कङ्काल

सङ्खेय नाम

हाड भएका प्राणिको मासु, छाला सबै निकालेपछि वा निक्लेपछि रहने हड्डी मात्रको संरचना, अस्थिपञ्जर

१. त्यहाँ जग खन्दा उन्नाइसओटा कङ्काल भेटिए।

गुणवाची विशेषण

शरीरमा धेरै मासु नभएको, दुब्लो, ख्याउटे

१. कङ्काल शरीर छोड्न पलापला गनेर बसेको विचित्रवीर्यको प्राणले आफूसँगै राजदरबारको प्राण पनि लग्यो।

  1. अङ्ग्रेजी: skeleton