सामग्रीः ५ सय ग्राम खसी वा कुखुराको मासु, १ सय ५० ग्राम मसिनो गरी काटेको प्याज, १ सय ग्राम मसिनो गरी काटेको हरियो धनियाँ, १ सय ६० ग्राम मैदा, १ सय ग्राम मकैको पीठो, २ वटा अण्डा, आधा सानो चम्चा गरम मसला पाउडर, १ सानो चम्चा जिराको धूलो, आधा सानो चम्चा मसिनो गरी काटेको हरियो खुर्सानी, २ ठूलो चम्चा पाउरोटीको धूलो, १ ठूलो चम्चा पिसेको अदुवा लसुन, तार्नका लागि तेल ।

विधिःतेलबाहेक सबै सामग्री एउटा भाँडामा हाली मोल्ने । मोलेपछि स-साना गोला बनाउने । तेल तताउने । तातेको तेलमा गोलो बनाएको मिटबल प|mाइ गर्ने । पाकिसकेपछि निकाल्ने र एकछिन ससमा राखेर चलाउने । केहीबेरपछि निकालेर प्लेटमा सर्भ गर्ने ।

सम्पादन गर्नुहोस्

English : Meatball