नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. घरको छानो । २. नीलकण्ठ चरो । ३. घोडाको हिँडाइ । ४. सेउवा । ५. हिँडडुल गर्ने जीव ।
— ना॰ [चल्] १. चल्ने वा हिँड्ने काम; चलाइ; हिँडाइ; गति । २. रीति; चलन; प्रथा । ३. होस; ज्ञान; थाहा । ४. चेष्टा; छाँट; ढाँचा; हालत, चाला । ५. पूर्वरङ्ग; ताल । ६. चरित्र । ७. पासा आदि खेलको गोटी चाल्ने क्रिया वा प्रक्रिया ।
— ना॰ बारीको पाटो ।

अर्थ (गति) सम्पादन गर्नुहोस्

चल्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

ऊ पनि चार हातखुट्टा टेकेर गँगटो कै चालको अनुकरण गर्न थाल्यो।

अर्थ (बानी) सम्पादन गर्नुहोस्

कुनै व्यक्ति आदिले अरूप्रति गर्ने वा देखाउने व्यवहार, अथवा चरित्र

उदाहरण सम्पादन गर्नुहोस्

१. कोपिलाको चाल देखेर कमला रिसाई कारण।

२. मलाई तिम्रो चाल निको लागेन।

अर्थ (षडयन्त्र) सम्पादन गर्नुहोस्

आफ्नो लक्ष वा स्वार्थ पूरा गर्नको लागि गरिने छल-कपट वा षडयन्त्र

उदाहरण सम्पादन गर्नुहोस्

आर्थिक अनियमितता र भ्रष्टाचारबाट अरू टाट पल्टाउने विदेशी चालमा प्रवाहित हुने सरकारी प्रवृत्तिले देशलाई कुन अन्धकारपूर्ण भविष्यमा पुर्‍याउने हो।

अर्थ (हालखबर) सम्पादन गर्नुहोस्

कुनै समाचार वा हालखबर

उदाहरण सम्पादन गर्नुहोस्

भन, अचेल के चाल छ त?

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Movement
"https://ne.wiktionary.org/w/index.php?title=चाल&oldid=75288" बाट अनुप्रेषित