कपट

नाम

ना॰ [सं॰] १. छकाएर; झुक्याएर वा सत्यलाई लुकाएर कसैलाई दिइने धोका; छल; छक्क्यावट । २. मनमा लुकेको दुष्ट भावना वा विचार । ३. एक पदार्थ (जस्तै— सुन, चाँदी आदि॰ मा सुटुक्क मिसाइएको अर्को पदार्थ; कसर; दोष; कैफत । श्र कपटी— वि॰ १. कपट भएको; धोकेबाज; छली । २. भनेको नमान्ने; सुनेको नसुन्यै गर्ने; बुझ पचाउने; अटेर । ३. मनको भेद अरूलाई नदिने (प्रायः निन्दार्थमा, जस्तो— रामेजस्तो दुष्ट र कपटी मान्छेको मनको कुरो चाल पाउँला भनी आस त गर, तर भर नपर॰ ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=कपट&oldid=46869" बाट अनुप्रेषित