अण्ड

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. पोथी जीवजन्तुबारा उत्पादित प्रजननशील कीटाणुहरू भएको डिम्ब; उक्त डिम्बमा अन्तर्निहित प्रजननशील पदार्थ । २. चराचुरुङ्गी आदिले पार्ने प्रजननशील पदार्थ भएको डिम्ब र त्यसलाई बेर्ने जालोसमेत धारण गर्ने गोलो लाम्चो खोस्टोसमेत भएको वस्तु; अन्डा; डिम्ब; डिम्बा; फुल । ३. वीर्य; शुक्र । ४. जीवजन्तुको भाले जातिको जननेन्द्रियका फेदमा झुन्डिएका छालाका थैलाभित्रका दुई बाटुला गेडा; आँडा; अण्डकोश । ५. ब्रह्माण्ड; विश्व । — कोष— ना॰ स्तनपायी जीवजन्तुका भाले जातको लिङ्ग वा जननेन्द्रियका मन्तिरको वीर्यवाहक बिफलक छालाको थैली; आँड । — च्छेदन— ना॰ अण्डकोषको चिरफार गर्ने काम । — ज— वि॰ अन्डाबाट पैदा हुने; फुलबाट जन्मने (चराचुरुङ्गी, सर्प, माछा इ॰) । — मूल— ना॰ अण्ड वा आँडाको जरा; डिम्ब उत्पन्न हुने पोथी जीवका दुई प्रजनन–अवयवमध्ये कुनै एक; अण्ड उत्पत्ति हुने स्त्री–यौनाङ्ग । — वाहिनी नली— ना॰ स्त्री जातिका पाठेघरको मुखसम्म डिम्बहरू ल्याउने काम गर्ने नली । ~ विकार— ना॰ अण्डकोषसम्बन्धी कुनै पनि रोग । ~ विच्छेदन— ना॰ अण्डकोष काटेर छुट्ट्याउने क्रिया । — वृद्धि— ना॰ अण्ड वा अण्डकोष बढ्ने वा सुन्निने कार्य; अण्डकोषमा पानी, बोसो आदि बढ्ने रोग; हन्डे रोग; हाइड्रोसिल । — शोथ— ना॰ अण्डकोषको सुजन; अण्डकोष सुन्निने क्रिया । ~ स्थिरण— ना॰ अण्डकोषलाई निश्चल गराउने क्रिया । ~ स्थूलन— ना॰ अण्डकोषमा पानीको मात्रा बढी भएर फुल्ने क्रिया ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: