नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [फा॰ चखे कुनै काम–कुरामा पनि एकाग्र वा केन्द्रित नभई चाहिँदो वा नचाहिँदो गरिहाल्ने र तत्कालै त्यसलाई चटक्कै बिर्सी, छोडी फेरि अर्को हुँदोनहुँदो कामकुरा गर्ने तथा सानोठूलो ओथ्याइँबिथ्याइँसमेत गर्ने बालसुलभ छाँटा; चञ्चलता; चपलता; छुकछुक; चुलबुल; छुलबुल (उदा॰— यो केटो त कति चकचक गरिरहन्छ हँ ; एक छिन धैर्य गरेर बस्नु भनेको छँदै छैन ;) । > चकचकाइ— ना॰ चकचकाउने भाव, क्रिया वा प्रक्रिया । चकचकाउनु— अ॰ क्रि॰ चकचक गर्ने हुनु; चकचके हुनु; चञ्चल स्वभावको हुनु । चकचकी— ना॰ १. चकचक गर्ने काम; चकचक । २. शक्ति वा प्रभुत्वको बोलबाला; रोबरवाफ र धाकको अभिवृद्धि; अस्वाभाविक र अवाञ्छित चर्को उन्नति; चहकमहक । चकचके— वि॰ चकचक गर्ने स्वभाव भएको; चुलबुले; चञ्चल; छुनमुने; छुकछुके । चकचक्याइँ— ना॰ चकचक गर्ने स्वभाव वा प्रवृत्ति; चञ्चलता; चपलता; चुलबुलेपन ।

उदाहरण सम्पादन गर्नुहोस्

नानीहरु चकचक गर्छन् ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Restlessness