कृमि

नाम

ना॰ [सं॰] १. पेटभित्र पर्ने जुका आदि कीरा । २. ससाना कीरा; कीट । — कोश— ना॰ १. रेसमका कीराको गुँड; रेसमको कोयो । २. पुतलीहरू बन्ने कीराका लार्भा । ~ रोग— ना॰ आमाशय र पक्वाशयमा पर्ने जुका आदिको रोग । ~ विज्ञान— ना॰ कीराहरूको उत्पत्ति, विनाश, गुण, दोष आदिको विचार गरिने विद्या, कीटविज्ञान । — शैल— ना॰ धमिराको गोलो ।

  1. अङ्ग्रेजी: