मुखपृष्ठ

— देवनागरी वर्णमालाको स्वरवर्णमध्ये तेस्रो स्वरवर्ण; परम्परागत रूपमा तालव्यस्थानबाट उच्चारण हुने, ह्रस्व स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार अग्र, बन्द, अगोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।

इँजार— ना॰ [अ॰ इजारबन्दे तल्लो धडमा लगाइने सुरुवाल, पाइजामा, पेटीकोट आदि लुगालाई कमरमा अड्याउन ती लुगाको माथिल्लो भागमा रहेको नेफाको प्वालघरभित्र छिराई त्यसका दायाँ–बायाँ जोडेर सुर्काउनी पारी बाँधिने डोरो; इजार । ~ घर— ना॰ सुरुवाल, पाइजामा आदि लुगालाई कमरमा बाँध्न ती लुगाको नेफामा दोब्य्राई सिई इँजार हाल्न बनाइएको प्वाल ।

इँट— ना॰ [सं॰ इष्टको १. मुछेको गिलो माटो इँट पार्ने साँचोमा ढालेर पछि घाममा सुकाई अवाल, भट्टा आदिमा पोलेर तयार पारिने चारपाटे लाम्चो खालको, घर बनाउने साधन; इँटा । २. तासका चार रबमध्ये रातो रबको चारकुने बुट्टा वा आकार ।

इँटा— ना॰ [रू इँटे हे॰ इँट । ~ टायल कारखाना— ना॰ इँट, टायल, झिँगटी आदिको अभाव हटाउने र राष्ट्रिय वास्तुकलाको महत्त्वसमेत बढाउने लक्ष्यले पहिले ललितपुरको हरिसिद्धि तथा पछि भक्तपुरको सूर्यविनायकमा स्थापित प्रसिद्ध कारखाना ।

इः— वि॰ बो॰ १. चित्त नबुझ्दो कुरा गर्दा हिस्स्याएर हीन भाव प्रकट गर्ने गरी प्रयोग गरिने शब्द । (उदा॰— इः, के खुल्क्याउँछौ र तिमीले ;) । २. लोप्पा खुवाउँदा प्रयोग गरिने शब्द । -इः खालास् सित्तैँमा ;) ।

इकरार— ना॰ [अ॰] कबुल; प्रतिज्ञा; हे॰ करार ।

इकार— ना॰ [सं॰] स्वरवर्णको 'इ' अक्षर; बाइमात्रा ( ि ॰ चिह्न ।

इक्रा— ना॰ घरको गारोको सट्टा सिमेन्ट गर्न मिल्ने गरी बाँसका भाटाबाट तयार गरिने टाटी ।

इक्षु— ना॰ [सं॰] उखु । — मती— ना॰ काठमाडौँका रुद्रमती र विष्णुमतीका बीच भागमा बग्ने हालको 'टुकुचा' खोलाको पुरानो सांस्कृतिक नाम ।

इक्ष्वाकु— ना॰ [सं॰] पुराणअनुसार वैवस्वत मनुका छोरा; सूर्यवंशका पहिला प्रसिद्ध राजा ।

इख— ना॰ [प्रा॰ इक्खे १. अरूको लाग्ने वचन सुनेर वा अरू व्यक्ति बनेको वा सप्रेको देखेर नजानिँदो किसिमले मनमा उठ्ने डाहा; प्रतिशोधका भावनाले मनमा उठ्ने बेष । २. रिस, इबी । > इखालु— वि॰ १. ईख भएको; ईर्ष्यालु । २. डाहा गर्ने; डाहिल्लो । ३. कसैले आफूलाई हियाए वा अपमानित गरेमा त्यसको ईख लिई केही गरेर देखाउने आत्मसङ्कल्प राख्ने ।

इखि–नु— अ॰ क्रि॰ [ईख + इ + नु] कसैले आफूलाई हियाए वा अपमानित गरेमा केही गरेर देखाउने मानसिक अठोट गर्ने भाव वा काम । (उदा॰— पण्डित पितृप्रसादका कटु वचनले लेखनाथ इखिए र पछि ठूला कवि बने ।) । > इख्याइ— ना॰ इखिने वा इख्याउने भाव वा क्रिया । इख्याइनु— अ॰ क्रि॰ इख्याउने काम गरिनु । इख्याउनु— प्रे॰ क्रि॰ इखिने पार्नु; लोभ्याउनु ।

इङ्गर— प्रत्य॰ नाम–शब्दका पछिल्तिर गाँसिएर प्रायः क्षुद्रता वा तुच्छताको अर्थ बुझाउने तद्धित–प्रत्यय (पात + इङ्गर = पतिङ्गर आदि॰ ।

इङ्गल— प्रत्य॰ नाम–शब्दका पछिल्तिर गाँसिई विशेष अर्थ बुझाउने तद्धित–प्रत्यय (काँचो + इङ्गल = कचिङ्गल, माथा + इङ्गल = मथिङ्गल आदि॰ ।

इङ्गला— ना॰ [सं॰] योगशास्त्रअनुसार नाकको बायाँ प्वालबाट श्वास भित्र–बाहिर गराउने नाडी; ईडा नाडी । (पिङ्गलाको उच्चारण–सादृश्यमा॰ ।

इङ्गल्यान्ड— ना॰ [अङ्॰] बेलायत ।

इङ्गित— ना॰ [सं॰] १. शरीरका अङ्ग–प्रत्यङ्गका हाउभाउ र चेष्टाबाट मनको भाव प्रकट गर्ने काम; सङ्केत; इसारा । वि॰ २. सङ्केत गरिएको; सङ्केतित ।

इङ्ग्लिस— ना॰ [अङ्॰] हे॰ अङ्ग्रेजी ।

इचङ्गु— ना॰ [नेवा॰] काठमाडौँ नगरदेखि पश्चिम दिशामा रहेको र यसै नामका नारायणको मन्दिरले गर्दा प्रसिद्ध भएको ठाउँ; काठमाडौं उपत्यकाका चार नारायणमध्ये एक । ~ नारायण— ना॰ चार नारायणमध्ये इचङ्गुमा रहेका एक नारायण ।

इचला— ना॰ १. खेतको चारैतिर पानी अड्याउन बनाइएको केही अग्लो डिल; आली; खेतको आँठो । २. आँचल ।

इचा— ना॰ [नेवा॰] चुच्चो बाङ्गो भएको र डेढ फुटजति लामो, धातुका भाँडाहरूको निर्माण गर्दा प्रयोग गरिने एक खालको ज्याबल ।

इच्छा— ना॰ [सं॰] १. कुनै चीजको प्राप्ति, समृद्धि, क्षय, ह्रास आदिबारे मनमा लाग्ने आशा; यस्तो होस्, उस्तो होस् भन्ने कुराको आन्तरिक कल्पना; कामना; अभिलाषा । २. चाहना; लालसा । > इच्छाधीन— वि॰ इच्छामा अडेको वा रहेको; इच्छामुताबिकको; रोजीछाडी; ऐच्छिक । इच्छानुरूप— वि॰ चाहनाअनुसारको; भनेजस्तो । ~ पत्र— ना॰ राजीखुसीले आ६नो अधिकारमा रहेको चलअचल सम्पत्ति अरू कुनै पनि व्यक्तिले पाउने गरी लेखिदिएको कागत । ~ भोजन— ना॰ चाहेबमोजिमको भोजन; मनमाफिकको खाना । इच्छित— वि॰ इच्छा गरिएको; चिताइएको; वाञ्छित । इच्छिनु— अ॰ क्रि॰ आ६नो अधिकारको कुनै मालताल अरू कसैलाई दिने इच्छा हुनु ।

इच्छु— वि॰ [सं॰] इच्छा गर्ने; चाहना गर्ने; इच्छुक (प्रायः शब्दको पछिल्तिर गाँसिएर प्रयुक्त हुने, जस्तै— शुभेच्छु, हितेच्छु इ॰) । श्र इच्छुक— वि॰ इच्छा गर्ने; चाहना गर्ने; मनसुबा भएको; अभिलाषी; अर्थी ।

इच्छ्याइनु— क॰ क्रि॰ [इच्छा्याउ + इ + नु] इच्छ्याउने काम होइनु ।

इच्छ्याउनु— स॰ क्रि॰ [इच्छा + याउ + नु] १. इच्छा प्रकट गर्नु; मनले चाहेको कुरो खोल्नु । २. आ६ना हकभित्रको जायजेथा वा चल–अचल सम्पत्ति राजीखुसीले अर्काको हक हुने गरी लिखत गरिदिनु; इच्छापत्र लेखिदिनु । ३. आ६नो साटो कुनै काम गर्न वा आफूले पाउने कुनै कुरा भन्न–लिन अर्को व्यक्तिलाई रोज्नु ।

इजरायल— ना॰ [हिब्रु] एसियाको पश्चिमी भागमा अवस्थित, जेरुसेलम राजधानी भएको, यहुदीहरूको स्वतन्त्र राष्ट्र । >

इजरायली— वि॰ इजरायल देशको; इजरायलसम्बन्धी ।

इजलास— ना॰ [अ॰] १. मुद्दामामिलाको काम गर्ने न्यायिक निकायग् अदालत; न्यायालय; कचहरी । २. मुद्दा बहस हुँदा न्यायाधीश बस्ने ठाउँ; बेन्च । ३. सभा; बैठक ।

इजहार— ना॰ [अ॰] १. अदालतले सोधेका सवाल वा प्रश्नको लिखित वा मौखिक जवाफ; अदालतमा दिइने बयान । २. फिरादपत्र; उजुरीपत्र; नालिस ।

इजहारा— ना॰ [अ॰ इजारे ठेक्कापट्टा; ठेक्का; ठेक; इजारा ।

इजा— ना॰ (खास गरी डोटी, जुम्ला भेगका लोकसाहित्यमा प्रचलित॰ आमा ।

इजाजत— ना॰ [अ॰] १. कुनै अख्तियारवाला अड्डा वा कार्यालयले कुनै कामकुराका निम्ति दिएको अनुमति, आज्ञा, मन्जुरी वा स्वीकृति । २. लाइसेन्स । ~ पत्र— ना॰ कुनै कामकुराका निम्ति सम्बन्धित संस्थाबाट इजाजत दिइएको बेहोरा जनाई सो प्रमाणित गरिएको कागत; अनुमतिपत्र; लाइसेन्स । ~ प्राप्त— वि॰ कुनै कामकुरा, ठेक्कापट्टा आदिका निम्ति सम्बन्धित अड्डा वा कार्यालयबाट इजाजत पाएको ।

इजार— ना॰हे॰ इँजार ।

इजारा— ना॰ [अ॰ इजहारो १. ठेक; ठेक्कापट्टा । २. कुनै काम गरेबापत त्यसका बदलामा ज्याला वा त्यस्तै अन्य कुनै कुरा दिइने बन्दोबस्त ।

इज्जत— ना॰ [अ॰] १. समाज वा सम्बन्धित क्षेत्रबाट दिइने आदर; मान; प्रतिष्ठा । २. हुर्मत; आबरु । — दार— वि॰ इज्जत कमाएको; प्रतिष्ठित; सम्मानित ।

इज्या— ना॰ [सं॰] १. यज्ञ; होम; हवन । २. धार्मिक अनुष्ठान । ३. हिन्दू धर्मका आठ अङ्ग (इज्या, अध्ययन, दान, तप, सत्य, धृति, क्षमा र अलोभ॰–मध्ये पहिलो ।

इटाचपली— ना॰ प्राचीन नेपालअन्तर्गत काठमाडौँमा (हनुमान– ढोकामा॰ रूखका वरिपरि इँटको गाह्रो लगाई बनाइएको न्यायिक चौतारो; पुरानो न्यायाधिकरण; प्राचीन फौजदारी अदालत ।

इटाली— ना॰ युरोप महाबीपको दक्षिणी भागमा भूमध्यसागरको किनारामा अवस्थित, रोममा राजधानी रहेको एक देश । >

इटालेली— वि॰ १. इटाली देशसँग सम्बन्धित; इटाली देशको बासिन्दा; इटालीमा बनेको । ना॰ २. भारोपेली भाषापरिवारिभित्रको एक शाखा ।

इडली— ना॰ [म॰] चामलका पीठाको डल्लो पारी बनाइने एक प्रकारको दक्षिणभारतीय खाद्य पदार्थ ।

इडा— ना॰ [सं॰] १. शरीका पिठ्यूँको बायाँपट्टिबाट नाकसम्म गएको नाडी; नाडीका तीन भेद— इडा, पिङ्गला, सुषुम्नामध्ये पहिलो । २. वैवस्वत मनुकी कान्छी रानी ।

इतर— वि॰ [सं॰] १. अर्को; दोस्रो; अन्य; भिन्न । २. अतिरिक्त; बाहेक । ३. कुनै नाम शब्दका पछाडि गाँसिई सोभन्दा अन्य, भिन्न, बाहेक वा अतिरिक्त आदि अर्थ बुझाउने शब्द । (उदा॰— नेपाली भाषामा साहित्येतर ग्रन्थहरू पनि प्रशस्त छन्) । — बितर— क्रि॰ वि॰ कुनै कुरा वा वस्तु व्यवस्थित रूपमा नरही छिरलबिरल वा छरपुस्ट हुनाको किसिम; तितरबितर ।

इतरि–नु— अ॰ क्रि॰ [इत्तरो + इ + नु] १. साथीभाइ वा प्रेमीप्रेमिकाका बीच आपसमा हाँसखेल वा ख्यालठट्टा गर्नु; छिल्लिनु; जिस्किनु; गिज्जिनु । २. चाहिँदोनचाहिँदो किसिमले आसक वा लाडे भएर चल्नु वा कुरा गर्नु ।

इतरेतर— अव्य॰ [सं॰] १. परस्पर; एकअर्कामा; आपसमा; आफू– आफूमा; अन्योन्य । २. बन्ब समासका विभिन्न भेदमध्ये 'यो' र 'त्यो' भन्ने अर्थ बुझाउने एक भेद (राम र लक्ष्मण = रामलक्ष्मण, दाजु र भाइ = दाजुभाइ इ॰) । ~ योग— ना॰ इतरेतर बन्ब समास ।

इतथ्याइ— ना॰ [रू इतरि (+आइ॰] इतरिने भाव, क्रिया वा प्रक्रिया । [ > ] इतथ्याइनु— क॰ क्रि॰ इतरिन लाइनु । इतथ्याउनु— प्रे॰ क्रि॰ इतरिन लाउनु; जिस्क्याउनु ।

इतलायनामा— ना॰ [अ॰ इत्तलानामो देवानी मुद्दामा नालिस वा फिराद परेपछि प्रतिवादीलाई म्यादभित्र प्रतिवादी दिन आउनू भनी अदालतबाट जारी गरिने सूचना वा पुर्जी; समाह्वान; समन ।

इति— ना॰ [सं॰] १. परिमाण, विस्तार आदिको अन्त; अन्त्य; आखिरी । २. काम पूरा हुने वा भएको अवस्था; समाप्ति; पूर्णता; टुङ्ग्याउनी । ३. कुनै ग्रन्थ वा ग्रन्थको अंश र लेख, रचना, कागज आदिको पुछारमा त्यसको समाप्तिको सूचना दिन प्रयोग गरिने शब्द । (उदा॰— इति तोतामैनाको कथाको पहिलो भाग समाप्त । इति संवत् २०३८ साल पुस ७ गते रोज ३ शुभम्) । — वृत्त— ना॰ १. पुरानो यथार्थ कथा; बितेको सत्य घटना; कुनै काम–कुरा जे–जसरी भएको हो त्यसको पूर्ण विवरण वा वृत्तान्त । २. ऐतिहासिक वृत्तान्त; इतिहास — श्री— ना॰ १. भएभरको सबै सम्पत्ति, काम–काज वा अन्य कुरा खत्तम भएको वा टुङ्गिएको अवस्था; समाप्ति; स्वाहा; निःशेषता; निर्मूलन । २. कुनै ग्रन्थ वा ग्रन्थांशको पुछारमा सो समाप्त भएको कुरा जनाउने शब्द (.... इतिश्री स्कन्दपुराणे केदारखण्डे माघमहात्म्ये ... प्रथमोञ्ध्यायः॰ ।

इतिहास— ना॰ [सं॰] १. अतीतकाल वा विगत समयका घटनाहरूको वर्णन, विश्लेषण र मूल्याङ्कन गर्ने ज्ञानको एक शाखा; अतीतको अनुसन्धान र छानबिनमा आधारित अध्ययन; तत्सम्बन्धी ग्रन्थ । २. कुनै मुलुक, जाति, संस्था, विषय आदिका अतीतका घटनाहरूको क्रमबद्ध वर्णन वा वृत्तान्त । ३. अतीतका सानाठूला घटनाहरूको सारांश वा विवरण; अतीतका असाधारण तथा स्मरणीय चरित्र आदिको वृत्तान्त वा विवरण; पुर्ख्यौली । ~

विद्/वेत्ता— वि॰ इतिहासको ज्ञाता । ~ शिरोमणि— ना॰ नेपालमा इतिहासका क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिलाई राष्ट्रका तर्फबाट प्रदान गरिने एक उपाधि (स्व॰ बाबुराम आचार्यलाई 'इतिहास–शिरोमणि'को उपाधि दिइएको थियो ।) ।

इत्तरो— वि॰ [सं॰ उत्तरणे लाज–सरम पचेको; जिस्किने वा छिल्लिने; नकच्चरो; थेत्तरो ।

इत्यादि— अव्य॰ [सं॰] १. यो र यस प्रकारका; यसबाहेक अन्य पनि; यस्तै; अरू पनि; आदि; प्रभृति । २. लगायत; समेत । ३. कुनै लेखाइ वा बोलाइका क्रममा प्रमुख कुराहरूको उल्लेख गरी त्यस्तै प्रकारका अन्य कुराको सङ्केत दिन प्रयुक्त हुने शब्द (उदा॰— साहित्यमा कविता, कथा, उपन्यास इत्यादि विधा देखिएका छन् ।) ।

इत्रिनु— अ॰ क्रि॰ हे॰ इतरिनु ।

इथर— ना॰ [अङ्॰] १. सम्पूर्ण आकाशमा व्याप्त भएको र त्यसैबाट प्रकाशका किरण पृथ्वीमा आउने पारदर्शी सूक्ष्म तत्त्व । २. गन्धकको तेजाब र मद्य–सारबाट तयार हुने एक रासायनिक पदार्थ ।

इद— ना॰ [अ॰ ईदे मुसलमानको एक प्रसिद्ध चाड ।

इदगाह— ना॰ [अ॰] इदका दिन सबै मुसलमान भेला भएर नमाज पढ्ने ठाउँ ।

इदमित्थ/इदमित्थम्— ना॰ [सं॰ इदमित्थम्] १. यो कुरा यस्तै हो वा यस कुरामा यसै गर्ने भन्ने निर्क्यौल, निधो वा ठहर; अठोट; अन्तिम टुङ्गो । २. ठेगान; तहकिकात । ३. कुनै काम–कुराका बारेमा यस अवधिसम्म यसो नभएमा यसो गरिनेछ भनी दिइने म्यादसहितको अन्तिम चेतावनी; अल्टिमेटम । (उदा॰— मजदुरहरूबारा आ६ना सात सूत्रीय माग एक साताभित्र पूरा नभएमा हडताल गर्ने इदमित्थम् दिइएको खबर छ ।) ।

इनसोल— ना॰ [अङ्॰] जुत्ताभित्रको तलुवा; जुत्ताको भित्री तलुवा; गुरुपात ।

इनाम— ना॰ [अ॰ इनआमे कुनै उल्लेखनीय वा चित्तबुझ्दो काम गरेबापत सो काम गर्ने व्यक्तिको हौसला बढाउन दिइने पुरस्कार; पारितोषिक; बकस; बक्सिस ।

इनामपाट— ना॰ डकर्मीले घरको गाह्रो लगाउँदा तलमाथिको सुर सीधा पार्न झुन्ड्याएर हेर्ने घण्टीको डोरी ।

इनामेल— ना॰ [अङ्॰] काठ, फलाम, ढुङ्गा, सिसा आदि वस्तुको सजावट वा संरक्षणका निम्ति रब लगाउन वा त्यस्ता वस्तुमा केही लेख्न र चित्रकारी गर्न प्रयोग गरिने विभिन्न रबको रासायनिक तरल पदार्थ ।

इनार— ना॰ जमिनमा खनेर पानीको मूल भेट्टाई इँट आदिको गोलाकार गाह्रो लगाएर बनाइएको, डोरीमा घल्चा, बाल्टी आदि झुन्ड्याएर डुबाई पानी झिकिने गहिरो खाल्डो ।

इनेगिने— वि॰ [हि॰] छानिएका वा रोजिएका केही; नाम चलेका वा गनिएका मध्ये थोरै; धेरैमध्ये केही वा दुई–चार ।

इन्कार्–नु— स॰ क्रि॰ [इन्कार + नु] इन्कार गर्नु; अस्वीकार गर्नु; नामन्जुरी जनाउनु ।

इन्कार— ना॰ [अ॰] १. नकारात्मक उत्तर; अस्वीकार; नामन्जुरी । विप॰ मन्जुरी; स्वीकार । २. कसैले आफूमाथि कुनै कुराको अभियोग वा आरोप लगाउँदा सो कुरा होइन भनी वा त्यसको खण्डन गरी दिइने जवाफ । > इन्कारी— ना॰ १. इन्कार वा अस्वीकार गर्ने काम । २. आफूमाथि आइपरेको वा लगाइएको कुनै अभियोग वा आरोपको अस्वीकार; त्यस्तो अभियोग वा आरोपबाट सफाइ लिने चेष्टा वा प्रयास ~ पत्र— ना॰ अभियोग लगाइएको व्यक्तिले आफूले त्यसो गरेको छैन भनी लेखिदिने कागत; नामन्जुरीको लिखत वा कागत ।

इन्क्लाब— ना॰ [अ॰ इनकलाबे १. सामूहिक विरोध–प्रदर्शन, जुलुस आदिमा प्रेरणा वा उल्लास जागृत गर्न नाराका रूपमा प्रयोग गरिने शब्द (जस्तो— इन्क्लाब जिन्दावाद) । २. क्रान्ति; परिवर्तन ।

इन्च— ना॰ [अङ्॰] एक फुटको बाह्रौँ भाग वा त्यसबराबरको नापो । > इन्ची— ना॰ इन्च ।

इन्जन/इन्जिन— ना॰ [अङ्॰] १. बाफबाट चल्ने, बाटो पेल्ने गह्रौँ र भद्दा किसिमको कल । २. बाफ अथवा बिजुलीका बलले रेलका डिब्बाहरू तान्ने यन्त्र । ३. शक्तिउत्पादक यन्त्र ।

इन्जिनियर— ना॰ [अङ्॰] १. सडक, घर, पुल आदि बनाउने वा मरम्मत गर्ने शिल्पविद्यामा विश्वविद्यालयबाट स्नातकको उपाधिप्राप्त व्यक्ति; वास्तुकला–विशेषज्ञ । २. कल, इन्जिन आदि बनाउने वा मरम्मत गर्ने काममा स्नातक भएको व्यक्ति; यन्त्रविद्या–विशेषज्ञ । > इन्जिनियरिब— ना॰ १. कलपुर्जा आदि बनाउने वा मरम्मत गर्ने विद्या; यन्त्रविद्या । २. घर, पुल, बाटो आदि बनाउने विद्या; वास्तुकला । ३. इन्जिनियरको काम ।

इन्जिनियरी— ना॰ इन्जिनियरिब ।

इन्जेक्सन— ना॰ [अङ्॰] १. शरीरको नसा, मांसलस्थान आदिमा सियोबारा औषधीको अन्तःक्षेपण ।

इन्जेल— प्रत्य॰ धातु वा सर्वनाम शब्दका पछाडि गाँसिएर लगातारको क्रमिकता जनाउने प्रत्यय (खाइन्जेल, बसिन्जेल, त्यतिन्जेल, कतिन्जेल इ॰) ।

इन्टरभ्यु— ना॰ [अङ्॰] अन्तर्वार्ता ।

इन्टरमिडियट— वि॰ [अङ्॰] १. प्रवेशिका र स्नातकका बीचको (कक्षा) । २. बीचको; मध्यवर्ती ।

इन्ट्रेन्स— ना॰ [अङ्॰] १. प्रवेशिका परीक्षा; म्याट्रिकुलेसन । २. प्रवेश । ३. बार; ढोका ।

इन्डेक्स— ना॰ [अङ्॰] रिब भएको र बाक्लो फाइल; सूचकाङ्क ।

इन्तजाम/इन्तिजाम— ना॰ [अ॰ इन्तिजामे पछि हुने वा गर्नुपर्ने कुनै काम–कुराको लागि पहिले नै मिलाइने आवश्यक चाँजोपाँजो; बन्दोबस्त; प्रबन्ध ।

इन्तुचिन्तु— ना॰ [(बि॰) चिन्तो १. होसहवास; सुद्धीबुद्धि; अत्तोपत्तो; खोज–खबर । २. के गरूँ कसो गरूँ भन्ने चिन्ता; किंकर्तव्यविमूढता । > इन्तु न चिन्तु— ना॰ होसहवास वा थाहासुद्धी केही नहुनु; बेखबर; विचेत हुनु ।

इन्दिरा— ना॰ [सं॰] १. विष्णुकी पत्नी; लक्ष्मी । २. आश्विन कृष्ण एकादशी ।

इन्दीवर— ना॰ [सं॰] नीलकमल । > इन्दीवरा— ना॰ औषधीमा प्रयोग हुने एक जडीबुटी; बोकेलहरो; अजशृङ्गी ।

इन्दु— ना॰ [सं॰] १. चन्द्रमा । २. एकको सङ्ख्या । ३. कपूर । ~ कला— ना॰ चन्द्रकिरण; जून । — वदना— ना॰ भगण, जगण, सगण, नगण र दुई गुरु भएको, पाचौँ अक्षरमा यति हुने एक वार्णिक छन्द ।

इन्द्र— ना॰ [सं॰] १. स्वर्गका राजा; देवताका राजा । २. पानी पार्ने देवता । ३. स्वरसन्धि हुँदा अधिपतिको अर्थ दिने वा स्वामी वा राजालाई बुझाउने शब्द (राजेन्द्र, सुरेन्द्र मृगेन्द्र, महेन्द्र इ॰) । ~ कमल— ना॰ रूखमा फुल्ने एक प्रकारको सुगन्धी थलकमल । ~ जात्रा— ना॰ भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँमा गरिने कुमारी, भैरव, गणेश आदिको प्रसिद्ध रथयात्रा । ~ जाल— ना॰ दर्शकका आँखा छलेर वा तन्त्रमन्त्रबारा अनौठा–अनौठा काम गरेर देखाइने खेल; चटक; जादुगरी । —

जाली— वि॰ इन्द्रजाल गर्ने; जादुगर; चटकी । — जित्— वि॰ १. इन्द्रलाई जित्ने । २. रावणको जेठो छोरो मेघनाद । — जौ— ना॰ ठूलो कुरो वा त्यसकै फूल । — दमन— ना॰ वर्षाकालमा गङ्गा आदि नदीको जल बढेर बाटोमाथि रहेका कुण्ड, वर र पीपलका जरामा पानी पुग्दा मनाइने पर्व । — धनु/धनुष— ना॰ वर्षायाममा सूर्यको विपरीत दिशातिर आकाशमा देखिने रङ्गीबिरङ्गी वा सप्तरङ्गी अर्धवृत्त; इन्द्रेनी । — ध्वज— ना॰ १. इन्द्रको झन्डा; लिङ्गोसहितको पताका । २. प्रायः भाद्रशुक्ल बादशीका दिन इन्द्रको पूजा गरेर उभ्याइने ठूलो ध्वजा; लिङ्गो । — ध्वज–पातन— ना॰ इन्द्रजात्राको आखिरी दिन इन्द्रध्वजलाई पल्टाई नदीमा सेलाउने काम; इन्द्रजात्राको लिङ्गो ढाल्ने काम । — ध्वजोत्थान— ना॰ भाद्रशुक्ल बादशीका दिन इन्द्रजात्रा सुरु गर्दा इन्द्रको सम्मानमा लिङ्गो ठड्याउने काम (पौराणिक कालमा पनि यस्तो प्रचलन भएको पाइन्छ रू) । — नील— ना॰ नीलो रङ्गको मणि; नीर; नीरमणि । — पुर— ना॰ इन्द्रको शहर; सुखी ठाउँ । — प्रस्थ— ना॰ महाभारतकालीन पाण्डवहरूको राजधानी (वर्तमान दिल्लीको नजिक) । — यात्रा— ना॰ इन्द्रजात्रा । ~ राज्यलक्ष्मी प्रज्ञा पुरस्कार— ना॰ कलाका क्षेत्रमा उल्लेखनीय साधना गर्ने व्यक्ति वा संस्थालाई प्रदान गर्ने गरिएको एक पुरस्कार । ~ लोक— ना॰ स्वर्ग । — वंशा— ना॰ दुई तगण, एक जगण र एक रगण हुने वार्णिक छन्द । — वज्रा— ना॰ दुई तगण, एक जगण र दुई गुरुवर्ण हुने एक वार्णिक छन्द । ~ सभा— ना॰ इन्द्रको सभा; देवसभा; सुधर्मा ।

इन्द्राणी— ना॰ [सं॰] १. इन्द्रकी पत्नी । २. सेता वा पहेँला धर्सा परेका नीला फल फल्ने, राता, नीला र पहेँला फूल फुल्ने एक लहरो ।

इन्द्रायुध— ना॰ [सं॰] १. इन्द्रधनु; इन्द्रेनी । २. इन्द्रको हतियार; वज्र ।

इन्द्रावती— ना॰ [सं॰] सप्तकोसीका सातमध्ये एक नदी; पूर्वी नेपालको जुगल हिमालको पाँचपोखरीबाट उत्पन्न भई दोलालघाटनिर सुनकोसी नदीमा मिसिने एक नदी ।

इन्द्रासन— ना॰ [सं॰] १. इन्द्रको सिंहासन । २. राजसिंहासन; राजगद्दी । ३. सबै किसिमको सुख मिल्ने ठाउँ ।

इन्द्रिय— ना॰ [सं॰] १. ज्ञानशक्ति र कर्मशक्तिका मानवीय अङ्ग वा साधन; पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला॰ र पाँच कर्मेन्द्रिय (वाक्, पाणि, पाद, वायु र उपस्थ॰–का सामूहिक वा अलग–अलग नाम । २. माथिका आधारमा पाँचको सङ्ख्या । ३. योनि वा लिङ्ग । ४. जननेन्द्रिय । ५. एक अङ्गुलको पाँच गुनाबराबरको नाप; पाँच अमलबराबरको नाप; पाँच अङ्गुल । — गोचर— ना॰ इन्द्रियको विषय; इन्द्रियबारा संवेदन गर्न सकिने; इन्द्रियग्राह्य । — ग्राम— ना॰ पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियको समूह । — जित्— वि॰ इन्द्रियको दमन गर्न सक्ने; जितेन्द्रिय । — निग्रह— ना॰ इन्द्रियलाई वशमा राख्ने काम । — संवेद्य— वि॰ इन्द्रियबारा छिटै ग्रहण गरिने । > इन्द्रियातीत— वि॰ इन्द्रियबारा ज्ञान गर्न नसकिने; अगोचर । इन्द्रियार्थवाद— ना॰ इन्द्रियहरूको अनुभूतिबारा नै सबै किसिमको ज्ञान प्राप्त हुन्छ भन्ने दार्शनिक सिद्धान्त; इन्द्रियबारा सुखभोग गर्ने काम ।

इन्द्रेनी— ना॰ [इन्द्र + एनी] घामपानी भएको बेला घामको विपरीत दिशातर्फ देखिने अस्मानी, नीलो, हरियो, पहेँलो, रातो बैजनी र सुन्तला रब हुने, धनुका आकारको अर्धवृत्त; इन्द्रधनु; इन्द्रधनुष ।

इन्धन— ना॰ [सं॰] १. उष्णता वा तापको माध्यमबाट शक्ति प्रदान गर्ने साधन । २. दाउरा वा त्यसको बदलामा अरू केही बालेर ताप वा शक्ति पैदा गर्ने उपकरण (मट्टीतेल, डिजेल, पेट्रोल, कोइला आदि) । ~ संस्थान— ना॰ इन्धनसँग सम्बन्धित कारोबार गर्ने तथा आवश्यक इन्धन जुटाउने अधिकारप्राप्त संस्थान ।

इन्साफ— ना॰ [अ॰] १. सम्बन्धित क्षेत्रबाट गरिने सत्य वा असत्यको टुङ्गो; न्याय; निसाफ; नियाँ–निसाफ । २. अदालतबाट वादी– प्रतिवादीको पक्ष वा विपक्षमा दिइने न्याय; निर्णय; फैसला ।

इन्सेट— ना॰ [अङ्॰] ठूलो चित्रभित्रको सानो चित्र ।

इन्स्टिच्युट— ना॰ [अङ्॰] अध्ययन–संस्थान ।

इन्स्पेक्टर— ना॰ [अङ्॰] प्रहरीसेवाको एक दर्जा; प्रहरीनिरीक्षक ।

इवी— ना॰ मनमा गुप्त रूपमा राखिएको ईख; धेरै पहिलेदेखिको ईख; दगा । — अदावत— ना॰ दगा वा निहुँ झिक्ने बाटो; चूक देखाउने निहुँ ।

इमर्जेन्सी— ना॰ [अङ्॰] १. एकाएक आइपर्ने दुःखद घटना; आकस्मिक दुर्घटना । २. आकस्मिक दुर्घटना वा बिमारीले पीडित व्यक्तिका लागि गरिने उपचार वा त्यस्तो उपचार गरिने कक्ष । ~ लाइट— ना॰ विद्युत् आपूर्ति बन्द हुँदा प्रयोग गरिने, विद्युत्तरङ्गबाटै बल्ने एक किसिमको बिजुलीलालटिन ।

इमान— ना॰ [अ॰ ईमाने १. लेनदेन, नियम, अनुशासन आदि व्यवहारमा गरिने सत्यता; सच्चाइ; छल–कपटरहित व्यवहार; असल नियत । २. ईश्वर वा धर्मप्रति रहेको विश्वास; आस्तिक बुद्धि । — जमान— ना॰ बोलेअनुसार व्यवहार गर्ने प्रकृति; व्यवहारमा काम–कुराको ठीक–ठीक पालना; सत्यनिष्ठा; कर्तव्यपरायणता । — दार— वि॰ इमान भएको; निष्कपट; बोलेको कुरा पुथ्याउने; सत्यनिष्ठ । — दारी— ना॰ इमानदार बन्नाको भाव वा अवस्था; सत्यनिष्ठा; सच्चाइ ।

इमारत— ना॰ [अ॰] भव्य तथा पक्की घर; विशालकाय भवन; महल ।

इमासब— ना॰ [लि॰] लिम्बू–जातिमा पूजा गरिने इष्टदेवी; महामाया ।

इमु— ना॰ [अङ्॰] अस्ट्रेलियामा पाइने डेढ मिटर उचाइ र लगभग पचास के॰ जी॰ वजन भएको, घाँस खाने, लामा खुट्टा र लामो गर्धन हुने, तीन औँला भएको ठूलो चरो ।

इम्पोज— ना॰ [अङ्॰] छाप्ने स्थितिमा पुगेको फर्मालाई व्यवस्थित गर्ने काम; फर्मा ढाल्ने काम ।

इम्प्रेसन— ना॰ [अङ्॰] एक पल्टको छपाइ वा थिचाइ ।

इयत्ता— ना॰ [सं॰] १. पुग्न सकिनेसम्मको अवधि; सीमा; हद । २. नियम सङ्ख्या; तोकिएको परिमाण । ३. जम्मा यति नै छ भन्ने किटान ।

इयरिब— ना॰ [अङ्॰ इयर–रिबे कानका लोतीमा झुन्ड्याएर पहिरिने सुनको झुम्के गहना; यारिब ।

इराक— ना॰ [अ॰] एसिया महाबीपमा पर्ने, बगदाद राजधानी भएको, प्रायः खनिज तेलका लागि प्रसिद्ध एक देश । > इराकी— वि॰ इराक देशको; इराकसँग सम्बन्धित ।

इरादा— ना॰ [अ॰] १. मनसुबा; कामना; इच्छा । २. निर्णय; अठोट; सङ्कल्प । ३. भावना; सोचाइ; विचार ।

इरान— ना॰ [अ॰] एसिया महाबीपमा पर्ने, तेहरान राजधानी भएको, प्रायः खनिज तेलका लागि प्रसिद्ध एक देश । > इरानेली— वि॰ इरानको; इरान देशसँग सम्बन्धित ।

इरु— ना॰ कोपिला रातो हुने एक फूलको बोट वा त्यसकै सेतो फूल ।

इलम— ना॰ [अ॰ इल्मे १. पेसा; व्यवसाय; रोजगार; कामकाज । २. जानकारी; ज्ञान; बोध । ३. विद्या । ४. जागिर; नोकरी । ५. पश्चिमी नेपाली भाषिकामा स्त्रीको जननेन्द्रिय । > इलमी— वि॰ १. इलम गर्ने; कुनै रोजगारमा लागेको; व्यवसायी; उद्यमी । २. इलमसम्बन्धी ।

इलाका— ना॰ [अ॰ इलाके १. कुनै नाउँबाट चिनिएको स्थान वा निश्चित भूखण्ड । २. अधिकारक्षेत्र । ३. हाता; लगा । ~ अदालत— ना॰ कुनै जिल्ला वा इलाकामा रहेको न्यायालय; सुरु अदालत; जिल्ला अदालत । — वाद— ना॰ सम्पूर्ण देश वा भूभागको समस्यालाई वास्ता नगरी कुनै खास इलाकालाई मात्र महत्त्व दिने साँघुरो गुटबन्दी विचार ।

इलाज— ना॰ [अ॰] १. शरीरको रोग निको पार्न गरिने उपाय वा प्रयत्न; उपचार; चिकित्सा । २. ओखती; दबाई ।

इलाम— ना॰ मेची अञ्चलअन्तर्गतको एक जिल्ला । > इलामे— वि॰ १. इलामको, इलामसम्बन्धी; इलाममा हुने वा पाइने । ना॰ २. काटेको वा खोस्सिएको घाउमा निचोरेर झोल लगाउँदा आराम गराउने र गाईबस्तुले घाँस खाने एक थरी भुईंझार ।

इलास्टिक— ना॰ [अङ्॰] तान्दा तन्कने रबर र कपडा राखी इँजार आदिको काम लिन बनाइएको साधन; तन्कने र खुम्चने फित्ता; ग्याँटिस ।

इलिकमिलिक— ना॰ [अ॰ मू॰ मिलिक् + अ (बि॰)] १. छिनमा देखिने र छिनमा बेपत्ता हुने चाल; आकलझुकल । क्रि॰ वि॰ २. एकै छिनमा हराउने गरी ।

इलिमिली— ना॰ [अ॰ मू॰] क्षणिक चहलपहल; एक छिनको चहकमहक; झिलिमिली ।

इलेक्ट्रिक— वि॰ [अङ्॰] विद्युत्शक्तिबाट उत्पन्न हुने; बिजुली– सम्बन्धी; बिजुलीको । पोल— ना॰ बिजुलीको तार लैजाने खम्बा; विद्युत्स्तम्भ; ट्रलीबसको विद्युत्शक्तिको तार अड्याउने खम्बा ।

इलो— ना॰ [नेवा॰ इलाँ] घरको मूल थाम वा खम्बा अड्याउने ढुङ्गो; आधारशिला ।

इव— अव्य॰ [सं॰] सादृश्य वा उपमा जनाउने शब्द; समान; तुल्य; सदृश (पुत्रइव, अनुजइव इ॰) ।

इशारा— ना॰ [अ॰] हे॰ इसारा ।

इश्तिहार— ना॰ [अ॰] हे॰ इस्तिहार ।

इष्ट— वि॰ [सं॰] १. इच्छा गरिएको; रोजेको; चाहेको; वाञ्छित । ना॰ २. प्रिय व्यक्ति; हितैषी मित्र । ३. अग्निहोत्र आदि शुभ कर्म । ४. इष्ट देवता; प्रिय देवता ।

इष्टका— वि॰ [सं॰] इँट; इँटा । ~ तरङ्ग— ना॰ सङ्गीतशिरोमणि यज्ञराज शर्माले तयार पारेको इँटको स्वरवाद्य वा वाद्ययन्त्रबाट निस्कने स्वरलहरी । ~ पथ— ना॰ इँटले बनेको बाटो ।

इष्टदेव/इष्टदेवता— ना॰ [सं॰] १. कुलपरम्पराबाट पुजिँदै आएका आराध्य देवता । २. दीक्षामन्त्रका अधिष्ठाता देवता ।

इष्टमित्र— ना॰ [सं॰] १. कल्याण चाहने व्यक्ति; हितैषी मानिस; साथी; मित्र । २. नातेदार; बन्धुबान्धव; सम्बन्धी ।

इष्टापत्ति— ना॰ [सं॰] अरूबाट गरिएको कुभलो पनि आ६ना लागि फलदायी बन्ने काम; आपत्ति पनि इष्ट भएको स्थिति ।

इस्— अव्य॰ रिस वा झोक प्रकट गर्दा अरूलाई खिस्स्याएर प्रयोग गरिने शब्द; लोप्पा ख्वाउँदा भनिने लवज (उदा॰— इस्, तैँले भन्दैमा पत्याउँछु र ;) ।

इसबगोल— ना॰ [फा॰ यशबगोले रछायो किसिमको वा फुस्रो रबको तिलजस्ता ससाना दाना फल्ने बोट; आउँ–रगत, दिसा आदि रोग भएमा खाइने त्यसैका दाना वा भुसी ।

इसा— ना॰ [अ॰ ईसो इसाई वा क्रिश्चियन धर्मका प्रवर्तक; इसाई धर्म चलाउने महापुरुष; यिसुख्रिस्ट । > इसाई— वि॰ इसाले चलाएको धर्म मान्ने; इसाई धर्मको अनुयायी; क्रिस्चियन; क्रिस्तान ।

इसारा— ना॰ [अ॰ इशारो १. नबोलेर भावसम्प्रेषण गर्न गरिने अङ्ग–सञ्चालन; सान; सङ्केत; इशारा । २. अरूले नबुझ्ने गरी दिइएको सन्देश; गुप्त जनाउ ।

इस्कुल— ना॰हे॰ इस्कुस ।

इस्कुस— ना॰ [अङ्॰ स्क्वासे लहरामा फल्ने केही लाम्चो र ससानो मेवाका ढबको, फलमा काँढा हुने वा नहुने हरियो तरकारी; इस्कुल ।

इस्टकोट— ना॰ [अङ्॰ वेस्टकोटे कोटका साथमा वा कोटबाहेक नै लगाइने, बाउला नभएको, कम्मरसम्म आउने भित्री सानो कोट; इस्कोट ।

इस्तिफा— ना॰ [अ॰ इस्तअफो आफूले गर्दै आएको सेवा वा नोकरी छोड्नका लागि दिइने निवेदनपत्र; त्यागपत्र; राजीनामा ।

इस्तिरी— ना॰ कोइला वा विद्युत्शक्तिले तताएर धोएका कपडा सम्म्याउने, मिलाउने फलामे साधन; इस्त्री (आइरन॰ ।

इस्त्री— ना॰हे॰ इस्तिरी ।

इस्तिहार— ना॰ [अ॰ इश्तिहारे सरकारका तर्फबाट सम्बन्धित समुदायलाई सार्वजनिक रूपमा दिइने सूचना वा विशेष आदेश; विज्ञप्ति; जनाउ; इश्तिहार ।

इस्तेमाल— ना॰ [अ॰ इस्तअमाले कुनै वस्तुलाई प्रयोगमा ल्याउने प्रक्रिया; उपयोग; प्रयोग; व्यवहार ।

इस्पात— ना॰ [पोर्तु॰ स्पेडरे १. प्रशोधन गरी तयार गरिएको कडा, असल फलाम । वि॰ २. ज्यादै चतुरो; चलाक; बित्पाते ।

इस्लाम— ना॰ [अ॰] १. ईश्वरका मार्गमा प्राण दिन प्रस्तुत हुने काम । २. मुहम्मदले प्रचलनमा ल्याएको मुसलमानी धर्म । ३. मुस्लिमहरूको धार्मिक सम्प्रदाय वा मत । ४. मुसलमान हुने क्रिया ।

इस्वी— ना॰ [अ॰ ईसवी] १. इसाको मरणकालपछि चलेको संवत्; सन् । वि॰ २. इसाको; इसासम्बन्धी ।

इह— सर्व [सं॰] यहाँ । — लीला— ना॰ यस लोकको जिन्दगानी; सांसारिक प्रपञ्च; जिन्दगी । — लोक— ना॰ १. यो लोक; देखिने संसार । २. यो जीवन; सांसारिक जन्म । — लौकिक— वि॰ यस लोकको; यस लोकसँग सम्बन्धित ।

ई१— देवनागरी वर्णमालाको स्वरवर्णमध्ये चौथो स्वरवर्ण; परम्परागत रूपमा तालव्यस्थानबाट उच्चारण हुने, दीर्घ स्वर मानिएको र भाषाविज्ञानअनुसार अग्र बन्द दीर्घ स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।

ई२— वि॰ बो॰ [सं॰ इःे १. घृणा, अवहेलना र झिँझ्याहट आदि मनका भाव प्रकट गर्दा प्रयोग गरिने शब्द । (उदा॰— ई, जति गाली गरे पनि आ६नो बानी छाडिन्छ र ;) । २. अरूलाई हियाउँदा वा लोप्पा खुवाउँदा प्रयोग गरिने शब्द । (उदा॰— ई, गर् ; ई, खा ;) । ३. कुनै नजिकको वस्तु औँल्याउँदा उच्चारण गरिने शब्द । (उदा॰— ई, तिमीले खोजेको माल यहीँ रहेछ॰ ।

ईकार— ना॰ [सं॰] १. इकारको दीर्घ रूप; 'ई' अक्षर । २. व्यञ्जनसँग गाँसिदा दाहिनेपट्टिबाट दिइने चिह्न ( घ् ॰ ।

ईक्षक— वि॰ [सं॰] १. सरसरती हेर्ने; आँखाले ठम्याउने; देख्ने । २. निरूपण गर्ने; परीक्षा गर्ने; जाँच्ने । (समीक्षक, परीक्षक इ॰) ।

ईक्षण— ना॰ [सं॰] १. हेर्ने वा देख्ने काम; दर्शन; अवलोकन । २. आँखा; नेत्र । ३. विचार; विवेचन; जाँचबुझ (परीक्षण, पर्यवेक्षण, सर्वेक्षण इ॰) ।

ईख— ना॰ हे॰ इख ।

ईडा— ना॰ [सं॰] १. हठयोगका नियमअनुसार प्राणायाम गर्दा नाकको देब्रेपट्टिबाट श्वास चलाइने नाडी । २. गङ्गा । ३. प्रशंसा; स्तुति ।

ईथर— ना॰ हे॰ इथर ।

ईप्सा— ना॰ [सं॰] कुनै वस्तु प्राप्त गर्ने उत्कट इच्छा; तीव्र चाहना; अभिलाषा । > ईप्सित— वि॰ ईप्सा वा इच्छा गरिएको; चाहेको ।

ईप्सु— वि॰ इच्छा गर्ने; चाहना गर्ने; इच्छुक ।

ईर्ष्या— ना॰ [सं॰] अर्काको बनिबनाउ वा समृद्धि देखेर मनमा उब्जने डाह; बेष; ईख; मात्सर्य । > ईर्ष्यालु— वि॰ ईख गर्ने; इखालु ।

ईश— ना॰ [सं॰] १. ईश्वर; देवता । २. अधिपति; स्वामी; मालिक । ३. पति; लोग्ने । ४. राजा । ५. शिव; महादेव ।

ईशान— ना॰ [सं॰] १. शिव; महादेव; एघार रुद्रमध्ये एक । २. ईशान कोण । ~ कोण— ना॰ पूर्व र उत्तर दिशाका बीचको कुनु । > ईशानेश्वर— ना॰ लमजुब जिल्लाको मादी नदीको किनारमा अवस्थित प्रतिवर्ष शिवरात्रिमा ठूलो मेला लाग्ने शिव– मन्दिर ।

ईश्वर— ना॰ [सं॰] १. सम्पूर्ण विश्व–ब्रह्माण्ड वा सृष्टिलाई बनाउने, बिगार्ने र तिनको नियन्त्रण तथा शासन गर्ने मानिएका परम पुरुष वा परमात्माका रूपमा पुजिने सर्वप्रधान सत्ता; भगवान्; परमेश्वर । २. अधिपति; स्वामी; मालिक । ३. ऐश्वर्यशाली । — निष्ठ— वि॰ ईश्वरमा विश्वास गर्ने; आस्तिक । ~ प्रणिधान— ना॰ योगशास्त्रमा पाँच प्रणिधानमध्ये एक; ईश्वरमाथि पूर्ण श्रद्धा राख्तै गरिने कर्म र त्यसको फल ईश्वरलाई नै समर्पण गर्ने काम । — वाद— ना॰ ईश्वर मान्ने सिद्धान्त; सृष्टि, स्थिति र संहारका मूल कारण ईश्वर हुन् भन्ने मत वा वाद । — वादी— वि॰ ईश्वरवादको अनुयायी वा समर्थक; ईश्वरभक्त । श्र ईश्वराधीन— वि॰ ईश्वरका अधीनमा रहेको वा ईश्वरको इच्छाअनुसार हुने । ईश्वरी— ना॰ १. देवी; भवानी; दुर्गा । २. लक्ष्मी; भगवती । ३. अधिष्ठात्री । ईश्वरीय— वि॰ ईश्वरसँग सम्बन्धित; ईश्वरको ।

ईषत्/ईषद्— अव्य॰ [सं॰] १. केही; अलिकति; थोरै; कम । ना॰ २. थोरै मुस्कुराहट; मन्द मुस्कान । — विवृत— वि॰ १. जिब्रो तालुको एकदमै नजिक नगएर मुखविवर केही खुलेको । ना॰ २. आभ्यन्तर प्रयत्नको एक नाम ।

ईसवी— ना॰ हे॰ इस्वी ।

ईसा— ना॰ [अ॰] हे॰ इसा । > ईसाई— वि॰ इसाई ।

ईहा— ना॰ [सं॰] १. इच्छा; ईप्सा; चाहना; लालसा । २. चेष्टा; प्रयास । — मृग— ना॰ १. ब्वाँसो । २. दृश्यकाव्यअन्तर्गत रूपकका दस भेदमध्ये एक; चार अङ्कमा विभक्त, इतिहास र कल्पनामिश्रित शृङ्गारप्रधान एक नाटक ।