आदर्श

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. रूप, गुण र विचारको अनुकरण गर्न सुहाउँदो व्यक्ति, पदार्थ वा सिद्धान्त । २. कुनै वस्तु वा क्रियाको पूर्णता तथा उत्तमताको खास नमुना वा स्तर । ३. ऐना । ४. टीका; व्याख्या । वि॰ ५. सत् र न्यायी स्वभाव भएको (व्यक्ति॰ । ~ जनसङ्ख्या— ना॰ रूप, गुण, शील, स्वभाव आदि मानवमुखी भएका जनताहरूको सङ्ख्या; रोग, शोक र भोकले नसताइएका जनताहरूको समूह । — वाद— ना॰ मानिसले सधैँ आदर्श वा असल कुरालाई लक्ष्य गरेर त्यसको सिद्धि वा प्राप्तिका निम्ति काम गरेमा संसार अवश्य नै सुन्दर र सुखद हुनेछ भन्ने सिद्धान्त; त्यस्तो गुणसम्पन्न रूपमा विभूषित साहित्यिक रचना गर्ने प्रवृत्ति । — वादिता— ना॰ आदर्शवादमा हुने गुण वा त्यसको स्वरुप; आदर्शवादको नीतिनियम । — वादी— वि॰ आदर्शवादलाई मान्ने; आदर्शवादको अनुयायी । ~ विज्ञान— ना॰ कल्पना आदिबाट विवेचना गरिने विज्ञानको एक शाखा । > आदर्शीकरण— ना॰ कुनै वस्तु वा कार्यलाई आदर्शका रूपमा प्रस्तुत गर्ने क्रिया वा प्रक्रिया ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: