खरी२

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ खटी] १. सिलोट, धुलौटो आदिमा लेख्ने नरम जातको सेतो पत्थर । २. मादल, तबला आदिमा मढेका छालामा गोलाकार पारी लगाइने मसला । ~ गाँठे— वि॰ १. सभ्य संसारको चालचलन नजानेको (व्यक्ति॰; असभ्य; गँवार; पाखे । २. भुसतिघ्रे । ~ घसा— वि॰ खरी घसेर वा खरीले लेखेर एकएक पैसाको हिसाब गर्ने; लेनदेन व्यवहारमा सानातिना वा मामुली कुराको पनि हिसाब गर्ने । ~ घसाइ— ना॰ खरी घस्ने खालको काम वा चाल; एकएक दामको हरहिसाब; सानोतिनो कुराको पनि लेखोजोखो । ~ घोटाइ— ना॰ खरी घोट्ने काम; लेनदेन व्यवहारमा एकएक पैसाको हिसाब गर्ने वा सानातिना कुराको पनि लेखोजोखो गर्ने चाल; कसिकसाइ । ~ जुको— ना॰ रूखमा रहने खरीरबको एक जातको ठूलो जुको ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: