ग्रीष्म

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. छ ऋतुमध्ये ज्यादै गर्मी हुने दोस्रो ऋतु; जेठ र असार महिना; गर्मी मौसम । २. गर्मी; ताप । ~ ऋतु— ना॰ १. गर्मीको समय । २. छ ऋतुमध्ये दोस्रो ऋतु । ~ काल— ना॰ ग्रीष्म ऋतुको समय; गर्मी याम । ~ कालीन— वि॰ ग्रीष्मकालसित सम्बन्धित; गर्मी यामको; गर्मीको मौसममा भएको । ~ क्रान्ति— ना॰ सूर्य कर्कट रेखामा पुग्ने जून महिनाको एक्काइसौँ दिन; उत्तरी गोलार्द्धमा सबभन्दा लामो दिन । — जा— ना॰ नेवारी फूल; नवमल्लिका । > ग्रीष्मावकाश— ना॰ गर्मी प्रदेशमा कर्मचारी, विद्यार्थी आदिलाई नियमानुसार ग्रीष्म ऋतुमा हुने वा दिइने बिदा; गर्मीको बिदा; बर्खे छुट्टी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: