अपिल

नाम

ना॰ [अङ्॰] १. विचार, स्वीकृति, न्याय वा सहायताका लागि विनयपूर्वक कसैसँग गरिने प्रार्थना वा निवेदन । २. सुरु वा तल्ला तहको अदालतको निर्णयमा चित्त नबुझी सो बदल्न वा पुनर्विचार गर्न माथिल्लो तहको अदालतमा दिइने निवेदन; पुनरावेदन । ३. कुनै अड्डाका कर्मचारीउपरको उजुर सुन्ने अधिकारप्राप्त अर्को अड्डा । ~ अड्डा— ना॰ सुरुका अदालतउपरको उजुरी सुन्ने माथिल्लो अदालत । ~ पत्र— ना॰ सुरुका अड्डाले गरेको फैसलाउपर गरिएको नालिससम्बन्धी कागजात । — वाला— ना॰ अपिलाट । > अपिलाट— ना॰ अपिल गर्ने व्यक्ति; अपिलवाला; झगडिया ।

  1. अङ्ग्रेजी: