आचार

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. कुनै नियम, सिद्धान्त आदिमा आउने र पालन गर्नुपर्ने आचरण तथा व्यवहारको परिष्कृत र नैतिक रूप; त्यसै आधारमा गरिने व्यवहार, रीति वा प्रथा; चालचलन; बानीबेहोर; चरित्र । २. रीतिस्थिति । ३. सदाचार; आचरण । ४. पारस्परिक व्यवहार वा आदान–प्रदान । — भ्रष्ट— वि॰ आचारका दृष्टिले भ्रष्ट वा पतित; आचारको पालना नगर्ने; दुराचारी । — वान्— वि॰ शुद्ध आचरणमा रहने; नियममा रहने; सच्चरित्र; सदाचारी । — विचार— ना॰ १. आचरण; चालचलन; बानीबेहोरा । २. रहनसहन; धार्मिक दृष्टिले शुद्ध दैनिक आचरण । — शास्त्र— ना॰ मानिसको चरित्र, आचरण आदिको विवेचना गरिएको शास्त्र । ~ संहिता— ना॰ आचरण वा व्यवहारको परिष्कृत नैतिक नियम प्रतिपादित गरी लेखिएको शास्त्र वा विद्या । >

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: