उडुवा

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [उड्+उवो १. उड्ने स्वभावको । २. बेप्रमाणको; आधारहीन; उडन्ता । ३. चाहिँदोभन्दा बढ्ता खर्च गर्ने; फजुलखर्ची । ~ भ्यागुतो— ना॰ सानो र सलक्क परेको, पातला लामा खुट्टा हुने र औँलाका कापमा पातलो छाला हुने, टुप्पा गाँठा–गाँठा परेको, रूखमा बस्ने र एक रूखबाट अर्को रूखमा हात–खुट्टा फैलाई सजिलै जानसक्ने एक भ्यागुतो (उभयचर समूहमा पर्ने यो भ्यागुतो, नेपाल, भारत आदि देशमा पाइन्छ ।) । ~ माछो— ना॰ अगाडि पखेटा फैलिएर चराको जस्तै भएको, फुत्त–फुत्त पानीमा उड्न सक्ने, अन्दाजी १० इन्च लामो हुने एक माछो (माछासमूहमा पर्ने यो माछो हिन्द र आन्ध्र महासागरमा पाइन्छ रू) । ~ लोखर्के— ना॰ लामो, भुवादार, ध्वाँसे परेको शरीर र ठूला कान भएको, रूखमा बस्ने, राति हिँडडुल गर्ने र १३५ मिटरसम्म उड्न सक्ने लोखर्के । (स्तनधारी समूहमा पर्ने यस लोखर्केको छाला फैलिएर पखेटाजस्तो बनेको हुन्छ॰ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: