क्रियायोगी

अर्को ठाउँमा

एक हप्तामा दस ट्रक बाँस चतराबाट अन्त जान्छ।

  1. अङ्ग्रेजी: somewhere else

नाम

सबैभन्दा पछिल्लो समय वा स्थान

१. यी सब कुराहरूको प्रमाण यसै शताब्दीको अन्त सम्ममा मिल्न थाल्नेछ।

२. अन्तमा उसले एउटा भयंकर निर्णय गर्‍यो।

  1. अङ्ग्रेजी: last

सकिने काम; सकिएको अवस्था

१. विगतका हप्‍तामा घटेको नेपाली कांग्रेस भित्रको नाटकको अन्त भएको छ।

२. दुःखको अन्त गर्न आठ मार्गहरू अपनाउनु पर्दछ।

  1. अङ्ग्रेजी: end