰ [फा॰] १. सफलता प्राप्त भएको; सफल । २. इच्छा वा मनोरथ पूर्ण भएको । > कामयाबी— ना॰ इच्छा; मनोरथ आदिको पूर्णता; उद्देश्यको सिद्धि; सफलता ।


कामर— ना॰ [सं॰ स्कन्धभार > हि॰ काँवरे १. प्रसिद्ध तीर्थस्थलका शिवलिङ्गमा गङ्गा वा कुनै पवित्र नदीको जल चढाउन जाने कामार्थुले बाँसका भाटालाई सिँगारपटार गरेर बनाइएको डन्डीका टुप्पामा झुन्ड्याएर काँधमा बोकी लगिने जलपात्रको हलुका भारी । २. कामार्थुले जलपात्र र पूजासामग्रीका साथै आफूले उपयोग गर्ने लत्ताकपडा, भाँडावर्तन र खाद्यवस्तुसमेत बाँसका चोयाबाट बनेका पात्रमा हाली तिनलाई रातोरङ्को कपडाको आवरणले नै ढाकेर मेहनाको रूप दिइएको बाँसका नोलका दुईतिरका टुप्पामा अड्काएर काँधमा बोकी लैजाने गथ्हुँगो भारी ।

कामरूप— वि॰ [सं॰] १. सुन्दर; मनोहर । २. इच्छाअनुसार जुनसुकै रूप पनि फेर्न सक्ने । ना॰ ३. कामाक्षादेवीको मन्दिर भएको भारतको आसाम–प्रदेशको एक क्षेत्र ।

कामला— ना॰ [सं॰] पित्तको प्रकोपले गर्दा आँखा, छाला र पिसाब– समेत असाधारण रूपले पहेँलो हुने एक सरुवा रोग; कमलपित्त ।

कामवती— वि॰ [सं॰] १. यौनतृप्ति वा विषयभोगको चाहना गर्ने (स्त्री) । २. रूपवती; सुन्दरी ।

कामवन— ना॰ [सं॰] शिवजीले तेस्रो नेत्र खोली कामदेवलाई भस्म गरेको वनप्रदेश । काम शास्त्र— ना॰ [सं॰] स्त्रीपुरुषको प्रेम वा यौनविषयक व्यवहार तथा कलाको वर्णन गरिएको विज्ञान; यौनविज्ञान; रतिशास्त्र; कामविद्या । काम सूत्र— ना॰ [सं॰] वात्स्यायनले बनाएको कामशास्त्र । काम हडताल— ना॰ [काम+हडताल] कुनै कार्यालय, निगम, कारखाना आदिका सेवारत कर्मचारी वा कामदारले आफूले प्रस्तुत गरेको कुनै माग पूरा नभएसम्म काम नगरी चुृपचाप बसेर गर्ने हडताल ।

कामातुर— वि॰ [सं॰] कामवासनाले गर्दा आकुल तथा उबिग्न भएको; कामविह्वल ।

कामान्ध— वि॰ [सं॰] प्रेम वा कामोन्मादका कारणले अन्धो भएको; यौनेच्छाको तीव्र उबेगले बुद्धिसुद्धि पनि हराएको ।

कामायुध— ना॰ [सं॰] १. कामदेवको अस्त्र; कामबाण; २. पुरुषेन्द्रिय । ३. आँपको रूख ।

कामारि— ना॰ [सं॰] कामदेवको शत्रु; महादेव ।

कामार्थु— ना॰ [सं॰] कायर लिएर तीर्थयात्रामा जाने मान्छे ।

कामिता— ना॰ [सं॰] कामुक हुनाको भाव; जीवहरूमा कामवासना उत्पन्न हुने गुण ।

कामिनी— ना॰ [सं॰] १. राम्री वा सुन्दरी स्त्री । २. मनमा कामवासना भएकी स्त्री; कामवती । ३. कामना गर्न सकिने वा स्नेहमयी स्त्री । ~ दह— ना॰ नारायणी अञ्चलको अमलेख– गन्जदेखि दक्षिणी भागमा पर्ने एक प्रसिद्ध दहको नाम ।

कामिनु— अ॰ क्रि॰ [काम्+इ+नु] काम्ने होइनु; हल्लिनु ।

कामी१— वि॰ [सं॰] १. मनमा कुनै कामना भएको; कुनै काम– कुराको चाहना गर्ने । २. कामवासनामा रत हुने; कामुक; विषयलम्पट ।

कामी२— ना॰ [सं॰ कारन्धमी] परम्परित रूपमा फलामको काम गर्दै आएको एक जाति; लोहार; लौहकार; विश्वकर्मा ।

कामुक— वि॰ [सं॰] कामवासनामा लट्ठिएको; विलासी; कामातुर; विषयभोगी; स्त्रीलम्पट । > कामुकी— वि॰ १. कामवासनाको प्रबलता भएकी; कामातुर (स्त्री) । २. सतीत्व नभएकी; व्यभिचारिणी ।

कामोद्दीपक— वि॰ [सं॰] कामवासनालाई उद्दीप्त पार्ने; रतिराग जगाउने; सहवासका इच्छाको उत्तेजना बढाउने ।

कामोद्दीपन— ना॰ [सं॰] सहवासको उत्तेजना; काम–वासनाको वृद्धि ।

काम्ने— वि॰ [काम्+ने] १. शरीर थुरथुर हल्लाउने; कम्प दिने; थरथरे । २. तान्त्रिक विधिमा शरीरमा देउता चढाएर हल्लने; देउता बस्ने (धामी, झाँक्री आदि॰ ।

काम्पोस— ना॰ दक्षिण अमेरिकामा रहेको ब्राजिलका पठारको उष्ण तृणभूमि; घाँसे फाँट ।

काम्य— वि॰ [सं॰] १. कामना गरिएको; इच्छ्याइएको; अभिलषित । २. इच्छानुसार हुने; ऐच्छिक । ३. कुनै विशेष उद्देश्यबारा गरिएको । ४. सुन्दर; मनोहर; राम्रो । ~ कर्म— ना॰ कामना–प्राप्तिका लागि वा भावी फलका आशाले गरिएको कार्य; खास उद्देश्यबारा प्रेरित भएर गरिएको धर्मानुष्ठान । ~ वृषोत्सर्ग— ना॰ सन्तान नहुनेले जीवित अवस्थामा पारलौकिक सुधारका लागि गरिने वृषोत्सर्ग ।

काम्येष्टि— ना॰ [सं॰] कुनै उद्देश्यपूर्ति वा कामनासिद्धिका लागि गरिने यज्ञ; फलप्राप्तिको उद्देश्यले गरिने अनुष्ठान ।

काम्रो— ना॰ १. हातगोडा आदिका हड्डी भाँचिएमा वा फुटेमा ठीक पार्नका लागि बाहिर कपडाले बाँधेर प्रयोग गरिने बाँस आदिको कप्टेरो । २. लिङ्गे पिबहरूमा बस्नका लागि काठका कप्टेरामा डोरीले बाँधी बनाइएको आसन । ३. डोको, थुन्से, ढाकर आदिलाई बलियो र जब्बर तुल्याउनका लागि ठाउँ– ठाउँमा घुसारिने दह्रो कप्टेरो । काम्लाको सातु— ना॰ फोहरी काम; नराम्रो व्यवहार ।

काम्ली— ना॰ [काम्लो+ई] सानो काम्लो ।

काम्ले— ना॰ [काम्लो+ए] १. काम्लो बोक्ने; काम्लो लिएको; काम्लो मात्रै हुने । ना॰ २. बाटुला र खस्रा पात हुने एक प्रकारको बुटे घाँस ।

काम्लो— ना॰ [सं॰ कम्बले ऊनीबारा बनाइएको ओछ्याउन वा ओढ्न हुने बाक्लो साधन; कम्बल; राडी वा पाखी । — काम्ली— ना॰ धेरै काम्लाको समूह; काम्लो र काम्ली ।

काय— ना॰ [सं॰] जीउ; आब; शरीर; देह । — कर्म— ना॰ १. शरीरबारा गरिने शुभ कार्य । २. आशौच आदिमा वा धार्मिक अनुष्ठानमा शरीरशुद्धिका निम्ति गरिने स्नान, दान आदि काम । — कल्प— ना॰ १. औषधी–उपचारबारा रुग्ण वा वृद्ध व्यक्तिलाई तन्दुरुस्त वा युवक बनाउने क्रिया । २. उलटपलट; परिवर्तन । ~ चिकित्सा— ना॰ शरीरका सबै रोगको औषधोपचार गर्ने आयुर्वेदको एक विभाग ।

कायदा— वि॰ [अ॰ कायदे हे॰ काइदा ।

कायम— वि॰ [अ॰] १. जहाँको तहीँ रहेको; टसमस नभएको; स्थिर । २. पहिलेजस्तो; जस्ताको तस्तो । ३. तोकिएको; मुकर्रर । ४. ठेगानामा आएको; साबित । ~ मुकायम— वि॰ कुनै पदको स्थायी कर्मचारी कारणवश अनुपस्थित रहेमा वा सो पद खाली भएमा काम चलाउनका लागि सोही पदमा काम गर्ने (व्यक्ति॰; माथिल्लो तहको कर्मचारीको अनुपस्थितिमा सो तहको अधिकार र सुविधा पाउने गरी मुकर्रर गरिएको (कायममुकायम सचिव, कायममुकायम जिल्ला शिक्षा अधिकारी इ॰); कार्यवाहक; स्थानापन्न । सङ्क्षे॰— का॰ मु॰ ।

कायर— वि॰ [सं॰ कातरे हे॰ काँतर ।

कायल— वि॰ [अ॰] १. कुनै कसूर वा अपराधबारे साबित हुने; आ६नो दोष वा गल्तीमा कायल भएको; साबित । २. पाइला– पाइलामा सताइएको; हैरान; लाचार । — नामा— ना॰ अपराध, कसूर वा गल्ती स्वीकार गरी लेखिदिने कागत; अड्डा–अदालतका रोहबरमा साबित हुने व्यक्तिले कायल भई लेखिदिने कागत वा लिखत ।

कायस्थ— ना॰ [सं॰ < ग्रिक॰ स्काइथी] १. लेखापढी गरेर जीवन चलाउने व्यक्ति; मुनिम । २. प्रायः तराईमा बस्ने एक जाति; काइते ।

काया— ना॰ [सं॰ काये शरीर; देह । (उदा॰— मायामा काया फाल्न सकिँदैन ।) — कल्प— ना॰ १. शरीरको पूरै शुद्धि वा परिवर्तन हुने क्रिया वा व्यवस्था । २. तरुनोपना ल्याउने त्यस्तो चिकित्सा । — कैरन— ना॰ १. भएभरको बेहोरा; वृत्तान्त–वर्णन । २. धामीले बक्ने शब्द । — पलट— ना॰ १. ठूलो परिवर्तन; भारी हेरफेर । २. शरीर वा रूप अर्कै भएर फेरिने काम; कायाकल्प हुने अवस्था ।

कायिक— वि॰ [सं॰] काया वा शरीरसम्बन्धी; शारीरिक; देहविषयक ।

कार१— वि॰ [सं॰] १. नाम शब्दको पछाडि लागेर 'बनाउने', 'गराउने', 'रचना गर्ने' आदि कार्यबोध गराउने शब्द (ग्रन्थकार, कथाकार इ॰) । २. काम गर्ने, कार्य गर्ने । ना॰ ३. वर्णमालाका अक्षरको पछाडि लागेर तिनलाई नामका रूपमा चिनाउने शब्द (आकार, उकार इ॰) । ४. अनुकरण आदि ध्वनिको बोध गराउने शब्द (हुङ्कार; झङ्कार इ॰) । ५. पूरकका रूपमा आउने शब्द (केरकार, कोरकार इ॰) ।

कार२— ना॰ [अङ्॰] चार पाङ्ग्रा भएको, इन्धनले चल्ने सानो आरामदायी सवारी साधन; मोटरकार ।

कारक— ना॰ [सं॰] १. व्याकरणमा क्रियाका साथ साक्षात् सम्बन्ध राख्ने शब्द; वाक्यविन्यासगत सम्बन्ध देखाउन नाम, सर्वनाम वा विशेषणमा देखा परेको रूपभिन्नता । वि॰ २. बनाउने; अभिनय गर्ने; सम्पादन गर्ने (व्यक्ति) । ३. कुनै पनि रूपले कार्यसम्पादन गर्न प्रत्यक्ष रूपले सहायक । ~ ग्रह— ना॰ जन्म– कुण्डलीमा रहने मुख्य ग्रह ।

कारकेर— ना॰ [कार+केरे १. अभियुक्त वा दोषीलाई केर्ने काम; साबिती बयान लिने कार्य; सोधपुछ गर्दै तथ्य पत्तो लगाउने कार्य; केरकार । २. केर्ने र मेट्ने काम; केरमेट ।

कारखाना— ना॰ [फा॰] कुनै चीजबीज तयार पार्ने, बनाउने वा उत्पादन गर्ने घर; हात वा यन्त्रबारा मालसामानहरू तयार पार्ने ठाउँ; औद्योगिक प्रतिष्ठान ।

कारण— ना॰ [सं॰] १. प्रभाव वा परिणाम उत्पन्न गर्ने कुनै पनि मूल तत्त्व वा व्यक्ति; कुनै पनि कार्य, भावना आदिका निमित्तको हेतु; अभिप्रेरणा वा आधार; हेतु; तर्क; आधार; प्रयोजन; उद्देश्य । २. उपकरण; साधन । ३. काव्य वा नाटकको मूल वा कथावस्तु । ४. प्रमाण दस्तावेज । ~ पूजा— ना॰ विशेष पर्व वा उत्सवहरूमा देवतालाई स्नान गराई परम्परागत विधिविधानअनुसार पूजादि गर्ने क्रिया; देवपूजाको एक विशेष विधि । ~ माला— ना॰ १. वर्णित वस्तुको कार्यकारण सम्बन्ध देखाउँदा पूर्व–पूर्व कारण र पर–पर कार्य अथवा पूर्व–पूर्व कार्य र पर–पर कारणको क्रमलाई आधार बनाइने शृङ्खलामूलक अर्थालङ्कारको प्रकार । २. कारणहरूको परस्परसम्बद्ध शृङ्खला । — वश— क्रि॰ वि॰ कुनै कारणको अधीनमा परेर; कुनै उद्देश्य वा प्रयोजनले गर्दा ।

कारणी— वि॰ [सं॰] १. मुख्य; नाइके; प्रधान; मूल; कारनी । ना॰ २. कुनै काम गर्ने धेरै व्यक्तिहरूमध्ये प्रमुख व्यक्ति; सम्बद्ध व्यक्ति ।

कारतुस— ना॰ [कारतूस < पोर्त॰ कारटूसे हे॰ कार्तोस ।

कारबाई— ना॰हे॰ कारबाही ।

कारबार— ना॰ [फा॰] हे॰ कारोबार ।

कारबाही— ना॰ [फा॰ काररवाई] १. काम; काज । २. व्यवहार; कारबार । ३. गुप्त प्रयत्न; चाल । ४. कार्यतत्परता; कर्मण्यता । ५. अड्डा–अदालतबाट कुनै समस्या, झगडा वा मुद्दाको छानबिन गरी फैसला गर्दा अँगालिने प्रक्रिया; निर्णयका निम्ति गरिने त्यस्तो कार्य ।

कारयिता— वि॰ [सं॰] १. सृष्टिकर्ता; रचनाकार । २. गराउने; गर्न लाउने ।

कारवाई— ना॰हे॰ कारबाही ।

कारा— ना॰ [सं॰] १. कैद; बन्धन । २. कारावास; झ्यालखाना; कैदखाना; जेल; बन्दीगृह । ३. वीणाको गर्धनको तल्लो भाग । ४. पीडा; कष्ट । ५. सुनको काम गर्ने आइमाई । > कारागार— ना॰ जेल; झ्यालखाना; बन्दीगृह; कारा । कारागारिक— ना॰ जेलखानामा बन्दीहरूको व्यवस्था, रेखदेख आदि कार्य गर्ने मुख्य अधिकारी; जेलको हाकिम । — गृह— ना॰ कारागार; जेलखाना । — दण्ड— ना॰ जेलमा थुन्ने सजाय; कैद सजाय; थुना । > काराध्यक्ष— ना॰ कारागृहको प्रशासनिक अधिकृत; जेलखानाको मुख्य हाकिम । — बन्दी— ना॰ कैदी; बन्दी; थुनुवा । — वास— ना॰ जेलमा थुनिने काम; कारागारको सजाय भोग्ने काम ।

कारिका— ना॰ [सं॰] १. थोरैमा धेरै अर्थ दिने गद्यमय वा पद्यमय सूक्ति । २. नर्तकी । ३. व्यवसाय; पेसा । ४. व्याकरण, दर्शन आदिसँग सम्बद्ध ग्रन्थ (साङ्ख्यकारिका आदि॰ ।

कारिगर— ना॰ [फा॰ कारीगरे १. धातु, काठ, पत्थर आदिको राम्रो मूर्ति बनाउने व्यक्ति; कलाकार; शिल्पकार; शिल्पी । २. कलपुर्जाको काम गर्ने व्यक्ति; कालिगड । > कारिगरी— ना॰ कारिगरको काम वा पेसा; कालिगडी; शिल्पकार्य ।

कारिणी— वि॰ [सं॰] कारी; गर्ने; विशेषतः शब्दको पछिल्तिर जोडिएर 'गर्ने' भन्ने अर्थमा उत्तरपदका रूपमा आउने (कार्यकारिणी, प्रबन्धकारिणी इ॰) ।

कारित— वि॰ [सं॰] गराइएको; बनाइएको ।

कारिता— ना॰ [सं॰] १. ऋणीको स्वीकृतिमा प्रचलित कानुनले तोकेभन्दा बढी दरमा लिइने ब्याज । २. कुनै शब्दको पछिल्तिर जोडिएर गर्नेपन वा गराउने भाव आदि अर्थ बुझाउने शब्द (काव्यकारिता, नाट्यकारिता इ॰) ।

कारिन्दा— ना॰ [फा॰ कारिन्दे निजामती सेवातर्फ लेखनदासको काम गर्ने निम्नस्तरीय कर्मचारी; काइते; क्लर्क ।

कारी— वि॰ [सं॰] 'गर्ने' वा 'बनाउने' भन्ने अर्थ लिएर शब्दको पछिल्तिर उत्तरपदका रूपमा जोडिने (आज्ञाकारी, कार्यकारी इ॰) ।

कारुणिक— वि॰ [सं॰] १. करुणाको भाव भएको; दयालु; कृपालु । २. करुणायुक्त; करुणाले भरिएको ।

कारुण्य— ना॰ [सं॰] करुणाको भाव वा अवस्था; दया वा कृपा ।

कारोबार— ना॰ [कारबार ] १. कुनै मालमत्ता बेचबिखन गरी जीविका चलाउने काम; व्यापार । २. रकम वा कुनै वस्तु लिनेदिने काम; लेनदेन; सरसापट; ऐँचोपैँचो । ३. उद्योगधन्दा; इलम; व्यवसाय । > कारोबारी— वि॰ कारोबार गर्ने; बेपारको पेसा अँगाल्ने; लेनदेन गर्ने ।

कार्गो— ना॰ [अङ्॰ ] जल, स्थल वा हवाईमार्ग हुँदै एक ठाउँबाट अर्को ठाउँ पुथ्याउन ल्याइएको मालमत्ता । ~ बुक— ना॰ कुनै कम्पनी वा संस्था आदिले कार्गो–सेवा उपलब्ध गर्नाका निम्ति गरिने अग्रिम अनुबन्ध । ~ सेवा— ना॰ जल, स्थल वा हवाई– मार्गबाट मालताल ल्याउनेलाने वा ओसारपसार गर्ने कार्य ।

कार्चोप— ना॰ [फा॰ कारचोबे १. कपडामा बुट्टा भर्ने कला वा काम; बत्तुभराइ; बेलबुट्टा; कारचोब (इम्ब्राइडरी) । २. बुट्टा भर्नका निमित्त कपडा तानेर राख्ने एक साधन ।

कार्चोपी— वि॰ [फा॰ कारचोबी] कार्चोप वा बत्तु भरिएको; बुट्टा हालिएको । ~ टोपी— ना॰ मखमलमा रेसमका धागाले बुट्टा भरिएको, बीचमा जालीदार गट्टा राखिएको विशेष प्रकारको नेपाली टोपी; बिर्के टोपी ।

कार्टुन— ना॰ [अङ्॰ कार्टूने कुनै व्यक्ति वा घटनाको उपहास गर्न वा कुनै सत्यतर्फ औँल्याउन व्यङ्ग््यात्मक ढङ्गले लेखिएको चित्र; हास्यसहितको व्यङ्ग्यचित्र; व्यङ्ग्यचित्र ।

कार्ड— ना॰ [अङ्॰] कुनै पर्व, उत्सव वा विवाह आदिका निमन्त्रणा छापिने वा अन्य विशेष लेखपढ आदिमा प्रयोग गरिने आयताकार, बाक्लो र दह्रो कागजको टुक्रा; पत्र । (निमन्त्रणाकार्ड, पोस्टकार्ड, पुस्तक–लेनदेनकार्ड इ॰) ।

कार्तवीर्य— ना॰ [सं॰] कृतवीर्यका छोरा तथा रावणका समकालीन हैहय देशका राजा; दस हजार यज्ञ गर्ने, दीर्घजीवी र तन्त्रशास्त्रका आचार्यका रूपमा प्रख्यात तिनै व्यक्ति; सहस्रार्जुन ।

कार्तिक— ना॰ [सं॰] असौज र मङ्सिरका बीचको महिना; सातौँ महिना; कात्तिक ।

कार्तिकेय— ना॰ [सं॰] युद्धका देवता वा देवताहरूका सेनाध्यक्ष मानिएका, ६ टाउका, बाह्र हात र बाह्रवटै आँखा भएको वणर््ान गरिएका शिवपुत्र; स्कन्द; अग्निभू; गङ्गापुत्र; षडानन; षण्मुख; कुमार; स्वामी–कार्तिक; मयूरवाहन ।

कार्तोस— ना॰ [रू कारतुसे बाक्लो गत्ता, धातु आदिबाट बनाइएको, टोटावाल बन्दुक, तोप, पिस्तौलमा बारुदजस्ता विस्फोटक पदार्थ बन्द गरिएको वस्तु; टोटा (पानीभित्र विस्फोट गराई यसबाट माछा मार्ने काम पनि गरिन्छ ।)

कार्नेस— ना॰ [अङ्॰ कर्निस्] घर, भवन आदिका बाहिरपट्टिको पर्खाल वा गाह्रोलाई पानीबाट बचाउन र बाछिटा आदि भित्र जान नदिनाका लागि आवश्यकताअनुसार प्रत्येक तलाका बीचमा त्यसै पर्खाल वा गाह्रोसँग जोडी केही बाहिर निकालिएको इँट, टायल, कर्कटपाता आदिको फल्याकजस्तो छत ।

कार्पेट— ना॰ [अङ्॰] १. भुईँ ढाक्न ओछ्याइने बाक्लो सादा वा बुट्टेदार कपडा; दरी । २. पालकीका विभिन्न भेदमध्ये एक । ~ उन— ना॰ कार्पेट वा गलैँचा बनाउने खास किसिमको उन ।

कार्बन— ना॰ [अङ्॰] कोइला, अङ्गार आदिमा विद्यमान रहने एक रासायनिक तत्त्व (हीरा र सिसालाई विशुद्ध कार्बन मानिन्छ॰; प्राङ्गार । ~ पेपर— ना॰ टङ्कन आदिमा प्रतिलिपि निकाल्न कागतको बीचमा हाली प्रयोग गरिने एकापट्टि कार्बन लगाइएको पातलो पत्र वा कागत; प्राङ्गारपत्र ।

कार्य— ना॰ [सं॰] १. काम; कृत्य; काज । २. कर्तव्य । ३. पेसा; व्यवसाय । ४. धार्मिक कृत्य वा अनुष्ठान । ५. प्रयोजन; उद्देश्य । ६. नाटकको उपसंहार । — कर्ता— ना॰ १. खास उद्देश्य वा कारणले काम गर्ने व्यक्ति; कर्मी; कर्मचारी; श्रमिक । २. जिल्ला र गाउँगाउँ घुमेर राजनीतिक, सामाजिक आदि सिद्धान्तको प्रचारप्रसार गर्ने व्यक्ति । — कलाप— ना॰ कामसम्बन्धी गतिविधि; कामकारबाई; काम गर्ने विधि वा तरिका । ~ कारण— ना॰ कारण र कार्य; उद्देश्य र प्रयोजन; हेतु; संयोग । ~ कारण भाव— ना॰ कार्य र कारणको सम्बन्ध; उत्पाद्य र उत्पादक भाव । —

कारिणी— ना॰ १. कुनै विशेष काम गर्न वा व्यवस्था मिलाउन आधिकारिक रूपबाट चुनिएका वा मनोनीत भएका विशिष्ट व्यक्तिहरूको समिति; सञ्चालक समिति; कार्यसमिति । वि॰ २. कार्यको व्यवस्था गर्ने वा मिलाउने (सचिव, समिति, सभा, परिषद् इ॰) । — कारी— ना॰ १. विशेष रूपले कुनै काम गर्ने व्यक्ति; कार्यकर्ता । २. कसैको अनुपस्थितिमा त्यस व्यक्तिको सम्पूर्ण अधिकार उपभोग गरी काम गर्ने व्यक्ति । ३. कसैलाई कुनै विशिष्ट पद केवल सम्मानार्थ दिँदा विशेष अवस्थामा त्यस पदबाट गर्नुपर्ने काम सम्पन्न गर्ने अर्को व्यक्ति । — काल— ना॰ १. काम गर्ने समय; मौसम; उपयुक्त समय वा अवसर । २. कुनै पद वा सेवामा रहँदा तोकिएको समयावधि; पदावधि । — कुशल— वि॰ सिपालु; प्रवीण; खप्पिस; निपुण; दक्ष । ~ कुशलता— ना॰ कार्यकुशल हुनाको भाव; ल्याकत; दक्षता; निपुणता । — क्रम— ना॰ १. कुनै विशेष काम (समारोह, आयोजना, गोष्ठी; सेमिनार आदि॰–का विविध अङ्गको सम्पादन गर्न तयार पारिएको क्रम वा सिलसिलापछि हुने कुनै पनि कामको योजना वा प्रक्रिया । २. त्यस्ता कामकुराको मुद्रित सूची; तालिका । ~ क्षेत्र— ना॰ काम गर्नका निम्ति प्रदत्त अधिकार वा निर्देशनको सीमा । ~ टोली— ना॰ निर्दिष्ट वा खास–खास काम गर्नाका निम्ति बनाइएको कार्यकर्ताहरूको समूह; काम गर्ने व्यक्तिहरूको विभाजित एकाइ; तोकिएको क्षेत्रमा गई काम गर्नेहरूको ड६फा । — दक्ष— वि॰ काम गर्नमा योग्य वा सिपालु; कार्यकुशल । ~ दक्षता— ना॰ कार्यदक्ष हुनाको भाव वा स्थिति; कार्यकुशलता । — निष्ठ— वि॰ काममा आस्था राख्ने; काममा अनुरक्त; काममा सङ्कल्पित; काममा संलग्न । — पञ्चक— ना॰ ईश्वरका पाँच विशेष कार्य (सृष्टि, स्थिति, प्रलय, निग्रह र अनुग्रह) । ~ पत्र— ना॰ सेमिनार, कार्यशालागोष्ठी आदिमा छलफल, टिप्पणी, आलोचना आदि गर्नाका निम्ति प्रस्तुत गरिने कुनै पनि समस्याविषयक लेख; गोष्ठीपत्र । ~ पद्धति— ना॰ कुनै काम गर्ने स्वीकृत विधि वा तरिका; कार्यप्रणाली । ~ परिषद्— ना॰ कुनै काम र परिस्थितिअनुसार आन्दोलन आदिको सञ्चालन, नियन्त्रण आदि गर्न गठित समिति वा औपचारिक अङ्ग; खास कामका निम्ति बनाइएको समितिविशेष । ~ पालिका— ना॰ सरकारका तीन

अङ्ग— कार्यपालिका, न्यायपालिका र विधायिकामध्ये व्यवस्थापिका सभाले पारित गरेका कानुन वा प्रस्तावलाई कार्यान्वयन गर्ने र देशको प्रशासन वा शासनव्यवस्था सुचारु रूपले चलाउने एक प्रमुख अङ्ग । ~ प्रणाली— ना॰ हे॰ कार्यपद्धति ।

कार्यभार— ना॰ [सं॰] कुनै पदमा रहँदाको सम्पूर्ण उत्तरदायित्व; सेवाअवधिको अभिभारा; आफूले गर्नुपर्ने कामको जिम्मेवारी । ~ मुक्त— वि॰ कुनै पद वा जिम्मेवारीबाट च्युत गरिएको; सेवाबाट अवकाश दिइएको वा पाएको; खोसिएको । > कार्यभारी— वि॰ कार्यभार वहन गर्ने; कुनै काम वा पदको जिम्मा लिने ।

कार्यमूलक— वि॰ [सं॰] व्यवहारमा ल्याउन सकिने वा आउन सक्ने गुणको प्रधानता भएको; काममा ल्याउन सकिने; व्यावहारिक उपयोगिता वा पक्ष विद्यमान रहेको (कार्यमूलक योजना, कार्यमूलक सिद्धान्त इ॰) । — ता— ना॰ कार्यमूलक हुनाको भाव; उपयोगी व्यावहारिकता । ~ योजना— ना॰ व्यवहारमा उतारी उपयोगी बनाउन सकिने कुनै योजना; कार्यान्वयन पक्षलाई प्रधानता दिने आयोजना ।

कार्यवश— क्रि॰ वि॰ [सं॰] कामविशेषले; कुनै काम आइलागेकाले; कामका कारणले ।

कार्यवाहक— वि॰ [सं॰] कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार त्यस व्यक्तिको अधिकार लिई अस्थायी रूपमा काम गर्ने (कर्मचारी वा पदाधिकारी॰; कामको जिम्मा लिने; कार्यकारी; कायममुकायम । ~ सङ्ख्या— ना॰ कुनै सभा वा बैठकलाई औपचारिक रूप दिन उपस्थित हुनुपर्ने निम्नतम सदस्यसङ्ख्या; हे॰ गणपूरक सबख्या ।

कार्यवाही— वि॰ [सं॰] १. हे॰ कार्यवाहक । २. हे॰ कारबाई । —

योग्यता— ना॰ विशिष्ट सभा, मन्त्रिपरिषद् आदिको बैठकमा गरिएका काम, वादविवाद, निर्णय आदिलाई गोप्य राख्ने कार्य वा व्यवस्था ।

कार्यविधि— ना॰ [सं॰] नियम, ऐनकानुनमा उल्लेख भएअनुसारका कार्यप्रणाली; कामको सवाल वा सिद्धान्त । कार्य विनायक— ना॰ [सं॰] काठमाडौँ उपत्यकाका प्रसिद्ध विनायक (गणेश॰–मध्ये पाटन जिल्लाको सैँबु भन्ने ठाउँमा रहेका एक विनायक । कार्य विवरण— ना॰ [सं॰] १. कुनै कामको क्रमबद्ध व्याख्या गरिएको विवरण वा तथ्यप्रतिवेदन । २. कामको फाँटवारी; कार्यसूची । कार्य व्यवस्था— ना॰ [सं॰] सरकारी वा महाजनी कामको रप्फाडप्फा; राम्रोसँग मिलेको कामको रोहो वा स्थिति । कार्य व्यापार— ना॰ [सं॰] घटना; व्यापार; इन्द्रियबारा प्रतिपादित कामकाज । कार्य शक्ति— ना॰ [सं॰] कुनै भौतिक वा मानसिक काम गर्नाका निम्ति चाहिने बल वा योग्यता; काम गर्ने सामर्थ्य वा दक्षता ।

कार्यशाला— ना॰ [सं॰] यन्त्र आदिको मर्मत, निर्माण, प्रयोग आदि गर्ने कारखाना; ज्यासल; काम गर्ने ठाउँ । ~ गोष्ठी— ना॰ गोष्ठी, सेमिनार आदिमा सहभागीहरूलाई सम्बन्धित विषयमा अभ्यास गराई प्रशिक्षण दिने कार्य वा त्यस्तो कार्य गर्ने शिविर ।

कार्यसक्षम— वि॰ [सं॰] काम गर्ने योग्यता वा क्षमता भएको; काम गर्न सक्ने । — ता— ना॰ कार्यसक्षम हुनाको भाव वा स्थिति । कार्य समिति— ना॰ [सं॰] कुनै विशेष कामको सञ्चालन वा सम्पादनका निम्ति बनेको समिति; कार्यकारिणी समिति । कार्य सम्पादन— ना॰ [सं॰] तोकिएको काम वा उत्तरदायित्वलाई पूरा गर्ने कार्य; कामको कार्यान्वयन । ~ मूल्याङ्कन— ना॰ कार्यसम्पादनको कामको लेखाजोखा; कुनै सम्बन्धित व्यक्तिलाई सुम्पिएको काम वा जिम्मेवारीको महत्त्व देखाउने वा आँक्ने काम । कार्य सूची— ना॰ [सं॰] १. कामको विवरण वा बाँडफाँडबारे लेखिएको कागज; गर्नुपर्ने कामको स्पष्ट उल्लेख भएको विवरणपत्र; कामको फिरिस्त; कार्यावली । २. सभा, बैठक आदिमा अनुमोदन वा पारित गर्नुपर्ने प्रस्ताव (एजेन्डा॰ । कार्य स्थगन— ना॰ [सं॰] काम स्थगित गर्ने प्रक्रिया वा व्यवस्था । ~ प्रस्ताव— ना॰ कुनै आवश्यक एवं सार्वजनिक महत्त्वका प्रश्नमा विचार गर्नाका निम्ति अन्य कार्य छाडेर यसै आवश्यक विषयलाई प्राथमिकता दिन विधानसभा, प्रतिनिधिसभा, राष्ट्रिय सभा, राजसभा आदिमा राखिने प्रस्ताव ।

कार्यस्थल— ना॰ [सं॰] काम गर्ने ठाउँ वा थलो । ~ अनुसन्धान— ना॰ कार्यस्थल वा सम्बन्धित क्षेत्रमा नै निष्कर्ष निकाल्नुपर्ने अनुसन्धान–कार्य ।

कार्याधिकारी— ना॰ [सं॰] निर्धारित कामको परिचालन, कार्यान्वयन, व्यवस्थापन आादि गर्ने अधिकारी वा प्रमुख व्यक्ति; खास–खास कामको जिम्मा लिएको हाकिम ।

कार्याध्यक्ष— ना॰ [सं॰] उच्चतम पदमा रहेर कुनै कामको सञ्चालन वा सम्पादन गर्ने अधिकारी ।

कार्यान्वयन— ना॰ [सं॰] लिखित वा मौखिक रूपबाट गर्न ठहर भएको काम–कारबाईलाई विधिपूर्वक व्यवहारमा ल्याउने कार्य ।

कार्यान्वित— वि॰ [सं॰] कार्यरूपमा ल्याइएको वा व्यवहारमा प्रयोग गरिएको; काम भएको । > कार्यान्विति— ना॰ १. कार्यान्वित हुने क्रिया वा अवस्था । २. नाटक, उपन्यास, काव्य, कथा आदिमा सुरुदेखि अन्तसम्म एउटै मूल कथा हुनुपर्छ भन्ने मान्यता ।

कार्यार्थ— ना॰ यो॰ [सं॰] १. उल्लेख भएअनुसार काम गर्नका लागि; सम्बद्ध कार्यलाई व्यवहारमा परिणत गर्नका निम्ति (अनुरोध वा आदेश॰ । ना॰ २. त्यस्तै काममा चिठीपत्रको देहायमा लेखिने शब्द; बोधार्थ र कार्यार्थमध्ये एक । > कार्यार्थी— वि॰ आ६नो काम पूरा गर्न प्रयास गर्ने; कार्यसिद्धिको चाहना गर्ने ।

कार्यालय— ना॰ [सं॰] १. कुनै विशेष काम वा व्यवसाय गर्ने घर; कारखानाघर । २. प्रशासनसम्बन्धी कामकुरा गर्ने निश्चित ठाउँ; अड्डा । ~ प्रति— ना॰ चिठीपत्र, सूचना आदि अन्यत्र पठाउँदा कार्यालयमा रहने प्रति; प्रतिलिपि; नकल । ~ सचिव— ना॰ कार्यालयसँग सम्बन्धित पत्राचारको काम सँभाल्ने, विभिन्न विषयको अभिलेख वा रेकर्ड राख्ने आदि कार्यसम्पादन गर्ने व्यक्ति; कुनै संस्था, कम्पनी, क्लब आदिको कार्यालयलाई सञ्चालन गर्न खटाइएको वैतनिक वा अवैतनिक व्यक्ति । श्र कार्यालयीय— वि॰ कार्यालयसँग सम्बन्धित; कार्यालयको ।

कार्यावली— ना॰ [सं॰] हे॰ कार्यसूची ।

कार्यावस्था— ना॰ [सं॰] नाटकसाहित्यमा पञ्चसन्धि अर्थात् कथावस्तुमा अपेक्षित कार्यका पाँच अवस्था (आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति र फलागम॰ ।

कार्षापण— ना॰ [सं॰] १. असी रत्ती हुने अति पुरानो तामाको मुद्रा; भिन्न–भिन्न मूल्यका मुद्रा । २. सोह्र पणबराबरको लिच्छविकालीन तामाको सिक्का ।

काल— ना॰ [सं॰] १. वर्ष, महिना, बार, दिन, रात, घडी आदिका रूपमा गणना हुने दुई घटना वा क्रियाका बीचको समय; बेला; बखत; अवधि; टाइम; मौसम । २. कुनै कार्य गर्नका निमित्त उपयुक्त घडी वा अवसर । ३. समयको कुनै निश्चित अवधि वा सूचक मान (उदयकाल, प्रातःकाल, सायङ्काल इ॰) । ४. मृत्युका देवता; यम । ५. मृत्यु; मरण; नियति । ६. शनिग्रह । ७. खण्ड; अनुभाग । ८. शिव । (. व्याकरणमा कार्य वा अवस्थाका समयलाई बोध गराउने क्रियाको रूप वा रूपावली (भूत, वर्तमान र भविष्यत्) । १०. सङ्गीत तथा छन्दशास्त्रमा कालको नपाइ । वि॰ ११. कालो रबको; कृष्ण वर्णको । — कटनी— ना॰ समय बिताउने काम; दुःखजिलोसाथ गरिने जीवन–निर्वाह । — कण्ठ— ना॰ १. मुजुर । २. नीलकण्ठे चरा । ३. शिवजीको उपाधि; महादेव । — कला— ना॰ १. कालको रहस्यमय स्थिति वा काम; कालगति । २. मृत्यु र रोगव्याध; मृत्यु र लागलगन । — कूट— ना॰ समुद्रमन्थन गर्दा निस्केको र महादेवले निलेको साह्रै कडा विष; हलाहल । — कोठरी— ना॰ झ्यालखाना–भित्र बनाइएको, ठूला अपराधीलाई यातना दिइने साँघुरो र अँध्यारो कोठो । —

क्रम— ना॰ काल वा समयको क्रमिक घटना वा अनुक्रम; घटनाका आधारमा संवत्, दिन, मिति आदिको क्रमन्यास । — क्रमिक— वि॰ १. कालक्रमसम्बन्धी; कालक्रमको । २. कालक्रमका विचारले प्रस्तुत हुने वा गरिने (कालक्रमिक भाषाविज्ञान, कालक्रमिक तथ्याङ्क इ॰) । — क्षेपण— ना॰ १. समय बिताउने काम; दिन बियाँल्ने काम; दिनकटनी । २. जीवननिर्वाह; गुजारा; गुजरान । — खण्ड— ना॰ १. कालको कुनै विभाग; अवधि । २. परमेश्वर । ३. कलेजो । — गति— ना॰ १. समयको फेरबदल; कालको क्रम वा परिवर्तन हुने सम्भावना । २. मृत्युको गति वा क्रम । —

चक्र— ना॰ समयको चक्र वा हेरफेर; जीवन, परिस्थिति, धनसम्पत्ति आदिको घुमाइफिराइ । — जरो— ना॰ १. लाम्चो पानपाते र नङ्ग्रा हुने एक जातको लहरो वा ठन्डी, दम र ज्वरमा फाइदा गर्ने तथा रुचि बढाउने त्यसैको बुटी; कट्वी । २. सन्निपातज्वर; कालज्वर । — जीरो— ना॰ मुङ्रेलो; मुग्रेलो; कलौँजी । — ज्वर— ना॰ सबै शरीर कालो पार्ने विषमज्वर; सन्निपातज्वर; कालजरो । — ज्ञ— ना॰ १. समयको गति वा परिवर्तनको ज्ञाता; ज्योतिषी । २. कुखुरो । — ज्ञान— ना॰ १. स्थिति वा अवस्थाको जानकारी । २. मृत्यु हुने समयको पूर्वज्ञान हुने क्रिया वा स्थिति । — टिम्बुर— ना॰ कालो खालको दाना हुने एक जातको टिम्बुर । — त्रय— ना॰ भूत, भविष्यत् र वर्तमान तीन काल । — दण्ड— ना॰ यमराजको डन्डा; मृत्यु; मरण । — दोष— ना॰ घटना र तथ्यहरूलाई ठीक कालक्रममा नराखिने दोष; कालक्रममा हुने भूल । — धर्म— ना॰ १. निश्चित समयविशेषका निम्ति उपयुक्त धर्म । २. मृत्यु; काल; निधन । — पाश— ना॰ १. यमराज वा मृत्युको जाल वा पासो । २. समयको बन्धन वा नियम । — पुरुष— ना॰ १. समयको कल्पित मानवी रूप । २. ईश्वरको विराट् रूप । ३. मृत्युका देवता; कालदेवता । ४. ग्रहदोष हटाउन वा अरिष्ट कार्य शान्त गर्न दान गरिने फलामको प्रतिमा । — फाल— ना॰ मरे पनि सँगै मर्ने र उन्नति गर्न सके पनि साथै रही उन्नति गर्ने भनी जोडिएको गहिरो सम्बन्ध वा भावनात्मक ऐक्य । — भैरव— ना॰ १. एकादश रुद्रमध्ये एक; शिवजीका मुख्य गणमा एक गण । २. काठमाडौँको हनुमान्ढोकानजिक रहेका एक प्रसिद्ध भैरव ।

कालम— ना॰ [अङ्॰] समाचारपत्र आदिका पृष्ठहरूमा बीचको लामो धर्का वा खाली अङ्गबाट अलग–अलग छुट्ट्याइने ठाडा वा लामा खण्ड; हे॰ स्तम्भ ।

कालमान— ना॰ [सं॰] काल वा समयको पूर्वापर अवधि; समयको नापो वा मान ।

कालयापन— ना॰ [सं॰] हे॰ कालक्षेपण ।

कालरात्रि— ना॰ [सं॰] १. अँध्यारो र डरलाग्दो रात । २. सारा विश्वको महाप्रलय हुने रात; मृत्युको रात । ३. नवरात्रिमध्ये आश्विन शुक्ल अष्टमीको रात तथा त्यस रातमा गरिने दुर्गाको पूजा । ४. दुर्गाको मूर्ति वा रूप ।

कालवेला— ना॰ [सं॰] १. दिनमान र रातमानलाई विभाजन गर्दा प्रत्येक दिन पर्न आउने शनिश्चरको बेला; शनिकाल । २. कुनै काम, यात्रा आदि गर्न निषिद्ध समय; अशुभ मुहूर्त । ३. उचित परिस्थिति वा अवसर; मौका ।

कालसमय— ना॰ [सं॰] १. मौका र परिस्थिति; समयको चाँजोपाँजो । २. बेलाबखत ।

कालसर्प— ना॰ [सं॰] १. डस्नासाथ मानिस मर्ने ज्यादै विषालु र डरलाग्दो कालो साँप; कालरूपी सर्प । २. अरूको ठूलो हानि गर्ने दुष्ट व्यक्ति ।

कालाजिन— ना॰ [सं॰] कृष्णसार मृगको छाला; कालो मृगको छाला ।

कालातीत— वि॰ [सं॰] समयभन्दा परको; समयले भ्याउन नसक्ने; समय बितेको ।

कालानल— ना॰ [सं॰] १. प्रलयकालको आगो; कालाग्नि । २. प्रलयाग्निका अधिष्ठाता देवता; महादेव; रुद्र । ३. पाँचमुखे रुद्राक्ष ।

कालानुक्रम— ना॰ [सं॰] हे॰ कालक्रम ।

कालान्तर— ना॰ [सं॰] १. समयको फेरो; समयान्तर; अर्को समय; धेरै पछिको समय । २. मौका परेको कुनै बेला । ~ विष— ना॰ मुसा, कुकुर आदिले टोकेको धेरै दिनपछि लाग्ने विष; मन्दविष ।

कालापानी— ना॰ [कालो+पानी] १. भारतमा अङ्ग्रेजी शासन छँदा आजन्म कारावासको सजाय दिने चारैतिर समुद्रले घेरिएको टापु (अन्डमन र निकोबार) । २. प्रायः जङ्गलछेउको अति गर्मी हुने, डरलाग्दो र औलको प्रकोप भएको ठाउँ । ३. भारतसँगको सीमा विवादका कारण विशेष चर्चित दार्जुला जिल्लाको भूभाग ।

कालाबन्जार— ना॰ [कालो+बन्जार] कहिल्यै आवाद नगरिएको वा नफाँडिएको ठूलो घना जङ्गल ।

कालास्त्र— ना॰ [सं॰] प्रहार गरेपछि निश्चित रूपले शत्रुको संहार गर्ने एक प्रकारको बाण; साङ्घातिक वा विषयुक्त वाण ।

कालिक— वि॰ [सं॰] १. काल वा समयको; समयसम्बन्धी । २. कालाश्रित । ३. मौसमअनुकूल; सामयिक ।

कालिका— ना॰ [सं॰] १. दैत्यको संहार गर्न अवतरित भएकी प्रसिद्ध देवी; महाकाली; दुर्गा; चण्डिका; काली । ~ पुराण— ना॰ कालिकादेवीको माहात्म्य वर्णन गरिएको एक उपपुराण ।

कालिकुत्तिम— ना॰ निक्खरा कालो कुकुर (कालिकुत्तिम महाउत्तिम॰ ।

कालिगड— ना॰ [फा॰ कारीगरे हस्तकलाको कुनै पनि काम गर्ने व्यक्ति; शिल्पी; कर्मी; कारिगर । > कालिगडी— ना॰ कालिगडको काम, पेसा वा सीप । कालिङ्गे च्याउ— ना॰ प्रायः पहेँलो माटो भएको ठाउँमा उम्रने, खान हुने, ठूलो एक प्रकारको च्याउ ।

कालिज— ना॰ [सं॰ कालेये मासु खाइने कुखुराका जातको कालो जङ्गली चरो ।

कालिदास— ना॰ [सं॰] संस्कृत साहित्यका प्रसिद्ध नाटक (अभिज्ञानशाकुन्तल, विक्रमोर्वशीय, मालविकाग्निमित्र॰, महाकाव्य (रघुवंश, कुमारसम्भव॰ र खण्डकाव्य (मेघदूत र ऋतुसंहार॰–को रचना गर्ने एक विख्यात महाकवि; संस्कृत साहित्यका प्रतिनिधि नाटककार तथा काव्यकार ।

कालिन— ना॰ [अ॰ कालीने थरीथरी बेलबुट्टा भएको कार्पेट वा गलैँचाजस्तो एक किसिमको बिछ्यौना ।

कालिन्चोक— ना॰ दोलखा बजारदेखि झन्डै ६ माइल टाढा ३,८४२ मिटर अग्लाइमा स्थित एक स्थान । ~ माई— ना॰ सोही ठाउँकी एक प्रसिद्ध देवी तथा शिवजी, गणेश र सरस्वतीका मूर्तिहरूका साथै एउटा कुण्ड पनि भएको एक तीर्थस्थल ।

कालिन्दी— ना॰ [सं॰] १. कलिन्द पहाडबाट निस्केकी यमुना नदी; कृष्णा । २. कृष्णका प्रमुख आठ पटरानीमध्ये एक ।

कालिमा— ना॰ [सं॰] १. कालो हुनाको भाव वा स्थिति; कालोपन । २. कलङ्क; दाग; दोष । ३. लाञ्छना; अपवाद ।

काली१— ना॰ [सं॰] १. कालिका देवी; दुर्गा; चण्डी । २. सोह्र विद्यादेवीमध्ये एक । ३. पार्वतीको एक नाम वा उपाधि । ४. कालिमा । ५. अग्निका सात जिह्वामध्ये एक । ६. रात । ७. काला बादलको पङ्क्ति । ८. हिमालयको मुक्तिनाथ क्षेत्रबाट निस्केर नेपालको पश्चिम भागमा बग्ने एक प्रसिद्ध नदी; शालिग्राम पाइने नदी; काली वा कृष्णा गण्डकी; सप्तगण्डकीमध्ये एक (उदा॰— कालीपार, कालीवार॰ ।

काली२— वि॰ [कालो+ई] १. कालो अनुहार वा वर्ण भएकी; कालो पोतेकी (स्त्री॰ । ना॰ २. 'कालो' शब्दको स्त्रीलिङ्गी रूप; मायाले वा गालीले कुनै नारीलाई भनिने शब्द । ना॰ ३. जुत्तामा लाउने कालो पालिस वा रोगन । ~ आँप— ना॰ मीठो स्वाद भएको असल जातको एक आँप; बोक्रामा कालो–कालो टीका बसेको, सानो कोयो हुने र झुत्रो नहुने महजस्तै स्वादिलो एक आँप; लङ्गडा आँप । ~ ऐँसेलु— ना॰ लहरामा फल्ने र राता टोप्रा हुने एक जातको ऐँसेलु । ~ काठ— ना॰ चिल्ला बाक्ला पात, सेता टीका–टीका परेको कालो बोक्रा र तीतो स्वादको हुने तथा दतिउनको काम लिइने ससानो रूखको पोथ्रो वा त्यसकै काठ । — कुच्ची— ना॰ ज्यादै कालो वर्णकी स्त्रीलाई गाली गर्दा अथवा कुनै पनि आइमाईलाई खिज्याउँदा भनिने अपमानबोधक शब्द । — कुत्तिम— वि॰ १. ज्यादा कालो; गाढा कालो । २. ज्यादै मैलो; थोत्रोपुरानो । — कोट— ना॰ नेपाल अधिराज्यको कर्णाली अञ्चलमा रहेको एक जिल्ला । — कोप्ची— ना॰ कालो वर्ण, गहिरा आँखा र घोप्टे हेराइ भएकी आइमाईलाई गाली गर्दा प्रयोग गरिने श्ाब्द । — खोले— ना॰ १. काली खोलावरपरका बासिन्दा । २. खोलाको छेउछाउ बसेर मीठा स्वरले गाउने एक प्रकारको चरो । ~ ज्यामिर— ना॰ गाढा पहेँलो तथा रातो बोक्रा हुने एक जातको अमिलो फल । ~ ढकायो— ना॰ डाँठको टुप्पामा प्रायः तीनवटा पात हुने, घोगाका रूपमा पहेँलो फूल फुल्ने र बाँकोको जस्तो कन्द हुने एक बुटी वा त्यसैको कन्द । — तोप— ना॰ प्राचीन कालको एक प्रसिद्ध तोपको नाम । — दह— ना॰ १. ज्यादै गहिरो हुनाको कारणले पानी कालो देखिने दह; भयङ्करको दह; काली रह । वि॰ २. असाध्यै मौलाएको; सप्रिएको । (उदा॰— यो साल बारीमा कालीदह मकै भएको छ । ॰

कालीन— वि॰ [सं॰] १. कुनै काल वा समयसँग सम्बन्धित; खास समयको; कालिक (महाभारतकालीन, राणाकालीन इ॰) । २. ऋतु वा यामअनुकूल । (उदा॰–शरत्कालीन आकाश स्वच्छ र निर्मल देखिन्छ॰ ।

कालीनाथ्रो— ना॰ [कालो+नाथ्रो] मङ्सिरमा पाक्ने, कालो नाथ्रो भएको एक प्रकारको धान; पहेँलो मार्सी; कालो काठे । काली निउरो— ना॰ [कालो+निउरो] कालो, मोटो र कमलो डाँठ हुने र तरकारी खाइने एक जातको निउरो ।

कालीपोके— ना॰ [कालो+पोके] अन्नपातलाई नै कालो तुल्याइदिने, बालीबिरुवामा लाग्ने एक रोग; गहुँ आदिका डाँठपात र बालामा अँगारको धूलोजस्तो कालाकाला पोका लाग्ने रोगविशेष । काली बम्बई— ना॰ [कालो+बम्बई] बम्बई आँपको एक प्रकार; असल जातको आँप । काली बिराली— ना॰ [काली+बिराली] ओखतीमूलोका निम्ति प्रयोग गरिने कालो रबको बिरालो । काली बूढी— ना॰ [काली+बूढी] हुकुमको मिस्सी आ६नो तासले खाएमा कालीबूढी बोकिन्छ भन्ने गरी चार जना मिलेर खेलिने तासको खेल । काली बोक्सी— ना॰ [काली+बोक्सी] काली र नजाती स्वास्नीमान्छेलाई गाली गर्दा प्रयोग गरिने अपमानबोधक शब्द । काली भीर— ना॰ [कालो+भीर ] माथिबाट हेर्दा रिँगटा वा अत्यास लाग्ने डरलाग्दो भीर; कहालीलाग्दो भीर । काली मकै— ना॰ [कालो+मकै] केराको बुँगाजस्तो छोटो घोगा लाग्ने, दानाभित्र कालो पीठोजस्तो पदार्थ हुने एक जातको मकै ।

कालीमाटी— ना॰ [कालो+माटो ] १. जमिनमनि रहेको कालो, नरम र मलिलो माटो; खेतीमा मलका रूपमा प्रयोग गरिने माटो । २. काठमाडौंँ उपत्यकाको टेकुदोभाननजिक रहेको एक ठाउँ ।

कालीमाल— ना॰ परदेश वा प्रवास; परदेश जाँदा बाटामा पर्ने वास ।

कालीमुन्टे— ना॰ [कालो+मुन्टो+ए] १. खेततिर पाइने, टुप्पामा कालो हुने एक प्रकारको घँास; कालीमुन्टो; वनमारा । २. मुन्टो मात्र कालो भई बाँकी जीउ सबै अरू नै रबको हुने बाख्रो । वि॰ ३. कालो मुन्टो भएको ।

कालीरह— ना॰ [कालो+रह ] हे॰ कालीदह । काली लहरो— ना॰ [कालो+लहरो] गाईबस्तुलाई खुवाइने एक प्रकारको जङ्गली घाँस । काली सिन्की— ना॰ [कालो+सिन्को] कालोकालो सिन्का हुने एक झार; कान छेडेपछि प्वाल नटालियोस् भनेर लगाइने सानो सिन्को; कानसिन्की; दमकन्ने ।

कालु— वि॰ [कालो+उ] 'कालो' शब्दको सङ्क्षिप्त रूप । ~ पाँडे— ना॰ पृथ्वीनारायण शाहका समयमा गोर्खा राज्यको काजी भएका र कीर्तिपुरसँग पहिलो युद्धमा दिवङ्गत भएका इतिहासप्रसिद्ध एक व्यक्ति ।

कालुष्य— ना॰ [सं॰] १. कलुष वा मलिन हुनाको भाव; मलिनता; फोहोर । २. वैमनस्य ।

कालू— ना॰ स्नेहका साथ बोलाउँदा प्रयोग गरिने शब्द ।

कालो— ना॰ [सं॰ काले १. प्रकाश वा सेतोको विपरीत रब; मोसो, गाजल, अँगार, गोल आदिको जस्तो रङ्ग । २. प्रकाश नभएको स्थिति; अन्धकार । ३. निग्रो जाति । ४. दोष, कलङ्क; खोट । ५. पाप; कल्मष । वि॰ ६. उज्यालो नभएको; अँध्यारो; मैलो वा धमिलो । ७. कृष्ण वर्णको; कल्साउँदो; साँवलो; गाजले । ८. मन सफा नभएको; रिसाएको; नजाती; दुष्ट । (. आशा नभएको; पत्तो नपाइने (कालो भविष्य, कालो भावना इ॰) । ~

अबेरी— ना॰ कालोकालो खालको अबेरीविशेष । ~ अरिङ्गाल— ना॰ एक जातको कालो रबको अरिङ्गाल । ~ उखु— ना॰ गाढा कलेजी वा कालो रबको, औषधीका लागि पनि काम लाग्ने राम्रो खालको उखु । ~ कपास— ना॰ कालोकालो भुवा हुने एक जातको कपास । ~ कर्तुत— ना॰ अरूको कुभलोका लागि गरिने निन्दनीय कार्य; स्वार्थसिद्धिका लागि गरिने नियमविरुद्ध काम; छलकपट; षड्यन्त्र । ~ काँठे— ना॰ हे॰ कालीनाथ्रो । ~ काल— ना॰ कर्कलाको जस्तो बोटमा सलिफाजस्तो तर केही लाम्चो आकारको घोगा फल्ने एक स्थावर विष । ~ किरो— ना॰ १. ब्वाँसोजस्तो ढाडे कीरो; भाउसो । २. सालक नामको एक जङ्गली जनावर । ~ कुकुर— ना॰ १ हुँदै नभएको मानिस । २. तुच्छ प्राणी । ~ कौवा— ना॰ सर्वाङ्ग शरीर कालो हुने, केही ठूलो र तीखो चुच्चो भएको एक जातको काग; ढोले काग; लेकाली काग; डुम काग । ~ गेँवरा— ना॰ कालो र मोटो खालको, थुप्रै रस हुने एक प्रकारको असल खालको उखु । ~ गौँथली— ना॰ प्रायः पहरातिर गुँड पार्ने कालो रबको गौँथली चरो । ~ चिया— ना॰ दूध, तर आदि नहालिएको, चिनी र चियाको रब मात्र भएको चिया; फिक्का चिया । ~ जरो— ना॰ हे॰ कालज्वर । ~ जिरो— ना॰ हे॰ कालजीरो ~ धतुरो— ना॰ रछायो भावको नीलो फूल फुल्ने र कालो डाँठ हुने एक जातको धतुरो । ~

नुनियाँ— ना॰ कालो रबको एक जातको धानविशेष । — नीलो— वि॰ १. डरले आत्तिएको वा रिसले चूर भएको । २. कालो तथा नीलो रूपको । ~ नुन— ना॰ अपच, डकार आदिमा फाइदा गर्ने एक प्रकारको नुन; बिरेनुन । ~ पत्र— ना॰ १. सडकलाई पक्की बनाउन प्राविधिक किसिमले रोडा, अलकत्रा आदि छापिएको सतह; पिच । २. कोलटार, पेट्र्ोलियम आदिमा घोलिएको कालो र च्यापच्यापे पदार्थ; अलकत्रा । ~ पातल— ना॰ निर्जन वन; तरी; भयावह जङ्गल । — पोके— ना॰ गहुँ, जौ आदि बालीमा लाग्ने, बालो कालो हुँदै जाने एक प्रकारको रोग । ~ बजार— ना॰ १. सरकारबारा आयातनिर्यातका लागि प्रतिबन्धित मालसामानहरू बढी नाफा कमाउन अवैध किसिमले लुकीछिपी आयात वा निर्यात गर्ने काम । २. कुनै मालसामानको कृत्रिम अभाव खडा गरी अत्यधिक नाफा लिएर बिक्री गर्ने काम वा स्थिति । ३. त्यस्तो मालसामान खरिद–बिक्री गर्ने ठाउँ; चोरबजार । ~

बजारिया— वि॰ कालोबजार गर्ने; तस्करव्यापारी; चोरबजारिया । ~ बजारी— ना॰ कालो बजार गर्ने काम; अवैध किसिमले मालसामानको किनबेच आदि गर्ने काम; तस्करी धन्दा । ~

बडहरी— ना॰ कालो भुस हुने एक जातको धान वा त्यसैको चामल । ~ बलु— ना॰ १. पीपलका जस्ता पात, पहेँला फूल, हरिया चक्राकार फल फल्ने एक जातको लहरो; अतिबला; आयुर्वेदका अनुसार पौष्टिक र वीर्यवर्धक गुण भएको त्यसैको फल । ~ भटमास— ना॰ निक्खर कालो बोक्रा हुने एक प्रकारको भटमास । ~ मसान— ना॰ मसानघाटमा रहेको भनिने भूतप्रेत; मसाने भूत । ~ मार्सी— ना॰ कालो रब हुने एक जातको धान वा त्यसकै चामल । ~ मास— ना॰ बोक्रा हुने, दालका लागि प्रसिद्ध एक जातको मास । ~ मुन्टे— ना॰ हे॰ कालीमुन्टे । ~ मोहर— ना॰ पहिले तिब्बती सरकारले चलाएको मुद्रा; भोटे मोहर । ~ शिरीष— ना॰ गाढा नीलो फूल फुल्ने एक जातको शिरीषको बोट वा सोही बोटको फूल । ~ सर्प/साँप— ना॰ १. अत्यन्त विषालु, कालो रबको सर्प; कालसर्प । २. दुष्ट मानिस; खतरनाक व्यक्ति । ~ सिमी— ना॰ काला गेडा हुने सिमीको एक जात । ~ सिसौ— ना॰ कालो चुरो हुने एक जातको सिसौको रूख; कृष्णशिंशपा । ~ हलेदो— ना॰ सुकेपछि कालो हुने एक प्रकारको हलेदो ।

काल्चीमिस्री— ना॰ [काल्फीमिस्री] असल किसिमको मिस्री; काल्फीमिस्री ।

काल्चे— ना॰ [काल+चेप्] १. अप्ठेरो अवस्था; खुँगे । २. युक्ति; उपाय; जुक्ति ।

काल्टिकी— ना॰ [कालो+टिको] कालो टीका ।

काल्तोरी— ना॰ [कालो+तोरी] कलेजी रबको जरा हुने, साधारण तोरीका भन्दा केही ठूला पात हुने र सागको तरकारी खाइने एक जातको तोरी ।

काल्पनिक— वि॰ [सं॰] १.कल्पना गरिएको; अजमायसी; कल्पित । २. बनावटी; नक्कली ।

काल्फीमिस्री— ना॰ [<+मिस्री] हे॰ काल्चीमिस्री ।

कावर— ना॰ [मरा॰ कावड < प्रा॰ कावे नाविकहरूले ठूलठूला माछा मार्न प्रयोग गर्ने एक प्रकारको जाल वा पासो ।

कावा— ना॰ [फा॰] १. वृत्ताकार मार्गमा हिँड्ने वा उड्ने कार्य; गोलाकार वृत्तको हिँडाइ वा उडान; चक्कर खाने काम । २. घोडालाई सधाउन वा रफत गराउन वृत्तमा दौडाउने काम ।

काव्य— ना॰ [सं॰] १. साहित्य (व्यापक अर्थमा) । २. कविता (सूक्ष्म अर्थमा॰; मुक्तक, स्फुट काव्य, गीतिकाव्य, खण्डकाव्य र महाकाव्य । ३. प्रत्येक चरणमा चौबीस मात्रा हुने एक मात्रिक छन्द । ~ पुरुष— ना॰ साहित्यिक पुराकथामा काव्यलाई दिइएको एक मानवाकार स्वरूप जो मात्तिँदा तह लगाउन एक काव्यनारी (समीक्षा॰–को सृष्टि भएको हो भन्ने किंवदन्ती छ । ~ प्रवृत्ति— ना॰ कविता, महाकाव्य आदिमा रचनाकारले विशिष्ट दिशा वा मार्गतर्फ अग्रसर हुन देखाएको आन्तरिक झुकाउ; कुनै वस्तु वा विचारप्रति रहेको रचनाकारको विशिष्ट उद्देश्य वा दृष्टिकोण; कविको विशिष्ट रुचि । — लिङ्ग— ना॰ वाक्यार्थ वा पदार्थरूपले हेतु प्रतिपादन गर्दा हुने एक अर्थालङ्कार; कुनै नयाँ अर्थलाई बोध गराउने एक अर्थालङ्कार । ~ साधना— ना॰ कवितादिको सिर्जनाका निम्ति स्रष्टाबारा गरिएको अनुष्ठान; कवितादिको पूजा वा आराधना ।

काश— ना॰ [सं॰] १. नदीनालाका छेउछाउमा उम्रने, घरका छाना छाउन वा गाईवस्तुलाई खुवाउन प्रयोग गरिने एक जातको बुटे झार; काँस (घाँस) । २. खोकी ।

काशिका— ना॰ [सं॰] जयादित्य र वामनाचार्यबारा रचित पाणिनीय व्याकरणको एक प्रसिद्ध वृत्ति वा टीका ।

काशी— ना॰ [सं॰] १. उत्तर–भारतमा गङ्गाको किनारमा रहेको एक प्रसिद्ध नगरी वा तीर्थस्थल; बनारस सहर; वाराणसी; हिन्दूहरूका सात मोक्षपुरीमध्ये एक । वि॰ २. उज्यालो; चहकिलो राम्रो ।

काश्मीर— ना॰ [सं॰] कश्मीर देश ।

काश्मीरी— वि॰ हे॰ कास्मिरी । ~ केशर— ना॰ हे॰ कास्मिरी केशर ।


काश्यप— ना॰ [सं॰] १. एक प्रसिद्ध ऋषिको नाम । वि॰ २. कश्यपको वंश वा गोत्रमा पैदा भएको; कश्यपसम्बन्धी । ~ गोत्र— ना॰ काश्यप ऋषिको कुल वा वंशको परिचयात्मक नाम; अधिकारी, घिमिरे, पाँडे, बडाल, ठकुरी, माझी, थापा, गर्तौला, बोकटी आदि थर हुनेहरूको गोत्र ।

काषाय— वि॰ [सं॰] १. गेरु रबमा रँगाइएको; गेरु रबको । ना॰ २. कपडा; गेरु रबको कपडा । ३. टर्रो स्वाद । — वस्त्र— ना॰ गेरुवा रबको कपडा; साधु–सन्न्यासीहरूले लगाउने वस्त्र ।

काष्ठ— ना॰ [सं॰] १. काठ । २. दाउरा; इन्धन । — कला— ना॰ काठका कलात्मक वस्तु, मूर्ति, सजावटका सामान आदि बनाउने काम वा सीप । — कुट्ट/कूट— ना॰ लाहाँचे चरो; काठफोरुवा चरो । — पत्र— ना॰ १. काठको फल्याक; कठपत्र । २. अभिलेखका रूपमा रहेको काठको पातो । — पुत्तलिका— ना॰ १. कठपुतली; काठको प्रतिमा । २. घट्टको सोलीबाट दाना खसाल्नका लागि सोलीको डुँडमा बाँधिएको काठको ठेउको वा पुतली । — मण्डप— ना॰ १. काठको मण्डप । २. हनुमान्ढोकानेर अशोकविनायकको सामुन्ने स्थित एउटै रूखका काठबाट तयार पिारएको भनिने प्रसिद्ध घर । ३. काठमाडौँ ।

काष्ठा— ना॰ [सं॰] १. पूर्व, पश्चिम आदि दिशा । २. अन्तिम सीमा वा हद (पराकाष्ठा) । ३. अन्तरिक्षमा बादल र वायुको मार्ग । ४. अठार पलाको समयको माप । ५. आठ माना । ६. एक विघाको १/२० भाग अर्थात् एक कट्ठा ।

काष्ठादि— ना॰ [सं॰] जरीबुटीलाई पिँधेर धूलो बनाइएको आयुर्वेदिक औषधी ।

कास— ना॰ [सं॰] १. खोकी । २. सजिवनको रूख । ३. काँस तृण । कासी बयर— ना॰ [काशी+बयर] लाम्चा गेडा फल्ने खल्लो गुलियो स्वादको एक जातको बयर ।

कास्की— ना॰ १. नेपाल अधिराज्यको पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत गण्डकी अञ्चलमा पर्ने एक जिल्ला । २. मध्यकालको चौबीसे राज्यमध्ये एक ।

कास्टिक— वि॰ [अङ्॰] १. रासायनिक प्रक्रियाबारा तन्तुहरूलाई जलाउने वा नष्ट पार्ने; क्षारक; दाहक । ना॰ २. जलाउने वा नष्ट गर्ने पदार्थ वा वस्तु । ~ सोडा— ना॰ एक प्रकारको सोडा । कास्टिब मेसिन— ना॰ [अङ्॰] मुद्रणकलामा मोनोटाइप बनाउने वा ढाल्ने यन्त्रविशेष ।

काहा— ना॰ [नेवा॰] पोङ्गा र पैँताभन्दा केही लामो, फुकेर बजाइने, तामाको एक किसिमको ढुङ्ग्रे बाजा ।

कास्मिरी— वि॰ [काश्मीर+ई] काश्मीरका बासिन्दा; काश्मीरसम्बन्धी । ~ केशर— ना॰ १. मसिना लामालामा पात हुने, रातो केशर भएको, सेता फूल फुल्ने, लसुनका जस्ता पोटी हुने एक बुटी । २. त्यसैको फूलको बास्नादार केशर; कुङ्कुम ।

काहार— ना॰ नेपालको तराइली मूलका घर्ती; डोली बोक्ने एक जाति; भुइया; खतबे ।

काहिँली— वि॰ [काहिँलो+ई] १. जन्म, नातासम्बन्ध वा अरू कुनै क्रमले चौथी (स्त्री॰; साहिँलीपछिकी; काइँली । ना॰ २. काहिँलो छोरो वा भाइकी पत्नी ।

काहिँलो— वि॰ [सं॰ कनीयान्] साहिँलोभन्दा पछिको; जन्मका क्रमले चौथो (छोरो, भाइ आदि॰; काइँलो ।

कि— संयो॰ [सं॰ किम् ] १. दुई कुरा वा विषयमध्ये कुनै एक बुझाउन बीचमा प्रयोग गरिने अव्यय; वा; अथवा (उदा॰— पढ्छौ कि पढ्दैनौ < ) । २. मिश्र वाक्यमा आश्रित उपवाक्यलाई जोड्ने शब्द । (उदा॰— कि तिमी जाऊ कि मलाई जान देऊ ।) । निपा॰ ३. प्रश्न वा सन्देह बुझाउँदा वाक्यान्तमा प्रयोग हुने शब्द (उदा॰— उसले मलाई पढाउँछ कि < ऊ त्यहाँ छैन कि <॰ । ४. उनको भनाइ छ कि कवितामा अनुप्रास हुनुपर्छ (अस्त॰) ।

किंकर्तव्यविमूढ— वि॰ [सं॰] निर्णयशक्तिको अभावमा कुनै काम गर्न के गरूँ, कसो गरूँ भई अलमलिएको; आफूले गर्नुपर्ने काम वा कर्तव्यबारे ठहर गर्न नसकी दोधारमा परेको; रनभुल्लमा परेको; बिलखबन्द ।

किंवदन्ती— ना॰ [सं॰] १. समाजमा परम्परादेखि चल्दै आएका र केही अन्धविश्वाससमेत भएका घटना, कथा वा कुरा; जनश्रुति । २. हल्ला; अफवाह ।

किंवा— संयो॰ [सं॰] दुई वा दुईभन्दा वढी शब्द, पदावली वा वाक्यांशलाई जोडी कुनै एकलाई बुझाउन वैकल्पिक रूपमा प्रयुक्त हुने अव्यय; वा; अथवा । (उदा॰— ज्ञान–विज्ञानका क्षेत्रमा साहित्य किंवा दर्शनको ठूलो महत्त्व छ ।)

किंशुक— ना॰ [सं॰] पलाँसको रूख; पलाँसको फूल ।

किउँकाफल— ना॰ [किम्बु+काफल] काला लाम्चा दाना हुने एक प्रकारको काफल ।

किकी— ना॰ जुम्रा (बालबोलीमा॰ ।

किक्क— क्रि॰ वि॰ [अ॰ मू॰ किक्+क] बाडुली लागेर वा घाँटीभित्र कुनै चीज अड्किएर श्वासनलीमा वाधा परी विचित्रको ध्वनि निस्कने गरी ।

किक्लिक्क— वि॰ [अ॰ मू॰ किक्लिक्+क] घाँटीमा कुनै चीज अड्किँदा वा घाँटी अँठ्याउँदा ऊर्ध्व–वायुको झोक्का निस्कने गरी हुने शारीरिक प्रतिक्रिया ।

किङ्कर— ना॰ [सं॰] चाकर; नोकर; दास; सेवक; भृत्य ।

किङ्कर्तव्यविमूढ— वि॰ [सं॰] हे॰ किंकर्तव्यविमूढ ।

किङ्किणी— ना॰ [सं॰] १. घुँगरुदार आभूषण; चाँप; घँगला; क्षुद्र–घण्टिका । २. कम्मरपेटी ।

किङ्गरी— ना॰ १. भिक्षावृत्ति भएको, तराईमा बस्ने एक जाति । २. त्यस जातिले बजाउने एक थरी बाजा ।

किच्–नु— स॰ क्रि॰ [प्रा॰ किच्चन्त+नु] १. कुनै वस्तुलाई गहु्रँगो पदार्थले थिच्नु; थ्याच्च पार्नु; मिच्नु । २. दमन गर्नु; दबाउनु; जित्नु ।

किचकन्नी— ना॰ [सं॰ कृत्याकन्यो पैतला पछाडिपट्टि फर्किएको र पिठ्यूँ खोक्रो हुने कल्पित सुन्दरी; स्त्रीका रूपमा रहने एक प्रेतयोनि; अगतिमा परेका स्त्रीहरूको प्रेतात्मा ।

किचकाच— क्रि॰ वि॰ [अ॰ मू॰ किच्+अ (बि॰)] सग्लो वस्तुलाई किचिमिची पारेर बिगार्ने काम; किच्ने र थिच्ने काम; किचमिच; थिचथाच ।

किचकिच— ना॰ [अ॰ मू॰ किच्+अ (बि॰)] १. झर्को लाग्ने गरी कुरा गर्ने स्वभाव; दिक्क लाग्ने गरी गरिएको कुनै कुरा; कचकच; गनगन । क्रि॰ वि॰ २. झर्को लाग्ने गरी; सताउने किसिमले ।

किचमिच— ना॰ [किच्+मिच्] किच्ने र मिच्ने काम; थिचमिच; किचकाच ।

किचाइ— ना॰ [रू किच् (+आइ॰] किच्ने काम वा प्रक्रिया । [ > ]

किचाइनु— क॰ क्रि॰ किच्न लाइनु; थिचाइनु । किचाउनु— प्रे॰ क्रि॰ किच्न लाउनु; थिचाउनु ।

किचाकिच— ना॰ [किच्+आ+किच्] परस्परमा वा धमाधम किच्ने काम; थिचाथिच; मिचामिच; ठेलमठेल ।

किचाघान— ना॰ [किच्+घान] भीडभाडमा ठेलिने, लड्ने र किचिने काम वा स्थिति; थिचोमिचो ।

किचिनु— क॰ क्रि॰ [किच्+इ+नु] किच्ने काम गरिनु; थिचिनु; मिचिनु ।

किचिपिची/किचिमिची— ना॰ [किच्+पिच्च/मिच् ] १. किच्ने र मिच्ने काम; किचमिच । २. गिलो पदार्थलाई बेसरी माड्ने काम; गिजोल्ने काम । ३. घाउ खटिरा आदिमा जमेको पीप फुटेर छ्याल्लब्याल्ल हुने काम । ४. अस्पष्ट र फोहोर खालको लेखाइ ।

किचिरपिचिर/किचिरमिचिर— ना॰ [रू किचिपिची/किचिमिची] हे॰ किचिमिची ।

किच्च— क्रि॰ वि॰ [अ॰ मू॰ किच्+च] कुनै कारणले वा स्वभावैले थोरै हाँस्ने गरी; मुस्कुराउने किसिमले । > किच्चक— वि॰ कुनै कारण वा प्रयोजनविना नै किच्च–किच्च हाँसिरहने ।

किच्चि–नु— अ॰ क्रि॰ [किच्च+इ+नु] किचिनु; थिचिनु । >

किच्च्याइ— ना॰ किच्चिने काम, भाव वा अवस्था । किच्च्याइनु— क॰ क्रि॰ किच्याउने काम गरिनु; गिज्याउनु । किच्च्याउनु— प्रे॰ क्रि॰ किच्चिन लाउनु । किच्च्याहट— ना॰ किच्चिने काम; किच्च्याइ ।

किजात— ना॰ [सं॰ कुजाते किरिया हाल्दा प्रयोग गरिने शब्द; कुजात ।

किञ्चित्— वि॰ [सं॰] १. थोरै; अल्पशः अलिकति; इषत्; केही; मनाक् । क्रि॰ वि॰ २. अलिकति पनि; थोरै पनि; केही पनि ।

किञ्जल्क— ना॰ [सं॰] १. कमलको केसर (उदा॰— मैले न्वाउनलाइ शैलतटमा छन् दूधका पोखरी । टल्कन्छन् जलमा जहाँ किरणका किञ्जल्क रेखा परी । — माधव घिमिरे रू) । २. नागकेसर । वि॰ ३. केसरको रबजस्तो पहेँलो ।

किट्–नु१— स॰ क्रि॰ [किटकिट+नु] रिस, आवेग वा तीव्र असन्तोषका भावनाले तलमाथिका दाँत रगड्नु; दाँत रगडेर किर्र–किर्र आवाज निकाल्नु । (उदा॰–रिसको झोकमा हरिले दाँत किट्यो॰ ।

किट्–नु२— स॰ क्रि॰ [प्रा॰ किट्ट+नु] १. कुनै कामकुराका बारेमा यही नै हो भनेर टुङ्गो लाउनु; यस्तै हो भनेर तोक्नु । २. निधो गर्नु; तोक्नु । ३. मर्यादा निश्चित गर्नु ।

किट— ना॰ [सं॰ किट्टे धातु खार्दा निस्किएको कस वा कसर; किट्ट ।

किटाइ— ना॰ [रू किट् -+आइ॰] १. झोकले तलमाथिका दाँत रगड्ने काम वा प्रक्रिया । २. कुनै कामकुराका बारेमा तोक्ने वा निधो गर्ने क्रियाप्रक्रिया । [ > ] किटाइनु— क॰ क्रि॰ १. झोकले दाह्रा किट्न लाइनु । २. कुनै कामकुरो तोक्न लाइनु । किटाउनु— प्रे॰ क्रि॰ १. झोकले दाह्रा किट्न लाउनु । २. निधो गराउनु; तोक्न लाउनु ।

किटान— ना॰ [किट्+आन] कुनै कामकुराका बारेमा यही नै हो भनी किट्ने वा तोक्ने काम; निश्चय; निधो । > किटानी— ना॰ निश्चयसाथ भनिएको कुरो; तोकिएको कुरो ।

किटुवा— वि॰ [किट्+उवो १. निश्चय वा निधो गरिएको; तोकिएको (काम वा कुरो) । २. किटान गर्ने; तोक्ने (व्यक्ति॰ ।

किट्ट१— ना॰ [सं॰] १. थेग्रिएर रहेको पदार्थ; थिग्रेनी । २. फलाम आदिको मैल; कीट । ३. मल; विष्ठा ।

किट्ट२— क्रि॰ वि॰ [अ॰ मू॰ किट्+ट] किट् आवाज आउने गरी ।

(उदा॰— उसले दाँत किट्ट किट्यो ।)

किट्टी— ना॰ चार जना बसेर प्रायः नौ–नौ पत्ती तासमा प्रत्येकमा तीन–तीन पत्ती मिलाएर एक अर्कोलाई जित्दै बाजीमाथ गर्ने एक प्रकारको तासको खेल ।

किट्नी— ना॰ [अङ्॰ किड्नी] मूत्राशय ।

किताप— ना॰ [अ॰ किताबे हे॰ किताब । > कितापी— वि॰ किताबी ।

किताब— ना॰ [अ॰] मुद्रित गरिएको वा लेखिएको र सुरक्षित तुल्याउन एकापट्टि धागो वा तारले बाँधी प्रायः बाक्लो र बलियो गातासमेत लगाइएको पत्रैपत्र कागतको समूह वा ठेली; पुस्तक; पोस्तक; पोथी; किताप; ग्रन्थ । — खाना— ना॰ १. किताबहरू राख्ने ठाउँ; पुस्तक–भण्डार । २. जङ्गी, निजामती आदि कर्मचारीहरूको नियुक्ति, बढुवा, सरुवा, खोसुवा आदिसम्बन्धी रेकर्ड राख्ने अड्डा । ~ दर्ता— ना॰ कर्मचारी पदको बहाली भएपछि किताबखानामा रेकर्ड गरिने काम ।

किताबी— वि॰ [किताब+ई] १. किताबसम्बन्धी । २. कर्मचारीहरूको रेकर्ड भरिएको किताबको काम गर्ने । ३. व्यवहार–इतर (किताबी ज्ञान) । ~ किरो— ना॰ पुस्तक मात्र अध्ययन गर्ने व्यक्ति । ~

सवाल— ना॰ स्रेस्ता अड्डालाई भएको सवाल । (सो खारेज भई पछि 'मुलुकी सवाल' बनेको हो ।)

कित्ता— ना॰ [अ॰ कितो १. श्रेणी; तह; कक्षा; दर्जा; ओहदा । २. टुक्रा; खण्ड । ३. थान; गोटा । ४. किसिम; जात; वर्ग; जाति । — काट— ना॰ कुनै कित्ताको जग्गामध्येबाट बेचबिखन गर्दा वा भाग छुट्याउँदा नापी अड्डाले लिखत तथा नापनक्साअनुसार पहिलेको कित्ता फोरी छुट्टाछुट्टै कित्ता कायम गरिदिने कामग् कित्ताफोड । — फोड— ना॰ कित्ताकाट ।

कित्ली— ना॰ [अङ्॰ किटले पानी उमाल्ने वा पकाउने, बिर्को र समौटोसमेत भएको भाँडो; चियादानी ।

किथ्रो— ना॰ १. किलकिले । २. कीट–पतङ्गादि वर्गको एक जाति (फट्याङ्ग्रो इ॰) ।

किन्–नु— स॰ क्रि॰ [सं॰ क्री > किन्+नु] मोल तिरेर कुनै माल लिनु वा आ६नो हकमा पार्नु; बेसाउनु; खरिद्नु ।

किन— क्रि॰ वि॰ [सं॰ किमर्थम्] कुनै काम वा विषयको कारण सोद्धा प्रयोग गरिने शब्द; कुन हेतुले वा के उद्देश्यले < के कारणले < ~ किन— अव्य॰ थाहा नभएको कारणबारे विस्मयपूर्वक भनिने शब्द; संशय, अनिच्छा वा अरुचि जनाउने शब्द । (उदा॰— किनकिन आज मलाई पढ्न नजाऊँजस्तो भइरहेछ ।)

किनखाब— ना॰ [फा॰ कम–ख्वावे सुनचाँदीका बत्तुले बुट्टा काढिएको झलझलाउँदो रेसमी कपडा; बहुमूल्य रेसमी कपडा ।

किनबेच— ना॰ [किन्+बेच्] किन्ने र बेच्ने काम; खरिद–बिक्री; बेचबिखन; क्रय–विक्रय ।

किनमेल— ना॰ [किन्+मेलो] मालसामानहरू किन्ने वा खरिद गर्ने काम; बजारमा गएर मोल तिरी आफूलाई चाहिने सामान लिने काम ।

किनाइ— ना॰ [रू किन् (+आइ॰] किन्ने भाव, क्रिया वा प्रक्रिया; खरिद । [ > ] किनाइनु— क॰ क्रि॰ किन्न लाइनु; खरिद गराइनु ।

किनाउनु— प्रे॰ क्रि॰ किन्न लाउनु; खरिद गराउनु ।

किनामा— ना॰ [लि॰] भटमास उसिनेर खरानीमा मुछी धेरै दिनसम्म गुम्स्याएर राखिएको खाद्य पदार्थ । (राई–लिम्बूहरूमा यो खाद्य पदार्थ निकै प्रचलित छ ।)

किनार— ना॰ [फा॰] १. कुनै वस्तुको लमाइ वा गजपट्टिको अन्तिम छेउ; किनारा; पारी । २. नदी, तलाउ आदिका वारिपारिको जग्गा; तट; तीर । ३. छेउछाउ; पार्श्व । — दार— वि॰ किनार वा पारी भएको; किनारावाल; किनारे (धोती, सारी आदि॰ ।

किनारा— ना॰ [फा॰ किनारे १. कुनै वस्तुको लमाइ वा गजतर्फको पछिल्लो छेउ; धोती वा अन्य नसिएका कपडाको लमाइको तलमाथिको फेरो; किनार । २. नदी, तलाउ वा जलाशयको तीर; तट । ३. आसपासको ठाउँ; छेउछाउ; पार्श्व । ४. धोती, चादर, पछ्यौरा आदि कपडामा भिन्न बुनोटको वा अलग रबको लामो फेर । ५. कपडाको छेउछाउमा हुने विशेष खालको बुट्टा; खिका । ६. दुबिधा भएको कुनै कामकुरामा लगाइएको टुङ्गो; निधो; निर्णय; इदमित्थ । (उदा॰— अदालतले मुद्दाको किनारा लगाइसक्यो) । — दार— वि॰ कपडाको छेउछाउमा विशेष किसिमले रँगाएको वा बुनेको बुट्टा वा किनारा भएको; बुट्टेदार फेर भएको; किनारावाल; किनारे । — वाल— वि॰ किनारादार; किनारा भएको । > किनारे— वि॰ किनारा भएको; किनारावाल ।

किनिनु— क॰ क्रि॰ [किन्+इ+नु] किन्ने काम गरिनु; खरिद गरिनु; बेसाइनु ।

किनिया— ना॰ अफ्रिाकाको एक देश । ~ नर— ना॰ अश्मीभूत अस्थि–अवशेषका रूपमा किनियामा पाइएको मानवजस्तो देखिने नरवानर; रामवानरको हालसम्म पाइएका अश्मीभूत रूपमध्ये सबैभन्दा प्राचीन रूप । ~ मानव— ना॰ किनिया–नर । ~ वानर— ना॰ किनिया–नर ।

किनुवा— वि॰ [किन्+उवो १. किनिएको; खरिद गरिएको । २. पैसा तिरेर लिइएको ।

किन्तु— संयो॰ [सं॰] तर; परन्तु; अपितु ।

किन्नर— ना॰ [सं॰] १. पुराणअनुसार मानिसको जस्तो मुख र घोडाको जस्तो शरीर वा मानिसको जस्तो शरीर र घोडाको जस्तो मुख हुने, देवताहरूका पर्वोत्सवहरूमा गानबजान गर्ने एक देवयोनि; किम्पुरुष; अश्वमुख । वि॰ २. अति राम्रो; सुन्दर । श्र किन्नरी— ना॰ १. किन्नरजातकी स्त्री । २. एक प्रकारको वीणा । वि॰ ३. सुन्दरी; ज्यादै राम्री ।

किन्ने— वि॰ [किन्+ने] खरिद गर्ने; गाहकी; क्रेता । ~ बेच्ने— वि॰ किन्ने र बेच्ने; खरिदबिक्री गर्ने; गाहकी र बेपारी; क्रेता र विक्रेता ।

किप— ना॰ [कीप < अ॰ कीफे कालीज्यामिरका जातिको एक किसिमको अमिलो फल ।

किपट— ना॰ केही पूर्वका शताब्दीहरूमा धेरै इलाकामा प्रचलित भए पनि भूमिसुधार आरम्भ हुने समयमा भने पूर्वी नेपालका माझ किराँत तथा पल्लो किराँतमा मात्र प्रचलित राई– लिम्बूहरूलाई लालमोहर गरेर दिइएको कहिल्यै राजीनामा हुन नसक्ने अथवा जसका नाममा सो जग्गा लेखिएको छ उसैका सन्तान–दरसन्तानले भोगचलन गर्नुपर्ने जग्गा । > किपटिया— ना॰ किपट जग्गा पाउने व्यक्ति ।

किफायत— ना॰ [अ॰] १. पुथ्याएर वा कम गरेर खर्च गर्ने काम; फारो; मितव्ययिता । २. बचत; बचाउ । ३. कम मूल्य; सस्तो दाम । > किफायती— वि॰ १. किफायत गर्ने; कम खर्चालु; मितव्ययी । २. कम मूल्यको; सस्तो ।

किम्— क्रि॰ वि॰ [सं॰] १. के कारणले; किन । २. कुन; के ।

किमा— ना॰ [अ॰ कीमो मसिना टुक्रा पारी काटिएको मासु वा त्यसरी काटेर बनाइएको मासुको परिकार ।

किमाम— ना॰ [अ॰ किवामे सुर्ती, अफिम आदिको रसमा सुगन्धित पदार्थ हाली पकाएर जमाइएको रस वा लेदो ।

किमार्थ— क्रि॰ वि॰ [सं॰] कसै गरेर पनि; केही गरे पनि ; कुनै स्थिति वा अवस्थामा पनि; निश्चय नै; पटक्कै ।

किम्पुरुष— ना॰ [सं॰] १. हे॰ किन्नर । २. पुराणअनुसार हिमालय र हेमकूट पर्वतका बीचमा रहेको उक्त जाति रहने ठाउँ ।

किम्बु— ना॰ खरीको जस्तो लाम्चा पात हुने, मञ्जरीजस्तो भएर मसिना पहेँला फूल फुल्ने, पिप्लाका आकारको सेता, हरिया वा प्याजी रङ्गका फल फल्ने एक रूख वा त्यसैको फल; किम्मु ।

किम्मत— ना॰ [अ॰ कीमते १. कुनै मालको मूल्य; दाम; मोल । २. महत्त्व । ३. पुरुषार्थ; आश्चर्यजनक काम । > किम्मती— वि॰ १. धेरै मोल पर्ने; मूल्यवान्; दामी; । २. महत्त्वपूर्ण; महान् । ३. प्रशंसनीय; तारिफलाग्दो ।

किम्मु— ना॰हे॰ किम्बु ।

किरकिटी— ना॰ [सं॰ कृत्तिको सत्ताइस नक्षत्रमध्ये तेस्रोचाहिँ तथा ६ वटा ताराहरूको पुञ्ज रहने नक्षत्र; किर्किटी; कृत्तिका नक्षत्र ।

किरकिर— क्रि॰ वि॰ [अ॰ मू॰ किर्+अ (बि॰)] मसिना ढुङ्गा, बालुवा आदि वस्तु खानामा मिसिएर दाँतमा लाग्ने गरी; कुनै कडा वस्तुसँग रगडिँदा आवाज आउने किसिमले । > किरकिरी— क्रि॰ वि॰ १. मसिनो ढुङ्गा, बालुवा आदि आँखामा बिझाउने वा दाँतमा लाग्ने गरी । ना॰ २. तरकारी, खाना आदिमा मिसिएका ससाना गेगर वा बालुवा । किरकिरे— ना॰ भाँचिएको हाडको टुप्पा घोटिँदा आउने आवाज ।

किरण— ना॰ [सं॰] प्रकाशमय पुञ्ज (सूर्य, चन्द्र, बत्ती इ॰)–बाट निस्किएको चम्किलो वस्तुको मिहिन रेखा; चम्किला वस्तुबाट चारैतिर फिँजिने उज्यालो रेखा; ज्योति; रश्मि; प्रभा; कान्ति; तेज । — केतु— ना॰ सूर्य । ~ केन्द्र— ना॰ समानान्तर रूपले आइरहेको किरणलाई एकत्र पारिएको स्थान । ~ चित्र— ना॰ कुनै प्रकाशपुञ्जलाई धेरै क्षणसम्म लगातार हेरेर अन्त हेर्दा आँखा अगिल्तिर देखिने रातो–पहेँलो किरण वा रङ्गीबिरङ्गी बिम्ब । — माली— ना॰ सूर्य ।

किरन्टोकी— वि॰ १. चाहिने खर्च पनि नगरी पैसा साँचेर राख्ने; कन्जुस; मक्खीचुस; कृपण; चुइयाँ; छुच्चो । २. झिँगाको बोसो काढ्ने; लोभी ।

किरमिर— क्रि॰ वि॰ [अ॰ मू॰ किर् (बि॰)] अक्षर, लेखाइ आदि बाङ्गोटिङ्गो हुने चाल; धर्काधर्की ।

किरमिरे— वि॰ [किरमिर+ए] किरमिर भएको; किरमिर लेखिएको; धर्काधर्की परेको । ~ हाँस— ना॰ सेता आँखा हुने र धर्काधर्की परेको ससानो खालको हाँस ।

किराँत— ना॰ [सं॰ किराते १. पूर्वी नेपालमा पर्ने माझ किराँत तथा पल्लो किराँतका नामले प्रसिद्ध एक प्रदेश; किरात । २. उक्त प्रदेशमा बसोबास गर्ने प्राचीन एक जाति; राई–लिम्बू । ३. हिमवत्खण्डमा उल्लिखित, सिकारबाट जीविका चलाउने आदिम पहाडी जाति । स्त्री॰ किराँतिनी । ४. प्राचीन नेपालमा शासन गर्ने एक राजवंश । — पति— ना॰ १. किराँतका हाङ्ग वा राजा । २. शिव ।

किराँती— वि॰ [किराँत+ई ] १. किराँतसम्बन्धी; किराँतप्रदेशको; किराँतवंशको किरात । ना॰ २. किराँत–प्रदेशमा बसोबास गर्ने एक जाति । ~ उखु— पहेँलो रबको एक जातको उखु; कान्तार । ~ बिस— ना॰ चिन्डेका जस्तो आकारको हल्का हरियो पात र रातो भेट्नु हुने, गाईबस्तुलाई घाँस खुवाइने एक रूख ।

किरात— ना॰ [सं॰] हे॰ किराँत । — पति— ना॰ किराँतपति । श्र किराती— वि॰/ना॰ किराँती ।

किराना— ना॰ दैनिक उपभोग र आवश्यकताका मसिना खाद्य वस्तु (नुन, तेल, घिउ, खोर्सानी, बेसार आदि मरमसला॰; खिच्रीमिच्री; खयभयाकखुत्रुक । ~ पसल— ना॰ किराना सामान किन्न पाइने ठाउँ ।

किरानी— ना॰ कारिन्दा । किरा फट्याङ्ग्रा— ना॰ [कीरो+फट्याङ्ग्रो] भुइँमा घस्रेर हिँड्ने र उड्ने ससाना जीवहरूको समूह; कीटपतङ्ग ।

किराया— ना॰ [अ॰ किराये घर, जमिन, सवारीसाधन आदि उपयोग गरेबापत निर्धारित समयमा दिइने तोकिएको रकम; हे॰ भाडा; बहाल । — दार— वि॰ किरायामा घर, पसल वा अरू कुनै पनि मालमत्ता लिने -व्यक्ति_; किरायामा बस्ने; भाडावाल । >

किरायेदार— वि॰ किरायादार; भाडावाल ।

किरिककिरिक— क्रि॰ वि॰ [अ॰ मू॰ किरिक्+अ (बि॰)] १. दाँतमा धूलो, बालुवा आदि लाग्ने गरी । २. ससाना हाँगाबिँगा भाँचिने गरी ।

किरिकिरी— क्रि॰ वि॰ [अ॰ मू॰ किर्+इ (बि॰)] बेसी किरकिर हुने किसिमले ।

किरिबमिरिब— वि॰ [अ॰ मू॰ किरिङ्+अ (बि॰)] १. निश्चित आकार नभएको; टेढोमेढो । क्रि॰ वि॰ २. छिटोछिटो वा मनपरीसँग नराम्रो अक्षर लेख्ने किसिमले; किरिमिरी ।

किरिच— ना॰ टुप्पोले घोचेर प्रहार गर्ने तरबारजस्तो एक किसिमको सोझो हतियार ।

किरिटी— वि॰ १. किरीट धारण गर्ने; मुकुट लगाउने । ना॰ २. राजा । ३. इन्द्र । ४. अर्जुन ।

किरिमिरी— क्रि॰ वि॰ [अ॰ मू॰ किर्+इ (बि॰)] स्पष्ट र सफा नभई अव्यवस्थित रूपमा कारकेर गरी; किरिबमिरिब ।

किरिया— ना॰ [सं॰ क्रियो १. कुनै काम वा कर्तव्य गर्ने वा नगर्ने कुराको मन्जुरी; शपथ; प्रतिज्ञा । २. मृतकका उद्देश्यले मरेका दिनदेखि तेह्र दिनसम्म गरिने श्राद्ध आदि पारलौकिक कर्म । —

काष्ठा— ना॰ १. अन्त्येष्टि क्रिया । २. ठूलो शपथ । — पुत्री— ना॰ किरिया गर्ने छोरो वा सोसरहको कुनै व्यक्ति । ~ बिदा— ना॰ सेवासम्बन्धी नियमावलीमा उल्लेख भएअनुसार आमा– बाबु आदिको मृत्यु हुँदा सरकारी, अर्धसरकारी वा गैह्रसरकारी सेवामा रहेका कर्मचारी, पदाधिकारी आदिले पाउने पन्ध्र दिनसम्मको बिदा ।

किरी— ना॰ [रू कीरी] किरो; कुरी (बालबोलीमा॰ ।

किरीट— ना॰ [सं॰] शिरमा लगाइने एक प्रकारको आभूषण; मुकुट; श्रीपेच; शिरपेच; चूडा ।

किरुवा— ना॰ [कीरो+ऊवो कीरो (बाघ॰–को मासु खानेहरूलाई निन्दा वा हेला गर्दा प्रयोग गरिने शब्द; किरे ।

किरे— ना॰ [कीरो+ए] हे॰ किरुवा ।

किरो— ना॰ [सं॰ कीटे १. हाड नहुने ससाना कीट (कमिला, उडुस, जुम्रा, माकुरा इ॰) । २. बाघ ।

किर्किटी— ना॰हे॰ किरकिटी ।

किर्किल— ना॰ सियाँलो जग्गामा पाइने कन्दमूलविशेष ।

किर्की— ना॰ उखु । > किर्को— ना॰ उखुको गिँड ।

किर्कौ”ले— वि॰ [किर्कौँलो+ए] किर्कौँलाजस्तो; किर्काैँलाका ढाँचाको ।

किर्कौ”लो— ना॰ [किरकिर+अर्कौँलो] दानादार अन्नहरूका भित्र हुने सामान्य गेडाभन्दा सानो, साह्रो र नपाक्ने किसिमको दाना; चोर गेडो ।

किर्थो— ना॰ फटेङ्ग्राजस्तो सानो एक प्रकारको कीरो ।

किर्ते— वि॰ [सं॰ कृत्ये कृत्रिम; बनावटी; झुट्ठो; नक्कली; जालसाजी; कीर्त्ते (कागतपत्र, कामकुरो इ॰) । ~ साक्षी— ना॰ झुट्ठो साक्षी; मिथ्या गवाह ।

किर्नु— ना॰ [कीरो+नु] गाईबस्तुका शरीरमा लाग्ने एक प्रकारको डल्लो कीरो ।

किलकिञ्चित्— ना॰ [सं॰] संयोग शृङ्गारअन्तर्गत ज्यादै प्रिय वस्तु प्राप्त हुँदाको हर्षबाट नायिकामा उत्पन्न हुने मुस्कुराहट तथा हाँसो, रुदन, डर, क्रोध, भ्रम आदिको विचित्र मिश्रण; नायिकाले एकसाथ अनेक किसिमका भाव प्रकट गर्ने स्वाभाविक हाउभाव ।

किलकिले— ना॰ [सं॰ किलकिले जिब्राको पछिल्लो भागमा झुन्डिएको कोमल तालुको सानो मांसल खण्ड; रुद्रघण्टी; लिगलिगे ।

किलास— ना॰ [किल्लो दुई घर एकैसाथ जोडिएको गारो वा साँध; दुई घरको एक सन्धिस्थल । — को गारो— ना॰ साँधको घरसँगै जोडिएको गारो ।

किलिककिलिक— क्रि॰ वि॰ [अ॰ मू॰ किलिक्+अ (बि॰)] पानी वा कुनै झोल पदार्थ उँभो घाँटी लगाई निल्ने गरी; किक्लिककिक्लिक ।

किलिप— ना॰ [अङ्॰ क्लिपे १. कपाल मिलाउन, तह लाउन वा सिँगार्न स्वास्नीमानिसले शिरमा लगाउने प्लास्टिक, धातु आदिका वस्तु; चिम्टी; काँटा । २. कागजपत्र आदि च्याप्न प्रयोग गरिने एक साधन; चेपुवा ।

किला— ना॰ [कीलोको ति॰ ।)] हे॰ कीलो । — काँटा— ना॰ जोर्ने र गाँस्ने काममा प्रयोग गरिने कीला वा यस्तै अन्य सरसामान । किले जोर्नी— ना॰ [किलो+जोर्नी] हात, खुट्टा आदिका हड्डीहरू चलाउन हुने गरी खप्टिएको जोर्नी; कीलाझैँ गरेर जोडिएको हड्डीको जोर्नी ।

किलो१— ना॰ [अङ्॰] १. हजार सङ्ख्याको समष्टि रूप । २. एक हजार ग्रामबराबरको नापो; किलोग्राम । ३. किलोमिटरको सङ्क्षिप्त रूप । ~ ग्राम— ना॰ एक हजार ग्रामबराबरको तौल वा राशिको एकाइ । ~ मिटर— ना॰ सय मिटर अर्थात् एक माइलको ५/८ भाग बराबरको नापो । ~ वाट— ना॰ एक हजार वाटबराबरको विद्युत्–शक्तिको एकाइ ।

किलो२— ना॰ [सं॰ कीले १. कुर्सी, टेबुल आदि बनाउँदा काठका टुक्रालाई हतौडीले हानेर जोड्न वा भित्ता आदिमा कुनै वस्तु झुन्ड्याउन खुटीका रूपमा समेत प्रयोग गरिने, एक छेउ मोडिएको र अर्को छेउ तिखारिएको, फलाम, काठ आदिको लाम्चो काँटा । २. सुइरो । ३. जमिन, भित्ता आदिमा ठोकेर वा गाडेर बस्तुभाउ बाँधिने काठ, फलाम आदिको लाम्चो टुक्रो ।

किल्ला— ना॰ [अ॰ किलो १. सामरिक प्रतिरक्षाका निमित्त चारैतिरबाट घेरी सुरक्षित तुल्याइएको ठाउँ वा घर; गढी; गढ; दुर्ग; खावा; कोट । २. सिमाना; साँध । — बन्दी— ना॰ १. किल्ला बनाउने काम; व्यूह–रचना । २. बुद्धिचालको खेलमा बादशाहलाई किस्त नलाग्ने गरी राखिने गोटी ।

किल्ली— ना॰ [सं॰ कीलके १. उपाय; युक्ति । २. चलाकी; बठ्याइँ । ३. दाउपेच ।

किशलय— ना॰ [सं॰] १. बोटबिरुवाबाट भर्खरै पलाएको कलिल्ाो पात; पालुवा; पल्लव । २. कोपिला । ३. मुना; अङ्कुर ।

किशोर— ना॰ [सं॰] १. पन्ध्र वर्षभन्दा कम र एघार वर्षभन्दा बढी उमेरको केटो; अवयस्क; नाबालक । २. घोडाको बच्चो; बछेडो । ३. छोरो; पुत्र । ४. बालसूर्य । वि॰ ५. एघार वर्षदेखि पन्ध्र वर्षभित्रको -केटो । > किशोरी— ना॰ १. एघार वर्षदेखि पन्ध्र वर्षसम्मकी बालिका । वि॰ २. त्यस उमेरकी (केटी॰ ।

किष्किन्धा— ना॰ [सं॰] दक्षिणी भारतको 'किष्किन्ध' नामक देशको राजधानी ।

किसमिस— ना॰ [फा॰ किशमिशे प्रायः बीज नहुने सुकेको मीठो दाख; सानो दाख ।

किसान— ना॰ खेतीपातीको काम गरेर जीविका चलाउने व्यक्ति; खेतीवाल; कृषक; कृषिजीवी; माटीकोरे । ~ गिरी— ना॰ किसानको काम वा पेसा; किसानी । — सङ्गठन— ना॰ किसानहरूको भलाइका निम्ति वा देशको विकासमा किसानहरूलाई संलग्न गराउने सङ्गठित संस्था ।

किसानी— ना॰ [किसान+ई] किसानको काम वा पेसा; कृषि; कोरीमाटी; किसानगिरी । ~ ऋण— ना॰ कृषिसम्बन्धी औजार किन्नका निम्ति वा खेतीसम्बन्धी कामका निम्ति सम्बन्धित निकायबाट दिइने सापट ।

किसिम— ना॰ [अ॰ किस्मे एक थरीका वस्तु, गुण, कार्य, विचार आदिलाई अर्का थरीको तुलनामा भिन्न ठहथ्याउने तत्त्व; प्रकार; ढाँचा; काइदा; तरिकाग् प्रणाली; चाला । — को— वि॰ राम्रो; आकर्षक; काइदाको; खासा ।

किस्त— ना॰ [अ॰] १. बुद्धिचाल–प्रतियोगितामा विपक्षी गोटीले बादशाहलाई पारेको असुरक्षित अवस्था वा लखेटाइ । २. किस्ता ।

किस्ता— ना॰ [अ॰ किस्ते १. यति–यति समय गुज्रिएपछि यति– यति मात्रा वा अनुपातमा लिने वा दिने भनी पहिले नै निर्धारित गरिएका मात्रा वा अनुपातहरूमध्ये कुनै एक; किस्त । २. महिना भुक्तान भएपछि कर्मचारीलाई दिइने तलब; महिनावारी । — बन्दी— ना॰ १. किस्ता बुझाउने काम वा व्यवस्था; पटक– पटक गरी तोकिएको रकम वा वस्तु बुझाउने काम । २. किस्ताको निश्चित रकम तथा समय–निर्धारण गर्दाको सीमा । ~ तलबी— ना॰ पटक–पटक गरेर पाइने तलबमा काम गर्ने मन्जुरी; त्यसरी काम गरेबापत पटकपटक गरेर मिल्ने तलब ।

किस्ती— ना॰ [फा॰ कश्ती] १. सजाइने वा उपहार दिइने चीजबीज राखिने बिटवाल, थेप्चो र चारपाटे वा गोलाकार काठ वा धातुको भाँडो । २. एक प्रकारको डुङ्गा वा नाउ । ३. सोझो मात्र चल्ने बुद्धिचालको एक गोटी ।

किस्मत— ना॰ [अ॰] १. भाग्य; प्रारब्ध । २. मेहनत; परिश्रम । ३. युक्ति; चातुर्य । > किस्मती— वि॰ १. भाग्यमानी । २. परिश्रमी; मेहनती । ३. चतुर; जुक्ति जान्ने ।

किस्सा— ना॰ [अ॰ किस्से कथा वा कहानीभन्दा विस्तृत आकारको र अनेक घटनाको संयोजन हुने, मनोरञ्जनका निमित्त लेखिएको कथात्मक कृति (किस्सा तोता–मैना, किस्सा बेताल–पच्चीसी इ॰) ।

कीचक— ना॰ [सं॰] १. विराट राजाको सेनापति तथा सालो । २. खोक्रो बाँस; हावा जोडले चल्दा आवाज निकाल्ने बाँस । ३. एक जातिको नाम । ~ वध— ना॰ १. सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतीत्व लुट्ने धृष्टता गर्दा भीमबारा भएको कीचकको हत्या ।

कीट१— ना॰ हे॰ किट ।

कीट२— ना॰ [सं॰] कीरो, कृमि । – नाशक— वि॰ कीरा मार्ने वा नाश गर्ने । ~ पतङ्ग— ना॰ जमिनमा हिँड्ने वा उड्ने कमिलो, माकुरो, झिँगो, फट्याङ्ग्रो आदि ससाना कीराको समूह; कीराफट्याङ्ग्रा । ~ विज्ञान— ना॰ कीराहरूका बारेमा शास्त्रीय ढङ्गले वर्णन तथा विवेचना गरिएको विद्या वा शास्त्र ।

कीटाणु— ना॰ [सं॰] रोग उन्पन्न गर्ने सूक्ष्मदर्शी सजीव वस्तु । ~ नाशक— वि॰ कीटाणुहरूलाई मार्ने वा नाश गर्ने ।

कीटाहारी— ना॰ [सं॰] कीरा खाने एक थरी बिरुवा; पूर्णकलश ।

कीमत— ना॰ [अ॰ कीमते हे॰ किम्मत । > कीमती— वि॰ हे॰ किम्मती ।

कीरा–फट्याङ्ग्रा— ना॰ हे॰ किरा फट्याङ्ग्रा ।

कीरी— ना॰ हे॰ किरी ।

कीरो— ना॰ हे॰ किरो ।

कीर्ण— वि॰ [सं॰] १. छरिएको; फैलिएको; ६्याँकिएको । २. ढाकिएको; भरिएको । ३. राखिएको; रहेको । ४. चोट परेको ।

कीर्तन— ना॰ [सं॰] १. अरूका गुण, यश आदिको वर्णन; गुणानुवर्णन; गुणगान । २. देवदेवताको नाम तथा यशको विशेषतः गाउँदै– बजाउँदै गरिने स्तुति; भजन; हरिकीर्तन । > कीर्तनियाँ— वि॰ कीर्तन गर्ने; भजन गर्ने ।

कीर्ति— ना॰ [सं॰] १. असल तथा ठूलो काम र बहादुरी आदिबाट प्राप्त हुने र धेरै समयसम्म टिकिरहने सुनाम वा प्रसिद्धि; ख्याति; जस; नेकनामी । २. प्रशंसा । ३. पुण्य । — पुर— ना॰ काठमाडौँको दक्षिण–पश्चिमपट्टि केही अग्लो भागमा रहेको प्रसिद्ध स्थल । ~ मान्/मान— वि॰ १. कीर्तियुक्त; प्रसिद्ध । ना॰ २. प्रतियोगितामा कुनै खेलाडी, उम्मेदवार आदिले स्थापित गरेको सर्वोच्च सीमा । — शाली— वि॰ कीर्तिमान् । — शेष— वि॰ १. कीर्ति शेष रहन गएको; मृत । ना॰ २. मृत्यु; मरण । ~ स्तम्भ— ना॰ कुनै व्यक्तिको स्मरणमा उसको नामबाट खडा गरिएको स्तम्भ (भीमसेनस्तम्भ, अशोकस्तम्भ इ॰) ।

कीर्त्ते— वि॰हे॰ किर्ते । ~ साक्षी— ना॰ किर्तेसाक्षी ।

कील— ना॰ [सं॰] १. फलाम वा काठको कीलो । २. खम्बा; स्तम्भ । ३. बिग्रेर वा मरेर पाठेघरमा अड्केको गर्भ ।

कीलक— ना॰ [सं॰] १. कील; कीलो । २. अर्काले प्रयोग गरेको मन्त्रशक्तिलाई निष्क्रिय पार्ने मन्त्र ।

कीलाक्षर— ना॰ [सं॰] सुमेर, इरान आदि देशमा आआ६नै किसिमले प्राचीन कालमा प्रचलित बाणाकार लिपि; बाणमुख लिपि ।

कीलीकरण— ना॰ [सं॰] १. पुरातत्त्वका अनुसार, उत्खनन गरिने ठाउँमा कीला ठोक्ने काम । २. कीला ठोक्ने क्रिया ।