क्षेत्र

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. बाली रोपिने जग्गाजमिन; खेत; भूमि; फाँट– मैदान । २. उत्पत्तिस्थान । ३. पुण्यतीर्थ; धाम (कुरुक्षेत्र, वराहक्षेत्र, मुक्तिक्षेत्र इ॰); पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय आदिले युक्त शरीर । ४. वीर्यको स्थापना गरी सन्तान उत्पन्न गर्ने रूपमा पत्नी वा स्त्री; कोख । ५. राजनीतिक, सामाजिक, साहित्यिक, भौगोलिक आदि विचारले वा त्यस्तो कुनै कामविशेषका निम्ति निर्धारित स्थल । ६. पुरातात्त्विक वस्तु प्राप्त गर्ने उद्देश्यले उत्खनन वा अन्वेषण गरिने ठाउँ । ७. नेपालका पाँच खण्डमा विभाजित विकासक्षेत्र (पूर्वाञ्चल विकासक्षेत्र, मध्यमाञ्चल विकासक्षेत्र, पश्चिमाञ्चल विकासक्षेत्र, मध्य पश्चिमाञ्चल विकासक्षेत्र र सुदूर पश्चिमाञ्चल विकासक्षेत्र) । — ज्ञ— ना॰ १. क्षेत्र वा शरीरको अधिष्ठाता; जीवात्मा; परमात्मा । २. किसान; खेतीवाल । ३. शरीरशास्त्रका विज्ञाता । — पति— ना॰ जमिनको मालिक; जग्गाधनी । — पाल— ना॰ १. खेतमा लगाएको बाली कुर्ने व्यक्ति । २. स्थानाधिपति देवता (पश्चिम दिशाका भैरव बारपाल॰; भूमे । — फल— ना॰ कुनै जमिनको लमाइ र चौडाइको गुणाबाट निक्लने वर्गात्मक अङ्क वा परिमाण । — मिति— ना॰ रेखाहरूको लमाइ, धरातलको क्षेत्रफल र ठोस वस्तुको घनफल निकाल्ने नियमविवरण भएको गणितको एक शाखा । — सन्न्यास— ना॰ कुनै क्षेत्रको सीमा काटेर बाहिरफेर नजाने व्रत वा सङ्कल्प । श्र क्षेत्राधिकार— ना॰ १. कुनै विशेष क्षेत्रको वा विशेष किसिमको मुद्दा सुन्ने अधिकार । २. कुनै खास क्षेत्रसम्बन्धी कामको अख्तियार ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: