नाम

कुनै कुरा भएको सङ्केत

१. कपालमा कालो दलेको आभास सजिलै पाइन्थ्यो।

कुनै घटना वा अवस्थाको अनुभूति

१. यहाँ पनि सबै छ तर शान्ति र सुरक्षा भने छ भन्ने आभास छैन।

पछि हुने कुराको अनुमान

१. सञ्चालक समिति भङ्ग गरिन लागेको आभासमा नेपाल ब्याङ्कमा सम्पूर्ण कर्जा लगानी रोकिएका छन्

कुनै कुरा सत्य हो भन्ने भ्रम

१. कताकता उसको अनुहार आफ्नो पतिको अनुहारसँग मिलेको उसलाई आभास भयो।

  1. अङ्ग्रेजी: feeling