क्षय

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. प्रकृतिले नै बिस्तारबिस्तार खिइँदै जाने क्रिया वा स्थिति; ह्रास; घटती; नाश । २. कल्पको अन्त; प्रलय । ३. राजयक्ष्मा; टी॰ बी॰ रोग । — कर— वि॰ क्षय गर्ने; नाश गर्ने । — काल— ना॰ प्रलयको समय । — तिथि— ना॰ टुटेको वा लोप भएको तिथि । — पक्ष— ना॰ चन्द्रमाको कला क्षीण हुँदै जाने पक्ष; कृष्णपक्ष । — मास— ना॰ घटीमा १९ वर्ष र बढीमा १४१ वर्षको अन्तरमा दुई औँसीभित्र दुई सङ्क्रान्ति पर्ने चान्द्रमास (क्षयमास परेको सालमा अगाडि र पछाडि गरी दुई अधिक मास पर्छ, क्षय हुने महिनाको पहिलो पक्ष अघिल्लो महिनामा र दोस्रो पक्ष पछिल्लो महिनामा गनिन्छ) । — रोग— ना॰ फोक्सामा विशेष किसिमका कीटाणुले प्रवेश गर्नाले घाउ भई बिस्तारै रोगी गल्दै जाने प्रसिद्ध रोग; राजयक्ष्मा; टी॰ बी॰; सुकेनास; राजरोग ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: